Tuesday, August 29, 2017

बाढीले करोडौंको क्षती, महतद्धारा अबलोकन

कपिलदेव खनाल
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँ पालिकामा चार दिन अघि गएको बाढीका कारण भएको क्षतीको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले अवलोकन गर्नुभएको छ ।
    काँग्रेसका कार्यकर्ताहरु र जनप्रतिनिधि लिएर क्षती भएको स्थानमा पुग्नु भएको डा. महतले तत्कालै त्यहा खानेपानी र सिञ्चाई सुचारु गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्वन्धित कार्यालयलमा तत्कालै पानीको मुहान सुचारु गर्न मोवाइलबाटै निर्देशन दिनुभएको छ ।
    क्षती भएको स्थानको अनुगमनका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सदस्य जगदीश फुँयाल, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ लगायतका जनप्रतिनिधिहरु जानुभएको थियो । उहाँहरुले तत्कालै खानेपानी र सिञ्चाईका लागि आवश्यक ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बाढीले क्षती नपु¥याएको खेतको धानबाली संरक्षणका लागि तुरुन्तै सिञ्चाई आवश्यक रहेको स्थानियहरुले बताएका छन् । मुहान देखि सिञ्चाईको नहर ध्वस्त भएकोले उनीहरुले नेतालाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । सामान्य खोलामा आएको बाढीका कारण साढे दुई सय रोपनी धान खेत बगरमा परिणत भएको स्थानीय राजेन्द्र फुँयालले बताउनुभएको छ ।    अधिकाँश किसानहरुको भएधरको जमिन बाढीले नगेको भन्दै स्थानीयहरु दुखी भएका छन् । भर्खरै लाखौं लगानी गरेर लगाइएको धान खेत नष्ट हुनुका साथै खेतको संरचनानै ध्वम्स भएको स्थानीय शान्ती बोहोराले बताउनुभएको छ । २०१५ सालमा एक पटक सोही खोलामा बाढी आएको सुनेका त्यहाका स्थानीयहरुले अहिले चार दिन अघिको बाढीका कारण ठुलो क्षती सहनु परेको छ ।

 
यसै बीच, पञ्चकन्या गाउँपालिकामा वर्षा, बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण संकलन कार्य सुरु समेत भएको छ ।
    जनप्रतिनिधि र जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्राविधिकहरुले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार कृषि उब्जनी सहित सिँचाई, कुलो, खानेपानी, जमिनको कटानको क्षती विवरण संकलन थालिएको हो ।
    संकलन हुने क्षति विवरणका आधारमा कृषकहरुलाई क्षतिपुर्ती दिइने बताइएको छ । अस्ती नौं गते राती आएको अविरल वर्षले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ कविलास र वडा नंं ५ भद्रुटारमा धान लगाइएको खेत नष्ट पारेको थियो । वर्षौ देखि खेती गरिदै आएको उर्बर जमिन अहिले बाढीको कारण बगरमा परिणत भएको छ । 
    बाढीका कारण कविलासको हर्रोबोटे, खोलेबगर, अम्बोटे, सिस्नेघारी, चारसय पाmँट, चालिसेको धान खेत नष्ट भएको छ । त्यस्तै भद्रुटारको डुडेवगर, बविसे, क्यामुने, पिप्लेबगर, खोलेबगरमा क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।
    प्रारम्भिक अनुमान अनुसार सिञ्चाई र खानेपानीमा डेढ करोड रुपैयाँ बरावारको क्षती भएको छ । खानेपानीको २५ वटा मुहान र सिञ्चाईका १५ वटा मुहना ध्वस्त भएको छ । खानेपानीको पाईप र सिञ्चाईको नहर पनि बाढीले लगेको छ ।  खेतमा भएको क्षतीको अनुमान साँढे तीन करोडको गरिएको छ ।
बाढीका कारण ठाउँ ठाउँमा पहिरो गएकोले अहिले नयाँ नयाँ ठाउँमा खेत भासिन पनि थालेको छ । तत्कालै संरक्षण गर्न सकेमा रोकथाम हुने भएपनि आफ्नो मुख्य आम्दानीको श्रोत रहेको खेतमा पहिरो लाग्न लागेको शंकरप्रसाद बोहोरा बताउनुहुन्छ ।

Friday, August 25, 2017

नयाँ घर बनाउन स्थानीय श्रोत साधन प्रयोग गर्नु पर्नेमा जोड

सुजित भण्डारी
विदुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले भुकम्प पछीको पुनःनिर्माणलाई तिब्रता दिएको बताउनु भएको छ ।
    कार्यकारी समितिले अनुदान सम्झौता भएको मितिको आधारमा भुकम्प प्रभाबित नागरिकहरुले निजि आबास निर्माणको समय तोकिएको उहाmँे बताउनु भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिबालय नुवाकोटले आज सरोकारवाला निकायहरुसँग विदुरमा गरेको अन्तक्रियामा कार्यकारी सदस्य शर्माले भुमिहिनको समस्यालाई सम्बोधन गर्ने गरी काम थालिएको बताउनुभयो ।
    सरकारी, सार्बजानिक र बन क्षेत्र बाहेकका जग्गाहरु लामो समय देखि बसोबास गर्दै आएको खण्डमा जग्गा प्राप्ति अन्तर्गत दर्ता प्रकृया सुरु भएको उहाँले बताउनुभएको छ ।
    यस्तै, सडक सञ्जालको बिस्तारका कारण बिस्थापीत हुने बस्तिलाई पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिममा रहेका बस्ति अन्र्तगत नै समेटेर सम्वोधन गरिने भएको छ । जाखिममा रहेका परिवार र अन्य कारणबाट जग्गा नभएका तर राज्यले तय गरेको मापदण्ड अनुसार जग्गा प्राप्त भएको तीन महिना भित्र भुकम्प प्रभाबित नागरिकले निजि आबास निर्माण प्रकृया सुरु गरि सक्नु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले बताउनु भएको छ ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अब निर्माण हुने संरचनाहरुमा स्थानिय श्रोत तथा साधनहरु प्रयोग गर्नको लागी अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ । नुवाकोटमा समुन्द्री सतहबाट १२ सय देखि १४ सय मिटरसम्मको उचाईमा बनेका घरहरु बढी क्षति भएको र त्यस्ता बस्तिको पुनःनिर्माण हुँदा मौलिकतामा ध्यान दिनु पर्ने उहाँको भनाई रहेको छ ।
    लाभग्राहीको सूचीमा छुट भएकाहरुको सम्बोधन गर्न फेरि थालीएको सर्भेक्षणमा जनशक्ति अभाब भएको बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । सर्भेक्षणको लागी बिभिन्न वडामा खटिएता पनि प्राबिधिकहरुले ल्याएको प्रतिबेदन अनुसार सबै छुट भएकाहरुको घरघरमा पुग्न नसकेको प्रमुख पण्डितले बताउनुभएको छ ।
    नुवाकोटमा लाभग्राहिहरुको सूचीमा समेटिन नसकेका भुकम्प प्रभाबित नागरिकहरु अझै थुप्रै रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । साथै बिदुर नगरपालिका भित्र रहेका त्रिशुली जलबिद्यूत केन्द्र र देबिघाट जलबिद्यूत केन्द्रको जग्गामा बसोबास गरिरहेकाहरुलाई पनि भुमिहिन जस्तै सुविधा दिनुपर्ने माग उहाँको रहेको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटका स्थानिय बिकास अधिकारी केशरबहादुर पण्डितले भुकम्प पछीको पुनःनिर्माणमा रहेका गैर सरकारी संस्थाहरु समुदायको कुनै निश्चित क्षेत्र र घरधुरीमा मात्रै केन्द्रित रहेकाले अर्को समुदायमा नकारात्म असर परेको बताउनुभयो ।
    बिदुर नगरपालीकाका उपप्रमुख गिता दाहालले नुवाकोटमा सडक मापदण्ड अस्पष्ट भएकोले पुनःनिर्माणमा ढिलाई भएको बताउनु भएको छ । सडक सञ्जाल बिस्तारका कारण सडकको उचित मापदण्डको बिषयमा नागरिकहरुले जानकारी नपाउदा पुनःनिर्माणमा समस्या भएको उहाँले बताउनुभयो । साथै भुकम्प लगत्तै प्राबिधिक उपलब्ध नभएको र नागरिकहरुलेअ ाफ्नो तरिकाले निर्माण सम्पन्न गरिसकेको घरको प्राबिधिक पास अब हुनुपनर्जे र त्यसमा अनावश्यक दुख दिन नहुने गिता दाहालले बताउनुभएको छ ।    भुकम्पका कारण क्षति भएर पनि पुनःनिर्माण लाभग्राहिको सूचीमा नाम समाबेस नभएकाहरुलाई वडा स्तरबाट नै गुनासो सम्बोधन हुने प्रकृया रहे पनि सूचना प्रबाह नँहुदा नागरिकले दुख पाई रहेको कार्यक्रममा टिप्पणी गरिएको छ । कार्यक्रममा भुकम्प पिडित, सुकुम्वासीहरुले पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्मा समक्ष आफ्नो गुनासो र माग प्रस्तुत गरेका थिए ।

महेन्द्राको गाडी अब नुवाकोटमा सर्भिसिङ्ग हुने

राजु रिमाल
बट्टार । महेन्द्रा गाडीको सर्भिसिङ्ग लगायतका अन्य पाटपुर्जा खरिद र मर्मतका लागि आजबाट काठमाडौं जानु नपर्ने भएको छ । आज उत्सुक अटो मोवाइलस्ले बट्टार बजारमै आधिकारिक सभिसिङ्ग सेन्टरको स्थापना गरेसंगै महेन्द्रा गाडीको सबै काम नुवाकोटमा हुने भएको छ ।
    बट्टर दम्कीमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महेन्द्र गाडीको आधिकारिक सर्भिसिङ्ग सेन्टरको सुरुवात गर्नुभएको छ । सात वर्ष देखि नुवाकोट र रसुवामा महेन्द्रा गाडी सञ्चालनमा रहे पनि मर्मत, सर्भिसिङ्ग तथा सामान खरिदका लागि काठमाडौंनै जानु पर्ने वाध्यता रहेको थियो । नुवाकोटमा मात्रै दुई सय भन्दा बढी महेन्द्राका गाडीहरु नियमित सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
     गाडीहरु सञ्चालनमा रहने तर सर्भिसिङ्ग गर्ने सम्मको सेवा यातायात व्यवसायीले नपाएको कारण आफुले यो सेवा सुरु गरेको उत्सुक अटो मोवाइलस्का सञ्चालक शरण उत्सुक सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यस्ता खाले ब्यवसायले विदुर नगरपालिकाको महत्व बढ्ने र जिल्लामै सबै प्रकारका सेवा सुविधाको उपलब्ध हुँदा जिल्लावासीलाई गौरव हुने बताउनुभयो ।
    कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लामा महेन्द्रा गाडीको प्रयोग बढेसंगै सोरुमको पनि आवश्यकता रहेको औल्याउनुभयो ।
    कार्यक्रममा महेन्द्रा गाडी नेपालमा विक्रि गर्दै आएको अग्नी इन कर्पोरेट प्रालिका डेप्युटि जनरल म्यानेजर अमितकुमार चौधरीले महेन्द्रा गाडीका लागि नुवाकोट र रसुवा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यहाँको भुगोल र सडकको अवस्था अनुसार महेन्द्र गाडी उपयुक्त हुने बताउनुभएको छ ।
    महेन्द्रा गाडीको आधिकारिक सभिसिङ्ग सेन्टरको सुभारम्भ समारोहमा नुवाकोट जिल्लाका प्रतिष्ठित उद्योगी, व्यवसायी, व्यापारी, चालक, यातायात ब्यवसायी, जिल्लाका सरकारी अधिकारीहरु तथा बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो । 

सेभ द चिल्ड्रेनको परियोजना सकियो

रामचन्द्र खनाल
नुवाकोट । भुकम्प पछि नुवाकोटमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले आफ्नो दुई वर्ष तीन महिनाको परियोजना आज अन्त्य गरेको छ ।
    अङ्ग्रेजी वर्षको २०१५ बाट नुवाकोट जिल्लामा भुकम्प पछिको प्रतिकार्यमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले सामुदायिक बिकास केन्द्र नेपाल सिडिसीसंगको साझेदारीमा नुवाकोटमा काम गर्दै आएको थियो । सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लाको दाङ्गसिङ्ग, गो¥र्याङ्ग, तारुका, चाउथे, दुईपिपल र कुमरीमा काम गर्दै आएको थियो ।
    परियोजनाको समापन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा भुकम्प पछि नुवाकोटमा उल्लेखनिय कार्य गरेको बताउनुभयो । राहतको चरणमा बालबालिको क्षेत्रमा काम गरेको उक्त संस्थालाई पुन निर्माणमा समेत काम गर्न प्रमुख तामाङले आग्रह गर्नुभएको छ ।
    सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लामा दुई वर्ष तीन महिनामा ६ हजार ३ सय घरधुरीलाई  सोलार वीत्त वितरण गरेको छ । जसबाट आठ हजार बालबालिकालाई अस्थायी आवासमा रहेर पनि पढ्न सजिलो भएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको छ ।
    भुकम्प प्रभावित समुदाय र बालबालिकाको षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनले आवास, शिक्षा, बाल संरक्षण, स्वास्थ्य तथा पोषणमा काम गरेको छ । त्यस्तै, खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धन, खाद्य सुरक्षा तथा जिविकोषर्जन र विपद् जोखिम न्युनिकरणका लागि सेभ द चिल्ड्रेनले काम गरेको थियो ।

