Monday, September 09, 2019

डेक्स बेञ्च अभावले भुईमा बस्छन्

कपिलदेव खनाल
मंगलेश्वरी आवि काल्चे कक्षा ४ का विद्यार्थी भुईमा बसेर पढ्दै । तस्बिर: दिपेन श्रेष्ठ
तादी गाउँपालिका (काल्चे)/कक्षा चारमा अध्यायनरत यि जनक मोक्तान लगायतका साथीहरू आज खुसी देखिएका छन् । यिनीहरूको खुसीको कारण भने असाध्यै सामान्य रहेको छ । यिनीहरू आज दिनभरी बेञ्चमा बसेर पढ्न पाउने छन्, त्यसैले गर्दा यिनीहरूको मुहारमा छाएको आजको खुसी भनिसाध्य छैन ।
नुवाकोटको तादी गाउँपालिका वडा नं. १ काल्चेमा रहेको यो मंगलेश्वर आधारभुत विद्यालयको भौतिक संरचना ठिकै ठिकैको त देखिएको छ । तर यहाँको कक्षा कोठा चाहारेपछि थहा हुन्छ : दुराबस्था । यस विद्यालयको कक्षा चारमा डेक्सबेञ्चको अभावमा विद्यार्थी भुईमानै बसेर दिनभरी पढ्छन् । यो पनि एक वर्षदेखि चल्दै आएको छ । विद्यालयसंग भएको काठको डेक्सबेञ्च भाचिएपछि त्यही भाचिएको डेक्सबेच्नको थुप्रोमा विद्यार्थीहरू बसेका छन् । यसरी बस्नका लागि पनि सबै विद्यार्थीलाई भाग नपुगेपछि कोही जस्तापातमा बसेका छन् त कोही चिसो भुईमानै ।
भौगोलिक रुपमा समेत दुर्गममा रहेको यहाँको विद्यालय र विद्यार्थीहरूले भोग्नु परेको पिडाले पनि दुखाउने गरेको छ । मंगलेश्वरी आधारभुत विद्यालयको कक्षा चारका यि विद्यार्थीहरूबीचमा निमयनै बसिसकेको छ, जो पहिला आउछ उसले त्यस दिन डेक्सबेञ्च प्रयोग गर्ने । कक्षाक ाकोठामा जम्मा दुई थान डेक्सबेञ्छ । एउटामा छात्र र अर्कोमा छात्रा बस्छन् । यो दुवै बेञ्च भरिसकेपछि आउने विद्यार्थीहरू भुइमा टक्क्र्याकटुक्रुक बस्छन् ।
विद्यार्थीहरूलाई चिसो लाग्ने गरेको यहाँका शिक्षक देवराज सिलवालले बताए । शिक्षक सिलवाल विद्यार्थीहरू जस्ता र काठमाथी बस्दा आवाज आउने गरेको र त्यसले पढाई समेत प्रभावित हुने गरेको सुनाउँछन् । यो लाजमर्दो अवस्थाले मननै खिन्न पारेको अनुभव उनको छ । 
यसरी अरु थप दुई जोर डेक्सबेञ्चको समेत प्रवन्ध गर्न नसक्नुको कारण आर्थिक अवस्था नै रहेको विद्यालयले जनाएको छ । प्रधानानध्यापक रामकृष्ण तामाङ आफु एक वर्षदेखि यहाँका कार्यरत रहेको र त्यसबेला देखिनै यस्तै अवस्था रहेको सुनाउछन् । यस्तो अवस्थाको बारेमा वडा र गाउँपालिकामा समेत जानकारी गराउँदा कहिबाट सहयोग नभएको उनको भनाई छ ।
कक्षा ५ स्म्म पढाई हुने तादी गाउँपालिका वडा नं. १ काल्चेको यो मंगलेश्वरी आधारमुत विद्यालइमा २१० जना विद्यार्थी छन् । बाक्लो वस्तीको बीचमा रहेको यो विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक समेत नरहेको प्रधानाध्यापक रामकृष्ण तामाङले बताए । जिल्ला आयोजना कार्यान्वय ईकाइले विद्यालय भवन निर्माण गरिरहेको र त्यो सम्पन्न भएपछि मात्रै विद्यार्थीहरूले डेक्सबेञ्च प्रयोग गर्न पाउने अनुमान प्रधानाध्यपाक छ । तर उनले भनेको नयाँ भवन बन्नका लागि निक्कै समय लाग्ने देखिएको छ ।
स्थानीय सरकार गाउँपालिका र वडास्तरमा डेक्सबेञ्च अभावमा विद्यार्थीहरू चिसोमै बसेर पढिरहेको र सुन्निन समेत थालेको गुनासो विद्यालय प्रशासनले गरिसकेको छ । तर वडा र गाउँपालिकाले यसमा खास चासो दिएको पाइएको छैन । दुई जना शिक्षकलाई पाल्ने तलव दिएको वडा कार्यालयले दुई जोर डेक्सबेञ्चको भने प्रवन्ध गरेको छैन । वडा नं. १ का सदस्य राम तामाङ आउने आर्थिक वर्षमा वडाबाट खरिद गरेर विद्यालयलाई डेक्सबेञ्च उपलब्ध गराउने सुनाउछन् ।
मंगलेश्वरी आवि काल्चेका विद्यार्थीहरू भुईमा पढ्दै । तस्बिर: दिपेन श्रेष्ठ
समाचार संकलनको क्रममा भर्खरै वितेको शैक्षिक सत्रमा यस विद्यालय पुगेर फकिएको हाम्रो टोलीले विद्यालयमा डेक्सबेञ्च थपिएको खवर भने पाएको छैन । यस विषयमा वडा अध्यक्षको जवाफ पनि सतही पाइएको छ । वडा अध्यक्ष नकुर दोङ्ग तामाङ विद्यालयले यस्तो अवस्थाको बारेमा किटेरै जानकारी नगराएकोले पनि डेक्सबेञ्चको व्यवस्था नभएको बताउँछन् । वडा अध्यक्षको घरबाट एकै सासमा आइपुग्न भ्याउने यो विद्यालयमा केही जोर डेक्सबेञ्चको भित्रनका लागि  नयाँ आर्थिक वर्षको प्रतीक्षा विद्यार्थीहरूले गर्नुपर्ने भएको छ । 
तादी गाउँपालिकाको सबैभन्दा दुर्गममा रहेको काल्चे मानव वस्तीको सबै भन्दा शिरको गाउँ हरेको छ ।
तामाङ समुदायको बसोवास रहेको यहाँ शिक्षा, स्वास्थ्य, विकास निर्माण जस्ता कुराहरूमा दशकौं पछाडी देखिएको छ । विद्यालयमा आफ्नो उज्जव दिन बोकेर आउने कलिला नानीहरूमा भाषाको समेत कष्ट परेको छ । मातृ भाषा मात्रै बुझ्ने कलिला नानीहरू यहाँ प्रशस्त छन् । ९÷१० वर्षको उमेर भन्दा तलका यहाँका विद्यार्थीहरूले फाट्टफुट्ट मात्रै नेपाली भाषा बुझ्छन् ।
भाषाका कारणले पनि पठनपाठनमा समस्या रहँदै आएको प्रधानाध्यापक रामकृष्ण तामाङको भनाई छ । तामाङ मातृ भाषा रहेका यहाँका विद्यार्थीहरूलाई नेपाली र अंग्रेजीमा पढाउन समस्या पर्दै आएको उनले सुनाए । यताको कथा पनि उस्तै
घ्याङ्श्वराको भुमेस्थान आविको तीन वटै कक्षा एकैठाउँमा । तस्बिर : दिपेन श्रेष्ठ
घलेभञ्याङ्ग/नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ घ्याङ्श्वारमा रहेको यो भुमेस्थान आधारभुत विद्यालयको कथा भने बेग्लै रहेको छ । कक्षा तीन सम्म पढाई हुने यहाँको विद्यार्थी भर्ना संख्या ११ रहेको छ ।
त्यसमा पनि दैनिक रुपमा विद्यालय आउने विद्यार्थीहरूको संख्या पाँच÷छ जना रहने गरेको छ । उनीहरूलाई पढाउनका लागि दुई जना शिक्षक खटिएका छन् ।
प्रधानाध्यपाकको जिम्मेवारी सहितको एक जना राहत शिक्षक र कार्यालय सहयोगीका रुपमा रहेका अर्का जनशक्ति शिक्षकको रुपमा छन् ।
वितेको शैक्षिक सत्रको अन्तिम दिन यस विद्यलायको एउटै कक्षा कोठामा हामी प्रवेश गर्दा विद्यार्थीहरू खेलिरहेका थिए । शिक्षकहरू स्कुल छेउको गाउँमा गएका थिए । केहीबेरको प्रतीक्षा पछि आए दुई जना महिला शिक्षक र विद्यार्थीहरू पढ्नका लागि जम्मा हुन थाले ।
यहाँ एउटै कक्षाकोठामा तीन वटा कक्षाका विद्यार्थीहरू राखिएको छ । कक्षा १ र २ का विद्यार्थीहरू एकापट्टी भित्रामा फर्कछन् र कक्षा तीनका विद्यार्थीहरू अर्को पट्टि भित्तामा । दुवै पट्टि भित्तामा झुड्याइएको छ कालोपाटी । आज यहाँ कक्षा तीनमा पढ्नका लागी २ जना, कक्षा २ मा १ जना र कक्षा १ मा सात जना आएका छन् ।
विद्यार्थीको संख्यानै कम भएकोले यो अवस्था भएको अहिले प्रधानाध्यापकको समेत जिम्मेवारी लिएका निजी श्रोताका शिक्षक गीता तामाङ बताउँछन् । अभिभावकहरू काठमाडौंमा बस्नेहरूले आफ्ना बच्चा काठमाडौं नै लगेपछि गाउँभरी भएका बच्चा जम्मा गरेर पढाइरहेको उनको भनाई छ ।
घ्याङ्श्वराको भुमेस्थान आविको तीन वटै कक्षा एकैठाउँमा । तस्बिर : दिपेन श्रेष्ठ
जिल्ला आयोजना कार्यान्वय ईकाईले यहाँ सुविधा सम्पन्न विद्यालय भवन पनि निर्माण गराएको छ । निर्माणको काम लगभग सकिएको भवन सञ्चालनमा भने आएको छैन । कक्षा कोठा सञ्चालनमै आएपनि विद्यार्थी र शिक्षककै अभाव हुने देखिएको छ । पञ्चकन्या गाउँपालिकाको वडा नं. ४ को घ्याङ्श्वारामा पर्ने यो स्कुल साविकको थप्रेक गापिवसको वडा नं. २ मा रहेको छ । पर्यटकिय रुपमा विकास हुन लागेको यो गाउँमा सम्वन्धित पक्षहरूले आँखा चिम्लिदा विद्यालय र शिक्षाको यो अवस्था भएको हो । यसमा आफुहरूको केही कमजोरीका कारणले पनि विद्यालयको हालत यो भएको स्विकारोक्ति वडा नं. ४ का कार्यबहाक अध्यक्ष कृष्णबहादुर कँडेलको रहेको छ ।
गाउँपालिककाको कार्यालयबाट हिडेरै आधा घण्टाको दुरीमा रहेको भुमेस्थान आधारभुत विद्यालयको यो अवस्थाले ग्रामिण भेगका सामुदायिक विद्यालयहरूको अवस्थालाई चित्रित गरेको छ ।
सरकारले शिक्षामा गरेको लगानी कस्तो भइरहेको र त्यसको प्रतिफल कस्तो आउने छ भनेर निर्मम समीक्षा नगर्ने हो भने हाम्रा नानीबाबुहरूले गुणस्तरिय शिक्षा पाउने सपना ७० को यो दशकमा समेत पुरा नहुने देखिएको छ ।



