Monday, April 02, 2012

छतमा बस्ने यात्रुलाई प्रहरीको थप्पड

विदुर÷बसको छतमा बसेर यात्रा गर्ने यात्रुलाई प्रहरले थप्पड लगाउन थालेको छ ।
    गएको सोमवार बिहान ११ बजे त्रिशुलीबाट काठमाडौँतर्फ जाँदै गरेको एक बसको छतमा बसेका नुवाकोट हल्देकालिका गाविस–९ का जीतबहादुर तामाङ सहित केहीलाई प्रहरीका असईले कुटेपछि तनाव उत्पन्न भएको छ । छतमा बसेर यात्रा गर्न नपाइने नियम भएको भन्दै छतबाट तल ओरालेर ६० वर्षिया तामाङलाई कुटे लगत्तै स्थानियवासिन्दा अन्य यात्रुहरू प्रहरीमाथि खनिएका थिए । तनावका कारण करिब तीन घण्टा सवारी आवागमन बन्द भएको थियो । घटना साम्य पार्न ४० जनाको प्रहरी टोलीले भिडलाई नियन्त्रणमा लिएर कुटपिटमा परेका यात्रुहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । प्रहरीले अब प्रहरीबाट कुटपिट नहुने बताएर यात्रुहरूलाई फर्काएको छ । जिल्लामा सञ्चालित सवारी साधनका छतमा यात्रुहरू बस्ने र दुर्घटनाका घटनाहरूमा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले छतमा बसेर यात्रा गर्न कडाई गरेको छ । प्रहरीले छतमा बसेर यात्रा गरेका यात्रुलाई ओरालेर कुट्न थालेको हो ।

बंैकमै पैसा असुरक्षित भएपछि

धुञ्चे÷बैकमा सुरक्षित राखिएको पैसा हराउला भनेर सायद स्याफ्रु गाविस– २ का ढिण्डुप तामाङले कहिलै सोचेका पनि थिएनन् होला, तर त्यस्तै भयो । उनले सुरक्षाका लागि बैंकमा गायव भएपछि रुन्चेहाँसो सुरु भएको छ । बुधबार ढिण्डुप तामाङले २०४७ साल देखि नेपाल बैँकको धुञ्चे शाखामा राखिएको पैसा गायव भएपछि असुरक्षाको भेद खुलेको हो ।
    आफ्नो चौरी गोठ नै बेचेर जम्मा गरेको पाँच लाख रुपैयाँ भन्दा बढी गायव भएपछि तामाङमात्रै होइन बैंकका कर्मचारीहरूको समेत निद उडेको छ । उनको खातामा रहेको पैसा नक्कली नाम भएका धुञ्चे–५ का ढिण्डुप तामाङले तीन पटक गरेर झिकेको बैकको अभिलेखमा उल्लेख छ । ‘पैसा लिन आईयो तपाईले सबै पैसा झिकिसक्नु भयो भन्दा त म झस्याङ्गै भए’ उनले सुनाए ।
    बैंकको अभिलेखमा २०६८ असोज १५ गते पाँच हजार रुपैयाँ, २०६८ साल कार्तिक ४ गते २० हजार  रुपैयाँ र २०६८ साल मङ्सिर १६ मा पाँच लाख रुपैयाँ गरी जम्मा पाँच लाख २५ हजार रुपैयाँ रकम धुञ्चे घर भएको ढिण्डुप तामाङले किर्ते हस्ताक्षर गरेर झिकिएको पाईएको छ ।
    बैकका कर्मचारीको मिलेमतोमा उक्त  काम भएको भन्दै पिडित पक्षको उजुरीको आधारमा बैंकका बरिष्ठ सहायक अधिकृत युवराज श्रेष्ठ र बैंकमा कार्यरत कर्मचारी लामा तेन्जिङ तामाङ र नक्कली खातावाल बनेर रकम निकाल्ने ढिण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरूमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक अच्युत पुडासैनीले जानकारी दिएका छन् ।

चार वर्ष पछि काज फिर्ता

शर्मिला उप्रेती
त्रिशुली÷विभिन्न कारणहरू देखाउँदै वर्षै देखि काजमा बस्दै आएका नुवाकोट जिल्लाका ग्रामिण भेगका स्वास्थ्यकर्मीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले फिर्ता गरेको छ ।
    पियनको भरमा स्वास्थ्य कार्यालयहरू छाडेर हिँडेका र काम नै नगरी तलब खाइरहेका एक जना डाक्टर, तीन जना अहेव, तीन जना अनमी र दुई जना कार्यालय सहायक गरी गरी नौँ जनालाई जिल्ला स्वास्थ्य कार्यालयले गाउँ फिर्ता पठाइएको हो ।
    काज फिर्ता भएर सम्वन्धि कार्यालयमा हाजिर हुने कर्मचारीहरूमा डा. दिपेन्द्र पाण्डे प्राथमिक स्वाथ्य केन्द्र खरानिटार, अहेवहरू दिपक रिमाल रातमाटे, भुवनराज केसी समुन्द्रटार र सुनिल बैद्य दुईपिपल रहेका छन् । त्यसै गरी अनमी लक्ष्मी सापकोटा वागेश्वरी गाविस, चारु तामाङ ककनी र ललिता नेपाली देउराली रहेका ।
    त्यसै गरी कार्यालय सहायकहरू उदय डङ्गोल मनकामना र खिलबहादुर प्याकुरेल ककनी फिर्ता भएका छन् । उनीहरू चार वर्षदेखि जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा चार वर्ष देखि काजमा रहेका थिए । बुद्धिबहादुर खड्काको देउरालीमा दरवन्दी रहेको भएपनि उहाँको काज भने फिर्ता भएको छैन । चालु आर्थिक वर्षमै उमेरहदका कारण अवकाश पाउने भएकोले जिल्ला अस्पताल त्रिशुलीमै रहेको बताइएको छ ।
    शुसासन अनुमगन समिति नुवाकोटले ग्रामिण भेगमा दरवन्दी रहेका स्वास्थ्यकर्मीहरूको काज फिर्ता हुनुपर्ने माग एक वर्षदेखि उठाउँदै आएकोमा यो पाली कार्यान्वयन भएको संस्थाका अध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य बसन्तराज केसीले जानकारी गराएका छन् । केसीका अनुसार अन्य स्वास्थ्यकर्मीहरू अझै पनि दरवन्दी कायम नभएका कार्यालयहरूमा नगएका र जिल्ला अस्पतालमै रहेकोले उनीहरूको काज फिर्ता गराउनका लागि समेत पहल भइरहेको छ ।   
    ग्रामिण भेगका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र अन्य स्वास्थ्य केन्द्रहरूमा दरबन्दी कायम भएका अहेव लगाएतका कर्मचारीहरूलाई सम्बन्धित गाविसमा गएर सेवा दिन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंहले जानकारी दिएका छन् ।

तीन घरमा भिषण आगलागी

विदुर÷ घ्याङफेदी गाविस–५ घ्याङडाडाँमा गएको साता भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।
    विहीवार दिउँसो भएको उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको स्थानीय कर्मजित तामाङले जानकारी दिएका छन्  ।
    उनका अनुसार स्थानीय याङदोर्जे मोक्तान र श्रीमेन्दो मोक्तानको घर जलेर नष्ट भएको छ । त्यसै गरी छिमेकी श्यामबहादुर मोक्तानको घरमा भने आशिंक रुपमा क्षति भएको छ ।
    दिउँसोको समयमा आगलागी भएको कारण मानविय क्षती नभएको बताइएको छ । दिउँसोको समयमा घरका अभिभावक खेतवारीको काममा गएको समयमा घरमा बालबालिकाले आगो खेलाउँदा आगलागीको घटना भएको बताइएको छ ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न

विदुर÷स्वास्थ्यकर्मीहरूको लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । कार्यक्रम गएको सोमवारबाट सुरु भएको थियो ।
    कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, प्राथमिक स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंह, तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नवराज लम्साल,  जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामेश्वर कुँवर सरकारी वकील कार्यालयका देवेन्द्रराज अर्याललले प्रशिक्षण दिएका थिए ।

खोलामा डुबेर विद्यार्थीको मृत्यु

विदुर÷नुवाकोटको तादी नदीमा डुबेर मङ्गलवार शाँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेर्खु गाविस–१ का २० वर्षिय दिपक लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कक्षा ९ मा अध्ययनरत लामाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाईएको छ ।

.श्रीमती भन्दा भैँसी प्यारो... खुकुरी प्रहारबाट श्रीमती घाइते


विदुर÷कहिले काँही आफ्नै श्रीमती भन्दा पनि भैँसी प्रिय हुन्छ भन्ने प्रमाणित गरेका छन् रसुवाका एक व्यक्तिले ।  भैँसीको स्याहारसुसार नगरेको झोकमा मदिरा पदार्थ सेवन गरेका धैबुङ्ग गाविस–८ का लयुल तामाङले श्रीमतीलाई मरणासन्न हुने गरी खुकुरी हानेका छन् ।
    विदुर नगरपालिका–४ बट्टारमा डेरा गरी बस्दै आएका तामाङले श्रीमती कान्छी तामाङमाथी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले छ । तामाङले श्रीमतीलाई भैंसीको स्याहार नगरेकोमा रिस उठेको र खुकुरी प्रहार गरेको प्रहरी वयान उल्लेख गरिएको बताइएको छ ।
    तामाङको उपचार काठमाडौँमा भइरहेको छ ।

पत्रकार महासङ्घको स्थापना दिवस

विदुर\नेपाल पत्रकार महासङ्घको ५७ औँ स्थापना दिवसको आवसरमा जिल्ला शाखा नुवाकोटले शुक्रवार विदुरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
    शाखा अध्यक्ष राजुमित्र खनालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए । आउँदो जेठ १४ मै संविधान भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
    कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनबहादुर खड्का, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं बागमती अञ्चल ईञ्चार्ज शिव देवकोट, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारी नुवाकोटका उपाध्यक्ष देवचन्द्र भट्ट, क्रान्तिकारी पत्रकार सङ्घ नुवाकोका सदस्य रामहरि गजुरेल, महिला मानव अधिकारी रक्षक सञ्जाल नुवाकोटका उपाध्यक्ष अस्मिता थापाल गायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागि वक्ताहरूले लोकतान्त्रिक नेपाल निर्माणमा प्रेसले निर्वाह गरेको भुमिका र पप्त उपलब्धीहरूको सुरक्षा गर्ने विषयमा आफ्ना भनाईहरू राखेका थिए ।

प्रशिक्षक प्रशिक्षण तालिम

बट्टार÷कार्नेट नेपालले छ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार बट्टारमा सम्पन्न गरेको छ ।
    तालिममा नुवाकोटका दुईपिपल, तारुका, रातमाटे तथा खड्गभञ्ज्याङ गाविसका मण्डलीहरूका १७ जना अगुवाहरूको सहभागिता रहेको थियो ।
    प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाई बाल दुब्र्यवहार तथा मानब बेचविखन विरुद्धको प्रशिक्षण दिइएको थियो ।
    तालिम पश्चात सहभागीहरूले आ–आफ्नो मण्डली तथा समुदायमा बाल यौन शोषण तथा मानव बेचविखन विरुद्धका सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने भएका छन् ।
        उक्त कार्यक्रम सञ्चालन गर्न सहभागीहरूले तीन महिनाको लागि सचेतनाका कार्य योजना पनि बनाएका छन् ।
    तालिमलाई कार्नेट नेपालका फिल्ड सुपरभाईजर सुरेन रसाईली, फिल्ड संयोजक गिरिजा भट्टराई तथा शाखा कार्यालयका क्लोसटर म्यानेजर पुरुषोतम डोटेलले सहजीकारण गरेका थिए ।
    कार्नेट नेपाल नुवाकोट वर्किङ गु्रपका संयोजक ईश्वर पुडासैनी र कोषाध्यक्ष दिपक भर्तालले सहभागीहरूलाई शुभकामना दिँदै प्रमाण पत्र प्रदान गरेका थिए ।
    सहभागीहरूले मानब बेचविखनका सम्बन्धमा आफुहरूमा भएका नकारात्मक धारणामा परिवर्तन भएको बताएका छन् ।

महिला सञ्जालमा थापा मगर

विदुर÷महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल समिति नुवाकोटको प्रथम अधिवेशन विदुरमा सम्पन्न भएको छ ।
    अधिवेशनले दुई बर्षे कार्यकालको लागी शर्मिला थापा मगरको अध्यक्षतामा नौ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।
    कार्य समिचिको उपाध्यक्षमा अस्मिता थापा, सचिवमा शर्मिला उप्रेती र कोषाध्यक्षमा सविना रिमाल छन् । त्यसै गरी सदस्यहरूमा मणि लामा, मिका रिमाल र दलितबाट मनोनित सदस्य सम्झना नेपाली छन् । मनोनित अन्य सदस्यहरूमा सुकुमाया तामाङ र पार्वती उपे्रती छन् ।
    सल्लाहकारहरूमा शोभा श्रेष्ठ, विन्दा ढुङ्गाना, विन्दा अर्याल र महिला तथा बालबालिका कार्यालयका एक जना प्रतिनिधि रहने गरी चयन भएको छ ।

आर्थिक उपार्जनको लागि महिलाहरु समूहमा

बागेश्वरी÷वागेश्वरीका महिलाहरू आजकाल समूमा आबद्ध हुनथालेका छन् । कार्नेट नेपालले गरिब तथा विपन्न वर्गका महिलाहरूलाई ब्यवसायीक सीप अभिवृद्धि तालिम प्रदान गरि ब्यवसायीक कर्जा प्रदान गर्न थाले पछि गाउँलेहरूका निम्ति प्रशस्त अर्थ उपार्जनको लागि ठुलो ढोका खुलेको बागेश्वरीका महिलाहरू बताउँछन् ।
    समूहमा लामबद्ध हुने क्रममा बुधवार बागेश्वरी गाविसको फलाँटेमा वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूह र सुनौलो विहानी वचत तथा ऋण समूह गठन भएको छ । प्रत्येक समूहमा १२ जना सदस्यहरू रहेका छन् । उक्त समुहका अध्यक्षमा क्रमशः प्रमिसा सेडाई र भगवती सुनुवार छन् ।
    त्यस अघि तालिमको आयोजना गरिएको बताइएको छ । तालिमलाई कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलले सहजीकरण गरेका थिए । तालिममा समूहका आधारभूत तत्वहरू, वचत तथा ऋण परिचालनका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूहका कोषाध्यक्ष अनुष्का आचार्यले आफ्नो नवगठित समूहले वित्तिय कारोवार मात्र नगरी समूदायमा हुने विकृति, विसंगति विरुद्ध तथा वाल दुब्र्यबहार र मानब बेचविखन विरुद्धका सामुदायिक सचेतनाका कार्यक्रमहरू पनि गर्ने बताए । चैत्र २७ गते चोगदेमा एक समारोहमा विच नवगठित दुवै समूहका सदस्यहरूलाई जनहि दश हजार रुपैयाँ रकम बराबरको ब्यवसायीक सामानहरू तथा घर पालुवा जनावरहरू वितरण गर्ने जानकारी डोटेलले दिएका छन् ।

