Monday, September 18, 2017

न्यायाधीशको प्रस्ताव ‘पेण्डुलम’

कपिलदेव खनाल
न्याय क्षेत्र समन्वय समिति नुवाकोटले भदौ ३०, २०७४ मा जिल्ला अदालत नुवाकोटमा राखेको बैठकमा तीन वटा अर्धन्यायिक निकायका प्रमुख नै उपस्थित भएनन् ।
    बैठकमा प्रमुख जिल्ला अधिकारी, मालपोत अधिकृत र जिल्ला वन अधिकृत नगएर प्रतिनिधि पठाए । बैठकमा जिल्ला अदालतका न्यायाधीश लोकजङ्ग शाह, श्रेष्तेद्धार महिमानसिंह विष्ट, नुवाकोट प्रहरीका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रकुमार बस्याल, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित र नुवाकोट वारका अध्यक्ष देवराज कँडेल उपस्थित थिए ।
    जिल्ला प्रशासन कार्यालयको तर्फबाट शाखा अधिकृत नन्दलाल शर्मा र जिल्ला मालपोत कार्यालयका तर्फबाट सुब्बा रामेश्वर धिमाल र जिल्ला वन कार्यालय बाट सहायक वन अधिकृत राजकुमार यादव सहभागी भए । प्रमुख जिल्ला अधिकारी बराल र मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठले ‘कार्य ब्यस्तता’ देखाएर बैठकलाई महत्व दिएनन् । वन अधिकृत पदमराज नेपाल शुक्रवार काठमाडौं रहेकोले बैठकमा अनुपस्थित रहे ।
    बैठकका लागि ७ वटा प्रस्ताव राखिएको भएपनि यस इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशित ‘अदालतले कानून मानेन’ शिर्षकको समाचारको विषय छलफल केन्द्रित गर्ने प्रयास गरिएको थियो । तर, समाचारले उठाएको विषयवस्तुसंग सरोकार राख्ने दुई वटा कार्यालयका प्रमुखले नै महत्व नदिएपछि प्रस्तावमाथी गतिलो छलफल हुनै पाएन । बैठकमा सहभागिका अनुसार न्यायाधीश शाहबाट प्रमुख जिल्ला अधिकारी उपस्थित हुनै पर्ने भन्दै केही बेर बैठकलाई अड्काए ।
    प्रमुख जिल्ला अधिकारीले प्रतिनिधि तोकेर पठाएपनि ‘प्रमुख जिल्ला अधिकारी नै चाहिने’ भन्दै न्यायाधीशले फोन गर्न लगाए । प्रशासनका शाखा अधिकृत शर्माले आफुले १५ पटक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा नउठेको जवाफ दिए । न्यायाधीशले १६ औं पटक पनि फोन गर्न उनलाई आग्रह गरेका थिए । त्यसबेला प्रजिअ बराल नयाँ शक्ति नुवाकोटले विदेशमा रहेकाले मतदान गर्न पाउने माग गर्दै ल्याएको ज्ञापन पत्र बुझेर बसिरहेका थिए ।

उता, जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठ पनि कार्यालयमै थिए । लालपुर्जामा सही गरेर बसीरहेका उनीले पनि ५५ मिटर पर अदालतमा चलिरहेको बैठकमा ‘जानै भ्याएनन्’ ।
    प्रमुख जिल्ला अधिकारीे र मालपोत प्रमुख बैठकमा सहभागि नभएपनि सुरु भएको वैठकमा बारका अध्यक्षले आफ्नो धारणा राखी बाहिरिए । बैठकमा रहेका सदस्य पनि हिड्ने र जिम्मेवार ब्यक्तिनै बैठकमा सहभागि नहुने भएपछि अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले प्रस्ताव सुनाएका थिए । ७ वटा प्रस्ताव मध्ये सातौं नम्वरमा ‘अदालतको नाममा दर्ता हुुपर्नेे जग्गाको पत्रिकाबाजी’ को विषय थियो । उक्त सूचना कसरी बाहिर गयो र समाचार बन्यो भन्ने विषयमा छलफल गर्न प्रस्ताव राखिएको थियो ।
    प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखले अदालतलाई नटेरेको रेडिमेड धारणा सहित बसेका जिल्ला न्यायाधीश ‘आक्रोश पोख्ने मुडमा’ देखिएपनि प्रमुख जिल्ला अधिकारी र मालपोत प्रमुख नआएपछि प्रस्ताव पेण्डुलम भएको ति सहभागि सदस्यले बताए । 
    त्यस्तै, आफ्नो नियममित र कार्यक्षेत्र भित्रै रहेको अर्धन्यायिक निकायको अनुगमन गर्न पाउने कार्यलाई पनि जिल्ला न्यायाधीशले प्रस्तावका रुपमा बैठकमा राखे । छटौं नम्वरमा रहेको अर्धन्यायिक निकायको कामको छड्के जाँच गर्ने र आकस्मिक अनुगमन गर्ने प्रस्ताव पनि सुनाउने काम मात्रै भएको श्रोतको दावी छ । उक्त निर्णय गराउने भन्दा पनि प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखलाई सुनाएर मनोबैज्ञानिक दवाब सृजना गर्ने र जग्गा अदालतको नाममा दर्ता गराउने मनोविज्ञान न्यायाधीशको रहेको बताइएको छ ।
    ‘पाँच वटा प्रस्तावहरू सामान्य र अघिल्लो पटक नै बैठकबाट निर्णय भइसकेको विषयलाई फेरि प्रस्ताव बनाएर ल्याइएको थियो, श्रोत भन्छ – ‘अन्य प्रस्ताव बाहाना थिए, प्राथमिकता र केन्द्रित चााही अघिल्लो हप्ताको समाचार नै थियो ।’ 
    बैठकमा सहभागि अर्का एकले न्यायाधीश र श्रेस्तेदारले गर्ने कार्य र व्यवहारको विषयमा नागरिक जानकार हुन नहुने र पत्रकारले चासो राख्न र लेख्न नपाउने तानाशाह शैलीको बाटोमा हिडेको टिप्पणी गरे । यी सबै बिषयलाई उनीहरू अदालतको अपहेलनाको ‘भुत’ देखाएर तर्साउने कोशिषमा रहेको  उनको भनाई छ । ‘सूचना बाहिरिएको विषयलाई बैठकको प्रस्ताव बनाएर नागरिकको सूचनाको हक संकुचित गर्ने मनशायमा न्यायाधीश देखियो’ उनले भने । 

किन गएनन् सिडिओ, मालपोत र बन अधिकृत ?
न्यायाधीशको ‘इन्ट्रेष्ट’मा शुक्रवार बसेको न्याय क्षेत्र समन्वय समितिको बैठकको जानकारी प्रमुख जिल्ला अधिकारी जगदीशराज बराललाई बुधवार नै थियो । लिखित रुपमा पत्र प्राप्त हुँदा पनि उनले बैठकमा सहभागि हुने रुची पटक्कै नदेखाएको प्रशासनको एक कर्मचारीले बताए ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रही जिल्ला अदालतको आवसीय भोग चलनमा रहेको जग्गा आफ्नो नाममा नामसारी गरिदिन जिल्ला अदालतले मालपोत कार्यालयलाई कानून विपरित दवाव दिएपछि प्रमुख जिल्ला अधिकारी जिल्ला न्यायाधीश लोकजङ्ग शाह र श्रेष्तेदार महिमानसिंह विष्टसंग नकारात्मक बनेको कर्मचारीहरू बताउछन् । यही बारेमा अदालत र जिल्ला प्रशासन कार्यालयको पत्र गृह मन्त्रालयसम्म आउने जाने क्रम सुरु भएको छ ।
    पटक पटक मालपोतलाई जग्गा दर्ता गर्न लिखित र मौखिक दवाव दिएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले यो विषयलाई लिएर गृह मन्त्रालयसंग समेत परामर्श थालेको छ । श्रेष्तेदार विष्टले टिप्पणी उठाउने र जिल्ला न्यायाधीशले सोही टिप्पणी माथी फैसला गर्दै प्रशासनको जग्गा अदालतको नाममा गर्न निर्देशन दिएपछि प्रजिअ ‘अदालतले कानून अवलम्वन नगरेको’ भन्दै विपक्षमा उभिएका छन् । उनीलाई अदातलका श्रेस्तेदार महिमानसिंह विष्टले यो विषयमा भेटेरै जग्गा अदालतको नाममा नभए ‘अपहेलनामा कारबाही गर्ने’ भनेर धम्क्याएका छन् ।
    अदालतको अपहेलनालाई अगाडी सारेर त्रास सृजना गर्ने र अबैध रुपमा जग्गा कब्जा गर्ने रणनीतिमा लागेको जिल्ला न्यायाधीश र श्रेष्तेदारबाट न्याय नहुने भन्दै प्रजिअ जगदीशराज बराल बैठकमा सहभागि भएनन् । समाचार श्रोतका अनुसार शुक्रवारको बैठकमा न्यायाधीश लोकजङ्ग शाह जग्गा लिइ छाड्ने ढङ्गबाट उत्रने र आफु प्रक्रृया भन्दा बाहिरबाट जग्गा दिन नचाहने भएकोले सम्भावित चर्काचर्कीको अनुमान गर्दै बराल बैठकमा अनुपस्थित भएको अनुमान छ । मालपोत निमित्त प्रमुख बुद्धि लाल श्रेष्ठले पनि बैठकमा नजाने विषयमा केही व्यक्तिसित परामर्श गरेको बुझिएको छ । बैठकमा सहभागि हुँदै जग्गा दर्ता नगरेको विषयमा सिधै न्यायाधीशको हप्की खानु पर्ने भएकोले उनले प्रतिनिधि पठाउने उपाय निकालेका हुन् ।
    उनलाई प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागि नहुने जानकारी अनौपचारिक रुपमा थियो । प्रमुख जिल्ला अधिकारी समेत बैठकमा नजाने भएपछि उनलाई प्रशस्त बल मिलेको थियो । जग्गाको विषयमा निमित्त प्रमुख श्रेष्ठ पेलिएका छन् ।
    प्रशासनले पत्रचार गरेर फिल्डबुकमा आफ्नो नाममा दर्ता रहेको उक्त जग्गाको पुर्जा आफ्नो नाममा मागिरहेको छ । जिल्ला अदालतले २०२८ सालदेखि आफ्ना कर्मचारीले भोगचलन गर्दै आएकोले अदालतकै नाममा पुर्जा बनाउन निर्देशन दिएको छ ।
    यो विषयमा निर्णय लिन नसकेपछि मालपोतका निमित्त प्रमुखले यसको फाईल विभागमा पठाएका छन् । तर, अदालतको आदेश पालना नगरेको भन्दै निमित्त प्रमुख श्रेष्ठलाई अपहेलनामा कारबाही गर्ने र जागिरबाटै हटाउन प्रक्रृया थालिने भनेर अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले मौखिक रुपमै धम्याएका छन् । 
    प्रमुख जिल्ला अधिकारी बराल जस्तै निमित्त प्रमुख श्रेष्ठ पनि अदालतले प्रक्रिया भन्दा बाहिरबाट जग्गा हडप्न खोजेको र मानासिक रुपमा तनाव दिएको बताउँछन् ।
(श्रेष्ठलाई धिम्किदिएको बारेमा इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशन भएको छ ।)

न्यायाधीश सिडिओ सम्बन्ध
जिल्ला न्यायाधीश लोकजङ्ग शाह र प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको सम्बन्ध चिसिएको छ । औपचारिकताका लागि सामान्य बोलचालमा रहेको उनीहरू एकअर्कालाई आमनेसामने देख्न रुचाउदैनन् । दुई बीचको चिसो सम्वन्ध सार्वजनिक रुपमै देख्न थालिएको छ । अदालत र प्रशासनबीच अहिले मौखिम संवाद भन्दा पत्र संवाद गहिरो छ  । न्यायाधीश र प्रजिअ साउन ४, २०७४ यता मौखिक भन्दा पत्रबाट बढी बोलिचाली गर्दै आएका छन् ।
    जगदीशराज बराल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न नुवाकोट आएको आज सोमवार १०० दिन भएको छ । त्यस्तै जिल्ला न्यायाधीश लोकजङ्ग शाह नुवाकोट आएको सात महिना भएको छ । न्यायाधीश शाह यस अघि २०६५ सालमा सरकारी वकिलको कार्यालय नुवाकोटमा सरकारी वकिलको पदमा कार्यरत थिए । उनी ८ महिना पछि  २०६६ को सुरुको समयमै नुवाकोटबाट न्यायाधीश पदमा बढुवा भई बर्दिया जिल्लामा सरुवा भएका थिए । 
    भदौ १९, २०७४ मा जिल्ला अदालत नुवाकोटको भवन शिलान्यस समारोहमा न्यायाधीश शाहले प्रजिअ बराललाई ‘इग्नोर’ गरे । प्रधानन्यायाधीश गोपाल पराजुली सहभागि गरिमामय सभामा स्वागत मन्तब्य दिन उभिएका न्यायाधीशले सामान्य कर्मचारीलाई समेत सम्वोधन गरे,
 तर प्रमुख जिल्ला अधिकारी बराललाई गरेनन् । आफ्नो मन्तब्य टुङ्याएर प्रजिअको नाम छुटेकोमा न्यायाधीशले माफी माग्दा हल हाँसोले गुञ्जियो ।
    सोही कार्यक्रममा नुवाकोट वारका कुनै पनि पदाधिकारी उपस्थित भएनन् । उक्त भब्य कार्यक्रममा बारको पदाधिकारी सहभागी नहुनुले बार–बेञ्चको दुरी बढ्दै गएको शंकेत गरेको छ । अपमानको महसुस गरेका प्रमुख जिल्ला अधिकारी बराल कार्यक्रम पछि एक्लैजस्तो बसेका थिए । कार्यक्रममा सम्वोधन छुटेको विषयमा र कार्यक्रमको विषयमा न्यायाधीश र प्रमुख जिल्ला अधिकारी बीच पछि सामान्य भलाकुसारी पनि भएन । प्रमुख जिल्ला अधिकारी बराल प्रधानन्यायाधीश गोपाल पराजुलीका स्वकिय सचिव रामप्रसाद पौडेलसंग छुट्टै टेबुलमा बसेर खाजा खाए र होटलबाट बाहिरिए ।
    त्यसको तीन दिन पछि भदौ २२ गते बिदुरमा आयोजित निजामती कर्मचारी दिवसमा विशेष अतिथिको आसनमा रहेका न्यायाधीशलाई ‘कम्फर्ट’ देखिएको थिएन । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्तब्य राख्ने क्रममा न्यायाधीश शाहले उक्त कार्यक्रममा विशेष अतिथिको भुमिकामा राखिएको प्रति पटक पटक आयोजकलाई विशेष आभार सहित धन्यवाद दिए । कार्यक्रमा सहभागि निजमती कर्मचारीहरूका अनुसार न्यायाधीशलाई विशेष अतिथि बनाइएकोमा भित्री पिडा थियो ।
    उक्त कार्यक्रमको सभापति प्रमुख जिल्ला अधिकारी बरालनै थिए । सो कार्यक्रममा बोल्नेका लागि माइक र स्पिकर नराखिएको प्रति पनि न्यायाधीश शाहले आयोजकलाई ब्यङ्ग्य गरेका थिए ।   