स्वरोजगार र व्यवसायीका कथा

कपिलदेव खनाल
युवा जोश 
 युवा व्यवसायी प्रकाशचन्द्र पाठक
विदुर (माझिटार)/प्रकाशचन्द्र पाठकको जन्म नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ बट्टारमा भएको हो । ३५ वर्षिय यिनी अहिले माझिटारमा नयाँ काम गरिरहेका छन् । बजारको मागको आधारमा यिनले अन्य चार जना साथीसंग मिलेर अण्डाको क्रेट बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । दुई वर्ष देखि सञ्चालन भइरहेको यो उद्योगमा यिनी र यिनको साथीहरूको झण्डै दुई करोड रुपैयाँ लगानी भइसकेको छ । 
फुर्सदमा बसिरहेका प्रकाशचन्द्र पाठकले इन्टरनेटको ज्ञानलाई सदुपयोग गरेका छन् । युट्युवमा थोरै लगानीबाट सञ्चालन गर्न सकिने उद्योगको खोजी गरिरहेका उनले फेला पारे क्रेट फ्याक्ट्री । र नुवाकोटको बजार बुझेर लगानी गर्न सुरु गरे । आफु एक्लैले लगानी गर्न सम्भावना नभएपछि उनले अन्य साथीहरूलाई पनि यसमा जोडेका छन् । भाडामा लिएको जमिन र घरमा सञ्चालन भइरहेको यो उद्योगमा कामको चाँप बढेसंगै यन्त्र उपकरणहरू पनि थपिएको छ । 
साना र ठूला गरेर दुई वटा मेसिन जडान भएको यो उद्योगमा सुरुमा ईण्डियन मेसिन जडान गरिएको थियो । बजारको माग बढेपछि यहाँ ठुलो मेसिन पनि थपिएको छ । जुन मेसिन भर्खरै चीनबाट झिकाइएको छ । यो मेसिनको मात्रै ६० लाख नेपाली रुपैयाँ परेको छ । दैनिक पाँच घण्टा सञ्चालन हुने यि मेसिनहरूले प्रतिघण्टा तीन हजार वटा अण्डाको क्रेट तयार पार्दै आएको छ । वर्खायाममा सुकाउन अल्ली समय लाग्ने भएकोले यो उद्योगले फागुन देखि जेठ महिनासम्म बढी उत्पादन गर्दै आएको छ । काम नभएर बसिररहेको समयमा स्वरोजगारको बाटो लिएका प्रकाशचन्द्र पाठकले अहिले आफ्नो उद्योगको उत्पादन स्थानीय बजार मात्रै नभई बाहिर पनि पठाउन थालेका छन् ।
यो क्रेट उत्पादनका लागि आवश्यक पर्ने कच्च पदार्थ भनेको कागज हो । नुवाकोटमा संकलन हुने कागजले छोपै नलागेपछि यिनले अहिले काठमाडौं लगायतका बाहिर जिल्लाबाट कागज खरिद गर्दै आएका छन् । अन्य उद्योगको भन्दा केही पैसा सस्तोमै कृषक र व्यापारीहरूलाई सामाग्री उपलब्ध गराउँदै आएका यिनले प्रति क्रेट २५ देखि ३५ पैसा नाफा गरिरहेका छन् ।
यो क्रेट फ्याट्रीमा अहिले स्थानीय १८ जनाले रोजारी पनि पाएका छन् । दैनिक पाँच घण्टा काम गर्ने यहाँका कामदारहरूले मासिक आठ हजारदेखि १८ हजार रुपैयाँसम्म तलव लिन्छन् । काम नजानेकाहरूलाई पनि ल्याएर सिकाउदै काममा लगाउने गरेको बताइन्छ । विदुर नगरपालिका वडा नं. ६ का चन्द्रकुमारी राई घर नजिकैको काम आफुहरूलाई सजिलो भएको सुनाउछन् । दुई वर्षसम्म सिलाई कटाई सिकेर पनि यो काममा लागेका यिनी सन्तुष्ट छन् ।
विदुर–५ माझिटारमा उत्पादित अण्डाको क्रेट 
सुरुमा नयाँ काम गर्न लागेको भन्दै यो उद्योग वरपरका स्थानीयहरू काम गर्न आउन पनि अलमलमा परेका थिए । कागज भिजाउने र सुकाउने पनि जागिर खुल्यो रे भनेर अचम्मा परेकाहरू अहिले दंग परेर काम गरिरहेका छन् । नयाँ शैलीको व्यवसाय गाउँमा भित्रिएपछि यहाँका स्थानीयहरूमा पनि काम गर्ने उत्साह छाएको छ । सुरुको समयमा काम गर्ने जनशक्तिको अभाव भोग्नु परेको यो उद्योगमा अहिले काम गर्न पाउ भनेर नाम लेखाउनेहरूको सूचीनै तयार भएको छ । कत्तिपय त बैदेशिक रोजगारीलाई त्यागेर पनि यस पेशामा लागेका छन् । प्राविधिक काम भएको र नयाँ प्रकारको काम भएकोले यहाँका कामदारहरूमा अर्को उत्साह रहेको छ । मान्द्रेढुङ्गाका दिनेश राई नौं बर्ष कतारमा काम गरेर विदामा घर आएका थिए । आफ्नै गाउँ छेउमा अण्डाको क्रेट फ्याक्ट्री सञ्चालनमा आएको खबरले उनी यत्ति उत्साही बनेकी विदेशको काम छाडेर अहिले उनी यँही एक वर्ष देखि काम गरिरहेका छन् ।
यस उद्योगको उत्पादनलाई उपभोक्ताहरूले पनि रुचाएको प्रतिक्रृया सञ्चालकहरूले प्राप्त गरेका छन् । उच्च प्रविधिलाई प्रयोग गरी तयार गरिएको क्रेटको गुणस्तर नेपालमै पहिलो नम्वरमा आउने दावी सञ्चालक प्रकाशचन्द्र पाठकको छ ।
यहाँ प्रयोग गरिएको मेसिन तथा औजारहरूको मर्मतका लागि यि प्रकाशचन्द्र पाठकले आठ दिन चीनमा बसेर तालिम समेत लिएका आएका छन् । समान्य मर्मतका लागि यनले विदेशीलाई बोलाएर मुद्रा खर्च गर्नुपर्ने अवस्था पनि छैन । कुनै समय भारतका बसेर ठुलै उद्योग धन्दा सञ्चालन गरेका यिनलाई अहिले आफ्नै पौरख र आफ्नै माटो प्रिय लागिरहेको छ ।
यसरी नुवाकोटमा उत्पादन भएको क्रेटले विस्तारै जिल्लालाई नै चिनाउने धुनमा रहेका यि युवा व्यवसायीलाई परेको मर्का, पिर र सास्तीको फेहरिस्ता भने लामै छ । काठमाडौं, काभ्रे, चितवन र धादिङ्गमा मारामार विक्रि भइरहेको उनको उत्पादन  नुवाकोटमा भने कम प्रयोग गरिएको छ । यहाँ उत्पादन भएको सामाग्री भएकैले गुणस्तर कम हुने बुझाई उपभोक्ता वा व्यापारीहरूमा हुनसक्छ । बरु यहाँ उत्पादन भएको अण्डाको क्रेट बाहिर जिल्लामा विक्रि भएर फेरि नुवाकोट भित्रिएको छ । यसरी बढी मुल्य तिरेर यहीको उत्पादन नुवाकोट भित्रिदा पनि यहाँका ठूलो मात्रामा अण्डा उत्पादन गर्ने व्यवसायीहरूले खरिद गरिरहेका छैनन् । आफ्नो काममा सन्तुष्ट रहेका यिनी कुनै दिन यहाँका व्यवसायीहरूले यही नै खरिद गर्ने प्रतीक्षामा छन् ।
उद्योग सञ्चालनको दुई वर्ष वित्दा पनि केही समस्याहरू यथास्थितिमै रहेको छ । सडकको गुणस्तर सुधार नहुँदा सामान ल्याउन र लैजानमा यिनलाई सास्ती परेको छ । स्थानीय सरकारले लगाएको कर कुनै ठूलो घरानाको कम्पनीको भन्दा कम छैन । जसले गर्दा पनि उनलाई मार नै परेको छ । मेसिनलाई चाहिनेजत्ति मात्रामा विद्युत् नेपाल विद्युत् प्राविधिकले उपलब्ध गराउन सकेको छैन । यत्तिसम्मकी यसको कच्चापर्दाथ कागज समेत बाहिर जिल्लाबाट ल्याउनु परेको प्रकाशचन्द्र पाठक बताउँछन् ।
कुनै समय यस्तो थियो, कागजहरू, ठूला सामाग्रीहरू प्याक गरिएको बाक्साहरू बजारको यताउती फालिएको हुन्थ्यो । यो उद्योग स्थापनापछि ति सबै कागजहरू टिपिन थाले ।
बजारमा छरिएर कुरुप देखिने यि सामाग्रीहरू कच्चापदार्थ बन्न थाल्यो । यसरी बजारको सौन्दर्य कायम गर्नमा सहयोगी बनेको यो उद्योगले अहिले विदुर नगरपालिकाले फोहोरमा फालेको कागज खरिद गरेर ल्याउने गरेको छ ।

