Wednesday, September 06, 2017

नुवाकोटमा माओवादीभित्र को को चर्चामा ? र कस्तो छ पृष्ठभुमी ?

हितबहादुर तामाङ
शर्मिला उप्रेती
विदुर । नुवाकोटको स्थानीय निर्वाचनमा २ वटा गाउँपालिका जितेको माओवादी केन्द्रबाट प्रदेशमा र केन्द्रमा उम्मेदवार बनाउनेहरुको नाम चर्चा हुन थालेको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा हितबहादुर तामाङ देखि नयाँ शक्तिबाट माओवादी केन्द्रमा मिसिन लागेको नेताहरुको समेत चर्चा सुनिएको छ ।
    केन्द्रको लागि उम्मेदवार बन्नेहरुको दुई निर्वाचन क्षेत्रमा एक÷एक जनाको नाम चर्चामा छ । क्षेत्र नं. १ मा हितबहादुर तामाङ र क्षेत्र नं. २ मा हिरानाथ खतिवडाको नाम अगाडी सुनिएको छ । राममाया बोगटी, विमला सुवेदी जस्ता नेताहरुको नाम सुनिएपनि उनीहरुलाई समावेशीताको नाममा कतै ‘सेटल गर्ने’ बुझिएको छ । समाचार श्रोतका अनुसार उनीहरुलाई समानुपातीमा माओवादी केन्द्रले राख्ने सम्भावना छ ।
    हितबहादुर तामाङ पुर्व मन्त्रि समेत भइसकेका र काँग्रेसका केन्द्रिय सदस्य तथा पटक पटक अर्थ मन्त्री बनिसकेको रामशरण महतलाई अत्याउन सक्ने राजनीतिक खुवी भएकोले पनि आन्तरिक पार्टी भित्र मात्रै नभई अन्य पार्टी वृत्तमा पनि चर्चामा रहने गरेका छन् । जनजाती आन्दोलनको अभियन्ता तथा सफल ब्यक्तिको रुपमा चर्चा हुने हितबहादुर तामाङ माओवादी केन्द्रको हाल पोलिटब्युरो सदस्य छन् । माओवादी भित्र मुर्धन्य नेताको रुपमा लिइन्छ तामाङलाई । पोष्टबहादुर बोगटीको देहबशान पछि माओवादी केन्द्र नुवाकोट उनैको दृष्टि र परिकल्पनामा अघि बढेको छ । 
हिरानाथ खतिवडा
    यस्तै हिरानाथ खतिवडा हाल माओवादी केन्द्र नुवाकोटका अध्यक्ष छन् । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा लागेका खतिवडाले लामो समयदेखि माओवादी केन्द्र नुवाकोटको नेतृत्व गरिरहेका छन् । जनस्तरमा प्रिय देखिएका जिल्ला अध्यक्ष खतिवडालाई पार्टीले अघि सार्नु नै क्षेत्र नं. २ का लागि निविकल्प रहेको श्रोतको भनाई छ ।
    प्रदेश सभाका लागि नुवाकोटबाट चार जना उम्मेदवार हुनेमा माओवादी केन्द्रले क्षेत्र नं. १ को १ मा राधिका तामाङ, शिव खाती, गणेश उप्रेती र किरण रिजाल मध्ये एक जनालाई उठाउने छ । त्यस्तै, क्षेत्र नं. १ को २ मा लालबहादुर तामाङ, राजन गौतम ‘नकुल’ र श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ को नाम चर्चामा छ ।
राधिका तामाङ
   राधिका तामाङ पुर्व कृषि राज्य मन्त्री हुन् । सहिद परिवारको समेत रहेका तामाङ पढ्दा पढ्दैको झोल फ्यालेर तत्कालिन समयमा युद्धमा होमिएका थिए । सालिन र महिला वर्गको नेतृत्वमा सफल देखिएकि राधिका तामाङलाई अन्य समुदाय र युवापुस्तामा पनि प्रिय पात्रको रुपमा लिइन्छ । त्यसै गरी, शिव खाती माओवादी केन्द्रसित रामबहादुर थापा बादल मिलेपछि केन्द्रमा मिसिएका हुन् । पृष्ठभुमी माओवादी रहनेपनि पार्टी विभाजनमा अर्को धारमा रहेका उनी अहिले मुल धारमा समाहित छन् । दलित आन्दोलनको अगुवा शिव खातीलाई पनि अन्य राजनीति दलले माओवादी भित्रको बलियो उम्मेदवारको रुपमा लिएको समाचार श्रोतले बतायो ।
    किरण रिजाललाई आफ्नको आधार ईलाका (तादी गाउँपालिका) मा पार्टी भित्रको बलियो नेताको रुपमा लिइन्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा उनलाई तादी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको भए पार्टीले जित्ने विश्लेषण माओवादी आफैले गरेको श्रोतले बतायो ।
त्यस्तै क्षेत्र नं. १ को २ मा चर्चामा रहेका लालबहादुर तामाङ पनि जनजाती आन्दोलनको हस्ती हुन् । त्यस क्षेत्रमा प्रभाव जमाएर राजनीति गर्दै आएका तामाङले बैशाख ३१ को निर्वाचनमा दुप्चेश्वर गाउँपालिका अध्यक्षमा झिनो मतले हारे । नयाँ शक्तिका कारण हार ब्यहोर्नु परेका उनले नयाँ शक्तिको त्यहाँको ‘सेट’ नै अहिले माओवादीमा ल्याउन लागेको माओवादी केन्द्रले बताएको छ । तामाङ समुदायमा ‘हाईहाई’ रहेका लालबहादुर तामाङलाई अन्य समुदायले पनि उत्तिकै आदर र सत्कार गर्नेगरेका छन् । सोही क्षेत्रमा उम्मेदवार हुने चर्चामा रहेका राजन गौतम ‘नकुल’ पनि कमजोर नाम होईन । माओवादीलाई भौतिक रुपमा संकट पर्दा उनैले थाम्दै आएको भनेर अधिकांश नेता कार्यकर्ताले उनको त्यो गुन सम्झने गरेका छन् । युवा आन्दोलनको अगुवा नकुल अहिले वाइसिएलको केन्द्रिय सदस्य छन् । यही क्षेत्रमा नाम चर्चा भएको विवेश शर्मा नुवाकोट माओवादीको धरोहर हुन् । अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडासंग चुनावी प्रतिस्पर्धा गरेर अन्तिममा उम्मेदवार नवनी सहमतीमा जिल्ला कार्य समिति गठन गराएका श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा खर्च गरेका छन् ।  
क्षेत्र नंं २ को १ बाट प्रदेशमा प्रतिनिधित्व गराउनका लागि रामप्रसाद ढुङ्गाना, केशव पुडासैनी, शम्भु पनेरु र नयाँ शक्तिबाट माओवादी केन्द्रमा जानलागेका राजकुमार रेग्मी ‘सन्देश’को नाम रहेको श्रोतले बताएको छ । त्यस्तै क्षेत्र नं. २ को २ मा बशुराज रिजाल, सुवास तामाङ र अजितमान तामाङको चर्चा छ ।

रामप्रसाद ढुङ्गाना पञ्चायत कालदेखि जनप्रतिनिधिकै रुपमा राजनीतिमा सक्रिय छन् । जनप्रिय तथा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म उत्तिकै घुलमिल हुनसक्ने ढुङ्गाना नुवाकोटको सबैखाले राजनीति घटनाक्रमको साक्षीको रुपमा लिइन्छ । २०४३ सालदेखि २०४६ सालसम्म जिल्ला विकास समिति नुवाकोटको उप सभापति हुन् उनी । उनले गरेको विकास निर्माण र जनपक्षिय कार्यको अहिले पनि चर्चा हुने गरेको छ । माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार समितिको सदस्य समेत रहनुभएका रामप्रसाद ढुङ्गानासंग पार्टी मात्रै नभई सिङ्गै जिल्लाको विकास निर्माण र परिर्वतनमा गती दिनसक्ने योजना र दुरदृष्टि छ । त्यस्तै, केशव पुडासैनीलाई त्यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ । शम्भु पनेरु अध्यापन पेशमा रहँदा देखि माओवादीमा सक्रिय रहेको र युद्धको समयमा उनले गरेको योगदानका कारण पार्टीमा उनको उपस्थिति दह्रिलो रहेको श्रोतले बतायो । केही समय अघि नयाँ शक्तिमा समेत प्रवेश गरेका पनेरु अहिले माओवादी केन्द्रमा छन् । उनको राजनीति योगदान र समर्पणका कारण नयाँ शक्तिबाट फिर्ता भएपछि पनि पार्टीमा उत्तिकै भुमिका र महत्व दिइएको बताइन्छ । उनलाई आफ्नो भुगोलमा ठुलो जनसमर्थ रहेको छ । 
राजकुमार रेग्मी सन्देश
राजकुमार रेग्मी ‘सन्देश’ युद्धको समयदेखि नुवाकोटमा चर्चामा रहेको नाम हो । माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा सबै भन्दा बढी सुनिने र चर्चामा रहेको नाम सन्देश अहिले नयाँ शक्तिबाट पनि अलग हुने पक्का छ, श्रोत भन्छ । माओवादी शान्ति प्रक्रियमा आए लगत्तै फिकुरीको प्रहरी चौकी आक्रमण गरेर माओवादी पार्टीको नेतृत्वपंक्तिकै सात्तो लिएका सन्देश ‘सदाबहार क्रान्तिकारी’ नेताका रुपमा चिनिन्छ । बाबुराम भट्टराईसंगै माओवादी त्यागेर नयाँ शक्तिमा लागेका सन्देश एक वर्ष पछि फेरि माओवादी केन्द्रमा प्रवेश गर्ने पक्कापक्की भएको छ । समाचार श्रोतका अनुसार उनी यो भदौं महिनाको अन्तिम सम्ममा विधिवत् रुपमा माओवादीमा जाने छन् । उनकै कारणले बेल्कोटगढी नगरपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले हार्नु परेको निष्कर्ष माओवादीको छ । नयाँ शक्तिमा रहेका गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सन्देशका कारण पार्टीले हार ब्यहोर्नु परेकोले उनीहरुलाई माओवादीले फराकिलो ठाउँ दिने गरी भित्र्याउन लागेको बुझिएको छ ।

बशुराम रिजाल
क्षेत्र नं. २ को २ मा उम्मेदवारको चर्चामा रहेको बशुराम रिजाल बौद्धिक व्यक्तित्वको रुपमा जिल्लावासी माझ परिचित छन् । सालिन र भद्र व्यक्ति रिजाल जनयुद्ध कालको प्रष्ट द्रष्टाको रुपमा थिए । जनयुद्धको समयमा युवाको नेतृत्व गरेका बशुराम रिजाल नुवाकोट काठमाडौं गणतान्त्रिक मञ्चको संस्थापक अध्यक्ष हुन् । नुवाकोटको बौद्धिक आन्दोलनको संस्थापक नेता समेत रहेका रिजाल विद्यार्थी कालदेखि सक्रिय राजनीतिमा थिए । अन्तरपार्टी सम्वन्ध समेत बलियो रहेको उनले भुकम्प पछिको पुन निर्माण र विकास निर्माणमा गरेको सक्रिय नेतृत्वले पनि लोकप्रिय बनाएको छ ।
सोही क्षेत्रबाट उम्मेदवारको लागि चर्चामा आएका सुवास तामाङ जनजाती आन्दोलनको अगुवाको रुपमा छन् । पार्टीको जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका तामाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भइसके । अजितमान तामाङ पनि जनजाती आन्दोलनबाट उठेका नेता हुन् । उनी अहिले लुम्विनी बिकास कोषको सदस्य सचिव छन् ।
अहिले चर्चामा रहेको नामहरु हिजो मंगलवार विदुरको बान्द्रेमा जारी रहेको माओवादी केन्द्र नुवाकोटको बैठकमा आएको बताइएको छ । नेताहरुसित निकट रहेका देखि पार्टी भित्रको योगदानको आधारमा र पार्टी एकताले उम्मेदवार चयनमा प्रभाव पार्ने बुझिएको छ । उम्मेदवारहरुको विषयमा टुङ्गो लगाउन आज बुधवार पनि माओवादी केन्द्रको बैठक बस्ने बताइएको छ ।  
    नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका राजकुमार रेग्मी ‘सन्देश’, गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सुवास तामाङलाई पनि उम्मेदवारको रुपमा ‘सेटल गर्नुपर्ने’ बाध्यता माओवादी केन्द्रसंग छ । तीन जना मध्ये दुई जना माओवादी पृष्ठ भुमीको रहेपनि सुवास तामाङले नेपाली काँग्रेसबाट नयाँ शक्ति हुँदै माओवादी केन्द्र सम्मको यात्रा तय गरेका छन् । उनी नयाँ शक्तिमा आउनु पहिला काँग्रेस नेता अर्जूननरसिंह केसीको स्वकिय सचिव थिए ।



Friday, September 01, 2017

नुवाकोट अदालतमा न्याय खरिद विक्रि हुन थालेको भन्दै सरोकारवालाको चिन्ता व्यक्त, वारका अध्यक्ष भन्नुहुन्छ ः न्यायधिशलाई पैसा दिनुपर्यो भन्दै आउछन् ।


नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले वकिल र न्यायधिशले वकालत तथा न्याय सम्पादन ब्यवहारिक पक्षलालई पनि हेर्नु जरुरी रहेको बताउनुभएको छ । नुवाकोट जिल्ला अदालत वार एशोसियशनको आज विदुरमा आयोजित ११ औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले नियतवस अपराध गर्ने र नियतीले अपराधी बनाउने बीच सजायको भिन्नता हुनुपर्ने बताउनुभएको छ ।
    जिल्ला समन्वय समितिका प्रमुख तामाङले द्धन्द्धको समयमा आम नागरिकहरुले न्याय नपाएको र अहिले जनप्रतिनिधि समेत निर्वाचित भएकोले नेपालमा न्याय पुर्नस्थापना भएको बताउनुभएको छ ।
     जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले कानुन ब्यवसायी तथा न्यायलयतका कारण केही निरअपारधी पनि अपराधी बनेको बताउनुभएको छ । उहाँले कानूनको ब्याख्या गर्ने र ऐन कानूनका विषयमा नागरिकहरुलाई जानकारी गराउने सम्मको कार्य कानुनव्यवसायीहरुको रहेको बताउनुभएको छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्ला अदालत नुवाकोटमा आर्थिक चलखेल हुने गरेको नागरिकहरुको टिप्पणी रहेको बताउनुभयो । अदालसम्म पैसाको झोला पुग्ने गरेको र त्यसबाट न्याय प्रभाबित भएको गुनासो आजभोली ब्यापक रहेको उहाँले बताउनुभएको छ ।
    जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार महिमानसिंह बस्नेतले भने त्यसको बचाऊ गर्नुभएको छ । काम गर्ने क्रममा सामान्य केही कमजोरी रहेको भए अलग पाटो रहेको उल्लेख गर्दै पछिल्लो छ महिनाको अवधिमा नुवाकोट अदालतमा आर्थिक लेनदेनमा मुद्दा छिनोफानो नभएको बताउनुभएको छ ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष देवराज कँडेलले कानुन व्यवसाय ब्यवसायको रुपमा गरे पनि समुदायसंग जिम्मेवार बनेर वकिलहरुले कार्य गरिरहेको बताउनुभएको छ । कानुनको भाषा र न्याय सम्पादनको प्रक्रृया नागरिकहरुले नबुझे पनि अदालतले कानून बोमिजिम हुनु पर्ने आफुलाई लागेको बताउनुभयो । फैसला प्रभावमा परेर पनि हुने गरेको नागरिकहरुको गुनासो आइरहेको भएपनि देखिने गरी नआएकोले आफु यस विषयमा बोल्न नसक्ने अध्यक्ष कँडेलले बताउनुभयो ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष देवराज कँडेलले न्यायधिशलाई पैसा पु¥याउन वकिलसम्म नागरिकहरु आउने गरेको बताउनुभएको छ । तर अहिलेसम्म कनै पनि वकिलले मुद्दा मिलाउनका लागि न्याधिशलाई पैसा नखुवाएको उहाँले बताउनुभयो । जसरी पनि मुद्दा जित्ने पर्ने मनस्थितिमा रहेकाहरुले न्यायधिशलाई मिलाईदिनु भन्दै पैसा दिन आउने गरेको उहाँको भनाई छ ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनको ११ औं साधारण सभामा विभिन्न वक्ताहरुले न्याय खरिद विक्रिमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । वकिलहरुको छाता संगठन वार एशोसियसनले नागरिकहरुको भरोषा मर्न नदिनका लागि न्याय क्षेत्रको सुधारका लागि आवश्यक पहल कदमी लिन पनि आग्रह गरेका छन् । साथै गाउा गाउामा स्थापना भएको सामुदायिक मेलमिला केन्द्रले मिलाउन नमिल्ने मुद्दालाई पनि गाउँघरमै मिलाउन थालेको र गैर सरकारी संस्थाले न्याय दिने अभियान सञ्चालन गरेर नागरिकहरुलाई मर्का पर्न थालेको विषयमा समेत साधारण सभा उद्घाटन समारोहमा चर्चा भएको छ ।
    कार्यक्रममा ललितपुर वारका सदस्य गोपी भण्डारी, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, प्याब्सन नुवाकोटका अध्यक्ष बुद्धिसगर रिजाल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी र नेपाल चेम्वर अफ कर्मश नुवाकोटका अध्यक्ष कविन्द्रमान प्रधानले मन्तब्य राख्नुभएको थियो ।
    यसै बीच, नुवाकोट वारले निर्माण थालेको भवनको लागि कार्यक्रममा सहभागिहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले रेडियो त्रिशुलीको तर्फबाट १५ हजार रुपैयाँको चेक नुवाकोट वारका अध्यक्ष देवराज कँडेललाई हस्तान्तरण गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आफ्नो व्यक्तिगत नाममा पाँच हजार पाँच सय रुपैयाँ प्रदान गर्नुभयो ।
    त्यस्तै नुवाकोट वार भवन निर्माणका लागि गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले २० हजारले उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यस्तै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संघको तर्फबाट १० हजार एक सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्याब्सन नुवाकोटका अध्यक्ष बुद्धिसागर रिजालले पनि संस्थागत रुपमा केही आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

नुवाकोट जिल्लालाई कात्तिक मसान्तसम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी तयारी, तर जिल्लाका पाँच हजार भन्दा बढी घरमा शौचालय निर्माण हुनै बाँकी

नुवाकोट जिल्लालाई कात्तिक समान्तसम्ममा दुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराइने भएको छ । भुकम्प पछिको भौतिक संरचना ध्वस्त भएको जिल्लामा शौचालयको पुन निर्माणमा पूर्ण नआएादै गरिएको यो हत्तार ववादमा रहेपनि घोषणा तयारी थालिएको छ ।
    अबको ठीक साढे दुई महिना पछि नुवाकोट जिल्लाको सबै घरधुरीमा शौचालय निर्माण भएको घोषणा सरकारी पक्षबाट हुने छ । आज आयोजित जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिकाका प्रमुख, उप प्रमुख, कार्यकारी अधिकृतहरुलाई सरसरफाई र स्वच्छता सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरेर उक्त जानकारी दिइएको हो ।
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटको आयोजनामा भएको उक्त कार्यक्रमलाई ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डवोर्डले सघाएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सबै पदाधिकारीहरु, स्थानीय विकास अधिकारी, जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उप प्रमुख, यो अभियानमा लागेको जिल्लाका केही गैर सरकारी संस्थाका पदाधिकारी, सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका निम्त्रि प्रमुख विश्वजित कायस्थका अनुसार नुवाकोट जिल्लाको पुरानो संरचनाको आधारमा २५ वटा गाउँ विकास समितिहरु पूर्ण रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भईससकेको छ ।
    नुवाकोट जिल्लामा ६५ हजार ४ सय १५ घरधुरी रहेको तथ्याङ्क रहेको खानेपानी कार्यालयका अनुसार ९१ प्रतिशतमा सरसफाई, ८३ दशमलव १४ प्रतिशत खानेपानीको कभरेज रहेको छ  । अब ७ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने, १४ वटाको अनुमगनको तयारी रहेको बताइएको छ । एक महिना अघि दुप्चेश्वर गाउँपालिकालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
    कार्यक्रममा सहभागिहरुले भने कार्यक्रम कागजमा मात्रै सिमित हुने खतरा बढेको तर्फ संकेत गरेका थिए । तर सरकारले नै अबको साढे दुई महिना भित्र जिल्लालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना पहिलानै तय गरिसकेकोले स्थानीय तहले त्यसलाई आफ्नो कार्यक्रमका रुपमा ग्रहण गरेर अभियान अगाडी बढाउनु पर्ने बताइएको छ । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका अनुसार जिल्लामा अझै पाँच हजार घरमा शौचालय बन्न बाँकी रहेको छ । त्यसका साथै त्रिशुली बजारमा स्थानीयहरुले ढललाई सिधै त्रिशुली नदीमा हालेकोले पनि जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको कार्यक्रममा बताइयो ।
    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ईच्छाशक्ति भएको जिल्लालाई नै घोषणा गर्न सकिने भएपनि केही प्राविधिक कठिनाईका कारण मंसिरको अन्तिमसम्ममा यो अभियानलाई पु¥याउन सकेमा प्रभावकारी हुने धारणा राख्नुभयो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अबको दुई महिना भित्रमा विदुर नगरपालिकालाई खुल्ला दिसामुक्त षेत्र घोषणा गर्न नसकिने र त्यसका लागि आउँदो असार मसान्तसम्म कुर्नु पर्ने बताउनुभएको छ । बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बेल्कोटगढी नगरपालिकामा पनि दुई महिनामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा सम्भावना नभएको बताउनुभएको छ । यस्तै, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले घोषणा गरिएको गाउँहरुमा अनुगमन गर्दा शौचालय नभेटिएको र काजगमा मात्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको बताउनुभएको छ ।

Tuesday, August 29, 2017

दोश्रो नुवाकोट दसैं महोत्सवको तयारी तिब्र

दोश्रो नुवाकोट दसैं महोत्सव सफल बनाउनका लागि आयोजकले आफ्नो अभियान र गतिविधिलाई तिब्र पारेको छ ।
    असोज २ गतेदेखि असोज ११ गतेसम्म आयोजना गरिएको महोत्सव त्रिशुली बजार स्थित त्रिशुली माध्यामिक विद्यालयको प्राङ्गणमा हुने छ । महोत्सव सम्पन्न गर्नका लागि आयोजक संस्था त्रिशुली युथ स्पोर्टस् क्लव तथा महोत्सव आयोजक मुल समारोह समितिले नुवाकोट उद्योग बाणिज्य संघसित छलफल गरेको छ ।
दसैंको फुलपातीको दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय व्यवसायीहरुले बढी सहभागिता जनाउन पाउनुपर्ने माग जिल्लाका ब्यवसायीहरुको रहेको थियो । दसैंकै लागि लक्षित गरेर आयोजना गरिएको महोत्सवमा आफुहरुको ब्यापक सहभागिताको माग लिएर जिल्लाका ब्यवसायीहरु आएकोले छलफल भएको जनाइएको छ ।
    महोत्सव मुल समारोह समितिका पदाधिकारी, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारी र जिल्लाका ब्यवसायीहरु बीच भएको सहमती अनुसार आयोजकले नुवकोटका ब्यवसायीहरुलाई स्टल २५ प्रतिशत छुटमा उपलब्ध गराउने छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार बाहिर जिल्लाका ब्यापारीहरुबाट लिईने स्टल शुल्क भन्दा नुवाकोटका ब्यवसायीसंग २५ प्रतिशत कम शुल्क लिइने छ । 
    ब्यवसायीहरुको आम्दानकिो मुख्य समय दसैं रहेको र त्यस बेलामा आयोजना गरिएको महोत्सवले ब्यापार प्रभावित हुने गुनासो स्थानीय ब्यापारी तथा ब्यवसायीहरुको आएको संघका अध्यक्ष कार्कीले बताउनुभयो । स्थानीय ब्यवसायीको हितका लागि स्टल खरिद तथा विक्रिमा पनि आयोजक संस्थसंग सहमती गरिएको बताइएको छ । लिखित रुपमा भएको सहमती अनुसार दोश्रो नुवाकोट दसैं महोत्सवमा ३५ वटा स्टल स्थानीय ब्यपारीहरुले पाउने छन् । जसमा रेडिमेड कपडा, कस्मेटिक सामाग्रीहरु, मोवाइल र किचनका सामाग्रीहरु रहने छ ।
    जिल्ला भन्दा बाहिरका ब्यापारीलाई भदौं २५ गते पछि मात्रै आयोजकले स्टल विक्रिको लागि खुल्ला गर्ने सहमती भएको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
    नुवाकोट उद्योग बाणिज्य संघले दसैंको अवसरमा कुनै पनि खालको उत्सव महोत्सव कुनै संघ संस्थाले जिल्ला भित्र यो भन्दा पछि गर्न नपाउने भनेर पनि निर्णय गरेको छ । स्थानीय ब्यवसायीहरुको मुख्य कमाई हुने समयमा महोत्सव आयोजना गरिदा धेरै रकम जिल्लाबाट बाहिरिने भएकोले चाडपर्वको अवसरमा अबका दिनमा महोत्सव गर्न नपाउने निर्णय गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभएको छ ।
यसै बीच, बिबिध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार नारा दिएर आयोजना गरिएको दोश्रो नुवाकोट दसैं महोत्सवमा स्थानीय उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिइने बताइएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि उपजको प्रदर्शनी, घरेलु तथा हस्तकलामा सामग्रीको प्रदर्शनी तथा विक्रि हुने छ ।
महोत्सव आयोजक मुल सामारोह समितिका अध्यक्ष शिव खड्गेका अनुसार स्थानीय उत्पादनको प्रबद्र्धन र विक्रीबाट जिल्लामा आर्थिक पक्ष बलियो पार्ने र दसैंलाई मनोरञ्जनात्मक बनाइने छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुत रहने छ । दोश्रो नुवाकोट दसैं महोत्सवमा १ सय देखि १ सय २५ वटासम्म स्टल रहने आयोजक संस्थाका सचिब प्रज्वल सापकोटाले बताउनु भएको छ ।
महोत्सवमा अवधिभरीमा २५ लाख रुपैया आम्दानी हुने र २४ लाख ५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सव ५० हजार दर्शकले अबलोकन गर्ने पनि अनुमान गरिएको छ । महोत्सवमा रेस्लिङ्गलाई पनि समावेश गरिने भएको छ । धेरै दर्शकहरुले टेलिभिजनमा रुचीका साथ हेर्दै आएको रेस्लिङ्गलाई प्रत्यक्ष रुपमा देखाउनका लागि अन्तराष्ट्रिय खेलाडीहरुको रेस्लिङ्गलाई प्रस्तुत गरिने भएको हो ।
महोत्सवको बारेमा नुवाकोट, रसुवा धादिङ्ग तथा राजधानीमा रहेकाहरुलाई जानकारी दिनको लागि अहिले प्रचार प्रसार अभियानलाई तिब्र पारिएको बताइएको छ ।
तीन वर्ष अघि पनि त्रिशुली युथ स्पोर्टस् क्लवले त्रिशुलीमा दसैं महोत्सवको आयोजना गरेको थियो ।