आजबाट महोत्सव सुरु

त्रिशुली, नेपालीहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्सव–२०७४’को तयारी तिब्र बनाएको छ । महोत्सवको उद्घाटन आज सोमवार भब्य समारोहका बीच त्रिशुली स्कुलको खेल मैदानमा हुनेछ ।
    ‘विबिध सास्कृति मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको आज सोमवारदेखि ११ गतेसम्म  सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्वस–२०७४’को आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि एक सय २५ वटा स्टल निर्माण भएको छ । 
    महोत्सवको स्टलमा दशैको लागि आवश्यक सबै खाद्य सामाग्री राख्ने व्यवस्था आयोजकले मिलाएको छ । मेलामा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी, चामल, ग्याँस लगायतका सामाग्री राख्ने बताइएको छ । मेलामा राखेको ग्याँसको मूल्य अहिले बजारमा तिर्नुपर्ने मूल्य भन्दा केहि सस्तो हुने आयोजक समितिका संयोजक शिब खड्गेले बताउनु भयो । 
    यस्तै, महोत्सवमा सहभागिहरूलाई चर्चित हास्य कलाकार, लोक गायक, आधुनिक तथा पप गायकहरूले पनि भरपूर मनोरञ्जन दिने महोसत्व आयोजक समितिका सल्लाहाकार नबिन्द्रमान प्रधानले बताउनु भयो । 
    महोत्सवमा स्थानीय सिपकला, चित्रकला, बास्तुकलाका सामाग्रीहरू, लत्ताकपडा, खाद्यान्न सामाग्रीको सहज उपलब्धता मिलाउन आयोजकले उपसमिति गठन गरेर काम अगाडी बढाएको छ । 
    दोश्रो नुवाकोट दशैं महोत्वसमा नुवाकोट र रसुवाका नागरिकहरूलाई दशै र तिहार पर्वको लागि एकै स्थानबाट आवश्यक सामाग्रीहरूको सहज उपलब्धता गराउने लक्ष्य रहेकाले दशैको किनमेलको लागि उपयुक्त स्थानको रुपमा महोत्सव आयोजना गरिएको स्थलान त्रिशुली स्थित त्रिभुवन त्रिशुली माबिको खेल मैदानमा करीब ५० हजार अवलोकनकर्तालाई भित्र्याउने आयोजकले बतायो ।
    चाडपर्वलाई लक्षित गरी आवश्यक सबै प्रकारको सामाग्रि राखेर सञ्चालन गर्न लागिएको महोत्वसले सस्तो र सुलभ बजार तथा चाडपर्वको समयमा हुँदै आएको कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने महोत्वस आयोजक त्रिशुली युथ स्पोर्टस् क्लबका अध्यक्ष शिव खड्गेले जानकारी दिनुभएको छ ।
    महोत्सब स्थलसम्म जानको लागि सार्वजनिक यातायातका साधनको समेत व्यवस्था मिलाइ सकेको आयोजकले जनाएको छ । चाडपर्वको समयमा बजारमा आएका नयाँ उत्पादित लत्ता कपडा, विद्युतीय, खाद्यान्न समाग्रिको समेत स्टलहरूमा राख्ने आयोजकले जनाएको छ ।
    महोत्सवमा शिखरवेशीको चामल, ककनीको मुला, जिल्लाको विभिन्न गाँउमा उत्पादन हुदै आएको ट्राउट माछा, राख्ने आयोजकले जनाएको छ ।

विश्व किर्तिमानको तयारी

विदुर, नुवाकोटको एक व्यक्ति ८४ घण्टासम्म लगातार प्रवचन दिएर विश्व किर्तिमान कायम गर्ने तयारीमा रहेका छन् ।
    शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुका ४५ वर्षिया अनन्तराम केसीले वल्र्ड रेकर्ड तोड्नका लागि आफ्नो कार्यक्रम राख्नुभएको छ । उहाँले असोज १९ गतेबाट काठमाडौंको टेक्सास इन्टरनेशनल कलेज चावहिलमा गिनिज वल्र्ड रेकर्डका लागि आधिकारीक व्यक्तिहरूको उपस्थितिमा प्रवचन दिनुहुने छ ।
    योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न लाग्नु भएको हो ।
    यस अघि भारतका एक व्यक्तिले यही विधामा ७५ घण्टा ३२ मिनेट प्रवचन दिएर विश्व किर्तिमान काय गरेका थिए । उनको यो रेकर्डलाई फराकिलो समय अन्तरले तोड्नका लागि नुवाकोटका अनन्तराम केसी लाग्नुभएको हो ।
    गिनिज बुकमा वल्र्ड रेकर्ड कायम गराएर नाम लेखाउनका लगि उहाँले काठमाडौंमा आयोजना गर्नुभएको उक्त समारोहका लागि झण्डै २३ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

शहरी खानेपानी आयोजनामा अनियमितता

विदुर, विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना मार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको पाइएको छ ।
    प्रयोग गर्नु पर्ने भन्दा कम गुणसतर र कम क्षमताको पाइप राखेको उपभोक्ताले पत्ता लगाएपछि अहिले केठेदार कम्पनीले उक्त पाइप रातारात फेरेको छ । तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ताले बताएका छन् ।
    ठकेदेरालाई यो विषयमा जानकारी गराउदा पनि जवर्जस्ती पाइप पुरको थियो । तीन दीन अघि प्राविधिक सहित उपभोक्ताहरूले पाइपको गुणस्तर र सम्झौतामा भएको शर्त जाँच गर्दा बसमासी गरेको पाइएको हो ।
    स्थानीय मानबहादुर डंगोलका अनुसार काममा बदमासी भएको प्रमाणित भएपनि ठकेकेदार कम्पनीले पाइप रातारात बदलेर फेरि पुरेको छ । यो घटनासंगै विदुर नगरपालिका भित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना अनियमितता भईरहेको कुरा बाहिर आएको छ ।
    करिब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त आयोजनामा अनियमितताको विवाद भएपछि केही दिन काम प्रभावित भएको थियो । आयोजना अन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका थिए ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तार अन्तर्गत विदुर नगरपालिका–५ पीपलटार सहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै उपभोक्ताले विरोध जनाएका हुन् ।
    तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना मार्फत ठेकेदार कम्पनी टुण्डीले गरिरहेको निर्माण कार्य पारदर्शिता नभएको र सञ्चालन कार्यक्रम बारे उपभोक्तालाई नै जानकारी नभएको एक जना स्थानीय उपभोक्ताले बताएका छन् । विदुर नगरपालिकाका विभिन्न वडाका करिब ५८ सय घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्य सहित भइरहेको काम उपभोक्ताको सहमति अनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ ।
    निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमति अनुसार काम नभएको प्रमाण सहितको गुनासो आएकाले बताउनुभएको छ । उहाँले आफुले हेर्दा पनि कम क्षमताको पाइप हालेको पाइएकोले छानबिन गर्नुपर्नेमा जोडदिनुभयो ।
    यसरी एक ठाउामा अनियमितिा भेटिएपछि उक्त कम्पनीले अन्य स्थापनमा पुरेको पाईपको क्षमता माथी पनि उपभोक्ताहरूले शंका गरेका छन् । तल्लो पिपल्टारमा पानकिो पाइपको विषयमा राम्रो जानकारी रहेको एक उपभोक्ताको घर अगाडी पर्दै गरेको पाइप उनले हेरेपछि यो रहस्य बाहिर आएको हो । ति उपभोक्ताले कम क्षमताको पाइप नहाल्न आग्रह गर्दा पनि नमाने पछि स्थानीयहरूले दुई दिनसम्म काम रोक्न लगाएर प्राविधिक झिकाउनु परेको थियो । 
एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले यो आयोजना र सडक विस्तारको आयोजनाको नाममा त्रिशुली र तादी खोलाबाट ढुङ्गा बालुवा अवैध रुपमा निकासी गर्दै आएको समेत स्थानीयहरूले बताएका छन् । सडक र खानेपानी आयोजनाको नाममा खोलामा थुपारेको सामाग्री विक्रिमा पठाएको र त्यो काम भन्दा बाहिर प्रयोग गरेको स्थानीयहरूले देखेका छन् । 

नदी तस्करीमा बृद्धि, रोक्ने कोहि भएनन्

विदुर÷नुवाकोटको त्रिशुली, तादी र लिखु नदीमा अवैध रुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन् नरोकिदा नदी आसपासका एकहजार रोपनी खेतियोग्य जमिन कटान हुनुका साथै पांच सय घरधुरी जोखिममा परेका छन् ।
    नुवाकोटको त्रिशूली,  तादी, सामरी र लिखु खोलासहित अन्य खानीबाट मापदण्ड विपरित रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन, चोरी र कालोवजारी  बढेको स्थानीयवासी हरूले बताएका छन् ।
    अवैध क्रसरलाई कारवाहीको माग गर्दै  विदुर नगरपालिका वडा नं. ५ माझीटार, पिपलटार र वेलकोटगढी नपा वडा नं. १२ मालाकोट घोडघाडका स्थानीयले जिल्ला समन्वय समितिको कार्यालयमा अबैध कार्य रोक्नका लागि उजुरी दिएपनि कुनै सुनुवाई नभएको स्थानियहरूले बताएका छन् ।
    जिल्ला समन्वय समिति नुवाकोटले असार, साउन र भदौ महिनामा नदीमा कुनै पनि उपकरण प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन वन्द गरेको छ । तर, त्यसको उल्लंघन भइरहेको छ ।
    नदीमा रातीको समयमा नदीमा अवैध रुपमा स्काभेटरको प्रयोग गरेर वालुवालगायतका सामग्रीको अवैध उत्खनन् भइरहेको वेलकोटगढी नपा वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालले बताउनुभयो । नुवाकोटका नदीहरूमा रातको समयमा ११ वजेदेखि विहान चार बजेसम्म अवैध रुपमा एकसय भन्दा बढी स्काभेटरले वालुवा झिक्ने गरेको स्थानीय वताउँछन् ।
    त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीमा जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ कानुन अनुसार उत्खनन् गर्न पाइने गरी ठेक्का लगाएको भएपनि रातको समयमा नदीबाट एक्साभेटरको प्रयोग गरी उत्खनन् भइरहेको विदुर नगरपालीकाका प्रमुख सन्जु पण्डितले वताउनुभयो ।  त्रिशूली  खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिङ, चौघडामा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेकोमा स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वय गरि रोक्नु पर्ने बताउनु भयो ।
    विभिन्न खोला नालाबाट दैनिक नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन भने मौन रहदै आएको छ । केहि समय अगाडी नदी उत्खनन् भएको र क्रसर ब्यबसायीहरूले निर्माण जन्य सामाग्रीहरूमा अत्याधिक  भाउ बढाएको भन्दै नियन्त्रण र मुल्य निर्धारण गर्नको लागी समिति समेत बनेको थियो । समितिले नुवाकोटमा निर्माण जन्य सामाग्रीहरूको मुल्य निर्धारण गरेता पनी नागरिकह्रूले भने अत्याधिक दरभाउ तिर्न बाध्य भएका छन् । 
    प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।  प्रहरीले कारवाहीका नाममा वालुवा वोकेका केहि ट्रिपर र स्काभेटरलाई नियन्त्रणमा लिएर धेरै ट्रिपरलाई उन्मुक्ति दिँदै आएको जनप्रतिनिधिको भनाई 
रहेको छ ।
    तर, अवैध कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । अबैध नदी उत्खनन् हुन नदीनको लागी सम्भाबित स्थान वरपर रातको समयमा पनी प्रहरी परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Thursday, September 14, 2017