तीन दशकको ब्यवसायीक यात्रा
ब्यवसायी  खिलबहादुर अधिकारी
त्रिशुली कोलोनी/विदुर नगरपालिका वडा नं. ९ कोलोनीका खिलबहादुर अधिकारीलाई एउटा समयले यस्तो पनि बनायो कि, कहा गएर के काम गरु ? केही सिप र इख दुवै लिएर आफ्नो मातृभुमी आएका यिनलाई जीवन धान्नकै लागि पनि केहिनकेही गर्नुपर्ने अवस्था थियो । २०४७÷४८ सालतिर नेवार समुदाय ब्यापार व्यवसायमा बढी देखिन्थ्यें, ब्राम्हण क्षेत्रिहरूले बन्दब्यापार उद्योग धन्दा गरेको खासै थाहा हुँदैन थियो । र पनि केहीन केही ब्यवसाय गर्न जोसिएका यि अधिकारी युवाले फेरि काठमाडौं पसेर सिके एउटा फरक काम ।
४० को दशकमा काठमाडौंबाट घर फर्कनेहरूको कोशेली ल्याउने पहिलो रोजाईमा हुन्थ्यो पाउरोटी । कोशेली लिनेने पनि मरिकत्ते गर्ने र ल्याउनेले पनि बढी रुचाउने पाउरोटी खानु त्यो बेलाको बढो गर्वको विषय थियो । सहरबाट गाउँ जानेहरूले कोशेलीमा पाउरोटी लाने क्रममा झण्डै ६० को दशकसम्म नै रह्यो ।
यसरी घर फर्कदा पाउरोटी बोकेर फर्कने जवानामा यि खिलबहादुर अधिकारी चाँही फकिए पोउरोटी बनाउने ज्ञान र सिप बोकेर । यिनले पाउरोटी कोशेली नल्याएकोमा खिन्न भएका परिवार आफन्तहरूलाई उनले २०४९ सालमा दिए अनौठोको कोशेली ः नारायणी पाउरोटी उद्योग । 
२०४९ सालमा भिनाजुसंग मिलेर सुरु गरेको पाउरेटी उद्योगले यत्तिको आकार लेला भन्ने उनले सोचिसकेका थिए । त्यसबेलामा एक लाख रुपैयाँ भन्दा कममा सुरु भएको यो उद्योगले अहिले दैनिक आठ सय किलो मैदाको परिकार बजारमा खपत गर्दै आएको छ । तीन रोपनी जमिनामा फैलिएको कारखाना सञ्चालनमा छ । हिजोका दिनमा मानिसको हातले गर्ने कार्यलाई अहिले अत्याधुनिक मेसिनले सजिलो पारेको छ । बिस्कुट, खामिर, केक र पप गरी चार प्रकारका बेकरी उत्पादन अन्र्तगत नारायणी बेकरी उद्योगले २५÷२६ प्रकारका उत्पादन नियमित रुपमा बजार लैजादै आएको छ । उद्योग सञ्चालक खिलबहादुर अधिकारी ।
उपभोक्ताहरूले बेकरीमा नाम सुनेको सबै चिज तयार गरेर बजार पठाउनु कम चुनौतीको काम भने छैन । बोरामा रहेको मैदालाई उपभोक्ताको रुची अनुसारको स्वाद र आकार दिनु कम चुनौतीको काम त हुँदैहोइन । अझ भोली ग्राहकले माग गर्नसक्ने उत्पादन आजै तयार गर्नु र त्यसका लागि दिर्घकालिन सोच भर्न‘ अर्को चुनौतीको काम रहेको छ । यि सबै चुनौती, कठोर परिश्रमबाट अगाडी बढ्दै आएको नारायणी बेकरी सफताको चुचुरोमा छ, त्यो पनि दशकौंदेखि । यो सफलताको लागि अधिकारीको परिवारले रातोदिन मेहेनत गरेका छन् । महिला घरमै समिति हुनुपर्ने र भातभान्छा गरेरै व्यवसायी पतिलाई सघाउने सोचलाई तीन दशक पहिलानै अमिरा अधिकारीले चिरेका छन् । उनी श्रीमान् संगसंगै दशकौंदेखि उद्योग सञ्चालनमा काँधमा काँध मिलाउदै आएका छन् ।
२०४९ सालदेखि सञ्चालन भइरहेको नारायणी बेकरी उद्योग
बेकरीको कच्चा पर्दाथ भनेको मैदा, घ्यू, चिनी, अण्डा र पानी नै हो । जुन चिज अन्य उत्पादकसंग खरिद गर्नुको विकल्प छैन । दैनिक ८० केजी मैदा हातैले मुछेर वेकरी आइटम तयार गर्नुपर्ने विगत छ । यसका सञ्चालक खिलबहादुर अधिकारीले उत्पादनको, विक्रिको अनि कमाईको उतारचढाव यो तीन दशकमा प्रशस्तै व्यहोरेका छन् । ५० पैसा देखि पाँच रुपैयाँसम्ममा कुनै बेला विक्रि हुने आफ्नो उत्पादनको बजार भाउ अहिले ५ सय रुपैयाँ पनि पुगिसकेको छ ।  आफ्नो उत्पादनलाई विक्रि गर्नका लागि डोकोमा हालेर बजार घुम्ने खिलबहादुर अधिकारी अहिले चार वटा गाडीमा बजार घुमाउछन् । सञ्चालक खिलबहादुर अधिकारी ।
पाटन औद्योगिक क्षेत्रमा २०४७ सालमै मासिक २२ सय रुपैया तवल खाइरहेको श्री टेक्स्टाइलको जागिर त्यागेर आफ्नै ठाउँमा केही गर्न उत्रिएका खिलबहादुर अहिले आफ्ना परिवारको साथमा यो काममा जमिरहेका छन् । उनको श्रीमती, छोरा र भाईको छोराले मुख्य जिम्मेवारी सम्हालेका छन् । आइटी पढिरहेका २१ वर्षिया सुमनलाई भारतबाट झिकाएर यो पेशा सिकाईरहेका छन् । बेङ्लोरमा अध्यायन गरेको आफ्नो कम्प्युटर साइन्सको ज्ञान र सिप बेकरीमा लगाउने दावी  सुसन अधिकारीको छ । आफु भन्दा ठुलो उद्योग सम्हाल्ने गरी यो जिम्मेवारीमा रहन पाउनुमा उनको गर्व बेग्लै छ ।
नारायणी बेकरी उद्योग । एउटा पूर्ण नाम र परिचय हाम्रा लागि । नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा अत्याधिक रुचाईएको नारायणी बेकरी उद्योगले आफ्नो सेवा दिन थालेको पनि तीन दशक भएको छ । २०४९ सालबाट विदुर नगरपालिका वडा नंं ९ कोलोनीमा सुरु भएको नारायणी बेकरी उद्योगमा अहिले ४४÷४५ जना कामदार छन् । कुनै समय दुई जनाले नियमित काम गर्ने यहाँ अहिले अत्याधुनिक मेसिन छ र उत्तिकै मात्रामा कामदार पनि ।
प्रायः उद्योगधन्दा तथा कम्पनीहरूमा विश्वासिला र निरन्तर काम गर्ने कर्मचारीहरूको खाँचो रहँदै आएको छ । तर यस उद्योगमा काम गर्नेहरू दशकौंदेखि निरन्तररुपमा नै कार्यरत छन् । यसले गर्दा पनि यो उद्योग र यसको उत्पादनहरू प्रति उपभोक्ताको विश्वासबढी देखिएको छ । ३९ वर्षिया श्रीकृष्ण लामिछमने १६ वर्ष देखि यहाँको मोर्कटिङ्ग गर्दै आएका छन् ।
नारायण बेकरी उद्योगको उत्पादन सानैदेखि खादै आएका २४ वर्षिया रोशन अधिकारी अहिले यही बेकरीको ब्यवस्थापन हेर्नेगरी कार्यरत छन् । ठूलोबुबाको फैलदो व्यवसायलाई टेवा दिन र भविष्यमा यसको बजार फराकिलो पार्नका लागि रोशन अधिकारी बेदेश जाने सोच त्यागेर दुई वर्षेदखि यहअी कार्यरत छन् ।
नारायण बेकरी उद्योगमा काम गरेको सुनाउन लागदा आनन्द र गर्वको महशुस गर्ने कर्मचारीहरू पनि छन् यहाँ । नुवाकोट, रसुवा र धादिङ्गकै भुगोलमा प्रतिष्ठित उद्योगको रुपमा स्थापना भइसकेको यहाँ काम गरिरहेका २१ वर्षिया कोपिला रानामगर खुसी व्यक्त गर्छन् ।
२०४९ सालमा नारायणी बेकरी उद्योग सञ्चालनमा आउदा नुवाकोटमा अन्य वेकरी उद्योगहरू पनि छन् । त्यस ताका यहाँको बजारमा एकछत्र देखेपारेको प्रधान पाउरोटी उद्योग थियो । नारायणी बेकरी उद्योगसंगै गणेश पाउरोटी र महेन्द्र मलेकुको पाउरोटी उद्योग पनि कोलोनीमै स्थापना भएका थिए । तर तिसबै उपभोक्ताको माग र आवश्यकता अनुसार चल्ननसक्दा विलाएर गए । आफ्नो भन्दा अगाडीबाट सञ्चालन भइरहेको प्रधान पाउरोटी उद्योग आफ्ना लागि प्रेरणाको श्रोत रहेको यहाँका सञ्चालक खिलबहादुर अधिकारी सुनाउँछन् । २०५६ सालमा प्रधान पाउरोटी उद्योगले मेसिनबाट पाउरोटी उत्पादन थालेपछि आफु पनि प्रविधि प्रयोगमा गएको उनको स्मरण छ । 
सहायक कम्पनी पनि उस्तै
नुवाकोटमा मानव घनत्व बढेसंगै अत्यावश्यक उपभोग्य बस्तुहरूको उत्पादनको कारखाना यही स्थापनाको क्रम सुरु भएको छ । केही हाम्रा उत्पादनहरूले बाहिर जिल्लामा समेत राम्रै प्रभाव र स्थान कायम गरेका छन् । यही क्रममा उदाईवरी एउटा ब्राण्ड काय भइरहेको उत्पादन हो नारायणी पानी ।
झण्डै तीन दशक अघि पाउरोटी कारखाना सञ्चालन गरेर अहिले नुवाकोट, रसुवा र धादिङ्गमा आफ्नो फराकिलो बजार कायम गरेको नारायणी वेकरी उद्योगकै सहायक कम्पनीको रुपमा स्थापना भएको छ नारायणी शुद्ध पानी उद्योग । जिल्ला र आसपासका अन्य जिल्लाको आवश्यकता पुरा गर्नका लागि २०७५ साल जेठ ६ गतेबाट पानीको उत्पादन गर्न थालेको यो उद्योगले अहिले प्रशंसा बटुल्न थालिसकेको छ ।
नारायणी बेकरी उद्योगलाई आवश्यक पानीको जोहो गर्नका लागि डिप बोरिङ्गबाट निकालेको पानी गुणस्तरिय भेटिएप्छि यहाँका सञ्चालक तम्सिएर यही शुद्ध पानी सबैलाई ख्वाउनका लागि । विदुर नगरपालिकाको वडा नं. ९ कोलोनीमा रहेको बेकरी उद्योगसंगै रहेको पानी उद्योग नुवाकोट जिल्लामा सञ्चालनमा रहेका अन्य पानी उद्योगहरू मध्ये अग्रस्थानमै आएको छ । डिप बोरिङ्गबाट निस्केको पानीको प्रयोगशालामा परीक्षण गर्न उच्च गुणस्तरिय फेला परेपछि त्यसलाई प्रशोधन गरेर अहिले बजारिकरण भइरहेको छ ।  नारायणी पानी नारायणी बेकरीको उत्पादन पुग्ने सबै स्थानहरूमा अहिले पाउन सकिन्छ । पानी उत्पादनका लागि नेपाल सरकारले तयार गरेर लागू गरेको नायँ मापडण्ड पुरा गरेको यो पानीको हरेक साता काठमाडौं लगेर प्रयोगशालामा परीक्षण पनि गरिदै आएको छ ।
उपभोक्ताहरूसम्म पु¥याउनका लागि व्यापारीहरूको बढी हात हुने बुझाई यो उद्योग सञ्चालकको छ । एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेर सुरु गरिएको व्यवसायले आम उपभोक्ता र व्यापारीको मन छिट्टै जितोस् भने रहर सञ्चालक खिलबहादुर अधिकारीलाई थियो, र भयो पनि यस्तै, व्यापारीका लागि पनि यो पानी विक्रि गर्न आर्थिक फाईदा र उपभोक्तालाई पनि गुणस्तरिय पानी अन्य कम्पनीको पानी भन्दा केही सस्तोमा पाउने भएपछि दोहोरो फाईदा मिलेकै छ । बजार अझै सानै रहेको र आफ्नो उत्पादन राम्रो वा नराम्रो रहेको प्रतिक्रिया उपभोक्ताबाट तुरुन्तै पाउने दावी सञ्चालक अधिकारीको छ । र अहिलेसम्म पानीको प्रतिक्रृया राम्रो पाइरहेको र सन्तुष्ट रहेको खिलबहादुर अधिकारी बताउछन् ।
शिशुदेखि वृद्धसम्म र जुनजुकै अवस्थामा पनि आवश्यक पर्ने उपभोग्य खाद्य सामाग्री पिउने पानी उत्पादनमा केही कम्पनीहरूले हेलचेक्र्याई गरिरहेको पाएपछि गुणस्तरिय उत्पादन दिनका लागि सुरु भएको यो यो पानीलाई नमूनाको रुपमा स्थापित गर्ने रहर छ सञ्चालक खिलबहादुर अधिकारीको ।
नारायण शुद्ध पानी उद्योगमा अहिले १० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । पानी उत्पादन, बोत्तल र जारमा भर्नेदेखि प्याकिङ्ग र बजारिकरणका लागि १० जना कर्मचारीहरूलाई भ्याइनभ्याई छ । यहाँ एक लिटरको बोत्तल र २० लिटरको जारमा पानी प्याकिङ्ग हुँदै आएको छ । सरसफाईमा असाध्यै ध्यान दिइएको नारायणी पानीले अब अहिले चल्तिमा रहेको बोत्तलको आकार समेत परिर्वतन गर्नका लागि आवश्यक सामाग्री आयात थालिरहेको छ । अहिले बोत्तल काठमाडौंमा तयार गरेर पानी भर्ने काम गर्दै आएको नारायणी पानीले बोत्तल समेत आफ्नै फ्याक्ट्रीमा उत्पादन गर्ने तयारी थालेको छ । 
रोजगारीका लागि यो कम्पनीमा आकर्षण पनि बढ्दो देखिएको छ । तीन दशकदेखि उपभोग्य बस्तु उत्पादन गरिरहेको प्रतिष्ठित उद्योग नारायणी बेकरी उद्योग र यहीसंग जोडिएर आएको पानी उद्योगमा काम गर्नु आफ्ना लागि गौरवको विषय रहेको सुनाउछन् एक वर्षदेखि यहाँ कार्यरत २१ वर्षिया शर्मिला रानामगर ।
यसरी आफ्नो आवश्यकताका लागि तयार भएको पानीलाई व्यवसायीक आकार दिनसफल नारायण बेकरी उद्योगले नुवाकोट र आपसपाका जिल्लाहरूमा समेत सस्तो मुल्यमा गुणस्तरिय पिउने पानीको आपुर्ति गरिरहेको छ । केही उदोग तथा व्यवसाय सेवाका लागि पनि हो र सेवाबाट पनि केही आर्जन गर्न सकिन्छ भन्ने सन्देश मिलेको छ नारायण शुद्ध पानी उद्योगबाट ।
विदुर–९ कोलोनीमा सफल ब्यवसायी  खिलबहादुर अधिकारी २०४९ सालदेखि सञ्चालन गरिरहेको नारायणी बेकरी उद्योग (दाँया) र व्यवसायी अधिकारी एक वर्ष अघिबाट सुरु गरेको नयाँ ब्यवसाय पानीको कारखाना अघि (बाँयाँ) तस्बिर ः केदार ढकाल÷इमेज साप्ताहिक

