Saturday, October 07, 2017

नुवाकोट काँग्रेसले १२ सिटमा पठायो एक सय ३९ जनाको नामावली, पार्टी भित्र कारबाही माग गरिएका देखि आपराधिक क्रृयाकलापमा सम्लग्न सम्मको नाम सिफारिस

नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि सम्भावित उम्मेदवारको नाम छनौटका लागि केन्द्रिय समितिमा सिफारिस गरेको छ । प्रदेश र संघमा प्रत्यक्ष र समानुपातीक गरी जम्मा १२ जनाको नाम छनोट गर्नका लागि नुवाकोट काँग्रेसले एक सय ३९ जनाको नाम संकलन गरेको छ ।
अर्जुनतनरसिंह केसी र रामशरण महतलाई एकै क्षेत्रमा सिफारिस गरिएको छ । क्षेत्र नं. १ मा उहाँहरु दुवैको नाम रहेको छ । त्यस्तै अर्को एकै क्षेत्रमा प्रकाशशरण महत र जगदीश्वरनरिसंह केसीको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले पठाउनुभएको उम्मेदवारहरुको सूचीमा तीन वर्ष अघि क्रियाशिल सदस्यता लिएका देखि आपराधिक क्रृयाकलापमा सम्लग्न देखिएकासम्मको नाम रहेको छ । साथै समानुपातीमा पठाएको काँग्रेसको सूचीमा पत्रकार महासंघका तीन जना सदस्य समेत रहेका छन् । त्यस्तै स्थानीय तहमा चुनाव हारेका उम्मेदवारलाई पनि समानुपातीको सूचीमा राख्नको लागि केन्द्रिय समितिमा पत्रचार गरेको छ ।
समानुपातिका लागि पठाइएको अधिकांश नाम राजनीतिक वृत्तमा चर्चामा नरहेका र नचिनिएकाहरु रहेको छ । क्षेत्रीय कार्यसमितिले केन्द्रको निर्देशन बमोजिमको मापदण्ड पुरा नगरेको लगायतको विषय पनि उल्लेख गरेर जिल्ला सभापतिले प्राप्त भएको सबै नाम केन्द्रिय समितिमा पठाएको बताइएको छ ।

नेपाली काँग्रेस नुवाकोटले प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा. रामशरण महत र सरीता लामाको सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नं. १ को १ बाट प्रदेशसभामा टिकट लिनका लागि महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, दिनेश खनाल, निलम उप्रेती र बिनोद शाहको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं १ कै २ बाट प्रदेशसभाको प्रत्यक्ष चुनाव लड्नका लागि यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा  र कृष्णबहादुर लामालाई सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा तामाङ, डा. प्रकाशशरण महत लगायतको नाम सिफासिस भएको छ । निर्वाचन क्षेत्र नं. २ को १ नं. मा प्रदेशसभाको लागि सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, बैकुण्ठबहादुर पाण्डे, भुपेन्द्र बानियाँ, बिष्णुराज नेपाल, दिपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई सिफारिस गरेको छ ।

नुवाकोट क्षेत्र नं. २ को २ मा प्रत्यक्ष चुनाव लड्नका लागि जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकी माया तामाङलाई सिफारिस गरेको छ ।
काँग्रेस नुवाकोटले समानुपातमिा पठाएको नामहरु अत्याधिक रहेको छ । आन्तरिक विवाद र कलहका कारण जिल्ला समतिले कुनै पनि नाम छनोट र शंसोधन गर्न नसकेपछि जिल्लामा पुगेको सबै नामलाई केन्द्रमा पठाएको हो । टिकटको लागि दावी गरिएको नामहरुमा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ । जसमा पदमराज पौडेल, डा. केदार नरसिंह के.सी., मुकुन्दराज सिटौंला, खेमराज सेढाई, बाबुकाजी पाठक, विष्णुप्रसाद अधिकारी, रमा उप्रेती, इन्द्रबहादुर पाण्डे, रामबाबु उप्रेती, नरेन्द्रराज महत, हरिश्चन्द्रसिंह तामाङ, डिल्लीबहादुर खनाल र तुलसा नेपाल रहेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा समानुपातिक तर्फ पनि काँग्रेस नुवाकोटले नौं जनाको नाम पठाएको छ । जसमा श्रीप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल, देवकी डोटेल, यासीवा रहमान, सुरथबहादुर चित्रकार, सुनबहादुर गुरूङ, अर्जुन नेपाल, शेरबहादुर घले र भोजबहादुर नेपाली रहेका छन् । 

नुवाकोटको क्षेत्र नं. १ को प्रदेशसभा १ को समानुपातिकतर्फ काँग्रेसले २३ जनाको नाम सिफारिस गरेको छ । जसमा लक्ष्मणराज थापा, कविराज गुरूङ, रामबहादुर डंगोल, यमबहादुर थापा, रामचन्द्र खनाल, सीता मिजार, अच्युत गुरागाई, उमा थापा, नरेश तामाङ, सुर्यबहादुर तामाङ, सुनबहादुर तामाङ, प्रमोद रिमाल, सरोज केसी, इन्दु थापा, रामेश्वर भण्डारी, नारायण भण्डारी, नरहरी आचार्य, स्वेच्छा उप्रेती, सलिना केसी, शुशीला मोक्तान, श्यामबहादुर केसी, कमलबहादुर श्रेष्ठ र ललिता भण्डारी रहेका छन् ।
क्षेत्र नं १ को प्रदेशसभा २ को समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस भएको छ । जसमा डिल्लीप्रसाद ढकाल, उपेन्द्र कुइकेल, विष्णुबहादुर गुरूङ घले, भेषराज ढकाल, भवानी देवकोटा, रामप्रसाद पाण्डे, शिवप्रसाद अधिकारी, सफलता बोगटी, कल्पना नेपाली, दिपक नेपाली, रामजी पौडेल, महानन्द ढकाल, माधवप्रसाद सापकोटा, रामकृष्ण श्रेष्ठ, सचिता कुइकेल, शंकर प्याकुरेल, हम्सराज गिरी, दुर्गा प्रसाद ढकाल, सुमन गिरी, दिनेश तामाङ, हरेराम बजगाई र बैकुण्ठप्रसाद खनाल रहेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा नम्वर १ समानुपातिक तर्फ पनि अन्य क्षेत्रमा जस्तै झण्डै दुई दर्जन नाम सिफारिस भएको छ । जसमा प्रतापसिंह लामा, लक्ष्मण श्रेष्ठ, राजु थापा, प्रकाश राई, लेखनाथ मुडभरी, श्रीराम श्रेष्ठ, लालबहादुर बिश्वकर्मा, शिव देवकोटा, बद्री मुडभरी, शिव प्रसाद गजुरेल, इन्द्र बहादुर लामा, गोकुलप्रसाद दहाल, बद्री त्रिपाठी, शुदर्शन पाण्डे, मोहमद करिम, श्रीराम पाण्डे, रामप्रसाद गजुरेल, मुसमलाल श्रेष्ठ र  रूक्मिणी सेढाई रहेका छन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा नं. २ को प्रत्यक्षतर्फ उम्मेदवार बन्न लायक भनेर काँग्रेसले २१ जनाको नाम सिफारिस गरेको छ । जसमा हरिलाल श्रेष्ठ, लालीमाया तामाङ, लक्ष्मण श्रेष्ठ, राजु थापा, धनसिङ तामाङ, राजकुमार भट्टाराई, केशब अर्याल, हरेराम पैडेल, सुमन अधिकारी, गरबहादुर तामाङ, अन्जना अर्याल, सेम्जोङ तामाङ, शिव अधिकारी, जानुका घिमिरे, रेणुका अधिकारी, दिलमान तामाङ, बसन्तजंग ठकुरी, गोपी शर्मा, दिपिका थापा रिमाल, बासु भट्ट र होमबहादुर तामाङको नाम रहेको छ ।








उम्मेदवार छनोटका लागि एमाले भित्र मतदान, बद्री मैनालीले पाए सबै मत . नयाँ शक्तिका कृष्ण कुईकेल काँग्रेसमै फर्कने तयारीमा

एमाले नुवाकोटका उपाध्यक्ष बद्री मैनाली
इमेज समाचारदाता
नेकपा एमाले नुवाकोटले उम्मेदवार छनोटको लागि मतदान विधि अपनाएको छ । निर्वाचन क्षेत्र नं. १ को २ मा उम्मेदवार बन्ने नेतको टुङ्गो लगाउन एमालेले मतदान विधि अपनाएको हो ।
    जसमा एमालेको जिल्ला उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख बद्री मैनालीले खसेको सबै मत प्राप्त गर्नुभएको छ । १३ जना मतदाता रहेको उक्त निर्वाचनमा बद्री मैनालीले सबै मत पाउनुभएको छ । प्रदेश सभामा उम्मेदवारी दिनका लागि छनोट हुने एउटा नामका लागि तीन जनाको नाम जिल्ला समितिले केन्द्रमा सिफारिस गनु पर्नेमा तीन जनाको नाम छनोट गर्न नसकेपछि निर्वाचन भएको एमाले नुवाकोटले जनाएको छ ।
    क्षेत्रिय समितिले नाम छनोट गर्न नसेकपछि जिल्ला समितिलाई नाम छान्नको लागि सिफारिस गरेकोमा जिल्ला समितिले क्षेत्रिय समितिलाई मतदान प्रक्रृयाबाटै भएपनि तीन जनाको नाम छानेर सिफारिस गर्न आग्रह गरेको थियो ।
    जसमा पाँच जनाको बलियो दावी थियो । १३ जनाले तीन तीन जनाको नाममा मतदान गरेका थिए । जिल्ला उपाध्यक्ष बद्री मैनालीले १३ मा १३ नै मत, पुर्णलाल श्रेष्ठले ५, अच्युत पाण्डेले ४, लोकनाथ सापकोटाले तीन र कृष्णबहादुर जिसीले ३ मत पाउने भएको छ ।
    मतका आधारमा बढी ल्याउने तीन जनाको नाम केन्द्रिय समितिमा टिकटको लागि सिफारिस गर्ने बताइएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नंं १ को २ मा नेकपा एमालेका तर्फबाट बद्री मैनालीलाई एमालेले टिकट दिने पक्का जस्तै बनेको एमालेले जनाएको छ ।
    उता, नेपाली काँग्रेस भित्रको विवादका कारण अहिलेसम्म उम्मेदवारको लागि सिफारिस हुने नामहरु तयार हुन सकेको छैन । स्थानीय तह निर्वाचनमा अन्र्तघात गर्नेहरुलाई कारबाही माग गर्दै काँग्रेसले केन्द्रिय समितिमा बुझाएको ज्ञापन पत्रले अहिले उम्मेदवारको नाम सिफारिसको कार्यलाई अल्मल्याएको छ । पराजित उम्मेदवारहरुले अन्तरघाती भन्दै कारबाहीको माग गरेका नेताहरुलाई क्षेत्रिय समितिले उम्मेदवारको लागि सिफारिस गरेपछि अहिले जिल्ला समितिमा उम्मेदवारको नाम अड्किएको छ ।

नयाँ शक्ति नुवाकोटका निर्वतनमा संयोजक कृष्ण कुईकेल
यसै बीच, नयाँ शक्तिले निर्वाचनमा जिल्ला संयोजक कृष्ण कुईकेलको नाम उम्मेदवारको लागि सिफारिस गरेको छैन । क्षेत्र नं. १ मा कृष्ण कुईकेल संघिय संसद्मा उठ्ने चर्चा भइरहेकै समयमा जिल्ला समितिले उहाँको नाम टिकटको लागि केन्द्रमा सिफारिस नगरेको हो । नयाँ शक्ति नुवाकोटका अनुसार कुईकेलकै ईच्छा अनुसार कुनै पनि तहको निर्वाचनमा निर्वतनमा संयोजक कुईकेलको नाम टिकटको लागि केन्द्रमा नपठाइएको हो ।
    काँग्रेसको तर्फबाट रामशरण महत र माओवादीबाट हितबहादुर तामाङको प्रतिस्पर्धा रहने नुवाकोट क्षेत्र नं. १ मा नयाँ शक्तिले चुडाबहादुर मोक्तानलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरेको छ । समाचार श्रोतका अनुसार नयाँ शक्ति नुवाकोटको झण्डै एक वर्ष संयोजक रहेका कृष्ण कुईकल फेरि काँग्रेसमै फर्कने तयारीमा जुट्नुभएको छ । अघिल्लो हप्ता भएको बाम एकताको विपक्षमा देखिनुभएका नयाँ शक्तिका निर्वतनमा संयोजक कृष्ण कुईकेल पुरानै पार्टीमा फर्कन लागेको र त्यसका लागि काँग्रेसको शिर्ष तहमा छलफल सुरु भएको बताइएको छ । 

Saturday, September 30, 2017

बिजय दशमी– २०१८ को तयारी

कवि कपिलदेव खनाल
कपिलदेव खनाल
यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

हरेक महिना लुगा किन्नेलाई
दसैंको के मज्जा  ?
घाम नपस्ने कोठामा गुजारा गर्ने
जमरा जस्ता पहेला शहरियाहरुलाई 
के सुहाउँथ्यो पहेलै जमरा शिरमा !