विभुषित पाँच जनाको सम्मान

रञ्जु भण्डारी
विदुर । नुवाकोट रसुवा कानून समाजले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नुवाकोट जिल्लाका कानुन र न्यायको क्षेत्रमा काम गर्नेहरुको सम्मान गरेको छ ।
    कानुन र न्यायको क्षेत्रमा विशेष पदवी प्राप्त गरेका पाँच जनाको एक समारोहका बीच सम्मान गरिएको हो । नेपाल वार एशोसिएसन नुवाकोटका अध्यक्ष अधिवक्ता देवराज कँडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट रसुवा कानून समाजका संयोजक तथा सदस्यहरुको सम्मान भएको हो ।
    सम्मानित हुनेहरुमा हाल महा न्याधिवक्तामा नियुक्त हुनुभएका बरिष्ठ अधिवक्ता बशन्तराम भण्डारी, उच्च अदालतका न्यायधिश शान्ता सेढाई रहनुभएको छ । बशन्तराम भण्डारी नुवाकोटको रालुकादेवीमा जन्मनुभएको हो, त्यस्तै शान्ता सेढाई विवाह पछि सामरीको स्थायीवासी हुनुभएको हो ।
    अन्य सम्मानित हुने बरिष्ठ अधिवक्ताहरुमा थानसिंगका उषा मल्ल पाठक, विदुर नगरपालिका वडा नं. २ का बच्चुसिंह खड्का र मदानपुरका ओम थपलिया रहनुभएको छ । उहाँहरु तीनै जना हालै बरिष्ठ अधिवक्ता पदबाट विभुषित हुनुभएको हो ।

Wednesday, August 23, 2017

गिट्टी वालुवाको मुल्य नुवाकोटमा २५ प्रतिशत घट्ने

कपिलदेव खनाल
विदुर । गिट्टी, बालुवा तथा ढुङ्गाको मुल्य निर्धारण गर्नका लागि अघिल्लो महिना गठन भएको समितिले आज भुकम्प पिडित नुवाकोटवासीहरुको पक्षमा निर्णय गरेको छ ।
    बेल्कोटगढी नगरपालिकाका प्मुख राजेन्द्ररमण खनालको संयोजकत्वमा गठन भएको उक्त समितिले नुवाकोट जिल्लाका भुकम्प पिडित नागरिकहरुलाई घर बनाउनका लागि आवश्यक पर्ने गिट्टी, बालुवा र ढुङ्ग खरिदमा २५ प्रतिशत सस्तो बनाएको छ । तर यो मुल्य कार्यान्वयमा अउने भने अब केही दिन लाग्ने छ । यो मुल्य कार्यान्वयनमा आएसंगै अब दुई सय ६० सेफ्टीको गाडीमा गिट्टी बालुवा खरिद गर्दा कम्तिमा पनि ४ हजार रुपैयाँ नागरिकलाई सस्तो पर्न आउँछ ।
    नदीजन्य पदार्थको मुल्य आकाशिएको र त्यसबाट भुकम्प प्रभावित नागरिकहरुलाई मर्का परेको गुनासो बढेपछि त्यसको न्युनिकणरणका लागि समिति गठन भएको थियो । जनप्रतिनिधि, उद्योगी, उपभोक्ता, पत्रकार, प्रहरी र सरकारी कर्मचारीको संयुक्त समितिले अहिले कायम भएको मुल्यमा २५ प्रतिशत कम हुनु पर्ने निर्णय गरेको छ । निर्णय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुल्य निर्धारण समितिमा पठाइएको छ । त्यहाबाट प्रमाणिकरण भएपछि अब नुवाकोटका नागरिकहरुले गिट्टी, वालुवा सस्तो मुल्यमा पाइने छ ।
    तर सस्तो मूल्यमा सामाग्री खरिदका लागि भने भुकम्प पिडितको परिचय पत्र लिएर क्रसरमा जानु पर्ने छ । अहिले ४० रुपैयाँ देखि ५५ रुपैयाँ प्रति सेफ्टी बालुवा विक्रि भइरहेकोमा त्यसमा २५ प्रतिशत छुट हुने छ । त्यस्तै गिट्टी ५० देखि ६० रुपैयाँ प्रति सेफ्टीमा विक्रि भइरहेकोमा त्यसमा पनि नुवाकोटका भुकम्प पिडित नागरिकहरुले २५ प्रतिशत छुट पाउने छन् । यसरी अब कायम हुने मुल्य अनुसार एक आइचर बालुवाको मुल्य ४५ सय रुपैयाँ पर्ने छ । त्यसमा ढुवानी र करको रकम भने थप हुने छ । त्यस्तै एक आइचर गिट्टी अब नुवाकोटका नागरिकहरुले ५६ सय रुपैयाँमा पाउने क्रसरबाट थाप्न पाउने छन् ।
    एक महिना अघि गठन भएको समितिले मुल्य निर्धारणको लागि आज समेत गरी तेश्रो पटक बैठक बसेको छ । मुल्य निर्धारणमा केही पक्षको पटक पटक देखिएको आनाकानीका कारण ढिला भएको बताइएको छ । तर जनताको लागि सस्तो मुल्यमा सामाग्री उपलब्ध गराउने आफ्नो जोडबल रहेकोले सफल रहेको समितिका संयोजक एवं बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।
    तर उद्योगी ब्यवसायीहरुले भने यो मुल्यमा बालुवा र गिट्टी विक्रि गर्न नसक्ेने भन्दै आपत्ति जनाएको छ । बैठकमा सहभागि भएका नुवाकोट क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष शिव अधिकारीले उद्योग स्थापना भएको वडावासीका लागि मात्रै यो निर्णय लागू गर्न सकिने बताउनुभएको छ । तर बैठकमा सिङ्गै जिल्लावासीका लागि अहिलेको मुल्यमा २५ प्रतिशत छुट लिन सकिने प्रस्ताव संघका अध्यक्ष अधिकारीले नै राखेको र त्यसलाई आफुहरुले मानेको संयोजक खनालले बताउनुभएको छ ।
    निर्णय कार्यान्वयमा ल्याउनका लागि समितिले प्रहरी र प्रशासनलाई आग्रह गर्ने र समितिको निर्णय भन्दा बाहिर गएर बढी मुल्यमा सामाग्री विक्रि भएको पाइएमा कानूनी कारबाही हुने समेत मुल्य निर्धारण समितिका संयोजक बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।

बाढीपिडितका लागि फेसबुकबाटै पौनेतीन लाख रुपैयाँ संकलन

नुवाकोट । बसिवियाँलो नुवाकोटले तराईको बाढि पिडितका लागि संकलन गरेको रकमले महोत्तरी जिल्लाका डेढ सय परिवारलाई चामल वितरण गरेको छ ।
    सुरुमा फेसबुकमा मनोरञ्जनका लागि स्थापना भएको बसिवियाँलो समुहले तराई र मधेशका जिल्लामा भर्खरै आएको बाढीबाट प्रभावितहरुलाई राहत प्रदान गर्न फेसबुक मार्फत् नै रकम संकलन अभियान सञ्चालन गरेको थियो । अभियान अन्र्तगत जिल्ला मात्रै नभई देश तथा विदेशमा रहनेहरुले रकम प्रदान गरेका छन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार दुई लाख ७५ हजार रुपैयाँ संकलन भएको थियो ।


जस मध्येबाट महोत्तरीको डेढ सय घरमा एक एक बोरा चालम प्रदान गरिएको छ । संकलित रकम मध्ये ४६ हजार ६ सय रुपैयाँ बचत भएको छ । बाँकी रकम बैंकमा सुरक्षित राखिएको र जिल्ला भित्र तथा बाहिर प्राकृतिक प्रकोप भएमा तत्काल राहतका लागि उक्त रकम खर्च गरिने बताइएको छ ।
    मनोरञ्जन र खबर आदान प्रदानका लागि सामाजिक सञ्चाल फेसबुकमा स्थापना भएको बसिवियाँलो समुहको आग्रहमा देश तथा विदेशबाट बाढी पिडितहरुलाई राहत प्रदान गर्नका लागि रकम संकलन भएको थियो । आज समुहले संकलित रकम र खर्चको हिसाव किताव गरी तराई तथा मधेशको बाढी पिडितका लागि राहत संकलनका लागि गरिएको आब्हान आजबाट बन्द गरिएको जनाएको छ ।

Sunday, August 13, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा काँग्रेसको प्यानल विजयी एमालेलाई प्यानलमा भएको भन्दा पनि कम मत

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख र उप प्रमुख
कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको सम्पूर्ण दलमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यालयमा भएको मतदानबाट नुवाकोट प्रमुखमा काँग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ ।
    त्यस्तै उप प्रमुखमा अप्सरा थापा, महिला सदस्यमा धनमाया तामाङ र सम्झना सेढाई, दलित वा अल्पसङ्ख्यक सदस्यमा मैया शेर्पिनी, अन्य सदस्यहरुमा अभिनव फुयाल ‘जगदिश’, गणेशबहादुर शाही र रामहसिंह तामाङ निर्वाचित हुनुभएको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटको नौं सदस्यिय पदाधिकारीमा १८ जनाको उम्मेदवारी परेको थियो । नेपाली काँग्रेस एक्लै र नेकपा एमाले अनि माओवादी केन्द्रले गठबन्धन तयार गरेर दुई प्यानलमा चुनावी प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उप प्रमुख मात्रै मतदाता रहने जिल्ला समन्वय समितिमा काँग्रेसको १४ मत, एमालेको ६ र माओवादी केन्द्रको ४ मत रहेको थियो । एमाले माओवादीले संयुक्त प्यानल बनाएकोले काँग्रेसको १४ र एमाले माओवादीको प्यानलको १० मत रहेको थियो ।
    दिउँसो भएको मतदानको परिणाम एक्कैछिनमा सार्वजनिक भएको थियो । जस अनुसार काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सदस्यहरु अभिनव फुयाल ‘जगदीश’ र गणेशबहादुर शाहीले आफ्नो पार्टी मतदाता भन्दा बढी मत प्राप्त गर्नुभयो । उहाँहरु दुवै जनाले १५÷१५ मत प्राप्त गर्नुभएको छ । जिल्ला संयोजक सहितका अन्य सबै सदस्यहरुले भने १४÷१४ मत प्राप्त गर्नुभएको छ । उहाँहरु दुवै सदस्यले एमाले – माओवादी प्यानलको एक मतदाताको बढी मत लिनुभएको हो ।
    एमाले र माओवादीको संयुक्त प्यानलबाट रामहरि घिमिरे प्रमुख, विष्णुबहादुर बोगटी उपप्रमुख, सरस्वती उप्रेती, मिनुकुमारी तामाङ नेपाली र शर्मिला तामाङ महिला सदस्य, कृष्णबहादुर घले अल्पसंख्यक सदस्य, नारायणप्राद रिमाल, नविन पुडासैनी र विक्रम गुरुङ्ग अन्य सदस्यको उम्मेदवार रहनुभएको थियो । अन्य सदस्यमा एमाले माओवादी प्यानलबाट उम्मेदवार बन्नुभएका नारायणप्रसाद रिमाल र विक्रम गुरुङ्गले भने आफ्नो प्यानलमा रहेको भन्दा पनि एक मत कम पाउनुभएको छ । १० मत रहेकोमा उहाँहरु दुवै जनाले ९÷९ मत प्राप्त गर्नुभएको हो । प्यानलका बाँकी सबै उम्मेदवारहरुले १०÷१० मत प्राप्त गरेका छन् । आफ्नो बठबन्धनमा रहेको मतमा पनि एक÷एक मत कम ल्याउने दुवै उम्मेदवाहरु नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकाहरु रहेका छन् ।
    यसै बीच, नव निर्वाचित पदाधिकारीहरुको सपथग्हण कार्यक्रम यही साउन ३२ गते हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरु यस अघि निर्वाचित भएको वडा सदस्यहरुको पद कायम नहने या खारेज हुने भन्ने विषयमा भने अझै प्रष्ट भएको छैन । यस विषयमा परिपत्र आउन बाँकी रहेकोले यस अघि निर्वाचित भएको जिम्मेवारीबाट स्वत पद मुक्त हने, राजनीनामा दिनु पर्ने या काय रहने भन्ने विषयमा अझै प्रष्ट भने भएको छैन ।