५० हजारले लिए घर बनाउन तेश्रो किस्ता

शर्मिला उप्रेती
विदुर/नुवाकोटमा हालसम्म ५० हजार नागरिकहरूले तेश्रो किस्ताको रकम लिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका अनुसार ७६ हजार लाभग्राही मध्ये हाल सम्म ५० हजार लाभग्राहीहरूले अन्तिम किस्ताको रकम बुझेका हुन् ।
भुकम्प लगत्तै भएको सर्भेक्षण र त्यसपछी गुनासो सम्बोधनबाट थपिएका गरि नुवाकोटमा ७६ हजार ८१६ जना लाभग्राहीहरू रहेका थिए । राज्यले भुकम्पबाट क्षतीग्रस्त भएका संरचनाको पुनःनिर्माणको लागी ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउदै आएको छ । ३ किस्तामा उपलब्ध गराउने अनुदान रकम मध्ये नुवाकोटमा पहिला किस्ताको ५० हजार रुपैयाँ रकम लिने नागरिकहरूको संख्या ७२ हजार ४२२ रहेको भुकम्पिय आबास पुनःनिर्माण आयोजनाले जनायो ।
यस्तै, नुवाकोटमा ६६ हजार ८८८ दजनाले दोश्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ लिएका छन् । निजि आबास निर्माणको डिपिसि लेबलसम्मको संरचनता तयार भए पछि दोश्रो किस्ताको रकम माग दाबी गर्न पाउने ब्यबस्था रहेको छ । यस्तै, निजि आबासको अन्तिम किस्ता १ लाख रुपैयाँ लिनको लागी घरको छाना हालेको हुनु पर्ने छ ।
तादी गाउँपालिका प्रभुडाडामा निर्माण भइरहेको घर
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएका संरचनालाई मात्रै राज्यले अनुदान रकम बितरण गर्दै आएको छ । प्राधिकरणबाट गाँउमा खटिएका प्राबिधिकहरूले प्रमाणिकरण गरेर पठाएका घरहरूलाई मात्रै राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको छ ।
७६ हजार लाभग्राही रहेको नुवाकोट जिल्लामा निजि आबास निर्माण सम्पन्न गर्ने नागरिकहरूको संख्या धेरै रहेपनि मापदण्ड अनुसार निर्माण सम्पनन भएका नागरिकहरूको संख्या मात्रै प्राधिकरणसँग रहेको जनाएको छ ।
राज्यले तोकेको निश्चित मापदण्ड भन्दा बाहिर गएर केहि संरचना निर्माण भएकाले त्यसलाई प्रबलिकरण गरेर मात्रै अन्तिम किस्ताको रकम उपलब्ध गराउने जनाएको  छ । नुवाकोट जिल्लामा सबै भन्दा बढि लाभग्राही बेल्कोटगढी नगरपालिकामा छन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा बेलकोटगढी नगरपालिकामा १३ हजार ९७ लाभग्राही कायम भएका छन् । जस मध्ये ८ हजार २ सय लाभग्राहीले मात्रै अन्तिम किस्ताको अनुदान रकम लिएका छन् ।
यस्तै, बिदुर नगरपालिकामा सबै भन्दा कम घर निर्माण भएको तथ्याङ्क छ । ११ हजार भन्दा बढी लाभग्राही रहेको बिदुर नगरपालिकामा जम्मा ५ हजार लाभग्राहीले मात्रै निजि आबास निर्माण सम्पन्न गरेका छन् ।
नुवाकोट जिल्लामा रहेका लाभग्राही मध्ये अजै २६ हजार नागरिकहरूले अन्तिम किस्तकाो रकम लिन बाँकी रहेका छन् । यस्तै, दोश्रो किस्ताको रकम लिन बाँकी रहने लाभग्राहीको सख्या १० हजार रहेको छ । पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ लिन बाँकी ४ हजार रहेको अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटले जनाएको छ ।
२६ हजार घर पुनर्निमाण हुन बाँकी
नुवाकोटमा भुकम्पले क्षती पु¥याएको २६ हजार घरको पुनःनिर्माण हुन बाँकी रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका अनुसार ७६ हजार लाभग्राही मध्ये ५० हजार लाभग्राहीले अन्तिम किस्ताको रकम बुझेका छन् ।
भ्ुाकम्प लगत्तै भएको सर्भेक्षण र त्यस पछी गुनासो सम्बोधनबाट थपिएका ७६ हजार ८१६ लाभग्रही नुवाकोटमा छन् । निजी आबासको अन्तिम किस्ता १ लाख रुपैयाँ लिन घरको छाना हालेको हुनु पर्ने स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका प्रमुख शम्भुकुमार शाहले बताए ।
राज्यले भुकम्पबाट क्षती ग्रस्त भएका संरचनाको पुनःनिर्माणको लागी ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउदै आएको छ । ३ किस्तामा उपलब्ध गराउने अनुदान रकम मध्ये नुवाकोटमा पहिला किस्ताको ५० हजार रुपैयाँ रकम लिने नागरिकहरूको संख्या ७२ हजार ४२२ छ । ६६ हजार ८८८ जनाले दोश्रो किस्ताको डेढ लाख रुपैयाँ लिएका छन् । निजी आबास निर्माणको आधार तह अर्थात डिपिसिसम्मको संरचनता तयार भए पछी दोश्रो किस्ताको रकम माग दाबी गर्न पाउने ब्यबस्था रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएका संरचनालाई मात्रै राज्यले अनुदान रकम बितरण गर्दै आएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट गाँउमा खटिएका प्राबिधिकहरूले प्रमाणिकरण गरेर पठाएका घरहरूलाई मात्रै राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको छ । ७६ हजार लाभग्राही रहेको नुवाकोट
जिल्लामा निजी आबास निर्माण सम्पन्न गर्ने नागरिकहरूको संख्या धेरै रहेपनि मापदण्ड अनुसार निर्माण सम्पनन भएका नागरिकहरूको संख्या मात्रै प्राधिकरणसँग छ ।
राज्यले तोकेको निश्चित मापदण्ड भन्दा बाहिर गएर केहि संरचना निर्माण भएकाले त्यसलाई प्रबलिकरण गरेर मात्रै अन्तिम किस्ताको रकम उपलब्ध गराउने जनाएको  छ ।
नुवाकोट जिल्लामा सबै भन्दा बढि लाभग्राही बेल्कोटगढी नगरपालिकामा छन् । १३ हजार ९७ लाभग्राही बेलकोटगढीमा कायम भएका छन् । जस मध्ये ८२ सय लाभग्राहीले मात्रै अन्तिम किस्ताको अनुदान रकम लिएका छन् ।
यस्तै, बिदुर नगरपालिकामा सबै भन्दा कम घर निर्माण भएको तथ्याङ्क छ । ११ हजार भन्दा बढी लाभग्राही रहेको विदुरमा ५ हजार लाभग्राहीले मात्रै घर निर्माण गरिसकेका छन् ।
लाभग्राहीद्धारा पहिलो किस्ताको रकम फिर्ता
निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम भएका तर घर बनाउन आवश्यक नठान्ने नुवाकोटका एक लाभग्राहीले पहिलो किस्ताबापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
अनुदानको लागि पाएको रकम फिर्ता गर्नेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका उत्तम अधिकारी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानिय शाखाले जनाएको छ ।
प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी आग्रह गरिसकेको छ ।


सौर्य प्लान्ट अन्यौलमा

विदुर/नुवाकोटमा निर्माण भैरहेको २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा परेको छ । सोलार प्यानल राख्ने ठाउँमा रहेको काठपात हटाउन नसक्दा सोलार प्यानल राख्ने काम नै अन्यौलमा परेको हो । देविघाट जलविद्युत् आयोजना निर्माणको क्रममा विदुर नगरपालिका वडा नम्बर ५ सिञ्चाईमा रोपिएका रुख सोलार प्यानल राख्न काटिएको थियो ।
कटान गरिएका रुखहरू सिसौ, खयर, सल्लो आँप, पिपललगायत ९ भन्दा बढी प्रजातिका छन् । लिलामी गरेका काठको रकम विद्युत प्राधिकरणको खातामा जम्मा गरिएको छ । कुनै पनि सरकारी जग्गाको रुख कटान गरी लिलाम बिक्री गर्दा नेपाल सरकारको राजस्व खातामा रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।
त्यही प्रावधानले गर्दा लिलामीको काठ त्यसै थन्केपछि प्यालन जडानको कार्यमा अन्योलता आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।

अदालतमा मुद्दाको संख्या बढ्यो

विदुर/आर्थिक बर्ष २०७५/७६ मा जिल्ला अदालत नुवाकोटमा मुद्दाको संख्या बढेको छ ।
गत वर्षको तुलनामा १३८ मुद्दा बढेका हो । अदालतमा ७५२ मुद्ददा परेका थिए । यो आर्थिक वर्षमा ३६५ मुद्दा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले फैसाला गरेका छन् । अदालतमा ३८७ मुद्दा फच्र्यौट गर्न बाँकी रहेको अदालतका श्र्रेस्तेदार शिवप्रसाद बञ्जराले बताए ।
गत आर्थिक वर्षमा २४९ थान लगत मुद्दामा यो वर्ष ३८७ थान लगत बाँकी रहेको अदालतले जनाएको छ । नयाँ संहिता (कानुन), जनघनत्व, जग्गाको मूल्यले समाजमा किचलो ल्याउँदा मुद्दाको संख्या बढ्दै गएको स्रेस्तेदार बञ्जराले बताए ।
फैसला भएका मुदामा बढी देवानी प्रकृतिका छन् र । व्यक्तिवादी (देवानी) धनसम्पत्ति, लेनदेन, जग्गा किचलो लगायतका ४६२ मुद्दा परेका थिए ।
त्यसमध्ये २२८ अदालतले फैसाला गरेको थियो भने २३४ फैसाला हुन बाँकी छन् । व्यक्तिवादी (फौजदारीमा) जालसाँझी, किर्ते, कुटपिट, लुटपाट लगायतका ११० मुद्दामा परेको थियो । त्यसमा ७१ फैसाला भएको र ३९ मुद्दा बाँकी रहेको छ ।
सरकारवादी फौजदारी अन्तर्गत कर्तव्य ज्यान, मानव बेचविखन, डैकैती लगायतका १७२ मुद्दा रहेकोमा ६२ टुंगिएका छन् । त्यसमध्ये ११० मुद्दा फच्र्यौट हुन बाँकी छ  ।