स्थानीयहरु फेरि आन्दोलनमा

ओखरपौवा÷उपत्याकाको फोहोर व्यवस्थापनमा पटकपटक अवरोध सृजना गर्दै आएका नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइडको आसपासका बासिन्दाले फेरि विभिन्न माग राखी स्थानीय विकास मन्त्रालयमा मङ्गलवार सात दिनको अल्टिमेटम दिएका छन् ।
    सिसडोल संघ समितिका उपाध्यक्ष श्यामसुन्दर बलामीसहितको टोलीले स्थनीय विकास मन्त्रालय फोहोरमैला व्यवस्थापन तथा श्रोत परिचालन केन्द्रका महाप्रवन्धक रामशरण महर्जनलाई विभिन्न तीन सुत्रीय माग राखी सात दिनभित्र माग पूरा गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा ओखरपौवा गाविस वडा नंं ४ सिसडोलमा गत सात वर्ष देखि फालिदै आएको उपत्यकाको फोहोर वैज्ञानिकरुपमा व्यवस्थापन गरिनुपर्ने, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रको विकास र विस्तारका लागि आधिकारीक विकास समिति गठन गरी सार्वजनिक गरिनुपर्ने तथा विगतमा भएका माग र सहमतिहरू पालना गरिनुपर्ने उल्लेख गरिएको छ ।
    आफ्ना मागहरू प्रति एक साता भित्रमा पनि सम्वन्धित निकाय गम्भिर नबने फोहोर व्यवस्थापनमा अवरोध सृजना गरिने उनीहरूले बताएका छन् ।

दुईलाई निजामति सन्तती छात्रबृत्ति

विदुर÷निजामति कर्मचारीका दुई जना सन्ततीले उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति पाउने भएका छन् ।
    सुन्दरादेवी आयुर्वेद औषधालयका सहायक विदुर पाण्डेका छोरा अभिषेक र जिल्ला भूसंरक्षण कार्यालयका सहयोगि छत्रप्रसाद ढुङ्गानाका छोरी प्रमीला ढुङ्गानाले छात्रबृत्ति पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चैत्र ५ गते बसेको विद्यार्थी छनोट सकितिको बैठकले उनीहरूलाई छात्रबृत्ति दिने निर्णय गरेको हो । उनीहरूले दुई वर्षसम्म मासिक पाँच हजार रुपैयाँ छात्रबृत्ति पाउने छन् । गतवर्षको एसएलसी परिक्षामा अभिषेकले ८२ प्रतिशत र प्रमीलाले ५१ दशमलव १३ प्रतिशत अङ्क प्राप्त गरेका थिए ।
    बहाल वा भूतपूर्व निजामति कर्मचारीका ती सन्तती, जो सामुदायिक विद्यालयमा अध्ययन गरेर उत्कृष्ठ प्रतिशत ल्याउनेलाई यस्तो छात्रबृत्ति दिने घोषणा सरकारले गत आवमा गरेको थियो । यसको लागि ‘निजामति कर्मचारीलाई छात्रबृत्ति उपलब्ध गराउने निर्देशिका २०६७’ जारी गरी आवेदन माग गरिएको थियो ।

Monday, March 26, 2012

निषेधको राजनीति

सभासद् प्रेम तामाङ
कपिलदेव खनाल
रसुवा÷एकीकृत नेकपा माओवादीको रसुवा नेतृत्वको गैह्र राजनीतिक चरित्रको कारणले एक अर्काका बीचमा भौतिक आक्रमणसम्मको स्थितीमा आइपुगेको छ । गत एकवर्ष देखिको तल्लो स्तरको विवाद गत साताको प्रेस विज्ञेप्ती सार्वजनिक भएबाट चुलिएको हो ।  आन्तरिक विवादले रसुवा जिल्लामा ठुलो रुप लिएको छ । माओवादी संस्थापन पक्ष र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षका जिल्ला स्तरिय नेताहरूको असन्तुष्टि र टकराबले निषेधको राजनीति सुरु भएको छ ।
    जिल्ला विकास समिति रसुवाको १९ औँ जिल्ला परिषद्मा राजनीतिक दलहरूले योजना र बजेट बाडफाँड गरेर खाएको आरोपमा भट्टराई खेमाका सभासद् प्रेम तामाङले आफ्नै पार्टी र अन्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमालेका विरुद्ध लगातार एक वर्षसम्म भण्डाफोर अभियान सञ्चालन गरेपछि दलहरूले सभासद्लाई निषेध नै गरेका छन् । एकीकृत माओवादी सहित नेपाली काँग्रेस, नेकपा एमाले र अन्य साना दलहरूले सभासद् उपस्थित रहने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्न थालेका छन् । काँग्रेस, एमाले सहितका अन्य दलहरूको सहयोगमा एकीकृत माओवादीले सभासद् तामाङलाई ‘एक्लाएको’ घोषणा गरेका छन् ।
    एकीकृत नेकपा माओवादी रसुवाद्धारा चैत ७, २०६८ मा जारी विज्ञप्ती अनुसार सभासद् तामाङले चैत १, २०६८ मा माओवादी पार्टीको नाममा अनाधिकृत रुपमा प्रयोग गरि पार्टीको नाममा प्रेस विज्ञप्ती जारी गरिरहेका छन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘कालिकास्थानको घुम्तीवजारमा कोणसभाको आयोजना गरी सभासद् प्रेम तामाङले जिल्ला पार्टीका जिम्मेवार नेताहरूको नामै किटान गरि आक्रमणको धम्की दिनुको साथै वेलुकी जिवजिवेमा नारायण देवकोटा, शंकर देवकोटा र अर्जुन लामिछानेको घर खानतलासी गरि जिल्ला सेक्रेटरी समिरलाई खोजी गरिनु र आक्रमण गर्ने धम्की दिने काम गरियो । सो को निरन्तरतामा अज्ञात समुहले चैत ४, २०६८ को राती १२ः५० वजे जिल्ला सेक्रेटरी समिरको घरमा ढुङ्गामुढा गर्ने काम भयो ।’  
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर’का अनुसार जनताका लागि काम गर्दागर्दै सभासद् तामाङले सबै दललाई भ्रष्टाचारीको आरोप लगाएका कारण माओवादी, काँग्रेस, एमाले, नेकपा एकीकृत सहितका दलहरूले सभासद्लाई बहिष्कार गरेका हुन् । सभासद् तामाङले राजनीतिक दलका नाममा नेताहरूले गर्न लागेको आर्थिक अनियमितता र भ्रष्टाचारको पर्दाफास गरेकोमा आफुलाई माओवादी पार्टीले कालोमोसो लगाएर सडकमा पछार्ने धम्कि दिएको बताएका छन् । ‘जनप्रतिनिधि हुँ, जनताकै नाममा दलहरूले लुटगरेको विषयमा मैले बोल्न पाउनुपर्छ, रोक्न पाउनुपर्छ’ सभासद् तामाङले भने । माओवादीको पालुङटार बैठक अघि देखिनै रसुवामा विचार विहिन र विचार बोकेका माओवादीहरू बीच निरन्तर लडाई चलिरहेको उनको भनाई छ । ‘माओवादी जनतासंगै रहनुपर्छ भन्ने बिचार बोकेका र ऐसआराम गर्नुपुर्छ, उत्थानको प्रक्रृया आफैबाट थालिनुपर्छ भन्ने बिचारविहिन पक्षको लडाई जिल्लामा जारी छ’ तामाङले भने । रसुुवा माओवादीमा पछिल्लो पटक देखापरेको कलह पनि सोही प्रक्रृयाको निरन्तरता मात्रै भएको उनको दाबी छ । सेक्रेटरी समिरमाथीको आक्रमण प्रयासलाई तामाङले स्विकार गरेका छैनन् ।
    जनताले खानेपानीको पाइप, विद्यालयमा बस्ने बेञ्च र चक समेत नपाइरहेको अवस्थामा प्रमख तीन राजनीतिक दलहरूले विभिन्न नाम देखाएर एकमुष्ठ रकम हत्याउन लागेको भन्दै दलका नेताहरू भ्रष्टाचारी रहेको दावी गर्दै सभासद् तामाङले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा विरोध जनाउँदै आएका छन् । माओवादी पार्टीले भने राजनीतिक दलहरूले जिविसको योजना तर्जुमा बैठकमा जनताबाट माग भएका योजनाहरूलाई प्राथमिकतामा रहेर बजेट बाडफाँड गरिएको र आफ्ना व्यक्तिगत माग परिषद्बाट सम्बोधन नभएपछि सभासद् तामाङले आफ्ना पार्टी सहित अन्य दलहरूलाई भ्रष्टाचारीको आरोप लगाएको बताएको छ ।
    चालु आर्थिक वर्षको लागि जिल्ला विकास समिति रसुवाको १९ औँ परिषद्बाट एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेले आ–आफ्ना फरक योजनामा २०÷२० लाख रुपैयाँ विनियोजन गरेकोमा सभासद् तामाङले आपत्ति जनाउँदै आएका छन् । एक वर्ष अघि सम्पन्न परिषद्बाट माओवादीको भागमा रेडियो सञ्चालन गर्न १५ लाख, सहकारीका लागी पाँच लाख गरी २० लाख रुपैयाँ, काँग्रेसको भागमा सहकारी संस्थाहरूमा खर्च गर्नेगरी २० लाख रुपैयाँ र एमालेको भागमा जडिबुटीको क्षेत्रमा काम गर्न भनि २० लाख रुपैयाँ एकमुष्ठ विनियोजन गरेको थियो । सभासद् तामाङ व्यवस्थापन समितिका अध्यक्ष रहेको कालिका हिमालय उच्चमाविका लागि समेत १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । विवादका कारण ती योजनाहरू कुनै पनि सञ्चालनमा आएका छैनन् ।
    नेपाली काँग्रेस रसुवाले भने माओवादीको आर्थिक द्धन्द्धका कारण आफ्नो पार्टीलाई समेत भ्रष्टाचारीको कित्तामा राखेर आलोचना गरेकामा आपत्ति जनाएको छ । रसुवा सभापति लामाकार्पो तामाङले सभासद्ले आफ्नो मर्यादा कायम राख्न नसकेको र माओवादीको आन्तरिक आर्थिक द्धन्द्धमा काँग्रेसलाई मुछिनु खेदपुर्ण रहेको बताए । ‘रसुवा माओवादीले आठ वटा ट्रिपर गाडी, पेट्रोल पम्प र सहकारी सञ्चालन गरिरहेको र त्यसैको आन्तरिक विवाद सडकमा आएको हो, सभापति तामाङले भने– सभासद् आफ्नै चार वटा ट्रिपर सञ्चालन गरिरहेको सुनेका छौँ, यो विवाद दुई खेमाको र  केही हदमा आर्थिक द्धन्द्धले छताछुल्ल भएको हो ।’ माओवादी भ्रष्टाचारी पार्टी रहेको दाबी गर्दै काँग्रेस सभापति तामाङले सभासद्ले आफ्नो पार्टीको विषयमा सही मुल्याङ्क गरेपछि काँम्ग्रेसलाई मुछेर सार्वजनिक कार्यक्रममा भ्रष्टाचारी भनिनु आपत्ति जनक रहेको बताएका छन् ।
    सभासद् तामाङ विद्यार्थी राजनीतिबाट माथी उठेका हुन् । जिल्ला तहमा सह–सक्रेटरीको हैसियतमा रहेका तामाङलाई जिल्लामा माओवादी नेतृत्वले जुनियर नेताका रुपमा हेर्ने गरेका छन् । २५ जना जिल्ला सदस्य रहेको रसुवा माओवादीमा संस्थापन पक्षको बहुमत रहेको छ । मोहन बैद्यको पक्षधर जिल्ला स्तरिय नेता र कार्यकर्ता भने रसुवामा छैनन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’, सेक्रेटरी माधव लामिछाने ‘समिर’ सहितका नेताहरू संस्थापनमा र सभासद् एवं सह सक्रेटरी प्रेम तामाङ, जिल्ला समिति सदस्य दावा तामाङलगायत छन् । 
यमी गुट भेलामा सहभागी

हिसिला सभासद् प्रेम तामाङका साथमा रसुवामा ।
भोर्ले÷केन्द्रिय स्तरमा एकीकृत माओवादीको संस्थापन र उपाध्यक्ष डा. बाबुराम भट्टराई एउटै कित्तामा देखिएपनि रसुवामा भने फरक फरक भेलामा लागेका छन् । रसुवामा संस्थापन र भट्टराई पक्षका मात्र कार्यकर्ताहरू छन् ।
    शनिवार उपाध्यक्ष भट्टराई पक्षधर समुहका नेताहरूले आयोजना गरेको बनभोजमा उपाध्यक्ष भट्टराई पत्नि हिसिला यमीनै सहभागि भएका छन् । रसुवाको भोर्ले गाविसमा भट्टराई पक्षधर मानिने सभासद् प्रेम तामाङले राखेको भेलामा यमी सहभागी हुन आएका हुन् । माओवादीको संस्थापन पक्षका जिल्ला ईन्चार्ज ईन्द्र गौतम ‘जगतजङ्ग’ले भने आफुहरू सो भेलामा सहभागी नभएको जनाएका छन् । संस्थापन पक्ष र भट्टराई पक्ष बिचार समुहले मिलेर जाने र किरण पक्षसंगै बैचारिक प्रतिस्पर्धा गर्ने वातावरण तयार भईरहेको बेला प्रधानमन्त्री पत्नी हिसिला यमीले गुटको भेलामा सहभागिता जनाउनु आपत्तिजनक रहेको रसुवा माओवादीले प्रतिक्रृया दिएको छ ।
    पार्टीभित्रै द्धन्द्ध बढ्दै गएपछि सभासद् प्रेम तामाङले आफ्नो शक्ति प्रर्दशनका लागी बनभोज तथा भेलाको आयोजना गरेको माओवादीका एक सदस्यले बताए । भेलामा सहभागी ठाकुर अधिकारीका बनभोजमा भट्टराई पक्षका कार्यकर्ताहरूका लागि गोप्य तथा आन्तरिक प्रशिक्षण दिइएको थियो । भेलामा चार सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
    बनभोजमा पत्रकारहरूलाई आन्तरिक छलफल भएको र कार्यकर्ताहरू मात्र सहभागि हुनसक्ने भनेर प्रवेश दिइएको थिइएन । तर नुवाकोटबाट आएका पर्यटन साप्ताहिकका श्यामसुन्दर पुडासैनीलाई भने प्रवेश दिइएको थियो । पुडासैनीले कार्यकर्ता नभई पत्रकारको हैसियतले कार्यक्रममा सहभागि भएको दावी गरेका छन् ।