दक्षिणा कतारबाट आउँछ,
टिकाको चामल इण्डियाबाट आउछ,
अबिर चाइनाबाट आउछ ।
अनि हामी बनाउछौं टिका
दक्षिणको नयाँ नयाँ नोट
अनि मनाउछौं र भन्छौं बडादशैं २०७४

कतारको दक्षिणा
इण्डियाको चालमको टिका
चिनको अबिर र तासका पत्ता !


यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

मासु केरुङ्गबाटै आउनु पर्ने
पिङ्गको लठ्ठा चाइनाबाटै आउनु पर्ने
चङ्ग इण्डियाबाटै ल्याउनु पर्ने
टिका थाप्ने मान्छे कतार मलेसियाबाट आउने पर्ने
यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

Wednesday, September 27, 2017

कविता दसैं

कपिलदेव खनाल

हजुरबा जमरा राख्नुहुन्थ्यो,
बाले खसी ल्याउनु हुन्थ्यो,
आमाले मकेरो खोज्नुहुन्थ्यो, लिपपोत गर्नुहुन्थ्यो
र पो,
उज्यालो, सेतो
मगमग कमेरो वास्ना आउने दसैं हुन्थ्यो ।

यो पाली, यो छोरो दसैं उराठ भन्दै बजारतिर गाएर हिड्छ,
बुहारीलाई भ्याइनभ्याई छ शहरतिरै ।

भखैरै स्थानीय तह चुनाव सकियो,
चुनावसंगै गाउँका सबै खसी बोका सकियो,
बा फोन गरेर भन्नुहुन्छ ः
बोइलरले कसरी दसैं मनाउनु
घर आउँदा
बट्टारबाट ८\१० किलो मासु पोको पारेर आईजो

म सोचिरहेछु ः
गाउँ जाने वित्तिकै मनाउने गरी
मलाई कस्ले ठिक्क पार्देला यो सालको दसैं !
(२०७४ असोज ६ गते बसिवियाँलो नुवाकोटद्धारा आयोजित दसैं विशेष कार्यक्रममा वाचन गरिएको रचना)

Monday, September 25, 2017

सात जनाको ज्यान गएपछि लाइसेन्स बनाउदै चालक

फाइल तस्बिर
कपिलदेव खनाल
विदुर । भदौ २४ गते सात जनाको ज्यान लिने गरी भएको बस दुर्घटनामा सम्लग्न बसका चालक अझै पनि फरार रहेका छन् । शिवपुरी गाउँपालिकाको गुरुङ्गगाउँमा भएको बस दुर्घटनामा परेको बसका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

दुर्घटना भएको दुई हप्ता वित्दा पनि चालक प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसधनी प्रहरीको सम्पर्कमा रहेपनि चालक अहिलेसम्म नआएको प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्ठले जानकारी दिनुभयो ।

      तर, चालकसंग सवारी चलाउने अनुमती पत्र नभएकोले प्रहरी सम्पर्कमा नआएको बुझिएको छ । सामान्य सवारी साधन मात्रै चलाउने लाइसेन्स भएको व्यक्तिले ठुलो बस चलाएको र सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ । ति चालक दुर्घटना भन्दा पहिलाको मितिमा लाइसेन्स बनाउनका लागि यातायात व्यवस्था विभागमा डुलिरहेको समाचारश्रोतले जानकारी दिएको छ ।

      चालकको को थिए भन्ने विवरण पनि प्रष्टसंग बिबरण बाहिर आएको छैन । तामाङ थरका एक जना चालकको नाम प्रहरीलाई दुर्घटना भएको दिन टिपाइएको थियो । काठमाडौंका विभिन्न चार अस्पतालमा ३५ जना घाइतेको उपचार हुँदा पनि उक्त बसको चालकको कतै पनि उपचार भएको पाइएको छैन ।

      समाचार श्रोतले दिएको जानकारी अनुसार ति चालक यातायात ब्यवस्था विभागमा भेटिने गरेका छन् । उनी आफ्नो पुरानो लाइसेन्समा ठुलो बस पनि चलाउने अनुमती रहेको विवरण थप गराउन लागि परेका हुन् । यो विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोट अनभिज्ञ देखिएको छ । सात जनाको ज्यान गएकोले चालक डराएर सम्पर्कमा नआएको भन्ने बुझेको र जसरी पनि उसलाई खोजेर ल्याउने प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले बताउनुभएको छ ।

      यस विषयमा प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले पनि आफुलाई कुनै जानकारी नरहेको बताउनुभएको छ । उहाँले चालक उपचारमा रहेको भन्ने विवरण आफुलाई रहेको र दुर्घटना भएको १५ दिनसम्म पनि किन प्रहरी नियन्त्रणमा आएन भन्ने विषयमा छानविन गर्ने बताउनुभएको छ ।  

स्थानीय चुनावमा गाउँको खसी बोका सकिएपछि दसैं प्रभावित नुवाकोटमा मनाङको च्याङ्ग्राा, मुल्य ३३ हजार

शर्मिला उप्रेती
विदुर । यो वर्ष रसुवागढी नाकाबाट दसैंको लागि ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा ठुले गिरावट भएको हो ।
तर, यसपालि नाका प्रवेश गरेको ५५ वटा च्याङ्ग्राा धुञ्चेसम्म पनि नआइपुगेको बताइएको छ । दसैंका लागि हरेक वर्ष रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात हुने गरेकोमा यो वर्ष मुस्ताङबाट जिल्ला ल्याएको पाइएको छ । स्थानीय ब्यापारिहरुले केही संख्यामा मुस्ताङ्गबाट ल्याएको भेडा च्याङ्ग्रा नुवाकोट आइपुगेको भएपनि असाध्यै महंगो रहेको बताइएको छ ।
वर्षेनी तिब्बतबाट आउने भेडा च्याङ्ग्राले धान्दै आएको मासुको माग अव स्थानीय स्तरमा खसी बोकाले धान्नुपर्ने भएको छ । तर, दसैंमा आवश्यक पर्ने मात्रामा नुवाकोटमा खसी बोका नभएको बुझिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका कारण गाउँघरमा प्रायः खसी बोका बैशाख÷जेठ महिनामै सकिएकोले अहिले नुवाकोटमा खसी बोकाको अभाव देखिएको छ । चुनाव पछि हुर्केका खसी बोकाको संख्या कम रहेको र कलिलो भएकोले नुवाकोटमा मासुको लागि काठमाडौं वा तराईबाट खसी बोका मगाउनु पर्ने अवस्थाको सृजना भएको छ ।
दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ । चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याङ्ग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीहरुले बताएका छन् ।
गत वर्ष करिब १३ हजार पर्ने भेडाच्याङ्ग्राको मुल्य यो वर्ष २३ हजार पुगेको ब्यापारीहरुले बताएका छन् । यो पालीको दसैंका लागि भेडा च्याङ्ग्रा लिन केरुङ्ग पुगेको नेपाली ब्यपाीहरु अधिकांश मुल्यका कारण त्यसै फर्किका छन् । पोहोरको भन्दा कम तौल देखिएको र एउटै भेडा च्याङ्गमा १० हजार मुल्य वृद्धि भएपछि रित्तै आएको ब्यपारीहरुले बताएका छन् । तिब्बतमा भेडा च्याङ्ग्राको भाउ बढ्नुका साथै भन्सार शुल्कमा पनि वृद्धि भएको छ ।
२०७० सालको दसैंमा उक्त नाकाबाट दुई सय दुई भेडाच्याङ्ग्रा नेपाल भित्रिएको थियो । २०७१ मा एक सय ८०, २०७३ मा दुई सय ५० ओटा भेडाच्याङ्ग्रा रसुवा भित्रिएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क रहेको छ । २०७० साल भन्दा अघि रसुवागढी नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा दसैंको लागि आयात हुने गरेको थियो । रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको भेडा च्याङ्ग्रा फुलपातीसम्ममा काठमाडौंसम्म पुग्ने गरेको थियो ।

दसैंमा उम्मेदवार टुङ्ग्याउने चटारो, ठुल दल आन्तरिक गृहकार्यमा

राजु रिमाल
विदुर । आगामी मंसिर १० गते हुने संघीय संसद तथा प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा मुख्य तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उम्मेदवार छान्ने आन्तरिक वैठकमा केन्द्रित भएका छन् ।
काँग्रेसले उम्मेदवारको नाम सिफारिसका लागि आइतवारबाट औपचारिक छलफल थालेको छ । पुरानो संरचना अनुसारको क्षेत्र नं. १ र ३ को संयुक्त बैठक बसेको खवर प्राप्त भएको छ । उम्मेदवारहरुको नाम सिफारिस नगरेपनि मोटामोटी रुपमा बैठकमा छलफल भएको बताइएको छ । दसैं अगाडी नै अर्को बैठक बस्ने सम्भावना रहेको र उक्त बैंकबाट उम्मेदवारको नाम सिफारिस हुने सम्भावना रहेको काँग्रेस क्षेत्र नं. ३ का सचिव विष्णु चालिसेले जानकारी दिनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र पनि उम्मेदवार छनोटको लागि छलफलमा जुटिरहेको छ । एमालेलाई प्रदेश र संघ दुवैको उम्मेदवारको टुङ्गो लगाउनु पर्ने भएको छ भने माओवादी केन्द्रले अब प्रदेश उम्मेदवारको विषयमा मात्रै छलफल केन्द्रित गर्ने छ । 
नेकपा (माओवादी केन्द्र) नुवाकोटले १ नम्बर निर्वाचन क्षेत्रमा केन्द्रिय सचिवालय सदस्य हितवहादुर तामाङ र २ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला संयोजक हिरानाथ खतिवडालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
नुवाकोटमा यस अगाडी ३ वटा निर्वाचन क्षेत्र रहेको थियो भने संघीय संरचना बनेपछि  २ वटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । माओवादी केन्द्रले जिल्ला इञ्चार्ज बिमला सुबेदीलाइ संघीय संसदका लागि समानुपातिक तर्फका उम्मेदवार बनाउने निर्णय गरको छ ।
संघीय संसदको निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस, एमाले र माओवादीमा बीचमा उम्मेदवार भित्री रुपमा टुंगो लागिसकेको छ । काँग्रेसवाट पूर्व अर्थमन्त्री रहेका डा. रामशरण महत यसपटक पनि २ नम्वर निर्वाचन क्षेत्रका अधिकांश क्षेत्र समेटिएर वनेको उक्त निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । त्यहा यसपटक पनि महतलाई माओवादी केन्द्रका हितवहादुर तामाङले टक्कर दिने भएका छन् । तामाङ महतसग यस अगाडी पनि दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका नेता हुन् । झिनो मतान्तरले मात्र पराजित हुदै आएका तामाङ यसपटक भने महतलाई पराजित गरेर दुई पटकको हारको बदला लिने तयारीमा देखिएका छन् । पछिल्लो पाली भएको निर्वाचन क्षेत्र पुन संरचनाका कारण डा. महत कमजोर र हितबहादुर तामाङ बलियो देखिएको अनुमान छ ।
एमालेले भने क्षेत्र नं. १ मा राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने भएको छ । लोहनी यस अगाडी को नुवाकोट क्षेत्र नम्वर १ बाट पुर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलाई पराजित गदै सांसद समेत बनिसेकका छन् । तर उहाँको सम्पूर्ण निर्वाचन क्षेत्र पनि त्यसमा नपर्ने र जनताका बीचमा लामो समयका वीचमा नभिजेका कारण उनलाई अप्ठायारो पर्ने देखिएको छ । नुवाकोटमा एमाले विगतको संसदिय निर्वाचनहरुमा कमजोर देखिएका कारण पनि लोहनीलाई निर्वाचन फलाम चपाउनु सहर हुने नुवाकोटमा चर्चा छ ।
१ नम्वर निर्वाचन क्षेत्रमा डा. प्रकशरण महतले पनि टिकट दावी गरिरहेका छन् । दाई महतलाई यसपटक समानुपातिकमा राखेर भएपनि आफुलाई टिकट दिए हुने भन्दै उनी टिकटका लागि लविङमा देखिन्छन् । तर पनि डा रामशरणका अगाडी उनको लविङको जोर नचल्ने काँग्रेस भित्रका जानकारहरु बताउँछन् ।
उता क्षेत्र नम्वर २ मा भने काँग्रेसभित्र विवाद देखिएको छ । एउटा क्षेत्रमा महतले टिकट पाएपछि अर्काे क्षेत्र केसीले पाउने काँग्रेस नुवाकोट भित्र चर्चा छ । तर त्यस क्षेत्रको टिकटका लागि सांसद समेत रहेका बहादुरसिंह लामा तामाङले पनि अडान लिईरहेपछि केसीलाई अप्ठायारो परेको छ । तामाङले अर्जुननरसिंह केसी समानुपातिकमा बसेर आफुलाई टिकट दिनुपर्ने वताईरहेका छन् ।
तामाङले जति दावी गरेपनि अर्के क्षेत्रमा महतले पाएपछि उक्त क्षेत्रमा अर्जुननरसिंह केसीले नै टिकट पाउने एक काँग्रेस नेताले अनुमान गरेका छन् । उक्त क्षेत्रमा माओवादी र एमालेका तर्फवाट भने करिव विवाद रहित उम्मेदवार छन् । एमालेले पूर्व सांसद समेत रहेका महेन्द्रवहादुर पाण्डेलाई २ नम्वर क्षेत्रवाट उठाउने भएको छ । त्यहा माओवादी केन्द्रले भने जिल्ला संयोजक हिरानाथ खतिवडालाई उठाउने भएको छ । जिल्ला इन्चार्ज समेत रहेका विमला सुवेदीले आफु समानुपातिकमा वस्ने बताएपछि खतिवडाका लागि टिकट मिलेको हो ।
माओवादीका खतिवडा पहिलो पटक निर्वाचनमा होमिएका छन् । विदुर नगरपालिका, वेल्कोटगढी नगरपालिका पनि उक्त निर्वाच्न क्षेत्रमा नै पर्ने भएकोले उत्तः क्षेत्रमा एमाले बलियो देखिएको छ । भर्खरै सम्पन्न स्थानिय तह चुनावमा एमालेले यी दुवै नगरपालिका जितेका कारण एमालेमा टिकटका लागि महेन्द्रबहादुर पाण्डेनै लालयित देखिएका हुन् ।
काँग्रेसभित्र आन्तरिक असन्तुलनको रहेकोले काँग्रेसलाई उक्त क्षेत्रमा कमजोर रहेको अनुमान गरिएको छ ।
यसै बीच, मुख्य ठुला तीन वटै दललाई प्रदेश सभाको उम्मेदवार कसलाई अघि सार्ने भन्ने समस्या देखिएको छ । लामो समय पछि हुन लागेको निर्वाचनका कारण सबै पार्टी पुराना कार्यकर्ताहरुको व्यवस्थापन जरुरी बनेको छ । जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्नेमा युवा पुस्तालाई अघि सार्नुृ पर्ने साझा माग भने सबै पार्टीमा देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा नै युवालाई टिकट लिनका लागि लविङ्ग सुरु भएको छ ।
काँग्रेस भित्र क्षेत्र नंं २ को २ मा महाधिवेशन प्रतिनिधि श्रीराम श्रेष्ठको चर्चा सुरु भएको छ । काँग्रेसले महासमिति, महाधिवेशन र जिल्ला कार्य समितिको पदाधिकारीहरुलाई टिकट लिनको लागि प्राथमिकतामा राखेपछि श्रेष्ठको चर्चा सुरु भएको हो । उनको क्षेत्रमा २ जना महाधिवेशन सदस्य र महासमिति सदस्य १ सदस्य रहेकोमा अन्य दुई जनाले उनलाई अगाडी सार्ने भएका छन् । क्षेत्र नं. २ को प्रदेश नंं १ मा श्रीराम श्रेष्ठको सम्भावना बलियो रहेको बताइएको छ ।
उता, माओवादी केन्द्रबाट सोही निर्वाचन क्षेत्रमा प्रदेश सभाका लागि नवराज ढुङ्गाना विश्वासको सम्भावना बलियो देखिएको छ । वाइसिएल केन्द्रिय सदस्य समेत रहेको पुराना माओवादी कार्यकता विश्वास प्रचण्डका निकट रहेका छन् ।
संघीय संसदका लागि करिव अनौपचारिक रुपमा तीन वटै दलले उम्मेदवारीको टुंगो नै लगाईसकेका छन् । तर उक्त नामलाई माओवादी केन्द्र बाहेकका दलले सार्वजनिक गरेको छैन । साथै, प्रदेश सभाका लागि भने तीन वटै दलामा आकांक्षी बढी रहेका कारण सबै दललाई उम्मेदवार टुंगो लगाउन मुश्किल पर्ने देखिएको छ ।
संघीय संसद र प्रदेश सभाको निर्वाचन एकै पटक हुने भएपछि संघीय संसदमा निर्वाचन लडन चाहने नेताहरुले प्रदेश सभामा आफु अनुकुल सहज हुने, पैसा खर्च गर्न सक्ने नेताहरुलाई टिकट दिलाउन लविङ गरिरहेका छन् । संघीय संसदका लागि यस अगाडी तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा अब दुई वटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