सडक दुर्घटनामा ४१ ले ज्यान गुमाए

विदुर/नुवाकोटमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएका छन् ।
जिल्लामा भएका विभिन्न दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईका अनुसार जिल्लामा सवारी दुर्घटनामा परि मृत्यु हुने मध्ये पुरुष ३३, महिला छ र बालबालिका २ जना छन् ।
सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने घटेको छैन । गत आर्थिक बर्षमा भएका दुर्घटनामा २७ सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भट्टराईले बताए ।
गत वर्ष २०७५÷०७६ मा भएका सवारी दुर्घटनामा परी ४५ जना घाइते भएका छन् । सवारी साधन दुर्घटना मध्ये मोटरसाइकल बढी रहेको छ ।
१० वटा मोटरसाइकल दुर्घटनामा परेको थियो । ट्रक ८ वटा, टिपर तीन वटा, कार÷जीप दुई वटा र वस, माईक्रोबस र ट्याकटर एक÷एक वटा दुर्घटनामा परेको  तथ्याङ्क छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सञ्चालन गरेको जनचेतनामुलक कार्यक्रमले दुर्घटना न्युनिकरण हुँदै आएको बताइएको छ । त्यस्तै, सम्भाबित दुर्घटना हुने क्षेत्रमा प्रहरीले चेतनामुलक ब्यानर र ट्राफिक सङकेतहरू राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख भट्टराईले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले  गत आर्थिक वर्षमा २२ हजार ६५६ सवारी साधनलाई कारवाही गरी एक करोड ५१ लाख भन्दा बढी  राजश्व संकलन गरेको छ ।
सवारी साधन चालकहरूलाई कारवाही गर्ने क्रम भने अघिल्लो आर्थिक वर्षहरूको तुलनामा गएको वर्ष कम देखिएको छ । तर दुर्घटना न्यूनिकरण भने भएको छैन । बढ्दो सवारी साधनको चाप र साँघुरा र कम गुणस्तरको सडकका कारण दुर्घटनाको संख्यामा वृद्धि भएको हो ।

रसुवागढी नाकाको फाईदा नुवाकोटलाई

मुकुन्दराज अर्याल
विदुर/रसुवागढी नाका औपचारिक रूपमा अन्तराष्ट्रिय ब्यापारिक नाकाको रुपमा सञ्चालन भएसँगै नुवाकोटमा चिनियाँ लगानीको सम्भावना बढेको छ ।
रसुवा विकट हिमाली जिल्ला भएको र त्यहाँ औद्योगिक तथा व्यापारिक क्षेत्र विस्तार गर्ने ठाउँ नभएको कारण नुवाकोटका राजनीतिक दलका नेता, उद्योगी र व्यवसायीले संयुक्त पहल गरे नुवाकोटमा चिनियाँ लगानीको सम्भावना बढ्ने नुवाकोट उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटा बताउछन् ।
रसुवागढी नाकालाई ब्यबस्थित बनाउनको लागी अत्याधुनिक उपकरणहरूको जडान गरिएको छ । नाकालाई ब्यबस्थित बनाउनको लागी चीन सरकारले अध्यागमन कार्यालयको भवन निर्माण सुरु गरेको छ । पार्किङ सहित अध्यागमन, क्वारेन्टाईन, जाँचपास, बैङ्क लगायत सबै एकिकृत सेवा प्रबाहको लागी एकिकृत भन्सार कार्यालयको भवन चिन सरकारले निर्माण सुरु गरेको छ ।

अहिले यस नाकाबाट दैनिक सयौँ गाडी सामान बोकेर नेपाल प्रवेश गर्ने गरेका छन् । नुवाकोटमा समथर भूभाग भएको र काठमाडौं प्रवेश गर्ने नाकाहरू पनि कालोपत्रे गरिएको तथा विद्युत् र पानीको सुविधा भएको कारण औद्योगिक क्षेत्रको सम्भावना पनि बढेर गएको हो ।
त्रिदेशिय मार्गको रुपमा समेत बिकसितट हुँदै आएको गल्छि त्रिशली सडक मार्गको डबल लेनमा भैरहेको स्तरउन्नतीले समेत नुवाकोटको संभाबनालाई उजागर गरेको छ । काठमाण्डौ देखि रसुवागढी नाकाको ट्रान्जिट प्वाईन्टको रुपमा नुवाकोट रहेको, आबाश्यक भौतिक पुर्बाधारले पुर्ण, नदी, जलबिद्युत र समथर भुभाग भएका कारण नुवाकोटको भबिष्य उज्वल रहेको छ ।
नुवाकोटमा चिनियाँ लगानी बढाउन स्थानिय तहको महत्वपुर्ण भुमिका रहेको छ । चीनले आफ्नो लगानी गर्नुअघि सो क्षेत्रमा कुनै पनि किसिमको बाधा र अवरोध हुन नहुने सर्त राख्ने गर्छ । सोही कारण नुवाकोटमा व्यवसायीको साथै राजनीतिक दल तथा सबै स्थानिय तहहरूको पनि प्रतिबद्धता आवश्यक परेको हो ।
नुवाकोट जिल्ला चीनको सामान भारततर्फ निर्यात गर्न नजिक छ भने भारतीय सामान चीन पठाउन पनि उपयुक्त मानिन्छ । यसै कारण नुवाकोट औद्योगिक तथा व्यापारिक क्षेत्रका लागि उपयुक्त ठाउँ बन्दै गएको बिदुर नगरपालीकाका प्रबक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले बताउछन् ।
चीनसँगको व्यापारका लागि रसुवाको राम्चे तथा त्यसको आसपासमा गइरहने पहिरोले बाधा पारे पनि केही समय पछि उक्त बाधा पनि हट्ने भएको छ । सरकारले त्रिशूली नदीको किनारै–किनार स्याफ्रुबेसीसम्म सडक बिस्तार गरिसकेको छ । नेपाली सेनाले ट्रयाक खोलेर आयोजनालार्य हस्तान्तरण गरिसकेको छ । हाल गल्छि त्रिशुली मैलुङ रसुवागढी सडक आयोजनाले बेत्रावती देखि स्याफु्रसम्मको सडक स्तरउन्नतीको काम सुरु गरिसकेको छ ।
बेत्रावतीबाट त्रिशूली किनारै–किनार रसुवागढीसम्म सडक जोडिएपछि चीनसँगको व्यापार १२ महिनै सुचारु हुनेछ । चीनबाट आउने सामान काठमाडौंका साथै नेपालको तराई क्षेत्रमा लैजान सस्तो पर्न जान्छ । केही महिना अघिसम्म काठमाडौं बाहेकका अन्य जिल्लामा चिनियाँ सामान जान काठमाडौं आउनैपर्ने थियो ।
अब भने काठमाडौं नआई चीनका सामान पोखरा, नारायणघाट, विरगन्ज, जनकपुर, बुटवल, भैरहवा, नेपालगन्जदेखि महेन्द्रनगरसम्म पुग्न सक्छ । चीनसँगको व्यापार बढ्ने भएपछि नुवाकोटका कतिपय टारमा ठूलाठूला गोदाम बन्ने सम्भावना बढेको नुवाकोट उद्योग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेती बताउछन् ।
यदि नुवाकोटलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नेतर्फ राजनीतिक दल तथा उद्योगी, व्यवसायीहरू तत्कालै लागेनन् भने नुवाकोट गाडी चल्ने, धुलो र धुवाले दूषित हुने ठाउँ मात्र हुने देखिन्छ । नुवाकोटको भौगोलिक बनावट तथा त्रिशूलीको पानी पर्याप्त भएका कारण चीनलाई समेत निर्यातजन्य उद्योगमा लगानी गर्न आकर्षित गर्न सकिने सम्भावना छ । रसुवागढी नाकालाई सदुपयोग गरेर नुवाकोटले फाइदा लिने नेपाली काँग्रेस नुवाकोट प्रबक्ता राजु थापाको पनि तर्क रहेको छ ।
चीनसँगको व्यापारिक नाका ब्यबस्थित बन्दै गएता पनि नुवाकोटमा रहेका स्थानिय तह, ब्यबसायी तथा व्यापारीहरूले जिल्लाको विकासलाई नयाँ रूप दिने प्रयास भने गरेका छैनन् ।

नुवाकोटमा १८ सय विवाद समाधान

सागर खनाल
विदुर/नुवाकोटको १२ स्थानीय तहमा सञ्चालित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ । 
भूकम्पपछि सञ्चालनमा आएको केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका ८८ वडामा मेलमिलापकर्ता र संयोजक राखी नागरिकका आपसी मनमुटाव, साँधसदियार मापन, जग्गा जमीन, कुलो पानी, धारा, बाटो, घरायसी समस्या, घरेलु हिसांलगायतका निवेदनलाई सहजीकरण गर्दै आइरहेको छ ।
हालसम्म १९ सय निवेदन परेको सो केन्द्र नुवाकोटका संयोजक सीताराम पौडेलले बताए । उनले साँध, कुलो, जग्गा जमीन, बाटो, घरायसी समस्यालगायतका विषयमा बढी निवेदन आउने गरेको बताए । भूकम्पपछि १९ सय निवेदन आएकोमा एक हजार ८०० वटा मिलाएरको उनको भनाई छ ।
केन्द्र सञ्चालनमा आएपछि नुवाकोटका नागरिकलाई अदालत र प्रहरी धाउनुपर्ने समस्या न्यूनीकरण भएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ८ निवेदन आएकोमा ४८५ वटा मिलाएर पठाइएको छ भने २३ वटा निवेदनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला अदालत पठाइएको केन्द्रले
जानकारी दियो । मेलमिलाप कार्यक्रम सञ्चालनको क्रममा फौजदारी बिषयहरू समेत आउने गरेको छ ।
राज्यले देबयानी प्रकृतिका बिबादहरू मत्रै सामाधान गर्ने अधिकार दिएको छ । स्थानिय तहले मेलमिलापकर्ताहरूलाई अपनत्व लिए पछी चुनौतीहरू कम भएको कार्यक्रम संयोजक पौडेलले बताए ।
केन्द्रले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ‘ख’ मा उल्लेख भए अनुसार ११ प्रकारका विवादलाई मिलाउन र हेर्न पाउने प्रावधान रहेको छ ।

भुकम्प पछि भ्रष्टाचार बढ्यो

विदुर/भुकम्प पछि नुवाकोटमा नीतिगत भ्रष्टाचार भएको ट्रान्सपरेन्सी ईन्टरनेसन नेपाल नुवाकोटले जनाएको छ ।
आर्थिक बर्ष २०७६÷७७ मा सञ्चालन हुने कार्यक्रमको बिषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा नुवाकोटमा नितिगत भ्रष्टाचार बढेको बताए । टिआई नेपाल नुवाकोटका कार्यक्रम संयोजक दिपेश घिमिरेले भुकम्प पछीको पुनःनिर्माणमा खटिएका प्राबिधिकहरूले नितिगत भ्रष्टाचार गरिरहेको बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट वडामा खटिएता पनि निजि फममा प्राबिधिकहरू ब्यबस्त रहदै आएका छन् । अधिकांश प्राबिधिकहरू वडामा केहि दिन मात्रै बस्ने गरेको पाईएको उनले बताए ।
कार्यक्रममा टिआई नेपालले नुवाकोटमा यस आर्थिक बर्षमा ६५ वटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भुकम्प पछीको पुनःनिर्माणमा सदाचार अपनाउनको लागी जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको टिआई नेपालले स्थानिय तह, वडा तह सम्म पुगेर पुनःनिर्माणको काममा निगरानी गर्ने भएको छ ।
पुनःनिर्माण भैरहेका बिद्यालय, खानेपानी, शिक्षालय,
निजि आबास लगायतमा सदाचार अपनाउदै सुरक्षित पुनःनिर्माणमा यो परियोजनाले सहयानेग गर्ने छ । भुकम्प अति प्रभाबित सबै जिल्लामा क्रियाशिल रहेको टिआई नेपालले बार्षिक पुनःनिर्माण प्रतिबेदन, भ्रष्टाचार निबारण लगायतमा काम गर्दै आएको छ ।