नुवाकोट एफएमलाई कारबाहिको माग

इमेज समाचारदाता
विदुर÷नेपाल विद्यार्थी सङ्घ नुवाकोटले नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको र गल्ति स्विकार नगरेको भन्दै कारबाहिको माग गरेको छ ।
    जिल्लामा सञ्चालित प्रवेशिका परिक्षा (एसएलसी) नेविसंघले अमर्यादित बनाएको भन्दै समाचर सम्प्रेषण गरेकोमा कारबाहिको माग गरेका हुन् । मदानपुर स्थित शक्ति उच्चमावि परिक्षा केन्द्रमा नेविसंघले चैत ७ गते विद्यार्थीहरूलाई चिट चोराएको भन्दै नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारको जिल्ला शिक्षा कार्यालय नुवाकोटले खण्डन समेत गरेको छ ।
    नेविसंघ शक्ति उमावि इकाई सभापति अश्विन सिलवालले चैत ८ गते विज्ञप्ती जारी गरेर भ्रमक र कपोलकल्पित समाचार सम्प्रेषण गरेकोमा खेद व्यक्त गरेका छन् । नेविसंघ नुवाकोटका सभापति मछिन्द्र खड्काले राजनीतिक पुर्वाग्रहका आधारमा नुवाकोट एफएमले आफ्नो संस्थामाथी आक्षेप लगाएको बताएका छन् ।
    विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले मङ्गलवार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटी कारबाहिको लागि ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरूले नुवाकोटले एफएमले उक्त समाचारको पुष्टि गर्न नसकेको र माफी नमागेको कारण आफुहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
    साथै नुवाकबोट एफएम सञ्चालन गर्ने संस्था जिल्ला प्रशासन कार्यालयमा केही आर्थिक वर्ष देखि नविकरण समेत नभएको उल्लेख गर्दै गैह्र कानूनी हिसावबाट सञ्चालन भएको सञ्चार संस्थालाई रोक लगाउन आग्रह गरेका छन् ।
    प्रजिअ पाण्डेले भने सञ्चार संस्थालाई आफुले केही गर्न नसक्ने र विद्यार्थी या नागरिक स्तरबाट बहिष्कार र भौतिक कारवाही भएपनि आफुले आँखा चिम्लने आशयको अभिव्यक्ति दिएका छन् । मैले केही गर्न मिल्दैन, प्रजिअले भने– तपाईहरू गर्नुस् ।’ पत्रकार र सञ्चारसंस्थाले पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । 

उज्यालोको यात्रामा मर्सेनी तामाङ

चार वर्षदेखि दुवै आँखाको ज्योती गुमाएका घ्याङफेदी गाविसका ७४ वर्षिया मर्सेनी तामाङ घ्याङफेदी प्राविमा एक साता अघि सञ्चालित आँखा शिविरमा आँखाको परिक्षणका लागि छोरी जरिना र आफन्तसंग आउँदै । तस्बिर सौजन्य ः दिपक खड्का÷तिलगङ्गा आँखा केन्द्र  
शर्मिला उप्रेती
विदुर÷खरानीटारमा गएको साता भएको निःशुल्क आँखा शल्यक्रियामा दुई सय दुई जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
  
 जसमा नुवाकोट जिल्लाको घ्याङ्फेदी गाविस नेगीका मर्सेनी तामाङले जीवनमा पहिलो पटक ठूलो उपहार पाएँ । चार वर्ष देखि ओछ्यान र भान्सामा ओहोरदोहोर गर्न पनि अरुको सहारा आवश्यक पर्ने ७४ वर्षिया तामाङको दुवै आँखाको ज्योती जब शल्यक्रियाबाट फर्कियो, संसारमा अत्यान्तै खुसी हुने मध्येमा त्यस बेला उनी पनि एक थिइन् ।
    तीलगंगा आँखा केन्द्र काठमाडौं, नुवाकोट सामुदायिक आँखाको केन्द्र र नेपाल रेडक्रस

सोसाइटी नुवाकोटको संयुक्त आयोजनामा खरानीटारको अमरज्योति उच्च माविमा सम्पन्न तीन दिने शिविरमा मर्सेनी तामाङले आँखाको ज्योती उपहार पाएका हुन् । उनीजस्ता दुई सय दुई जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
   
डा. वेन लिम्वु र रचना सिंहसहित दुई चिकित्सक र १७ जनाको आँखा प्राविधिकको टोलीले दुई सय दुई जनाको आँखाको मोतीयाविन्दुको शल्यक्रिया र तीन सय सात जनाको आँखा परिक्षण गरि आवश्यक औषधि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक दिपक खड्काले जानकारी दिएका छन् ।
   
मोतियाविन्दुका विरामीहरू पहिचान गर्न गत महिना जिल्लाको विभिन्न नौँ गाविसमा शिविर सञ्चालन गरी छानिएका  मोतियाविन्दुका रोगीहरूको खरानिटारमा शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिएका छन् ।



























पहाडमा हाट बजार सञ्चालन

बिशाल आले मगर
चोकदे÷हिजो सम्म घरधन्दाबाट फुर्सद नपाएका नुवाकोटका महिलाहरू हाट बजार सञ्चालन गरी आर्थिक उर्पाजन गर्न थालेका छन् । बागेश्वरी गाउँ विकास समिति –४ चोकदेका १२ जना महिलाहरूले हाट बजार हरेक हप्ताको बुधवार सञ्चालन गर्न थालेका हुन् ।
    हाट बजारमा बिभिन्न खालका घरायसि उत्पादनका सामाग्रीहरू, खाद्य सामाग्रिहरू, आफ्नै करेसामा फलाइएका तरकारी, हस्तकलाका सामाग्रीहरू, सरसफाइका सामाग्रीहरूको बिक्रि गरिएको थियो । जिल्लामा पहिलो पल्ट राखिएको हाट बजारमा गा्रहकहरूको घुइचो लागेको थियो ।
    गा्रहकहरू स्थानियस्तरमा उत्पादित वस्तुहरूको किनबेच गर्न पाएकोमा खुशि थिए । कार्नेट नेपालले नविन मण्डली चोगदेमा गएको  चैत्र ३ गते देखि ८ गते सम्म सञ्चालन गरेको छ दिने अति विपन्न वर्गकाहरूका निम्ति ‘ब्यवसायीक सीप अभिवृद्धि तालिम’को समापन सँगै सहभागीहरूले हाट बजार सञ्चालन गरेको बताइएको छ ।
    कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलका अनुसार  हाटबजार सञ्चालकहरूले   अर्थ उपार्जन गर्दै आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाई अधिकार प्रर्वद्धन गर्ने तथा शैक्षिक अवसरलाई सहजै प्रदान गरि बालबालिकाहरूमा हुने विभिन्न दुव्र्यवहारहरू तथा अनेक खालका जोखिमको निकटतालाई दुर गराउन प्रतिबद्ध हुनेमा विश्वास ब्यक्त गरेका छन् । आमा दिदीबहिनीहरू बीचको सामुहिक एकतालाई सुदृढ गरि आफुहरू माथी हुने हिंसा विरुद्धको प्रतिरक्षात्मक चिन्तन र कार्यको उचाईमा पुग्ने समेत डोटेलले बताएका छन् ।
    तालिमको  समापन कार्नेट नेपालकी निर्देशक शर्मिला घिमिरेले गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र बितरण गदै अतिथि तथा सुर्यगढी क्याम्पस बागेश्वरीका प्रमुख लालबहादुर कुँवरले तालिम लक्षित व्यक्तिहरूले नै पाएको भन्दै समाज रुपान्तरणको लागि यस तालिमले ठुलो सहयोग गर्ने कुराको उद्घोष गदै सहभागीहरूको सफल ब्यवसायको निम्ति शुभकामना  व्यक्त गरेका थिए ।

१२ करोडमा पुल निर्माण हुने

राजु रिमाल
विदुर÷विदुर–७ र खड्गभन्ज्याङ गाविस–४ को त्रिशुली नदीमाथि पुल निर्माण हुने भएको छ । पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र उर्जामन्त्री पोष्टबहादुर बोगटीले संयुक्त रुपमा शनिवार शिल्यान्यास गरेका छन् ।
    पुल १२ करोड ७४ लाख ६८ हजार पाँच सय रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पुलको निर्माण कार्य २०७० साल मंसिर भित्र हुने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताएका छन् । स्टिल ट्रसका साथ आरसीसी ढलान गरिने पुलको लम्वाई एक सय ८० मिटर र ६ मिटर चौडाई हुने जनाइएको छ ।
    यसैवीच, जिल्लाका राजनीतिक दलहरूलाई आसन ग्रहण नगरेका, मर्यादाक्रम नमिलाएको र विकास निर्माणको कार्यमा शुभकामना मन्तव्य राख्न नदिएको बन्दै तीन राजनीतिक दलहरूले कार्यत्रलम वहिष्कार गरेर हिडेका थिए ।
    नेपाली काँग्रेस नुवाकोटका सचिव लक्ष्मण श्रेष्ठ, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, र राप्रपाका जिल्ला सदस्य रामकृष्ण भट्टले आयोजकबाट दलहरूलाई अपमान र छोटो शुभकामना मन्तव्य समेत राख्न नदिएको विरोध जनाउँदै कार्यक्रम बहिष्कार गरेको घोषणा गरेका थिए ।

सहायक केन्द्राध्यक्ष निष्काशित

द्धारिका प्याकुरेल
विदुर÷एसएलसी परिक्षामा सहायक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेका एक जना शिक्षकलाई परिक्षा समन्वय समितिले निष्काशित गरेको छ ।
    हात्तिगौडा स्थित भैरुम उच्चमावि केन्द्रका सहायक केन्द्राध्यक्ष अशोक साहलाई परिक्षाको मर्यादा र नियम विपरित कार्य गरेको भन्दै निष्काशित गरेको हो । विहिवार परिक्षा समन्वय समितिको बैठकले साहलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
    जिल्ला शिक्षा कार्यालय नुवाकोटले यो पाली देखि परिक्षामा हुने गरेका घटनाहरूको दैनिक जानकारी दिनको लागी पत्रकार सम्मेलनको आयोजन ागर्ने गरेता पनि उक्त  तथ्यलाई भने लुकाएको छ । शनिवार जिल्ला शिक्षा कार्यालय नुवाकोटका उप सचिव नरेन्द्रराज पौडेलसंग भएको कुराकानी अनुसार ‘काम गर्न नसकेर साहले राजिनामा दिएका रे !’
    यसै बीच, देउरालीको भुमेदेवी उच्च मावि परिक्षा केन्द्रबाट एसएलसीमा सहभागी भएकी एक छात्रा सुत्केरी भएका छन् ।
    अजिङ्गेर उच्चमाविका इन्दिरा खड्काले परिक्षाको भोलिपल्ट बुधबार विहान जिल्ला अस्पताल त्रिशुलीमा छोरी जन्माएका छन् । उनको बुधबारको नेपाली विषयको परिक्षा छुटे पनि शुक्रबारबाट परिक्षामा सहभागी भएका छन् ।
    नुवाकोटमा सबै २१ वटै परिक्षा केन्द्रमा हालसम्मका परिक्षा  शान्त र मर्यादित रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    शिक्षा कार्यालयले यस पालीबाट परिक्षा सकिएपछि प्रत्यके दिन एक बजे पत्रकार सम्मेलन गरेर जानकारीहरू दिने नयाँ कार्यको सुरुवात गरेको छ ।
    उक्त पत्रकार सम्मेलनले गर्दा सञ्चारमाध्याममा आधिकारीक जानकारी एकै प्रकारको गएको दावी शिक्षा कार्यालयले गरेको छ ।
    शिक्षा कार्यलयको अनुसार यो बर्षको एसएलसी परिक्षामा आठ जना विभिन्न किसिमका अपाङ्गहरू सहभागी भएका छन् । परिक्षामा दुई दृष्टिविहीन र छ शारिरिक अपाङ्गता भएकाहरू परिक्षामा सहभागी छन् । उनीहरू सबै नियमति तर्फका परिक्षार्थी रहेको बताइएको छ ।
    प्राप्त समाचार अनुसार गेर्खुको सुन्दरीक्यौरेनी उच्च मावि परिक्षाकेन्द्रबाट चण्डेश्वरी उच्च माविका दृष्टिविहीनहरू शोभा न्यौपाने र संगम श्रेष्ठले सहयोगी राखेर परिक्षा दिएका छन् ।
    भवानी उच्च मावि परिक्षा केन्द्रबाट शारिरिक अपाङ्गता भएकाहरू कालिका निमावि चाउथेका असिम भारती, लाङटाङस्नो भ्यू बोर्डिङ्ग स्कुलका बविता तामाङ र भवानी उमावि ओखरपौवाका अस्मिता बलामीले परिक्षा दिइरहेका छन् ।
    चण्डेश्वरी उमाविका कृष्ण फुँयालले सुन्दरीक्यौरिनी उमावि केन्द्रबाट सहयोगी राखेर परिक्षा दिईरहेका छन् । अपाङ्गता भएका परिक्षार्थीको लागि परिक्षा समय डेढ घण्टासम्म थप गरिएको छ ।
    जिल्ला कारागारमा थुनामा रहेको जनज्ञान उच्च माविका नियमित तर्फका परिक्षार्थी सुमन थपलियाले कारागारबाटै परिक्षा दिइरहेका छन् । –प्रशिक्षार्थी