१८ घण्टा पछि आंशिक आपुर्ती

ईमेज साप्ताहिकको कार्यालयमा घुम्न थालेको सिलिङ्ग फ्यान
नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा बुधवार राती आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएकोमा १८ घण्टापछि आंशिक रुपमा सूचारु भएको छ ।
               बुधबार राति १० बजे त्रिशूली स्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको थियो । दिउँसो ४ बजेबाट विदुरमा बत्ति सुचारु भएको छ । तर बट्टार लगायतका अन्य प्रायः स्थानमा बत्ति आउने जाने भइरहेको छ । 
                    आगलागीका कारण नुवाकोटको आधा भन्दा बढी भुभागमा विद्युत् आपुर्ती बन्द थियो । त्यस्तै रसुवाको तल्लो भाग र धादिङ्गमा समेत बुधवार राती देखि नै विजुली बत्ती आपुर्ती भएको छैन । मर्मत पछि आपुत्र्ति सहज हुने र त्यसका लागि अझै दुई दिन लाग्ने बताइएको छ ।
                आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पु¥याएकाले त्रिशूली जलविद्युत् केन्द्र मार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको छ । केन्द्र मार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुर सहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध छ ।
               त्यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका, उत्तरगया गाउँपाकिला, नौकुण्ड गाउँपालिमा पनि विजुली बत्ति आपुर्ती भएको छैन । धादिङको नेत्रावती गाउँपालिका लगायतका स्थानमा समेत विद्युत् सेवा अबरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
                विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत् गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले बुधवार राती करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिनुभएको छ ।
               आगलागीले पुर्याएको क्षति झण्डै एक करोड रुपैयाँ बरावरको रहेको छ । केन्द्र प्रमुख पण्डितका अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति भएको र सातमध्ये केही फिडरमा क्षति भएको देखिएको छ ।
               आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको १५ लाख रुपैयाँ र वितरण फिडरको १० लाख रुपैयाँ पर्ने भएकाले सबैको मुल्याङ्गकन गर्दा झण्डै एक करोडको क्षति भएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले बताउनुभयो । ममतृका लागि दुई दिन लाग्ने अनुमान गरिएकोमा १८ घण्टामा आंशिक आपुर्ती भएको छ । उपकरण नै परिवर्तन गर्नु परेकोले पुर्ण रुपमा विद्युत् आपुर्तीमा समय लाग्ने बताइएको छ ।
                    विजुली बत्ति नहुँदा बिहिवार दिनभरी नै अत्यावश्यक सेवाहरु प्रभावित भएको थियो । अस्तलामा चिसो बनाएर राख्नुपर्ने औषधिदेखि मेसिन प्रयोग गरेर गर्नुपर्ने सबै उपचारहरु बन्द भएका थिए । पेट्रोल पम्पहरुमा इन्धन भर्नका लागि अप्ठ्यारो भएको थियो । केही पम्पले जेनेरेट प्रयोग गरेर सेवा पु¥याएका थिए ।
               बत्ति अभावमा ट्याङ्कीबाट पानी तान्न नसक्दा घरघरमा पानीको अभाव देखिएको छ । जिल्ला भ्रमण र कामकाजको लागि होटलमा बसोवास गरिरहेको बाहिरका नागरिकहरु आफ्नो कामकाज र भ्रमण छोट्याएर फर्किएका छन् ।
                ईन्टरनेट तथा मोवाइल फोनमा समेत समस्या आएको छ । नेटवर्क नहुने र फोन नलाग्ने जस्तो समस्याका कारण दोहोरो सम्पर्क पनि टुटेको थियो ।

विद्युत् आपुर्तीको लागि अझै दुई दिन लाग्ने, जनजीवन अस्तब्यस्त बन्दै

नुवाकोट । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा बुधवार राती आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएकोमा अहिले सम्म सूचनारु हुन सकेको छैन । बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।
    आगलागीका कारण नुवाकोटको आधा भन्दा बढी भुभागमा विद्युत् आपुर्ती बन्द भएको छ । त्यस्तै रसुवाको तल्लो भाग र धादिङ्गमा समेत बुधवार राती देखि नै विजुली बत्ती आपुर्ती भएको छैन । मर्मत पछि आपुत्र्ति सहज हुने र त्यसका लागि अझै दुई दिन लाग्ने बताइएको छ ।
आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पु¥याएकाले त्रिशूली जलविद्युत् केन्द्र मार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको छ । केन्द्र मार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुर सहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध छ । त्यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका, उत्तरगया गाउँपाकिला, नौकुण्ड गाउँपालिमा पनि विजुली बत्ति आपुर्ती भएको छैन । धादिङको नेत्रावती गाउँपालिका लगायतका स्थानमा समेत विद्युत् सेवा अबरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत् गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले बुधवार राती करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिनुभएको छ ।
आगलागीले पुर्याएको क्षति झण्डै एक करोड रुपैयाँ बरावरको रहेको छ । केन्द्र प्रमुख पण्डितका अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति भएको र सातमध्ये केही फिडरमा क्षति भएको देखिएको छ ।
आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको १५ लाख रुपैयाँ र वितरण फिडरको १० लाख रुपैयाँ पर्ने भएकाले झण्डै एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले बताउनुभयो । उहाँका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन अझै दुई दिन लाग्ने छ ।
विजुली बत्ति नहुँदा अत्यावश्यक सेवाहरु प्रभावित हुन थालेको छ । अस्तलामा चिसो बनाएर राख्नुपर्ने औषधिमा समस्या परेको छ । मेसिन प्रयोग गरेर गर्नुपर्ने सबै उपचारहरु बन्द भएका छन् । पेट्रोल पम्पहरुमा इन्धन भर्नका लागि अप्ठ्यारो सुरु भएको छ । प्रायः स्थानीय एफएम स्टेशन र एउटा टेलिभिजन स्टेशनहरु बन्द भएका छन् । रेडियो त्रिशुली नियमित सञ्चालनमा रहेको छ ।
शहरी क्षेत्रमा बत्ति अभावमा ट्याङ्कीबाट पानी तान्न नसक्दा घरघरमा पानीको अभाव देखिएको छ । जिल्ला भ्रमण र कामकाजको लागि होटलमा बसोवास गरिरहेको बाहिरका नागरिकहरु आफ्नो कामकाज र भ्रमण छोट्याएर फर्किएका छन् । होटलहरुमा आन्तरिक पर्यटकहरुको बसोवास र चहल पहल ह्वात्तै घटेको छ ।
ईन्टरनेट तथा मोवाइल फोनमा समेत समस्या आएको छ । नेटवर्क नहुने र फोन नलाग्ने जस्तो समस्याका कारण दोहोरो सम्पर्क पनि टुटेको छ ।

Monday, September 11, 2017

छुटेको शिर्षकमा बजेट विनियोजन

बेल्कोटगढी । बेल्कोटगढी नगरपालिकाको गत असार ३० गते सम्पन्न नगरसभामा प्रस्तुत भएको योजना तथा कार्यक्रमको बजेट कटौती हुने भएको छ ।

नगरसभाले पारित गरेको बजेटमा कृषि, भेटेरीनरी र वन पैदावार सम्वन्धी शिर्षकमा बजेट विनियोजन नभएकाले नगर कार्यपालिकाको वैठकले ती शिर्षकहरुमा १५ प्रतिशत बजेट विनियोजन गर्ने निर्णय भएको छ ।
बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले गत असारमा सम्पन्न नगर सभामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्प्रष्ट निर्देशन नआउँदा कृृषि, पशु र वन सम्वन्धी शिर्षकमा बजेट विनियोजन नभएपछि नगर कार्यपालिकाको गएको सोमवारको वैठकले १५ प्रतिशत बजेट छुट्याउने निर्णय गरेको हो ।
नगरपालिकाको यो निर्णयसँगै नगरपरिषद्ले विनियोजन गरेको हरेक योजनामा १५ प्रतिशत रकम कटौती हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी ग्रामीण सडक मर्मत गरी आवतजावतलाई सहज बनाउन हरेक वडालाई तीन लाख रुपैयाँ थप अनुदान दिने भएको छ ।
चाडपर्वको बेला नगरपालिकाका सबै वडाका प्रमुख सडक मर्मत गरी यातायात सुचारु गर्नको लागि नगरपालिकाले सो रकम विनियोजन गरेको नगरपालिकाका प्रवक्ता पशुपति लोहनीले जानकारी दिनुभयो ।

यसैवीच, बेलकोट गढी नगरपालिकामा कायम गरिएको दरवन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । कर्मचारीको अभाव भएसँगै संयुक्त रुपमा सञ्चालन हुँदै आएको वडा कार्यालयहरुलाई छुट्याएर समुदायलाई नजिकै सेवा दिने कामबाट नगरपालिका चुकेको टीपपणी भएको छ । बेलकोटगढी नगरपाकिलाको साविकको बेलकोट गाविसको तीन वटा वडाको काम अझै पनि संयुक्त वडाबाट हुँदै आएको छ ।

त्यस्तै नगरपालिकामा पनि विषयगत कार्यालयका शाखामा कर्मचारी नजाँदा समस्या उत्पन्न भएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकामा आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न प्रमु्ख जिल्ला अधिकारीलाई आग्रह गरेपनि कर्मचारी खटनपटनमा प्रशासन असफल हुँदै आएको प्रमुख खनालले बताउनुभयो । पटक पटक कर्मचारी व्यवस्थापनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई अवगत गराउँदा समस्याको समाधान नभएको उहाँले बताउनुभयो ।

‘अदालतले कानुन मानेन’

कपिलदेव खनाल
विदुर नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रही जिल्ला अदालतको आवसीय भोग चलनमा रहेको जग्गा आफ्नो नाममा दर्ता नामसारी गरिदिन नुवाकोट जिल्ला अदालतले मालपोत कार्यालयलाई कानून विपरित दवाव दिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले गृह मन्त्रालयमा पत्राचार गरेको छ । विदुर स्थित (पत्रकार महासंघको भवन पछाडी) ११ आना जग्गाको विषयमा आपसी सहमती जुटाउन नसक्दा दुई कार्यालयको ‘टसल’को कारण अहिले अदातलनै कानून नमान्ने सरकारी कार्यालयको रुपमा प्रमाणित भएको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा फिल्डबुक दर्ता कायम भएको जग्गा भोग चलन गरिरहेको आधारमा जिल्ला अदातल नुवाकोटले मालपोत कार्यालयलाई आफ्नो नाममा गर्न माग गरेको थियो । मालपोतले जग्गा नामसारी गर्न नमिल्ने जवाफ दिएपछि जिल्ला न्यायाधिश लोकजङ्ग शाहले टिप्पणी फैसला गर्दै मालपोतलाई आदेश दिए– ‘जग्गा अदातलको नाममा दर्ता गरिदिनु ।’ फेरि मालापोत कार्यालयले दर्ता नामसारी गरिदिन नसक्ने जनाएपछि अदालतका श्रेस्तेदारले जिल्ला मालपोत कार्यालयलाई बारम्वार धम्कीपुर्ण पत्र लेखे । ‘मलाई त श्रेस्तेदारले मानसिक तनाव दिइरहेका छन्, मेरो जागिर समेत खोस्ने घम्की दिएका छन्’ जिल्ला मालपोत कार्यालयमा निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठ भन्छन्– ‘दिनकै फोन गरेर अत्याउने काम गरिन गरेका छन्  अदालतका श्रेस्तेदार महिनामसिंह विष्टले ।’
    जिल्ला प्रशासन कार्यालय समेतलाई वोधार्थ दिई अदालतले पटक पटक पत्र लेखेपछि जिल्ला प्रशासन कार्यालयले साउन ४, २०७४ मा गृह मन्त्रालयलाई अदालतको ‘धम्कीपूर्ण’ सबै पत्रहरु सहित पत्राचार गरेको छ । यसको जानकारी पाएपछि फेरि जिल्ला अदालत नुवाकोटले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर थप दवाव दिएको छ ।
   जिल्ला प्रशासन कार्यालयको नाममा फिल्डबुकमा दर्ता कायम भएको जग्गा जिल्ला अदालतले आफ्नो नाममा सार्न दवाव दिन थालेपछि प्रशासनले गृह मन्न्त्रालयलाई गरेको पत्राचारमा मालपोत कार्यालयलाई पनि बोधार्थ दिइएको छ । र उक्त वोधार्थमा प्रशासनले आफ्नो नाममा रहेको जग्गाको पुर्जा उपलब्ध गराउन मालपोतलाई आग्रह गरिएको छ ।
    यसरी अदालतलेनै कानून मान्न छाडेको र दवावमा उत्रिएको ब्यहोराको पत्र प्रशासनले मन्त्रालयलाई लेखेको १९ दिनपछि अदातले अर्को पत्र लेखेर मालपोत कार्यालयलाई थप दवाव दिएको छ । जिल्ला प्रशासन कार्यालयको नाममा लेखिएको पत्रमा मालपोत कार्यालयलाई बोधार्थ दिएर अदालतले भनेको छ ः ‘समयमै उक्त जग्गा अदातलको नाममा नामसारी गरिदिनु ।’ दुवै पट्टिको दवाव थेग्न नसेको जिल्ला मालपोतले यसको निर्णय गर्न फाईल विभागमा पठाएको छ ।
    असार १९, २०७४ मा जिल्ला अदालत नुवाकोटले नापी कार्यालयलाई पत्राचार गरेर २०२८ सालदेखि हकभोग गर्दै आएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रहेको कित्ता नं. १०६१ को १२ रोपनी ३ आना ३ पैसा २ दाम मध्ये ११ आना जग्गा आफ्नो नाममा गर्न आग्रह गर्यो । अदालतको आवासिय भवन रहेको र निरन्तर रुपमा प्रयोग गर्दै आएको कारण आफ्नो हुनुपर्ने दावी सहित साउन ४, २०७४ मा अदालतले दुई पाना लामो पत्र जिल्ला मालपोतलाई पठायो । अदालतले जग्गा पाउनु पर्ने विभिन्न ददिल पेश गर्दै  लेखिएको पत्रका चित्त नबुझ्ने पक्षलाई पुनरावेदनको म्याद समेत कायम राखेर जग्गा आफ्नो नाममा गर्न आदेश जारी गर्यो । पत्र ब्यवहारको सबै कार्यमा जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार महिमानसिंह विष्टले हस्ताक्षर गरेका छन् । 
    जिल्ला प्रशासन कार्यालय नुवाकोट उक्त जग्गा अदालतलाई नदिने अडानमा देखिएको छ । प्रमुख जिल्ला अधिकारी जगदीराज वरालले अदालतले कानून विपरी प्रशासनको जग्गा हडप्न खोजेको र कानुन विपरित हुने उक्त कार्यमा आफ्नो साथ नरहने बताउँछन् । प्रशासनले अदालतको क्वाटर हटाउनका लागि वा भोग चलन गर्नका लागि नभनेको र निर्विवाद प्रयोग गरिरहेकोले सोही अनुसार प्रयोग गर्न उनले अदालतका कर्मचारीहरुलाई आग्रह गरेका छन् । तर अदातलका न्यायधिश आफै अर्काको जग्गाको विषयमा आफै मुद्धा उठान गरि फैसला गर्ने, आदेश दिने, श्रेस्तेदार द्धारा पत्र लेखेर र व्यक्तिगत रुपमा भेटेर मालपोत कार्यालयलाई दवाव दिइरहने कार्य प्रति प्रमुख जिल्ला अधिकारी बराल रुष्ट छन् ।
    जिल्ला अदालतले भने उक्त जग्गामा आफ्नै अधिकार रहेको भन्दै नामसारीका लागि आवश्यक कार्य भइरहेको जनाएको छ । अघिल्लो सोमवार भएको अदालत भवन निर्माणको शिलान्यास पछिको समारोहमा जिल्ला न्यायधिश लोकजङ्ग शाहले उक्त जग्गा प्राप्तिको प्रकृयामा आफु रहेको सार्वजनिक रुपमा सुनाए । तर, जग्गा प्राप्तिका लागि अदालतले बङ्ग्याएको यो औंला र प्रशासनसति चलिरहेको जुहारीको विषयमा कुरा लुकाए । अदालतका श्रेस्तेदार महिमानसिंह विष्ट भने आफुहरुको आदेश र फैसला नाजायज नरहेको बताउँछन् । उनी २८ सालदेखि भोगचलन गर्दै आएको जग्गा अदालतकै हुनुपर्नेमा दृढ छन् । ‘हामीले सिडिओको अध्यक्षतामा बस्ने समिति हुँदै जग्गा प्राप्तिको प्रक्रृया अगाडी बढाउनु पर्नेमा फाष्ट ट्रायक खोजेका मात्रै हो, जग्गा त हाम्रो हुन्छ ।’ 