बाढीले करोडौंको क्षती, महतद्धारा अबलोकन

कपिलदेव खनाल
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँ पालिकामा चार दिन अघि गएको बाढीका कारण भएको क्षतीको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले अवलोकन गर्नुभएको छ ।
    काँग्रेसका कार्यकर्ताहरु र जनप्रतिनिधि लिएर क्षती भएको स्थानमा पुग्नु भएको डा. महतले तत्कालै त्यहा खानेपानी र सिञ्चाई सुचारु गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्वन्धित कार्यालयलमा तत्कालै पानीको मुहान सुचारु गर्न मोवाइलबाटै निर्देशन दिनुभएको छ ।
    क्षती भएको स्थानको अनुगमनका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सदस्य जगदीश फुँयाल, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ लगायतका जनप्रतिनिधिहरु जानुभएको थियो । उहाँहरुले तत्कालै खानेपानी र सिञ्चाईका लागि आवश्यक ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बाढीले क्षती नपु¥याएको खेतको धानबाली संरक्षणका लागि तुरुन्तै सिञ्चाई आवश्यक रहेको स्थानियहरुले बताएका छन् । मुहान देखि सिञ्चाईको नहर ध्वस्त भएकोले उनीहरुले नेतालाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । सामान्य खोलामा आएको बाढीका कारण साढे दुई सय रोपनी धान खेत बगरमा परिणत भएको स्थानीय राजेन्द्र फुँयालले बताउनुभएको छ ।    अधिकाँश किसानहरुको भएधरको जमिन बाढीले नगेको भन्दै स्थानीयहरु दुखी भएका छन् । भर्खरै लाखौं लगानी गरेर लगाइएको धान खेत नष्ट हुनुका साथै खेतको संरचनानै ध्वम्स भएको स्थानीय शान्ती बोहोराले बताउनुभएको छ । २०१५ सालमा एक पटक सोही खोलामा बाढी आएको सुनेका त्यहाका स्थानीयहरुले अहिले चार दिन अघिको बाढीका कारण ठुलो क्षती सहनु परेको छ ।

 
यसै बीच, पञ्चकन्या गाउँपालिकामा वर्षा, बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण संकलन कार्य सुरु समेत भएको छ ।
    जनप्रतिनिधि र जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्राविधिकहरुले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार कृषि उब्जनी सहित सिँचाई, कुलो, खानेपानी, जमिनको कटानको क्षती विवरण संकलन थालिएको हो ।
    संकलन हुने क्षति विवरणका आधारमा कृषकहरुलाई क्षतिपुर्ती दिइने बताइएको छ । अस्ती नौं गते राती आएको अविरल वर्षले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ कविलास र वडा नंं ५ भद्रुटारमा धान लगाइएको खेत नष्ट पारेको थियो । वर्षौ देखि खेती गरिदै आएको उर्बर जमिन अहिले बाढीको कारण बगरमा परिणत भएको छ । 
    बाढीका कारण कविलासको हर्रोबोटे, खोलेबगर, अम्बोटे, सिस्नेघारी, चारसय पाmँट, चालिसेको धान खेत नष्ट भएको छ । त्यस्तै भद्रुटारको डुडेवगर, बविसे, क्यामुने, पिप्लेबगर, खोलेबगरमा क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।
    प्रारम्भिक अनुमान अनुसार सिञ्चाई र खानेपानीमा डेढ करोड रुपैयाँ बरावारको क्षती भएको छ । खानेपानीको २५ वटा मुहान र सिञ्चाईका १५ वटा मुहना ध्वस्त भएको छ । खानेपानीको पाईप र सिञ्चाईको नहर पनि बाढीले लगेको छ ।  खेतमा भएको क्षतीको अनुमान साँढे तीन करोडको गरिएको छ ।
बाढीका कारण ठाउँ ठाउँमा पहिरो गएकोले अहिले नयाँ नयाँ ठाउँमा खेत भासिन पनि थालेको छ । तत्कालै संरक्षण गर्न सकेमा रोकथाम हुने भएपनि आफ्नो मुख्य आम्दानीको श्रोत रहेको खेतमा पहिरो लाग्न लागेको शंकरप्रसाद बोहोरा बताउनुहुन्छ ।

Friday, August 25, 2017

नयाँ घर बनाउन स्थानीय श्रोत साधन प्रयोग गर्नु पर्नेमा जोड

सुजित भण्डारी
विदुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले भुकम्प पछीको पुनःनिर्माणलाई तिब्रता दिएको बताउनु भएको छ ।
    कार्यकारी समितिले अनुदान सम्झौता भएको मितिको आधारमा भुकम्प प्रभाबित नागरिकहरुले निजि आबास निर्माणको समय तोकिएको उहाmँे बताउनु भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिबालय नुवाकोटले आज सरोकारवाला निकायहरुसँग विदुरमा गरेको अन्तक्रियामा कार्यकारी सदस्य शर्माले भुमिहिनको समस्यालाई सम्बोधन गर्ने गरी काम थालिएको बताउनुभयो ।
    सरकारी, सार्बजानिक र बन क्षेत्र बाहेकका जग्गाहरु लामो समय देखि बसोबास गर्दै आएको खण्डमा जग्गा प्राप्ति अन्तर्गत दर्ता प्रकृया सुरु भएको उहाँले बताउनुभएको छ ।
    यस्तै, सडक सञ्जालको बिस्तारका कारण बिस्थापीत हुने बस्तिलाई पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिममा रहेका बस्ति अन्र्तगत नै समेटेर सम्वोधन गरिने भएको छ । जाखिममा रहेका परिवार र अन्य कारणबाट जग्गा नभएका तर राज्यले तय गरेको मापदण्ड अनुसार जग्गा प्राप्त भएको तीन महिना भित्र भुकम्प प्रभाबित नागरिकले निजि आबास निर्माण प्रकृया सुरु गरि सक्नु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले बताउनु भएको छ ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अब निर्माण हुने संरचनाहरुमा स्थानिय श्रोत तथा साधनहरु प्रयोग गर्नको लागी अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ । नुवाकोटमा समुन्द्री सतहबाट १२ सय देखि १४ सय मिटरसम्मको उचाईमा बनेका घरहरु बढी क्षति भएको र त्यस्ता बस्तिको पुनःनिर्माण हुँदा मौलिकतामा ध्यान दिनु पर्ने उहाँको भनाई रहेको छ ।
    लाभग्राहीको सूचीमा छुट भएकाहरुको सम्बोधन गर्न फेरि थालीएको सर्भेक्षणमा जनशक्ति अभाब भएको बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । सर्भेक्षणको लागी बिभिन्न वडामा खटिएता पनि प्राबिधिकहरुले ल्याएको प्रतिबेदन अनुसार सबै छुट भएकाहरुको घरघरमा पुग्न नसकेको प्रमुख पण्डितले बताउनुभएको छ ।
    नुवाकोटमा लाभग्राहिहरुको सूचीमा समेटिन नसकेका भुकम्प प्रभाबित नागरिकहरु अझै थुप्रै रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । साथै बिदुर नगरपालिका भित्र रहेका त्रिशुली जलबिद्यूत केन्द्र र देबिघाट जलबिद्यूत केन्द्रको जग्गामा बसोबास गरिरहेकाहरुलाई पनि भुमिहिन जस्तै सुविधा दिनुपर्ने माग उहाँको रहेको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटका स्थानिय बिकास अधिकारी केशरबहादुर पण्डितले भुकम्प पछीको पुनःनिर्माणमा रहेका गैर सरकारी संस्थाहरु समुदायको कुनै निश्चित क्षेत्र र घरधुरीमा मात्रै केन्द्रित रहेकाले अर्को समुदायमा नकारात्म असर परेको बताउनुभयो ।
    बिदुर नगरपालीकाका उपप्रमुख गिता दाहालले नुवाकोटमा सडक मापदण्ड अस्पष्ट भएकोले पुनःनिर्माणमा ढिलाई भएको बताउनु भएको छ । सडक सञ्जाल बिस्तारका कारण सडकको उचित मापदण्डको बिषयमा नागरिकहरुले जानकारी नपाउदा पुनःनिर्माणमा समस्या भएको उहाँले बताउनुभयो । साथै भुकम्प लगत्तै प्राबिधिक उपलब्ध नभएको र नागरिकहरुलेअ ाफ्नो तरिकाले निर्माण सम्पन्न गरिसकेको घरको प्राबिधिक पास अब हुनुपनर्जे र त्यसमा अनावश्यक दुख दिन नहुने गिता दाहालले बताउनुभएको छ ।    भुकम्पका कारण क्षति भएर पनि पुनःनिर्माण लाभग्राहिको सूचीमा नाम समाबेस नभएकाहरुलाई वडा स्तरबाट नै गुनासो सम्बोधन हुने प्रकृया रहे पनि सूचना प्रबाह नँहुदा नागरिकले दुख पाई रहेको कार्यक्रममा टिप्पणी गरिएको छ । कार्यक्रममा भुकम्प पिडित, सुकुम्वासीहरुले पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्मा समक्ष आफ्नो गुनासो र माग प्रस्तुत गरेका थिए ।

महेन्द्राको गाडी अब नुवाकोटमा सर्भिसिङ्ग हुने

राजु रिमाल
बट्टार । महेन्द्रा गाडीको सर्भिसिङ्ग लगायतका अन्य पाटपुर्जा खरिद र मर्मतका लागि आजबाट काठमाडौं जानु नपर्ने भएको छ । आज उत्सुक अटो मोवाइलस्ले बट्टार बजारमै आधिकारिक सभिसिङ्ग सेन्टरको स्थापना गरेसंगै महेन्द्रा गाडीको सबै काम नुवाकोटमा हुने भएको छ ।
    बट्टर दम्कीमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महेन्द्र गाडीको आधिकारिक सर्भिसिङ्ग सेन्टरको सुरुवात गर्नुभएको छ । सात वर्ष देखि नुवाकोट र रसुवामा महेन्द्रा गाडी सञ्चालनमा रहे पनि मर्मत, सर्भिसिङ्ग तथा सामान खरिदका लागि काठमाडौंनै जानु पर्ने वाध्यता रहेको थियो । नुवाकोटमा मात्रै दुई सय भन्दा बढी महेन्द्राका गाडीहरु नियमित सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
     गाडीहरु सञ्चालनमा रहने तर सर्भिसिङ्ग गर्ने सम्मको सेवा यातायात व्यवसायीले नपाएको कारण आफुले यो सेवा सुरु गरेको उत्सुक अटो मोवाइलस्का सञ्चालक शरण उत्सुक सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यस्ता खाले ब्यवसायले विदुर नगरपालिकाको महत्व बढ्ने र जिल्लामै सबै प्रकारका सेवा सुविधाको उपलब्ध हुँदा जिल्लावासीलाई गौरव हुने बताउनुभयो ।
    कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लामा महेन्द्रा गाडीको प्रयोग बढेसंगै सोरुमको पनि आवश्यकता रहेको औल्याउनुभयो ।
    कार्यक्रममा महेन्द्रा गाडी नेपालमा विक्रि गर्दै आएको अग्नी इन कर्पोरेट प्रालिका डेप्युटि जनरल म्यानेजर अमितकुमार चौधरीले महेन्द्रा गाडीका लागि नुवाकोट र रसुवा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यहाँको भुगोल र सडकको अवस्था अनुसार महेन्द्र गाडी उपयुक्त हुने बताउनुभएको छ ।
    महेन्द्रा गाडीको आधिकारिक सभिसिङ्ग सेन्टरको सुभारम्भ समारोहमा नुवाकोट जिल्लाका प्रतिष्ठित उद्योगी, व्यवसायी, व्यापारी, चालक, यातायात ब्यवसायी, जिल्लाका सरकारी अधिकारीहरु तथा बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो । 

सेभ द चिल्ड्रेनको परियोजना सकियो

रामचन्द्र खनाल
नुवाकोट । भुकम्प पछि नुवाकोटमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले आफ्नो दुई वर्ष तीन महिनाको परियोजना आज अन्त्य गरेको छ ।
    अङ्ग्रेजी वर्षको २०१५ बाट नुवाकोट जिल्लामा भुकम्प पछिको प्रतिकार्यमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले सामुदायिक बिकास केन्द्र नेपाल सिडिसीसंगको साझेदारीमा नुवाकोटमा काम गर्दै आएको थियो । सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लाको दाङ्गसिङ्ग, गो¥र्याङ्ग, तारुका, चाउथे, दुईपिपल र कुमरीमा काम गर्दै आएको थियो ।
    परियोजनाको समापन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा भुकम्प पछि नुवाकोटमा उल्लेखनिय कार्य गरेको बताउनुभयो । राहतको चरणमा बालबालिको क्षेत्रमा काम गरेको उक्त संस्थालाई पुन निर्माणमा समेत काम गर्न प्रमुख तामाङले आग्रह गर्नुभएको छ ।
    सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लामा दुई वर्ष तीन महिनामा ६ हजार ३ सय घरधुरीलाई  सोलार वीत्त वितरण गरेको छ । जसबाट आठ हजार बालबालिकालाई अस्थायी आवासमा रहेर पनि पढ्न सजिलो भएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको छ ।
    भुकम्प प्रभावित समुदाय र बालबालिकाको षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनले आवास, शिक्षा, बाल संरक्षण, स्वास्थ्य तथा पोषणमा काम गरेको छ । त्यस्तै, खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धन, खाद्य सुरक्षा तथा जिविकोषर्जन र विपद् जोखिम न्युनिकरणका लागि सेभ द चिल्ड्रेनले काम गरेको थियो ।

विभुषित पाँच जनाको सम्मान

रञ्जु भण्डारी
विदुर । नुवाकोट रसुवा कानून समाजले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नुवाकोट जिल्लाका कानुन र न्यायको क्षेत्रमा काम गर्नेहरुको सम्मान गरेको छ ।
    कानुन र न्यायको क्षेत्रमा विशेष पदवी प्राप्त गरेका पाँच जनाको एक समारोहका बीच सम्मान गरिएको हो । नेपाल वार एशोसिएसन नुवाकोटका अध्यक्ष अधिवक्ता देवराज कँडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट रसुवा कानून समाजका संयोजक तथा सदस्यहरुको सम्मान भएको हो ।
    सम्मानित हुनेहरुमा हाल महा न्याधिवक्तामा नियुक्त हुनुभएका बरिष्ठ अधिवक्ता बशन्तराम भण्डारी, उच्च अदालतका न्यायधिश शान्ता सेढाई रहनुभएको छ । बशन्तराम भण्डारी नुवाकोटको रालुकादेवीमा जन्मनुभएको हो, त्यस्तै शान्ता सेढाई विवाह पछि सामरीको स्थायीवासी हुनुभएको हो ।
    अन्य सम्मानित हुने बरिष्ठ अधिवक्ताहरुमा थानसिंगका उषा मल्ल पाठक, विदुर नगरपालिका वडा नं. २ का बच्चुसिंह खड्का र मदानपुरका ओम थपलिया रहनुभएको छ । उहाँहरु तीनै जना हालै बरिष्ठ अधिवक्ता पदबाट विभुषित हुनुभएको हो ।