Sunday, September 24, 2017

खसी बजार मेलामा ३० लाख रुपैयाँको कारोवार, भेडाच्याङ्ग्राको शिर्षकमा बाहिर जाने रुपैयाँ गाउँमै रोक्न सहकारीहरुको संयुक्त अभियान

ईमेज समाचारदाता
तुप्चे । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा आयोजित बृहत्त खसी बजार तथा कृषि उपज मेलामा ३०लाख भन्दा बढी कारोकार भएको छ । मेलाबाटै १ सय ३० वटा खसी बोकाको बिक्रि भएको छ । लोकल कुखुरा, फर्सी, लगायतका कृषि जन्य सामाग्रीहरुको पनि विक्रि भएको छ । 
    फिकुरीका विष्णु देवकोटाले मेलामा मात्रै २० खसी विक्रि गर्नुभएको छ । पोहोरको भन्दा सस्तोमा खसी बोका विक्रि भएको भएपनि यो मेलाले आफुलाई उत्साही बनाएको उहाँले बताउनुभयो ।
दशैमा तिब्बतबाट आउने भेडा च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेका सहकारी संस्थाले बर्षेनी खसी मेलाको आयोजना गर्दै आएको छ । आयोजक संस्था मध्येको हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले योमेलालो कृषक र ग्राहक दुवैलाई फाईदा मिलेको र सरकारीले उनीहरुको बीचमा समन्वय मात्रै गराउन मेलाको आयोजना गरेको बताउनुभएको छ ।
यो पाली पनि तुप्चेमा रहेका तीन वटा सहकारी संस्थाहरुले खसी बजार मेला सञ्चालन गरेको हो । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारीहरुले पछिल्लो पाँच वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएका छन् । सोलेबजारमो आयोजना गरिएको वृहत्त खसी बजार तथा कृषि उपज मेलामा उल्लेख्य कृषक तथा उपभोक्ताहरुको सहभागीता रहेको थियो ।
    खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि भएका छन् । कृषिजन्य सामाग्रीहरुमा फर्सी, बेसार, लोकल कुखुरा लगायतको बिक्रि भएको थियो ।
    गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन मेलाले सहयोग पुगेको आयोजकले जनाएको छ ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि तथा प्रर्दशनीको लागी बृहत्त खसी बजार तथा कृषि मेलामा राखिएको हो । आयोजक संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराएको थियो । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गरेको हाम्रो सहकारी संस्थाका ब्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिनुभएको छ ।


आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको थियो । जस अनुसार २१ केजी देखि २५ केजीसम्मको खसीको प्रतिकेजी ४ सय रुपैया, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैयाँ मा बिक्रि भएको छ ।
यस्तै, ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ४ सय ३०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ४ सय ४०, ४१ केजी भन्दा माथीको खसीको प्रतिकेजी ४ सय ५० रुपैयाँ र २० केजी भन्दा तलको खसी प्रतिकेजी ३ सय ८० रुपैयाँमा बिक्रि बितरण भएको आयोजक संस्था मध्येको साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
आयोजक संस्थाले निर्धारण गरेको मुल्य अनुसार नै खसिबोका तथा कृषि अनाजहरुको बिक्रि बितरण भएको थियो । हाम्रो सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप पाँच रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराएको छ ।
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा किसानहरुले सिधै उपभोक्तलाई छ लाख रुपैयाँको खसी बोका विक्रि गरेका थिए । तर यस बर्ष भने खसीबोकाको कारोबार ह्वात्तै बढेको हो । मुल्य निर्धारण सहित कृषकलाई विक्रिको लागि आउन आग्रह गरेकोले विक्रि भएको अनुमान गरिएको छ । साथै मेलामा ल्याएको कृषकको खसी बोका विक्रि नभएमा आयोजकले नै किनेर राख्ने जनाएपछि कृषकहरुले ठुलो संख्यामा खसी बोका आयोजना स्थलमा ल्याएका हुन् । पोहोर साल ६० वटा खसी विक्रि भएको थियो भने यस बर्ष १ सय ३० वटा खसीबोकाको बिक्रि भएको छ । त्यत्तिका संख्यामा खसी विक्रिका लागि ल्याउदा पनि ग्राहकको माग धान्न नसकेको आयोजकले बताएको छ ।
ढिला पुगेका कारण खसी बोका खरिद गर्न नपाएका उपभोक्तालाइ सम्पर्कमा रहन र भोली पनि कृषकसंग सम्पर्क गरेर खसी उपलब्ध गराउने आयोजकले आग्रह गरेको छ ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा सम्पन्न भएको बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा गरेको हो ।
यस्तै अर्को साल यो मेलालाई व्यवस्थित गर्दै कृषकले विक्रिका लागि ल्याउने खसी, बोका, कुखुरा तथा अन्इ कृषि उत्पादनहरुलाई सहकारीले नै खरिद गर्ने र सोही मुल्यामा उपभोक्तालाई विक्रि गर्ने भएको छ ।


विवेकशिल साझा पार्टीले नुवाकोटबाट पनि उम्मेदवारी दिने

विदुर । विवेकशील साझा पार्टी नुवाकोटले अगुवा कार्यकर्ताहरुसित अन्र्तक्रिया गरेको छ । कार्यक्रममा विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य गोविन्द नारायण र दिनेश प्रसाईको उपस्थिति रहेको थियो ।     कार्यक्रममा बोल्नुहुँदै विवेकशीला साझा पार्टीका केन्द्रिय सदस्य गोविन्द नारायणले नेपाललाई खराव राजनीतिक संस्कारले बिगारेको र अवको नयाँ पुस्ता राजनीतिमा नउत्रिएसम्म देशले मुहार नफर्ने बताउनुभएको छ ।
    त्यस्तै अर्का केन्द्रिय सदस्य दिनेश प्रसाईले नयाा मात्रै बनेको र देश बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नुवाकोटमा पनि ठुला नेता मात्रै रहेको र नागरिकको अवस्था उस्तै रहेकोमा अचम्म मान्नुभयो । विकास निर्माण देखि धेरै कुरामा पछाडी रहेको नुवाकोटको सम्वृद्धिका लागि युवा पुस्ताको सक्रियता आबश्यक रहेको बताउनुभयो ।
    कार्यक्रमाम सहभागि अगुवा कार्यकर्ताहरुले नुवाकोटमा विवेकशील साझा पार्टीको विस्तारको लागि गर्न सकिने कार्यक्रमको विषयमा छलफल र समीक्षा गरेको अगुवा नेता विमल तामाङले बताउनुभएको छ । तराजु चिन्ह रहेको विवेकशील साझा पार्टीले आशन्न प्रदेश र संघिको निर्वाचनमा प्रत्यक्षमा उम्मेदवारी दिने पनि निर्णय गरेको छ । जिल्ला अधिवेशन र उम्मेदवारको विषयमा दसैं पछि छलफल गरिने दामोदर नेपालले जानकारी दिनुभएको छ । 

Friday, September 22, 2017

नुवाकोटबाट साहित्यमा नयाँ प्रयोग, रचना वाचन गर्नेलाई हातहातै पारिश्रमिक

विदुर, नुवाकोटबाट नयाँ साहित्यिक अभियानको सुरुवात भएको छ । बासिवियाँलो नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा साहित्यिक रचना वाचन गर्ने श्रष्टाहरुलाई पारिश्रमिक प्रदान गरेको छ । 
विजया दशमी २०७४ को शुभकाना आदान प्रदान र साहित्यिक रचना वाचन कार्यक्रम कविता, जगल वाचन गर्ने साहित्यकारहरुलाई एक सय एक रुपैयाँ प्रदान गरेको छ । कार्यक्रममा २४ जना नुवाकोटका श्रष्टाहरुले साहित्यिक रचना सुनाएका थिए । त्यस्तै अमेरिका, साउदी अरब र काठमाडौंमा रहेको नुवाकोटका श्रष्टाहरुसंग भिडियो कल गरेर प्रत्यक्ष रुपमा रचना सुनाइएको थियो ।
बसिबियाँलाको दोश्रो जमघट अन्र्तगत आउनुहोस्, सुन्नुहोस् सुनाउनुहोस् श्रृङ्खला अन्र्तगत एक सय १ कविता कार्यक्रममा २८ जना कविले आफ्ना रचना सुनाए ।
कार्यक्रममा विदेशमा रहनुभएका दुई जना र काठमाडौ.बाट उक जनाले फेसबुकको म्याजेन्सरमा भिडिओ कलबाट कविता वाचन गरेर सुनाएका थिए । साउदी अरवबाट लिखुका नवराज लामिछाने र अमेरिकाबाट पुरुषोत्तम ढकालले कविता वाचन गर्नुभएको हो । त्यस्तै काठमाडौंबाट लक्ष्मी रुम्वाले दसैंसंग सम्वन्धित कविता वाचन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहँदै प्मुख अतिथि साहित्यकार शम्भुप्रसाद शर्माले नुवाकोट जिल्ला अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि अब्बल रहेको र अवका दिनमा साहित्यिक गतिविधिलाई बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
त्यस्तै महामण्डल त्रैमासिक साहित्यकि पत्रिकाका सम्पदाक श्रीराम श्रेष्ठले साहित्यकारहरुलाई रचना वाचन वापत पारिश्रमिक दिने कार्य नयाँ रहेको र यो अभियानले सबैलाई उत्साहि पार्ने बताउनुभयो ।
कार्यक्रममा सभापति तथा बसिवियाँलो नुवाकोटका अभियन्ता हरिकृष्ण श्रेष्ठले साहित्यकारहरुको कदर गर्न र साहित्यलाई ब्यवसायिकता दिनको लागि यो अभियान थालेको बताउनुभएको छ ।
कार्यक्रममा रचना वाचन गर्नेहरुले बढी दसैं केन्द्रिय सृजना सुनाएका थिए । बाल्यकाल र युवाअवस्थामा हुने दसैंको फरकपनलाई बोध गराउने कविता पनि रहेको थियो । कतिपया कविहरुले कार्यक्रम स्थलमै कविता लेखेर सुनाए । कविता वाचन गर्ने श्रष्टाहरुमा बाबुराम लामिछाने, कपिलदेव खनाल, क्षितिज थापामगर, राजकुमार पुत्ला, मुकुन्दराज अर्याल, सुमित्रा सुमी। रामकृष्ण गजुरेल, शिवसुन्दर पुडासैनी, बद्रीविन्द गजुरेल, आशिक भट्ट, कविन्द्र घिमिरे, अमंग शाक्य, कृष्णचन्द्रसिंह प्रधान, तिर्थराज खनाल, राधव सापकोटा, श्रयिा रिमाल, सोविन रिमाल, लोकबहादुर पुडासैनी, काजी खान, श्रीधर पाण्डे र विष्णुहरिरिमालले रचना वाचन गरे । 
कार्यक्रmमा मुस्लिम धर्मालम्वीले समेत कविता वाचन गर्दै हिन्दुहरुको ठुलो चाड दसैंको शुभकामना व्यक्त गरेका थिए ।