जिउँदो गाई पुरियो

प्रितिका थापा
बट्टार/विदुर नगरपालिका वडा नम्बर ४ हावाघर नजिकै जिउँदै गाई खाल्टोमा पुर्दै गरेको अवस्थामा शनिवार फेला परेको छ ।
केरुङ हुँदै चिन तर्फ गाई तस्करी गर्नेहरूले बिरामी गाईलाई पुर्न लागेको अनुमान गरिएको छ । टाउको मात्रै पुर्न बाँकी रहेको अवस्थामा एउटा गाईलाई स्थानीयहरूले जिउँदै फेला पारेका थिए । गाईको नेपाली सेना र स्थानियहरूले उद्धार गरेका हुन् । हावाघरको डिलमा खाल्डोे खनेर गाई त्यसमा खसालेको र माटोले पुर्दै गरेको अवस्थामा फेला परेको हो । टाउको बाहेक अधिकांश शरिरको भाग माटोले पुरिएको अवस्थामा गाई फेला परेको थियो । गाई पुर्नेमा सम्लग्न रहेकाहरूको खोजी भएपनि भेटिएको छैन ।
हावाघरमा जिउँदै पुरेको गाई शनिवार निकाल्दै सेना र स्थानीयवासी । 
जिउँदै गाई पुरिरहेको घटनाले शनिवार नुवाकोटमा तरंग पैदा गरेको थियो । रातको समयमा वा शनिवार विहानी पख गाई पुरेको अनुमान छ । स्थानीयहरूले बिहान साढे ११ बजे गाई देखेका थिए ।
नुवाकोट हुँदै दैनिक ३० भन्दा बढी गाई र गोरु चीन तर्फ जाँदै आएको छ । यसरी लैजाने गाई र गोरु मासु खानका लागि प्रयोग हुने अड्कल छ । भदौं लागेदेखि गाई निर्यातको क्रम सुरु भएको हो । काठमाडौं तथा आसपासका क्षेत्रबाट ल्याइएको गाई र गोरु नुवाकोट हुँदै रसुवा, चीन तर्फ लैजादै आएको छ । यसरी गाई र गोरुको ओसारपसार गर्नेहरूले बजार र घनावस्ती भएको स्थानमा रातको समय पार्ने गरेका छन् । प्रहरीले यसमा जानकारी भएपनि केही कारबाही गरेको थिएन ।
जिउँदै गाई पुरेको घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुई जनालाई पक्राउ गरेको छ । किस्पाङ वडा नं. ३ का राज तामाङ र आईत तामाङ पक्राउ परेका छन् । उनीहरू गाई र गोरु कुटपिट गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूले कुटपिट गर्दा एउटा गाई मरेको र अर्को गाई उठ्न नसक्ने गरी बिरामी परेको छ । जिउदो गाई पुर्ने मध्येमा उनीहरू हुन् की भनेर अनुसन्धान थालिएको छ ।

चालक कुटपिट घटनामा गृहले बनायो छानविन समिति

रोशन बोगटी
विदुर/रसुवामा गएको मंगलबार प्रहरीले सवारीधनीलाई गाडीबाट ओरालेर सडकमै कुटेको विषयले राष्ट्रिय चर्चा पाएको छ । उक्त घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले नयाँ छानबिन समिति बनाएको छ ।
जिल्लास्तरमा छानबिनका लागी निर्माण भएको समितिमा केही संशोधन गरेर गृह मन्त्रालयले शुक्रबार नयाँँ छानबिन समिति निर्माण गरेको हो । महान्यायधिबक्ताको कार्यालयका उप–न्यायधिबक्ता चन्द्रकुमार पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा योजना, अनुगमन तथा प्रशासकिय अधिकृत डा. थानेश्वर भुषाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष दावा दोर्जे तामाङ, व्यवसायी कामी नुर्पु तामाङ र सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईलाई सदस्य बनाइएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा मंगलबार दिउँसो प्रहरीले सवारीधनी आशिष तामाङलाई कुटेको भिडियो सार्वजनिक भएको थियो ।
गाडीबाट सडकमा तानेर सवारीधनीलाई तात्त र भकुण्डो गरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार रामबहादुर स्याङतानलाई जिम्मेवारी बिहीन बनाएर छानबिन सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए । समितिले सवारीधनी र मजदुरमाथि भएको दुव्र्यवहार बारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

नुवाकोटमै बिषादी परिक्षण हुने

सुजित भण्डारी
विदुर/कृषि ज्ञान केन्द्र नुवाकोटबाटनै बिषादी परिक्षण हुने भएको छ । चीनबाट आएका फलफुलको विषादी परीक्षणका लागि नुवाकोटमा केन्द्र स्थापना भएको हो ।
तीन नम्बर प्रदेश सरकारको सहयोगमा नुवाकोटमा बिषादी परीक्षण प्रयोगशालाको स्थापना भएको छ । बिशेष गरि नेपाल चीन बीचको एक मात्र ब्यापारिक नाका रसुवागढीबाट भित्रिएका फलफुल तथा तरकारी बिषादी छ छैन भन्ने परिक्षण गर्ने बताईएको छ । यस्तै, नुवाकोटमै उत्पादन भएका तरकारी तथा फलफुलमा बिषादीको मात्रा मापन गर्न सहयोग पुग्ने छ ।
तरकारी जोन र आलु जोन सञ्चालन भएको नुवाकोटमा बिषादी परिक्षण प्रयोगशाला प्रभाबकारी हुने बताईएको छ । नुवाकोटमा आयात÷निर्यात हुने तरकारी तथा फलफुलमा बिषादीको मात्रा प्रयोगको लागी कृषि ज्ञान केन्द्र नुवाकोटमा प्रयोगशाला निर्माण गरेको हो ।

ठेकेदारको लापर्वाही, जनता हैरान

केदार ढकाल
गेर्खुटार/विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीले यातायातको साधन सञ्चालन मात्रै होइन पैदल हिड्न पनि ठप्पै भएको छ ।
यातायातका साधन ठप्प भएसँगै स्थानिय सर्वसाधारण मर्कामा परेका छन् । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सबारी आबतजावत ठप्प भएको हो । बर्षातको समयमा निर्माण कम्पनीले सडक सरसफाई नगर्दा पैदल हिड्न समेत समस्या भएको छ ।
गाउँमा यातायातका साधन नचल्दा आफुहरू मर्कामा परेको वडा नम्बर १० का केशबबहादुर पाण्डेले जानकारी दिए । गाउँमा यातायातको साधन ठप्प हुँदा पुरै वडावासी नै प्रभावित भएको उनले बताए । सडकको अवस्था दयनिय भएपछि स्थानियवासी सडक निर्माण कम्पनीसँग रुष्ट भएका छन् । २०७५ साल असार २२ गते सम्झौता भएको सडक निर्माणको लागि सम्झौता भएपनि निर्माण कम्पनिले लापरवाहीले गाउँमा यातायातको सम्र्पक टुटेको छ ।  
सडकको ठेक्का संघिय सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ । ठेक्का पाएका कम्पनीले जगत तामाङ र गणेश लामालाई सव कन्ट्रयाक्टरको रुपमा काम गर्न दिएको छ । सडकको विषयमा निर्माण कम्पनीलाई बारम्बार जानकारी गराउँदा समेत अवरुद्ध सडक मर्मत नगरेको स्थानिबासीले बताएका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम आउन समेत समस्या भएको कुबेर रिजालले बताए ।
गाँउमा कोही बिरामी भएमा बाटोको खराव अवस्थाको कारण एम्बुलेन्स नै जान नसक्ने भएको छ । सडकको विषयमा निर्माणकर्ता जगत तामाङ र गणेश लामा र  कम्पनीलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गणेश नेपालले बताए । सडक मर्मतका लागि निरन्तर पहल गरिरहदा पनि निर्माण कम्पनीले चासो नदिएको उनले बताए ।
गेर्खुटारका स्थानियवासीले एक महिना अघि सडक सुधारको लागि ज्ञापनपत्र र मौखिक जानकारी गराउदा निर्माण कम्पनी बेवास्ता गरिरहेको छ । स्थानियवासीले बर्खा अगाडि नै ग्रावेल गरी हिडडुल गर्न सहज बनाईदिन आग्रह गरेपनि मागको सुनुवाई नभएको वडा अध्यक्ष नेपालले बताए ।
सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको साविकको गेर्खु गाविस सडक सञ्जाल राम्रो नभएकै कारणले विकट मानिएको छ । विना पुर्वाधार नगरपालिका बनेको यस क्षेत्रले नगरपालिका भएको महशुस समेत गर्न सकेको छैन । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख छ ।
सडक समयमै निर्माण नहँदा बालबालिकालाई स्कुल पठाउन समेत समस्या भएको छ । पुनःनिर्माणको समयमा सडक निर्माण कम्पनीले चासो नँदिदा नागरिकहरूको घर आदि बनाएर छाडिएको छ । निर्माण सामाग्री ल्याउन नपाउदा काम अधुरो परेको भगवती पाण्डेले
बताए । सडक निर्माण कम्पनीको चरम लापरवाहीकै कारण विदुर नगरपालिका वडा नम्बर १० गैरीखर्कमा एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।
फुलवारी–गेर्खुटार–चोगते सडकखण्ड अन्र्तगत गैरीखर्क गाउँमा अस्थायी निकास नकाट्दा एक दर्जन घर उच्च जोखिमामा परेको हो ।

पुल व्यवस्थापन गरेको दाबी

विदुर/देविघाटको पुरानो झोलुङ्गे पुल कवाडीलाई विक्रि गरेको समाचार बाहिर आएपछि वडा अध्यक्षहरूले शनिवार विदुरमा पत्रकार सम्मेलन गरेका छन् । विदुर नगरपालिका वडा नं. ५ र बेलकोटगढी नगरपालिका वडा नं. ८ का अध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गरेर रिसईविका कारण गलत समाचार आएको दावी गरे । तर पुल कवाडीमा विक्रिको प्रक्रृयाको बारेमा भने उनीहरूले प्रष्ट उत्तर दिएका छैनन् । सडक आयोजनाले काटेर अलपत्र पारेको पुलको व्यवस्थापन गरेको अध्यक्ष शिवकुमार चित्रकारले दावी गरे ।  पुल काट्दा नै सडक आयोजनाले प्रक्रृया परा गर्नुपर्नेमा त्यसो नभएको उनले बताए ।


विदुर वडा नं. ५ का अध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी  वडा नं. ८ का अध्यक्ष भोजप्रसाद पुडासैनीले ७० हजार रुपैयाँमा पुल विक्रि गरेको समाचार सरकारी सञ्चार संस्था राष्ट्रिय समाचार समितिमा शुक्रवार आएको थियो । यस विषयमा शनिवार भएको पत्रकार सम्मेलनमा वडा अध्यक्षहरूले पत्रकारलाई नै फरक आरोप लगाएका छन् । 
बालुवा तस्करीमा केहि दिन अघि मेसिन र मानिस पक्राउ परेपछि आफ्नो विरुद्धमा गलत समाचार सम्प्रेषण भएको आरोप वडा अध्यक्षहरूको छ । ‘पुल विक्रिमा कुनै अनियमितता भएको छैन, निजी स्वार्थ पुरा नभएपछि २०७५ साल माघको कुरा अहिले गलत ढंगले प्रचार गरियो’ वडा अध्यक्ष चित्रकारले भने । पुल कवाडीमा विक्रि गर्ने प्रक्रृया अन्र्तगत स्थानीयको भेलाबाट मनुमोदन गरेको र त्यसको जानकारी नगरपालिकाका प्रमुखलाई त्यही बेला मैखिक रुपमा गराएको उनले बताए । 

Sunday, September 08, 2019

फरक घटनामा दुईको मृत्यु

संगम भड्ताल
विदुर/नुवाकोटमा वालुवा झिक्ने क्रममा एक मजदुरको मृत्यु भएको छ । भने दिशा गर्न जाँदा बगाएर एक महिलाको मृत्यु भएको छ ।
हाते औजारले वालुवा झिक्ने क्रममा जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर ७ खसालटोलका बाबु परियार छन् । तर जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने उनको मृत्यु पौडी खेल्ने क्रममा भएको जनाएको छ ।
मृतक परियार नुवाकोटमा मजदुरी काम गर्न आएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उता, ककनी गाँउपालिकाका एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । गएको शनिबार बिहान बेल्कोटगढी नगरपालिका वडा नम्बर १३ र ककनी गाँउपालिका वडा नम्बर ७ को बीचबाट बग्ने ढाँडे खोलाले बगाएर बेपक्ता भएका स्थानिय शारदा श्रेष्ठको गएको आईतबार त्रिशुली नदीमा शब भेटिएको छ । ५० बर्षिय श्रेष्ठ बिहान खोला नजिक दिशा गर्न गएको समयमा बाढिले बगाएको थियो ।