Wednesday, August 23, 2017

गिट्टी वालुवाको मुल्य नुवाकोटमा २५ प्रतिशत घट्ने

कपिलदेव खनाल
विदुर । गिट्टी, बालुवा तथा ढुङ्गाको मुल्य निर्धारण गर्नका लागि अघिल्लो महिना गठन भएको समितिले आज भुकम्प पिडित नुवाकोटवासीहरुको पक्षमा निर्णय गरेको छ ।
    बेल्कोटगढी नगरपालिकाका प्मुख राजेन्द्ररमण खनालको संयोजकत्वमा गठन भएको उक्त समितिले नुवाकोट जिल्लाका भुकम्प पिडित नागरिकहरुलाई घर बनाउनका लागि आवश्यक पर्ने गिट्टी, बालुवा र ढुङ्ग खरिदमा २५ प्रतिशत सस्तो बनाएको छ । तर यो मुल्य कार्यान्वयमा अउने भने अब केही दिन लाग्ने छ । यो मुल्य कार्यान्वयनमा आएसंगै अब दुई सय ६० सेफ्टीको गाडीमा गिट्टी बालुवा खरिद गर्दा कम्तिमा पनि ४ हजार रुपैयाँ नागरिकलाई सस्तो पर्न आउँछ ।
    नदीजन्य पदार्थको मुल्य आकाशिएको र त्यसबाट भुकम्प प्रभावित नागरिकहरुलाई मर्का परेको गुनासो बढेपछि त्यसको न्युनिकणरणका लागि समिति गठन भएको थियो । जनप्रतिनिधि, उद्योगी, उपभोक्ता, पत्रकार, प्रहरी र सरकारी कर्मचारीको संयुक्त समितिले अहिले कायम भएको मुल्यमा २५ प्रतिशत कम हुनु पर्ने निर्णय गरेको छ । निर्णय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुल्य निर्धारण समितिमा पठाइएको छ । त्यहाबाट प्रमाणिकरण भएपछि अब नुवाकोटका नागरिकहरुले गिट्टी, वालुवा सस्तो मुल्यमा पाइने छ ।
    तर सस्तो मूल्यमा सामाग्री खरिदका लागि भने भुकम्प पिडितको परिचय पत्र लिएर क्रसरमा जानु पर्ने छ । अहिले ४० रुपैयाँ देखि ५५ रुपैयाँ प्रति सेफ्टी बालुवा विक्रि भइरहेकोमा त्यसमा २५ प्रतिशत छुट हुने छ । त्यस्तै गिट्टी ५० देखि ६० रुपैयाँ प्रति सेफ्टीमा विक्रि भइरहेकोमा त्यसमा पनि नुवाकोटका भुकम्प पिडित नागरिकहरुले २५ प्रतिशत छुट पाउने छन् । यसरी अब कायम हुने मुल्य अनुसार एक आइचर बालुवाको मुल्य ४५ सय रुपैयाँ पर्ने छ । त्यसमा ढुवानी र करको रकम भने थप हुने छ । त्यस्तै एक आइचर गिट्टी अब नुवाकोटका नागरिकहरुले ५६ सय रुपैयाँमा पाउने क्रसरबाट थाप्न पाउने छन् ।
    एक महिना अघि गठन भएको समितिले मुल्य निर्धारणको लागि आज समेत गरी तेश्रो पटक बैठक बसेको छ । मुल्य निर्धारणमा केही पक्षको पटक पटक देखिएको आनाकानीका कारण ढिला भएको बताइएको छ । तर जनताको लागि सस्तो मुल्यमा सामाग्री उपलब्ध गराउने आफ्नो जोडबल रहेकोले सफल रहेको समितिका संयोजक एवं बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।
    तर उद्योगी ब्यवसायीहरुले भने यो मुल्यमा बालुवा र गिट्टी विक्रि गर्न नसक्ेने भन्दै आपत्ति जनाएको छ । बैठकमा सहभागि भएका नुवाकोट क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष शिव अधिकारीले उद्योग स्थापना भएको वडावासीका लागि मात्रै यो निर्णय लागू गर्न सकिने बताउनुभएको छ । तर बैठकमा सिङ्गै जिल्लावासीका लागि अहिलेको मुल्यमा २५ प्रतिशत छुट लिन सकिने प्रस्ताव संघका अध्यक्ष अधिकारीले नै राखेको र त्यसलाई आफुहरुले मानेको संयोजक खनालले बताउनुभएको छ ।
    निर्णय कार्यान्वयमा ल्याउनका लागि समितिले प्रहरी र प्रशासनलाई आग्रह गर्ने र समितिको निर्णय भन्दा बाहिर गएर बढी मुल्यमा सामाग्री विक्रि भएको पाइएमा कानूनी कारबाही हुने समेत मुल्य निर्धारण समितिका संयोजक बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।

बाढीपिडितका लागि फेसबुकबाटै पौनेतीन लाख रुपैयाँ संकलन

नुवाकोट । बसिवियाँलो नुवाकोटले तराईको बाढि पिडितका लागि संकलन गरेको रकमले महोत्तरी जिल्लाका डेढ सय परिवारलाई चामल वितरण गरेको छ ।
    सुरुमा फेसबुकमा मनोरञ्जनका लागि स्थापना भएको बसिवियाँलो समुहले तराई र मधेशका जिल्लामा भर्खरै आएको बाढीबाट प्रभावितहरुलाई राहत प्रदान गर्न फेसबुक मार्फत् नै रकम संकलन अभियान सञ्चालन गरेको थियो । अभियान अन्र्तगत जिल्ला मात्रै नभई देश तथा विदेशमा रहनेहरुले रकम प्रदान गरेका छन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार दुई लाख ७५ हजार रुपैयाँ संकलन भएको थियो ।


जस मध्येबाट महोत्तरीको डेढ सय घरमा एक एक बोरा चालम प्रदान गरिएको छ । संकलित रकम मध्ये ४६ हजार ६ सय रुपैयाँ बचत भएको छ । बाँकी रकम बैंकमा सुरक्षित राखिएको र जिल्ला भित्र तथा बाहिर प्राकृतिक प्रकोप भएमा तत्काल राहतका लागि उक्त रकम खर्च गरिने बताइएको छ ।
    मनोरञ्जन र खबर आदान प्रदानका लागि सामाजिक सञ्चाल फेसबुकमा स्थापना भएको बसिवियाँलो समुहको आग्रहमा देश तथा विदेशबाट बाढी पिडितहरुलाई राहत प्रदान गर्नका लागि रकम संकलन भएको थियो । आज समुहले संकलित रकम र खर्चको हिसाव किताव गरी तराई तथा मधेशको बाढी पिडितका लागि राहत संकलनका लागि गरिएको आब्हान आजबाट बन्द गरिएको जनाएको छ ।

Sunday, August 13, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा काँग्रेसको प्यानल विजयी एमालेलाई प्यानलमा भएको भन्दा पनि कम मत

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख र उप प्रमुख
कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको सम्पूर्ण दलमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यालयमा भएको मतदानबाट नुवाकोट प्रमुखमा काँग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ ।
    त्यस्तै उप प्रमुखमा अप्सरा थापा, महिला सदस्यमा धनमाया तामाङ र सम्झना सेढाई, दलित वा अल्पसङ्ख्यक सदस्यमा मैया शेर्पिनी, अन्य सदस्यहरुमा अभिनव फुयाल ‘जगदिश’, गणेशबहादुर शाही र रामहसिंह तामाङ निर्वाचित हुनुभएको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटको नौं सदस्यिय पदाधिकारीमा १८ जनाको उम्मेदवारी परेको थियो । नेपाली काँग्रेस एक्लै र नेकपा एमाले अनि माओवादी केन्द्रले गठबन्धन तयार गरेर दुई प्यानलमा चुनावी प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उप प्रमुख मात्रै मतदाता रहने जिल्ला समन्वय समितिमा काँग्रेसको १४ मत, एमालेको ६ र माओवादी केन्द्रको ४ मत रहेको थियो । एमाले माओवादीले संयुक्त प्यानल बनाएकोले काँग्रेसको १४ र एमाले माओवादीको प्यानलको १० मत रहेको थियो ।
    दिउँसो भएको मतदानको परिणाम एक्कैछिनमा सार्वजनिक भएको थियो । जस अनुसार काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सदस्यहरु अभिनव फुयाल ‘जगदीश’ र गणेशबहादुर शाहीले आफ्नो पार्टी मतदाता भन्दा बढी मत प्राप्त गर्नुभयो । उहाँहरु दुवै जनाले १५÷१५ मत प्राप्त गर्नुभएको छ । जिल्ला संयोजक सहितका अन्य सबै सदस्यहरुले भने १४÷१४ मत प्राप्त गर्नुभएको छ । उहाँहरु दुवै सदस्यले एमाले – माओवादी प्यानलको एक मतदाताको बढी मत लिनुभएको हो ।
    एमाले र माओवादीको संयुक्त प्यानलबाट रामहरि घिमिरे प्रमुख, विष्णुबहादुर बोगटी उपप्रमुख, सरस्वती उप्रेती, मिनुकुमारी तामाङ नेपाली र शर्मिला तामाङ महिला सदस्य, कृष्णबहादुर घले अल्पसंख्यक सदस्य, नारायणप्राद रिमाल, नविन पुडासैनी र विक्रम गुरुङ्ग अन्य सदस्यको उम्मेदवार रहनुभएको थियो । अन्य सदस्यमा एमाले माओवादी प्यानलबाट उम्मेदवार बन्नुभएका नारायणप्रसाद रिमाल र विक्रम गुरुङ्गले भने आफ्नो प्यानलमा रहेको भन्दा पनि एक मत कम पाउनुभएको छ । १० मत रहेकोमा उहाँहरु दुवै जनाले ९÷९ मत प्राप्त गर्नुभएको हो । प्यानलका बाँकी सबै उम्मेदवारहरुले १०÷१० मत प्राप्त गरेका छन् । आफ्नो बठबन्धनमा रहेको मतमा पनि एक÷एक मत कम ल्याउने दुवै उम्मेदवाहरु नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकाहरु रहेका छन् ।
    यसै बीच, नव निर्वाचित पदाधिकारीहरुको सपथग्हण कार्यक्रम यही साउन ३२ गते हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरु यस अघि निर्वाचित भएको वडा सदस्यहरुको पद कायम नहने या खारेज हुने भन्ने विषयमा भने अझै प्रष्ट भएको छैन । यस विषयमा परिपत्र आउन बाँकी रहेकोले यस अघि निर्वाचित भएको जिम्मेवारीबाट स्वत पद मुक्त हने, राजनीनामा दिनु पर्ने या काय रहने भन्ने विषयमा अझै प्रष्ट भने भएको छैन ।

Wednesday, August 09, 2017

भुकम्प पछि पहिरोको सकस

कपिलदेव खनाल
पैरेवेशी (रसुवा) । रसुवाको पैरेवेशीबाट विस्थापित भएर नुवाकोट मनकामनाको शान्तीबजारमा बसिरहेका नागरिकहरुलाई अहिले सुत्ने ठाउँ बनाउने चटारो छ । आफ्नो हुँदाखादाको घर एकै छिनमा ध्वस्त भएपछि अहिले यि नागरिकहरु त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको भवनमा शरण लिएर बसेका छन् ।
    साउन २२ गते रातीको पहिरोमा परेर रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न. ४ पैरेबेंसीमा चार जनाको मृत्यु भयो । पैरेवेशीको आठ घर पहिरोले पुर्यो, १५ घर परिवार पुर्ण रुपमा विस्थापित भए ।
    यो पटक सहित गरेर पाँच पटक पहिरो गएको यस पैरेवेशीमा अहिलेको पाली भने पैरोले ताण्डव मच्चाएको छ । बस्ती माथीको घनाजङ्गलको दुई ठाउँबाट बसेको पहिरोले यहाँका स्थानीयहरुमा गहिरो चोट पु¥याएको छ ।
    २०७२ सालको भुकम्पले ध्वस्त भएको घर यहाँका नागरिकहरुले भर्खरै ऋणधन गरेर ठड्याएका थिए । कत्तिपयहरु नयाँ घरमा सरेको एक महिना पनि वितेको थिए । एकै घरको चार जनाको निधन भएको पक्की ढलान घरमा त बसाई सरेको चार दिन मात्रै भएको थियो ।



    सरकारसंग पहिलो किस्ता रकम मात्रै लिएको र दोश्रो किस्ताको रकम लिन नपाएकाहरुलाई बढि पिडा भएको छ । नयाँ बनेको घर देखाएर बाँकी रकम लिनसक्ने अवस्था अब यहाँका नागरिकहरुको छैन । त्यसो त अब नयाँ घर बनाउनका लागि पनि जग्गा जमिन नभएको स्थानीयहरु बताउछन् । पुर्खा देखि नै यही स्थलमा बसोवास गर्दै आएकोहरुको जग्गा जमिन सबै यही रहेको र अहिले पहिरोले छोपेको कारण घर बनाउने जमिन बसैको पनि बाँकी नरहेको स्थानीयहरुले बताए ।
    अहिले त्रिशुली थ्रि ए को भवन शान्तिबजारमा बसिरहेका नागरिकहरु सरकारले आफुहरुलाई कमसेकम घर बनाउने सम्मको जग्गा उपलब्ध गराईदिनेमा आशाबादी छन् ।
    पहिरो लगत्तै विस्थापित भएकाहरुलाई अहिले दैनिक गुजाराका लागि समस्या भएको छ । सक्नेले क्षतिग्रस्त घरबाट केही अन्नपात निकाले पनि त्यो पर्याप्त नभएको बताइएको छ । माटोको भल पसेको कारण कुनै पनि घरबाट सध्य सामानहरु निकाल्न स्थानीयहरुले सकेका छैनन् । अधिकांश नागरिकहरु आफ्ना वालबच्च लिएर रित्तो हात त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको भवनमा शरण लिन पुगेका छन् । अहिले सबैलाई  खानेकुराको समस्या भएको पहिरो पिडिहरुले बताएका छन् ।