Thursday, September 21, 2017

करोडौ लगानीमा पोल्ट्री फर्म सञ्चालन

ककनी । नुवाकोटको ककनी गाउँपालिका वडा नंं ५ भोट थानसिंगका कृष्णबहादुर लामा र मजुवाका कृषक धनराज लामाले व्यवसायीक रुपमा कुखुरा पालन गरेको १० वर्ष भएको छ । बजारमा मासुको माग बढ्दै गएपछि उहाँले थाल्नुभएको बोइलर कुखुरा पालनले स्थानीय बजारमा मासुको मागलाई पुर्ती गर्नथाल्यो । कृष्णबहादुर लामाले बुद्ध कृषि फर्म र धनराज लामाले धनराज कृषि फर्म १० वर्षदेखि सञ्चालनमा ल्याउनुभएको छ ।
यो संगै उहाँहरुले नेपाल सरकारसंगको सहकार्यमा यो सालबाट उप आयोजना सञ्चालन गर्नुभएको छ । एक करोड रुपैयाँ भन्दा बढी लागतमा तयार भएको पोल्ट्रि फर्मले उपभोक्ताको स्वास्थ्यका लागि समेत चेतनामुलक कार्य गर्ने भएको छ ।
ककनी गाउँपालिका वडा नं. ५ भोट थानसिंगमा रहेको बुद्ध कृषि फर्म र मझुवामा रहेको धनराज पोल्ट्री फर्मले पोल्ट्री, कृषि विकास मन्त्रालय ब्यवसायीक कृषि तथा ब्यापार आयोजनाको संयुक्त लगानीमा ब्यवसायीक कुखुरा उत्पादन तथा बजारीकरण उप आयोजना सञ्चालन गरेको हो ।
एक करोड २१ लाख रुपैयाँको लागतको उप आयोजना दुवै पोल्ट्री फर्मले छुट्टाछुट्टै सञ्चालन गरेको छ । जसमा ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाबाट दुवै फर्मलाई ३४ लाख ८१ हजार रुपैयाँ लगानी भएको छ । बाँकी रकम पोल्ट्री फर्मले लगानी गरको बुद्ध पोल्ट्री फर्मका सञ्चालक धनराज लामालेकृष्णबहादुर लामाले बताउनुभयो ।
आयोजना सञ्चालनमा आएसंगै बुद्ध र धनराज पोल्ट्री र्फमले तीन÷तीन वटा ठूला कुखुराको खोर निर्माण गरेको छ । उक्त खोरमा बुद्ध पोल्ट्री फर्मले १० हजार र धनराज पोल्ट्री फर्मले पनि १० हजार कुखुरा पालिने बताइएको छ । कुखुराको लागि आवश्यक दाना भण्डारणको लागि समेत छुट्टै घर तयार भएको छ । बुद्ध पोल्ट्री फर्मले बार्षिक साढे दुई लाख किलो मासु उत्पादन गर्ने प्राविधिकहरुले बताएका छन् । सोही परिणाममा धनराज पोल्ट्री फर्मले पनि मासु उत्पादन गर्ने बताइएको छ ।
उन्नतजातका कुखुरा पालन र बढी मासु उत्पादनका लागि आवश्यक पर्ने यन्त्रहरु पनि खरिद गर्ने पोल्ट्री फर्म सञ्चालक धनराज लामाले बताउनुभएको छ । बुद्ध पोल्ट्री फर्म र धनराज पोल्ट्री फर्मले कुखुरा पालन मात्रै नभई उपभोक्ताहरुको स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरालाई समेटेर वृत्तचित्र समेत तयार गरेर प्रर्दशन गर्ने बताइएको छ । साथै मासु प्रयोग, कुखुरा पालनको विषयमा समेत उप आयोजना अन्र्तगत बार्षिक रुपमा सार्वजनिक सुनुवाई गर्ने धनराज पोल्ट्री फर्मका सञ्चालक धनराज लामाले बताउनुभएको छ ।  

Monday, September 18, 2017

न्यायाधीशको प्रस्ताव ‘पेण्डुलम’

कपिलदेव खनाल
न्याय क्षेत्र समन्वय समिति नुवाकोटले भदौ ३०, २०७४ मा जिल्ला अदालत नुवाकोटमा राखेको बैठकमा तीन वटा अर्धन्यायिक निकायका प्रमुख नै उपस्थित भएनन् ।
    बैठकमा प्रमुख जिल्ला अधिकारी, मालपोत अधिकृत र जिल्ला वन अधिकृत नगएर प्रतिनिधि पठाए । बैठकमा जिल्ला अदालतका न्यायाधीश लोकजङ्ग शाह, श्रेष्तेद्धार महिमानसिंह विष्ट, नुवाकोट प्रहरीका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रकुमार बस्याल, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित र नुवाकोट वारका अध्यक्ष देवराज कँडेल उपस्थित थिए ।
    जिल्ला प्रशासन कार्यालयको तर्फबाट शाखा अधिकृत नन्दलाल शर्मा र जिल्ला मालपोत कार्यालयका तर्फबाट सुब्बा रामेश्वर धिमाल र जिल्ला वन कार्यालय बाट सहायक वन अधिकृत राजकुमार यादव सहभागी भए । प्रमुख जिल्ला अधिकारी बराल र मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठले ‘कार्य ब्यस्तता’ देखाएर बैठकलाई महत्व दिएनन् । वन अधिकृत पदमराज नेपाल शुक्रवार काठमाडौं रहेकोले बैठकमा अनुपस्थित रहे ।
    बैठकका लागि ७ वटा प्रस्ताव राखिएको भएपनि यस इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशित ‘अदालतले कानून मानेन’ शिर्षकको समाचारको विषय छलफल केन्द्रित गर्ने प्रयास गरिएको थियो । तर, समाचारले उठाएको विषयवस्तुसंग सरोकार राख्ने दुई वटा कार्यालयका प्रमुखले नै महत्व नदिएपछि प्रस्तावमाथी गतिलो छलफल हुनै पाएन । बैठकमा सहभागिका अनुसार न्यायाधीश शाहबाट प्रमुख जिल्ला अधिकारी उपस्थित हुनै पर्ने भन्दै केही बेर बैठकलाई अड्काए ।
    प्रमुख जिल्ला अधिकारीले प्रतिनिधि तोकेर पठाएपनि ‘प्रमुख जिल्ला अधिकारी नै चाहिने’ भन्दै न्यायाधीशले फोन गर्न लगाए । प्रशासनका शाखा अधिकृत शर्माले आफुले १५ पटक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा नउठेको जवाफ दिए । न्यायाधीशले १६ औं पटक पनि फोन गर्न उनलाई आग्रह गरेका थिए । त्यसबेला प्रजिअ बराल नयाँ शक्ति नुवाकोटले विदेशमा रहेकाले मतदान गर्न पाउने माग गर्दै ल्याएको ज्ञापन पत्र बुझेर बसिरहेका थिए ।

उता, जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठ पनि कार्यालयमै थिए । लालपुर्जामा सही गरेर बसीरहेका उनीले पनि ५५ मिटर पर अदालतमा चलिरहेको बैठकमा ‘जानै भ्याएनन्’ ।
    प्रमुख जिल्ला अधिकारीे र मालपोत प्रमुख बैठकमा सहभागि नभएपनि सुरु भएको वैठकमा बारका अध्यक्षले आफ्नो धारणा राखी बाहिरिए । बैठकमा रहेका सदस्य पनि हिड्ने र जिम्मेवार ब्यक्तिनै बैठकमा सहभागि नहुने भएपछि अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले प्रस्ताव सुनाएका थिए । ७ वटा प्रस्ताव मध्ये सातौं नम्वरमा ‘अदालतको नाममा दर्ता हुुपर्नेे जग्गाको पत्रिकाबाजी’ को विषय थियो । उक्त सूचना कसरी बाहिर गयो र समाचार बन्यो भन्ने विषयमा छलफल गर्न प्रस्ताव राखिएको थियो ।
    प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखले अदालतलाई नटेरेको रेडिमेड धारणा सहित बसेका जिल्ला न्यायाधीश ‘आक्रोश पोख्ने मुडमा’ देखिएपनि प्रमुख जिल्ला अधिकारी र मालपोत प्रमुख नआएपछि प्रस्ताव पेण्डुलम भएको ति सहभागि सदस्यले बताए । 
    त्यस्तै, आफ्नो नियममित र कार्यक्षेत्र भित्रै रहेको अर्धन्यायिक निकायको अनुगमन गर्न पाउने कार्यलाई पनि जिल्ला न्यायाधीशले प्रस्तावका रुपमा बैठकमा राखे । छटौं नम्वरमा रहेको अर्धन्यायिक निकायको कामको छड्के जाँच गर्ने र आकस्मिक अनुगमन गर्ने प्रस्ताव पनि सुनाउने काम मात्रै भएको श्रोतको दावी छ । उक्त निर्णय गराउने भन्दा पनि प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखलाई सुनाएर मनोबैज्ञानिक दवाब सृजना गर्ने र जग्गा अदालतको नाममा दर्ता गराउने मनोविज्ञान न्यायाधीशको रहेको बताइएको छ ।
    ‘पाँच वटा प्रस्तावहरू सामान्य र अघिल्लो पटक नै बैठकबाट निर्णय भइसकेको विषयलाई फेरि प्रस्ताव बनाएर ल्याइएको थियो, श्रोत भन्छ – ‘अन्य प्रस्ताव बाहाना थिए, प्राथमिकता र केन्द्रित चााही अघिल्लो हप्ताको समाचार नै थियो ।’ 
    बैठकमा सहभागि अर्का एकले न्यायाधीश र श्रेस्तेदारले गर्ने कार्य र व्यवहारको विषयमा नागरिक जानकार हुन नहुने र पत्रकारले चासो राख्न र लेख्न नपाउने तानाशाह शैलीको बाटोमा हिडेको टिप्पणी गरे । यी सबै बिषयलाई उनीहरू अदालतको अपहेलनाको ‘भुत’ देखाएर तर्साउने कोशिषमा रहेको  उनको भनाई छ । ‘सूचना बाहिरिएको विषयलाई बैठकको प्रस्ताव बनाएर नागरिकको सूचनाको हक संकुचित गर्ने मनशायमा न्यायाधीश देखियो’ उनले भने । 