उता मालपोत कार्यालयका कर्मचारी भने चेपुवामा परेका छन् । न्यायिक (अदालत) र अर्धन्यायिक निकाय (प्रशासन) बीचको यो टकरावका कारण मालपोतका प्रमुखलाई भने प्रत्येक पत्रको जवाफ फर्काउन गाह्रो भएको छ । अदालतका श्रेस्तेदारले जग्गा नामसारी नभएमा विभागिक कारबाही नै गर्ने भनी धम्याएपछि उनी यो विषयमा पन्छन थालेका छन् । ‘आज मात्रै फोन आएन, नत्र महिमानसिंहले फोन गरेर त्यो काम के भईराछ ? छिट्टो गर्नुपर्यो भन्छन्, मलाई मानसिक तनाव भएको छ’ बुद्धिलाल श्रेष्ठले भने ।  
    यस विषयमा प्रमुख जिल्ला अधिकारी र अदालतका श्रेस्तेदार बीचमा भेटेर पनि कुरा भएको श्रोेतले बताएको छ । भेटमा प्रमुख जिल्ला अधिकारीले अदालत कानून भन्दा बाहिर गएको र आफुले यस विषयमा साथ नदिने बताएपछि श्रेस्तेदार विष्टले अदालतको आदेश कार्यान्वयन नगर्ने प्रजिअ र मालपोतका प्रमुखललाई कारबाही हुने चेतावनी दिएका छन् ।    
   

तुप्चेमा खसी बजार मेलाको आयोजना



कपिलदेव खनाल
विदुर । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा तीन वटा सहकारी संस्थाहरुले दसैंलाई लक्षित गरेर यो पाली पनि खसी बजार मेला सञ्चालन गर्ने भएको छ । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारीहरुले पछिल्लो पाँच वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएका छन् ।
    सोलेबजारमा असोजको ७ गते आयोजना गरिएको वृहत्त खसी बजार तथा कृषि उपज मेला सहभागि हुन कृषक तथा उपभोक्ताहरुलाई आयोजकले आग्रह गरेको छ ।
    खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि हुने आयोजक संस्था साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभएको छ ।
    गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाउने आयोजक संस्थाका प्रदिप अधिकारीले बताउनुभएको छ ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि र प्रर्दशनीमा ल्याउन कृषकहरलाई आग्रह गर्दै सहकारी संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
साथै, आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको छ । साथै मेलामा ल्याएको खसी तथा कृष उपजहरुको विक्रि नभएका कृषकले घर लैजानु नपर्ने समेत आयोजकले जनाएको छ, विक्रि भएको खसी र सामाग्रीहरु हाम्रो सहकारी संस्थाले खरिद गरिदिने व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभएको छ । साथै उक्त सहकारी संस्थाबाट ऋण लिएर खसी पादन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप पाँच रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराउने छ ।
जस अनुसार २१ केजी देखि २५ केजीसम्मको खसीको प्रतिकेजी ४ सय रुपैया, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैयाँ मुल्य निर्धारण भएको छ । ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ४ सय ३०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ४ सय ४०, ४१ केजी भन्दा माथीको खसीको प्रतिकेजी ४ सय ५० रुपैयाँ र २० केजी भन्दा तलको खसी प्रतिकेजी ३ सय ८० रुपैयाँ मुल्य निर्धारण  भएको छ । उपभोक्ता सबैले सोही मुल्यमा सिधै कृषकसित खसी खरिद गर्न पाउने आयोजक संस्थाका कल्पना रिमालले जानकारी दिनुभयो । 
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा किसानहरुले सिधै उपभोक्ताmाई छ लाख रुपैयाँको खसी बोका विक्रि गरेका थिए । यो पाली अहिले देखिनै खसीको माग हुन थालेकोले आयोजक संस्थाले खसी विक्रिका लागि मेलामा ल्याउन चाहाने कृषकलाई पहिल्यै सम्पर्क गरेर दर्ता गराउन साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले आग्रह गर्नुभएको छ ।
पोहोर साल ६० वटा खसी दुई घण्टामै विक्रि भई, ढिला जाने ग्राहकहरु रित्तै फर्कनु परेको समस्यालाई मध्यनजर गर्दै यो पाली माग अनुसारको खसी मेलामा ल्याउने आयोजक संस्थाले जनाएको छ ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा हुने बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा गरेको हो ।

नयाँ शक्ति नुवाकोटको संयाेजकमा डा. भिमलाल तामाङ चयन

नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति नुवाकोटको संयोजक परिर्वतन भएको छ । जिल्ला परिषद् बैठकले तुप्चेका डा. भिमलाल तामाङलाई नुवाकोटको संयोजक तोकेको छ । पुर्व संयोजक कृष्ण कुईकेल केन्द्रिय समितिमा रहेर काम गर्ने भएपछि तामाङलाई जिल्ला संयोजक चयन गरिएको बताइएको छ ।
    सह संयोजक देखि जिल्ला परिषद् सदस्यहरु भने सबै पुरानै रहेका छन् । नयाँ शक्ति नुवाकोटको उप संयोजकमा धर्मबहादुर गुरुङ्ग रहेका छन् ।
    जिल्ला परिषद् बैठकले आउँदो संघिय र प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउनेहरुको नामको विषयमा पनि छलफल गरेको छ । पुर्व जिल्ल संयोजक कृष्ण कुईकेल, जिल्ला संयोजक डा. भिमलाल तामाङ, केन्द्रिय परिषद् सदस्य निमा ह्याल्मो शेर्पा, नवराज ढुङ्गाना ‘विज्ञान’ बेल्कोटगढीका अर्का नवराज ढुङ्गाना, सह संयोजक धर्मबहादुर गुरुङ्ग, भगवान रानामगर, ईश्वर राउत, प्रल्हाद भुजेल, केशव पुडासैनी, लक्ष्मण पौडेलको नाम चर्चामा आएको छ ।
    बैठकमा नयाँ शक्ति नेपाल ३ नं. प्रदेश संयोजक सोनामसिंह स्याङ्गताङ्गको उपस्थिति रहेको थियो । साथै बैठकले विभिन्न उप समितिहरु गठन गरेको बताइएको छ ।  जिल्ला कार्यालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा केशव पुडासैनी, राष्ट्रिय मामिलिा विभागको संयोजकमा भगवान रानामगर, उत्पादन विभागको संयोजकमा लक्ष्मण पौडेल, राजनीतिक परिचालक विभागको संयोजकमा प्रल्हाद भुजेल, साँस्कृतिक विभागको संयोजकमा श्रीकृष्ण थापालाई चयन गरेको छ ।
त्यस्तै, भदौ ३० गते कार्यकारी प्रमुख राष्ट्रपति, पुर्णसमानुपातीक निर्वाचन प्रणाली र विदेशमा रहेकोले पनि मतदान गर्नपाउनु पर्ने माग राख्दै नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
यसै बीच, नयाँ शक्ति पार्टी नेपालले नुवाकोटको मेघाङ्ग गाउँपालिकामा पहिलो सम्मेलन गरेर कार्य समिति गठन गरेको छ ।
    नयाँ शक्ति नुवाकोटका अनुसार मानसिंग तामाङको अध्यक्षतामा २१ सदस्यिय मेघाङ्ग कार्य समिति गठन भएको हो । नयाँ शक्तिले दसैं पछि जिल्ला सम्मेलन गर्ने र त्यस अघि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा सम्मेलन गरेर नयाँ कार्य समिति गठन गर्ने बताइएको छ ।
    नयाँ शक्तिमा रहेका केही नेताहरु नेकपा माओवादीमा गएसंगै नयाँ शक्ति नुवाकोटले पार्टी सुदृढिकरण तथा मजवुतीका लागी अभियान थालेको छ । नयाँ शक्तिमा रहेर काम गरिसकेको पुर्व संयोजक राजकुमार रेग्मी सन्देश, संघिय परिषद् सदस्यहरु सुवास तामाङ र गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’लाई अहिलेसम्म नयाँ शक्तिमा गर्नुभएको योगदानको पार्टीले सम्झना र कदर गरेको छ । उहाँहरु अहिले नयाँ शक्ति ध्रुविकरण अभियानमा सक्रिय भई माओवादी प्रवेशको संघारमा हुनुहुन्छ ।
नागरिकहरु तहबाट बढी अपेक्षा गरिएको नयाँ शक्तिले गएको स्थानीय तह निर्वाचनमा जिल्लै भरीमा जम्मा २२ सय मात्र मत प्राप्त गरेको छ । अहिले कुल खसेको मतको कम्तिमा तीन प्रतिशत मत ल्याउने गर्ने थ्रेसहोल्डका कारण नुवाकोटबाट कम्तिमा पनि ९ हजार मत नयाँ शक्तिले लिनुपर्ने अनुमान गरिएको छ ।

Saturday, September 09, 2017

सात जनाको मृत्यु, २९ जना घाइते, तीन जनाको अवस्था गम्भिर


कपिलदेव खनाल

नुवाकोट, भदौ २४ गते । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

      मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षिया ठूलीमाया तामाङ, नर्जामण्डपकै ४५ वर्षिया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका वडा नं. ९ जफतीकी २१ वर्षिया शशी बोगटी, रालुकादेवीका २२ बर्षिया सविता तामाङ रहनुभएको छ । त्यस्तै ठेगाना नखुलेको ५७ वर्षिया लालबहादुर तामाङ र ३७ वर्षिया उजेली मिजारको पनि मृत्यु भएको छ । बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा अस्पालमा नधिन भएको प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।   

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २८ जना घाइते भएका छन् । उनीहरुको ग्राण्डी, ग्रीनसिटी, वीर अस्पताल र टिचिङ्गमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गीम्भर रहेको प्रहरी उपरिक्षक बीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

      दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । दुई जनाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँ बसपार्कबाट बिहान साढे नौं बजे नुवाकोटको खरानीटारको लागि गुडेको बा १ ख ६३४८ नम्वरको बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ गुरुङ्गगाउँमा दिउँसो १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते हुनुभएको छ ।  

घटनास्थलमै मृत्यु भएका लक्ष्मी न्यौपाने, ठूलीमाया तामाङ र शशी बोगटीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली ल्याइदै छ । अन्य चार जनाको शब काठमाडौं स्थित हस्पिटलमा रहेको प्रहरीले जनाएको छ ।

यसै बीच, त्रिशुली नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । विदुर नगरपालिका वडा नं. ५ देविघाटबाट बेल्कोटगढी नगरपालिका वडा नं. २ कुमरीका टिकाराम तामाङलाई बगाएको हो ।

      जालपादेवी मन्दिर नजिकै त्रिशुली खोलामा कुमरीका पाँच जना युवा नुहाउने क्रममा तामाङलाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कुमरीका सन्तोष नेपाली, निरोध नेपाली, इन्द्र नेपाली र विक्रम नेपाली भने सकुल रहेका छन् । पाँच जना निहाउन गएका मध्ये टिकाराम तामाङलाई खोलाले बगाएपछि उनीहरुले उद्धारको प्रयास गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको देविघाट प्रहरीले पनि उद्धार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ । त्रिशुली नदीमा वेपत्ता भएका तामाङको खोजी कार्य भईरहेको छ ।

एकैदनि दुई ठुला साहित्यिक कार्यक्रम

शर्मिला उप्रेती
विदुर, भदौ २४ गते । नुवाकोटमा आज दुईवटा ठुला साहित्यिक गतिविधि भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नुवाकोट साहित्य पदयात्रा सम्पन्न गरेको छ । त्यस्तै कवि आरएम डङ्गोलको विदुरमै एकल कविता वाचन कार्यक्रम भएको छ ।
    नुवाकोट साहित्य पदयात्रा विहान बट्टार क्याम्पस गेटबाट सुरु भएर नुवाकोट साततले दरवार हुँदै महामण्डल पुगेर टुङ्गिएको छ । नुवाकोटका साहित्यकार तथा साहित्यानुरागीको सहभागिता रहेको पदयात्रामा विभिन्न कवि तथा सर्जकहरुले रचना वाचन गर्दै यात्रा गरेका छन् ।
    नुवाकोट साहित्य पदयात्राको आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठान नेपालका श्रीराम श्रेष्ठका अनुसार संस्थाको बार्षिक कार्य योजना अन्र्तगत हरेक साल यस्तै साहित्यिक पदयात्रा गरिदै आएको छ । यस क्रममा यो पाली नुवाकोटको ऐतिहासिक क्षेत्रलाई छनोट गरिएको छ । साहित्यको वृद्धिविकासको साथमा आन्तरिक पर्यटनको विकास र साहित्य लेखनमा टेवा पु¥याउनका लागि साहित्य पदयात्राको आयोजना गरिएको बताइएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी शम्भुप्रसाद शर्माले साहित्यिक गतिविधीले नयाँ पुस्तामा सिर्जनाको शक्ति प्रवाह हुने बताउनुभयो ।
उता विदुरमा, युवा पुस्ताका चर्चित कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ का स्थायी निवासी आरएम डङ्गोल काठमाडौंबाट साहित्य लेखनिमा क्रियाशिल हुनुहुन्छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाडौं देखिका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
माटो र मुटुका कुरा उत्तिकै सशक्त रुपमा लेख्नुहुने कवि आरएम डङ्गोलको एकल कविता वाचन खुव खुलेको थियो ।
    वर्तमान पुस्ताका चर्चित कवि आरएम डङ्गोलका उत्कृठ सृजनालाई कार्यक्रममा सहभागि कवि तथा कवयत्रिले समेत वाचन गरेर सुनाएका थिए । आरएम डङ्गोललाई माया गरेर कार्यक्रममा सहभागिहरुले उहाँको कविता वाचन गरेका हुन् ।
    कार्यक्रममा सहभागिहरुले आरएम डङ्गोलका कविताले समसामयिक अवस्थाको चिन्तन देखि मनको कुरालाई बोकेको टिप्पणी गरे । सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्नकले खुवी आरएम डङ्गोललको रहेको छ ।
    आरएम डङ्गोलको एकल कविता वाचन सुन्नका लागि काठमाडौंबाट पनि साहित्यकारहरुको सहभागिता रहेको थियो । त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रिय विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्य, त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उप प्रमुख गीता दाहाल, वडा नंं ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङ्गोलले कवि आरएम डङ्गोलको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
एकल कविता वाचनका लागि कवि आरएम डङ्गोल आफ्ना वृद्ध मातापिता, दाजुभाई लिएर विदुर आउनुभएको थियो । उहाँलाई विदुर नगरपालिकाको कार्यालयले मायाको चिनो प्रदान गरी विदाई गरेको छ ।