Wednesday, August 09, 2017

भुकम्प पछि पहिरोको सकस

कपिलदेव खनाल
पैरेवेशी (रसुवा) । रसुवाको पैरेवेशीबाट विस्थापित भएर नुवाकोट मनकामनाको शान्तीबजारमा बसिरहेका नागरिकहरुलाई अहिले सुत्ने ठाउँ बनाउने चटारो छ । आफ्नो हुँदाखादाको घर एकै छिनमा ध्वस्त भएपछि अहिले यि नागरिकहरु त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको भवनमा शरण लिएर बसेका छन् ।
    साउन २२ गते रातीको पहिरोमा परेर रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न. ४ पैरेबेंसीमा चार जनाको मृत्यु भयो । पैरेवेशीको आठ घर पहिरोले पुर्यो, १५ घर परिवार पुर्ण रुपमा विस्थापित भए ।
    यो पटक सहित गरेर पाँच पटक पहिरो गएको यस पैरेवेशीमा अहिलेको पाली भने पैरोले ताण्डव मच्चाएको छ । बस्ती माथीको घनाजङ्गलको दुई ठाउँबाट बसेको पहिरोले यहाँका स्थानीयहरुमा गहिरो चोट पु¥याएको छ ।
    २०७२ सालको भुकम्पले ध्वस्त भएको घर यहाँका नागरिकहरुले भर्खरै ऋणधन गरेर ठड्याएका थिए । कत्तिपयहरु नयाँ घरमा सरेको एक महिना पनि वितेको थिए । एकै घरको चार जनाको निधन भएको पक्की ढलान घरमा त बसाई सरेको चार दिन मात्रै भएको थियो ।



    सरकारसंग पहिलो किस्ता रकम मात्रै लिएको र दोश्रो किस्ताको रकम लिन नपाएकाहरुलाई बढि पिडा भएको छ । नयाँ बनेको घर देखाएर बाँकी रकम लिनसक्ने अवस्था अब यहाँका नागरिकहरुको छैन । त्यसो त अब नयाँ घर बनाउनका लागि पनि जग्गा जमिन नभएको स्थानीयहरु बताउछन् । पुर्खा देखि नै यही स्थलमा बसोवास गर्दै आएकोहरुको जग्गा जमिन सबै यही रहेको र अहिले पहिरोले छोपेको कारण घर बनाउने जमिन बसैको पनि बाँकी नरहेको स्थानीयहरुले बताए ।
    अहिले त्रिशुली थ्रि ए को भवन शान्तिबजारमा बसिरहेका नागरिकहरु सरकारले आफुहरुलाई कमसेकम घर बनाउने सम्मको जग्गा उपलब्ध गराईदिनेमा आशाबादी छन् ।
    पहिरो लगत्तै विस्थापित भएकाहरुलाई अहिले दैनिक गुजाराका लागि समस्या भएको छ । सक्नेले क्षतिग्रस्त घरबाट केही अन्नपात निकाले पनि त्यो पर्याप्त नभएको बताइएको छ । माटोको भल पसेको कारण कुनै पनि घरबाट सध्य सामानहरु निकाल्न स्थानीयहरुले सकेका छैनन् । अधिकांश नागरिकहरु आफ्ना वालबच्च लिएर रित्तो हात त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको भवनमा शरण लिन पुगेका छन् । अहिले सबैलाई  खानेकुराको समस्या भएको पहिरो पिडिहरुले बताएका छन् ।



    पैरेवेशी र त्यो भन्दा माथीको गाउँबाट गरी अहिलेसम्म ३५ घरपरिवार विस्थापित भइसकेका छन् । विस्थापित हुनेहरुको संख्या अझ बढ्न सक्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल बताउनुहुन्छ । पहिरो बग्ने क्रम चलिरहेको र तल गएको पहिरोका कारण माथिको बस्ती समेत समस्यामा परेको उहाँले बताउनुभयो ।
    अहिले जोखिममा परेकाहरु एकै थलोमा भेला भएर बसेका छन् । बसोवासका लागि त्रिशुली थ्रि ए को भवन पर्याप्त रहेपनि खानेकुरा देखि प्रयोग गर्ने अन्य सामाग्रीहरुको अभाव देखिएको छ । यो अभावसंगै नुवाकोट  तथा रसुवा जिल्लामा कार्यरत विभिन्न अन्तराष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थाहरुले राहत सामाग्री ल्याउन सुरु गरेका छन् ।


तस्बिरहरु कपिलदेव खनाल । अन्तिमको तस्बिर फेसबुकबाट

पहिरोबाट विस्थापितलाई अक्सफाम नुवाकोटको राहत

शान्तिबजार, पहिरोको कारण विस्थापित भएका रसुवाका नागरिकहरुलाई अक्सफाम नुवाकोटले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।
    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न. ४ पैरेबेंसीमा आइतवार राती पहिरो जाँदा चार जनाको मृत्यु भएको थियो भने १५ घर परिवार विस्थापित भएका छन् । सोही पहिरोका कारण पैरेवेशी भन्दा माथी रहेको २० घर पनि विस्थापित भएका छन् । विस्थापितहरु अहिले त्रिशुली थ्रि ए जलविद्यत् आयोजनाको आवास केन्द्र शान्तिबजारमा बसिरहेका छन् ।
   
    अक्सफाम र सहायता सामाजिक संस्थाले संयुक्त रुपमा उक्त राहत सामाग्री उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरिएको सहायता सामाजिक संस्थाका कार्यक्रम ब्यवस्थाक बशुराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट विस्थापित भएर त्रिशुली थ्रि एको भवनमा बसिरहेका नागरिकहरुको अवस्था दयनिय रहेको छ । पहिरोका कारण घरबाट सामाग्रीहरु निकाल्न नसकेका र आफ्न्त पहिरोमा परेको शोकमा परेकोहरुलाई बसोवासमा समस्या देखिएको छ ।

पहिरोले कत्तिपयको घर ध्वस्त बनाएको छ भने कत्तिको घरबाट अन्नपात समेत निकाल्न सकिएको छैन । सकुसल रहेकाहरुलाई बसोवास सहजताका लागि अक्सफामले राहत सामाग्री प्रदान गरेको हो । हिजो विस्थापितहरुको बसोवास स्थलमै पुगेर अक्सफाम नुवाकोटका सहायक कार्यक्रम प्रवन्धक ब्रम्हदेव रामले सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । राहतमा प्रदान गरिएको सामाग्रीहरुमा त्रिपाल एक सय थान, भुईमा ओछउने म्याट एक सय, पानीको फिल्टर ५०, स्वास्थ्य सामाग्रीहरुको सेट ५०, घरायसी सामाग्रीहरुको सेट १०, अस्थायी शौचालयको सामाग्री ६ र २० एमएमको पानीको पाइप १५ सय मिटर रहेको छ ।

Monday, August 07, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा को को भिड्दैछन् ? र किन दर्ता भएन पदमराज पौडेलको उम्मेदवारी ?

कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको लागि आज उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी केन्द्र गरी दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
    नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा सन्तमान तामाङको उम्मेदवारी परेको छ । उप प्रमुखमा अप्सरा थापाको उम्मेदवारी परेको छ । उप प्रमुखमा काँग्रेसबाट पदमराज पौडेलले उम्मेदवारी दिने भने पनि प्रमुख या उप प्रमुखमा महिला आवश्यक पर्ने भएकोले महिला सदस्यको उम्मेदवार बनाएर निर्वाचन अधिकृतको कार्यालयमा लगिएको अप्सरा थापालाई उप प्रमुखको उम्मेदवार बनाइएको हो । पार्टी कार्यालबाट पौडेललाई उप प्मुखको उम्मेदवार बनाएर निर्वाचन कार्यालय लगिएको थियो । पौडेलको उम्मेदवारी कामय नहुने भएपछि केहीबेर खैलाबैला मच्चिएको थियो ।
 
    नौं सदस्यको लागि आउँदो २९ गते हुने निर्वाचनमा १८ जनाको उम्मेदवारी परेको छ । काँग्रेसले एक्लै समुह तयार गरेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त प्यानल तयार गरेको छ ।
    जिल्ला समन्वय समितिको सदस्यहरुमा खुल्ला तर्फ अभिनव फँुयाल ‘जगदीश’, रामहसिंह तामाङ, र गणेशबहादुर शाहीले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेसको तर्फबाट महिला सदस्यमा सविना प्रधान, सावित्रि सेढाई र धनमाया तामाङको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यकबाट माया शेर्पाको उम्मेदवारी परेको काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले जानकारी दिनुभयो ।
    एमाले आमोवादी संयुक्त प्यानलबाट जिल्ला समन्वय समितिको प्रमुखमा रामहरि घिमिरे, उप प्रमुखमा विष्णुबहादुर बोगटी रहनुभएको छ । घिमिरे नेकपा एमालेबाट निर्वाचिन वडा सदस्य हुन् भने बोगटी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । त्यसै गरी खुल्ला सदस्यहरुमा नविन पुडासैनी, नारायणप्रसाद रिमाल, विक्रम गुरुङ्ग रहनुभएको छ । महिला सदस्यमा मिनुकुमारी तामाङ नेपाली, शर्मिला तामाङ, सरस्वती उप्रेतीको उम्मेदवारी परेको छ भने अल्पसंख्यकमा कृष्णबहादुर घलेको उम्मेदवारी परेको छ ।
    जिल्ला समन्वय समितिमा प्रमुख, उप प्रमुख र बाँकी सात जना सदस्यमा निर्वाचित हुनेछन् । जसमा खुल्ला सदस्य र महिला सदस्यबाट तीन÷तीन जना र दलित वा अल्पसङ्ख्यकबाट १ जना निर्वाचित हुनेछन् ।


   नेपाली काँग्रेस नुवाकोटमा केसी र महत गुटको राजनीति सहतमा आएपछि उम्मेदवारी दर्ता हुने समयमा दुवै गुटको एकता भएको कार्यकर्ताहरुले बताएका छन् । काँग्रेसका एक जिल्ला नेताका अनुसार प्रमुखमा महत, उप प्रमुखमा केसीले आफ्ना कार्यकर्तालाई उम्मेदवारी बनाएका छन् । सदस्यहरुमा महत, केसी र बहादुरसिंह लामा पक्षका कार्यकर्ताहरुलाई भागवडा लगाइएको छ ।
    जिल्ला समन्वय समिति गठनका लागि नुवाकोटमा काँग्रेसलाई प्रष्ट बहुमत रहेको छ । २४ जना मतादाता रहेको नुवाकोटमा काँग्रेसको मात्रै १४ मत रहेको छ । एमालेसंग ६ र माओवादीसंग ४ मत मात्रै रहेको छ । जिल्ला समन्वय समिति गठनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप प्रमुखले मात्रै मतदान गर्न पाउने छन् ।
जिल्ला समन्व्य समितिको पदाधिकारी विजयी गराउन प्रष्ट बहुमत रहँदा पनि काँग्रेसमा हिजोसम्म विभाजन देखिएको थियो । काँग्रेसको तीन वटै क्षेत्रिय समितिले सन्तमान तामाङलाई प्रमुखको उम्मेदवार बनाउनका लागि लिखित रुपमा पठाएपनि जिल्ला कार्य समितिले भने प्रमुखमा पदमराज पौडेललाई प्रमुखमा उठाउने निर्णय गरेको थियो ।
महत र केसी पक्षको राजनीतिले विभाजन गरेको काँग्रेस नुवाकोटको जिल्ला समन्वय समितिको चुनालाई काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हिजो साँझ मात्रै मिलाएका थिए ।


जिल्ला सभापति जगदीश्वरनरिसिंह केसी र सभापतिका प्रत्यासि रमेश महत सहित गएको काँग्रेसको नेता कार्यकर्ताहरुलाई तत्कालै उप प्रमुखको उम्मेदवार छान्न हम्मेहम्मे परेको थियो । तर केसी पक्षको भागमा परेको उप प्रमुखको उम्मेदावार छनोटमा जिल्ला सहभापति केसीले नै थापालाई छनोट गर्नुभएको हो ।

तीन जनाको शव फेला पर्यो

शशिकुमार डङगोल
पैरेबेसी (रसुवा) रसुवाको पहिरेवेशीमा गएराति पहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको छ । एक जनाको शवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गए रातीको पहिरोमा ८ घर पुरिएको थियो भने चार जना वेपत्ता भएका थिए ।
               पहिरोमा परी मृत्यु हुनेहरुमा एका घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकोटी छन् ।
               हराईरहेका ४ जनाको उद्धारका लागि स्काभेटर परिचालन गरिएको थियो । सदरमुकाम धुन्चे तथा शान्तिबजारबाट दुईवटा स्काभेटर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।


सदरमुकामबाट गएको स्काभेटर शान्तिबजारमा रहेको स्काभेटरले अबरुद्ध बाटो सुचारु गर्दै घटनास्थलमा उद्धारका लागि गईरहेको बताइएको छ । पहिरोका कारण पहिरेबेशिको करिब ३० घर परिबार बिस्थापित भएको र बिस्थापित परिवारका लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायको टोलि राहात रकम तथा सामाग्री लिएर घटनास्थलतर्फ गएका छन् ।
              उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमको घरमा क्षति पुगेको छ ।
              पहिरोमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमती बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाको अवस्था गम्भीर रहेको छ । दर्जनौंको सङ्ख्यामा पशु पनि मरेको छ । गाउँ पुग्ने सडक समेत पहिलोले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियो ।
              बेपत्ताहरुको सेनाले खोजि गरिरहेको छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजि गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले बताउनुभयो । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेको छ ।
               त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।
             बेत्रावती भन्दा माथिको सडको बिच बिचमा पहिरो गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । मोटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकोले जिल्ला सदरमुकाम र अन्य गाउबाट आवतजावत बन्द भएको छ । रसुवागढी आवतजावत गर्ने मालबाहक साधन पनि रोकिएको छ ।
             आज बिहानैबाट रसुवामा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा रोक लगाईएको छ । नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेको छैन ।