किन गएनन् सिडिओ, मालपोत र बन अधिकृत ?
न्यायाधीशको ‘इन्ट्रेष्ट’मा शुक्रवार बसेको न्याय क्षेत्र समन्वय समितिको बैठकको जानकारी प्रमुख जिल्ला अधिकारी जगदीशराज बराललाई बुधवार नै थियो । लिखित रुपमा पत्र प्राप्त हुँदा पनि उनले बैठकमा सहभागि हुने रुची पटक्कै नदेखाएको प्रशासनको एक कर्मचारीले बताए ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रही जिल्ला अदालतको आवसीय भोग चलनमा रहेको जग्गा आफ्नो नाममा नामसारी गरिदिन जिल्ला अदालतले मालपोत कार्यालयलाई कानून विपरित दवाव दिएपछि प्रमुख जिल्ला अधिकारी जिल्ला न्यायाधीश लोकजङ्ग शाह र श्रेष्तेदार महिमानसिंह विष्टसंग नकारात्मक बनेको कर्मचारीहरू बताउछन् । यही बारेमा अदालत र जिल्ला प्रशासन कार्यालयको पत्र गृह मन्त्रालयसम्म आउने जाने क्रम सुरु भएको छ ।
    पटक पटक मालपोतलाई जग्गा दर्ता गर्न लिखित र मौखिक दवाव दिएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले यो विषयलाई लिएर गृह मन्त्रालयसंग समेत परामर्श थालेको छ । श्रेष्तेदार विष्टले टिप्पणी उठाउने र जिल्ला न्यायाधीशले सोही टिप्पणी माथी फैसला गर्दै प्रशासनको जग्गा अदालतको नाममा गर्न निर्देशन दिएपछि प्रजिअ ‘अदालतले कानून अवलम्वन नगरेको’ भन्दै विपक्षमा उभिएका छन् । उनीलाई अदातलका श्रेस्तेदार महिमानसिंह विष्टले यो विषयमा भेटेरै जग्गा अदालतको नाममा नभए ‘अपहेलनामा कारबाही गर्ने’ भनेर धम्क्याएका छन् ।
    अदालतको अपहेलनालाई अगाडी सारेर त्रास सृजना गर्ने र अबैध रुपमा जग्गा कब्जा गर्ने रणनीतिमा लागेको जिल्ला न्यायाधीश र श्रेष्तेदारबाट न्याय नहुने भन्दै प्रजिअ जगदीशराज बराल बैठकमा सहभागि भएनन् । समाचार श्रोतका अनुसार शुक्रवारको बैठकमा न्यायाधीश लोकजङ्ग शाह जग्गा लिइ छाड्ने ढङ्गबाट उत्रने र आफु प्रक्रृया भन्दा बाहिरबाट जग्गा दिन नचाहने भएकोले सम्भावित चर्काचर्कीको अनुमान गर्दै बराल बैठकमा अनुपस्थित भएको अनुमान छ । मालपोत निमित्त प्रमुख बुद्धि लाल श्रेष्ठले पनि बैठकमा नजाने विषयमा केही व्यक्तिसित परामर्श गरेको बुझिएको छ । बैठकमा सहभागि हुँदै जग्गा दर्ता नगरेको विषयमा सिधै न्यायाधीशको हप्की खानु पर्ने भएकोले उनले प्रतिनिधि पठाउने उपाय निकालेका हुन् ।
    उनलाई प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागि नहुने जानकारी अनौपचारिक रुपमा थियो । प्रमुख जिल्ला अधिकारी समेत बैठकमा नजाने भएपछि उनलाई प्रशस्त बल मिलेको थियो । जग्गाको विषयमा निमित्त प्रमुख श्रेष्ठ पेलिएका छन् ।
    प्रशासनले पत्रचार गरेर फिल्डबुकमा आफ्नो नाममा दर्ता रहेको उक्त जग्गाको पुर्जा आफ्नो नाममा मागिरहेको छ । जिल्ला अदालतले २०२८ सालदेखि आफ्ना कर्मचारीले भोगचलन गर्दै आएकोले अदालतकै नाममा पुर्जा बनाउन निर्देशन दिएको छ ।
    यो विषयमा निर्णय लिन नसकेपछि मालपोतका निमित्त प्रमुखले यसको फाईल विभागमा पठाएका छन् । तर, अदालतको आदेश पालना नगरेको भन्दै निमित्त प्रमुख श्रेष्ठलाई अपहेलनामा कारबाही गर्ने र जागिरबाटै हटाउन प्रक्रृया थालिने भनेर अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले मौखिक रुपमै धम्याएका छन् । 
    प्रमुख जिल्ला अधिकारी बराल जस्तै निमित्त प्रमुख श्रेष्ठ पनि अदालतले प्रक्रिया भन्दा बाहिरबाट जग्गा हडप्न खोजेको र मानासिक रुपमा तनाव दिएको बताउँछन् ।
(श्रेष्ठलाई धिम्किदिएको बारेमा इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशन भएको छ ।)

न्यायाधीश सिडिओ सम्बन्ध
जिल्ला न्यायाधीश लोकजङ्ग शाह र प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको सम्बन्ध चिसिएको छ । औपचारिकताका लागि सामान्य बोलचालमा रहेको उनीहरू एकअर्कालाई आमनेसामने देख्न रुचाउदैनन् । दुई बीचको चिसो सम्वन्ध सार्वजनिक रुपमै देख्न थालिएको छ । अदालत र प्रशासनबीच अहिले मौखिम संवाद भन्दा पत्र संवाद गहिरो छ  । न्यायाधीश र प्रजिअ साउन ४, २०७४ यता मौखिक भन्दा पत्रबाट बढी बोलिचाली गर्दै आएका छन् ।
    जगदीशराज बराल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न नुवाकोट आएको आज सोमवार १०० दिन भएको छ । त्यस्तै जिल्ला न्यायाधीश लोकजङ्ग शाह नुवाकोट आएको सात महिना भएको छ । न्यायाधीश शाह यस अघि २०६५ सालमा सरकारी वकिलको कार्यालय नुवाकोटमा सरकारी वकिलको पदमा कार्यरत थिए । उनी ८ महिना पछि  २०६६ को सुरुको समयमै नुवाकोटबाट न्यायाधीश पदमा बढुवा भई बर्दिया जिल्लामा सरुवा भएका थिए । 
    भदौ १९, २०७४ मा जिल्ला अदालत नुवाकोटको भवन शिलान्यस समारोहमा न्यायाधीश शाहले प्रजिअ बराललाई ‘इग्नोर’ गरे । प्रधानन्यायाधीश गोपाल पराजुली सहभागि गरिमामय सभामा स्वागत मन्तब्य दिन उभिएका न्यायाधीशले सामान्य कर्मचारीलाई समेत सम्वोधन गरे,
 तर प्रमुख जिल्ला अधिकारी बराललाई गरेनन् । आफ्नो मन्तब्य टुङ्याएर प्रजिअको नाम छुटेकोमा न्यायाधीशले माफी माग्दा हल हाँसोले गुञ्जियो ।
    सोही कार्यक्रममा नुवाकोट वारका कुनै पनि पदाधिकारी उपस्थित भएनन् । उक्त भब्य कार्यक्रममा बारको पदाधिकारी सहभागी नहुनुले बार–बेञ्चको दुरी बढ्दै गएको शंकेत गरेको छ । अपमानको महसुस गरेका प्रमुख जिल्ला अधिकारी बराल कार्यक्रम पछि एक्लैजस्तो बसेका थिए । कार्यक्रममा सम्वोधन छुटेको विषयमा र कार्यक्रमको विषयमा न्यायाधीश र प्रमुख जिल्ला अधिकारी बीच पछि सामान्य भलाकुसारी पनि भएन । प्रमुख जिल्ला अधिकारी बराल प्रधानन्यायाधीश गोपाल पराजुलीका स्वकिय सचिव रामप्रसाद पौडेलसंग छुट्टै टेबुलमा बसेर खाजा खाए र होटलबाट बाहिरिए ।
    त्यसको तीन दिन पछि भदौ २२ गते बिदुरमा आयोजित निजामती कर्मचारी दिवसमा विशेष अतिथिको आसनमा रहेका न्यायाधीशलाई ‘कम्फर्ट’ देखिएको थिएन । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्तब्य राख्ने क्रममा न्यायाधीश शाहले उक्त कार्यक्रममा विशेष अतिथिको भुमिकामा राखिएको प्रति पटक पटक आयोजकलाई विशेष आभार सहित धन्यवाद दिए । कार्यक्रमा सहभागि निजमती कर्मचारीहरूका अनुसार न्यायाधीशलाई विशेष अतिथि बनाइएकोमा भित्री पिडा थियो ।
    उक्त कार्यक्रमको सभापति प्रमुख जिल्ला अधिकारी बरालनै थिए । सो कार्यक्रममा बोल्नेका लागि माइक र स्पिकर नराखिएको प्रति पनि न्यायाधीश शाहले आयोजकलाई ब्यङ्ग्य गरेका थिए ।   

आजबाट महोत्सव सुरु

त्रिशुली, नेपालीहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्सव–२०७४’को तयारी तिब्र बनाएको छ । महोत्सवको उद्घाटन आज सोमवार भब्य समारोहका बीच त्रिशुली स्कुलको खेल मैदानमा हुनेछ ।
    ‘विबिध सास्कृति मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको आज सोमवारदेखि ११ गतेसम्म  सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्वस–२०७४’को आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि एक सय २५ वटा स्टल निर्माण भएको छ । 
    महोत्सवको स्टलमा दशैको लागि आवश्यक सबै खाद्य सामाग्री राख्ने व्यवस्था आयोजकले मिलाएको छ । मेलामा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी, चामल, ग्याँस लगायतका सामाग्री राख्ने बताइएको छ । मेलामा राखेको ग्याँसको मूल्य अहिले बजारमा तिर्नुपर्ने मूल्य भन्दा केहि सस्तो हुने आयोजक समितिका संयोजक शिब खड्गेले बताउनु भयो । 
    यस्तै, महोत्सवमा सहभागिहरूलाई चर्चित हास्य कलाकार, लोक गायक, आधुनिक तथा पप गायकहरूले पनि भरपूर मनोरञ्जन दिने महोसत्व आयोजक समितिका सल्लाहाकार नबिन्द्रमान प्रधानले बताउनु भयो । 
    महोत्सवमा स्थानीय सिपकला, चित्रकला, बास्तुकलाका सामाग्रीहरू, लत्ताकपडा, खाद्यान्न सामाग्रीको सहज उपलब्धता मिलाउन आयोजकले उपसमिति गठन गरेर काम अगाडी बढाएको छ । 
    दोश्रो नुवाकोट दशैं महोत्वसमा नुवाकोट र रसुवाका नागरिकहरूलाई दशै र तिहार पर्वको लागि एकै स्थानबाट आवश्यक सामाग्रीहरूको सहज उपलब्धता गराउने लक्ष्य रहेकाले दशैको किनमेलको लागि उपयुक्त स्थानको रुपमा महोत्सव आयोजना गरिएको स्थलान त्रिशुली स्थित त्रिभुवन त्रिशुली माबिको खेल मैदानमा करीब ५० हजार अवलोकनकर्तालाई भित्र्याउने आयोजकले बतायो ।
    चाडपर्वलाई लक्षित गरी आवश्यक सबै प्रकारको सामाग्रि राखेर सञ्चालन गर्न लागिएको महोत्वसले सस्तो र सुलभ बजार तथा चाडपर्वको समयमा हुँदै आएको कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने महोत्वस आयोजक त्रिशुली युथ स्पोर्टस् क्लबका अध्यक्ष शिव खड्गेले जानकारी दिनुभएको छ ।
    महोत्सब स्थलसम्म जानको लागि सार्वजनिक यातायातका साधनको समेत व्यवस्था मिलाइ सकेको आयोजकले जनाएको छ । चाडपर्वको समयमा बजारमा आएका नयाँ उत्पादित लत्ता कपडा, विद्युतीय, खाद्यान्न समाग्रिको समेत स्टलहरूमा राख्ने आयोजकले जनाएको छ ।
    महोत्सवमा शिखरवेशीको चामल, ककनीको मुला, जिल्लाको विभिन्न गाँउमा उत्पादन हुदै आएको ट्राउट माछा, राख्ने आयोजकले जनाएको छ ।

विश्व किर्तिमानको तयारी

विदुर, नुवाकोटको एक व्यक्ति ८४ घण्टासम्म लगातार प्रवचन दिएर विश्व किर्तिमान कायम गर्ने तयारीमा रहेका छन् ।
    शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुका ४५ वर्षिया अनन्तराम केसीले वल्र्ड रेकर्ड तोड्नका लागि आफ्नो कार्यक्रम राख्नुभएको छ । उहाँले असोज १९ गतेबाट काठमाडौंको टेक्सास इन्टरनेशनल कलेज चावहिलमा गिनिज वल्र्ड रेकर्डका लागि आधिकारीक व्यक्तिहरूको उपस्थितिमा प्रवचन दिनुहुने छ ।
    योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न लाग्नु भएको हो ।
    यस अघि भारतका एक व्यक्तिले यही विधामा ७५ घण्टा ३२ मिनेट प्रवचन दिएर विश्व किर्तिमान काय गरेका थिए । उनको यो रेकर्डलाई फराकिलो समय अन्तरले तोड्नका लागि नुवाकोटका अनन्तराम केसी लाग्नुभएको हो ।
    गिनिज बुकमा वल्र्ड रेकर्ड कायम गराएर नाम लेखाउनका लगि उहाँले काठमाडौंमा आयोजना गर्नुभएको उक्त समारोहका लागि झण्डै २३ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