    पैरेवेशी र त्यो भन्दा माथीको गाउँबाट गरी अहिलेसम्म ३५ घरपरिवार विस्थापित भइसकेका छन् । विस्थापित हुनेहरुको संख्या अझ बढ्न सक्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल बताउनुहुन्छ । पहिरो बग्ने क्रम चलिरहेको र तल गएको पहिरोका कारण माथिको बस्ती समेत समस्यामा परेको उहाँले बताउनुभयो ।
    अहिले जोखिममा परेकाहरु एकै थलोमा भेला भएर बसेका छन् । बसोवासका लागि त्रिशुली थ्रि ए को भवन पर्याप्त रहेपनि खानेकुरा देखि प्रयोग गर्ने अन्य सामाग्रीहरुको अभाव देखिएको छ । यो अभावसंगै नुवाकोट  तथा रसुवा जिल्लामा कार्यरत विभिन्न अन्तराष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थाहरुले राहत सामाग्री ल्याउन सुरु गरेका छन् ।


तस्बिरहरु कपिलदेव खनाल । अन्तिमको तस्बिर फेसबुकबाट

पहिरोबाट विस्थापितलाई अक्सफाम नुवाकोटको राहत

शान्तिबजार, पहिरोको कारण विस्थापित भएका रसुवाका नागरिकहरुलाई अक्सफाम नुवाकोटले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।
    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा न. ४ पैरेबेंसीमा आइतवार राती पहिरो जाँदा चार जनाको मृत्यु भएको थियो भने १५ घर परिवार विस्थापित भएका छन् । सोही पहिरोका कारण पैरेवेशी भन्दा माथी रहेको २० घर पनि विस्थापित भएका छन् । विस्थापितहरु अहिले त्रिशुली थ्रि ए जलविद्यत् आयोजनाको आवास केन्द्र शान्तिबजारमा बसिरहेका छन् ।
   
    अक्सफाम र सहायता सामाजिक संस्थाले संयुक्त रुपमा उक्त राहत सामाग्री उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरिएको सहायता सामाजिक संस्थाका कार्यक्रम ब्यवस्थाक बशुराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट विस्थापित भएर त्रिशुली थ्रि एको भवनमा बसिरहेका नागरिकहरुको अवस्था दयनिय रहेको छ । पहिरोका कारण घरबाट सामाग्रीहरु निकाल्न नसकेका र आफ्न्त पहिरोमा परेको शोकमा परेकोहरुलाई बसोवासमा समस्या देखिएको छ ।

पहिरोले कत्तिपयको घर ध्वस्त बनाएको छ भने कत्तिको घरबाट अन्नपात समेत निकाल्न सकिएको छैन । सकुसल रहेकाहरुलाई बसोवास सहजताका लागि अक्सफामले राहत सामाग्री प्रदान गरेको हो । हिजो विस्थापितहरुको बसोवास स्थलमै पुगेर अक्सफाम नुवाकोटका सहायक कार्यक्रम प्रवन्धक ब्रम्हदेव रामले सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । राहतमा प्रदान गरिएको सामाग्रीहरुमा त्रिपाल एक सय थान, भुईमा ओछउने म्याट एक सय, पानीको फिल्टर ५०, स्वास्थ्य सामाग्रीहरुको सेट ५०, घरायसी सामाग्रीहरुको सेट १०, अस्थायी शौचालयको सामाग्री ६ र २० एमएमको पानीको पाइप १५ सय मिटर रहेको छ ।

Monday, August 07, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा को को भिड्दैछन् ? र किन दर्ता भएन पदमराज पौडेलको उम्मेदवारी ?

कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको लागि आज उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस र नेकपा एमाले तथा माओवादी केन्द्र गरी दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
    नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा सन्तमान तामाङको उम्मेदवारी परेको छ । उप प्रमुखमा अप्सरा थापाको उम्मेदवारी परेको छ । उप प्रमुखमा काँग्रेसबाट पदमराज पौडेलले उम्मेदवारी दिने भने पनि प्रमुख या उप प्रमुखमा महिला आवश्यक पर्ने भएकोले महिला सदस्यको उम्मेदवार बनाएर निर्वाचन अधिकृतको कार्यालयमा लगिएको अप्सरा थापालाई उप प्रमुखको उम्मेदवार बनाइएको हो । पार्टी कार्यालबाट पौडेललाई उप प्मुखको उम्मेदवार बनाएर निर्वाचन कार्यालय लगिएको थियो । पौडेलको उम्मेदवारी कामय नहुने भएपछि केहीबेर खैलाबैला मच्चिएको थियो ।
 
    नौं सदस्यको लागि आउँदो २९ गते हुने निर्वाचनमा १८ जनाको उम्मेदवारी परेको छ । काँग्रेसले एक्लै समुह तयार गरेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त प्यानल तयार गरेको छ ।
    जिल्ला समन्वय समितिको सदस्यहरुमा खुल्ला तर्फ अभिनव फँुयाल ‘जगदीश’, रामहसिंह तामाङ, र गणेशबहादुर शाहीले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेसको तर्फबाट महिला सदस्यमा सविना प्रधान, सावित्रि सेढाई र धनमाया तामाङको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यकबाट माया शेर्पाको उम्मेदवारी परेको काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापाले जानकारी दिनुभयो ।
    एमाले आमोवादी संयुक्त प्यानलबाट जिल्ला समन्वय समितिको प्रमुखमा रामहरि घिमिरे, उप प्रमुखमा विष्णुबहादुर बोगटी रहनुभएको छ । घिमिरे नेकपा एमालेबाट निर्वाचिन वडा सदस्य हुन् भने बोगटी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । त्यसै गरी खुल्ला सदस्यहरुमा नविन पुडासैनी, नारायणप्रसाद रिमाल, विक्रम गुरुङ्ग रहनुभएको छ । महिला सदस्यमा मिनुकुमारी तामाङ नेपाली, शर्मिला तामाङ, सरस्वती उप्रेतीको उम्मेदवारी परेको छ भने अल्पसंख्यकमा कृष्णबहादुर घलेको उम्मेदवारी परेको छ ।
    जिल्ला समन्वय समितिमा प्रमुख, उप प्रमुख र बाँकी सात जना सदस्यमा निर्वाचित हुनेछन् । जसमा खुल्ला सदस्य र महिला सदस्यबाट तीन÷तीन जना र दलित वा अल्पसङ्ख्यकबाट १ जना निर्वाचित हुनेछन् ।


   नेपाली काँग्रेस नुवाकोटमा केसी र महत गुटको राजनीति सहतमा आएपछि उम्मेदवारी दर्ता हुने समयमा दुवै गुटको एकता भएको कार्यकर्ताहरुले बताएका छन् । काँग्रेसका एक जिल्ला नेताका अनुसार प्रमुखमा महत, उप प्रमुखमा केसीले आफ्ना कार्यकर्तालाई उम्मेदवारी बनाएका छन् । सदस्यहरुमा महत, केसी र बहादुरसिंह लामा पक्षका कार्यकर्ताहरुलाई भागवडा लगाइएको छ ।
    जिल्ला समन्वय समिति गठनका लागि नुवाकोटमा काँग्रेसलाई प्रष्ट बहुमत रहेको छ । २४ जना मतादाता रहेको नुवाकोटमा काँग्रेसको मात्रै १४ मत रहेको छ । एमालेसंग ६ र माओवादीसंग ४ मत मात्रै रहेको छ । जिल्ला समन्वय समिति गठनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप प्रमुखले मात्रै मतदान गर्न पाउने छन् ।
जिल्ला समन्व्य समितिको पदाधिकारी विजयी गराउन प्रष्ट बहुमत रहँदा पनि काँग्रेसमा हिजोसम्म विभाजन देखिएको थियो । काँग्रेसको तीन वटै क्षेत्रिय समितिले सन्तमान तामाङलाई प्रमुखको उम्मेदवार बनाउनका लागि लिखित रुपमा पठाएपनि जिल्ला कार्य समितिले भने प्रमुखमा पदमराज पौडेललाई प्रमुखमा उठाउने निर्णय गरेको थियो ।
महत र केसी पक्षको राजनीतिले विभाजन गरेको काँग्रेस नुवाकोटको जिल्ला समन्वय समितिको चुनालाई काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले हिजो साँझ मात्रै मिलाएका थिए ।


जिल्ला सभापति जगदीश्वरनरिसिंह केसी र सभापतिका प्रत्यासि रमेश महत सहित गएको काँग्रेसको नेता कार्यकर्ताहरुलाई तत्कालै उप प्रमुखको उम्मेदवार छान्न हम्मेहम्मे परेको थियो । तर केसी पक्षको भागमा परेको उप प्रमुखको उम्मेदावार छनोटमा जिल्ला सहभापति केसीले नै थापालाई छनोट गर्नुभएको हो ।

तीन जनाको शव फेला पर्यो

शशिकुमार डङगोल
पैरेबेसी (रसुवा) रसुवाको पहिरेवेशीमा गएराति पहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको छ । एक जनाको शवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गए रातीको पहिरोमा ८ घर पुरिएको थियो भने चार जना वेपत्ता भएका थिए ।
               पहिरोमा परी मृत्यु हुनेहरुमा एका घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकोटी छन् ।
               हराईरहेका ४ जनाको उद्धारका लागि स्काभेटर परिचालन गरिएको थियो । सदरमुकाम धुन्चे तथा शान्तिबजारबाट दुईवटा स्काभेटर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।


सदरमुकामबाट गएको स्काभेटर शान्तिबजारमा रहेको स्काभेटरले अबरुद्ध बाटो सुचारु गर्दै घटनास्थलमा उद्धारका लागि गईरहेको बताइएको छ । पहिरोका कारण पहिरेबेशिको करिब ३० घर परिबार बिस्थापित भएको र बिस्थापित परिवारका लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायको टोलि राहात रकम तथा सामाग्री लिएर घटनास्थलतर्फ गएका छन् ।
              उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमको घरमा क्षति पुगेको छ ।
              पहिरोमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमती बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाको अवस्था गम्भीर रहेको छ । दर्जनौंको सङ्ख्यामा पशु पनि मरेको छ । गाउँ पुग्ने सडक समेत पहिलोले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियो ।
              बेपत्ताहरुको सेनाले खोजि गरिरहेको छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजि गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले बताउनुभयो । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेको छ ।
               त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।
             बेत्रावती भन्दा माथिको सडको बिच बिचमा पहिरो गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । मोटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकोले जिल्ला सदरमुकाम र अन्य गाउबाट आवतजावत बन्द भएको छ । रसुवागढी आवतजावत गर्ने मालबाहक साधन पनि रोकिएको छ ।
             आज बिहानैबाट रसुवामा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा रोक लगाईएको छ । नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेको छैन ।

पहिरोमा आठ घर पुरियो, चार जना बेपत्ता

शशिकुमार डङ्गोल
पैरेबेसी रसुवा । रसुवाको पहिरेवेशीमा गएराति पहिरो जाँदा ८ घर पुरिएको छ । चार जना वेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा एकई घरका सदस्य रहेका छन् । जसमा ७७ बर्षिय धर्मबहादुर थापामगर, ३३ बर्षिय बुहारी मुना थापामगर, ४ बर्षिय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षिया भक्तबहादुर नगरकाेटि रहेका छन् ।

उत्तरगया गाउँपालिका–४ पहिरेबेशिमा राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । स्थानिय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छि मगर्नि, देवकि भुजेल, लालबहाखुर थापामगर, गाेपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरमकाे घरमा क्षति पुगेकाे छ ।

पहिराेमा परि लालबहाखुर थापा मगर र उहाको श्रीमति बिन्दा थापामगर घाइते हुनुभएको छ । बिन्दाकाे अवस्था गम्भीर रहेकाे छ ।

दर्जनौंकाे सङ्ख्यामा पशु पनि मरेकाे छ । गाउँ पुग्ने सडक समेत पहिलाेले बगाएको कारण उद्वारमा जानेहरुलाई समस्या भएको थियाे ।

बेपत्ताहरुकाे सेनाले खाेजि गरिरहेकाे छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुकाे खाेजि गरिरहेकाे र पहिराेकाे दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख राेहित गुरुङले बताउनुभयाे । रसुवाबाट पनि उद्वारका लागि सेना घटनास्थलमा पुगेकाे छ ।


त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

बेत्रावति भन्दा माथिकाे सडकाे बिच बिचमा पहिराे गरेको कारणा रसुवामा यातायातका साधन बन्द भएको छ । माेटरसाईकल मात्रै गुड्न मिल्ने गरि सडक भासिएकाेले जिल्ला सदरमुकाम र अन्य गाउबाट अावतजावत बन्द भएको छ । रसुवागढि अावतजावत गर्ने मालबाहक साधन पनि राेकिएकाे छ ।

अाज बिहानैबाट रसुवमा नुवाकोटबाट जाने सवारी साधन प्रबेशमा राेक लगाईएकाे छ । नुवाकाेट र रसुवाकाे सिमास्थल बेत्रावतिबाट ठुला सवारी साधन रसुवा प्रबेश गरेका छैनन् ।














तस्बिरहरु शशिकुमार डङ्गोल/इमेज र श्रीनाथ गण नुवाकोट

आज जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता हुँदै, सन्तमान सभापतिको उम्मेदवार