नुवाकोटमा बैंक खोल्नेको होड

द्धारिका प्याकुरेल
बट्टार÷पछिल्लो समयमा नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीब्रता पाएको छ । यसै क्रममा प्राईम बैंकले नुवाकोटको बट्टारमा विधिवत रुपमा आफ्नो शाखा खोली गएको सोमवारबाट कारोवार शुरु गरेको छ ।
    प्राईमले आफ्नो २८ औं शाखाको रुपमा बैंकका प्रबन्ध निर्देशक राजेन्द्रदाश श्रेष्ठले उद्घाटन गरी नुवाकोटमा नया शाखा विस्तार गरेको हो ।
    हाल राष्ट्रबैंकले काठमाडौँ उपत्यकामा नयाँ शाखा खोल्नको लागि मोफसलमा शाखा विस्तार गर्नुपर्ने प्रावधान राखेपछि नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीव्रता पाएको हो । नयाँ बैंक तथा बित्तिय संस्था खोलेसंगै स्थानीय युवा युवतीले रोजगारीको अवसर समेत पाएका छन् । साथै बैंकहरूले शाखा विस्तारसंगै बैंक तथा बित्तिय संस्थामा भएको प्रतिस्पर्धासंगै ग्राहक तथा व्यवसायीहरूले थप सेवा तथा सुविधा पनि पाएका छन् । अहिले बढेको प्रतिस्पर्धासंगै ग्राहकल ३६५ दिनै निक्षेप जम्मा र झिक्ने एवं आर्थिक कारोवार गर्ने सुविधा पाएका छन् ।
    यता बैंकले पनि प्रतिस्पर्धा संगै उद्यम तथा व्यवासय गर्न चाहनेहरूको संख्या जति बढेपनि निक्षेप सङ्कलन तथा ऋण कारोवारमा खासै कमी नआएको र मुलुकको आर्थिक विकास संगै व्यवसाय तथा आर्थिक कारोवारमा लाग्न चाहनेको संख्या दिनप्रतिदिन बढिरहेकोले बैंक तथा बित्तिय संस्थाहरूको वृद्धिसंगै बैंकहरूलाई खासै असर नपरेको बैंकका सञ्चालनकहरूको भनाई छ ।
    नुवाकोट जिल्लामा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय सहकारी बैंक, हाम्रो विकास बैंक, एनबी बैंक, एनडिइपी बैंक, राष्ट्रिय बाणिज्य बैंक गरी सातबटा तिनीहरूको शाखा सहित एक दर्जन भन्दा बढी बैंकहरू रहेका छन् ।

शान्ति समितिमा अर्याल

विदुर÷स्थानीय शान्ति समिति नुवाकोटको संयोजकमा विन्दा अर्याल छानिएका छन् ।
    समितिको मङ्गलबार विदुरमा बसेको बैठकले संयोजकमा     अर्याललाई चयन गरेको हो । एकिकृत माओवादी तर्फबाट संयोजक बनेका नवीन पुडासैनीको चार महिने पदाबधि सकिएपछि नेपाली कांग्रेसको पालो आएको र काँग्रेसका तर्फबाट अर्यालय संयोजक छनोट भएको बताइएको छ ।

नुवाकोटमा कृषि गणना सम्पन्न

विदुर÷छैठौं राष्ट्रिय कृषि गणना सम्पन्न भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना गएको महिना सम्पन्न भएको र सङ्कलित विवरण केन्द्रीय तथ्याङ्क विभागमा पठाइएको कृषि गणना कार्यालयले जानकारी दिएको छ ।
    कृषि गणना अधिकृत नवराज लम्सालका अनुसार तथ्याङ्किय विधि अनुसार छनौट गरिएका विदुर नगरपालिकाको वडा नं. ६, ७ र ९ तथा ६१ मध्ये ५२ वटा गाविसका ७२ वटा वडावाट विवरण सङ्कलन गरिएको छ । सङ्कलकहरूले कार्यालयमा वुझाउने कार्य सम्पन्न भएपछि प्रारम्भिक विवरणका लागि सङ्कलित विवरण केन्द्रमा पठाइएको छ ।
    जिल्ला कृषि गणना कार्यालयले गत माघको पहिलो सातादेखि सञ्चालन गरेको गणनाको लागी २० जना गणक र पाँच जना सुपरभाइजर खटाइएको थियो ।

पुण्यतिथिमा स्मृती सभा

विदुर÷नेपालको लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोईरालाको दोश्रो पुण्यतिथिमा नेपाली काँग्रेस नुवाकोटको आयोजनामा मङ्गलबार सदरमुकाम विदुरमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याई लोकतान्त्रिक संविधान निर्माण गर्न सकेमात्र गिरिजाप्रसाद कोईरालाको सपना साकार हुने धारणा व्यक्त गरे । लोकतान्त्रिक संविधान निर्माण हुन नदिन केही शक्तिहरू लगिपरेको बताउँदै सभासद् केसीले त्यसका बिरुद्ध काँग्रेस लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने केसीले बताउनुभयो ।
    कार्यक्रममा नेपाली काँगे्रस नुवाकोटका निवर्तमान सभापति ध्रुव अधिकारी, क्षेत्रीय अध्यक्ष गोबिन्द थपलिया, प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटा, महिला संघका अध्यक्ष बिन्दा अर्याल, काँग्रेस जिल्ला सहसचिव दिपक लामा, सदस्य रुपा पाण्डेलगायतका वक्ताहरूले गिरिजाप्रसाद कोईरालाको व्यक्तित्व र लोकतान्त्रिक आन्दोलनप्रतिको योगदानका बारेमा धारणा राखेका थिए ।

Monday, March 19, 2012

आगो आतङ्क

जगदीश खनाल
विदुर÷नुवाकोट जिल्लामा गएको साता तीन वटा आगलागीका घटनाहरू भए । ती घटनामा परी एक जनाको ज्यान गएको छ भने, ५४ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षती भएको छ ।
    गएको आइतवार राती काहुले गाविसमा मङ्गले तामाङको घरमा भएको आगलागीमा परेर उनको पाँच वर्षिया छोराको ज्यान गएको छ । काहुले–६ दावाचेत स्थित घरमा मैनबत्ती बालेर पढिरहेका पाँच वर्षिया चिली तामाङ पढदापढ्दै निदाएपछि घरमा आगो सल्किएको बताइएको छ । साथै चिलीका पिता मङ्गले तामाङ गम्भिर घाइते भएका छन् । उनको उपचार त्रिशुलीमा सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।
  

छोरालाई आगोबाट बचाउँन खोज्दा उनी पनि जलेका हुन् । परिवारका अन्य पाँच सदस्यहरू भने सकुशल छन् । आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । २२ लाख रुपैया भन्दा बढीको क्षतिभएको प्रारम्भिक अनुमान छ ।
    तामाङलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ३० हजार रुपैयाँ उपलब्ध गराएको छ । साथै घाइते तामाङलाई उपचार निःशुल्क गर्नका लागी प्रशासनले विर अस्पताललाई पत्राचार गर्नको लागी गृह मन्त्राललाई लेखेको छ ।  
    यता, बुधावर दिउँसो विदुर–२ अशोकबाटीकामा हिमालय इन्काउन्टरले सञ्चालन गरेको द फेमस फार्म हाउस पनि आगोको सिकार भएको छ । नजिकैको बाँसको झाँङ्गमा लागेको आगो हुरीबतासका कारण फार्म हाउसका पुगेको बताइएको छ । सञ्चालक निरज श्रेष्ठका अनुसार ३५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानीयवासीन्दा, सेना तथा प्रहरीको सक्रियतामा  आगो नियन्त्रणमा आएको थियो ।
    आगो निाभाउनको लागी विदुर नगरपालिकाको कार्यालयबाट गुडेको दमकल घटनास्थलमा निक्कै ढिला पुगेको थियो । विदुर चोकबाट नुवाकोट जाने सडक पसेसङ्गै ‘पिकअप’ लिननसकेको दमकललाई त्यस पछाडी रहेको बसका यात्रुहरूले घकेलेका थिए । उकालो र घुम्तिपिच्छे धकेल्दै पु¥याइएको दमकल समयमा नआएको भन्दै स्थानीयहरूले भने चित्त दुखाएका थिए ।
  

त्यसै गरी, राउतवेशी–४ पुरानोगाउँको कृष्णबहादुर परियारको घरमा गएको शुक्रवार भएको आगलागीले एक लाख पचास हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उक्त घटनाका कुनै मानविय क्षति भने भएको छैन ।
    यसै बीच, जिल्ला दैविक प्रकोप उद्दार समितिले छ महिनाको अवधिमा विभिन्न घटनामा परेकाहरूलाई नौँ लाख रुपैयाँ राहत स्वरुप वितरण गरेको छ । 

घर पु¥याउने बहानामा बलात्कार

राकेश डङ्गोल
विदुर÷ दुई युवतीलाई घर पु¥याउने बहानामा बलात्कार गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा खड्गभञ्ज्याङ गाविस– ६ का ५२ वर्षिय केशव विश्वकर्मा र चारघरे गाविस–४ का ३० वर्षिया रामकाजी विश्वकर्मा रहेका छन् । उनीहरूले खड्गभञ्याङ गाविस–६ का १५ वर्षिय र १७ वर्षिय दुई किशोरीलाई धादिङको गल्छि पु¥याएर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ ।
    खड्गभञ्ज्याङ पु¥याउने भन्दै मोटरसाइकलमा राखेका किशोरीहरूलाई उनीहरूले जवरजस्ती गल्छी लगेका थिए ।
    युवतीहरूलाई गल्छीमा बलात्कार गरेपछि विकहरूले काठमाडौँमा लगेर राखेको र सोही अवस्थामा विहिवार बालाजुबाट प्रहरीले पक्राउ गरेको पत्रकार रामहरि गजुरेलले आफ्नो फेसबुकको स्टाटसमा लेखेका छन् ।
    उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

दुप्चेश्वरको जग खल्बलिने चिन्ता

इमेज समाचारदाता
रामती÷नुवाकोटको प्रसिद्ध देवस्थल दुप्चेश्वर महादेव स्थानभन्दा केही तल निर्माण गर्न लागिएको पुलका कारण उक्त देवस्थान नै खतरामा पर्ने सम्भावना बढेको छ ।
    दुप्चेश्वर महादेवको संरक्षणका लागि दुप्चेश्वर गुरुयोजनासम्वन्धी काम प्रारम्भिक चरणमै रहेको अवस्थामा दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टानी पाखोको फेदीमा पुलको निर्माणका लागि जग खन्न थालेपछि उक्त खतरा उत्पन्न भएको हो । दुप्चेश्वर स्थान नुवाकोट जिल्लाको पूर्वी क्षेत्रको राउतवेशी गाविस–८ शल्ले गाउँमुनी पहाडी खण्डमा समुद्र सतहदेखि करिब चार हजार फिटको उचाइँमा रहेको छ ।
    उक्त गुरुयोजनाका लागि भौतिक योजना तथा आवास मन्त्रालयले २०६६ र २०६७ सालमा गरी दुईपटक सर्वेक्षण गरिसकेको दुप्चेश्वर संरक्षण समाजका महासचिव कुमार पण्डितले जानकारी दिएका छन् । उनका अनुसार उक्त सर्वेक्षणमा रहेका इञ्जिनियरलगायतका स्थानीय बासिन्दासमेतको सहभागितामा उक्त क्षेत्रलाई सुरक्षित, संरक्षित र विकास क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरी उक्त क्षेत्रको संरक्षण गर्ने अवधारणा तयार पारिएको छ ।
    उनका अनुसार उक्त अवधारणामा पुराना, धार्मिक, ऐतिहासिक महत्वका सामग्रीलाई जस्ताको तस्तै सुरक्षित राख्ने, संरक्षित क्षेत्रमा रहेका भू–धरातललगायतलाई संरक्षण कार्य गर्न र विकास क्षेत्रमा विकास निर्माण कार्य गर्ने अवधारणा तयार भएको थियो ।
    हाल उक्त भू–धरातलको फेदीमा जिल्ला विकास समिति नुवाकोटले पुल निर्माण गर्नका लागि खन्न थालेपछि दुप्चेश्वर शिवलिङ्ग रहेको चट्टान नै खल्वलिएर देवस्थान नै खतरामा पर्ने स्थानीयवासीहरूको भनाई रहेको छ ।
    राजनीतिज्ञ गणेश पण्डित उक्त पुरातात्विक, ऐतिहासिक एवं धार्मिक स्थलको उचित संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा उक्त क्षेत्रको भू–बनोटमै खतरा उत्पन्न हुनसक्ने कार्य गर्न नहुने धारणा राख्छन् ।
    त्यसै गरी संरक्षण समाजका महासचिव कुमार पण्डितका अनुसार दुप्चेश्वरमा नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोखला, काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत अन्य थुप्रै जिल्लाबाट समेत मार्ग शुक्ल पूर्णिमाका दिन हजारौँ भक्त जम्मा हुने गरेका छन् । प्रत्येक एकादशी, शिवरात्रीका साथै हरेक दिन भक्तहरू आउने भएपनि मार्ग शुल्क पूर्णिमा अर्थात् धान्य पूर्णिमामा विशेष मेला लाग्ने गरहेको छ ।
    उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा निर्माण गर्न लागिएको पुललाई अन्यत्र सारेर उक्त क्षेत्रको दीर्घकालीन संरक्षणका लागि जिल्ला विकास समिति तथा राजनीतिक दलहरूले विशेष चासो दिनको लागि स्थानीयवासीहरूले आग्रह गरेका छन् ।
    दुप्चेश्वरको उत्पत्तिको हजारौँ वर्ष पहिले उक्त क्षेत्रका बासिन्दा बासु लामाको गाई दुई दिनसम्म हराएपछि खोज्दै जाँदा उक्त भिरमा गाई भेटिएको र गाईको थुनबाट दुधको धारा बगिरहेको पाएपछि गाईको दुध परेको शिला महादेव हुन् भनी दुध्देश्वर नामाकरण गरिएकोमा पछि अपभ्रंस भएर हिजोआजको दुप्चेश्वर नामाकरणम भएको जनश्रुती पाइन्छ । 