शहरी खानेपानी आयोजनामा अनियमितता

विदुर, विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना मार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको पाइएको छ ।
    प्रयोग गर्नु पर्ने भन्दा कम गुणसतर र कम क्षमताको पाइप राखेको उपभोक्ताले पत्ता लगाएपछि अहिले केठेदार कम्पनीले उक्त पाइप रातारात फेरेको छ । तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ताले बताएका छन् ।
    ठकेदेरालाई यो विषयमा जानकारी गराउदा पनि जवर्जस्ती पाइप पुरको थियो । तीन दीन अघि प्राविधिक सहित उपभोक्ताहरूले पाइपको गुणस्तर र सम्झौतामा भएको शर्त जाँच गर्दा बसमासी गरेको पाइएको हो ।
    स्थानीय मानबहादुर डंगोलका अनुसार काममा बदमासी भएको प्रमाणित भएपनि ठकेकेदार कम्पनीले पाइप रातारात बदलेर फेरि पुरेको छ । यो घटनासंगै विदुर नगरपालिका भित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना अनियमितता भईरहेको कुरा बाहिर आएको छ ।
    करिब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त आयोजनामा अनियमितताको विवाद भएपछि केही दिन काम प्रभावित भएको थियो । आयोजना अन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका थिए ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तार अन्तर्गत विदुर नगरपालिका–५ पीपलटार सहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै उपभोक्ताले विरोध जनाएका हुन् ।
    तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना मार्फत ठेकेदार कम्पनी टुण्डीले गरिरहेको निर्माण कार्य पारदर्शिता नभएको र सञ्चालन कार्यक्रम बारे उपभोक्तालाई नै जानकारी नभएको एक जना स्थानीय उपभोक्ताले बताएका छन् । विदुर नगरपालिकाका विभिन्न वडाका करिब ५८ सय घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्य सहित भइरहेको काम उपभोक्ताको सहमति अनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ ।
    निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमति अनुसार काम नभएको प्रमाण सहितको गुनासो आएकाले बताउनुभएको छ । उहाँले आफुले हेर्दा पनि कम क्षमताको पाइप हालेको पाइएकोले छानबिन गर्नुपर्नेमा जोडदिनुभयो ।
    यसरी एक ठाउामा अनियमितिा भेटिएपछि उक्त कम्पनीले अन्य स्थापनमा पुरेको पाईपको क्षमता माथी पनि उपभोक्ताहरूले शंका गरेका छन् । तल्लो पिपल्टारमा पानकिो पाइपको विषयमा राम्रो जानकारी रहेको एक उपभोक्ताको घर अगाडी पर्दै गरेको पाइप उनले हेरेपछि यो रहस्य बाहिर आएको हो । ति उपभोक्ताले कम क्षमताको पाइप नहाल्न आग्रह गर्दा पनि नमाने पछि स्थानीयहरूले दुई दिनसम्म काम रोक्न लगाएर प्राविधिक झिकाउनु परेको थियो । 
एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले यो आयोजना र सडक विस्तारको आयोजनाको नाममा त्रिशुली र तादी खोलाबाट ढुङ्गा बालुवा अवैध रुपमा निकासी गर्दै आएको समेत स्थानीयहरूले बताएका छन् । सडक र खानेपानी आयोजनाको नाममा खोलामा थुपारेको सामाग्री विक्रिमा पठाएको र त्यो काम भन्दा बाहिर प्रयोग गरेको स्थानीयहरूले देखेका छन् । 

नदी तस्करीमा बृद्धि, रोक्ने कोहि भएनन्

विदुर÷नुवाकोटको त्रिशुली, तादी र लिखु नदीमा अवैध रुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन् नरोकिदा नदी आसपासका एकहजार रोपनी खेतियोग्य जमिन कटान हुनुका साथै पांच सय घरधुरी जोखिममा परेका छन् ।
    नुवाकोटको त्रिशूली,  तादी, सामरी र लिखु खोलासहित अन्य खानीबाट मापदण्ड विपरित रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन, चोरी र कालोवजारी  बढेको स्थानीयवासी हरूले बताएका छन् ।
    अवैध क्रसरलाई कारवाहीको माग गर्दै  विदुर नगरपालिका वडा नं. ५ माझीटार, पिपलटार र वेलकोटगढी नपा वडा नं. १२ मालाकोट घोडघाडका स्थानीयले जिल्ला समन्वय समितिको कार्यालयमा अबैध कार्य रोक्नका लागि उजुरी दिएपनि कुनै सुनुवाई नभएको स्थानियहरूले बताएका छन् ।
    जिल्ला समन्वय समिति नुवाकोटले असार, साउन र भदौ महिनामा नदीमा कुनै पनि उपकरण प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन वन्द गरेको छ । तर, त्यसको उल्लंघन भइरहेको छ ।
    नदीमा रातीको समयमा नदीमा अवैध रुपमा स्काभेटरको प्रयोग गरेर वालुवालगायतका सामग्रीको अवैध उत्खनन् भइरहेको वेलकोटगढी नपा वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालले बताउनुभयो । नुवाकोटका नदीहरूमा रातको समयमा ११ वजेदेखि विहान चार बजेसम्म अवैध रुपमा एकसय भन्दा बढी स्काभेटरले वालुवा झिक्ने गरेको स्थानीय वताउँछन् ।
    त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीमा जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ कानुन अनुसार उत्खनन् गर्न पाइने गरी ठेक्का लगाएको भएपनि रातको समयमा नदीबाट एक्साभेटरको प्रयोग गरी उत्खनन् भइरहेको विदुर नगरपालीकाका प्रमुख सन्जु पण्डितले वताउनुभयो ।  त्रिशूली  खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिङ, चौघडामा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेकोमा स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वय गरि रोक्नु पर्ने बताउनु भयो ।
    विभिन्न खोला नालाबाट दैनिक नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन भने मौन रहदै आएको छ । केहि समय अगाडी नदी उत्खनन् भएको र क्रसर ब्यबसायीहरूले निर्माण जन्य सामाग्रीहरूमा अत्याधिक  भाउ बढाएको भन्दै नियन्त्रण र मुल्य निर्धारण गर्नको लागी समिति समेत बनेको थियो । समितिले नुवाकोटमा निर्माण जन्य सामाग्रीहरूको मुल्य निर्धारण गरेता पनी नागरिकह्रूले भने अत्याधिक दरभाउ तिर्न बाध्य भएका छन् । 
    प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।  प्रहरीले कारवाहीका नाममा वालुवा वोकेका केहि ट्रिपर र स्काभेटरलाई नियन्त्रणमा लिएर धेरै ट्रिपरलाई उन्मुक्ति दिँदै आएको जनप्रतिनिधिको भनाई 
रहेको छ ।
    तर, अवैध कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । अबैध नदी उत्खनन् हुन नदीनको लागी सम्भाबित स्थान वरपर रातको समयमा पनी प्रहरी परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Thursday, September 14, 2017

१८ घण्टा पछि आंशिक आपुर्ती

ईमेज साप्ताहिकको कार्यालयमा घुम्न थालेको सिलिङ्ग फ्यान
नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा बुधवार राती आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएकोमा १८ घण्टापछि आंशिक रुपमा सूचारु भएको छ ।
               बुधबार राति १० बजे त्रिशूली स्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको थियो । दिउँसो ४ बजेबाट विदुरमा बत्ति सुचारु भएको छ । तर बट्टार लगायतका अन्य प्रायः स्थानमा बत्ति आउने जाने भइरहेको छ । 
                    आगलागीका कारण नुवाकोटको आधा भन्दा बढी भुभागमा विद्युत् आपुर्ती बन्द थियो । त्यस्तै रसुवाको तल्लो भाग र धादिङ्गमा समेत बुधवार राती देखि नै विजुली बत्ती आपुर्ती भएको छैन । मर्मत पछि आपुत्र्ति सहज हुने र त्यसका लागि अझै दुई दिन लाग्ने बताइएको छ ।
                आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पु¥याएकाले त्रिशूली जलविद्युत् केन्द्र मार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको छ । केन्द्र मार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुर सहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध छ ।
               त्यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका, उत्तरगया गाउँपाकिला, नौकुण्ड गाउँपालिमा पनि विजुली बत्ति आपुर्ती भएको छैन । धादिङको नेत्रावती गाउँपालिका लगायतका स्थानमा समेत विद्युत् सेवा अबरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
                विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत् गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले बुधवार राती करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिनुभएको छ ।
               आगलागीले पुर्याएको क्षति झण्डै एक करोड रुपैयाँ बरावरको रहेको छ । केन्द्र प्रमुख पण्डितका अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति भएको र सातमध्ये केही फिडरमा क्षति भएको देखिएको छ ।
               आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको १५ लाख रुपैयाँ र वितरण फिडरको १० लाख रुपैयाँ पर्ने भएकाले सबैको मुल्याङ्गकन गर्दा झण्डै एक करोडको क्षति भएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले बताउनुभयो । ममतृका लागि दुई दिन लाग्ने अनुमान गरिएकोमा १८ घण्टामा आंशिक आपुर्ती भएको छ । उपकरण नै परिवर्तन गर्नु परेकोले पुर्ण रुपमा विद्युत् आपुर्तीमा समय लाग्ने बताइएको छ ।
                    विजुली बत्ति नहुँदा बिहिवार दिनभरी नै अत्यावश्यक सेवाहरु प्रभावित भएको थियो । अस्तलामा चिसो बनाएर राख्नुपर्ने औषधिदेखि मेसिन प्रयोग गरेर गर्नुपर्ने सबै उपचारहरु बन्द भएका थिए । पेट्रोल पम्पहरुमा इन्धन भर्नका लागि अप्ठ्यारो भएको थियो । केही पम्पले जेनेरेट प्रयोग गरेर सेवा पु¥याएका थिए ।
               बत्ति अभावमा ट्याङ्कीबाट पानी तान्न नसक्दा घरघरमा पानीको अभाव देखिएको छ । जिल्ला भ्रमण र कामकाजको लागि होटलमा बसोवास गरिरहेको बाहिरका नागरिकहरु आफ्नो कामकाज र भ्रमण छोट्याएर फर्किएका छन् ।
                ईन्टरनेट तथा मोवाइल फोनमा समेत समस्या आएको छ । नेटवर्क नहुने र फोन नलाग्ने जस्तो समस्याका कारण दोहोरो सम्पर्क पनि टुटेको थियो ।

विद्युत् आपुर्तीको लागि अझै दुई दिन लाग्ने, जनजीवन अस्तब्यस्त बन्दै

नुवाकोट । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा बुधवार राती आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएकोमा अहिले सम्म सूचनारु हुन सकेको छैन । बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।
    आगलागीका कारण नुवाकोटको आधा भन्दा बढी भुभागमा विद्युत् आपुर्ती बन्द भएको छ । त्यस्तै रसुवाको तल्लो भाग र धादिङ्गमा समेत बुधवार राती देखि नै विजुली बत्ती आपुर्ती भएको छैन । मर्मत पछि आपुत्र्ति सहज हुने र त्यसका लागि अझै दुई दिन लाग्ने बताइएको छ ।
आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पु¥याएकाले त्रिशूली जलविद्युत् केन्द्र मार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको छ । केन्द्र मार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुर सहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध छ । त्यस्तै, रसुवा जिल्लाको कालिका गाउँपालिका, उत्तरगया गाउँपाकिला, नौकुण्ड गाउँपालिमा पनि विजुली बत्ति आपुर्ती भएको छैन । धादिङको नेत्रावती गाउँपालिका लगायतका स्थानमा समेत विद्युत् सेवा अबरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युत् गृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले बुधवार राती करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिनुभएको छ ।
आगलागीले पुर्याएको क्षति झण्डै एक करोड रुपैयाँ बरावरको रहेको छ । केन्द्र प्रमुख पण्डितका अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति भएको र सातमध्ये केही फिडरमा क्षति भएको देखिएको छ ।
आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको १५ लाख रुपैयाँ र वितरण फिडरको १० लाख रुपैयाँ पर्ने भएकाले झण्डै एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले बताउनुभयो । उहाँका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन अझै दुई दिन लाग्ने छ ।
विजुली बत्ति नहुँदा अत्यावश्यक सेवाहरु प्रभावित हुन थालेको छ । अस्तलामा चिसो बनाएर राख्नुपर्ने औषधिमा समस्या परेको छ । मेसिन प्रयोग गरेर गर्नुपर्ने सबै उपचारहरु बन्द भएका छन् । पेट्रोल पम्पहरुमा इन्धन भर्नका लागि अप्ठ्यारो सुरु भएको छ । प्रायः स्थानीय एफएम स्टेशन र एउटा टेलिभिजन स्टेशनहरु बन्द भएका छन् । रेडियो त्रिशुली नियमित सञ्चालनमा रहेको छ ।
शहरी क्षेत्रमा बत्ति अभावमा ट्याङ्कीबाट पानी तान्न नसक्दा घरघरमा पानीको अभाव देखिएको छ । जिल्ला भ्रमण र कामकाजको लागि होटलमा बसोवास गरिरहेको बाहिरका नागरिकहरु आफ्नो कामकाज र भ्रमण छोट्याएर फर्किएका छन् । होटलहरुमा आन्तरिक पर्यटकहरुको बसोवास र चहल पहल ह्वात्तै घटेको छ ।
ईन्टरनेट तथा मोवाइल फोनमा समेत समस्या आएको छ । नेटवर्क नहुने र फोन नलाग्ने जस्तो समस्याका कारण दोहोरो सम्पर्क पनि टुटेको छ ।

Monday, September 11, 2017

छुटेको शिर्षकमा बजेट विनियोजन

बेल्कोटगढी । बेल्कोटगढी नगरपालिकाको गत असार ३० गते सम्पन्न नगरसभामा प्रस्तुत भएको योजना तथा कार्यक्रमको बजेट कटौती हुने भएको छ ।