शर्मिला उप्रेती विदुर, 

जिल्ला समन्वय समिति नुवाकोटको निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज सोमवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । समितिको पदाधिकारी चुन्नका लागि निर्वाचन भने साउन २९ आइतवार गते दिउँसो १ बजे हुनेछ । जिल्ला समन्वय समितिको कार्यालयमा नै मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरि निर्बाचन कार्यक्रम घोषणा गरेको हो । नुवाकोटका जिल्ला न्यायधिश एवं मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहका अनुसार निर्वाचन मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचनको विभिन्न १४ चरणमध्ये शुक्रबार मतदाता नामावली प्रकाशन, हिजो आइतवार अन्तिम मतदाता नामावली सार्वजनिक भएको थियो । आज सोमवार भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारविरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो । उम्मेदवारलाई साउन २८ मा निर्वाचन चिह्न प्रदान गर्ने र मतदान साउन २९ गते तोकिएको मुख्य निर्बाचन अधिकृत लोकजङ्ग शाहले बताउनु भयो । जिल्ला समन्वय समितिको निर्बाचनमा नगरपालीका र गाँउपालीकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्राबधान रहेको छ ।

यस्तै, निर्बाचनमा स्थानिय तहको निर्बाचनबाट निर्बाचित भएका पदाधिकारीमात्रै उम्मेद्धवार बन्न पाउने मुख्य निर्बाचन अधिकृत शाहले बताउनु भयो । नुवाकोटमा जिल्ला समन्य समितिको निर्वाचनका लागि १२ स्थानीय तहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् ।

२४ जना मतदातामध्ये १४ जना नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व जनाउने भएकाले काँग्रेसको स्पष्ट बहुमत रहेको छ । काँग्रेस जिल्ला प्रवक्ता राजु थापाका अनुसार जिससको सभापतिमा सन्तमान तामाङलाई उठाउने सर्वसम्मत निर्णय भएको छ । हिजो काठमाडौंमा काँग्रेस सभापति शेरबहादुर देउवा सित केसी र महत पक्षले छलफल गरेपछि सभापति महतलाई, उप सभापति केसीलाई र बहादुरसिंह लामा तामाङलाई दुई सदस्य दिने मौखिक सहमती भएको हो ।

अन्य उम्मेदवाहरुको बारेमा भने कुनै टुङ्गो लागेको छैन । १२ स्थानिय तहमा नेकपा एमालेका ६ जना र नेकपा माओवादी केन्द्रका चारजना मतदाता रहेका छन् । नेपाली काँग्रेसको जिल्ला कार्य समितिले जिल्ला समन्वय समितिको सभापतिमा पदमराज पौडेललाई उठाउने निर्णय गरेको थियो । तर नुवाकोटको तीन वटै निर्वाचन क्षेत्रबाट भने जिल्ला समन्वय समितिमा सन्तमान तामाङको नाम सिफारिस भएर आएको थियो ।

फेरि बसपार्क सञ्चालनमा

विदुर÷बट्टार बसर्पाक पुन सञ्चालनमा आएको छ । यस अघि पनि दुई पटक सञ्चालन हुँदै रोकिएको थियो । एशियाली विकास बैङ्कको सहयोगमा शहरी तथा वातावरणीय सुधार परियोजनाले ७ वर्षअघि १ करोड ८७ लाखको लगानीमा निर्माण गरेको बट्टार बसर्पाक व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको हो ।
बसपार्क निर्माण भएर पनि पार्किङस्थलमा सवारीसाधन नजादा दुरुपयोग भएकाले बसपार्कमा सवारीसाधन अनिवार्य प्रवेश गर्न‘पर्ने व्यवस्था गरी सञ्चालनमा ल्याइएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । नुवाकोटको गौरबको रुपमा निर्माण भएको संरचनाको सदुपयोग नभई बजार पसिरमानै सबारी पार्क गर्दा बजार अब्यबस्थित भएकाले पुनः बसपार्कलाई सञ्चालन गरिएको बताउनु भयो ।
     साउन पहिलो साता  यातायात क्षेत्रका सरोकारवालाको बैठकले बसपार्कभित्र अनिवार्य रूपमा सवारीसाधनको प्रवेश, टिकट काउण्टर, विदुर र बट्टारमा यात्रुलाई चढाउन र ओराल्न मात्र पाउने र त्यसको लागि बढीमा ५ मिनेट मात्र रोक्न पाइने नियम बनाइएको थियो ।
बसपार्क सञ्चालनको १ वर्षका लागि कम्तीमा ११ लाख आम्दानी हुनेगरी बोलपत्र
आह्वान गर्ने र ठेक्का प्रक्रिया पूरा नभए सम्मका लागि यातायात व्यवसायीले एकमुष्ट हुनआउने रकम नगरपालिकालाई बुझाउने सहमतिको भएको थियो ।
    नगरपालिकाले सुरक्षा व्यवस्थापन, खानेपानी, शौचालय, आवास तथा कार्यालय सञ्चालन गृहलगायत भौतिक संरचनाको निर्माण पूरा भइसकेको नगरपालिकाको कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिनु भयो ।
    २०६८ सालमा निर्माण भए पनि २०७१ असार १ गतेदेखि सञ्चालनमा आएको बसपार्कमा सवारीसाधनले प्रयोग गरेबापत प्रतिदिन लामो दूरीका बसले ३०, माइक्रोबस र स्थानीय मार्गमा सञ्चालन हुने मिनीबसले २५ कर तिर्न‘पर्नेछ ।
    स्थानीय ४३ जना जग्गाधनीले निःशुल्क रूपमा उपलब्ध गराएको ३५ रोपनी जग्गामा निर्माण गरिएको बसपार्क सञ्चालनले बजार क्षेत्रमा यातायात व्यवस्थापन प्रभावकारी, दुर्घटना न्यूनीकरण, सवारी साधनको व्यवस्थित सञ्चालन, यात्रु वर्गलाई टिकट खरिद लागयतका सविधा हुने विश्वास लिइएको छ ।

६७ सयसंग घर बनाउन जग्गा छैन

कपिलदेव खनाल
विदुर÷नुवाकोट जिल्लाका विस्थापित तथा जोखिमयुक्त वस्ती र विस्थापित शिविरमा बसोबास गरेका परिवारलाई यथासक्य पुनर्वासको प्रक्रियामा अघि बढाइनु पर्ने यस क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् ।
    गत १२ बैशाख २०७२ मा गएको  विनाशकारी भूकम्पले नुवाकोट जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । यस जिल्लामा १११२ जना मानिसको मृत्यु भएको थियो । सरकराले नै तयार गरेको विवरण अनुसार नुवाकोट जिल्लाका ९५ प्रतिशत घरहरू पूर्ण क्षतिभएका छन् ।
    मुख्य गरी प्रकोपसँग सम्बन्धित समस्या भोग्न बाध्य परिवारको पुनर्निर्माण र पुनस्र्थापनाको पक्षमा स्थानीय तथा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संघ संस्थाहरू र निजी क्षेत्रसँग समन्वय गरी पुनर्निर्माणमा सहयोग गर्दा पनि विनाशकारी भूकम्प पछिको पुनर्निर्माणमा ढिलाई हुँदा बस्तीको पुनर्निर्माणले तिव्र गतिलिन नसकेको सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । जिल्लाको पुनर्निर्माणको अवस्थाले गति लिन नसक्दा भूकम्प प्रभावितको परिवारको अवस्था दयनियबन्दै गइरहेको केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत बताउनुहुन्छ ।
    भूकम्पको मारमा अझ बढी सानाकिसान, सुकुमबासी, ग्रामीण किसान, दलित र भूमिहीन परेको केन्द्रले जनाएको छ । उनीहरूसँग आफ्नो बासथलो निर्माण गर्न सक्ने क्षमता नभएको, आर्थिक हैसियत कमजोर रहेको छ । २८ महिनासम्ममा पनि जोेखिमयुक्त बस्ती र विस्तापित परिवारको पक्षमा पुनर्वासको प्रक्रिया अघि बढ्न नसकेको भन्दै केन्द्रले चिन्ता ब्यक्त गरेको छ ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार पुनर्निर्माण गर्दा पहिलो प्राथमिकतामा भूमिहीन, सुकुम्बासी, दलित, महिला किसान, ग्रामीण किसानहरूलाई राख्नुपर्ने छ ।
    यस्तै, नुवाकोट जिल्लाको साविकको विकट गाविस लच्याङ्ग, घ्याङ्फेदी, शिखरबेसी, गोस्र्याङ, चारघरे, खड्भञ्ज्याङ, रातमाटे, जिलिङ, दुईपीपल, गणेशस्थान, गेर्खु लगायतमा ६ हजार ७ सय २३ परिवारसँग आफ्नो नाममा जग्गा धनी पुर्जा नरहेको बताइएको छ ।  पुर्जा नभए पनि कतिपयले सम्झौता भएर पनि आफ्नो नाममा सुरक्षित घर बनाउने जमिन नभएकोले घर बनाउन नसकेको बस्नेतलले जानकारी दिनुभयो । ‘धेरै परिवारसँग पुर्जा नभएकै कारण सम्झौता हुन सकेको छैन’ उहाँले भन्नुभयो ।
    भूकम्पपछि अति जोखिम स्थानहरूका केही नागरिकहरूले राहत पाएपनि उनीहरूले सुरक्षित जमिनको अभावमा घर निर्माण सुरु नगरेको बताइएको छ । जसमा लच्याङको २१, साल्मेको ४, किम्ताङको ६०, कल्याणपुरको १५, उर्लेनीको ७७, महाकालीको २३, घ्याङ्फेदीको ७२, गोरस्र्याङको ६, कुमारी २४ रहेको छ ।
    यसै बीच, नुवाकोटको जोखिम बस्तीबाट तथा भूकम्पबाट प्रभावितभई सुरक्षित स्थानखोजी गरी छिमेकी जिल्ला रसुवा, धादिङ र सिन्धुपाल्चोकबाट पनि नुवाकोटका नागरिकमा बसोवास रहेको सामुदायिक आत्म
निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटले जनाएको छ । केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेतका अनुसार मनाकामनाको शान्तिबजारमा रसुवाका विस्थापित २६ जना, किम्ताङको कालाञ्चिटोलमा किम्ताङको पहिरो पीडित २१ जना, बेतिनीको गोल्फुभञ्याङमा स्थानीय ८३ परिवार, पिपलटारको इनारपाटीमा रसुवावाट विस्थापित ८३ परिवार, विदुरको सिम्मुटारमा नुवाकोट र रसुवाका गरी १२१ परिवारको अस्थायी बसोवास रहेको छ ।
    त्यस क्षेत्रमा २८ महिनादेखि अस्थायी रुपमा बस्दै आएइकोहरूमा रसुवाको हाकुका ४५ परिवार, नुवाकोट भाल्चेका १८ परिवार, लच्याङका १७ परिवार, देउरालीका ५ परिवार, किम्ताङका ४, मनाकामनाका २, चारघरेको १, बुङताङको १, गेर्खुका ३, सामरीका २, काहुलेको १, नर्जामण्डपका २, विदुर नगरपालिकाकै २ घरपरिवार रहेका छन् ।
    सामुदायिक आत्म निर्भर सेवा केन्द्र (सिएसआरसी) नुवाकोटका अनुसार बेत्रावटीको सातबिसेमा ३० घरपरिवार रसुवाबाट सरेर बसोबास गरिरहेका छन् । उनीहरूको तत्काल घर बनाउने सुरक्षित जमिन नभएसम्म पुरानो शिविर नछाड्ने मनस्थितिमा रहेको बुझिएको छ । ‘यी परिवार शिविरमा बसोबास गरिरहनुपर्दा धेरै समस्याहरू भोग्न बाध्य छन्, केन्द्रका जिल्ला अभियान अधिकृत भोला बस्नेत भन्नुहुनछ– ‘यस्ता समस्यामा भएको परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गर्न गराउनका लागि पहल तथा सहजीकरण गरिनु आवश्यक देखिएको छ ।’

पुन निर्माणमा समस्या

सरू बर्देवा
विदुर÷बिनासकारी भुकम्पका कारण क्षति ग्रस्त भएको संरचनाहरूको पुनःनिर्माणमा नुवाकोटका नागरिकहरूले बिभिन्न समस्या झेलि रहेका छन् ।
    संरचना निर्माण सुरु गरेका नागरिकह्रूले आर्थिक अभाबसँगै, निर्माण सामाग्री र संरचना निर्माण कर्मिहरूको अभाबमा बस्नु परेको छ । लामो समय सम्म अस्थाई आबासमा बसेर भर्खरै संरचना निर्माण कार्यमा जुटेका नागरिकलाई स्थानिय स्तर सम्म मोटर बाटो सञ्चालन नँहुदा निर्माणजन्य सामाग्री ढुवानीमा समस्या छ ।
    घर सम्म पुग्ने मोटरबाटो बर्खाको समयमा क्षतिग्रस्त हुँदा निर्माण सामाग्रीहरू संरचना निर्माण स्थलसम्म पुराउन नागरिकहरूले पाएका छैनन् । नुवाकोटको ग्रामिण भेगहरू दुप्चेश्वर, साल्मे, भाल्चे लगायतका स्थानहरूमा सामाग्रीहरू ढुवानी हुन नसक्दा धेरै नागरिकहरूको संचना निर्माण कार्य अधुरै भएको छ ।
    प्राय निर्माण जन्य सामाग्री ढुवानीको लागी मिनि ट्रकको प्रयोग हुने गरे पनी ग्रामिण मोटरबाटो बर्खाको पानीले खोलेका कारण सबारी आबागमन बन्द भएको हो । सबारी साधन निर्बाध रुपमा सञ्चालन भैरहेका स्थानहरूमा पनि निर्माण सामाग्रीहरूको अभाब भएको छ ।
    संरचना निर्माणको लागी आबाश्यक पर्ने सबै सामाग्रीहरू समयमा नै उपलब्ध नभएका कारण नागरिकले निर्माण थालेको घरहरू पनि अधुरै रहेको छ । बर्खा अगाडी नै घर निर्माण गरि सक्ने लक्ष्य राखेका भुकम्प प्रभाबित नागरिकहरूको समेत निर्माण सामाग्रीको अभाबका ाकरण अहिल सम्म संरचना अधुरै छ ।