पहिरोमा आठ घर पुरियो, चार जना बेपत्ता

शशिकुमार डङ्गोल
पैरेबेसी रसुवा । रसुवाको पहिरेवेशीमा गएराति पहिरो जाँदा ८ घर पुरिएको छ । चार जना वेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा एकई घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकाेटि रहेका छन् ।

उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गाेपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमकाे घरमा क्षति पुगेकाे छ ।

पहिराेमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमति बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाकाे अवस्था गम्भीर रहेकाे छ ।

दर्जनौंकाे सङ्ख्यामा पशु पनि मरेकाे छ । गाउँ पुग्ने सडक समेत पहिलाेले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियाे ।

बेपत्ताहरुकाे सेनाले खाेजि गरिरहेकाे छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुकाे खाेजि गरिरहेकाे र पहिराेकाे दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख राेहित गुरुङले बताउनुभयाे । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेकाे छ ।


त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

बेत्रावति भन्दा माथिकाे सडकाे बिच बिचमा पहिराे गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । माेटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकाेले जिल्ला सदरमुकाम र अन्य गाउबाट अावतजावत बन्द भएको छ । रसुवागढि अावतजावत गर्ने मालबाहक साधन पनि राेकिएकाे छ ।

अाज बिहानैबाट रसुवमा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा राेक लगाईएकाे छ । नुवाकाेट र रसुवाकाे सिमास्थल बेत्रावतिबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेका छैनन् ।














तस्बिरहरु शशिकुमार डङ्गोल/इमेज र श्रीनाथ गण नुवाकोट

आज जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता हुँदै, सन्तमान सभापतिको उम्मेदवार

शर्मिला उप्रेती विदुर, 

जिल्ला समन्वय समिति नुवाकोटको निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज सोमवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । समितिको पदाधिकारी चुन्नका लागि निर्वाचन भने साउन २९ आइतवार गते दिउँसो १ बजे हुनेछ । जिल्ला समन्वय समितिको कार्यालयमा नै मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरि निर्बाचन कार्यक्रम घोषणा गरेको हो । नुवाकोटका जिल्ला न्यायधिश एवं मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहका अनुसार निर्वाचन मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन, हिजो आइतवार अन्तिम मतदाता नामावली सार्वजनिक भएको थियो । आज सोमवार भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहले बताउनु भयो । जिल्ला समन्वय समितिको निर्बाचनमा नगरपालीका र गाँउपालीकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्राबधान रहेको छ ।

यस्तै, निर्बाचनमा स्थानिय तहको निर्बाचनबाट निर्बाचित भएका पदाधिकारीमात्रै उम्मेद्धवार बन्न पाउने मुख्य निर्बाचन अधिकृत शाहले बताउनु भयो । नुवाकोटमा जिल्ला समन्य समितिको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् ।

२४ जना मतदातामध्ये १४ जना नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले काँग्रेसको स्पष्ट बहुमत रहेको छ । काँग्रेस जिल्ला प्रवक्ता राजु थापाका अनुसार जिससको सभापतिमा सन्तमान तामाङलाई उठाउने सर्वसम्मत निर्णय भएको छ । हिजो काठमाडौंमा काँग्रेस सभापति शेरबहादुर देउवा सित केसी र महत पक्षले छलफल गरेपछि सभापति महतलाई, उप सभापति केसीलाई र बहादुरसिंह लामा तामाङलाई दुई सदस्य दिने मौखिक सहमती भएको हो ।

अन्य उम्मेदवाहरुको बारेमा भने कुनै टुङ्गो लागेको छैन । १२ स्थानिय तहमा नेकपा एमालेका ६ जना र नेकपा माओवादी केन्द्रका चारजना मतदाता रहेका छन् । नेपाली काँग्रेसको जिल्ला कार्य समितिले जिल्ला समन्वय समितिको सभापतिमा पदमराज पौडेललाई उठाउने निर्णय गरेको थियो । तर नुवाकोटको तीन वटै निर्वाचन क्षेत्रबाट भने जिल्ला समन्वय समितिमा सन्तमान तामाङको नाम सिफारिस भएर आएको थियो ।

फेरि बसपार्क सञ्चालनमा

विदुर÷बट्टार बसर्पाक पुन सञ्चालनमा आएको छ । यस अघि पनि दुई पटक सञ्चालन हुँदै रोकिएको थियो । एशियाली विकास बैङ्कको सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले ७ वर्षअघि १ करोड ८७ लाखको लगानीमा निर्माण गरेको बट्टार बसर्पाक व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको हो ।
बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले बसपार्कमा सवारीसाधन अनिवार्य प्रवेश गर्न‘पर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । नुवाकोटको गौरबको रुपमा निर्माण भएको संरचनाको सदुपयोग नभई बजार पसिरमानै सबारी पार्क गर्दा बजार अब्यबस्थित भएकाले पुनः बसपार्कलाई सञ्चालन गरिएको बताउनु भयो ।
     साउन पहिलो साता  यातायात क्षेत्रका सरोकारवालाको बैठकले बसपार्कभित्र अनिवार्य रूपमा सवारीसाधनको प्रवेश, टिकट काउण्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा ५ मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो ।
बसपार्क सञ्चालनको १ वर्षका लागि कम्तीमा ११ लाख आम्दानी हुनेगरी बोलपत्र
आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभए सम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो ।
    नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायत भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिनु भयो ।
    २०६८ सालमा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारीसाधनले प्रयोग गरेबापत प्रतिदिन लामो दूरीका बसले ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनीबसले २५ कर तिर्न‘पर्नेछ ।
    स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रूपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिद लागयतका सविधा हुने विश्वास लिइएको छ ।

६७ सयसंग घर बनाउन जग्गा छैन

कपिलदेव खनाल
विदुर÷नुवाकोट जिल्लाका विस्थापित तथा जोखिमयुक्त वस्ती र विस्थापित शिविरमा बसोबास गरेका परिवारलाई यथासक्य पुनर्वासको प्रक्रियामा अघि बढाइनु पर्ने यस क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् ।
    गत १२ बैशाख २०७२ मा गएको  विनाशकारी भूकम्पले नुवाकोट जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । यस जिल्लामा १११२ जना मानिसको मृत्यु भएको थियो । सरकराले नै तयार गरेको विवरण अनुसार नुवाकोट जिल्लाका ९५ प्रतिशत घरहरू पूर्ण क्षतिभएका छन् ।
    मुख्य गरी प्रकोपसँग सम्बन्धित समस्या भोग्न बाध्य परिवारको पुनर्निर्माण र पुनस्र्थापनाको पक्षमा स्थानीय तथा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संघ संस्थाहरू र निजी क्षेत्रसँग समन्वय गरी पुनर्निर्माणमा सहयोग गर्दा पनि विनाशकारी भूकम्प पछिको पुनर्निर्माणमा ढिलाई हुँदा बस्तीको पुनर्निर्माणले तिव्र गतिलिन नसकेको सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । जिल्लाको पुनर्निर्माणको अवस्थाले गति लिन नसक्दा भूकम्प प्रभावितको परिवारको अवस्था दयनियबन्दै गइरहेको केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत बताउनुहुन्छ ।
    भूकम्पको मारमा अझ बढी सानाकिसान, सुकुमबासी, ग्रामीण किसान, दलित र भूमिहीन परेको केन्द्रले जनाएको छ । उनीहरूसँग आफ्नो बासथलो निर्माण गर्न सक्ने क्षमता नभएको, आर्थिक हैसियत कमजोर रहेको छ । २८ महिनासम्ममा पनि जोेखिमयुक्त बस्ती र विस्तापित परिवारको पक्षमा पुनर्वासको प्रक्रिया अघि बढ्न नसकेको भन्दै केन्द्रले चिन्ता ब्यक्त गरेको छ ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार पुनर्निर्माण गर्दा पहिलो प्राथमिकतामा भूमिहीन, सुकुम्बासी, दलित, महिला किसान, ग्रामीण किसानहरूलाई राख्नुपर्ने छ ।
    यस्तै, नुवाकोट जिल्लाको साविकको विकट गाविस लच्याङ्ग, घ्याङ्फेदी, शिखरबेसी, गोस्र्याङ, चारघरे, खड्भञ्ज्याङ, रातमाटे, जिलिङ, दुईपीपल, गणेशस्थान, गेर्खु लगायतमा ६ हजार ७ सय २३ परिवारसँग आफ्नो नाममा जग्गा धनी पुर्जा नरहेको बताइएको छ ।  पुर्जा नभए पनि कतिपयले सम्झौता भएर पनि आफ्नो नाममा सुरक्षित घर बनाउने जमिन नभएकोले घर बनाउन नसकेको बस्नेतलले जानकारी दिनुभयो । ‘धेरै परिवारसँग पुर्जा नभएकै कारण सम्झौता हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
    भूकम्पपछि अति जोखिम स्थानहरूका केही नागरिकहरूले राहत पाएपनि उनीहरूले सुरक्षित जमिनको अभावमा घर निर्माण सुरु नगरेको बताइएको छ । जसमा लच्याङको २१, साल्मेको ४, किम्ताङको ६०, कल्याणपुरको १५, उर्लेनीको ७७, महाकालीको २३, घ्याङ्फेदीको ७२, गोरस्र्याङको ६, कुमारी २४ रहेको छ ।
    यसै बीच, नुवाकोटको जोखिम बस्तीबाट तथा भूकम्पबाट प्रभावितभई सुरक्षित स्थानखोजी गरी छिमेकी जिल्ला रसुवा, धादिङ र सिन्धुपाल्चोकबाट पनि नुवाकोटका नागरिकमा बसोवास रहेको सामुदायिक आत्म
निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार मनाकामनाको शान्तिबजारमा रसुवाका विस्थापित २६ जना, किम्ताङको कालाञ्चिटोलमा किम्ताङको पहिरो पीडित २१ जना, बेतिनीको गोल्फुभञ्याङमा स्थानीय ८३ परिवार, पिपलटारको इनारपाटीमा रसुवावाट विस्थापित ८३ परिवार, विदुरको सिम्मुटारमा नुवाकोट र रसुवाका गरी १२१ परिवारको अस्थायी बसोवास रहेको छ ।
    त्यस क्षेत्रमा २८ महिनादेखि अस्थायी रुपमा बस्दै आएइकोहरूमा रसुवाको हाकुका ४५ परिवार, नुवाकोट भाल्चेका १८ परिवार, लच्याङका १७ परिवार, देउरालीका ५ परिवार, किम्ताङका ४, मनाकामनाका २, चारघरेको १, बुङताङको १, गेर्खुका ३, सामरीका २, काहुलेको १, नर्जामण्डपका २, विदुर नगरपालिकाकै २ घरपरिवार रहेका छन् ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका अनुसार बेत्रावटीको सातबिसेमा ३० घरपरिवार रसुवाबाट सरेर बसोबास गरिरहेका छन् । उनीहरूको तत्काल घर बनाउने सुरक्षित जमिन नभएसम्म पुरानो शिविर नछाड्ने मनस्थितिमा रहेको बुझिएको छ । ‘यी परिवार शिविरमा बसोबास गरिरहनुपर्दा धेरै समस्याहरू भोग्न बाध्य छन्, केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत भन्नुहुनछ– ‘यस्ता समस्यामा भएको परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गर्न गराउनका लागि पहल तथा सहजीकरण गरिनु आवश्यक देखिएको छ ।’