नुवाकोटमा बङ्गुरको संख्या १४ हजार मात्र

राजु रिमाल
विदुर, भदौ २४ गते । नुवाकोट जिल्लामा किसानहरुले व्यवसायी रुपमा पालन गरेको बङ्गुरको संख्या १४ हजार रहेको छ ।
    आज विदुरमा आयोजित एक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय नुवाकोटका पशु विकास अधिकृत डा. चन्द्रविक्रम कुँवरले उक्त सरकारी रेकर्डमा रहेको बताउनुभएको छ । त्यसमा अधिकांश स्थानीय प्रजातीको रहेको पनि बताइएको छ । बङ्गुर पालन गर्न चाहाने किसानहरुले तयार गरेको फर्म मध्ये ६२ वटा कार्यालयमा दर्ता समेत भएको उहाँले बताउनुभयो ।
    मासुको लागि पालिने बङ्गुरबाट निम्न आयस्तर भएको नागरिकहरुको उत्थान हुने भन्दै सरकारले सहकारी मार्फत् पनि बङ्गुर पालनमा रकम अनुदान दिँदै आएको छ । 
    खाद्य सुरक्षा र आय आर्जनका लागि बङ्गुर पालन कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएको एक सहकारी संस्थाले आफ्नो संस्थाले गरेको गतिविधिलाई सार्वजनिक गरेको छ । अग्रसर कृषि सहकारी संस्था लिमिटेड सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाटेले कार्यक्रमको आयोजना गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार उक्त संस्थाले दुई वर्षदेखि बङ्गुर पालनका लागि कृषकहरुलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारद्धारा प्राप्त रकमलाई जिल्लाका विभिन्न ठाउँहरुमा परिचालन गरिउको बताइएको छ ।
संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार हालसम्ममा १ सय २० जनालाई दुई दुई वटा बङ्गुर र खोर गरेर ३० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषहरुलाई अनुदान रकम प्रदान गरेको उहाँले बताउनुभयो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारले अब एक वर्ष कृषहरुलाई अनुदानका लागि रकम पठाउने र उक्त रकम विभिन्न समुदायमा प्रदान गरिने संस्थाले जनाएको छ । 

Wednesday, September 06, 2017

नुवाकोटमा माओवादीभित्र को को चर्चामा ? र कस्तो छ पृष्ठभुमी ?

हितबहादुर तामाङ
शर्मिला उप्रेती
विदुर । नुवाकोटको स्थानीय निर्वाचनमा २ वटा गाउँपालिका जितेको माओवादी केन्द्रबाट प्रदेशमा र केन्द्रमा उम्मेदवार बनाउनेहरुको नाम चर्चा हुन थालेको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा हितबहादुर तामाङ देखि नयाँ शक्तिबाट माओवादी केन्द्रमा मिसिन लागेको नेताहरुको समेत चर्चा सुनिएको छ ।
    केन्द्रको लागि उम्मेदवार बन्नेहरुको दुई निर्वाचन क्षेत्रमा एक÷एक जनाको नाम चर्चामा छ । क्षेत्र नं. १ मा हितबहादुर तामाङ र क्षेत्र नं. २ मा हिरानाथ खतिवडाको नाम अगाडी सुनिएको छ । राममाया बोगटी, विमला सुवेदी जस्ता नेताहरुको नाम सुनिएपनि उनीहरुलाई समावेशीताको नाममा कतै ‘सेटल गर्ने’ बुझिएको छ । समाचार श्रोतका अनुसार उनीहरुलाई समानुपातीमा माओवादी केन्द्रले राख्ने सम्भावना छ ।
    हितबहादुर तामाङ पुर्व मन्त्रि समेत भइसकेका र काँग्रेसका केन्द्रिय सदस्य तथा पटक पटक अर्थ मन्त्री बनिसकेको रामशरण महतलाई अत्याउन सक्ने राजनीतिक खुवी भएकोले पनि आन्तरिक पार्टी भित्र मात्रै नभई अन्य पार्टी वृत्तमा पनि चर्चामा रहने गरेका छन् । जनजाती आन्दोलनको अभियन्ता तथा सफल ब्यक्तिको रुपमा चर्चा हुने हितबहादुर तामाङ माओवादी केन्द्रको हाल पोलिटब्युरो सदस्य छन् । माओवादी भित्र मुर्धन्य नेताको रुपमा लिइन्छ तामाङलाई । पोष्टबहादुर बोगटीको देहबशान पछि माओवादी केन्द्र नुवाकोट उनैको दृष्टि र परिकल्पनामा अघि बढेको छ । 
हिरानाथ खतिवडा
    यस्तै हिरानाथ खतिवडा हाल माओवादी केन्द्र नुवाकोटका अध्यक्ष छन् । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा लागेका खतिवडाले लामो समयदेखि माओवादी केन्द्र नुवाकोटको नेतृत्व गरिरहेका छन् । जनस्तरमा प्रिय देखिएका जिल्ला अध्यक्ष खतिवडालाई पार्टीले अघि सार्नु नै क्षेत्र नं. २ का लागि निविकल्प रहेको श्रोतको भनाई छ ।
    प्रदेश सभाका लागि नुवाकोटबाट चार जना उम्मेदवार हुनेमा माओवादी केन्द्रले क्षेत्र नं. १ को १ मा राधिका तामाङ, शिव खाती, गणेश उप्रेती र किरण रिजाल मध्ये एक जनालाई उठाउने छ । त्यस्तै, क्षेत्र नं. १ को २ मा लालबहादुर तामाङ, राजन गौतम ‘नकुल’ र श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ को नाम चर्चामा छ ।
राधिका तामाङ
   राधिका तामाङ पुर्व कृषि राज्य मन्त्री हुन् । सहिद परिवारको समेत रहेका तामाङ पढ्दा पढ्दैको झोल फ्यालेर तत्कालिन समयमा युद्धमा होमिएका थिए । सालिन र महिला वर्गको नेतृत्वमा सफल देखिएकि राधिका तामाङलाई अन्य समुदाय र युवापुस्तामा पनि प्रिय पात्रको रुपमा लिइन्छ । त्यसै गरी, शिव खाती माओवादी केन्द्रसित रामबहादुर थापा बादल मिलेपछि केन्द्रमा मिसिएका हुन् । पृष्ठभुमी माओवादी रहनेपनि पार्टी विभाजनमा अर्को धारमा रहेका उनी अहिले मुल धारमा समाहित छन् । दलित आन्दोलनको अगुवा शिव खातीलाई पनि अन्य राजनीति दलले माओवादी भित्रको बलियो उम्मेदवारको रुपमा लिएको समाचार श्रोतले बतायो ।
    किरण रिजाललाई आफ्नको आधार ईलाका (तादी गाउँपालिका) मा पार्टी भित्रको बलियो नेताको रुपमा लिइन्छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा उनलाई तादी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको भए पार्टीले जित्ने विश्लेषण माओवादी आफैले गरेको श्रोतले बतायो ।
त्यस्तै क्षेत्र नं. १ को २ मा चर्चामा रहेका लालबहादुर तामाङ पनि जनजाती आन्दोलनको हस्ती हुन् । त्यस क्षेत्रमा प्रभाव जमाएर राजनीति गर्दै आएका तामाङले बैशाख ३१ को निर्वाचनमा दुप्चेश्वर गाउँपालिका अध्यक्षमा झिनो मतले हारे । नयाँ शक्तिका कारण हार ब्यहोर्नु परेका उनले नयाँ शक्तिको त्यहाँको ‘सेट’ नै अहिले माओवादीमा ल्याउन लागेको माओवादी केन्द्रले बताएको छ । तामाङ समुदायमा ‘हाईहाई’ रहेका लालबहादुर तामाङलाई अन्य समुदायले पनि उत्तिकै आदर र सत्कार गर्नेगरेका छन् । सोही क्षेत्रमा उम्मेदवार हुने चर्चामा रहेका राजन गौतम ‘नकुल’ पनि कमजोर नाम होईन । माओवादीलाई भौतिक रुपमा संकट पर्दा उनैले थाम्दै आएको भनेर अधिकांश नेता कार्यकर्ताले उनको त्यो गुन सम्झने गरेका छन् । युवा आन्दोलनको अगुवा नकुल अहिले वाइसिएलको केन्द्रिय सदस्य छन् । यही क्षेत्रमा नाम चर्चा भएको विवेश शर्मा नुवाकोट माओवादीको धरोहर हुन् । अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडासंग चुनावी प्रतिस्पर्धा गरेर अन्तिममा उम्मेदवार नवनी सहमतीमा जिल्ला कार्य समिति गठन गराएका श्रीकृष्ण अधिकारी ‘विवेक शर्मा’ले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा खर्च गरेका छन् ।  
क्षेत्र नंं २ को १ बाट प्रदेशमा प्रतिनिधित्व गराउनका लागि रामप्रसाद ढुङ्गाना, केशव पुडासैनी, शम्भु पनेरु र नयाँ शक्तिबाट माओवादी केन्द्रमा जानलागेका राजकुमार रेग्मी ‘सन्देश’को नाम रहेको श्रोतले बताएको छ । त्यस्तै क्षेत्र नं. २ को २ मा बशुराज रिजाल, सुवास तामाङ र अजितमान तामाङको चर्चा छ ।

रामप्रसाद ढुङ्गाना पञ्चायत कालदेखि जनप्रतिनिधिकै रुपमा राजनीतिमा सक्रिय छन् । जनप्रिय तथा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म उत्तिकै घुलमिल हुनसक्ने ढुङ्गाना नुवाकोटको सबैखाले राजनीति घटनाक्रमको साक्षीको रुपमा लिइन्छ । २०४३ सालदेखि २०४६ सालसम्म जिल्ला विकास समिति नुवाकोटको उप सभापति हुन् उनी । उनले गरेको विकास निर्माण र जनपक्षिय कार्यको अहिले पनि चर्चा हुने गरेको छ । माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार समितिको सदस्य समेत रहनुभएका रामप्रसाद ढुङ्गानासंग पार्टी मात्रै नभई सिङ्गै जिल्लाको विकास निर्माण र परिर्वतनमा गती दिनसक्ने योजना र दुरदृष्टि छ । त्यस्तै, केशव पुडासैनीलाई त्यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ । शम्भु पनेरु अध्यापन पेशमा रहँदा देखि माओवादीमा सक्रिय रहेको र युद्धको समयमा उनले गरेको योगदानका कारण पार्टीमा उनको उपस्थिति दह्रिलो रहेको श्रोतले बतायो । केही समय अघि नयाँ शक्तिमा समेत प्रवेश गरेका पनेरु अहिले माओवादी केन्द्रमा छन् । उनको राजनीति योगदान र समर्पणका कारण नयाँ शक्तिबाट फिर्ता भएपछि पनि पार्टीमा उत्तिकै भुमिका र महत्व दिइएको बताइन्छ । उनलाई आफ्नो भुगोलमा ठुलो जनसमर्थ रहेको छ । 
राजकुमार रेग्मी सन्देश
राजकुमार रेग्मी ‘सन्देश’ युद्धको समयदेखि नुवाकोटमा चर्चामा रहेको नाम हो । माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा सबै भन्दा बढी सुनिने र चर्चामा रहेको नाम सन्देश अहिले नयाँ शक्तिबाट पनि अलग हुने पक्का छ, श्रोत भन्छ । माओवादी शान्ति प्रक्रियमा आए लगत्तै फिकुरीको प्रहरी चौकी आक्रमण गरेर माओवादी पार्टीको नेतृत्वपंक्तिकै सात्तो लिएका सन्देश ‘सदाबहार क्रान्तिकारी’ नेताका रुपमा चिनिन्छ । बाबुराम भट्टराईसंगै माओवादी त्यागेर नयाँ शक्तिमा लागेका सन्देश एक वर्ष पछि फेरि माओवादी केन्द्रमा प्रवेश गर्ने पक्कापक्की भएको छ । समाचार श्रोतका अनुसार उनी यो भदौं महिनाको अन्तिम सम्ममा विधिवत् रुपमा माओवादीमा जाने छन् । उनकै कारणले बेल्कोटगढी नगरपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले हार्नु परेको निष्कर्ष माओवादीको छ । नयाँ शक्तिमा रहेका गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सन्देशका कारण पार्टीले हार ब्यहोर्नु परेकोले उनीहरुलाई माओवादीले फराकिलो ठाउँ दिने गरी भित्र्याउन लागेको बुझिएको छ ।