सचेतनको वार्षिकोत्सव

बिदुर÷सचेतन सामुदायिक सिकाई केन्द्रको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    साधारण सभाले समाज सचेतन केन्द्र र सचेतन समुदायिक सिकाई केन्द्रले आफ्नो जन्मकाल देखी नै साझेदारीरुपमा सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएकोले सामुदायिक साझेदारी बहुउद्देश्यीय भवनको सम्पूर्ण लागत खर्च सार्वजनिक गरेको छ ।
    २०५६ मंसिर २७ गते देखी नागरिक स्तरमा एक हजार भन्दा माथीको रकम लगायत सरकारी स्तर बाट अनुदान रकम संकलन गरिएको थियो । २०७३ असार मसान्तसम्म भए गरेका कामको समिक्षा सहित हर हिसाव सार्वजनिक गरी आम्दानी खर्चको साधारण सभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
    केन्द्रले ७ सय २० जना र सरकारी नियबाट ४६ लाख ९२ हजार चार सय ३५  सङ्कलन गरेको थियो । यस्तै कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक बिना खातीले आर्थिक वर्ष २०७३÷०७४ को ३ लाख एक हजार आठ सय रुपैयाँको आर्थिाक आयव्यय र आगामी आर्थिाक वर्षको भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
    आगामी दिनमा गरिने कार्यक्रमहरूमा निरन्तर शिक्षा ४ महिने, सिलाइ कटाई ५० जनालाई साधरण सभाले ३ महिने प्रजनन स्वास्थ्य तालिम, ३४ वटा समुह परिचालन, हितकोष सञ्चालन र पुस्तकालय व्यवस्थापन लगायत कार्यक्रम गर्ने प्रस्ताव पेस गरेकोे छ ।
    साधारण सभामा विदुर नगपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडाको तर्पmबाट गर्न सकिने सहयोगका कार्यक्रमहरू साझेदारी रुपमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै, अनौपचारिक शिक्षा केन्द्र सानोठिमि र जिल्ला शिक्षा कार्यालय नुवाकोटको सहयोगमा अभिमुखीकरण तालिम, पुस्तकालय सुदृढीकरण सुचना तथा सञ्चार प्रबिधी कक्ष विकास संस्कृति विकास प्रतियोगात्मक व्रिmयाकलाप र प्रकाशन एवँ परम्परागत घरेलु उपचार पद्दती सामग्री विकास र प्रकाशन साझेदारी रुपमा गरिने कोषाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिनु भयो ।
    सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाको सभापतितवमा भएको कार्यक्रममा केन्द्रको संस्थापक अध्यक्ष यमकुमार खाती, समाजसेबी रामहरीप्रसाद रिमाल बाजे, सस्थापक सदस्य हिकमतबहादुर अधिकारी लगायतले मन्तव्य राख्नुभयो ।

साना शहरी खानेपानीको काम ५५ प्रतिशत

राजु रिमाल, विदुर
नुवाकोटमा एसियाली बिकास बैङकको सहुलियत श्रणमा सञ्चालीत तेश्रो साना शहरी खानेपानी आयोजनाको हाल सम्मको प्रगती बिवरण ५५ प्रतिशत रहेको छ ।
    योजना कार्यान्वयन सुरु हुनै समय लागेको तेश्रो साना शहरी खानेपानी आयोजनाको काम भने तिब्र रुपमा अगाडी बढिरहेको छ । गएको सामेवार बिदुर खानेपानी उपभोक्ता समितिले सरकारवाला निकायहरूसँग आयोजना कार्यान्वयनको कार्य प्रगति र चनौतिको बिषयमा अन्तक्रिया गर्दै खानेपानी आयोजना तिब्र रुपमा अगाडी बढिरहेको जनाएको छ ।
    करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण भैरहेको आयोजनाको अहिले ५५ प्रतिबत भन्दा माथी काम सम्पन्न भैसकेको उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो ।
    खानेपानी आयोजनाको संरचना निर्माणको क्रममा मुहान निर्माण, पानी रिजर्भ गर्ने ट्याङिक, बितरण लाईन, पानीलाई शुद्धिकरण गर्ने प्रबिधि जडान र संरचनाको निर्माणलाई अहिले अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताउनु भयो । सरोकारवाला सबै निकायहरूको सहयोग र सहकार्यमा हाल खानेपानी आयोजनाको निर्माण कार्य तिब्र भैरहेको उहाँले बताउनु भयो । 
    खानेपानी आयोजना निर्माणको कार्यमा धेरै चुनौतीहरू रहेता पनि स्थानिय नागरिक, राजनीतिक दल तथा सरोकारवाला निकायहरूको सहयोगमा चुनौतिहरूलार्य अबसरमा परिणत गरिएको समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनु भयो । आयोजना कार्यान्वयन गर्दा सुरुमा देखिएका चुनौतीहरूलाई सबै निकायबाट सहयोग प्राप्त भएकाले अहिले स्थानिय उपभोक्ता नागरिकहरूको मकै, धान लगाईएको स्थानबाट पाईप लाईन बिस्तारमा समेत स्थानिय उपभोक्ताहरूको सहयोग रहेको उहाँले बताउनु भयो ।
    आगामी १ बर्ष भित्र निर्माण सम्पन्न हुने खानेपानी आयोजनाले बिदुर नगरपालीकामा आगामी १५ बर्ष सम्मको लागी प्रत्येक नागरिकहरूको घरमा २४ सै घण्टा पानी उपलब्ध हुने बतार्यको छ । यस्तै, सडक मार्ग बिस्तारका कारण नगरपालीका भित्र ६ किलोमिटरमा तत्कालै पाईप लाईन बिस्तार गर्न नपाईएको कार्यक्रममा बताईएको छ ।
    गल्छि रसुवागढी सडक बिस्तारको क्रममा रहेकाले पाईपलाईन कहाँनिरबाट बिस्तार गर्ने भन्ने अन्यौलमा रहेको बिदुर खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

ध्वस्त भयो एतिहासिक पुल


शशिकुमार डङ्गोल
बेत्रावती÷नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको ऐतिहासिक झोलुङ्गे पुल शुक्रवार रातीको बाढीले बगाएकोे छ ।
    फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोट तर्फको भाग बगाएको हो । बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटिको जीप नै बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीयहरूले बताएका छन् ।
    फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको छ । पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएको घरहरू समेत भत्काउन सक्ने स्थानीयले बताए ।
    पुल बगाएपछि खोलाको बहाव नुवाकोटपटि बढी आएकोले वस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो ।
    ७० वर्ष भन्दा पुरानो यो पुल पक्की पुल बनेसगै पल्लिो केही दशकदेखि प्रयोगविहीन अबस्थामा थियो । तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्न‘ पर्छ भन्दै केही वर्ष अघि पुल मर्मत गरिएको थियो ।     स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा र्पुयाएको सहयोग कार्यक्रम मार्फत वि. सं. २००४ मा निर्माण भएको यो पुलले नेपाल र चीनबीचको पदमार्गको सम्पर्क विस्तारमा सहयोग पु¥याएको थियो । यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।
    यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ भने एक झोलुंगे पुल समेत बगाएको छ ।

साढे दुई अर्ब रुपैयाँ जिल्लाबाट फिर्ता

विदुर÷आर्थिक वर्ष २०७३÷७४ मा नुवाकोट आएको दुई अर्ब ४९ करोड ९३ लाख बजेट खर्च नभई फिर्ता भएको छ ।
    कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख दामोदर थापाका अनुसार जिल्लास्थित सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्माणका लागी विनियोजन गरिएको पुँजीगत खर्च १३ अर्ब तीन करोड चार लाखमध्ये १० अर्ब ५३ करोड ११ लाख खर्च भएको छ ।
    जिल्लाका ७६ सरकारी कार्यालयको नीति तथा कार्यक्रम सञ्चालन गर्न नौ अर्ब ४५ करोड ९७ लाख प्राप्त भएकामा ८६ प्रतिशत अर्थात् आठ अर्ब सात करोड ८८ लाख मात्र खर्च भएको छ । चालुगत शीर्षकमा नीति तथा कार्यक्रम सञ्चालनका लागि बजेटको अख्तियारी पाएका सरकारी कार्यालयले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड नौ लाख खर्च गर्न सकेका थिएनन् ।
    पुँजीगत शीर्षकमा विकास निर्माणका लागि आएको तीन अर्ब ५७ करोड सात लाखमध्ये दुई अर्ब ४५ करोड २३ लाख खर्च भएको छ । बजेटको एक तिहाइ अर्थात् ६७.५७ प्रतिशत बजेट खर्च भएको छ । विकासका लागि प्राप्त एक अर्ब ११ करोड ८४ लाख खर्च नभई फिर्ता भएको छ । प्राप्त बजेट खर्च गर्न नसक्नेमा गल्छी–त्रिशूली–वेत्रावती सडक विस्तार, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई लगायत जनतालाई प्रत्यक्ष विकास निर्माणमा सेवा पु¥याउने कार्यालय छन् ।
    विकास निर्माणको क्षेत्रमा गरेको खर्चको ठूलो हिस्सा आर्थिक बर्षको अन्तिम महिना असारमा खर्च भएको छ । पुँजीगत बजेटमा भएको खर्च मध्ये ९५ करोड २३ लाख (एक तिहाइ) असारमा खर्च भएको कोलेनिकाले जनाएको छ ।

गिट्टी बालुवाको मुल्य निर्धारण गर्न समिति

विदुर÷नुवाकोटमा नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारणको लागी समिति गठन भएको छ ।
    समितिको संयोजकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल रहनु भएको छ । यस्तै सदस्यहरूमा क्रसर ब्यबसायी संघ नुवाकोटका अध्यक्ष शिब अधिकारी, जिल्ला प्रशासन कायालय नुवाकोटका प्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख बेदप्रसाद गौडेल, जिल्ला प्राबिधिक कार्यालयका ईन्जिनियर, शहरी बिकास तथा भवन डिभिजन कार्यालयका ईन्जिनियर, बालुवा प्रशोधन ब्यबसायीको तर्फबाट कृष्ण अधिकारी रहनु भएको छ ।
    समितिका सदस्यहरूमा उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल र जिल्ला समन्वय समितिका सुब्बा हरी प्याकुरेल सदस्य सचिब रहनु भएको छ ।
    मुल्य निर्धारण समितिले निर्माण जन्य सामाग्रीहरूको प्रस्ताबित मुल्य निर्धारण गरि सरोकारवाला निकायहरूको बैठकमा पेश गर्ने जनााएको छ । समितिलाई सात दिनको मिति दिइएइको छ । मुल्य निर्धारणको लागी बिहिवार भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारीले जिल्लाको आबाश्यक्ता अनुसार उत्पादन भएका सामाग्रीहरू जिल्लामा नै खपत गर्नको लागी ब्यबसायीहरूलाई आग्रह गर्नु भयो
    जिल्ला समन्वय समितिका प्रमुख केशरबहादुर पण्डितले जिल्लामा रहेका क्रसर ब्यबसायीहरूले अबैध रुपमा नदी उत्खनन् गर्ने भएकाले तस्करको संज्ञामा परेको बताउनु भयो । बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले राज्यले रोक लगाएको समयमा अबैध तबरले रातको समयमा नदी जन्य सामाग्रीहरूको उत्खनन् रोकिनु पर्ने बताउनु भयो । साथै भुकम्प पिडितहरूलाई पुन निर्माणका लागि सस्तो र सहज रुपमा सामाग्री उपलब्ध गराउनको लागि लाग्ने उहाँको भनाई छ ।
    बेल्कोटगढी नगरपालीकाका प्रमुख राजेन्द्ररमण खनालले नदी जन्य निर्माण सामाग्रीहरूको मुल्य निर्धारण गरि नुवाकोटमा रहेका भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउनु पर्ने बताउनु भयो । नदी जन्य निर्माण सामाग्रीहरू असार, साउन र भदौ महिनामा उत्खनन् गर्न नपाउने संबैधानिक ब्यबस्था रहेको छ । तर नुवाकोटमा बर्खाको समयमा नै अबैध तबरले नदी उत्खनन् भैरहेको सरकारी कर्मचारीहरूले बताउँदै आएका छन् । प्हरीले पनि नदीमा बालुवा झिक्न प्रयोग भएको मेसिनको ब्याट्री जफत गर्दै आएको छ ।
    तर उद्योगी ब्यवसायीहरूले भने आफुहरूलाई विक्रिको सहज वातावरण बनाइदिएर निर्धारण भएको मुल्य भन्दा पनि प्रति गाडी एक हजार रुपैयाँ कम मुल्यमा सामग्री उपलब्ध गराउने बताएका छन् । ब्यवसायी प्रकाश राईले प्रहरी प्रशासनले बालुवा गिट्टी उत्पादन र संकलन गर्न पनि नदिने र मुल्य कम गर्नु पर्यो पनि भन्ने कुरा विरोधाभाष रहेको बताउनुभयो । उहाँले सहजत वातारण भएका आफ्नो तर्फबाट जिल्लावासीलाई अपेक्षा भन्दा पनि सस्तो मुल्यामा गिट्टी बालुवा उपलब्ध गराउने बताउनुभएको छ ।
    बालुवा प्रशोधन ब्यबसायी कृष्ण अधिकारीले करोडौै रुपैयाँ लगानी गरी स्थानियहरूलाई रोजगारीको सिर्जना गरि ब्यबसाय सञ्चालन गरि रहदा तस्करको आरोप लागेकोमा आपत्ति जनाउनु भयो । कार्यक्रममा किस्पाङ गाँउपालीकाका अध्यक्ष छत्र तामाङले क्रसर र बालुवा ब्यबसायीहरूप्रति जिल्ला स्थित नियामक निकायले नियन्त्रणमा लिएको जस्तो गरि भित्रि रुपमा रकमको चलखेल गरेर उत्पादन भएको निर्माण जन्य सामाग्रीहरू नुवाकोटको दुर दराजमा रहेका नागरिकहरूको पँहुचमा नपुगेको बताउनु भयो । भुकम्पका कारण अक्रान्त भएका नागरिकहरूको निजि घर पुनःनिर्माणको लागी १ ट्रिपर बालुवा किन्दा करीब ४० हजारको हाराहारी सम्म पर्ने गरेको उहाँले बताउनु भयो ।
    तादी वडा नं. ६ का अध्यक्ष केशब थापाले बर्खाको समयमा जिल्ला समन्वय समितिले नै नदीमा बगेको बालुवा उत्खनन् गरि भुकम्प प्रभाबित नागरिकलाई सहज रुपले उपलब्ध गराउन
माग गर्नुभयो । जिल्ला समन्वय समितिले  नदी जन्य सामाग्री उत्खनन्मा रोक लगाउदै आएको छ । यता, क्रसर ब्यबसायीहरूले पनी रातमा नदी उत्खनन् गर्नु पर्ने आफुहरूको बाध्यता रहेको बताएका छन् ।
    करोडौँ रुपैयाँ लगानी गरि सञ्चालन गरेको क्रसर ब्यबसाय स्थानिय प्रशासनले धारासायी बनाएको भन्दै दिनको समयमा निर्बाध रुपमा नदी जन्य सामाग्री उत्खनन् गर्नको लागी सहजीकरण गर्न माग गरेका छन् ।
    निर्बाध रुपले जिल्ला समन्वय समिसितले नदी जन्य सामाग्रीहरूको उत्खनन् गर्ने ब्यबस्था भएमा भुकम्प प्रभाबित नागरिकह्रूले सहज र सुलभ दररेटमा निर्माण जन्य सामाग्रीहरू पाउने ब्यबसायीहरूले बताएका छन् ।