बसपार्क सञ्चालनमा आयो

बिशाल आले मगर
बट्टार÷झण्डै एक वर्ष अघि निर्माण सम्पन्न  भएको नुवाकोट ट्टारमा रहेको को बसपार्क बुधवारबाट सञ्चालनमा आएको छ ।
    एशियाली विकास बैंक (एडिवी)को ऋण सहयोगमा निर्माण भएको उक्त बसपार्क सञ्चालनको लागी विदुर नगरपालिकाको कार्यालायले एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल माइक्रो बस, पासाङल्हामु बस व्यवसायी समिति, नगर यातायात र उपत्यका माइक्रो बस व्यवसायीलाई एक÷एक सटरको साँचो हस्तातरण गरिएको थियो ।
    विभिन्न राजनितिक दल, उद्योगी व्यवसायी, राजनितिक दलको प्रतिनिधिहरूको सहभागीतामा बसपार्क सञ्चालनमा ल्याइएको हो ।
    बसपार्क सञ्चालनमा आए पछि बस, ट्रक, मिनिट्रक लगायतका सवारी साधनहरू बसपार्कमै पार्किङ गर्नु पर्ने छ । सडकका पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरिने भएको छ । व्यवसायीहरूले चार महिना सम्म बसपार्क प्रयोग गरेको कुनै पनि शुल्क समेत नलिने भएको छ । चार महिना पछि भने सममतिमा एउटा मापदण्ड बनाएर शुल्क तोकिने भएको विदुर नरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुँमागाईले जानकारी दिएका छन् ।
    शहरी तथा वाताबरणीय सुधार परियोजना अन्र्तगत एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा बसपार्क निर्माण कार्य भएको हो । बसपार्क निर्माणको लागी एक करोड ८० लाख रुपैयाँ खर्च भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
    बसपार्क उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका लिलानाथ न्यौपाने, नेकपा मालेका पल्लबराज पाठक, राप्रपाका रामकृष्ण भट्ट, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, विदुर नगरपालिकाका कार्याकारी अधिकृत मिठाराम हुँमागाई, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटा बस व्यवसायी कुलबहादुर खड्गी लगायतको सहभागिता  रहेको थियो ।

गाविस सचिव उप्रेती सहित छ जना कैदमा

किरणप्रसाद अधिकारी
विदुर÷जिल्ला अदालत नुवाकोटले बिदेशी नागरीकको नक्कली नागरीकता बनाउने काममा सम्लग्न रहेका एक जना गाउँ बिकास समिति सचिव सहित छ जनालाई सात महिना कैदमा राख्ने फैसला गरेको छ ।
    जिल्ला न्यायाधिश पदमराज भट्टको इजलासले नक्कली नागरीकता बनाउन खोज्ने भारत बैङलोर बस्ने तिब्बती मुलका छुन्ता लामा, उनको नक्कली बाबु बनि सनाखत गर्ने सूर्यमती गाउँ विकास समिति– ८ का भक्तबहादुर गुरुङ, जन्म दर्ता लगायत आवश्यक कागजपत्र तयार गर्ने सूर्यमती गाउँ विकास समितिका तत्कालिन सचिव हरी उप्रेती र सहयोगीहरू रामकुमार उप्रेती, देबेन्द्र न्यौपाने, कृष्णप्रसाद थपलीयालाई सात सात महिनाको कैद सजाय सुनाएको हो ।
    आफुले नागरीकताका लागि कबोल गरेको  ६० हजार रुपैयाँ मध्ये १० हजार रुपैयाँ गाविस सचिवलाई दिएको छुन्ताको बयान पछि गाविस सचिवको समेत नक्कली नागरीकता बनाउने कार्यमा समलग्नता रहेको पुष्टि भएको थियो ।
    नक्कली नागरीकता बनाउने गिरोहको पर्दाफास  भएपछि प्रहरीले नागरीकताका लागि सिफारिस गर्ने  सूर्यमती गाउँ विकास समितिका सचिव नारायण कँडेल सहित सातजनाका बिरुद्धमा  साउन १६, २०६८ मा नागरीकता ऐन २०६३ अनुसार  जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेकोमा सचिव कँडेलले भने सफाई पाएका छन् ।

सहकारीको कर खारेजी माग

विदुर÷नुवाकोट जिल्लाका सहकारीहरू संस्थाहरूले आफुले तिर्नुपर्ने मुनाफा कर खारेज गर्न माग गरेका छन् ।
    मुनाफाको १५ प्रतिशत भन्दा कम लाभांश लिएर २० प्रतिशत कर तिर्नुपरिरहेको सहकारीहरूको अवस्थालाई सुर्धान गर्नको लागी उक्त माग उठाइएको जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले बताए ।
    मुनाफा करकै कारण सहकारीले सामाजिक हितका कार्यक्रमलाई बढावा दिन नसकेको सहकबारीकर्मीहरूको भनाई छ ।
    डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख रोमाकान्त काफ्लेका अनुसार जिल्लामा तीन सय सात सहकारी संस्थाले वार्षिक दुई अर्ब ७० करोड रुपैयाँको वित्तीय कारोबार गर्ने गरेका छन् ।
    विदुुर नगरपालिका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संख्या एक सय २० छ । उनीहरूले वार्षिक एक लाखदेखि १५ करोड रुपैयाँसम्मको कारोबार गरिरहेका छन् ।
    आयकर ऐनमा नगरपालिका क्षेत्रभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले मुनाफाको २० प्रतिशत कर तिर्नुपर्ने प्रावधान राखेको छ । ऐनले ग्रामीण क्षेत्रका सहकारीको लागि भने यस्तो कर तिर्न नपर्ने ब्यवस्था गरेको छ ।

एक साता देखि दिदीबहिनी बेपत्ता

राजु रिमाल
विदुर÷खड्गभञ्ज्याङ गाविस–१ दाङसिङ्गखर्कका दुई किशोरीहरू एक साता देखि परिवार र आफन्तको सम्पर्कबाट बाहिरिएका छन् ।
    तीन वर्ष देखि चितवनको नारायणगढ स्थित एक घरमा कामदारका रुपमा रहेका  १८ वर्षिय कमला तामाङ घर आएको र साहिली बहिनी कुमारीलाई पनि रोजगारीमा लगाउने भनी लगेकोमा एक सातादेखि दुवै जना बेपत्ता भएको आफन्तहरूले जानकारी दिएका छन् । फागुन २३, २०६८ मा घर आएका कमलाले बहिनी कुमारीलाई पनि काम खोजिदिने भनेर चितवन लगेको बताइएको छ । तर चितवन स्थित उनी कार्यरत घर र आफन्तहरू कसैको सम्पर्कमा दुवै जना हालसम्म नआएको बताइएको छ ।
    दुवै छोरीहरूलाई विदाई गर्न बाबुआमा बट्टारसम्म फागुन ३० गते आएको र त्यसपछि कसैसंग सम्पर्क नभएको बताइएको छ । खोजीको लागी अभिभावकले प्रहरीमा निवेदन दिएका छन् । उनीहरूको खोजी गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।

ग्लोवल सहकारी संस्थाको उद्घाटन

इमेज समाचारदाता
बट्टार÷नुवाकोटको बट्टार वजारका युवाहरूको सक्रृयतामा स्थापित ग्लोवल उपभोक्ता सहकारी संस्थाको आईतवार उद्घाटन भएको छ ।
    बट्टार बजारस्थित संस्थाको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पानसमा बत्ती वालेर उद्घाटन गरेका थिए ।
    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले व्यापारिक सम्भावना बोकेको बट्टार वजारमा स्थापित ग्लोवल सहकारीले जिल्लाको व्यवसायिक विकासमा योगदान दिने विश्वास व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष सुदर्शन दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बट्टार सहकारी संस्थाका सञ्चालक मोहनवहादुर खड्काले सहकारी संस्थाहरूले न्युन आय भएका वर्गलाई सम्वोधन गर्नुपर्ने वताएका थिए ।
    ५० जना सेयर सदस्यहरूवाट शुरु गरिएको उक्त संस्थाको अधिकृत पुँजी एक करोड रुपैयाँ र चुक्ता पुँजी २१ लाख रुपैयाँ रहेको जनाईएको छ ।
    संस्थाले साधारण वचत, विशेष वचत, गृहीणी वचत, वाल वचत लगायत वचत कार्यक्रमका साथै कृषि कर्जा, व्यवसायिक कर्जा प्रवाह गर्ने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो ।
    यसअघि, बट्टार वजारमा भएको सेयर सदस्यहरूको भेलाले स्थानीय युवा व्यवसायी सुदर्शन दुवालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा विष्णुप्रसाद रिमाल, पुरुषोत्तम सापकोटा र पवन नेपाल छन् । यस्तै सदस्यहरूमा देबनारायण चित्रकार, रिनेस श्रेष्ठ, विवेशबहादुर लवट, सर्जुकुमारी श्रेष्ठ छन् । भेलाले लेखा समिति संयोजकमा गजेन्द्र खड्का, ऋण कमिटी संयोजकमा उसनमान श्रेष्ठ र सल्लाहकार समिति संयोजकमा दामोदर नेपाललाई चयन गरेको  छ ।

१० मिनेटमा विवाह

इमेज समाचारदाता
राउतवेशी÷सुन्दा अचम्म लाग्छ १० मिनटैमा पनि विवाह हुन्छ भन्दा । तर फागुन महिनाको अन्तिम दिन नुवाकोटको राउतबेशीमा रुकुमका इन्द्रबहादुर घर्तिमगर र नुवाकोटका विमला तामाङ बीच  १० मिनेटमानै विवहा सम्पन्न भएको छ ।
    आफ्नो दुई बर्षे प्रेमसम्बन्धलाई सफल पार्दै इन्द्र र विमलाले १० मिनेटमा जनवादी विवहा गरेका हुन् । न त कुनै तामझाम न कुनै देखासिकी दुई जनाको मन मिलेपछि जनवादी विवाहनै उचित लागेर  यस्तो विवाह गरेको बताउछन् इन्द्र । तर विमलाको विचार भने थोरै फरक छ । सामाजिक कु–संस्कार विरुद्धनै आफु यो निर्णयमा पुगेर विवहा गरेको बताउछन् ।
    नवविवाहित दम्पतिलाई अविर माला लगाएर एकिकृत नेकपा माओवादीका केन्द्रिय नेता हितबहादुर तामाङले सुखद् दाम्पत्य जीवनको शुभ कामना दिएका थिए ।
    नव दम्पतीले पनि एकले अर्कालाई अविर र माला लगाएर हात मिलाउदै जीवन भर साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य परिक्षण

इमेज समाचारदाता
विदुर÷जिल्ला स्वास्थ्य कार्यालयनुवाकोट, सोलिड नेपाल र छिपाश्वरी युवा क्लब कल्याणपुरको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    कल्याणपुर–७ डेउडीमा सम्पन्न उक्त शिविरमा चार सय जनाको स्वास्थ्य परिक्षण भएको बताइएको छ । शिविरमा ल्याव टेष्ट, रक्त परिक्षण तथा महिला सम्वन्धि रोगको उपचार भएको थियो ।
    शिविरमा ७५ प्रतिशत महिलाहरूको उपचार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
    शिविरमा जनस्वास्थ्यका आसी केसी, एस्विना पोखरेल, सोलिडबाट खेम कार्की, राजेन्द्रकुमार गिरी, हरि पोखरेल, राधा गुरुङ्ग, मैथली सैन्य तालिम केन्द्रका चिकित्सकहरूले स्वास्थ्य परिक्षण गरेको कल्याणपुरका कमल खड्काले जानकारी दिएका छन् । 

भोलिबाट एसएलसी परिक्षा सुरु

प्रकाश सुयल
विदुर÷भोलि मङ्गलबारबाट यसपालीको प्रवेशिका परिक्षा (एसएलसी) सुरु हुँदै छ ।
    परिक्षाको लागि नुवाकोट जिल्लामा २० वटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।
    यस अघि १५ वटा परिक्षा केन्द्र रहेकोमा पाँच वटा केन्द्र थप भएको हो । थप भएका परिक्षा केन्द्रहरूमा पञ्चकन्या उच्चमावि बेलकोट, रुक्मिणी मावि समुन्द्रटार, सुन्दरीक्यौरिनी उच्चमावि गेर्खु, बागेश्वरी उच्चमावि बागेश्वरी र जनज्ञान निकेतन उच्चमावि थानापती रहेको शिक्षा कार्यालयले जनाएको छ ।
    यस पटक जिल्लाका ८७ सामुदायिक, १३ वटा निजी र संस्थागत तथा १ खुल्ला विद्यालयकबाट परिक्षार्थीहरू एसएलसी परिक्षामा सम्लग्न रहनेछन् । जसमा नियमित र मौका परिक्षामा छ हजार एक सय ४७ विद्यार्थीहरू सम्लग्न हुनेछन् ।
    देशभर एकै पठक सञ्चालनहुने एसएलसी परीक्षाका लागि सबै जिल्लामा प्रश्नपत्र पुगीसकेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्ष देखि गार्डहरूको समेत ब्यावस्था भैसकेको परीक्षा नियान्त्रण कार्यलय भक्तपुरले जनाएको छ ।
    परीक्षालाई सुरक्षित एवं मर्यादित बनाउन उचित सुरक्षाकर्मी ब्यवस्था गरीएको र अभद्र ब्याहार देखाउने, चीट चोर्न उक्साउने देखि कुनै पनि प्रकारले अनैतिक आचरण प्रस्तुत गर्नेलाई एक लाख रुपैयाँ नगद जरीवाना र छ महिनाको कैद वा दुबै सजाय ब्यावस्था गरिएको छ ।
    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसबर्ष एसएलसी दिन फारम भर्ने कुल पाँच लाख ८२ हजार दुई सय मध्ये चार लाख ४६ लाख एक सय ६० जना नियमित तर्फ र ८२ हजार ९१ जनाले आशिंक तर्फबाट परीक्षा दिदैछन् ।  