पुन निर्माणमा समस्या

सरू बर्देवा
विदुर÷बिनासकारी भुकम्पका कारण क्षति ग्रस्त भएको संरचनाहरूको पुनःनिर्माणमा नुवाकोटका नागरिकहरूले बिभिन्न समस्या झेलि रहेका छन् ।
    संरचना निर्माण सुरु गरेका नागरिकह्रूले आर्थिक अभाबसँगै, निर्माण सामाग्री र संरचना निर्माण कर्मिहरूको अभाबमा बस्नु परेको छ । लामो समय सम्म अस्थाई आबासमा बसेर भर्खरै संरचना निर्माण कार्यमा जुटेका नागरिकलाई स्थानिय स्तर सम्म मोटर बाटो सञ्चालन नँहुदा निर्माणजन्य सामाग्री ढुवानीमा समस्या छ ।
    घर सम्म पुग्ने मोटरबाटो बर्खाको समयमा क्षतिग्रस्त हुँदा निर्माण सामाग्रीहरू संरचना निर्माण स्थलसम्म पुराउन नागरिकहरूले पाएका छैनन् । नुवाकोटको ग्रामिण भेगहरू दुप्चेश्वर, साल्मे, भाल्चे लगायतका स्थानहरूमा सामाग्रीहरू ढुवानी हुन नसक्दा धेरै नागरिकहरूको संचना निर्माण कार्य अधुरै भएको छ ।
    प्राय निर्माण जन्य सामाग्री ढुवानीको लागी मिनि ट्रकको प्रयोग हुने गरे पनी ग्रामिण मोटरबाटो बर्खाको पानीले खोलेका कारण सबारी आबागमन बन्द भएको हो । सबारी साधन निर्बाध रुपमा सञ्चालन भैरहेका स्थानहरूमा पनि निर्माण सामाग्रीहरूको अभाब भएको छ ।
    संरचना निर्माणको लागी आबाश्यक पर्ने सबै सामाग्रीहरू समयमा नै उपलब्ध नभएका कारण नागरिकले निर्माण थालेको घरहरू पनि अधुरै रहेको छ । बर्खा अगाडी नै घर निर्माण गरि सक्ने लक्ष्य राखेका भुकम्प प्रभाबित नागरिकहरूको समेत निर्माण सामाग्रीको अभाबका ाकरण अहिल सम्म संरचना अधुरै छ ।

सचेतनको वार्षिकोत्सव

बिदुर÷सचेतन सामुदायिक सिकाई केन्द्रको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    साधारण सभाले समाज सचेतन केन्द्र र सचेतन समुदायिक सिकाई केन्द्रले आफ्नो जन्मकाल देखी नै साझेदारीरुपमा सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएकोले सामुदायिक साझेदारी बहुउद्देश्यीय भवनको सम्पूर्ण लागत खर्च सार्वजनिक गरेको छ ।
    २०५६ मंसिर २७ गते देखी नागरिक स्तरमा एक हजार भन्दा माथीको रकम लगायत सरकारी स्तर बाट अनुदान रकम संकलन गरिएको थियो । २०७३ असार मसान्तसम्म भए गरेका कामको समिक्षा सहित हर हिसाव सार्वजनिक गरी आम्दानी खर्चको साधारण सभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
    केन्द्रले ७ सय २० जना र सरकारी नियबाट ४६ लाख ९२ हजार चार सय ३५  सङ्कलन गरेको थियो । यस्तै कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक बिना खातीले आर्थिक वर्ष २०७३÷०७४ को ३ लाख एक हजार आठ सय रुपैयाँको आर्थिाक आयव्यय र आगामी आर्थिाक वर्षको भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
    आगामी दिनमा गरिने कार्यक्रमहरूमा निरन्तर शिक्षा ४ महिने, सिलाइ कटाई ५० जनालाई साधरण सभाले ३ महिने प्रजनन स्वास्थ्य तालिम, ३४ वटा समुह परिचालन, हितकोष सञ्चालन र पुस्तकालय व्यवस्थापन लगायत कार्यक्रम गर्ने प्रस्ताव पेस गरेकोे छ ।
    साधारण सभामा विदुर नगपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडाको तर्पmबाट गर्न सकिने सहयोगका कार्यक्रमहरू साझेदारी रुपमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै, अनौपचारिक शिक्षा केन्द्र सानोठिमि र जिल्ला शिक्षा कार्यालय नुवाकोटको सहयोगमा अभिमुखीकरण तालिम, पुस्तकालय सुदृढीकरण सुचना तथा सञ्चार प्रबिधी कक्ष विकास संस्कृति विकास प्रतियोगात्मक व्रिmयाकलाप र प्रकाशन एवँ परम्परागत घरेलु उपचार पद्दती सामग्री विकास र प्रकाशन साझेदारी रुपमा गरिने कोषाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिनु भयो ।
    सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाको सभापतितवमा भएको कार्यक्रममा केन्द्रको संस्थापक अध्यक्ष यमकुमार खाती, समाजसेबी रामहरीप्रसाद रिमाल बाजे, सस्थापक सदस्य हिकमतबहादुर अधिकारी लगायतले मन्तव्य राख्नुभयो ।

साना शहरी खानेपानीको काम ५५ प्रतिशत

राजु रिमाल, विदुर
नुवाकोटमा एसियाली बिकास बैङकको सहुलियत श्रणमा सञ्चालीत तेश्रो साना शहरी खानेपानी आयोजनाको हाल सम्मको प्रगती बिवरण ५५ प्रतिशत रहेको छ ।
    योजना कार्यान्वयन सुरु हुनै समय लागेको तेश्रो साना शहरी खानेपानी आयोजनाको काम भने तिब्र रुपमा अगाडी बढिरहेको छ । गएको सामेवार बिदुर खानेपानी उपभोक्ता समितिले सरकारवाला निकायहरूसँग आयोजना कार्यान्वयनको कार्य प्रगति र चनौतिको बिषयमा अन्तक्रिया गर्दै खानेपानी आयोजना तिब्र रुपमा अगाडी बढिरहेको जनाएको छ ।
    करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण भैरहेको आयोजनाको अहिले ५५ प्रतिबत भन्दा माथी काम सम्पन्न भैसकेको उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो ।
    खानेपानी आयोजनाको संरचना निर्माणको क्रममा मुहान निर्माण, पानी रिजर्भ गर्ने ट्याङिक, बितरण लाईन, पानीलाई शुद्धिकरण गर्ने प्रबिधि जडान र संरचनाको निर्माणलाई अहिले अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताउनु भयो । सरोकारवाला सबै निकायहरूको सहयोग र सहकार्यमा हाल खानेपानी आयोजनाको निर्माण कार्य तिब्र भैरहेको उहाँले बताउनु भयो । 
    खानेपानी आयोजना निर्माणको कार्यमा धेरै चुनौतीहरू रहेता पनि स्थानिय नागरिक, राजनीतिक दल तथा सरोकारवाला निकायहरूको सहयोगमा चुनौतिहरूलार्य अबसरमा परिणत गरिएको समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो । आयोजना कार्यान्वयन गर्दा सुरुमा देखिएका चुनौतीहरूलाई सबै निकायबाट सहयोग प्राप्त भएकाले अहिले स्थानिय उपभोक्ता नागरिकहरूको मकै, धान लगाईएको स्थानबाट पाईप लाईन बिस्तारमा समेत स्थानिय उपभोक्ताहरूको सहयोग रहेको उहाँले बताउनु भयो ।
    आगामी १ बर्ष भित्र निर्माण सम्पन्न हुने खानेपानी आयोजनाले बिदुर नगरपालीकामा आगामी १५ बर्ष सम्मको लागी प्रत्येक नागरिकहरूको घरमा २४ सै घण्टा पानी उपलब्ध हुने बतार्यको छ । यस्तै, सडक मार्ग बिस्तारका कारण नगरपालीका भित्र ६ किलोमिटरमा तत्कालै पाईप लाईन बिस्तार गर्न नपाईएको कार्यक्रममा बताईएको छ ।
    गल्छि रसुवागढी सडक बिस्तारको क्रममा रहेकाले पाईपलाईन कहाँनिरबाट बिस्तार गर्ने भन्ने अन्यौलमा रहेको बिदुर खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

ध्वस्त भयो एतिहासिक पुल


शशिकुमार डङ्गोल
बेत्रावती÷नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको ऐतिहासिक झोलुङ्गे पुल शुक्रवार रातीको बाढीले बगाएकोे छ ।
    फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोट तर्फको भाग बगाएको हो । बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटिको जीप नै बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीयहरूले बताएका छन् ।
    फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको छ । पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएको घरहरू समेत भत्काउन सक्ने स्थानीयले बताए ।
    पुल बगाएपछि खोलाको बहाव नुवाकोटपटि बढी आएकोले वस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो ।
    ७० वर्ष भन्दा पुरानो यो पुल पक्की पुल बनेसगै पल्लिो केही दशकदेखि प्रयोगविहीन अबस्थामा थियो । तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्न‘ पर्छ भन्दै केही वर्ष अघि पुल मर्मत गरिएको थियो ।     स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा र्पुयाएको सहयोग कार्यक्रम मार्फत वि. सं. २००४ मा निर्माण भएको यो पुलले नेपाल र चीनबीचको पदमार्गको सम्पर्क विस्तारमा सहयोग पु¥याएको थियो । यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।
    यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ भने एक झोलुंगे पुल समेत बगाएको छ ।

साढे दुई अर्ब रुपैयाँ जिल्लाबाट फिर्ता

विदुर÷आर्थिक वर्ष २०७३÷७४ मा नुवाकोट आएको दुई अर्ब ४९ करोड ९३ लाख बजेट खर्च नभई फिर्ता भएको छ ।
    कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख दामोदर थापाका अनुसार जिल्लास्थित सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्माणका लागी विनियोजन गरिएको पुँजीगत खर्च १३ अर्ब तीन करोड चार लाखमध्ये १० अर्ब ५३ करोड ११ लाख खर्च भएको छ ।
    जिल्लाका ७६ सरकारी कार्यालयको नीति तथा कार्यक्रम सञ्चालन गर्न नौ अर्ब ४५ करोड ९७ लाख प्राप्त भएकामा ८६ प्रतिशत अर्थात् आठ अर्ब सात करोड ८८ लाख मात्र खर्च भएको छ । चालुगत शीर्षकमा नीति तथा कार्यक्रम सञ्चालनका लागि बजेटको अख्तियारी पाएका सरकारी कार्यालयले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड नौ लाख खर्च गर्न सकेका थिएनन् ।
    पुँजीगत शीर्षकमा विकास निर्माणका लागि आएको तीन अर्ब ५७ करोड सात लाखमध्ये दुई अर्ब ४५ करोड २३ लाख खर्च भएको छ । बजेटको एक तिहाइ अर्थात् ६७.५७ प्रतिशत बजेट खर्च भएको छ । विकासका लागि प्राप्त एक अर्ब ११ करोड ८४ लाख खर्च नभई फिर्ता भएको छ । प्राप्त बजेट खर्च गर्न नसक्नेमा गल्छी–त्रिशूली–वेत्रावती सडक विस्तार, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई लगायत जनतालाई प्रत्यक्ष विकास निर्माणमा सेवा पु¥याउने कार्यालय छन् ।
    विकास निर्माणको क्षेत्रमा गरेको खर्चको ठूलो हिस्सा आर्थिक बर्षको अन्तिम महिना असारमा खर्च भएको छ । पुँजीगत बजेटमा भएको खर्च मध्ये ९५ करोड २३ लाख (एक तिहाइ) असारमा खर्च भएको कोलेनिकाले जनाएको छ ।