अभियुक्त कुमारले अन्य बालिका विक्रि गरेको आरोप

विदुर÷मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ ।
    दुप्चेश्वर गाउँपालिका १ साबिक घ्याङफेदी ७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पु¥याएको पीडित परिवारले दाबी गरेका छन् । बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
    बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिलालाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगी सहित पक्राउ परेका थिए ।
    तामाङ पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी
दिएकाले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको जिल्ला प्रही कार्यालय नुवाकोटले जनाएको छ ।
    नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ ।

नाम दर्ता गर्नेको भिड

विदुर÷निर्वाचन आयोगले आउदो निर्वाचनको लागि फोटो सहितको मतदाता नामावलीको लागि फोटो खिचाउन खुल्ला गरेपछि नुवाकोटको १२ वटै स्थानीय तहमा सर्वसाधारणको भीड लागिरहेको छ ।
    जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतदातामा उत्साह वढेका कारण मतदाता नामावलीमा फोटो खिचाउनेको भीड निकै लागेको जनाएको छ । तीन साताको अवधि नुवाकोटमा ७ हजार २ सय २१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेको कार्यालय प्रमुख जनार्दन अधिकारीले वताउनुभयो । फोटो खिचाउने मध्ये ४० प्रतिशत महिला रहेका छन् । एकसय २६ जनाले मतदान केन्द्र ठाउं सारेको र १३ जनाले त्रुटी सच्याएका छन् । पछिल्ला दिनहरूमा दैनिक चारसय हाराहामीमा फोटो खिच्ने काम भइरहेको छ ।
    जिल्लाभरमा १२ थानमा फोटो खिचाउने काम भइरहेकोमा  मतदाताहरूको भीड लागेको फोटो सहितको मतदाता नामावली अद्याबधिक गराउने नागरिकको संख्या बढेको जिल्ला निर्बाचन कार्यालयले जनायो । २५ कर्मचारी नामावली संकलनमा खटिएका छन् । निर्वाचन कार्यालयले कर्मचारी मार्फत साउन १६ गतेदेखि ३२ गतेसम्म हरेक गाउँ तथा नगरपालिकामा गएर फोटो खिच्ने कार्य गरिरहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताउनुभयो ।

विश्व स्तनपान सप्ताह र हाम्रो हालको अवस्था

प्रमिला देवकोटा
पोषण अधिकृत, युनिसेफ नुवाकोट

विश्वका १२० भन्दा बढी राष्ट्र«हरूमा यो हप्ताअर्थात अगस्त १–७ सम्म विविध कार्यक्रमहरूका साथ विश्व स्तनपान दिवस मनाइदैछ । हाम्रोे देशमा पनि ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्नेमूल नाराका साथ स्तनपान सप्ताह मनाईरहेका छांै ।
स्तनपानको मूल सन्देश भनेकै बच्चा जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्र स्तनपान गराउनू्, पूर्ण स्तनपान अर्थात ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चूसाउनू –पानी पनि दिनू पर्दैन) र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरि कम्तीमा २ बर्ष सम्म आमाको दुध पनि खुवाई राख्नु हो ।
आमाको दुध बच्चाको लागि अमृत समान हो । सूरुमा आउने विगौती दूधमा बिभिन्न रोगहरूसंग लड्ने प्रतिरोधात्मकतत्व हुन्छ जसले बच्चाहरूलाई झाडा पखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउछ ।
सजिलै पचाउन सक्ने आमाको दुधले शिशुको बृद्दि विकासमा ठूलो मद्दत पु¥याउछ । पूर्ण स्तनपान गराएको वच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ । वाल मृत्युदर कम गर्ने १५ कार्यक्रम मध्ये स्तनपान नं १ मा राखिएको छ । जसबाट वाल मृत्यूदर लाई १३ प्रतिशत ले कम गर्न सकिने सन् २०००८ मा लेन्सेटमा सिरीजमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।
बच्चाको लागि आमाको दुध जति पोषिलो र उत्तम खाना संसारमा कुनै पनि चिज बनेको छैन । स्तनपान गराउने स्वयम आमाको लागि पनि यो त्यतिकै हितकर छ । जन्मिने वित्तिकै दुध चुसाउदा सालनाल बाहिर निस्कन र सुत्केरी पछि हुने रक्तश्राव कम गराउन सहयोग पुग्दछ । पाठेघरलाई पहिलेकै ठाउमा फर्कन सहयोग गर्नुको साथै स्तनपान गानिने र स्तनको नली वन्द भई हुने समस्याबाट बचाउँछ । पूर्ण स्तनपान साथै २ बर्ष सम्म स्तनपान गरेको बच्चामा रोग लाग्ने दर कम हुनुको साथै आमाको पनि स्तन र पाठेघर को क्यान्सरको सम्भाबनालाई कम गराउछ ।
हाम्रो देशमा स्तनपान को अवस्था ः
जन्मेको १ घण्टा भित्र आमाको दुध चुसाउने बच्चाको संख्या १५ बर्ष अगाडि (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २००१ अनुसार २५ प्रतिशत मात्रै थियो । तर आज आएर यो संख्या ५५ प्रतिशतमा पुगेको छ । तर दुखःलाग्दो कुरा त्यति बेला ६८ प्रतिशत रहेको पूर्ण स्तनपान (६ महिना सम्म आमाको दुध मात्र ख्वाउने) को अवस्था ६८ प्रतिशत बाट घटेर अहिले ६६ प्रतिशत (नेपालको जनसांख्यीक स्वास्थ्य सर्बेक्षण २०१६) पुगेको छ । यो तथ्याङ्क ले के देखाउछ भने ः विकास संगसंगै पूर्ण स्तनपान गर्ने बच्चाहरूको संख्या घट्दै गइरहेको छ । यसमा सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । शिशू तथा वाल्यकालिन पोषण रणनीतिले सन् २०२० सम्ममा यसलाई ८० प्रतिशत पु¥याउने लक्ष्य राखेकोमा यो लक्ष्य प्राप्तीको लागि उपलब्ध कार्यक्रम र नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।
अबको बाटो ः
देशमा राजनीतिक परिवर्तन पपछि धेरैजसो काम कर्तब्य र अधिकारहरू स्थानिय तहमा गईरहेको सन्दर्भमा स्तनपानको लागि सहयोग, प्रर्बद्धन र संरक्षण गर्न स्थानिय सरकारले नै पहल गर्नूपर्ने देखिन्छ । यसको लागि निम्न कुराहरूमा ध्यानदिनु पर्ने अवस्था टड्कारो देखिन्छ ।
१. आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रि वितरण नियन्त्रण ऐन २०४९ तथा नियामावली २०५१ लाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । आजभोली आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुध, फरमुलामिल्कको बिक्रिबितरण र प्रयोग अत्याधिक भइरहेको छ ।
पढेलेखेका र शहरिया परिवारहरू पनि सजिलोको लागि पाउडर दुध ख्वाउने र कतिपय स्वास्थ्यकर्मीहरूले सूरुमै नवजात शिशुलाई पाउडर दुध ख्वाईदिने चलनले गर्र्दा ऐन नियमको कार्यन्वयन पक्ष फितलो देखिन्छ । साथै जन चेतनाको पनि अभाव दखिन्छ । यो ऐनलाई कडाइका साथ आप्mनो ठाउँ, अस्पताल र अस्पताल परिसरमा लागू गर्न स्थानिय सरकारले सरोकारवालासंग समन्वय गर्दै अघि बड्नु पर्ने आवश्यकता देखिन्छ ।
२. बालमैत्री अस्पतालको अवधारणा (द्यबदथ ँचष्भलमथि ज्यकउष्तब िक्ष्लष्तष्बतष्खभ) लाई देशव्यापी रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । देशका सबै अस्पताल र बर्थिग सेन्टरबाटै स्तनपानको सूरुवात गराई स्तनपान सम्बन्धि शिफारिस गरिएका ब्याबहारहरू लागु गराउनुपर्छ । सबै स्वास्थ्यकर्मीहरूलाई स्तनपान व्यबस्थपनको तालिम दिने र आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु जस्तै पाउडर दुधको प्रयोगलाई निरुत्साहित गनुपर्ने दखिन्छ ।
३. महिला कर्मचारीलाई प्रशुती बिदाको सूबिधा ६० दिनबाट बढाई अन्तराष्ट्रिय श्रम ऐन अनुसार ६ महिना बनाउनु पर्ने देखिन्छ ।
४. निजी संस्था, बिद्यालय, गैर सरकारी संस्थाहरूमा प्रशुती बिदालाई सुनिश्चत गर्न पैरवी गर्नुपर्ने देखिन्छ । आजपनि दिदीबहिनीहरू सुत्केरी भएपछि जागिरबाट निकालिने र गर्भवती भएपछि जागिर नै नपाउने तितो यथार्थ हामीले देखिरहेका छौ । जसले गर्दा बच्चा जन्मिएको १ महिना नपूग्दै काममा जानुपर्ने बाध्यताका कारण कयौं शिशूहरू पूर्ण स्तनपानबाट बन्चित रहेका छन् ।
५. सूरक्षित स्तनपान क्षेत्र र स्तनपानको समय छुट्याउनुपर्ने देखिएको छ । त्यसका लागि हरेक सरकारी, गैर सरकारी कार्यालय, निजी संस्था र सार्बजनिक ठाँउहरूमा स्तनपान गराउने ठाँउ र कामकाजी महिला कर्मचारीहरूलाई स्तनपान गराउने समय ब्रेक छुट्याएर स्तनपानलाई सहयोग र प्रबद्र्धन गर्न सकिन्छ ।
६. यसका लागि हाम्रौ जस्तो यो समुदायमा ब्यापक जनचेतनाको खााचो देखिएको छ । सामाजिक बानी ब्यबहारमा परिबर्तन गर्न समूदायका आमाहरू, सासूहरू, अगुवाहरूको बीचमा तथा नीति निर्माता तहसम्म आबश्यक छलफल र बहश चलाउनुपर्छ ।
आमसञ्चारका माध्यमहरूले स्तनपान सम्बन्धी जनचेतना अभिबृद्धी गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेछ । स्तनपानको सहयोग, प्रबद्र्धन र संरक्षणको लागि परामर्श समूह बनाइ हरेक समूदायमा स्तनपानको महत्व, बच्चा र आमाको सहि आशन, स्तनसम्पर्क र सिफारिश गरिएका ब्यवहार बारे छलफल र परामर्श लाई ब्यापक रुपमा अघि बढाउनुपर्ने देखिन्छ ।
यसैले सरोकारवाला निकायहरू, पत्रकारहरू, बुद्धिजीवि, स्थानिय सरकार र आमनागरिकहरू सबै मिलेर स्तनपानलाई दिगो बनाउन आजै देखि लागि परौं ।

Sunday, July 23, 2017

गणेश मन्दिरको मर्मत र सरसफाई

विदुर सिटी युथ क्लबको आयोजनामा विदुर नगरपालिका क्षेत्रमा तेश्रो सरसफाई सप्ताह सम्पन्न भएको छ ।
विदुर नगरपालिका भित्र रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सरसफाईलाई युथ क्लवले तेश्रो हप्तादेखि महाभियान नाम दिएर कार्य गर्दै आएको छ ।
यस अन्र्तगत विदुर नगरपालिका वडा नं. ४ मा रहेको गणेश मन्दिर परिसरमा हातामा सरसफाई र मर्मत गरेको अभियन्ता सुनिल श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियान अन्र्तगत मन्दिरको चारैतिर इट्टा ओछ्याउने काम पनि भएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर परिसरलाई क्लबले मर्मत सम्भार, फुल रोपण, मन्दिर पहिचानको लागि नामांकित बोर्ड समेत राखेको छ ।
मन्दिरको जिर्णेद्धार गर्न र मर्मतका लागि स्थानीय सजनकुमार श्रेष्ठले मिमेन्ट प्रदान गर्नुभयो । मर्मतका लागि स्थानीयहरुले श्रमदान गरेको आयोजक संस्था विदुर सिटी युथ क्लवले जनाएको छ ।