असई पक्राउ

बट्टार÷ दिउँसै मदिरा सेवन गरेर हिडेका प्रहरी सहायक निरिक्षक दिलिप गौतमलाई प्रहरीले बट्टारबजारबाट पक्राउ गरेको छ ।  बिहिवार पुरानो बजारमा मदिारमा मात्तिएर बसेको अवस्थामा भेटिएका गौतममलाई पक्राउ गरी प्रहरीले विभागिय कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । 



शैक्षिक सामग्री प्रदान

विदुर÷कार्नेट नेपालले चारघरे गाविसमा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्यायनरत विद्यार्थीहरूका लागी शैक्षिक सामग्री वितरण गरेको छ । उक्त गाविसका विभिन्न विद्यालयका प्राथमिक तहमा अध्यायन गर्ने दुई सय ५० विद्यार्थीलाई शैषिक सामग्री वितरण गरिएको कार्नेट नेपालका कार्यक्रम संयोजक पुरुषोत्तम डोटेलले जनाकारी दिएका छन् । चारघरे स्थित महेन्द्र उच्चमाविमा आयोजना गरिएको कार्यक्रममा ति बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

बायो जिडेलका लागी अडिर

विदुर÷जैविक इन्धन (वायो डिजेल) उत्पादनका लागी नुवाकोट जिल्लामा सोको कच्चा पदार्थ अडिरको खेती सुरु भएको छ ।
    चौघडा गाविस–३ का पदमबहादुर तामाङले पाँच रोपनी जग्गामा अडिर खेती थालेका छन् । एक रोपनी जमिनमा अडिर खेती गर्न दुई हजार रुपैयाँ खर्च लागेको छ । उक्त खेतीबाट छ महिनादेखि पाँच वर्षसम्म नियमित उत्पादन लिन सकिने बताइएको छ ।
    वर्षमा तीन पटक उत्पादन लिन सकिने अडिर अन्य बाली नहुने सुख्खा पाखो, भिरालो जमिन र खोलाको बगरमा पनि खेती गर्न सकिने विशेषज्ञहरूको भनाई रहेको छ । समुन्द्रि सतहदेखि एक हजार मिटरको उचाइसम्म अडिर खेति गर्न सकिने छ । उक्त उत्पादनबाट वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने छ ।


पहिरो अध्ययन समयावधि थप

विदुर÷किम्ताङ्गको पहिरो अध्ययन गर्न गठित सरकारी प्रतिनिधहरू सम्मिलित कार्यदको एक महिना समयावधि थप गरिएको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले फागुन २३ मा प्रतिवेदन बुझाउनुपर्नेमा नसकेपछि साय थपिएको बताइएको छ । स्थलगत अध्ययान सकिएपनि त्यस अघि भएगरेका कार्यहरूको अध्यायनको लागी सयम माग गरिएको र एक महिना थप भएको बताइएको छ ।
    १९ वर्ष देखि बग्दै आएको सुख्खा पहिरोका कारण नुवाकोट जिल्लाको किम्ताङ्ग गाविस सिङ्गै पहिरोको चपेटामा परेको छ । वस्ती पुछारबाट बगिरहेको पहिरो गाँउ परेपछि स्थानीयहरूले आफुहरूलाई सुरक्षित बसोवास प्राप्त हुनुपर्ने माग गर्दै पटक पटक सरकारी जग्गा कब्जा गरेर समेत बसेका थिए ।
    पछिल्लो पटक विदुर नगरपालिकाको चण्डिपोखरी स्थित खम्वाली क्याम्प कब्जा गरेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले अध्यायन गरेर सुरक्षित बासस्थान उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्यदल गठन गरेको थियो ।

तीन हजारलाई छात्रबृत्ति

विदुर÷जिल्ला शिक्षा कार्यालय नुवाकोटले जिल्लाका तीन हजार भन्दा बढी विद्यार्थीलाई चालु शैक्षिक सत्रमा छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
    यसरी छात्रवृत्ति उपलब्ध गराइने विद्यालयहरूमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मात्र छन् । तीन हजार ६ सय ३५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय भएको शिक्षा कार्यालयले जनाएको छ ।

Monday, March 12, 2012

आगलागीमा परि एकको मृत्यु

विदुर÷आइतवार राती नुवाकोट जिल्लाको काहुले गाविस वडा नं. ६ दावाचेतमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
    मृत्यु हुनेमा पाँच वर्षिया बालक चिली तामाङ रहेका छन् । घरमा बालेको मैनबत्तीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मैनबत्ती बालेर पढिरहेको र बालक निधाएपछि आगलागी भएको बताइएको छ ।
    साथै चिलीका पिता मङ्गले तामाङ गम्भिर घाइते भएका छन् । उनको उपचार त्रिशुलीमा सम्भव नभएपछि काठमाडौँ पठडाइएको छ । छोरालाई आगोबाट बचाउँन खोज्दा उनी पनि जलेका हुन् । परिवारका अन्य पाँच सदस्यहरु भने सकुशल छन् ।
    आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । २२ लाख रुपैया भन्दा बढीको क्षतिभएको प्रारम्भिक अनुमान छ ।

लम्जुङ्ग एक्सप्रेस

जगदीश खनाल
विदुर÷त्रिशुली–३ ए जलविद्युत् आयोजनाको सवारी साधन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दुरुपयोग गरिरहेका छन् ।
    जिल्ला भित्रिएसंगै प्रजिअ पाण्डेले ३ एको बा १ ञ १८३७ र बा १ ञ १८३८ नम्वरको दुई वटा सवारी साधन श्रीमतीलाई लम्जुङ्गबाट नुवाकोट ल्याउन र लैजान प्रयोग गर्ने गरेका छन् । समाचारश्रोतका अनुसार लम्जुङ्गको एक गैर सरकारी संस्थामा कार्यरत प्रजिअ पत्निलाई कार्यालय विदाको समयमा प्रजिअसम्म ल्याइपु¥याउन र कार्यालय समय भ्याउन आयोजनाकै गाडी प्रयोग हुने गरेको छ । श्रोतका अनुसार सातामा दुई पटकसम्म नुवाकोट देखि लम्जुङ्गसम्मको यात्रा गरेर आयोजनाका चालकहरू हैरान भएका छन् । ‘न गुनासो राख्ने ठाउँ पाएका छन्, न सक्दिन भन्नसक्छन् चालकहरूले’ श्रोतले भने ।
    प्रजिअ पाण्डेले साप्ताहिक रुपमा सवारी साधन दुरुपयोग गरेको विषयमा आयोजना प्रमुख ऋषिकेश शर्माले गुनासो गर्दा उल्टै खप्की खाएको बताइएको छ । ‘केही उपायँ नभएपछि उर्जा मन्त्री पोष्टबहादुर बोगटीसँग गुनासो गर्ने तयारी भइरहेको श्रोतले दावी गरेको छ । ‘श्रीमतीमात्र होइन सासुससुरासम्म आयोजनाको गाडीले घुमाउने टेन्डर पारेझै भयो’ श्रोतले ठट्टा गर्दै भन्यो ।
    विहिवार जिल्ला विकास समितिको सभाहलमा आयोजित महिलाहरूको सम्मान कार्यक्रममा आयोजक तर्फबाटै घरमा सुतिरहेका विदुर–४ का ९३ वर्षिया राममाया गुरुङ्गलाई कार्यक्रम सकिएछि घर पु¥याउनको लागी जव हाहाकार प¥यो, त्यपछि प्रजिअ पाण्डेले दिएको प्रतिक्रियासंगै उक्त सवारी साधन अनियमितताको घटना बाहिर आएको हो । गुरुङ्गलाई घरसम्म पु¥याउनको लागी गाडी खोज्ने क्रममा अगाडी भेटिएको प्रजिअको गाडीलाई आग्रह गर्दा उनले ‘सरकारी गाडी प्रयोग गर्न मिल्दैन’ भनेपछि उपस्थितहरूले मुन्टो बटारेका थिए ।

सदरमुकाममा रेडियो त्रिशुली

सीताराम पौडेल
विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट पहिलो पटक सामुदायिक रेडियो सञ्चालनमा आउने भएको छ ।
    विकास सञ्चार नेपाल नामक गैर सरकारी संस्थाले  ८८.४ मेगाहर्जमा रेडियो त्रिशुली प्रशारणमा ल्याउन लागेको हो । शुक्रवार विदुर स्थित होटल शानदारमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको थियो । एक सय वाट प्रशारण क्षमताको भएको रेडियो त्रिशुलीको परिक्षण प्रशारण चैत १० गते बाट गर्ने जनाएको छ । रेडियोले समुदायको हितमा बिभिन्न कार्यक्रम र सूचना प्रशारण गर्ने संस्थाका अध्यक्ष कपिलदेब खनालले जानकारी दिएका छन् । विदुर नगरपालिका–४ विदुरमा स्टेशन रहेने उक्त सामुदायिक रेडियोको प्रशारणक्षेत्र नुवाकोटको ८० प्रतिशत भन्दा बढी भु–भाग, रसुवा, धादिङ ,सिन्धुपाञ्लचोकको आधा भु–भाग र मकवानपुरको केहि भाग रहनेछ ।
    नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियो रहेका छन् ।

रेडियोका श्रोतामा लोकप्रिय भोला

विशाल आले मगर
विदुर÷कार्यक्रम सञ्चालक मात्र होइन रेडियोका श्रोतापनि लोकप्रिय बन्दारहेछन् भन्ने फरक उदाहरण पेश गरेका छन् विदुर नगरपालिका–२ नुवाकोटका ३२ वर्षिया भोला थापाले ।
    आफ्नो घरवरपर सुनिने प्रायः रेडियोहरूको धेरै कार्यक्रम नविराईकन सुन्ने थापाले नुवाकोट सहित रसुवा, गोरखा, काठमाडौँ, धादिङलगायतका थुप्रै जिल्लामा आफ्ना ‘फ्यान’हरू बटुलेका छन् ।
    ‘रेडियोमा प्रशारण हुने कार्यक्रमहरू सुनेर फोन गर्ने र सम्झनाका खवरहरू छाढ्दा छाढ्दै चार सय भन्दा बढी साथीहरू बनाइसके’ भोला थापाले भने । लोकलोहोरी र लोक सँस्कृतिसंग सम्वन्धीत कार्यक्रम मनपराउने थापा कार्यक्रमको विषयमा आफुले बनाएको धारणा राख्न रेडियोमा फोन गरिहल्छन् ।
    त्यत्ती मात्रै होइन रेडियोमा प्रशारण हुने कार्यक्रममा सहभागिता जनाउन फोन लगाउन नसकेर दिक्क हुँदा पनि उनि समाधान निकालेर अन्यसाथीहरूलाई सहजिकरण गर्छन् । ‘प्रत्येक रेडियोको फोन लाग्ने समय फरक हुन्छ, त्यो केही सेकेन्डको फरकमा मात्र रहन्छ’ थापाले भने– रेडियोमा फोन नलागेपछि साथीहरू मलाई फोन गरेर सोध्छन्, सिकाउने गरेको छु ।’
    जिल्लाका नुवाकोट एफएम, रेडियो अभियान, रेडियो जालपा र अन्य जिल्लाका रेडियोहरू रेडियो चितवन, रेडियो धादिङ, काभ्रेको रेडियो सेफड तथा गोरखाका रेडियोहरूमा उनी दैनिकजसो फोन गर्न भ्याउँछन् । ‘उपत्याकाको त सवै जसो रेडियोमा कुरा गर्नेगरेको छु’ उनले भने ।
    प्रायः रेडियोमा बोल्न भ्याउने भोला थापा भेट्नकै लागी गोरखा, ललितपुर र काभ्रेका साथीहरूले ककनीमा बनभोज कार्यक्रम राखेको सुखद् स्मृतीले थापालाई आजभोलि फोन गरिरहन हौसला मिलेको छ ।
    रेडियोका काक्रममाहरूमा फोन गर्ने र साथीहरूलाई सम्झना सुनाउने उनका लागी नशा नै बनेको छ । ‘एक दिन मात्रै कुनै रेडियोमा सुनिएन भने साथीहरूको विरामी होकी भन्ने फोनले दिक्क बनाउने गरेको छ उनलाई ।
    ‘त्यसैले रेडियो सुन्ने फुर्सद नहुँदा पनि कार्यक्रमहरूमा भने फोन गर्नेगरेको छु, मलाई कुन कार्यक्रम कुन रेडियोमा कत्ती बजे आउँछ भन्ने याद रहन्छ’ उनले भने । कार्यक्रम नसुन्दा पनि रेडियोका कार्यक्रमहरू अड्कलबाजीमै मिलाउँनु र फोन लगाउनसक्नु नै उनको खुवी रहेको साथीहरूको भनाई रहेको उनी सुनाउँछन् ।
    विदुर नगरपालिकाको कार्यालयमा नौँ वर्ष देखि विद्युत् हेल्परको रुपमा जागिरे जीवन धानिरहेका थापा दुई छोरासंग बस्छन् । श्रीमती बैदेशीक रोजगारीमा रहेका उनी भन्छन्– ‘अविवाहित भएको भए रेडियोबाढट विवाह हुनरहेछ । तै पनि विवाहको लागी मरिहत्ते गर्नेहरू थुप्रै छन् । उनीहरूले सोचेझै किन हुन्थ्यो र ? म इमान्दार मानिस ।’
    कार्यक्रमहरूमा फोन गर्दा गर्दै फोन नम्वर साटासाट गरेर चार सय भन्दा बढी साथी बटुलेका थापा अब रेडियोका श्रोताहरूको सङ्गठन बनाउने सोचमा छन् । ‘हामी रेडियोको कार्यक्रमका विषयमा समेत समिक्षा गरेर एकै साथ कार्यक्रम सुन्ने गरेका छौँ ।’




रेडियोले माया गर्नेहरू पाएँरेडियोमा कस्ता÷कस्ता कार्यक्रम सुन्न मनपराउनुहुन्छ ?
    प्रायः लोक दोहोरी अनि अलि रमाइला खालका कार्यक्रम मनपर्छ ।

धेरै रेडियोमा फोन गरेको सुनिन्छ नि ?
    रेडियो सुन्नु त मेरो पेशा जस्तै भएको छ । बिहान देखि रातीसम्म रेडियो सुनिन्छ फोन गरिन्छ ।

किन रेडियो सुन्नुहुन्छ तपाई ? हिजो आज त टिभि छ, मोबाइल पनि त छ ?
    मलाई मोबाइल टिभिमा रमाउन मनै लाग्दैन । म रेडियोमा मात्र हो खुल्न सक्ने, रेडियोमा धेरै साथी छन् जस्ले गर्दानै  मलाई रेडियो सुन्न मन लाग्छ ।