गिट्टी बालुवाको मुल्य निर्धारण गर्न समिति

विदुर÷नुवाकोटमा नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारणको लागी समिति गठन भएको छ ।
    समितिको संयोजकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल रहनु भएको छ । यस्तै सदस्यहरूमा क्रसर ब्यबसायी संघ नुवाकोटका अध्यक्ष शिब अधिकारी, जिल्ला प्रशासन कायालय नुवाकोटका प्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख बेदप्रसाद गौडेल, जिल्ला प्राबिधिक कार्यालयका ईन्जिनियर, शहरी बिकास तथा भवन डिभिजन कार्यालयका ईन्जिनियर, बालुवा प्रशोधन ब्यबसायीको तर्फबाट कृष्ण अधिकारी रहनु भएको छ ।
    समितिका सदस्यहरूमा उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल र जिल्ला समन्वय समितिका सुब्बा हरी प्याकुरेल सदस्य सचिब रहनु भएको छ ।
    मुल्य निर्धारण समितिले निर्माण जन्य सामाग्रीहरूको प्रस्ताबित मुल्य निर्धारण गरि सरोकारवाला निकायहरूको बैठकमा पेश गर्ने जनााएको छ । समितिलाई सात दिनको मिति दिइएइको छ । मुल्य निर्धारणको लागी बिहिवार भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारीले जिल्लाको आबाश्यक्ता अनुसार उत्पादन भएका सामाग्रीहरू जिल्लामा नै खपत गर्नको लागी ब्यबसायीहरूलाई आग्रह गर्नु भयो
    जिल्ला समन्वय समितिका प्रमुख केशरबहादुर पण्डितले जिल्लामा रहेका क्रसर ब्यबसायीहरूले अबैध रुपमा नदी उत्खनन् गर्ने भएकाले तस्करको संज्ञामा परेको बताउनु भयो । बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले राज्यले रोक लगाएको समयमा अबैध तबरले रातको समयमा नदी जन्य सामाग्रीहरूको उत्खनन् रोकिनु पर्ने बताउनु भयो । साथै भुकम्प पिडितहरूलाई पुन निर्माणका लागि सस्तो र सहज रुपमा सामाग्री उपलब्ध गराउनको लागि लाग्ने उहाँको भनाई छ ।
    बेल्कोटगढी नगरपालीकाका प्रमुख राजेन्द्ररमण खनालले नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारण गरि नुवाकोटमा रहेका भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउनु पर्ने बताउनु भयो । नदी जन्य निर्माण सामाग्रीहरू असार, साउन र भदौ महिनामा उत्खनन् गर्न नपाउने संबैधानिक ब्यबस्था रहेको छ । तर नुवाकोटमा बर्खाको समयमा नै अबैध तबरले नदी उत्खनन् भैरहेको सरकारी कर्मचारीहरूले बताउँदै आएका छन् । प्हरीले पनि नदीमा बालुवा झिक्न प्रयोग भएको मेसिनको ब्याट्री जफत गर्दै आएको छ ।
    तर उद्योगी ब्यवसायीहरूले भने आफुहरूलाई विक्रिको सहज वातावरण बनाइदिएर निर्धारण भएको मुल्य भन्दा पनि प्रति गाडी एक हजार रुपैयाँ कम मुल्यमा सामग्री उपलब्ध गराउने बताएका छन् । ब्यवसायी प्रकाश राईले प्रहरी प्रशासनले बालुवा गिट्टी उत्पादन र संकलन गर्न पनि नदिने र मुल्य कम गर्नु पर्यो पनि भन्ने कुरा विरोधाभाष रहेको बताउनुभयो । उहाँले सहजत वातारण भएका आफ्नो तर्फबाट जिल्लावासीलाई अपेक्षा भन्दा पनि सस्तो मुल्यामा गिट्टी बालुवा उपलब्ध गराउने बताउनुभएको छ ।
    बालुवा प्रशोधन ब्यबसायी कृष्ण अधिकारीले करोडौै रुपैयाँ लगानी गरी स्थानियहरूलाई रोजगारीको सिर्जना गरि ब्यबसाय सञ्चालन गरि रहदा तस्करको आरोप लागेकोमा आपत्ति जनाउनु भयो । कार्यक्रममा किस्पाङ गाँउपालीकाका अध्यक्ष छत्र तामाङले क्रसर र बालुवा ब्यबसायीहरूप्रति जिल्ला स्थित नियामक निकायले नियन्त्रणमा लिएको जस्तो गरि भित्रि रुपमा रकमको चलखेल गरेर उत्पादन भएको निर्माण जन्य सामाग्रीहरू नुवाकोटको दुर दराजमा रहेका नागरिकहरूको पँहुचमा नपुगेको बताउनु भयो । भुकम्पका कारण अक्रान्त भएका नागरिकहरूको निजि घर पुनःनिर्माणको लागी १ ट्रिपर बालुवा किन्दा करीब ४० हजारको हाराहारी सम्म पर्ने गरेको उहाँले बताउनु भयो ।
    तादी वडा नं. ६ का अध्यक्ष केशब थापाले बर्खाको समयमा जिल्ला समन्वय समितिले नै नदीमा बगेको बालुवा उत्खनन् गरि भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउन
माग गर्नुभयो । जिल्ला समन्वय समितिले  नदी जन्य सामाग्री उत्खनन्मा रोक लगाउदै आएको छ । यता, क्रसर ब्यबसायीहरूले पनी रातमा नदी उत्खनन् गर्नु पर्ने आफुहरूको बाध्यता रहेको बताएका छन् ।
    करोडौँ रुपैयाँ लगानी गरि सञ्चालन गरेको क्रसर ब्यबसाय स्थानिय प्रशासनले धारासायी बनाएको भन्दै दिनको समयमा निर्बाध रुपमा नदी जन्य सामाग्री उत्खनन् गर्नको लागी सहजीकरण गर्न माग गरेका छन् ।
    निर्बाध रुपले जिल्ला समन्वय समिसितले नदी जन्य सामाग्रीहरूको उत्खनन् गर्ने ब्यबस्था भएमा भुकम्प प्रभाबित नागरिकह्रूले सहज र सुलभ दररेटमा निर्माण जन्य सामाग्रीहरू पाउने ब्यबसायीहरूले बताएका छन् ।

अभियुक्त कुमारले अन्य बालिका विक्रि गरेको आरोप

विदुर÷मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ ।
    दुप्चेश्वर गाउँपालिका १ साबिक घ्याङफेदी ७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पु¥याएको पीडित परिवारले दाबी गरेका छन् । बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
    बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिलालाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगी सहित पक्राउ परेका थिए ।
    तामाङ पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी
दिएकाले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको जिल्ला प्रही कार्यालय नुवाकोटले जनाएको छ ।
    नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ ।

नाम दर्ता गर्नेको भिड

विदुर÷निर्वाचन आयोगले आउदो निर्वाचनको लागि फोटो सहितको मतदाता नामावलीको लागि फोटो खिचाउन खुल्ला गरेपछि नुवाकोटको १२ वटै स्थानीय तहमा सर्वसाधारणको भीड लागिरहेको छ ।
    जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदातामा उत्साह वढेका कारण मतदाता नामावलीमा फोटो खिचाउनेको भीड निकै लागेको जनाएको छ । तीन साताको अवधि नुवाकोटमा ७ हजार २ सय २१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेको कार्यालय प्रमुख जनार्दन अधिकारीले वताउनुभयो । फोटो खिचाउने मध्ये ४० प्रतिशत महिला रहेका छन् । एकसय २६ जनाले मतदान केन्द्र ठाउं सारेको र १३ जनाले त्रुटी सच्याएका छन् । पछिल्ला दिनहरूमा दैनिक चारसय हाराहामीमा फोटो खिच्ने काम भइरहेको छ ।
    जिल्लाभरमा १२ थानमा फोटो खिचाउने काम भइरहेकोमा  मतदाताहरूको भीड लागेको फोटो सहितको मतदाता नामावली अद्याबधिक गराउने नागरिकको संख्या बढेको जिल्ला निर्बाचन कार्यालयले जनायो । २५ कर्मचारी नामावली संकलनमा खटिएका छन् । निर्वाचन कार्यालयले कर्मचारी मार्फत साउन १६ गतेदेखि ३२ गतेसम्म हरेक गाउँ तथा नगरपालिकामा गएर फोटो खिच्ने कार्य गरिरहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताउनुभयो ।

विश्व स्तनपान सप्ताह र हाम्रो हालको अवस्था

प्रमिला देवकोटा
पोषण अधिकृत, युनिसेफ नुवाकोट

विश्वका १२० भन्दा बढी राष्ट्र«हरूमा यो हप्ताअर्थात अगस्त १–७ सम्म विविध कार्यक्रमहरूका साथ विश्व स्तनपान दिवस मनाइदैछ । हाम्रोे देशमा पनि ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्नेमूल नाराका साथ स्तनपान सप्ताह मनाईरहेका छांै ।
स्तनपानको मूल सन्देश भनेकै बच्चा जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्र स्तनपान गराउनू्, पूर्ण स्तनपान अर्थात ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चूसाउनू –पानी पनि दिनू पर्दैन) र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरि कम्तीमा २ बर्ष सम्म आमाको दुध पनि खुवाई राख्नु हो ।
आमाको दुध बच्चाको लागि अमृत समान हो । सूरुमा आउने विगौती दूधमा बिभिन्न रोगहरूसंग लड्ने प्रतिरोधात्मकतत्व हुन्छ जसले बच्चाहरूलाई झाडा पखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउछ ।
सजिलै पचाउन सक्ने आमाको दुधले शिशुको बृद्दि विकासमा ठूलो मद्दत पु¥याउछ । पूर्ण स्तनपान गराएको वच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ । वाल मृत्युदर कम गर्ने १५ कार्यक्रम मध्ये स्तनपान नं १ मा राखिएको छ । जसबाट वाल मृत्यूदर लाई १३ प्रतिशत ले कम गर्न सकिने सन् २०००८ मा लेन्सेटमा सिरीजमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।
बच्चाको लागि आमाको दुध जति पोषिलो र उत्तम खाना संसारमा कुनै पनि चिज बनेको छैन । स्तनपान गराउने स्वयम आमाको लागि पनि यो त्यतिकै हितकर छ । जन्मिने वित्तिकै दुध चुसाउदा सालनाल बाहिर निस्कन र सुत्केरी पछि हुने रक्तश्राव कम गराउन सहयोग पुग्दछ । पाठेघरलाई पहिलेकै ठाउमा फर्कन सहयोग गर्नुको साथै स्तनपान गानिने र स्तनको नली वन्द भई हुने समस्याबाट बचाउँछ । पूर्ण स्तनपान साथै २ बर्ष सम्म स्तनपान गरेको बच्चामा रोग लाग्ने दर कम हुनुको साथै आमाको पनि स्तन र पाठेघर को क्यान्सरको सम्भाबनालाई कम गराउछ ।
हाम्रो देशमा स्तनपान को अवस्था ः
जन्मेको १ घण्टा भित्र आमाको दुध चुसाउने बच्चाको संख्या १५ बर्ष अगाडि (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २००१ अनुसार २५ प्रतिशत मात्रै थियो । तर आज आएर यो संख्या ५५ प्रतिशतमा पुगेको छ । तर दुखःलाग्दो कुरा त्यति बेला ६८ प्रतिशत रहेको पूर्ण स्तनपान (६ महिना सम्म आमाको दुध मात्र ख्वाउने) को अवस्था ६८ प्रतिशत बाट घटेर अहिले ६६ प्रतिशत (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २०१६) पुगेको छ । यो तथ्याङ्क ले के देखाउछ भने ः विकास संगसंगै पूर्ण स्तनपान गर्ने बच्चाहरूको संख्या घट्दै गइरहेको छ । यसमा सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । शिशू तथा वाल्यकालिन पोषण रणनीतिले सन् २०२० सम्ममा यसलाई ८० प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा यो लक्ष्य प्राप्तीको लागि उपलब्ध कार्यक्रम र नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।
अबको बाटो ः
देशमा राजनीतिक परिवर्तन पपछि धेरैजसो काम कर्तब्य र अधिकारहरू स्थानिय तहमा गईरहेको सन्दर्भमा स्तनपानको लागि सहयोग, प्रर्बद्धन र संरक्षण गर्न स्थानिय सरकारले नै पहल गर्नूपर्ने देखिन्छ । यसको लागि निम्न कुराहरूमा ध्यानदिनु पर्ने अवस्था टड्कारो देखिन्छ ।
१. आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रि वितरण नियन्त्रण ऐन २०४९ तथा नियामावली २०५१ लाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । आजभोली आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुध, फरमुलामिल्कको बिक्रिबितरण र प्रयोग अत्याधिक भइरहेको छ ।
पढेलेखेका र शहरिया परिवारहरू पनि सजिलोको लागि पाउडर दुध ख्वाउने र कतिपय स्वास्थ्यकर्मीहरूले सूरुमै नवजात शिशुलाई पाउडर दुध ख्वाईदिने चलनले गर्र्दा ऐन नियमको कार्यन्वयन पक्ष फितलो देखिन्छ । साथै जन चेतनाको पनि अभाव दखिन्छ । यो ऐनलाई कडाइका साथ आप्mनो ठाउँ, अस्पताल र अस्पताल परिसरमा लागू गर्न स्थानिय सरकारले सरोकारवालासंग समन्वय गर्दै अघि बड्नु पर्ने आवश्यकता देखिन्छ ।
२. बालमैत्री अस्पतालको अवधारणा (द्यबदथ ँचष्भलमथि ज्यकउष्तब िक्ष्लष्तष्बतष्खभ) लाई देशव्यापी रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । देशका सबै अस्पताल र बर्थिग सेन्टरबाटै स्तनपानको सूरुवात गराई स्तनपान सम्बन्धि शिफारिस गरिएका ब्याबहारहरू लागु गराउनुपर्छ । सबै स्वास्थ्यकर्मीहरूलाई स्तनपान व्यबस्थपनको तालिम दिने र आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुधको प्रयोगलाई निरुत्साहित गनुपर्ने दखिन्छ ।
३. महिला कर्मचारीलाई प्रशुती बिदाको सूबिधा ६० दिनबाट बढाई अन्तराष्ट्रिय श्रम ऐन अनुसार ६ महिना बनाउनु पर्ने देखिन्छ ।
४. निजी संस्था, बिद्यालय, गैर सरकारी संस्थाहरूमा प्रशुती बिदालाई सुनिश्चत गर्न पैरवी गर्नुपर्ने देखिन्छ । आजपनि दिदीबहिनीहरू सुत्केरी भएपछि जागिरबाट निकालिने र गर्भवती भएपछि जागिर नै नपाउने तितो यथार्थ हामीले देखिरहेका छौ । जसले गर्दा बच्चा जन्मिएको १ महिना नपूग्दै काममा जानुपर्ने बाध्यताका कारण कयौं शिशूहरू पूर्ण स्तनपानबाट बन्चित रहेका छन् ।
५. सूरक्षित स्तनपान क्षेत्र र स्तनपानको समय छुट्याउनुपर्ने देखिएको छ । त्यसका लागि हरेक सरकारी, गैर सरकारी कार्यालय, निजी संस्था र सार्बजनिक ठाँउहरूमा स्तनपान गराउने ठाँउ र कामकाजी महिला कर्मचारीहरूलाई स्तनपान गराउने समय ब्रेक छुट्याएर स्तनपानलाई सहयोग र प्रबद्र्धन गर्न सकिन्छ ।
६. यसका लागि हाम्रौ जस्तो यो समुदायमा ब्यापक जनचेतनाको खााचो देखिएको छ । सामाजिक बानी ब्यबहारमा परिबर्तन गर्न समूदायका आमाहरू, सासूहरू, अगुवाहरूको बीचमा तथा नीति निर्माता तहसम्म आबश्यक छलफल र बहश चलाउनुपर्छ ।
आमसञ्चारका माध्यमहरूले स्तनपान सम्बन्धी जनचेतना अभिबृद्धी गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेछ । स्तनपानको सहयोग, प्रबद्र्धन र संरक्षणको लागि परामर्श समूह बनाइ हरेक समूदायमा स्तनपानको महत्व, बच्चा र आमाको सहि आशन, स्तनसम्पर्क र सिफारिश गरिएका ब्यवहार बारे छलफल र परामर्श लाई ब्यापक रुपमा अघि बढाउनुपर्ने देखिन्छ ।
यसैले सरोकारवाला निकायहरू, पत्रकारहरू, बुद्धिजीवि, स्थानिय सरकार र आमनागरिकहरू सबै मिलेर स्तनपानलाई दिगो बनाउन आजै देखि लागि परौं ।