बशुराम रिजाल
क्षेत्र नं. २ को २ मा उम्मेदवारको चर्चामा रहेको बशुराम रिजाल बौद्धिक व्यक्तित्वको रुपमा जिल्लावासी माझ परिचित छन् । सालिन र भद्र व्यक्ति रिजाल जनयुद्ध कालको प्रष्ट द्रष्टाको रुपमा थिए । जनयुद्धको समयमा युवाको नेतृत्व गरेका बशुराम रिजाल नुवाकोट काठमाडौं गणतान्त्रिक मञ्चको संस्थापक अध्यक्ष हुन् । नुवाकोटको बौद्धिक आन्दोलनको संस्थापक नेता समेत रहेका रिजाल विद्यार्थी कालदेखि सक्रिय राजनीतिमा थिए । अन्तरपार्टी सम्वन्ध समेत बलियो रहेको उनले भुकम्प पछिको पुन निर्माण र विकास निर्माणमा गरेको सक्रिय नेतृत्वले पनि लोकप्रिय बनाएको छ ।
सोही क्षेत्रबाट उम्मेदवारको लागि चर्चामा आएका सुवास तामाङ जनजाती आन्दोलनको अगुवाको रुपमा छन् । पार्टीको जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका तामाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भइसके । अजितमान तामाङ पनि जनजाती आन्दोलनबाट उठेका नेता हुन् । उनी अहिले लुम्विनी बिकास कोषको सदस्य सचिव छन् ।
अहिले चर्चामा रहेको नामहरु हिजो मंगलवार विदुरको बान्द्रेमा जारी रहेको माओवादी केन्द्र नुवाकोटको बैठकमा आएको बताइएको छ । नेताहरुसित निकट रहेका देखि पार्टी भित्रको योगदानको आधारमा र पार्टी एकताले उम्मेदवार चयनमा प्रभाव पार्ने बुझिएको छ । उम्मेदवारहरुको विषयमा टुङ्गो लगाउन आज बुधवार पनि माओवादी केन्द्रको बैठक बस्ने बताइएको छ ।  
    नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका राजकुमार रेग्मी ‘सन्देश’, गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ र सुवास तामाङलाई पनि उम्मेदवारको रुपमा ‘सेटल गर्नुपर्ने’ बाध्यता माओवादी केन्द्रसंग छ । तीन जना मध्ये दुई जना माओवादी पृष्ठ भुमीको रहेपनि सुवास तामाङले नेपाली काँग्रेसबाट नयाँ शक्ति हुँदै माओवादी केन्द्र सम्मको यात्रा तय गरेका छन् । उनी नयाँ शक्तिमा आउनु पहिला काँग्रेस नेता अर्जूननरसिंह केसीको स्वकिय सचिव थिए ।



Friday, September 01, 2017

नुवाकोट अदालतमा न्याय खरिद विक्रि हुन थालेको भन्दै सरोकारवालाको चिन्ता व्यक्त, वारका अध्यक्ष भन्नुहुन्छ ः न्यायधिशलाई पैसा दिनुपर्यो भन्दै आउछन् ।


नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले वकिल र न्यायधिशले वकालत तथा न्याय सम्पादन ब्यवहारिक पक्षलालई पनि हेर्नु जरुरी रहेको बताउनुभएको छ । नुवाकोट जिल्ला अदालत वार एशोसियशनको आज विदुरमा आयोजित ११ औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले नियतवस अपराध गर्ने र नियतीले अपराधी बनाउने बीच सजायको भिन्नता हुनुपर्ने बताउनुभएको छ ।
    जिल्ला समन्वय समितिका प्रमुख तामाङले द्धन्द्धको समयमा आम नागरिकहरुले न्याय नपाएको र अहिले जनप्रतिनिधि समेत निर्वाचित भएकोले नेपालमा न्याय पुर्नस्थापना भएको बताउनुभएको छ ।
     जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले कानुन ब्यवसायी तथा न्यायलयतका कारण केही निरअपारधी पनि अपराधी बनेको बताउनुभएको छ । उहाँले कानूनको ब्याख्या गर्ने र ऐन कानूनका विषयमा नागरिकहरुलाई जानकारी गराउने सम्मको कार्य कानुनव्यवसायीहरुको रहेको बताउनुभएको छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्ला अदालत नुवाकोटमा आर्थिक चलखेल हुने गरेको नागरिकहरुको टिप्पणी रहेको बताउनुभयो । अदालसम्म पैसाको झोला पुग्ने गरेको र त्यसबाट न्याय प्रभाबित भएको गुनासो आजभोली ब्यापक रहेको उहाँले बताउनुभएको छ ।
    जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार महिमानसिंह बस्नेतले भने त्यसको बचाऊ गर्नुभएको छ । काम गर्ने क्रममा सामान्य केही कमजोरी रहेको भए अलग पाटो रहेको उल्लेख गर्दै पछिल्लो छ महिनाको अवधिमा नुवाकोट अदालतमा आर्थिक लेनदेनमा मुद्दा छिनोफानो नभएको बताउनुभएको छ ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष देवराज कँडेलले कानुन व्यवसाय ब्यवसायको रुपमा गरे पनि समुदायसंग जिम्मेवार बनेर वकिलहरुले कार्य गरिरहेको बताउनुभएको छ । कानुनको भाषा र न्याय सम्पादनको प्रक्रृया नागरिकहरुले नबुझे पनि अदालतले कानून बोमिजिम हुनु पर्ने आफुलाई लागेको बताउनुभयो । फैसला प्रभावमा परेर पनि हुने गरेको नागरिकहरुको गुनासो आइरहेको भएपनि देखिने गरी नआएकोले आफु यस विषयमा बोल्न नसक्ने अध्यक्ष कँडेलले बताउनुभयो ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष देवराज कँडेलले न्यायधिशलाई पैसा पु¥याउन वकिलसम्म नागरिकहरु आउने गरेको बताउनुभएको छ । तर अहिलेसम्म कनै पनि वकिलले मुद्दा मिलाउनका लागि न्याधिशलाई पैसा नखुवाएको उहाँले बताउनुभयो । जसरी पनि मुद्दा जित्ने पर्ने मनस्थितिमा रहेकाहरुले न्यायधिशलाई मिलाईदिनु भन्दै पैसा दिन आउने गरेको उहाँको भनाई छ ।
    नुवाकोट जिल्ला अदालत वार एशोसियसनको ११ औं साधारण सभामा विभिन्न वक्ताहरुले न्याय खरिद विक्रिमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । वकिलहरुको छाता संगठन वार एशोसियसनले नागरिकहरुको भरोषा मर्न नदिनका लागि न्याय क्षेत्रको सुधारका लागि आवश्यक पहल कदमी लिन पनि आग्रह गरेका छन् । साथै गाउा गाउामा स्थापना भएको सामुदायिक मेलमिला केन्द्रले मिलाउन नमिल्ने मुद्दालाई पनि गाउँघरमै मिलाउन थालेको र गैर सरकारी संस्थाले न्याय दिने अभियान सञ्चालन गरेर नागरिकहरुलाई मर्का पर्न थालेको विषयमा समेत साधारण सभा उद्घाटन समारोहमा चर्चा भएको छ ।
    कार्यक्रममा ललितपुर वारका सदस्य गोपी भण्डारी, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, प्याब्सन नुवाकोटका अध्यक्ष बुद्धिसगर रिजाल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी र नेपाल चेम्वर अफ कर्मश नुवाकोटका अध्यक्ष कविन्द्रमान प्रधानले मन्तब्य राख्नुभएको थियो ।
    यसै बीच, नुवाकोट वारले निर्माण थालेको भवनको लागि कार्यक्रममा सहभागिहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले रेडियो त्रिशुलीको तर्फबाट १५ हजार रुपैयाँको चेक नुवाकोट वारका अध्यक्ष देवराज कँडेललाई हस्तान्तरण गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आफ्नो व्यक्तिगत नाममा पाँच हजार पाँच सय रुपैयाँ प्रदान गर्नुभयो ।
    त्यस्तै नुवाकोट वार भवन निर्माणका लागि गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले २० हजारले उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यस्तै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संघको तर्फबाट १० हजार एक सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्याब्सन नुवाकोटका अध्यक्ष बुद्धिसागर रिजालले पनि संस्थागत रुपमा केही आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

नुवाकोट जिल्लालाई कात्तिक मसान्तसम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी तयारी, तर जिल्लाका पाँच हजार भन्दा बढी घरमा शौचालय निर्माण हुनै बाँकी

नुवाकोट जिल्लालाई कात्तिक समान्तसम्ममा दुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराइने भएको छ । भुकम्प पछिको भौतिक संरचना ध्वस्त भएको जिल्लामा शौचालयको पुन निर्माणमा पूर्ण नआएादै गरिएको यो हत्तार ववादमा रहेपनि घोषणा तयारी थालिएको छ ।
    अबको ठीक साढे दुई महिना पछि नुवाकोट जिल्लाको सबै घरधुरीमा शौचालय निर्माण भएको घोषणा सरकारी पक्षबाट हुने छ । आज आयोजित जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिकाका प्रमुख, उप प्रमुख, कार्यकारी अधिकृतहरुलाई सरसरफाई र स्वच्छता सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरेर उक्त जानकारी दिइएको हो ।
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटको आयोजनामा भएको उक्त कार्यक्रमलाई ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डवोर्डले सघाएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सबै पदाधिकारीहरु, स्थानीय विकास अधिकारी, जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उप प्रमुख, यो अभियानमा लागेको जिल्लाका केही गैर सरकारी संस्थाका पदाधिकारी, सरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका निम्त्रि प्रमुख विश्वजित कायस्थका अनुसार नुवाकोट जिल्लाको पुरानो संरचनाको आधारमा २५ वटा गाउँ विकास समितिहरु पूर्ण रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भईससकेको छ ।
    नुवाकोट जिल्लामा ६५ हजार ४ सय १५ घरधुरी रहेको तथ्याङ्क रहेको खानेपानी कार्यालयका अनुसार ९१ प्रतिशतमा सरसफाई, ८३ दशमलव १४ प्रतिशत खानेपानीको कभरेज रहेको छ  । अब ७ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने, १४ वटाको अनुमगनको तयारी रहेको बताइएको छ । एक महिना अघि दुप्चेश्वर गाउँपालिकालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
    कार्यक्रममा सहभागिहरुले भने कार्यक्रम कागजमा मात्रै सिमित हुने खतरा बढेको तर्फ संकेत गरेका थिए । तर सरकारले नै अबको साढे दुई महिना भित्र जिल्लालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना पहिलानै तय गरिसकेकोले स्थानीय तहले त्यसलाई आफ्नो कार्यक्रमका रुपमा ग्रहण गरेर अभियान अगाडी बढाउनु पर्ने बताइएको छ । 
    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका अनुसार जिल्लामा अझै पाँच हजार घरमा शौचालय बन्न बाँकी रहेको छ । त्यसका साथै त्रिशुली बजारमा स्थानीयहरुले ढललाई सिधै त्रिशुली नदीमा हालेकोले पनि जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको कार्यक्रममा बताइयो ।
    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ईच्छाशक्ति भएको जिल्लालाई नै घोषणा गर्न सकिने भएपनि केही प्राविधिक कठिनाईका कारण मंसिरको अन्तिमसम्ममा यो अभियानलाई पु¥याउन सकेमा प्रभावकारी हुने धारणा राख्नुभयो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अबको दुई महिना भित्रमा विदुर नगरपालिकालाई खुल्ला दिसामुक्त षेत्र घोषणा गर्न नसकिने र त्यसका लागि आउँदो असार मसान्तसम्म कुर्नु पर्ने बताउनुभएको छ । बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बेल्कोटगढी नगरपालिकामा पनि दुई महिनामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा सम्भावना नभएको बताउनुभएको छ । यस्तै, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले घोषणा गरिएको गाउँहरुमा अनुगमन गर्दा शौचालय नभेटिएको र काजगमा मात्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको बताउनुभएको छ ।

Tuesday, August 29, 2017

दोश्रो नुवाकोट दसैं महोत्सवको तयारी तिब्र

दोश्रो नुवाकोट दसैं महोत्सव सफल बनाउनका लागि आयोजकले आफ्नो अभियान र गतिविधिलाई तिब्र पारेको छ ।
    असोज २ गतेदेखि असोज ११ गतेसम्म आयोजना गरिएको महोत्सव त्रिशुली बजार स्थित त्रिशुली माध्यामिक विद्यालयको प्राङ्गणमा हुने छ । महोत्सव सम्पन्न गर्नका लागि आयोजक संस्था त्रिशुली युथ स्पोर्टस् क्लव तथा महोत्सव आयोजक मुल समारोह समितिले नुवाकोट उद्योग बाणिज्य संघसित छलफल गरेको छ ।
दसैंको फुलपातीको दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय व्यवसायीहरुले बढी सहभागिता जनाउन पाउनुपर्ने माग जिल्लाका ब्यवसायीहरुको रहेको थियो । दसैंकै लागि लक्षित गरेर आयोजना गरिएको महोत्सवमा आफुहरुको ब्यापक सहभागिताको माग लिएर जिल्लाका ब्यवसायीहरु आएकोले छलफल भएको जनाइएको छ ।
    महोत्सव मुल समारोह समितिका पदाधिकारी, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारी र जिल्लाका ब्यवसायीहरु बीच भएको सहमती अनुसार आयोजकले नुवकोटका ब्यवसायीहरुलाई स्टल २५ प्रतिशत छुटमा उपलब्ध गराउने छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार बाहिर जिल्लाका ब्यापारीहरुबाट लिईने स्टल शुल्क भन्दा नुवाकोटका ब्यवसायीसंग २५ प्रतिशत कम शुल्क लिइने छ । 
    ब्यवसायीहरुको आम्दानकिो मुख्य समय दसैं रहेको र त्यस बेलामा आयोजना गरिएको महोत्सवले ब्यापार प्रभावित हुने गुनासो स्थानीय ब्यापारी तथा ब्यवसायीहरुको आएको संघका अध्यक्ष कार्कीले बताउनुभयो । स्थानीय ब्यवसायीको हितका लागि स्टल खरिद तथा विक्रिमा पनि आयोजक संस्थसंग सहमती गरिएको बताइएको छ । लिखित रुपमा भएको सहमती अनुसार दोश्रो नुवाकोट दसैं महोत्सवमा ३५ वटा स्टल स्थानीय ब्यपारीहरुले पाउने छन् । जसमा रेडिमेड कपडा, कस्मेटिक सामाग्रीहरु, मोवाइल र किचनका सामाग्रीहरु रहने छ ।
    जिल्ला भन्दा बाहिरका ब्यापारीलाई भदौं २५ गते पछि मात्रै आयोजकले स्टल विक्रिको लागि खुल्ला गर्ने सहमती भएको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
    नुवाकोट उद्योग बाणिज्य संघले दसैंको अवसरमा कुनै पनि खालको उत्सव महोत्सव कुनै संघ संस्थाले जिल्ला भित्र यो भन्दा पछि गर्न नपाउने भनेर पनि निर्णय गरेको छ । स्थानीय ब्यवसायीहरुको मुख्य कमाई हुने समयमा महोत्सव आयोजना गरिदा धेरै रकम जिल्लाबाट बाहिरिने भएकोले चाडपर्वको अवसरमा अबका दिनमा महोत्सव गर्न नपाउने निर्णय गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभएको छ ।
यसै बीच, बिबिध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार नारा दिएर आयोजना गरिएको दोश्रो नुवाकोट दसैं महोत्सवमा स्थानीय उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिइने बताइएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि उपजको प्रदर्शनी, घरेलु तथा हस्तकलामा सामग्रीको प्रदर्शनी तथा विक्रि हुने छ ।
महोत्सव आयोजक मुल सामारोह समितिका अध्यक्ष शिव खड्गेका अनुसार स्थानीय उत्पादनको प्रबद्र्धन र विक्रीबाट जिल्लामा आर्थिक पक्ष बलियो पार्ने र दसैंलाई मनोरञ्जनात्मक बनाइने छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुत रहने छ । दोश्रो नुवाकोट दसैं महोत्सवमा १ सय देखि १ सय २५ वटासम्म स्टल रहने आयोजक संस्थाका सचिब प्रज्वल सापकोटाले बताउनु भएको छ ।
महोत्सवमा अवधिभरीमा २५ लाख रुपैया आम्दानी हुने र २४ लाख ५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । महोत्सव ५० हजार दर्शकले अबलोकन गर्ने पनि अनुमान गरिएको छ । महोत्सवमा रेस्लिङ्गलाई पनि समावेश गरिने भएको छ । धेरै दर्शकहरुले टेलिभिजनमा रुचीका साथ हेर्दै आएको रेस्लिङ्गलाई प्रत्यक्ष रुपमा देखाउनका लागि अन्तराष्ट्रिय खेलाडीहरुको रेस्लिङ्गलाई प्रस्तुत गरिने भएको हो ।
महोत्सवको बारेमा नुवाकोट, रसुवा धादिङ्ग तथा राजधानीमा रहेकाहरुलाई जानकारी दिनको लागि अहिले प्रचार प्रसार अभियानलाई तिब्र पारिएको बताइएको छ ।
तीन वर्ष अघि पनि त्रिशुली युथ स्पोर्टस् क्लवले त्रिशुलीमा दसैं महोत्सवको आयोजना गरेको थियो ।