पिउने पानीको जारमा किरा भेटियो, गोसाइँकुण्ड कम्पनी शिल

केदार ढकाल
विदुर/विदुर नगरपालिका वडा नं. ४ बट्टारमा सञ्चालित गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले शिल गरेको छ । उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा शिल लगाएको हो । जारको पानीमा किरा फेला परेपछि उपभोक्ताहरूले सुवत प्रमाणका लागि पानी प्रहरीको जिम्मा लगाएका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार कम्पनी मार्फत बजारमा बिक्रीका लागि पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट आएपछि कारवाहीका लागि शिल गरेर परीक्षणका लागि नमूना संकलन गरिएको छ । उद्योगबाट संकलन गरिएका दुई थान नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ ।
नमूनाको नतिजाका आधारमा बाँकी कारवाही अघि बढाउने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । उक्त कम्पनीमा शिल गरेसगैँ त्यहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्र मार्फत सचेत गराइएको छ । बिभागबाट पानी परिक्षणको नतिजा नआएसम्म पानी बिक्रिमा रोक लगाएको हो ।
यसअघि गोसाइँकुण्ड ड्रिङिकङ वाटरले दुवाल ब्रदर्श प्रालिले उत्पादन गरेको जारमा पानि बिक्रि गरेकोले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएको थियो । जालपा फ्रेसको लेवरमा गोसाइँकुण्डले पानी भर्ने गरेको र गुणस्तरहिन पानी रहेको उपभोक्ताबाट गुनासो आएपछि जालपा फ्रेसले प्रशासनमा मैखिक उजुरी गरेको थियो ।

मानव बेचबिखन विरुद्धको राष्ट्रिय अभियान

उषा रेग्मी
विदुर/मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा नुवाकोटमा औपचारिक कार्यक्रम भएको छ । सरकारको प्रतिबद्धता, मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता भन्ने मुल नाराका साथ १३ औँ मानब बेचबिखन तथा ओसार पासर बिरुद्धको दिबस मनाईएको छ ।
मानब बेचबिखन बिरुद्धको ऐन र नियम पारित भएकोले भदौ २० गतेका दिनलाई दिबसको रुपमा मनाउन थालिएको हो । बेचविखनमा प्रभावित भएका महिलाहरूलाई दुव्र्यबहार गर्ने, पक्राउ परिसकेका व्यक्तिहरू माथी अनुसन्धान प्रभाबकारी हुन नसक्ने र बेचबिखनमा परेका महिलाहरू आफै दलालीको काम गर्ने भएकाले नियन्त्रण हुन नसकेको सरोकारवालाको भनाई रहेको छ ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको कार्यक्रम ।
उता, गाँउका दलालबाट बेचिएका चेलीहरू नेपाल आएपछी आफै दलालीको काम गर्ने गरेको, आफ्नै घरपरीवारका सदस्यहरूबाट बेचबिखन हुने गरेको र जिल्ला प्रहरी कार्यालयमा उजुरी मात्रै पर्ने र जाहेरी नआउने हुनाले कारबाही प्रकृया अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबै नागरिकहरूले आफ्नो ठाँउबाट मानब बेचबिखन बिरुद्ध आबाज उठाउन थालेमा मात्रै यसको नियन्त्रण सम्भव रहेको बताए । सिमित ब्यक्ति र संघ संस्थाको कार्यक्रमले मानब बेचबिखनको सञ्जाललाई तोड्न नसक्ने उनको भनाई छ ।
मानव बेचविखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन मावन बेचबिखन नियन्त्रण सम्बन्धि ऐनले कडा कानुन बनाएपनि दलाललाई नियन्त्रणमा लिन सकिएको छैन । नुवाकोटबाट पछिल्लो समय चिन, भारत, मलेसिया, अफ्रिकन मुलक तथा अन्य देशहरूमा मानिसको विक्रि तथा मानब अङ्ग झिक्ने, बेश्याबृत्तिमा लगाउने लगायतका कामहरू हुँदै आएको छ । पछिल्लो समय मानब बेचबिखनको स्वरुप परिबर्तन भएकाले सरोकारवालाहरू त्यस तर्फ केन्द्रित हुनु पर्ने जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलले बताए ।
मानब बेचबिखनलाई रोक्नका लागी बिशेष गरि ग्रामिण क्षेत्रमा बिभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने बिभिन्न बिद्यालयमा बिद्यार्थी तथा शिक्षकहरूलाई यसको बारेमा जानकारी गराउने लगायतका कार्यक्रमहरू सञ्चालन भएमा मानब बेचबिखनका घटनालाई न्युनिकरण गर्न सकिने बताईएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोट र रसुवाबाट आउने नागरिकहरूलाई सूचना प्रबाहको लागी बिदुर चोकमा सुचना केन्द्रको स्थापना गरेको बताए । यससँगै आबाश्यक सबै कामहरूमा नगरपालिका अग्रसर रहेको उनले बताए ।
यस्ता मानब ओसारपसार गर्ने अपराधिहरूले बिभिन्न राजनितिक दल, पुलिस प्रशासन लगायत बिभिन्न निकायहरूसम्म सञ्जाल फैलएर मानब बेचबिखनका कायमा सम्लग्न भएकाले कारबाही गर्न असहज भएको सरोकारवालाहरूको भनाई छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले रोजगारी र पैसाको प्रलोभनमा तेश्रो मुलकलाई गन्तब्य बनाउदै मानब ओसार पसार भैरहेको बताए । पछिल्लो तीन बर्षको अवधिको तथ्याङ्क अनुसार मानब ओसारपसारको घटना बढ्दो अबस्थामा रहेको उनले बताए ।
पहिले अशिक्षा, गरिबि लगायत बिभिन्नकारणले गर्दा मानब बेचबिखन हुने गरेता पनी पछिल्लो समय यसको स्वरुप परिबर्तन भएर
यसले बिक्राल रुप लिदै आएको छ । २०२२ सालदेखि नुवाकोटबाट महिला विक्रिको क्रम सुरु भएकोमा पछिल्ला वर्षहरूमा मानव विक्रि र ओसारपसारको घटनामा कमी आएको थियो ।
विशेष गरी घ्याङ्फेदी, उर्लेनी, बेतिनी, गाउँखर्क, राउतवेशी, शिखरवेशी, सुन्दरादेवी, समुन्द्रटार, बालकुमारी लगायतका गाउँ विकास समितिबाट महिला तथा बालिका विक्रि हुँदै आएका छन् ।
आफ्नै परिवारको सदस्यहरूले महिला तथा बालबालीकाहरू हराएको उजुरी नभएको र बेचिएर आएका महिलाहरूले पनि दलालहरू माथी उजुरी नदिने भएकोले कारबाही गर्न नसकिएको हो ।
यसै बीच, जिल्ला प्रहरी कार्यालय नुवाकोटले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत मानब बेचबिखन तथा ओसापसार बिरुद्धको दिबसको अबसरमा अन्तक्रिया गरेको छ ।
मानब बेचबिखनबाट प्रभाबित रहेको नुवाकोटमा चेतनामुलक कार्यक्रम सञ्चालन गरि नियन्त्रण गर्ने उद्देश्यले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत अभियान थालिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मानब बेचबिखनको स्वरुप परिबर्तन भएको नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले बताए । रोजगारीको नाममा श्रम शोषण, बाल शोषण, अबैध कार्यमा लगाउने लगायतका कामहरू भैरहेकाले त्यसलाई निबारण गर्नु पर्ने बताए । 
मानब बेचबिखनको क्षेत्रमा काम गर्दै आएको बिभिन्न संघ संस्थाहरूले ग्रामिण भेगमा रहेका अशिक्षित नागरिकहरूलाई दलाले बिभिन्न आशमा फसाउने गरेको बताएका थिए ।
रोजगारी र पैसा कमाउने आश देखाउदै मानब ओसारपसार भैरहेको बताईएको छ । 

हतियार प्रयोग गर्ने एक पक्राउ

विदुर/धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक युबक प्रक्राउ परेका छन् । मेघाङ वडा नम्बर ३ चिउरी भञ्याङमा लेवर काम गर्ने टुलकुमारी बिकलाई गएको सोमबार राती प्रहरीले पक्राउ गरेको हो । विवादका कारण बिकले  ईटहरी महानगरपालिका ५४ वर्षीय नारायण भण्डारीलाई खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका भण्डारीलाई उपचारको लागि स्वास्थ्य चौकी मेघाङ लगिएकोमा थप उपचारको लागि त्रिशुली अस्पताल ल्याईएको छ ।

भ्रमण वर्ष पुर्वसन्ध्यामा कार्यक्रम

विदुर/भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विदुर नगरपालिकाले कार्यक्रम गर्ने भएको छ ।
पर्यटन बोर्ड, पर्यटन प्रबद्धनसँग जोडिएका संघसंस्थासँग सहकार्य गर्दै नगरपालिका भित्र रहेका पर्यटकिय स्थलहरूको उजागर गर्नको लागी कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा विदुर नगरपालिकाका प्र्रमुख सञ्जु पण्डितले नगरपालिका भित्र रहेका सबै पर्यटकिय स्थलहरूको संक्षण र प्रचार प्रसारको लागी कार्यक्रम आयोजना गर्न लागेको बताए ।
कार्यक्रमको छलफलका लागी पर्यटन पत्रकार, पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट, नुवाकोट उद्योग बाणिज्य संघ, भ्रमण बर्ष २०२० प्रदेश समन्वय समिति सदस्य सन्तोष उप्रेती लगायतसँग छलफल भएको हो । राष्ट्रिय स्तरमा पत्रकारिता गरिरहेका पत्रकारहरूलाई नुवाकोट ल्याउने र नुवाकोटको पर्यटन सम्भाबनाको बिषयमा उजागर गरी कार्यक्रम गर्ने बताईएको छ ।

नेपाल रेडक्रसको ५७ औं स्थापना दिवस

हरिजंग पाण्डे
विदुर/मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न माया भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस मनाएको छ ।
नेपाल रेडक्रस सोसाईसिटी जिल्ला शाखा नुवाकोटले रेडक्रस दिबसको अबसरमा जिल्ला अस्पताल त्रिशुलीमा रहेका बिरामीहरूलाई फलफुल बितरण गरेको छ ।
साथै जिल्ला अस्पताल त्रिशुलीका विरामीहरूका लागि २५ थान कम्वल समेत प्रदान गरिएको जिल्ला सभापति सुरथबहादुर चित्रकारले जानकारी दिए । त्यस्तै, रगत र राहतको क्षेत्रमा काम गर्दै आएको मानबिय संस्थाको रुपमा रहेको रेडक्रसलाई प्रत्येक नागरिकको पँहुचमा पुराउनु पर्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । नुवाकोट रेडक्रसका सभापति सुरथबहादुर चित्रकार, तीन नम्वर प्रदेशका महासचिव रामजी पौडेल, नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठ लगायतले नुवाकोट रेडक्रसले गरिरहेको कामको चर्चा गरे । 
२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरूले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याउदै आएका तथ्याङ्क रहेको छ । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरू छन् ।
फलफुल बितरण कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना, आपतकालिन अबस्थामा सहयोगको लागी सहकार्य गर्दै आएको बताए ।
मानवीय सेवमा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण जस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत रेडक्रस समुदायको संकटासन्नता कम गर्न देशका सवैजसो समुदायमा पुगिरहेको छ ।
विपद् तथा संकटजन्य अवस्थाहरू पश्चात् गरिने पुनर्लाभलाई सुदृढ गर्न, अझ बढि सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिकोसंस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबैपक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि रेडक्रसले आबह्वान गरेको छ ।