नगरसभाले पारित गरेको बजेटमा कृषि, भेटेरीनरी र वन पैदावार सम्वन्धी शिर्षकमा बजेट विनियोजन नभएकाले नगर कार्यपालिकाको वैठकले ती शिर्षकहरुमा १५ प्रतिशत बजेट विनियोजन गर्ने निर्णय भएको छ ।
बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले गत असारमा सम्पन्न नगर सभामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्प्रष्ट निर्देशन नआउँदा कृृषि, पशु र वन सम्वन्धी शिर्षकमा बजेट विनियोजन नभएपछि नगर कार्यपालिकाको गएको सोमवारको वैठकले १५ प्रतिशत बजेट छुट्याउने निर्णय गरेको हो ।
नगरपालिकाको यो निर्णयसँगै नगरपरिषद्ले विनियोजन गरेको हरेक योजनामा १५ प्रतिशत रकम कटौती हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी ग्रामीण सडक मर्मत गरी आवतजावतलाई सहज बनाउन हरेक वडालाई तीन लाख रुपैयाँ थप अनुदान दिने भएको छ ।
चाडपर्वको बेला नगरपालिकाका सबै वडाका प्रमुख सडक मर्मत गरी यातायात सुचारु गर्नको लागि नगरपालिकाले सो रकम विनियोजन गरेको नगरपालिकाका प्रवक्ता पशुपति लोहनीले जानकारी दिनुभयो ।

यसैवीच, बेलकोट गढी नगरपालिकामा कायम गरिएको दरवन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । कर्मचारीको अभाव भएसँगै संयुक्त रुपमा सञ्चालन हुँदै आएको वडा कार्यालयहरुलाई छुट्याएर समुदायलाई नजिकै सेवा दिने कामबाट नगरपालिका चुकेको टीपपणी भएको छ । बेलकोटगढी नगरपाकिलाको साविकको बेलकोट गाविसको तीन वटा वडाको काम अझै पनि संयुक्त वडाबाट हुँदै आएको छ ।

त्यस्तै नगरपालिकामा पनि विषयगत कार्यालयका शाखामा कर्मचारी नजाँदा समस्या उत्पन्न भएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकामा आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न प्रमु्ख जिल्ला अधिकारीलाई आग्रह गरेपनि कर्मचारी खटनपटनमा प्रशासन असफल हुँदै आएको प्रमुख खनालले बताउनुभयो । पटक पटक कर्मचारी व्यवस्थापनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई अवगत गराउँदा समस्याको समाधान नभएको उहाँले बताउनुभयो ।

‘अदालतले कानुन मानेन’

कपिलदेव खनाल
विदुर नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रही जिल्ला अदालतको आवसीय भोग चलनमा रहेको जग्गा आफ्नो नाममा दर्ता नामसारी गरिदिन नुवाकोट जिल्ला अदालतले मालपोत कार्यालयलाई कानून विपरित दवाव दिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले गृह मन्त्रालयमा पत्राचार गरेको छ । विदुर स्थित (पत्रकार महासंघको भवन पछाडी) ११ आना जग्गाको विषयमा आपसी सहमती जुटाउन नसक्दा दुई कार्यालयको ‘टसल’को कारण अहिले अदातलनै कानून नमान्ने सरकारी कार्यालयको रुपमा प्रमाणित भएको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा फिल्डबुक दर्ता कायम भएको जग्गा भोग चलन गरिरहेको आधारमा जिल्ला अदातल नुवाकोटले मालपोत कार्यालयलाई आफ्नो नाममा गर्न माग गरेको थियो । मालपोतले जग्गा नामसारी गर्न नमिल्ने जवाफ दिएपछि जिल्ला न्यायाधिश लोकजङ्ग शाहले टिप्पणी फैसला गर्दै मालपोतलाई आदेश दिए– ‘जग्गा अदातलको नाममा दर्ता गरिदिनु ।’ फेरि मालापोत कार्यालयले दर्ता नामसारी गरिदिन नसक्ने जनाएपछि अदालतका श्रेस्तेदारले जिल्ला मालपोत कार्यालयलाई बारम्वार धम्कीपुर्ण पत्र लेखे । ‘मलाई त श्रेस्तेदारले मानसिक तनाव दिइरहेका छन्, मेरो जागिर समेत खोस्ने घम्की दिएका छन्’ जिल्ला मालपोत कार्यालयमा निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठ भन्छन्– ‘दिनकै फोन गरेर अत्याउने काम गरिन गरेका छन्  अदालतका श्रेस्तेदार महिनामसिंह विष्टले ।’
    जिल्ला प्रशासन कार्यालय समेतलाई वोधार्थ दिई अदालतले पटक पटक पत्र लेखेपछि जिल्ला प्रशासन कार्यालयले साउन ४, २०७४ मा गृह मन्त्रालयलाई अदालतको ‘धम्कीपूर्ण’ सबै पत्रहरु सहित पत्राचार गरेको छ । यसको जानकारी पाएपछि फेरि जिल्ला अदालत नुवाकोटले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर थप दवाव दिएको छ ।
   जिल्ला प्रशासन कार्यालयको नाममा फिल्डबुकमा दर्ता कायम भएको जग्गा जिल्ला अदालतले आफ्नो नाममा सार्न दवाव दिन थालेपछि प्रशासनले गृह मन्न्त्रालयलाई गरेको पत्राचारमा मालपोत कार्यालयलाई पनि बोधार्थ दिइएको छ । र उक्त वोधार्थमा प्रशासनले आफ्नो नाममा रहेको जग्गाको पुर्जा उपलब्ध गराउन मालपोतलाई आग्रह गरिएको छ ।
    यसरी अदालतलेनै कानून मान्न छाडेको र दवावमा उत्रिएको ब्यहोराको पत्र प्रशासनले मन्त्रालयलाई लेखेको १९ दिनपछि अदातले अर्को पत्र लेखेर मालपोत कार्यालयलाई थप दवाव दिएको छ । जिल्ला प्रशासन कार्यालयको नाममा लेखिएको पत्रमा मालपोत कार्यालयलाई बोधार्थ दिएर अदालतले भनेको छ ः ‘समयमै उक्त जग्गा अदातलको नाममा नामसारी गरिदिनु ।’ दुवै पट्टिको दवाव थेग्न नसेको जिल्ला मालपोतले यसको निर्णय गर्न फाईल विभागमा पठाएको छ ।
    असार १९, २०७४ मा जिल्ला अदालत नुवाकोटले नापी कार्यालयलाई पत्राचार गरेर २०२८ सालदेखि हकभोग गर्दै आएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रहेको कित्ता नं. १०६१ को १२ रोपनी ३ आना ३ पैसा २ दाम मध्ये ११ आना जग्गा आफ्नो नाममा गर्न आग्रह गर्यो । अदालतको आवासिय भवन रहेको र निरन्तर रुपमा प्रयोग गर्दै आएको कारण आफ्नो हुनुपर्ने दावी सहित साउन ४, २०७४ मा अदालतले दुई पाना लामो पत्र जिल्ला मालपोतलाई पठायो । अदालतले जग्गा पाउनु पर्ने विभिन्न ददिल पेश गर्दै  लेखिएको पत्रका चित्त नबुझ्ने पक्षलाई पुनरावेदनको म्याद समेत कायम राखेर जग्गा आफ्नो नाममा गर्न आदेश जारी गर्यो । पत्र ब्यवहारको सबै कार्यमा जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार महिमानसिंह विष्टले हस्ताक्षर गरेका छन् । 
    जिल्ला प्रशासन कार्यालय नुवाकोट उक्त जग्गा अदालतलाई नदिने अडानमा देखिएको छ । प्रमुख जिल्ला अधिकारी जगदीराज वरालले अदालतले कानून विपरी प्रशासनको जग्गा हडप्न खोजेको र कानुन विपरित हुने उक्त कार्यमा आफ्नो साथ नरहने बताउँछन् । प्रशासनले अदालतको क्वाटर हटाउनका लागि वा भोग चलन गर्नका लागि नभनेको र निर्विवाद प्रयोग गरिरहेकोले सोही अनुसार प्रयोग गर्न उनले अदालतका कर्मचारीहरुलाई आग्रह गरेका छन् । तर अदातलका न्यायधिश आफै अर्काको जग्गाको विषयमा आफै मुद्धा उठान गरि फैसला गर्ने, आदेश दिने, श्रेस्तेदार द्धारा पत्र लेखेर र व्यक्तिगत रुपमा भेटेर मालपोत कार्यालयलाई दवाव दिइरहने कार्य प्रति प्रमुख जिल्ला अधिकारी बराल रुष्ट छन् ।
    जिल्ला अदालतले भने उक्त जग्गामा आफ्नै अधिकार रहेको भन्दै नामसारीका लागि आवश्यक कार्य भइरहेको जनाएको छ । अघिल्लो सोमवार भएको अदालत भवन निर्माणको शिलान्यास पछिको समारोहमा जिल्ला न्यायधिश लोकजङ्ग शाहले उक्त जग्गा प्राप्तिको प्रकृयामा आफु रहेको सार्वजनिक रुपमा सुनाए । तर, जग्गा प्राप्तिका लागि अदालतले बङ्ग्याएको यो औंला र प्रशासनसति चलिरहेको जुहारीको विषयमा कुरा लुकाए । अदालतका श्रेस्तेदार महिमानसिंह विष्ट भने आफुहरुको आदेश र फैसला नाजायज नरहेको बताउँछन् । उनी २८ सालदेखि भोगचलन गर्दै आएको जग्गा अदालतकै हुनुपर्नेमा दृढ छन् । ‘हामीले सिडिओको अध्यक्षतामा बस्ने समिति हुँदै जग्गा प्राप्तिको प्रक्रृया अगाडी बढाउनु पर्नेमा फाष्ट ट्रायक खोजेका मात्रै हो, जग्गा त हाम्रो हुन्छ ।’ 

उता मालपोत कार्यालयका कर्मचारी भने चेपुवामा परेका छन् । न्यायिक (अदालत) र अर्धन्यायिक निकाय (प्रशासन) बीचको यो टकरावका कारण मालपोतका प्रमुखलाई भने प्रत्येक पत्रको जवाफ फर्काउन गाह्रो भएको छ । अदालतका श्रेस्तेदारले जग्गा नामसारी नभएमा विभागिक कारबाही नै गर्ने भनी धम्याएपछि उनी यो विषयमा पन्छन थालेका छन् । ‘आज मात्रै फोन आएन, नत्र महिमानसिंहले फोन गरेर त्यो काम के भईराछ ? छिट्टो गर्नुपर्यो भन्छन्, मलाई मानसिक तनाव भएको छ’ बुद्धिलाल श्रेष्ठले भने ।  
    यस विषयमा प्रमुख जिल्ला अधिकारी र अदालतका श्रेस्तेदार बीचमा भेटेर पनि कुरा भएको श्रोेतले बताएको छ । भेटमा प्रमुख जिल्ला अधिकारीले अदालत कानून भन्दा बाहिर गएको र आफुले यस विषयमा साथ नदिने बताएपछि श्रेस्तेदार विष्टले अदालतको आदेश कार्यान्वयन नगर्ने प्रजिअ र मालपोतका प्रमुखललाई कारबाही हुने चेतावनी दिएका छन् ।    
   

तुप्चेमा खसी बजार मेलाको आयोजना



कपिलदेव खनाल
विदुर । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा तीन वटा सहकारी संस्थाहरुले दसैंलाई लक्षित गरेर यो पाली पनि खसी बजार मेला सञ्चालन गर्ने भएको छ । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारीहरुले पछिल्लो पाँच वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएका छन् ।
    सोलेबजारमा असोजको ७ गते आयोजना गरिएको वृहत्त खसी बजार तथा कृषि उपज मेला सहभागि हुन कृषक तथा उपभोक्ताहरुलाई आयोजकले आग्रह गरेको छ ।
    खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि हुने आयोजक संस्था साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभएको छ ।
    गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाउने आयोजक संस्थाका प्रदिप अधिकारीले बताउनुभएको छ ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि र प्रर्दशनीमा ल्याउन कृषकहरलाई आग्रह गर्दै सहकारी संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
साथै, आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको छ । साथै मेलामा ल्याएको खसी तथा कृष उपजहरुको विक्रि नभएका कृषकले घर लैजानु नपर्ने समेत आयोजकले जनाएको छ, विक्रि भएको खसी र सामाग्रीहरु हाम्रो सहकारी संस्थाले खरिद गरिदिने व्यवस्थापक प्रदीप अधिकारीले बताउनुभएको छ । साथै उक्त सहकारी संस्थाबाट ऋण लिएर खसी पादन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप पाँच रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराउने छ ।
जस अनुसार २१ केजी देखि २५ केजीसम्मको खसीको प्रतिकेजी ४ सय रुपैया, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैयाँ मुल्य निर्धारण भएको छ । ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ४ सय ३०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ४ सय ४०, ४१ केजी भन्दा माथीको खसीको प्रतिकेजी ४ सय ५० रुपैयाँ र २० केजी भन्दा तलको खसी प्रतिकेजी ३ सय ८० रुपैयाँ मुल्य निर्धारण  भएको छ । उपभोक्ता सबैले सोही मुल्यमा सिधै कृषकसित खसी खरिद गर्न पाउने आयोजक संस्थाका कल्पना रिमालले जानकारी दिनुभयो । 
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा किसानहरुले सिधै उपभोक्ताmाई छ लाख रुपैयाँको खसी बोका विक्रि गरेका थिए । यो पाली अहिले देखिनै खसीको माग हुन थालेकोले आयोजक संस्थाले खसी विक्रिका लागि मेलामा ल्याउन चाहाने कृषकलाई पहिल्यै सम्पर्क गरेर दर्ता गराउन साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले आग्रह गर्नुभएको छ ।
पोहोर साल ६० वटा खसी दुई घण्टामै विक्रि भई, ढिला जाने ग्राहकहरु रित्तै फर्कनु परेको समस्यालाई मध्यनजर गर्दै यो पाली माग अनुसारको खसी मेलामा ल्याउने आयोजक संस्थाले जनाएको छ ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा हुने बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा गरेको हो ।