बाढीले करोडौंको क्षती, महतद्धारा अबलोकन

कपिलदेव खनाल
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँ पालिकामा चार दिन अघि गएको बाढीका कारण भएको क्षतीको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले अवलोकन गर्नुभएको छ ।
    काँग्रेसका कार्यकर्ताहरु र जनप्रतिनिधि लिएर क्षती भएको स्थानमा पुग्नु भएको डा. महतले तत्कालै त्यहा खानेपानी र सिञ्चाई सुचारु गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्वन्धित कार्यालयलमा तत्कालै पानीको मुहान सुचारु गर्न मोवाइलबाटै निर्देशन दिनुभएको छ ।
    क्षती भएको स्थानको अनुगमनका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सदस्य जगदीश फुँयाल, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ लगायतका जनप्रतिनिधिहरु जानुभएको थियो । उहाँहरुले तत्कालै खानेपानी र सिञ्चाईका लागि आवश्यक ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बाढीले क्षती नपु¥याएको खेतको धानबाली संरक्षणका लागि तुरुन्तै सिञ्चाई आवश्यक रहेको स्थानियहरुले बताएका छन् । मुहान देखि सिञ्चाईको नहर ध्वस्त भएकोले उनीहरुले नेतालाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । सामान्य खोलामा आएको बाढीका कारण साढे दुई सय रोपनी धान खेत बगरमा परिणत भएको स्थानीय राजेन्द्र फुँयालले बताउनुभएको छ ।    अधिकाँश किसानहरुको भएधरको जमिन बाढीले नगेको भन्दै स्थानीयहरु दुखी भएका छन् । भर्खरै लाखौं लगानी गरेर लगाइएको धान खेत नष्ट हुनुका साथै खेतको संरचनानै ध्वम्स भएको स्थानीय शान्ती बोहोराले बताउनुभएको छ । २०१५ सालमा एक पटक सोही खोलामा बाढी आएको सुनेका त्यहाका स्थानीयहरुले अहिले चार दिन अघिको बाढीका कारण ठुलो क्षती सहनु परेको छ ।

 
यसै बीच, पञ्चकन्या गाउँपालिकामा वर्षा, बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण संकलन कार्य सुरु समेत भएको छ ।
    जनप्रतिनिधि र जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्राविधिकहरुले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार कृषि उब्जनी सहित सिँचाई, कुलो, खानेपानी, जमिनको कटानको क्षती विवरण संकलन थालिएको हो ।
    संकलन हुने क्षति विवरणका आधारमा कृषकहरुलाई क्षतिपुर्ती दिइने बताइएको छ । अस्ती नौं गते राती आएको अविरल वर्षले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ कविलास र वडा नंं ५ भद्रुटारमा धान लगाइएको खेत नष्ट पारेको थियो । वर्षौ देखि खेती गरिदै आएको उर्बर जमिन अहिले बाढीको कारण बगरमा परिणत भएको छ । 
    बाढीका कारण कविलासको हर्रोबोटे, खोलेबगर, अम्बोटे, सिस्नेघारी, चारसय पाmँट, चालिसेको धान खेत नष्ट भएको छ । त्यस्तै भद्रुटारको डुडेवगर, बविसे, क्यामुने, पिप्लेबगर, खोलेबगरमा क्षती पु¥याएको स्थानीयहरुले बताएका छन् ।
    प्रारम्भिक अनुमान अनुसार सिञ्चाई र खानेपानीमा डेढ करोड रुपैयाँ बरावारको क्षती भएको छ । खानेपानीको २५ वटा मुहान र सिञ्चाईका १५ वटा मुहना ध्वस्त भएको छ । खानेपानीको पाईप र सिञ्चाईको नहर पनि बाढीले लगेको छ ।  खेतमा भएको क्षतीको अनुमान साँढे तीन करोडको गरिएको छ ।
बाढीका कारण ठाउँ ठाउँमा पहिरो गएकोले अहिले नयाँ नयाँ ठाउँमा खेत भासिन पनि थालेको छ । तत्कालै संरक्षण गर्न सकेमा रोकथाम हुने भएपनि आफ्नो मुख्य आम्दानीको श्रोत रहेको खेतमा पहिरो लाग्न लागेको शंकरप्रसाद बोहोरा बताउनुहुन्छ ।

Friday, August 25, 2017

नयाँ घर बनाउन स्थानीय श्रोत साधन प्रयोग गर्नु पर्नेमा जोड

सुजित भण्डारी
विदुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले भुकम्प पछीको पुनःनिर्माणलाई तिब्रता दिएको बताउनु भएको छ ।
    कार्यकारी समितिले अनुदान सम्झौता भएको मितिको आधारमा भुकम्प प्रभाबित नागरिकहरुले निजि आबास निर्माणको समय तोकिएको उहाmँे बताउनु भयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिबालय नुवाकोटले आज सरोकारवाला निकायहरुसँग विदुरमा गरेको अन्तक्रियामा कार्यकारी सदस्य शर्माले भुमिहिनको समस्यालाई सम्बोधन गर्ने गरी काम थालिएको बताउनुभयो ।
    सरकारी, सार्बजानिक र बन क्षेत्र बाहेकका जग्गाहरु लामो समय देखि बसोबास गर्दै आएको खण्डमा जग्गा प्राप्ति अन्तर्गत दर्ता प्रकृया सुरु भएको उहाँले बताउनुभएको छ ।
    यस्तै, सडक सञ्जालको बिस्तारका कारण बिस्थापीत हुने बस्तिलाई पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिममा रहेका बस्ति अन्र्तगत नै समेटेर सम्वोधन गरिने भएको छ । जाखिममा रहेका परिवार र अन्य कारणबाट जग्गा नभएका तर राज्यले तय गरेको मापदण्ड अनुसार जग्गा प्राप्त भएको तीन महिना भित्र भुकम्प प्रभाबित नागरिकले निजि आबास निर्माण प्रकृया सुरु गरि सक्नु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्माले बताउनु भएको छ ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अब निर्माण हुने संरचनाहरुमा स्थानिय श्रोत तथा साधनहरु प्रयोग गर्नको लागी अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ । नुवाकोटमा समुन्द्री सतहबाट १२ सय देखि १४ सय मिटरसम्मको उचाईमा बनेका घरहरु बढी क्षति भएको र त्यस्ता बस्तिको पुनःनिर्माण हुँदा मौलिकतामा ध्यान दिनु पर्ने उहाँको भनाई रहेको छ ।
    लाभग्राहीको सूचीमा छुट भएकाहरुको सम्बोधन गर्न फेरि थालीएको सर्भेक्षणमा जनशक्ति अभाब भएको बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । सर्भेक्षणको लागी बिभिन्न वडामा खटिएता पनि प्राबिधिकहरुले ल्याएको प्रतिबेदन अनुसार सबै छुट भएकाहरुको घरघरमा पुग्न नसकेको प्रमुख पण्डितले बताउनुभएको छ ।
    नुवाकोटमा लाभग्राहिहरुको सूचीमा समेटिन नसकेका भुकम्प प्रभाबित नागरिकहरु अझै थुप्रै रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । साथै बिदुर नगरपालिका भित्र रहेका त्रिशुली जलबिद्यूत केन्द्र र देबिघाट जलबिद्यूत केन्द्रको जग्गामा बसोबास गरिरहेकाहरुलाई पनि भुमिहिन जस्तै सुविधा दिनुपर्ने माग उहाँको रहेको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटका स्थानिय बिकास अधिकारी केशरबहादुर पण्डितले भुकम्प पछीको पुनःनिर्माणमा रहेका गैर सरकारी संस्थाहरु समुदायको कुनै निश्चित क्षेत्र र घरधुरीमा मात्रै केन्द्रित रहेकाले अर्को समुदायमा नकारात्म असर परेको बताउनुभयो ।
    बिदुर नगरपालीकाका उपप्रमुख गिता दाहालले नुवाकोटमा सडक मापदण्ड अस्पष्ट भएकोले पुनःनिर्माणमा ढिलाई भएको बताउनु भएको छ । सडक सञ्जाल बिस्तारका कारण सडकको उचित मापदण्डको बिषयमा नागरिकहरुले जानकारी नपाउदा पुनःनिर्माणमा समस्या भएको उहाँले बताउनुभयो । साथै भुकम्प लगत्तै प्राबिधिक उपलब्ध नभएको र नागरिकहरुलेअ ाफ्नो तरिकाले निर्माण सम्पन्न गरिसकेको घरको प्राबिधिक पास अब हुनुपनर्जे र त्यसमा अनावश्यक दुख दिन नहुने गिता दाहालले बताउनुभएको छ ।    भुकम्पका कारण क्षति भएर पनि पुनःनिर्माण लाभग्राहिको सूचीमा नाम समाबेस नभएकाहरुलाई वडा स्तरबाट नै गुनासो सम्बोधन हुने प्रकृया रहे पनि सूचना प्रबाह नँहुदा नागरिकले दुख पाई रहेको कार्यक्रममा टिप्पणी गरिएको छ । कार्यक्रममा भुकम्प पिडित, सुकुम्वासीहरुले पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य धु्रब शर्मा समक्ष आफ्नो गुनासो र माग प्रस्तुत गरेका थिए ।

महेन्द्राको गाडी अब नुवाकोटमा सर्भिसिङ्ग हुने

राजु रिमाल
बट्टार । महेन्द्रा गाडीको सर्भिसिङ्ग लगायतका अन्य पाटपुर्जा खरिद र मर्मतका लागि आजबाट काठमाडौं जानु नपर्ने भएको छ । आज उत्सुक अटो मोवाइलस्ले बट्टार बजारमै आधिकारिक सभिसिङ्ग सेन्टरको स्थापना गरेसंगै महेन्द्रा गाडीको सबै काम नुवाकोटमा हुने भएको छ ।
    बट्टर दम्कीमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महेन्द्र गाडीको आधिकारिक सर्भिसिङ्ग सेन्टरको सुरुवात गर्नुभएको छ । सात वर्ष देखि नुवाकोट र रसुवामा महेन्द्रा गाडी सञ्चालनमा रहे पनि मर्मत, सर्भिसिङ्ग तथा सामान खरिदका लागि काठमाडौंनै जानु पर्ने वाध्यता रहेको थियो । नुवाकोटमा मात्रै दुई सय भन्दा बढी महेन्द्राका गाडीहरु नियमित सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
     गाडीहरु सञ्चालनमा रहने तर सर्भिसिङ्ग गर्ने सम्मको सेवा यातायात व्यवसायीले नपाएको कारण आफुले यो सेवा सुरु गरेको उत्सुक अटो मोवाइलस्का सञ्चालक शरण उत्सुक सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यस्ता खाले ब्यवसायले विदुर नगरपालिकाको महत्व बढ्ने र जिल्लामै सबै प्रकारका सेवा सुविधाको उपलब्ध हुँदा जिल्लावासीलाई गौरव हुने बताउनुभयो ।
    कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लामा महेन्द्रा गाडीको प्रयोग बढेसंगै सोरुमको पनि आवश्यकता रहेको औल्याउनुभयो ।
    कार्यक्रममा महेन्द्रा गाडी नेपालमा विक्रि गर्दै आएको अग्नी इन कर्पोरेट प्रालिका डेप्युटि जनरल म्यानेजर अमितकुमार चौधरीले महेन्द्रा गाडीका लागि नुवाकोट र रसुवा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यहाँको भुगोल र सडकको अवस्था अनुसार महेन्द्र गाडी उपयुक्त हुने बताउनुभएको छ ।
    महेन्द्रा गाडीको आधिकारिक सभिसिङ्ग सेन्टरको सुभारम्भ समारोहमा नुवाकोट जिल्लाका प्रतिष्ठित उद्योगी, व्यवसायी, व्यापारी, चालक, यातायात ब्यवसायी, जिल्लाका सरकारी अधिकारीहरु तथा बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो । 