रेडियोमा लागेर धेरै श्रोता साथी बनाउनु भएको रहेछ नि ?
    होत । मेरो थुप्रै साथीहरू हुनुहुन्छ । रेडियोले गर्दानै मलाई थुप्रै साथीसंग चिनाएको छ ।

रेडियोमा फोन गरेर तपाइले त दिनमा तीन÷चार सय रुपैयाँ सिध्याउनुहुन्छ रे नि हो ?
    काँ हजुर त्यत्तिले मात्र पुग्नु, कहिलेकाही त साथीहरूलाई समेत हालिदिँदा त  एउटा  हात्तिनै सकिन्छ नि ।

रेडियोमा त तपाईको आवाज मिठो सुनिन्छ । कत्तिको केटिहरूको फोन आउछ ?
    अब रेडियोमा फोन गर्न थाले पछि चार सय जना त साथीनै छन् । त्यसमा केटा केटी त साध्य छैन । तर माया गर्नेहरू धेरै छन् ।

बिहे गरौ भनेर फोन गदैनन् ?
    फोन मात्र होत घरमानै आ’को रेकर्डनै छ । मेरो त छोराहरूनै ठिटो भैसके मलाई त्यस्तो कुराले खासै असर गदैन ।

रेडियोलाई यत्तिका माया गर्ने तपाई रेडियो भएन भने के गर्नुहुन्छ?
    ओहो...मलाई  रेडियो बिना त रहन सक्ने बानीनै छैन । बरु म रातभरि नसुति बस्न सक्छु तर रेडियो बिना सम्भावनानै छैन ।


बसपार्क सञ्चालन हुने

विदुर÷एशियाली विकास बैंकको ऋण सहयोगमाएक बर्ष अघि निर्माण सम्पन्न भएको नुवाकोटको बसपार्क सञ्चालनमा आउने भएको छ ।
    बसपार्क चैत्र १ गतेबाट सञ्चालनमा आउनेभएको विदुर नगरपालिकाको कार्यालयले जनाएको छ ।
    १ गते देखि बसपार्क प्रवेश गराएर मात्र आफ्ना सवारी साधानहरू राजधानी, रसुवा र अन्य गन्तव्यतर्फ जाने आउने व्यवस्था मिलाइएको विदुर नगरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुमागाईले जानकारी दिएका छन् ।  व्यवसायीहरू आफ्ना रुटमा सबै सवारीसाधनहरू बसपार्क प्रवेश गराएर मात्र गन्तव्यतर्फ लैजान सहमत भएको पनि उनले जानकारी दिएका छन् । व्यवसायीहरूले चार महिना सम्म बसपार्क प्रयोग गरेको कुनै पनि शुल्क समेत नलिने निर्णय भएको बताइएको छ ।
    शहरी तथा वाताबरणीय सुधार परियोजना अन्र्तगत एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा बसपार्क निर्माण भएको हो । बसपार्क निर्माणमा एक करोड ९० लाख रुपैयाँ खर्च भएको छ ।

गिट्टी बालुवा झिक्न प्रतिबन्ध

विदुर÷जिल्ला विकास समिति नुवाकोटले जिल्लाका सबै नदीबाट बालुवा, गिट्टी झिक्न प्रतिबन्ध लगाएको छ ।
    सर्वोच्चको आदेश विपरित हुने गरी कुनै पनि क्रसर सञ्चालन गर्न र नदीजन्य पदार्थ झिक्न प्रतिवन्ध लगाएको स्थानीय विकास अधिकारी दामोदर भण्डारीले बताउनुभएको छ । वाताबरणीय प्रभाव मुल्याङ्कन (आइइइ) गरेका र रितपूर्वक ठेक्का पाएका बाहेक अन्य क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको उनले बताए । प्रचलित कानुन र तोकिएको मापदण्ड विपरित सञ्चालन गरेमा १० हजार रुपैयाँ देखि एक  लाख २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।
    क्रसर उद्योगले अवैध रुपमा नदीबाट ढुङ्गा, बालुवा, गिटी उत्खनन् गर्दा नदीको वहावलाई असर पु¥याएकोले यस्तो निर्णय गरेको जिविसले जनाएको छ ।

नगर क्षेत्रमा पाकिङ्ग निषेध

विदुर÷दुर्घटना न्यूनिकरणका लागी विदुर नपरपालिका कार्यालयले नगर क्षेत्रका सडकहरूमा पार्किङ गर्न प्रतिवन्ध लगाएको छ ।
    लोड र अनलोड गर्ने समय बाहेक अरु समयमा कुनै किसिमका सवारी साधन पार्किङ गर्न नपाईने भएको विदुर नगरपालिकाको कार्यालयले जनाएको छ ।
    विभिन्न यातायात व्यवसायीहरूसंग छलफल गरी नगर क्षेत्रमा सडकमा अव्यस्थित पार्किङ गर्न  निषेध गरेको कार्यकारी अधिकृत मिठाराम हुमागाँईले बताएका छन् । 

उपेक्षामा ढिकीजाँतो चुली

विदुर÷जिल्ला सदरमुकाम विदुरबाट नजिकै रहेको ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको ढिकीजाँतो चुली अर्थात् फिर्केपकोट उपेक्षा र वेवास्थाका कारण ओझेलमा परेको छ ।
    आन्तरिक तथा बाह्य पर्यटनको गतिलो सम्भावना बोकेको नुवाकोटको खड्गभञ्ज्याङ, चारघरे र कल्याणपुर गाविसको सबैभन्दा अग्लो भेगमा अवस्थित ढिकीजाँतो चुली संरक्षण र प्रचारप्रसारको अभावमा अलपत्र परेको छ । जिल्लाभित्र र बाहिर अन्य भु–भागलाई एकै थलोबाट एकैसाथ अवलोकन गर्न सकिने उक्तकोटको आवश्यक संरक्षण र विकासमा कसैको ध्यान जान नसक्नु त्यहाँ पुग्ने जो कसैलाई पनि चिन्ताको विषय बन्न सक्छ ।
    समुन्द्री सतहदेखि झण्डै तीन हजार पाँचसय मिटरको उचाइमा रहेको चुली हाल गाईवस्तु चराउने र गोठालाहरूको दिनचर्या बिताउने थलोमा मात्र बनेको छ । चारघरे–४ का पद्मकुमारी भट्टका अनुसार केही वर्षअघिसम्म त्यस कोटको डाँडोमा पुराना ढिकी र जाँतो रहेको थियो । ढिकीजाँतो चुलीको नामले समेत चिनिने यो क्षेत्र त्यहाँका केही जागरुक स्थानिय व्यक्तिहरू बाहेक कसैको पनि आँखा खोजी र चासोका साथ फिर्केपकोटमाथि पर्न सकेको छैन ।
    ऐतिहासिक किल्लाहरूबाट जिल्लाको नामाकरण भएको नुवाकोटका नौ कोटमध्ये फिर्केपकोट पनि एक हो । राष्ट्र एकीकरणका पिता पृथ्वीनारायण शाहद्वारा नुवाकोट एकिकरणको सिलसिलामा निर्माण भएको ढिकीजाँतो चुलीको गढीलाई त्यहाँको भौगोलिक सुन्दरता, उर्वर भूमी र ऐतिहाँसिक महत्वले सिङ्गो जिल्लाको शोभा बढाएको छ । संरक्षण अभावकै कारण दुई सय ५० वर्ष पुरानो किल्लाको भग्नावशेष मात्र भेट्न सकिन्छ । नुवाकोट राज्य एकिकरणमा हालको साततले दरबार क्षेत्रलाई प्रत्यक्ष अध्ययन गरी सजिलैसँग आक्रमण गर्न नौ कोट मध्येको प्रमुख युद्ध आधार किल्ला यसैलाई बनाइएको स्थानिय बुढापाका र बुद्धिजिवीहरूको ठम्याई छ ।
    ५० मिटर चौडाई र २ सय मिटर लम्बाईको क्षेत्रफलमा फैलिएको फिर्केपकोटको टापुको वरिपरि लगाईएको पर्खाल कहीँकहीँ भत्किएको अवस्थामा भेट्न सकिन्छ भने किल्लाको पश्चिमपट्टीबाट किल्ला प्रवेश गर्ने मुलद्वार अझैँ रहेकोले त्यहाँ दरबार समेत रहेको हुनसक्ने स्थानिय जानकारहरूको अनुमान छ ।
    नुवाकोट एकिकरण अघिनै त्यस स्थानमा देवगाडे नामका राजाको वासस्थान रहेको र त्यहीँ दरबार बनाई राज्य गरेका उनले हालको बट्टार बजार र सदरमुकाम विदुरमा चरिरहेका मृग र गाइलाई ढिकीजाातो चुलीबाट बाँड हानेर मारी त्यसै ठाउँमा पु¥याएर मासु खाने गरेको किम्बदन्ती अहिलेपनि ताजै रहेको चारघरेका बद्रीप्रसाद भट्ट बताउँछन् ।
    त्यहाँबाट नुवाकोटसहित आसपासका चार जिल्ला र नुवाकोटकै चालिसभन्दा बढी गाविसहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । रसुवा, धादिङ र राजधानी काठमाण्डौसहित सिन्धुपाल्चोक र मकवानपुरका केही भु–भागहरू पनि देख्न सकिने फिर्केपकोटलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सकेमा सिङ्गो जिल्लाको गरिमा बढाउन मद्दत पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव विरेन्द्रराज केसीको भनाई छ । दृश्यावलोकन बाहेक जैविक विविधता र भौगोलिक बनावटको अध्ययनदेखि जडिबुटी खेती र पशुपालनको समेत प्रचुर सम्भावना रहेको यस भेगलाई उपयोग गरिए जिल्लाको आर्थिक विकासमा ठूलै फड्को मार्न सकिने केसीको धारणा रहेको छ ।
    हाल त्यस भेगमा चिराइँतो, पाखनवेद, सिलटिमुर, बोकेटिमुरजस्ता जडिबुटीहरू पाइन्छन् । जसका गर्दा जडिबुटीको व्यावसायिक खेतीको व्यापक सम्भावना छ । हिमश्रृङ्खलाहरूको अवलोकनदेखि त्यस चुलीको चारैतिर डेढ किलोमिटर भन्दा अग्लो चट्टानले बनेको भु–भाग रहेकोले रक क्ल्याइमिङ र बन्जिजम्पको समेत सम्भावना बोकेका कारण पर्यटनका लागी महत्वपूर्ण मात्र छैन यसबाट स्थानिय रोजगारको वातावरण सृजना गर्ने अर्को सम्भावना छ ।
    प्राकृतिक सुन्दरता र भौगोलिक बनावटले सजिएका थोरै स्थानहरूमध्येमा पर्ने यस कोटको विकासमा जिल्ला विकास समिति, पर्यटन विकासको क्षेत्रमा क्रियाशिल संघसंस्था र निकायदेखि स्वयं सम्बन्धित गाविसहरूले समेत वेवास्ता गर्दा यसको अस्थित्व सङ्कटमा पर्ने भएपछि स्थानियवासीहरू चिन्तित बनेका छन् । हालै जिविस नुवाकोटले जिल्लाको पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेकाले फिर्केपकोटको ढिकीजाँतो चुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल
थालिएको शिक्षक रामप्रसाद भट्टले जानकारी दिनुभएको छ । जसका लागी स्थानियले आफ्नै लगानी र जनश्रमदानमा कोटको डेढ किलोमिटर तलसम्म चारघरे गाविसको भट्टगाउँदेखि करिब तीन किलोमिटर मोटरबाटो निर्माण गरिसकेका छन् ।

शिक्षकको हड्तालले पठनपाठन ठप्प

विदुर÷आइतवारबाट अनिश्चितकाली शैक्षिक हड्तालमा उत्रीएका शिक्षक सङ्गठनका जिल्लाको सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
    हड्तालमा उत्रिएका शिक्षकहरूले आइतवार जिल्ला शिक्षा कार्यालय नुवाकोटमा धर्ना समेत दिएका थिए । शिक्षक र सरकारी पक्षबीच भने वार्ता भइरहेको छ । वार्ताबाट कुनै निष्कर्ष निस्किएका छैन । वार्तामा शिक्षकहरूले आफ्ना माग पुरा गर्नुपर्ने र सहमतिपत्रमा वार्तामा सहभागी सबैले हस्ताक्षर गर्नुपर्ने अडान राखिरहेका छन् भने सरकार मागका सम्बन्धमा लचक हुने बताइरहेको छ । अस्थायी शिक्षकलाई स्थायी गर्ने लगायतका विगतमा भएका सहमति कार्यान्वयन नगरेको शिक्षकहरूको आरोप छ । वार्ता चलिरहेका बेला शिक्षकहरूले अनिश्चितकालीन आम हड्तालको घोषणा गर्नु आपत्तीजनक भएको सरकारको भनाई छ । पटक पटक भएका बार्ता असफल भएपछि आइतवारदेखि शिक्षक संगठनहरूले अनिश्चितकालीन हड्ताल सुरु गरेका छन् । हडतालका कारण देशभरका बिद्यालयहरूको पठनपाठन ठप्प रहको छ ।
    सरकार र शिक्षकहरूबीच सहमति हुन नसक्दा नजिकिदै गरेको प्रवेशिका परीक्षा समेत प्रभावित हुने भएको छ । शिक्षामन्त्रीले शिक्षकहरूसंगको बार्तालाई बेवास्ता गरेकाले प्रवेशिका परिक्षा अन्यौलमा परेको बताइएको छ ।

वन फाड्नेसंग एक लाख धरौटी

विदुर÷सरकारी वन फडानी गरेको आरोपमा पक्राउ परेका थानापती गाविसका दुई जनालाई जिल्ला अदालत नुवाकोटले जनही एक लाख रुपैयाँ घरौटीमा छोड्न आदेश दिएको छ ।
    माघ १३, २०६८ मा पक्राउ परेका थानापती–५ का विकास अधिकारी र थानसिङ–१ का महेश पाठक गएको साता छुटेका हुन् ।
    उनीहरूलाई अघेरीखोला सरकारी वन फाडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उनीहरूले सार्वजनिक अपराध अन्र्तगत जनही १५ हजार रुपैयाँ घरौटी राखेको बुझिएको छ । उनीहरूले चिलाउनेको पाँच सय थान, सालको दुई सय ४७ थान र कटुसको तीन सय थान रुख काटेको जिल्ला अदालत नुवाकोटले ले प्रमाणित गरेको बताइएको छ ।