नयाँ शक्ति नुवाकोटको संयाेजकमा डा. भिमलाल तामाङ चयन

नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति नुवाकोटको संयोजक परिर्वतन भएको छ । जिल्ला परिषद् बैठकले तुप्चेका डा. भिमलाल तामाङलाई नुवाकोटको संयोजक तोकेको छ । पुर्व संयोजक कृष्ण कुईकेल केन्द्रिय समितिमा रहेर काम गर्ने भएपछि तामाङलाई जिल्ला संयोजक चयन गरिएको बताइएको छ ।
    सह संयोजक देखि जिल्ला परिषद् सदस्यहरु भने सबै पुरानै रहेका छन् । नयाँ शक्ति नुवाकोटको उप संयोजकमा धर्मबहादुर गुरुङ्ग रहेका छन् ।
    जिल्ला परिषद् बैठकले आउँदो संघिय र प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउनेहरुको नामको विषयमा पनि छलफल गरेको छ । पुर्व जिल्ल संयोजक कृष्ण कुईकेल, जिल्ला संयोजक डा. भिमलाल तामाङ, केन्द्रिय परिषद् सदस्य निमा ह्याल्मो शेर्पा, नवराज ढुङ्गाना ‘विज्ञान’ बेल्कोटगढीका अर्का नवराज ढुङ्गाना, सह संयोजक धर्मबहादुर गुरुङ्ग, भगवान रानामगर, ईश्वर राउत, प्रल्हाद भुजेल, केशव पुडासैनी, लक्ष्मण पौडेलको नाम चर्चामा आएको छ ।
    बैठकमा नयाँ शक्ति नेपाल ३ नं. प्रदेश संयोजक सोनामसिंह स्याङ्गताङ्गको उपस्थिति रहेको थियो । साथै बैठकले विभिन्न उप समितिहरु गठन गरेको बताइएको छ ।  जिल्ला कार्यालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा केशव पुडासैनी, राष्ट्रिय मामिलिा विभागको संयोजकमा भगवान रानामगर, उत्पादन विभागको संयोजकमा लक्ष्मण पौडेल, राजनीतिक परिचालक विभागको संयोजकमा प्रल्हाद भुजेल, साँस्कृतिक विभागको संयोजकमा श्रीकृष्ण थापालाई चयन गरेको छ ।
त्यस्तै, भदौ ३० गते कार्यकारी प्रमुख राष्ट्रपति, पुर्णसमानुपातीक निर्वाचन प्रणाली र विदेशमा रहेकोले पनि मतदान गर्नपाउनु पर्ने माग राख्दै नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
यसै बीच, नयाँ शक्ति पार्टी नेपालले नुवाकोटको मेघाङ्ग गाउँपालिकामा पहिलो सम्मेलन गरेर कार्य समिति गठन गरेको छ ।
    नयाँ शक्ति नुवाकोटका अनुसार मानसिंग तामाङको अध्यक्षतामा २१ सदस्यिय मेघाङ्ग कार्य समिति गठन भएको हो । नयाँ शक्तिले दसैं पछि जिल्ला सम्मेलन गर्ने र त्यस अघि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा सम्मेलन गरेर नयाँ कार्य समिति गठन गर्ने बताइएको छ ।
    नयाँ शक्तिमा रहेका केही नेताहरु नेकपा माओवादीमा गएसंगै नयाँ शक्ति नुवाकोटले पार्टी सुदृढिकरण तथा मजवुतीका लागी अभियान थालेको छ । नयाँ शक्तिमा रहेर काम गरिसकेको पुर्व संयोजक राजकुमार रेग्मी सन्देश, संघिय परिषद् सदस्यहरु सुवास तामाङ र गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’लाई अहिलेसम्म नयाँ शक्तिमा गर्नुभएको योगदानको पार्टीले सम्झना र कदर गरेको छ । उहाँहरु अहिले नयाँ शक्ति ध्रुविकरण अभियानमा सक्रिय भई माओवादी प्रवेशको संघारमा हुनुहुन्छ ।
नागरिकहरु तहबाट बढी अपेक्षा गरिएको नयाँ शक्तिले गएको स्थानीय तह निर्वाचनमा जिल्लै भरीमा जम्मा २२ सय मात्र मत प्राप्त गरेको छ । अहिले कुल खसेको मतको कम्तिमा तीन प्रतिशत मत ल्याउने गर्ने थ्रेसहोल्डका कारण नुवाकोटबाट कम्तिमा पनि ९ हजार मत नयाँ शक्तिले लिनुपर्ने अनुमान गरिएको छ ।

Saturday, September 09, 2017

सात जनाको मृत्यु, २९ जना घाइते, तीन जनाको अवस्था गम्भिर


कपिलदेव खनाल

नुवाकोट, भदौ २४ गते । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

      मृत्यु हुनेहरुमा नर्जामण्डपका ६७ वर्षिया ठूलीमाया तामाङ, नर्जामण्डपकै ४५ वर्षिया लक्ष्मी न्यौपाने, विदुर नगरपालिका वडा नं. ९ जफतीकी २१ वर्षिया शशी बोगटी, रालुकादेवीका २२ बर्षिया सविता तामाङ रहनुभएको छ । त्यस्तै ठेगाना नखुलेको ५७ वर्षिया लालबहादुर तामाङ र ३७ वर्षिया उजेली मिजारको पनि मृत्यु भएको छ । बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारको क्रममा अस्पालमा नधिन भएको प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।   

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २८ जना घाइते भएका छन् । उनीहरुको ग्राण्डी, ग्रीनसिटी, वीर अस्पताल र टिचिङ्गमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गीम्भर रहेको प्रहरी उपरिक्षक बीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो । घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

      दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । दुई जनाको भने उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँ बसपार्कबाट बिहान साढे नौं बजे नुवाकोटको खरानीटारको लागि गुडेको बा १ ख ६३४८ नम्वरको बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ गुरुङ्गगाउँमा दिउँसो १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टका अनुसार तीन सय मिटर तल खसेको बसले एउटा घर समेत भत्काएको छ । भत्किएको घरले थिचेर घरधनी सीता तामाङ समेत घाइते हुनुभएको छ ।  

घटनास्थलमै मृत्यु भएका लक्ष्मी न्यौपाने, ठूलीमाया तामाङ र शशी बोगटीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली ल्याइदै छ । अन्य चार जनाको शब काठमाडौं स्थित हस्पिटलमा रहेको प्रहरीले जनाएको छ ।

यसै बीच, त्रिशुली नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । विदुर नगरपालिका वडा नं. ५ देविघाटबाट बेल्कोटगढी नगरपालिका वडा नं. २ कुमरीका टिकाराम तामाङलाई बगाएको हो ।

      जालपादेवी मन्दिर नजिकै त्रिशुली खोलामा कुमरीका पाँच जना युवा नुहाउने क्रममा तामाङलाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कुमरीका सन्तोष नेपाली, निरोध नेपाली, इन्द्र नेपाली र विक्रम नेपाली भने सकुल रहेका छन् । पाँच जना निहाउन गएका मध्ये टिकाराम तामाङलाई खोलाले बगाएपछि उनीहरुले उद्धारको प्रयास गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको देविघाट प्रहरीले पनि उद्धार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभएको छ । त्रिशुली नदीमा वेपत्ता भएका तामाङको खोजी कार्य भईरहेको छ ।

एकैदनि दुई ठुला साहित्यिक कार्यक्रम

शर्मिला उप्रेती
विदुर, भदौ २४ गते । नुवाकोटमा आज दुईवटा ठुला साहित्यिक गतिविधि भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नुवाकोट साहित्य पदयात्रा सम्पन्न गरेको छ । त्यस्तै कवि आरएम डङ्गोलको विदुरमै एकल कविता वाचन कार्यक्रम भएको छ ।
    नुवाकोट साहित्य पदयात्रा विहान बट्टार क्याम्पस गेटबाट सुरु भएर नुवाकोट साततले दरवार हुँदै महामण्डल पुगेर टुङ्गिएको छ । नुवाकोटका साहित्यकार तथा साहित्यानुरागीको सहभागिता रहेको पदयात्रामा विभिन्न कवि तथा सर्जकहरुले रचना वाचन गर्दै यात्रा गरेका छन् ।
    नुवाकोट साहित्य पदयात्राको आयोजक संस्था नुवाकोट साहित्य प्रतिष्ठान नेपालका श्रीराम श्रेष्ठका अनुसार संस्थाको बार्षिक कार्य योजना अन्र्तगत हरेक साल यस्तै साहित्यिक पदयात्रा गरिदै आएको छ । यस क्रममा यो पाली नुवाकोटको ऐतिहासिक क्षेत्रलाई छनोट गरिएको छ । साहित्यको वृद्धिविकासको साथमा आन्तरिक पर्यटनको विकास र साहित्य लेखनमा टेवा पु¥याउनका लागि साहित्य पदयात्राको आयोजना गरिएको बताइएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी शम्भुप्रसाद शर्माले साहित्यिक गतिविधीले नयाँ पुस्तामा सिर्जनाको शक्ति प्रवाह हुने बताउनुभयो ।
उता विदुरमा, युवा पुस्ताका चर्चित कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ का स्थायी निवासी आरएम डङ्गोल काठमाडौंबाट साहित्य लेखनिमा क्रियाशिल हुनुहुन्छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाडौं देखिका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
माटो र मुटुका कुरा उत्तिकै सशक्त रुपमा लेख्नुहुने कवि आरएम डङ्गोलको एकल कविता वाचन खुव खुलेको थियो ।
    वर्तमान पुस्ताका चर्चित कवि आरएम डङ्गोलका उत्कृठ सृजनालाई कार्यक्रममा सहभागि कवि तथा कवयत्रिले समेत वाचन गरेर सुनाएका थिए । आरएम डङ्गोललाई माया गरेर कार्यक्रममा सहभागिहरुले उहाँको कविता वाचन गरेका हुन् ।
    कार्यक्रममा सहभागिहरुले आरएम डङ्गोलका कविताले समसामयिक अवस्थाको चिन्तन देखि मनको कुरालाई बोकेको टिप्पणी गरे । सामान्य विषयवस्तुलाई विशिष्ट बनाएर सुन्दर कविता पस्नकले खुवी आरएम डङ्गोललको रहेको छ ।
    आरएम डङ्गोलको एकल कविता वाचन सुन्नका लागि काठमाडौंबाट पनि साहित्यकारहरुको सहभागिता रहेको थियो । त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रिय विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्य, त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँल, त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उप प्रमुख गीता दाहाल, वडा नंं ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङ्गोलले कवि आरएम डङ्गोलको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
एकल कविता वाचनका लागि कवि आरएम डङ्गोल आफ्ना वृद्ध मातापिता, दाजुभाई लिएर विदुर आउनुभएको थियो । उहाँलाई विदुर नगरपालिकाको कार्यालयले मायाको चिनो प्रदान गरी विदाई गरेको छ ।

नुवाकोटमा बङ्गुरको संख्या १४ हजार मात्र

राजु रिमाल
विदुर, भदौ २४ गते । नुवाकोट जिल्लामा किसानहरुले व्यवसायी रुपमा पालन गरेको बङ्गुरको संख्या १४ हजार रहेको छ ।
    आज विदुरमा आयोजित एक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय नुवाकोटका पशु विकास अधिकृत डा. चन्द्रविक्रम कुँवरले उक्त सरकारी रेकर्डमा रहेको बताउनुभएको छ । त्यसमा अधिकांश स्थानीय प्रजातीको रहेको पनि बताइएको छ । बङ्गुर पालन गर्न चाहाने किसानहरुले तयार गरेको फर्म मध्ये ६२ वटा कार्यालयमा दर्ता समेत भएको उहाँले बताउनुभयो ।
    मासुको लागि पालिने बङ्गुरबाट निम्न आयस्तर भएको नागरिकहरुको उत्थान हुने भन्दै सरकारले सहकारी मार्फत् पनि बङ्गुर पालनमा रकम अनुदान दिँदै आएको छ । 
    खाद्य सुरक्षा र आय आर्जनका लागि बङ्गुर पालन कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएको एक सहकारी संस्थाले आफ्नो संस्थाले गरेको गतिविधिलाई सार्वजनिक गरेको छ । अग्रसर कृषि सहकारी संस्था लिमिटेड सुर्यगढी गाउँपालिका वडा नं. ३ फलाटेले कार्यक्रमको आयोजना गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार उक्त संस्थाले दुई वर्षदेखि बङ्गुर पालनका लागि कृषकहरुलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारद्धारा प्राप्त रकमलाई जिल्लाका विभिन्न ठाउँहरुमा परिचालन गरिउको बताइएको छ ।
संस्थाका अध्यक्ष निशा अधिकारीका अनुसार हालसम्ममा १ सय २० जनालाई दुई दुई वटा बङ्गुर र खोर गरेर ३० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०÷४० कृषहरुलाई अनुदान रकम प्रदान गरेको उहाँले बताउनुभयो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरवारले अब एक वर्ष कृषहरुलाई अनुदानका लागि रकम पठाउने र उक्त रकम विभिन्न समुदायमा प्रदान गरिने संस्थाले जनाएको छ ।