नेपाललाई चीनद्धारा सैन्य सामाग्री सहयोग

विदुर/चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ । उक्त सामाग्री रसुवागढी मार्ग हुँदै काठमाडौं गएको छ । ति सामाग्रीहरू एक रात नुवाकोट राखिएको थियो ।
चीनले सहयोग स्वरूप उपलब्ध गराएको सामग्री मंगलबार रसुवागढी नाका हुँदै बुधवार काठमाडौं भित्रिएको छ । मिसनका लागि आवश्यक आर्मोड पर्सनल क्यारिएर (एपिसी) उच्च सुरक्षाका साथ नेपाल ल्याइएको छ । मंगलबार रसुवागढीबाट ६३ वटा एपिसी नेपाल भित्रिएका छन् । चीनले नेपाली सेनालाई राष्ट्रसंघीय मिसनमा जान चाहिने सामग्री उपलब्ध गराउँदै आएको छ ।
गत असारमा प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ समकक्षीबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
सन् १९५८ देखि मिसनमा सहभागी हुन थालेको नेपाल सरकारले शान्ति सेना १० हजार पु¥याउने नीति लिएको छ । अहिले चीनबाट आएको एपिसी मिसनमा पठाइनेछ ।
चीन सरकारले उपलब्ध गराएको सामग्री आपूर्ति तथा परिवहन निर्देशनालयको व्यवस्थापनमा गरिएको हो । रसुवास्थित नेपाली सेनाको कालीजंग गणले त्यहाँको आवश्यक सुरक्षा व्यवस्थापन गरेको थियो ।
प्रधानसेनापती थापाले गरेको सहयोग सम्बन्धी सम्झौता अनुसारका सामग्री आउन करिब डेढदेखि दुई वर्षसम्म लाग्नेछ ।

१६ भदौ, २०७६ अङ्कको सम्पादकिय

हेलचेक्र्याईको पराकाष्ट
नुवाकोटमा भारत सरकारको अनुदना तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आथिृक र प्राधिक सहयोग गर्न आएको परियोजनाको कारण भुकम्प पिडितहरू झन् पिडित भएको तथ्य सार्वजनिक भएको छ । भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) मार्फत नुवाकोटमा सञ्चालन गरिरहेको भुकम्प पछिको पुननिर्माणमा अनियमितता भएको भन्दै सरोकारवालाहरूले पटक पटक विभिन्न फोरममा आवाज उठाउँदै आएका छन् । कार्यक्रम सञ्चालनको सुरु अवधि देखिनै प्रक्रृया भन्दा बाहिर रहेको यो परियोजनालाई आयोजना कार्यान्वय इकाईले पटक पटक सचेत गराउँदा पनि कार्यमा सुधार नभएको तथ्य फेरि सार्वजनिक भएको हो । यहि परियोजनाको भर परेका आठ सय भन्दा बढी पिडितहरूको लाभग्राहीमा नाम नै नआउने भएको छ ।
असाहाय, अनुदानको प्रक्रृयालाई नबुझेका वा पहुँच नभएका नागरिकहरूका लागि काम गर्ने समेत सम्झौता भएको यो परियोजनाका कर्मचारीहरूले हचुवाको भरमै कागज तयार गरेको र फर्जी काम गरेको पाइएको छ । आवश्यक कागज नपुगेको भनेर लाभग्राहीहरूलाई सूचीमा छुटाइदिनेसम्मको काम गरेको विवरण उसैले तयार गरेको प्रतिवेदनमा छ । घर फेला नपरेको, घरमा घरमुली नभएको जस्ता कमजोर आधार प्रस्तुत गरेर आयोजना कार्यान्वयन इकाईमा परियोजनाले प्रतिवेदन पेश गरेको छ । जुन प्रतिवेदन हँचुवाको भरमा तयार गरिएको देखिन्छ । सरकारले पुकम्पपिडितहरूलाई असार मसान्तसम्ममा गुनासो भर्न फेरि समय दिएको थियो । त्यस समयमा समेत परियोजना सञ्चालन भएको उक्त २० इलाकाबाट मात्रै २ हजार भन्दा बढीको नाम सूचीमा नपरेको गुनासो दर्ता भएको छ । सूचीमा नाम देखिएका तर पहिलो किस्ता नै लिन बाँकी उसको कार्य क्षेत्रको ८१३ लागभ्राहीहरू भने सूचीमा पर्नेमा ढुक्क थिए । यो प्रतिवेदन बाहिरिसंगै लाभग्राही सूचीमा धेरै छुटेको पत्ता लागेको छ । को व्यक्ति कुन कारणले सूचीमा पर्न सकेन वा उनीहरूका लागि सहयोग गर्न परियोजनाले किन सकेन भन्ने खुलेको छैन । संख्यामा मात्रै प्रस्तुत भएको यो विवरणले खैलावैला भएको छ । हेलचेक्र्याई रुपमा काम गरिरहेको युनोप्स् र यो परियोजनासंग सम्वद्ध कर्मचारीलाई नियममन गर्ने र सरोकार राख्ने निकायहरूले सामान्य सचेत समेत गराएको छैन । अझै डेढ वर्ष नुवाकोटमा रहने यो परियोजनाको बारेमा पारदर्शी रुपमा समीक्षा हुनु आवश्यक देखिएको छ । अन्यथा भारत सरकारले घर गनेर नेपाल सरकारलाई दिने अनुदान रकममा समेत अनियमितता हुने पक्का छ ।

कृषि ज्ञान केन्द्रको काम तिब्र

विदुर/कृषि ज्ञान केन्द्रले गत आर्थिक बर्षमा ठुलो रकम फ्रिज भएपछि यस आर्थिक बर्षको कामलाई तिब्रबता दिएको छ ।
शतप्रतिशत कार्य प्रगति हासिल गर्ने प्रतिबद्धता सहित ज्ञान केन्द्र नुवाकोट कार्यक्रम सञ्चालनमा लागेको छ । यस आर्थिक बर्षमा प्रदेश र संघबाट प्राप्त सबै कामको समयसिमा तोकेर कार्य सुरु भैसकेको कृषि प्रसार अधिकृत रुक्मेणी अधिकारीले बताए । यस आर्थिक बर्षमा बिशेष गरी कृषि ज्ञान केन्द्र नुवाकोटले कृषिमा यान्त्रिकरण, कफि उत्पादन तथा प्रबद्र्धन, लगायतका कार्यक्रमहरू सञ्चालनको तायारी रहेको उनले बताएका छन् । साबिक जिल्ला कृषि बिकास कार्यालय नुवाकोटले गर्ने कामलाई समेत निरन्तरता दिएको छ । सबै स्थानिय तहमा कृषि शाखाको रुपमा स्थापना भएतापनि ज्ञान केन्द्रले जिल्लाका  किसानलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन भैरहेको कृषि प्रसार अधिकृत अधिकारीले बताए । 

तारुकाको सांस्कृतिक पहिचान

शर्मिला उप्रेती
तारुका/तारुका भन्ने वित्तिकै संगसंगै जोडिएर आउने अर्को पर्यायवाची शब्द छ गोरु जुधाई । यही अन्तराष्ट्रिय पहिचान बनिसकेको परम्परा पनि यही तारकेश्वर गाउपालिकामा पर्दछ । हरेक माघेसंक्रान्ति पर्वमा तारुकामा हुने गोरु जुधाईले चाडपर्वको विशेषता नै परिर्वतन गराएको छ । माघेसंक्रान्ति भन्ने वित्तिकै नुवाकोटमा गोरु जुधाई सम्झन थालिएको छ ।
गोरु जुधाई मनोरञ्जनको माध्यम र खेलको जात्रा समेत बनिसेकेको छ । स्पेनको ‘बुलफाइट’ को झल्को दिएपनि तारुकाको गोरु जुधाई मौलिक शैलीको भएको र संस्कृतिको अंग बनिसकेको छ । सिङ्गै जिल्लाले गौरव गर्ने परम्पराको रुपमा स्थापित गोरु जुधाईकै व्यवस्थि तगर्नकै लागि तारकेश्वर गाउँपालिकाले आफ्नो कार्यहरूको सुरुवात गरेको छ । गोरु जुधाई हेर्न चन्दनी पुग्ने बाहिरका नागरिकहरूको सहजताका लागि सडकको स्तरउन्नती गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती सुनाउछन् । गोरु जुधाई हुने स्थानमा दर्शकलाई बस्नका लागि सहज हुने गरी रङ्गशाला निर्माणको विषयमा पनि स्थानीय सरकारले सोचेको छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जा आउँदा मनोरञ्जन दिन गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । तर यो इतिहास नमिलेको र इतिहास अर्को रहेको तर्क गर्ने स्थानीयहरू पनि निस्किएका छन् । जयपृथ्वीबहादुर सिंहको मावाली तारुका नभई काठमाडौंको असनमा रहेको र बझाङ्गी राजाहरूको यहाँको जमिन रहेको ईतिहास पढेकाहरू बताउछन् ।
अर्को किम्वदन्ती अनुसार विक्रम सम्वत १८८७ तिरबाट यो गोरु जुधाई सुरु भएको मेला व्यवस्थापन समितिका पुर्व अध्यक्ष नविन अधिकारी बताउछन् । बझाङ्गी राजाको
विर्ता रहेको तारुकामा कुत उठाउन आउँदा उनीहरूको मनोरञ्जनका लागि गोरु जुधाउन थालिएको हो ।
स्पेनमा हुने विश्व चर्चित बुल फाईटमा मानिसले गोरुलाई उत्तेजित पारेर कुदाउँछन् । तर तारुकाको प्रतियोगितामा त्यस्तै केही हुँदैन । यहाँ केवल गोरुविरुद्ध गोरु लड्छन् ।
थाकेर एउटा गोरु भागेपछि मैदानमा बाँकी रहेकोलाई विजेता घोषित गरिन्छ । केही वर्षयता तारुकाको गोरु जुधाईको चर्चा चारैतिर फैलन थालेपछि वरपरका जिल्लामात्र नभई काठमाण्डौंबाट पनि दर्शकहरू आउँछन् ।
प्रतियोगिताका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । 
यो संख्या वर्षेनी बढिरहेको छ । तथ्याङ्कक राख्ने नगरेपनि तारुकामा  दर्शकको भीड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिन हुन नसकेपनि स्थानीयहरूलाई झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विश्वास रहेको गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल बताउँछन् ।
शताब्दीदेखि चल्दै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ । स्थानीय युवाहरूको जोश र जाँगरले सञ्चालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ । खेलको प्रवद्र्धन हुन सके कृषिलाई समेत उभो लगाउन सकिने देखिन्छ ।
परम्परागत रुपमा चलिआएको यस्तो खेललाई पर्यटकीय आकर्षण बनाउन पनि सकिन्छ । युवाहरूले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरूले विशेष ध्यान दिने बताएका छन् ।

क्यारेम खेलाउनेलाई कारबाही

विदुर/किस्पाङ गाँउपालिका वडा नम्बर २ ले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बिभिन्न निर्णयहरू गरेको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष देवनाथ भट्टको अध्यक्षतामा बसेको बैठकले वडा भित्र लगाईएका र आफै उम्रिएको गाँजाको बोटहरू नष्ट गर्न‘का साथै बेलुका ८ बजेपछि होटलहरू बन्द गराउने निर्णय गरेको छ । बिद्यार्थीहरूको अध्यायनलाई मध्यनजर गर्दै बिद्यार्थी क्यारमबोर्ड खेल्ने गरेकाले क्यारमबोर्ड खेलाएमा जरिवाना लाग्ने निर्णय गरेको हो । पहिलो पटक एक हजार रुपैयाँ, अटेर गरेमा पाँच हजार रुपैयासम्म जरिवाना गराउने निर्णय भएको वडा कार्यालयले जनाएको छ । बैठकमा वडाका सदस्यहरू, वडा सचिव राजकुमार ओझा, प्रहरी सहायक निरिक्षक महानन्द यादवको उपस्थिति थियो ।