द्धन्द्धपिडितका अधिकारका कुरा

चारघरे÷ नेपाल वार एशोसियशन जिल्ला अदालत नुवाकोट इकाईको आयोजनामा चारघरे गाउँ विकास समितिको महेन्द्र उच्च माध्यामिक विद्यालयमा द्धन्द्धपिडित महिलाहरूको अधिकार र कानूनी उपचार सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ ।
    चारघरे स्थानीय शान्ति समितिका संयोजक राजेन्द्र पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वारका अध्यक्ष एवं स्थानीय शान्ति समिति नुवाकोट सदस्य गणेशप्रसाद खनालले कानूनी पाटोहरूका विषयमा जानकारी गराएका थिए ।
    कार्यक्रममा स्थानीय शान्ति समिति संयोजक नविन पुडासैनी सदस्यहरू विन्दा अर्याल, विन्दा ढुङ्गाना लायताकाहरूले मन्तब्य राखेका थिए ।

युवा सङ्घमा पुनः न्यौपाने

विदुर÷युवा सङ्घ नुवाकोटको छैटौँ जिल्ला सम्मेलनले रमेश न्यौपानेको अध्यक्षतामा पुनः कार्यसमिति चयन गरेको छ । शुक्रवार विदुरमा सम्पन्न सम्मेलनबाट न्यौपानेको अध्यक्षतामा ४१ सदस्यिय कार्य समिति बनेको छ । 
    कार्य समितिका उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा पशुपती थापा, सह–सचिवमा बिरबल तामाङ र कोषाध्यक्षमा दिपक कार्की छन् । सङ्गठन विभाग प्रमुखमा इन्द्र पाण्डे छन् । नयाँ कार्यक्रमितिमा इलाकाबाट १३ जना, महिलाबाट पाँच जना, खुल्लाबाट १० जना, आदिवासीबाट पाँच जना र दलितबाट पाँच जना चुनिएको बताइएको छ ।

पासाङल्हामु राजमार्गको यात्रा जोखिमपुर्ण बन्दै

प्रकाश सुयल मगर
विदुर÷राजधानी काठमाडौँसँग नुवाकोट र रसुवा जिल्लालाई जोड्ने पासाङल्हामु राजमार्ग मर्मत हुननसक्दा यात्रुहरूको यात्रा जोखिमपूर्ण बनेको छ ।
    काठमाडौँ देखि नुवाकोट सम्मको ६८ किलोमिटर र नुवाकोटबाट रसुवा जिल्ला सदरमुकाम धुञ्चेसम्मको ४८ किलोमिटर सडक खण्ड खाल्डाखुल्डी र पहिरोका कारण धराप बनेको हो । नुवाकोट जिल्ला सम्म रहेको कालोपत्रे सडक मर्मत नहुँदा र रसुवा जिल्ला अन्तर्गतका सडक पहिरोका शिकार भएका कारण यात्रुहरूले चरम सास्ती उठाईरहेका छन् ।
    २०२० सालमा त्रिशुली जलविद्युत केन्द्रको निर्माण प्रयोजनको लागि खनिएको पासाङल्हामु राजमार्ग साँगुरो समेत रहेको छ । तत्कालिन अवस्थामा त्रिशुली जलविद्युत केन्द्रका सामाग्रीहरू ढुवानीको लागि निर्माण भएको यस सडकमा आजभोलि भाडाका सवारी साधनहरू सञ्चालन भईरहेका छन् । दैनिक दुई सय भन्दा बढी सवारी साधनहरू आवतजावत गर्ने यस सडकमा अत्याधिक खाल्डाखुल्डी अत्याधिक परेका छन् । घुम्ती अत्याधिक रहेको र सडक गुणस्तरहीन भएकै कारण राजमार्गअन्तर्गत काठमाडौँदेखि त्रिशुलीसम्मको जम्मा ६८ किलोमिटर दुरी पार गर्नको लागि सवारी साधनलाई चार घण्टाको हारहारीमा समयलाई लाग्ने गरेको यात्रुहरूको भनाई रहेको छ ।
    यस सडकखण्डअन्तर्गत नुवाकोट र रसुवाको सिमाना वेत्रावतीसम्म बाटो कालोपत्र गरिएता पनि ठेकेदार र कर्मचारीको मिलेमतोमा कम स्तरको काम भएकाले एक वर्ष नपुग्दै सडक भत्किने गरेको स्थानीयबासीहरूको भनाई रहेको छ । ‘थुप्रै ठाउँमा सडक भत्किएको कारण किसानले आफ्नो खेतीबारीमा उत्पादन गरिएका तरकारी एवं नगदेबालीहरू समेत समयमा बजार पु¥याउन नसक्ने भएकाले ठूलो नोक्सानी बेहोर्न‘परेको छ’ मदानपुरका सीताराम पौडेलले भने ।
    पासाङल्हामु राजमार्गबाट नुवाकोटको ऐतिहासिक नुवाकोट दरवार, भैरवी मन्दिर, जालपादेवी मन्दिर, दुप्चेश्वर, देवीघाट, बेत्रावती, वेलकोटगढी लगायतका चर्चित स्थााहरूमा पुग्न सकिन्छ । रसुवा जिल्लाको पवित्र ऐतिहासिक स्थलहरू गोसाँइकुण्ड, पावर्तिकुण्ड, पर्यटकीय स्थल लाङटाङ हिमाल, क्यान्जिङ्ग उपत्यका, रसुवागढी, तातोपानी लगायतका स्थलहरू साथै ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थलहरू यस राजमार्गबाट पुग्न सकिन्छ ।
    त्यसै गरी यस राजमार्गमा सञ्चालन हुने भाडाका सवारी साधनहरूको संख्या कमी रहेको कारण यात्रुहरूलाई सकस पर्ने गरेको छ । यस मार्गमा सञ्चालन हुने तीनबटा बस सेवा व्यवसायीहरूले सिन्डिकेट प्रक्रियाबाट बस सञ्चालन गर्ने गरेका कारणले पनि यात्रुहरूले सास्ती खेप्नु परेको हो । ‘दुईवटा समितिको एकलौटी रहेको छ, हामीलाई महँगो भाडा तिर्नु पर्ने बाध्य समेत छ’ राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटका अध्यक्ष कमानसिंह लामाले भन्नुभयो । सीमित सवारीसाधन सञ्चालमा रहेको कारण यहाँका यात्रुहरू छतमा यात्रा गर्न बाध्य छन् । जसले गर्दा हुने सवारी साधन दुर्घटनामा थुप्रै सर्वसाधारणहरूले ज्यान गुमाई सकेका छन् । यस राजमार्गमा हुने सवारी साधन दुर्घटनामा वार्षिक ४० भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

प्राविधिक कर्मचारीहरु आन्दोलनमा

विदुर÷जिल्ला विकास समिति नुवाकोट अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिउका छन् ।
    चालु आर्थिक वर्षको सुरुदेखि नै स्थलगत भ्रमण भत्ता नपाएकोमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
    कन्टन्जेन्सी रकम पारदर्शि हुनुपर्ने कार्यालय व्यवस्थापन लगायतका नौँ सुत्रिय माग राखेर कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

पाँच महिला सम्मानित

विदुर÷१०२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विहिवार नुवाकोटका विशिष्ठ पाँच जना महिलाको सम्मान गरिएको छ ।
    सम्मानित हुनेहरूमा नुवाकोटका पहिलो पाइलट गेर्खु गाविसका रिता प्याकुरेल, करातेका साफ खेलाडी थप्रेकका अनु अधिकारी, मानव वेचविखन विरुद्धको अभियन्ता रालुकादेवीमा अस्मिता थापा, भद्रुटारका विन्दा सुनार र ९३ वर्षिया वुद्धा राममाया गुरुङ छन् । उनीहरूलाई सभासद् जगदीश्वरनरसिंह केसीले सम्मानपत्र प्रदान गरेका थिए ।     कार्यक्रमको आयोजना महिला तथा वालवालिका कार्यालय नुवाकोट, अन्तरपार्टि महिला सञ्जाल, नारी चेतना समाज, शक्ति समुह, सोलिड नेपाललगायतका ११ वटा सङ्घसंस्था र कार्यालयहरूले सयुक्त रुपमा आयोजना गरेको थियो ।
    कार्यक्रममा सभासद् केसी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, प्रहरी नायव उपरिक्षक दिपक खरेललगायतको सहभागिता रहेको थियो ।

पहिरोको अध्यायन सुरु

विदुर÷नुवाकोटको किम्ताङ गाविसका १९ वर्षदेखि बगिरहेको पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमाा पुर्नवास गराउन सरकारी तवरबाट अध्यायन थालिको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा छ सदस्यीय टोली पहिरो निरिक्षणका लागि किम्ताङ पुगेको छ ।
    जिल्ला प्रशासन कार्यालयमा पहिरोपीडितहरूको मागको सम्वन्धमा गत माघको तेस्रो साता सर्वदलीय बैठकले पहिरोको स्थलगत अध्ययन र प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवाला कार्यालय सदस्य रहेको किम्ताङ पहिरो अध्ययन समिति गठन गरेको थियो । समितिले एक महिनाभित्र प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाउने जनाएको छ ।
    पौडेलको नेतृत्वमा मालपोत अधिकृत पृथबहादुर केसी, सहायक वन अधिकृत सरोजकुमार पाण्डे, प्राविधिक कार्यालयका इन्जिनियर ललितबहादुर न्यौपाने तथा भूसंरक्षण कार्यालय र नापी कार्यालयबाट कर्मचारीहरू पुगेर पहिरोको स्थलगत अध्ययन सुरु गरेका छन् ।

फर्निचर व्यवसायी आन्दोलनमा

विदुर÷नुवाकोट जिल्लाका फर्निचर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । प्रहरी र बन कार्यालयले आफ्नो काममा हस्तक्षेप गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
    नुवाकोट फर्निचर व्यवसायी सङ्घ र वन पैदावर सङ्घले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । फर्निचर व्यवसायी सङ्का सचिव मुक्तबहादुर बोगटीका अनुसार प्रहरीले फर्निचरको अनुगमन गरेर सालका काठहरूमा सिलबन्दी गरेको छ । भ्याटविल हुँदा पनि आफुहरूलाई प्रहरी र प्रशासनले दुःख दिएको बोगटीको भनाई रहेको छ ।
    व्यवसायीहरले काम गर्ने अवस्था नरहेको भन्दै उनीहरूले आइतवार जिल्ला प्शासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
    आफुहरूले चेत्र १० गतेसम्मको अल्टिमेटम दिएको र त्उस मितिसम्म माग प्रति कुनै सुनुवाई नभएमा आन्दोलनमा उत्रने उनीहरूको भनाई रहेको छ ।
    सचिव बोगटीका अनुसार फर्निचर व्यवसायीहर चैत्र १० गतेबाट आफ्नो कलकारखाना बन्द गरेर आम हड्तालमा उत्रने कार्यक्रम तय भएको छ ।
    प्रशासनबाट काम गर्नको लागी खुकुलो वातावरणको सृजना नभएसम्म जिल्लाका फर्निचर उद्योगहरू बन्द गरिने उनको भनाई रहेको छ ।
    नुवाकोट जिल्लामा तीन सय भन्दा बढी फर्निचर उद्योगहरू छन् । त्यस मध्ये एक सय पचास उद्योगहरू सङ्घमा आवद्ध छन् ।

सचेतनद्धारा दुईको सम्मान

विदुर÷१०२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समाज सचेतन केन्द्र नुवाकोटले महिलाहरुको अधिकारका वारेमा  विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
    विहिवार सचेतन हलमा सम्पन्न भएको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा नुवाकोटमा भएगरेका कार्यहरूको समिक्षा गरिएको थियो ।
    उक्त कार्यक्रममा संस्थाले दुई जनाको सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नुवाकोट होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष उप्रेती र शिक्षक मनोज मिश्र रहेका छन् ।
    उनीहरूलाई संस्थामा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष यमकुमार खातीले जनाएका छन् । 

दुर्घटनामा १२ घाइते

विदुर÷गोस्र्याङ गाविस–९ मा शनिवार साँझ भएको मिनिट्रक दुर्घटनामा परी १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ । 
    त्रिशुलीबाट दाङसिङ जाँदै गरेको बा २ ख ९८१० नम्वरको मिनिट्रक भमरामा सडकमै पल्टिएको थियो । घाईते मध्ये दाङसिङ–५ का १७ वर्षिया सन्तमाया तामाङ गम्भिर रहेको र उनलाई उपचारको लागी काठमाडौँ लगिएको छ । गोस्र्याङ–८ का १८ वर्षिया शिव तामाङ र चक्रदेवी प्राथमिक विद्यालयका शिक्षक सुकम्वरप्रसाद यादव, दाङसिङ–७ का बाटी नेपाली, सोही गाउँका गितावल्लभ घिमिरे, गोस्र्याङ–८ का शर्मिला तामाङ, राजन तामाङ, वडा नं. ६ का देवी तामाङ, वडा नं. २ का जयबहादुर तामाङ, सर्लाही बलराका राजिव मिश्र घाइते भएका छन् ।
    उनीहरूको बट्टार स्थित पञ्चकन्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लेखापढी ब्यवसायीलाई पनि प्यान

विदुर÷सरकारले सबै लेखापढी व्यवसायिको लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय सहित सम्बन्धित कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।
उक्त निर्णय फागुन भित्र कार्यान्वयन गराइसक्न भन्दै सर्कुलर गरेको नुवाकोट मालपोत कार्यालयका प्रमुख पृथबहादुर केशीले बताउनुभएको छ । महिनामा १२ हजार रुपैयाँ कमाउनेले आय कर तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । 
यसलाई लेखापढी कानून ब्यवसायि एसोसियसनले सकारात्म रुपमा लिएको छ । एसोसियसनका नुवाकोट अध्यक्ष
धनेन्द्रजङ्ग पाण्डेका अनुसार प्यानमा दर्ता गर्ने क्रम शुरु भइसकेको छ । एसोसियसनमा हाल ६६ सदस्य छन् ।