Sunday, July 23, 2017

गणेश मन्दिरको मर्मत र सरसफाई

विदुर सिटी युथ क्लबको आयोजनामा विदुर नगरपालिका क्षेत्रमा तेश्रो सरसफाई सप्ताह सम्पन्न भएको छ ।
विदुर नगरपालिका भित्र रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सरसफाईलाई युथ क्लवले तेश्रो हप्तादेखि महाभियान नाम दिएर कार्य गर्दै आएको छ ।
यस अन्र्तगत विदुर नगरपालिका वडा नं. ४ मा रहेको गणेश मन्दिर परिसरमा हातामा सरसफाई र मर्मत गरेको अभियन्ता सुनिल श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियान अन्र्तगत मन्दिरको चारैतिर इट्टा ओछ्याउने काम पनि भएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर परिसरलाई क्लबले मर्मत सम्भार, फुल रोपण, मन्दिर पहिचानको लागि नामांकित बोर्ड समेत राखेको छ ।
मन्दिरको जिर्णेद्धार गर्न र मर्मतका लागि स्थानीय सजनकुमार श्रेष्ठले मिमेन्ट प्रदान गर्नुभयो । मर्मतका लागि स्थानीयहरुले श्रमदान गरेको आयोजक संस्था विदुर सिटी युथ क्लवले जनाएको छ ।


Saturday, July 22, 2017

काँग्रेसको क्षेत्रिय समिति विस्तार

नेपाली काँग्रेस क्षेत्र नं. ३ ले आफ्नो कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न बैठकले उपाध्यक्षमा छेपोन तामाङ र सचिवमा विष्णु चालिसे मनोनित हुनुभएको छ । साथै आजै बसेको बैकठले तीन जना क्रियाशिल सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारका विरुद्ध लागेको भन्दै काँग्रेस क्षेत्र नंं ३ ले सामरीका राम तामाङ, भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिका वडा नं. ८ का कृष्णबहादुर खड्कालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
साथै अन्य उजुरी परेकाहरुको नाम कारबाहीको लागि जिल्ला कार्य समितिमा पठाएको क्षेत्रिय सचिव विष्णु चालिसेले जानकारी दिनुभएको छ ।

नुवाकोटमा काँग्रेसकै मात्रै समन्य समिति बन्ने पक्का छैन

शर्मिला उप्रेती

निर्वाचन आयोगले गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणमा निर्वाचन भएको ३४ जिल्ला मध्ये नुवाकोट, रसुवा र धादिङसहित ३१ जिल्लाको जिल्ला समन्वय समिति निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र जिल्ला समन्वय समितिको सदस्य सङ्ख्या तोकिदिएको छ ।
निर्वाचन आयोगले ३१ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । मुख्य निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरी निर्वाचन गराउने छन् ।
नुवाकोट र धादिङको जिल्ला समन्वय समितिको सदस्य सङ्ख्या ९ र रसुवाको ७ जना रहने समेत निर्णय गरेको छ । पर्सी साउन ८ देखि जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खुल्ने र त्यसले २१ दिनभित्र जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरिसक्नु पर्नेछ ।
जिल्ला समन्वय समिति निर्वाचनमा जिल्ला भित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । नुवाकोटमा १२ स्थानीय तहको आधारमा २४ जना मतदाता छन् । रसुवामा पाँच गाउँपालिकाको आधारमा १० मतदाता छन् ।
नुवाकोटमा २४ मध्ये १४ जना काङ्ग्रेसको रहेकोले काङ्ग्रेसले जिल्ला समन्वय समिति एकलौटी बनाउने सम्भावना देखिएको छ । साथै, नुवाकोटमा नेकपा माओवादी केन्द्रलाई एक सिट दिने कि भन्ने बारेमा काङ्ग्रेसमा छलफल भइरहेको छ । सत्ता गठबन्धनको एक घटक माओवादी भएकाले काङ्ग्रेसले दुई सिट सदस्य दिनुपर्ने दाबी माओवादी केन्द्र नुवाकोटले गरिरहेको छ । काँग्रेसले एक जना सदस्य सम्म माओवादीबाट राख्न सक्ने विषयमा कुरा चलाएको छ ।
तर माओवादी भित्रका दुई नेतालाई सदस्यमा ब्यवस्थापन गर्नुपर्ने बाध्यता पार्टी भित्र भएकोले सिट संख्याले समस्या पारेको छ । जिल्ला सदस्यमा माओवादीबाट विष्णुबहादुर बोगटी र नविन पुडासैनीको नाम चर्चामा आएको छ । तर काँग्रेस भित्रैको अर्को एक समुहले भने माओवादीलाई जिल्ला समन्वय समितिमा प्रवेश नदिने गरी लविङ्ग सुरु गरेको बताइएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको २४ जना मतदातामध्ये काङ्ग्रेसको १४, एमालेको ६ र माओवादीको ४ रहेका छन् ।
तर नुवाकोट काँग्रेस भित्र केसी र महत गुटको राजनीतिका कारण जिल्ला समन्व्य समिति गठनमा विभाजनको सम्भावना पनि देखिएको छ । एमाले र माओवादीसंग गरी १० मत रहेको र काँग्रेसको केसी समुहले एमाले माओवादीसंग समीकरण बनाएमा चुनाव पेचिलो बन्ने देखिएको छ ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा केसी गुटको भनेर चिनिएकाहरु निर्वाचित नभएपनि आन्तरिक रुपमा केसीले तीन मत मिलाउन सक्ने सम्भावना रहेको एमालेका एक नेताले बताएका छन् । उहाँका अनुसार केसी समुहल तीन मत लिएर एमाले र माओवादीसंग समीकरण बनाउन तयार भए जिल्ला समन्वय समितिका सभापतिमा काँग्रेस, उप सभापतिमा एमाले र तीन जना सदस्य माओवादी र अन्य सदस्यहरु काँग्रेस एमालेले बाढेर लिने सम्भावना पनि रहेको छ ।
अहिले जिल्ला समन्व्य समिति नुवाकोटमा महत गुटबाट सन्तमान तामाङ र केसी पक्षबाट पदमराज पौडेलले नेतृत्व गर्ने चर्चा चलेको छ । काँग्रेस एकै समुह भएर गएमा महत पक्षलाई संयोजक र केसी पक्षलाई सह संयोजकको पद भाग लगाउने सम्भावना देखिएको छ । बहादुरसिंह लामाको पक्षमा रहेका मध्ये दुई जनालाई सदस्य दिने गरी छलफल भइरहेको पनि काँग्रेसक एक नेताले बताएका छन् ।
उता, रसुवा र धादिङमा नेकपा एमालेको बढी सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएकाले एमालेले कोहीसँग तालमेल नगरी एकलौटी बनाउने बुझिएको छ ।

नुवाकोटमा साउन १५ भब्य बन्दै

सुजित भण्डारी
बसिवियालो नुवाकोटको आयोजनामा विदुरमा साउन १५ गते विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । खिर खाने दिवसको रुपमा चिनिएको साउन १५ गते साहित्यिक रचना वाचन र छोटो चलचित्र देखाइने आयोकजले जनाएको छ ।
    आयोजक संस्थाका क्षितिज थापा मगरका अनुसार नुवाकोट जिल्लाका श्रष्टाहरुको जमघटमा विभिन्न साहित्यिक रचना वाचनको साथमा डकमुमेन्ट्री र छोटो चलचित्र प्रर्दशनी गरिने भएको हो ।
    नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले मानव बेचविखनको बिषयमा तयार गर्नुभएको डकुमेन्ट्री र रंगमर्की बिजय विष्फोटले तयार गर्नुभएको बैदेशिक रोजगारसंग सम्वन्धित छोटो फिल्मको प्रर्दशनी गरिने छ ।
    विदुर स्थित सुखद् पाहुना घरमा आयोजना गरिएको उक्त कार्यक्रममा निःशुल्क प्रवेश रहेको बताइएको छ । साहित्यमा रुची राख्ने र वैदेशीक रोजगार र मानव विक्रिको विषयमा जानकारी लिन चाहानेहरुलाई आयोजकले साउन १५ गते दिउँसो ११ बजे विदुरमा बोलाएको छ ।