सेभ द चिल्ड्रेनको परियोजना सकियो

रामचन्द्र खनाल
नुवाकोट । भुकम्प पछि नुवाकोटमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले आफ्नो दुई वर्ष तीन महिनाको परियोजना आज अन्त्य गरेको छ ।
    अङ्ग्रेजी वर्षको २०१५ बाट नुवाकोट जिल्लामा भुकम्प पछिको प्रतिकार्यमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले सामुदायिक बिकास केन्द्र नेपाल सिडिसीसंगको साझेदारीमा नुवाकोटमा काम गर्दै आएको थियो । सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लाको दाङ्गसिङ्ग, गो¥र्याङ्ग, तारुका, चाउथे, दुईपिपल र कुमरीमा काम गर्दै आएको थियो ।
    परियोजनाको समापन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा भुकम्प पछि नुवाकोटमा उल्लेखनिय कार्य गरेको बताउनुभयो । राहतको चरणमा बालबालिको क्षेत्रमा काम गरेको उक्त संस्थालाई पुन निर्माणमा समेत काम गर्न प्रमुख तामाङले आग्रह गर्नुभएको छ ।
    सेभ द चिल्ड्रेनले नुवाकोट जिल्लामा दुई वर्ष तीन महिनामा ६ हजार ३ सय घरधुरीलाई  सोलार वीत्त वितरण गरेको छ । जसबाट आठ हजार बालबालिकालाई अस्थायी आवासमा रहेर पनि पढ्न सजिलो भएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरिएको छ ।
    भुकम्प प्रभावित समुदाय र बालबालिकाको षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनले आवास, शिक्षा, बाल संरक्षण, स्वास्थ्य तथा पोषणमा काम गरेको छ । त्यस्तै, खानेपानी, सरसफाई र स्वच्छता प्रवद्र्धन, खाद्य सुरक्षा तथा जिविकोषर्जन र विपद् जोखिम न्युनिकरणका लागि सेभ द चिल्ड्रेनले काम गरेको थियो ।

विभुषित पाँच जनाको सम्मान

रञ्जु भण्डारी
विदुर । नुवाकोट रसुवा कानून समाजले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नुवाकोट जिल्लाका कानुन र न्यायको क्षेत्रमा काम गर्नेहरुको सम्मान गरेको छ ।
    कानुन र न्यायको क्षेत्रमा विशेष पदवी प्राप्त गरेका पाँच जनाको एक समारोहका बीच सम्मान गरिएको हो । नेपाल वार एशोसिएसन नुवाकोटका अध्यक्ष अधिवक्ता देवराज कँडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट रसुवा कानून समाजका संयोजक तथा सदस्यहरुको सम्मान भएको हो ।
    सम्मानित हुनेहरुमा हाल महा न्याधिवक्तामा नियुक्त हुनुभएका बरिष्ठ अधिवक्ता बशन्तराम भण्डारी, उच्च अदालतका न्यायधिश शान्ता सेढाई रहनुभएको छ । बशन्तराम भण्डारी नुवाकोटको रालुकादेवीमा जन्मनुभएको हो, त्यस्तै शान्ता सेढाई विवाह पछि सामरीको स्थायीवासी हुनुभएको हो ।
    अन्य सम्मानित हुने बरिष्ठ अधिवक्ताहरुमा थानसिंगका उषा मल्ल पाठक, विदुर नगरपालिका वडा नं. २ का बच्चुसिंह खड्का र मदानपुरका ओम थपलिया रहनुभएको छ । उहाँहरु तीनै जना हालै बरिष्ठ अधिवक्ता पदबाट विभुषित हुनुभएको हो ।

Wednesday, August 23, 2017

गिट्टी वालुवाको मुल्य नुवाकोटमा २५ प्रतिशत घट्ने

कपिलदेव खनाल
विदुर । गिट्टी, बालुवा तथा ढुङ्गाको मुल्य निर्धारण गर्नका लागि अघिल्लो महिना गठन भएको समितिले आज भुकम्प पिडित नुवाकोटवासीहरुको पक्षमा निर्णय गरेको छ ।
    बेल्कोटगढी नगरपालिकाका प्मुख राजेन्द्ररमण खनालको संयोजकत्वमा गठन भएको उक्त समितिले नुवाकोट जिल्लाका भुकम्प पिडित नागरिकहरुलाई घर बनाउनका लागि आवश्यक पर्ने गिट्टी, बालुवा र ढुङ्ग खरिदमा २५ प्रतिशत सस्तो बनाएको छ । तर यो मुल्य कार्यान्वयमा अउने भने अब केही दिन लाग्ने छ । यो मुल्य कार्यान्वयनमा आएसंगै अब दुई सय ६० सेफ्टीको गाडीमा गिट्टी बालुवा खरिद गर्दा कम्तिमा पनि ४ हजार रुपैयाँ नागरिकलाई सस्तो पर्न आउँछ ।
    नदीजन्य पदार्थको मुल्य आकाशिएको र त्यसबाट भुकम्प प्रभावित नागरिकहरुलाई मर्का परेको गुनासो बढेपछि त्यसको न्युनिकणरणका लागि समिति गठन भएको थियो । जनप्रतिनिधि, उद्योगी, उपभोक्ता, पत्रकार, प्रहरी र सरकारी कर्मचारीको संयुक्त समितिले अहिले कायम भएको मुल्यमा २५ प्रतिशत कम हुनु पर्ने निर्णय गरेको छ । निर्णय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुल्य निर्धारण समितिमा पठाइएको छ । त्यहाबाट प्रमाणिकरण भएपछि अब नुवाकोटका नागरिकहरुले गिट्टी, वालुवा सस्तो मुल्यमा पाइने छ ।
    तर सस्तो मूल्यमा सामाग्री खरिदका लागि भने भुकम्प पिडितको परिचय पत्र लिएर क्रसरमा जानु पर्ने छ । अहिले ४० रुपैयाँ देखि ५५ रुपैयाँ प्रति सेफ्टी बालुवा विक्रि भइरहेकोमा त्यसमा २५ प्रतिशत छुट हुने छ । त्यस्तै गिट्टी ५० देखि ६० रुपैयाँ प्रति सेफ्टीमा विक्रि भइरहेकोमा त्यसमा पनि नुवाकोटका भुकम्प पिडित नागरिकहरुले २५ प्रतिशत छुट पाउने छन् । यसरी अब कायम हुने मुल्य अनुसार एक आइचर बालुवाको मुल्य ४५ सय रुपैयाँ पर्ने छ । त्यसमा ढुवानी र करको रकम भने थप हुने छ । त्यस्तै एक आइचर गिट्टी अब नुवाकोटका नागरिकहरुले ५६ सय रुपैयाँमा पाउने क्रसरबाट थाप्न पाउने छन् ।
    एक महिना अघि गठन भएको समितिले मुल्य निर्धारणको लागि आज समेत गरी तेश्रो पटक बैठक बसेको छ । मुल्य निर्धारणमा केही पक्षको पटक पटक देखिएको आनाकानीका कारण ढिला भएको बताइएको छ । तर जनताको लागि सस्तो मुल्यमा सामाग्री उपलब्ध गराउने आफ्नो जोडबल रहेकोले सफल रहेको समितिका संयोजक एवं बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।
    तर उद्योगी ब्यवसायीहरुले भने यो मुल्यमा बालुवा र गिट्टी विक्रि गर्न नसक्ेने भन्दै आपत्ति जनाएको छ । बैठकमा सहभागि भएका नुवाकोट क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष शिव अधिकारीले उद्योग स्थापना भएको वडावासीका लागि मात्रै यो निर्णय लागू गर्न सकिने बताउनुभएको छ । तर बैठकमा सिङ्गै जिल्लावासीका लागि अहिलेको मुल्यमा २५ प्रतिशत छुट लिन सकिने प्रस्ताव संघका अध्यक्ष अधिकारीले नै राखेको र त्यसलाई आफुहरुले मानेको संयोजक खनालले बताउनुभएको छ ।
    निर्णय कार्यान्वयमा ल्याउनका लागि समितिले प्रहरी र प्रशासनलाई आग्रह गर्ने र समितिको निर्णय भन्दा बाहिर गएर बढी मुल्यमा सामाग्री विक्रि भएको पाइएमा कानूनी कारबाही हुने समेत मुल्य निर्धारण समितिका संयोजक बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।

बाढीपिडितका लागि फेसबुकबाटै पौनेतीन लाख रुपैयाँ संकलन

नुवाकोट । बसिवियाँलो नुवाकोटले तराईको बाढि पिडितका लागि संकलन गरेको रकमले महोत्तरी जिल्लाका डेढ सय परिवारलाई चामल वितरण गरेको छ ।
    सुरुमा फेसबुकमा मनोरञ्जनका लागि स्थापना भएको बसिवियाँलो समुहले तराई र मधेशका जिल्लामा भर्खरै आएको बाढीबाट प्रभावितहरुलाई राहत प्रदान गर्न फेसबुक मार्फत् नै रकम संकलन अभियान सञ्चालन गरेको थियो । अभियान अन्र्तगत जिल्ला मात्रै नभई देश तथा विदेशमा रहनेहरुले रकम प्रदान गरेका छन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार दुई लाख ७५ हजार रुपैयाँ संकलन भएको थियो ।


जस मध्येबाट महोत्तरीको डेढ सय घरमा एक एक बोरा चालम प्रदान गरिएको छ । संकलित रकम मध्ये ४६ हजार ६ सय रुपैयाँ बचत भएको छ । बाँकी रकम बैंकमा सुरक्षित राखिएको र जिल्ला भित्र तथा बाहिर प्राकृतिक प्रकोप भएमा तत्काल राहतका लागि उक्त रकम खर्च गरिने बताइएको छ ।
    मनोरञ्जन र खबर आदान प्रदानका लागि सामाजिक सञ्चाल फेसबुकमा स्थापना भएको बसिवियाँलो समुहको आग्रहमा देश तथा विदेशबाट बाढी पिडितहरुलाई राहत प्रदान गर्नका लागि रकम संकलन भएको थियो । आज समुहले संकलित रकम र खर्चको हिसाव किताव गरी तराई तथा मधेशको बाढी पिडितका लागि राहत संकलनका लागि गरिएको आब्हान आजबाट बन्द गरिएको जनाएको छ ।

Sunday, August 13, 2017

जिल्ला समन्वय समिति नुवाकोटमा काँग्रेसको प्यानल विजयी एमालेलाई प्यानलमा भएको भन्दा पनि कम मत

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख र उप प्रमुख
कपिलदेव खनाल
विदुर, जिल्ला समन्वय समिति नुवाकोटको सम्पूर्ण दलमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यालयमा भएको मतदानबाट नुवाकोट प्रमुखमा काँग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ ।
    त्यस्तै उप प्रमुखमा अप्सरा थापा, महिला सदस्यमा धनमाया तामाङ र सम्झना सेढाई, दलित वा अल्पसङ्ख्यक सदस्यमा मैया शेर्पिनी, अन्य सदस्यहरुमा अभिनव फुयाल ‘जगदिश’, गणेशबहादुर शाही र रामहसिंह तामाङ निर्वाचित हुनुभएको छ ।
    जिल्ला समन्वय समिति नुवाकोटको नौं सदस्यिय पदाधिकारीमा १८ जनाको उम्मेदवारी परेको थियो । नेपाली काँग्रेस एक्लै र नेकपा एमाले अनि माओवादी केन्द्रले गठबन्धन तयार गरेर दुई प्यानलमा चुनावी प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उप प्रमुख मात्रै मतदाता रहने जिल्ला समन्वय समितिमा काँग्रेसको १४ मत, एमालेको ६ र माओवादी केन्द्रको ४ मत रहेको थियो । एमाले माओवादीले संयुक्त प्यानल बनाएकोले काँग्रेसको १४ र एमाले माओवादीको प्यानलको १० मत रहेको थियो ।
    दिउँसो भएको मतदानको परिणाम एक्कैछिनमा सार्वजनिक भएको थियो । जस अनुसार काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सदस्यहरु अभिनव फुयाल ‘जगदीश’ र गणेशबहादुर शाहीले आफ्नो पार्टी मतदाता भन्दा बढी मत प्राप्त गर्नुभयो । उहाँहरु दुवै जनाले १५÷१५ मत प्राप्त गर्नुभएको छ । जिल्ला संयोजक सहितका अन्य सबै सदस्यहरुले भने १४÷१४ मत प्राप्त गर्नुभएको छ । उहाँहरु दुवै सदस्यले एमाले – माओवादी प्यानलको एक मतदाताको बढी मत लिनुभएको हो ।
    एमाले र माओवादीको संयुक्त प्यानलबाट रामहरि घिमिरे प्रमुख, विष्णुबहादुर बोगटी उपप्रमुख, सरस्वती उप्रेती, मिनुकुमारी तामाङ नेपाली र शर्मिला तामाङ महिला सदस्य, कृष्णबहादुर घले अल्पसंख्यक सदस्य, नारायणप्राद रिमाल, नविन पुडासैनी र विक्रम गुरुङ्ग अन्य सदस्यको उम्मेदवार रहनुभएको थियो । अन्य सदस्यमा एमाले माओवादी प्यानलबाट उम्मेदवार बन्नुभएका नारायणप्रसाद रिमाल र विक्रम गुरुङ्गले भने आफ्नो प्यानलमा रहेको भन्दा पनि एक मत कम पाउनुभएको छ । १० मत रहेकोमा उहाँहरु दुवै जनाले ९÷९ मत प्राप्त गर्नुभएको हो । प्यानलका बाँकी सबै उम्मेदवारहरुले १०÷१० मत प्राप्त गरेका छन् । आफ्नो बठबन्धनमा रहेको मतमा पनि एक÷एक मत कम ल्याउने दुवै उम्मेदवाहरु नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकाहरु रहेका छन् ।
    यसै बीच, नव निर्वाचित पदाधिकारीहरुको सपथग्हण कार्यक्रम यही साउन ३२ गते हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरु यस अघि निर्वाचित भएको वडा सदस्यहरुको पद कायम नहने या खारेज हुने भन्ने विषयमा भने अझै प्रष्ट भएको छैन । यस विषयमा परिपत्र आउन बाँकी रहेकोले यस अघि निर्वाचित भएको जिम्मेवारीबाट स्वत पद मुक्त हने, राजनीनामा दिनु पर्ने या काय रहने भन्ने विषयमा अझै प्रष्ट भने भएको छैन ।