Wednesday, January 25, 2017

फेरि नुवाकोटमा गोली चल्यो स्थानीय निकाय नुवाकोटमा १२ हातको पिडालु






नुवाकोटको खानीगाउँ विकास समितिको ढिकुरे बजारमा आज दिउँसो आन्दोलनकारी माथी प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।
    स्थानीय निकाय पुन संरचना अन्र्तगत लिखु गाउँपालिका गायब भएको विरोधमा जारी आन्दोलनमा प्रहरीले दमन गर्ने क्रममा गोली चलाएको हो । प्रहरीले सयौंको संख्यामा अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । रबरको गोली लागेर दुई जना घाइते भएका छन् । सुर्यमती गाउँ विकास समिति वडा नं. २ पट्टाबारीका सुमन न्यौपाने र भरत गुणीलाई गोली लागेको आन्दोलनकारीहरुले बताएका छन् ।
    सुमन न्यौपानेको गाला र कञ्चट र शरिरमा तीनवटा रबरको गोली लागेको छ । त्यस्तै भरत गुणीको शरिरमा एउटा रबरको गोली लागेको छ । उनीहरुको शरिरबाट गोली निकालिएको छ । सयौं राउण्ड अश्रुग्यासका कारण विद्यालय भित्रै भएका थुपै्र विद्यार्थीहरु बेहोस भएका थिए । नेपाल प्रहरी र शसस्त्र प्रहरीले अन्धाधुन्द गोली बर्सन थालेपछि अभिभावकहरु आफ्ना बालबालिका लिन विद्यालयसम्म जान पनि सकेका थिएनन् । चारैतिर हानिएको अश्रुग्यासको पिरोकोले खेतमा काम गरिरहेका स्थानीयहरु खोलातिर भागाभाग गरेका थिए ।
    शसस्त्र प्रहरीले हवाई फायर गरेको र उनीहरुले शिशाकै गोली चलाएको स्थानीयहरुले बताएका छन् । ढिकुरे बजारमा बिहानै डा. रामशरण महत र आन्दोलनकारीले कार्यक्रमको आयोजना एकै पटक गरेपछि सयौंको संख्यामा प्रहरी परिचालन भएको थियो । आन्दोलनकारीहरुलाई लखेट्दै घरघरमा पसेका प्रहरीले स्थानीयको घर समेत तोडफोड गरेको छ ।
    स्थानीय निकाय पुन संरचना अन्र्तगत नुवाकोट जिल्लाबाट केन्द्रमा प्रस्ताव भएर गएको लिखु गाउँ पालिका हटेपछि डेढ साता देखि आन्दोलन हुँदै आएको । खानीगाउँ, थानसिंग, सुर्यमती र चौघडा गाविसमा छ दिनसम्म केन्द्रित भएको आन्दोलन सातौ दिन विदुर प्रवेश गरेको थियो । उक्त दिन जिल्ला विकास समितिको कार्यालय आन्दोलनकारीहरुले तोडफोड गरेपछि आन्दोलन उग्र बनेको छ । जिविसमा तोडफोडमा सम्लग्न भएका आन्दोलनकारीलाई हटाउन प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएका थिए ।
पुर्नसंरचनामा केन्द्रमा प्रभावमा पारी जिल्ला तहको  सिफारिस लत्याएको आरोप काँग्रेस नेता रामशरण महतलाई लाग्दै आएको छ । उनै महत आज ढिकुरेमा कार्यक्रम लिएर गएपछि झडप भएको हो ।
    रामशरण महतका भतिजा पुर्व जिल्ला सचिव रमेश महतले बोलिरहँदा केही होहल्ला सुनिएपछि गोली चल्न थालेको थियो ।
    लिखस बचाउ संघर्ष समितिको नेतृत्व गर्दै आउनुभएका काँग्रेस थानसिंग इकाई सभापति बिनोदराज पाठकले महतकै कारण स्थानीयहरुले निर्घात प्रहरीको कुटाइ खाएको बताउनुभयो । आज रामशरण महत प्रहरीको घेरामा विदुर फर्किएपछि आन्दोलकारीहिरुले फेरि ढिकुरेमा गरेको कोणसभामा बोल्दै पाठकले चार गाविस अब आन्दोलनकारीहरुको नियन्त्रणम ारहेको उद्घोष्ण गर्नुुभयो ।
    उता, नेपाली काँग्रेस क्षेत्र नं. २ ले भने आफ्ना नेता माथी आन्दोलनकारीहरुले सांघातिक हमला गरेको दावी गरेको छ । रामशरण महतमाथी आक्रमण भएपछि प्रहरीले गोली चलाएको क्षेत्रिय सचिव रामजी पौडेलले बताउनुभएको छ । उहाँले आफ्ना केही मान्छेहरु घाइते भएको र सवारी साधनमा क्षती पुगको बताउनुभएको छ ।
    तर, संघर्ष समितिका संयोजक धर्म अधिकारीले भने रामशरण महतले प्रहरी र गुण्डादर्गिबाट स्थानीयहरुको दमन गरेको आरोप लगाउनुभएको छ । नागरिकहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई महतले नै हिंसात्मक बनाएको आरोप उहाँको छ ।
    दिउँसो देखि ढिकुरे बजारको अवस्था तनावपूर्ण छ । विद्यार्थीहरु बढी आतंकति बनेका छन् । प्रहरीले घरघरमा पसेर स्थानीयलाई कुटपिट गरेको भन्दै स्थानीय प्रशासन र प्रहरीसंग उनीहरु आक्रोशित छन् । ११ दिनदेखि पुर्वी भेगमा जारी रहेको बन्द यो घटनापछि झन् कसिलो बनेको छ । बन्दका कारण नुवाकोट क्षेत्र नम्वर २ का डेढ दर्जन गाविसहरुको आवागमन बढी प्रभावित भएको छ । स्थानीय बजारहरुमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव बढ्दै गएको छ । भएकै सामाग्रीहरुमा पनि स्थानीय ब्यापारीहरुले बढी मुल्य लगाएको गुनासो उपभोक्ताहरुले गरेका छन् ।
    छहरे र ढिकुरे सकड खण्डमा विहानै देखि बस्ने आन्दोलनकारीका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ । ग्रामिण मोटरबाटो जोडिएको जानकारी पाउने यात्रुहरुले भने निजी सवारी साधन मार्फत् घुमाउरोबाटो प्रयोग गरेर सदरमुकाम आउने गरेका छन् । बाहुनबेशीबाट नर्जामण्ड उक्लिएर लच्याङ्ग हुँदै बागेश्वरीको चकते सडक प्रयोग गरेर स्थानीयहरु मोटरसाइकलमा विदुर आउन थालेका छन् । पर्सी १४ गतेबाट बट्टारमा सुरु हुने नुवाकोट महोत्सव समेत यो आन्दोलनका कारण प्रभावित हुने देखिएको छ । साथै बेल्कोटगढी नगरपालिका बचाउ संघर्ष समितिले पनि पर्सी १४ गतेबाटै आन्दोलन थाल्ने उद्घोष गरेको छ ।    
    यसै बीच, नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. २ का सचिव रामजी पौडेलले नुवाकोटका सञ्चारमध्यामहरुले एकपक्षिय समाचार सम्प्रेष्ण गरेको बताउनुभएको छ । उहाँले ढिकुरेमा भएको झडपमा आन्दोलनकारीहरु दोषि रहेको र पार्टीको पुर्व घोषित कार्यक्रममा सहभागि माथी आक्रमणको प्रयास भएको बताउनुभयो । कार्यक्रमका प्रमुख वक्ता रामशरण महतमाथी आक्रमण भएपछि प्रहरीले सुरक्षा दिएको उहाको भनाई छ ।
     

Friday, January 20, 2017

नुवाकोटमा स्थानीय निकायको तनाव जिविस क्षतीग्रस्त, आन्दोलनकारी माथी रवरको गोली र अश्रुग्यास प्रहार

कपिलदेव खनाल
७ माघ । नुवाकोटको लिखु गाउँपालिकालाई हटाएको विरोधले आज उघ्र रुप लिएको छ । आन्दोलनकारीहरुले जिल्ला विकास समिति नुवाकोटको कार्यालय ध्वस्त पारेका छन् । उनीहरुलाई भगाउन प्रहरीले जिविस गेट अगाडीको मुख्य सडकमै रबरको गोली र अश्रुग्यास हानेको छ ।

    प्रहरीले आन्दोलकारी माथी प्रहार गरेको रबरको गोली दुई जनालाई लागेको छ । थानसिंगका विनोद पाठकको पेट र देब्रे तिध्रामा गोली लागेको छ । त्यस्तै चौघडाका राजन भट्टको तिघ्रामा एउटा गोली लागेको छ । उहाँहरुको अवस्था भने सामान्य छ ।
झण्डै दुई हजारको हारहारीमा रहेको आन्दोलकारीलाई जिविस परिषरबाट लखेट्न प्रहरीले १९ राउण्ड अश्रुप्यास र ८ राउण्ड रवरको गोली प्रहार गरेको छ । अन्य २१ जना  आन्दोलनकारी प्रहरीको लाठी लागेर सामान्य घाइते भएका छन् । झडपमा परी २० जना प्रहरी सामान्य घाइते जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । आन्दोलकारीको ढुङ्गामुढाबाट प्रहरीका केही सामाग्रीहरु समेत टुटफुट भएको छ ।

स्थानीय निकाय पुन संरचनामा जिल्लाबाट सिफारिस भएर गएको गाउँपालिका केन्द्रले हटाएपछि लिखु गाउँ पालिकामा पर्ने गाउँका नागरिकहरु छ दिनदेखि आन्दोलित छन् । हिजो ढिकुरेमा राजनीतिक दलको एकेबद्धता सहितको कोणसभा गरेपछि उनीहरु आज सदरमुकाम विदुर प्रवेश गरेका हुन् । नुवाकोटको निर्वाचन क्षेत्र १ र २ मा छ दिनदेखि बन्द गराउँदै आएका आन्दोलनकारीहरु आज बस, मिनिट्रक, ट्याक्टर, निजी सवारी साधन चढेर सदरमुकाम आएका थिए । विहान कार्यालय समयमा आन्दोलकारीहरुले सदरमुकामको मुख्य स्थान र सडक ढाकेका थिए ।

   

जिल्ला विकास समितिमा छलफलका लागि पुगेको एक हजार भन्दा बढी संख्याका आन्दोलनकारीहरुले जिल्ला विजकास समितिमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रसत बनेको हो । आन्दोलनकारीले स्थानीय विकास अधिकारीको कार्यकक्ष देखि सवारी साधनसम्ममा क्षती पु¥याएका छन् । जिविस भवनमा रहेको झ्याल शिसा, फर्निचर ध्वस्त बनाइएको छ । कार्यालयका अधिकांश शाखाका काजगपत्र समेत ध्वस्त भएको छ । जिविसको टेवलमा रहेको आधा दर्जन भन्दा बढी कम्प्युटर लगायतका विद्युतिय सञ्चार सामाग्रीहरु फुटेका छन् । प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार एलडिओलाई खोज्दै हातमा लाठो लिएर आएका सयौ आन्दोलनकारीहरुको बीचबाट एलडिओ केशरबहादुर पण्डितलाई जोगाउन हम्मे परेको थियो । एलडिओ नचिनेपछि आन्दोलनकारीहरुले छाडेको र उहाँको कार्यकक्षामा रहेको सम्पूर्ण सामाग्रीहरु ध्वस्त पारेका छन् ।

एलडिओको कार्यकक्षमा रहेको फर्निचर समेत बाहिर फालेर आन्दोलकारीहरुले आगो लगाएका छन् । तोडफोड पछि जिविस नुवाकोटको अवस्था पुर्ण रुपमा क्षतीग्रस्त छ । कर्मचारीहरुलाई बसेर काम गर्ने एउटै पनि कुर्ची आन्दोलकारीहरुले सध्ये छाडेका छैनन् । सामाजिक विकास शाखा र लेखा शाखा बाहेकका कुनै पनि कोठा सध्य छैनन् ।
जिल्ला विकास समिति नुवाकोटको दुई वटा गाडी तोडफोड भएको छ । ढुङ्गा र लौरो प्रहार गरेर आन्दोलनकारीहरुले तोडफोड गरेका हुन् । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितका अनुसार गेटदेखि तोडफोड गर्दै पसेका आन्दोलनकारीबाट बचेर प्रहरीलाई खवर गर्दा पनि प्रहरीको उपस्थिति ढिलो भएको हो । १५ मिनेटसम्म आन्दोलनकारीले जिविस फुटाइरहँदा पनि प्रहरीले वास्ता नगरेको एलडिओ पण्डितको भनाई छ ।

जिल्ला विकास समिति पुग्न प्रमुख जिल्ला अधिकारीको निवास, एसपीको निवास र विदुर स्थित प्रहरी कार्यालयबाट एक मिनेटको समय पनि भएपनि समयमै प्रहरीको उपस्थिति नभएकोले क्षती व्यहोरोको भन्दै जिविसका एक कर्मचारीले प्रहरी प्रति असन्तुष्टि ब्यक्त गरे । घटना पछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्मुख जिविसमा नजानु आपत्तिपुर्ण रहेको जिविसले बताइएरहेको छ भने आन्दोलनकारीहरुले प्रमुख जिल्ला अधिकारीले गोली हान्ने आदेश दिनु आपत्तिपूर्ण रहेको बताइरहेका छन् । 
रवरको गोली लागि समान्य घाइते भएका थानसिंगका विनोदज पाठकले अब आन्दोलन अशान्तरुपमा अगाडी बढ्ने चुनौती दिएका छन् । आफुहरु शान्तरुपमा माग राख्दै  गरिरहेकोमा प्रशासन र जिविसले उत्तेजित पारेको  उहाँले बताउनुभयो । काँग्रेसका नेता रामशरण महत र एमालेका नेता महेन्द्रबहादुर पाण्डेका कराण नुवाकोटको गाउँ फुटेको र जिल्लाबाट सिफारिस भएको गाउँपालिका केन्द्रले हटाएको आरोप उहाँको रहेको छ ।
पुर्न संरचनाको कुनै पनि प्रक्रियामा सहभागि नभई जिल्ला स्थित प्राविधिक सहयोग समिति र राजनीतिक दलहरुले टुङ्याएको स्थानीय निकायलाई महतले उल्याट्याएको आरोप आन्दोलकारीहरुको छ ।
मध्यान्न १२ बजेबाट भएको तोडफोड र प्रहरी आन्दोलकारी बीचको दोहोर झडप तीन घण्टा चलेको थियो । जसले गर्दा नुवाकोटबाट काठमाडौं र रसुवा ओहोर दोहोर गर्ने यातायातका साधन ठप्प भएको थियो । साँझ आन्दोलनकारीहरु घर फर्कन थालेपछि यातायातका साधनका लागि बाटो खुल्दै गएको छ भने स्थिति समान्य बन्दै गएको छ ।

जिल्ला प्राविधिक सहयोग समितिले चौघडा, खानीगाउँ, सुर्यमती र थानसिङ गाविसलाई मिलाएर प्रस्ताव गरेको लिखु गाउँपालिका स्थानीय तह पुनर्सरचना आयोगले मेटाएको भन्दै स्थानीयवासी छ दिनदेखि आन्दोलित छन् । लिखु गाउँ पालिकालाई केन्द्बाट कोप्लु गाउँ पालिकाका बनाएर पठाएको र त्यसमा परेको गाविसहरु हटाइएकोमा स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले हिजोसम्म आफ्नो इलाकामा केन्द्रित गरेको आन्दोलनलाई आजबाट सदरमुकाममा प्रवेश गराएका छन् ।
आन्दोलकारीसंगै रहेर समाचार संकलन गरिरहेका नुवाकोटका केही पत्रकारहरुलाई पनि प्रहरीले लाठी चार्ज गरेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीले आन्दोलकारीमाथी बढी बल प्रयोग गरेको छ ।

Thursday, December 29, 2016

ट्रिपर दुर्घटना, चालक गम्भिर

ईश्वर लामिछाने, रेडियो त्रिशुली

रसुवामा केहीबेर अघि भएको सबारी दुर्घटनामा पनि चालक गम्भिर घाइते भएको खबर प्राप्त भएको छ ।
रसुवाको धैबुङ्ग गाउँ विकास समिति वडा नं. २ धारापानीमा ट्रिपर पल्टिदा चालक नुवाकोट जिल्ला मदानपुर गाविस ३५ किलाका सुरेश लामा घाइते हुनुभएको हो । सकडबाट एक सय फिट तल खसेको ट्रिपरमा अन्य यात्रूहरु नरहेको प्रहरीले जनाएको छ । घाइते लामालाई उपचारका लागि त्रिशुली अस्पताल ल्याइदै छ ।
धारापानीमा घर बनाउने ढुङ्गा खसालेर आउने क्रममा ट्रिपर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।