Monday, September 09, 2019

नेपाललाई चीनद्धारा सैन्य सामाग्री सहयोग

विदुर/चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ । उक्त सामाग्री रसुवागढी मार्ग हुँदै काठमाडौं गएको छ । ति सामाग्रीहरू एक रात नुवाकोट राखिएको थियो ।
चीनले सहयोग स्वरूप उपलब्ध गराएको सामग्री मंगलबार रसुवागढी नाका हुँदै बुधवार काठमाडौं भित्रिएको छ । मिसनका लागि आवश्यक आर्मोड पर्सनल क्यारिएर (एपिसी) उच्च सुरक्षाका साथ नेपाल ल्याइएको छ । मंगलबार रसुवागढीबाट ६३ वटा एपिसी नेपाल भित्रिएका छन् । चीनले नेपाली सेनालाई राष्ट्रसंघीय मिसनमा जान चाहिने सामग्री उपलब्ध गराउँदै आएको छ ।
गत असारमा प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ समकक्षीबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
सन् १९५८ देखि मिसनमा सहभागी हुन थालेको नेपाल सरकारले शान्ति सेना १० हजार पु¥याउने नीति लिएको छ । अहिले चीनबाट आएको एपिसी मिसनमा पठाइनेछ ।
चीन सरकारले उपलब्ध गराएको सामग्री आपूर्ति तथा परिवहन निर्देशनालयको व्यवस्थापनमा गरिएको हो । रसुवास्थित नेपाली सेनाको कालीजंग गणले त्यहाँको आवश्यक सुरक्षा व्यवस्थापन गरेको थियो ।
प्रधानसेनापती थापाले गरेको सहयोग सम्बन्धी सम्झौता अनुसारका सामग्री आउन करिब डेढदेखि दुई वर्षसम्म लाग्नेछ ।

१६ भदौ, २०७६ अङ्कको सम्पादकिय

हेलचेक्र्याईको पराकाष्ट
नुवाकोटमा भारत सरकारको अनुदना तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आथिृक र प्राधिक सहयोग गर्न आएको परियोजनाको कारण भुकम्प पिडितहरू झन् पिडित भएको तथ्य सार्वजनिक भएको छ । भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) मार्फत नुवाकोटमा सञ्चालन गरिरहेको भुकम्प पछिको पुननिर्माणमा अनियमितता भएको भन्दै सरोकारवालाहरूले पटक पटक विभिन्न फोरममा आवाज उठाउँदै आएका छन् । कार्यक्रम सञ्चालनको सुरु अवधि देखिनै प्रक्रृया भन्दा बाहिर रहेको यो परियोजनालाई आयोजना कार्यान्वय इकाईले पटक पटक सचेत गराउँदा पनि कार्यमा सुधार नभएको तथ्य फेरि सार्वजनिक भएको हो । यहि परियोजनाको भर परेका आठ सय भन्दा बढी पिडितहरूको लाभग्राहीमा नाम नै नआउने भएको छ ।
असाहाय, अनुदानको प्रक्रृयालाई नबुझेका वा पहुँच नभएका नागरिकहरूका लागि काम गर्ने समेत सम्झौता भएको यो परियोजनाका कर्मचारीहरूले हचुवाको भरमै कागज तयार गरेको र फर्जी काम गरेको पाइएको छ । आवश्यक कागज नपुगेको भनेर लाभग्राहीहरूलाई सूचीमा छुटाइदिनेसम्मको काम गरेको विवरण उसैले तयार गरेको प्रतिवेदनमा छ । घर फेला नपरेको, घरमा घरमुली नभएको जस्ता कमजोर आधार प्रस्तुत गरेर आयोजना कार्यान्वयन इकाईमा परियोजनाले प्रतिवेदन पेश गरेको छ । जुन प्रतिवेदन हँचुवाको भरमा तयार गरिएको देखिन्छ । सरकारले पुकम्पपिडितहरूलाई असार मसान्तसम्ममा गुनासो भर्न फेरि समय दिएको थियो । त्यस समयमा समेत परियोजना सञ्चालन भएको उक्त २० इलाकाबाट मात्रै २ हजार भन्दा बढीको नाम सूचीमा नपरेको गुनासो दर्ता भएको छ । सूचीमा नाम देखिएका तर पहिलो किस्ता नै लिन बाँकी उसको कार्य क्षेत्रको ८१३ लागभ्राहीहरू भने सूचीमा पर्नेमा ढुक्क थिए । यो प्रतिवेदन बाहिरिसंगै लाभग्राही सूचीमा धेरै छुटेको पत्ता लागेको छ । को व्यक्ति कुन कारणले सूचीमा पर्न सकेन वा उनीहरूका लागि सहयोग गर्न परियोजनाले किन सकेन भन्ने खुलेको छैन । संख्यामा मात्रै प्रस्तुत भएको यो विवरणले खैलावैला भएको छ । हेलचेक्र्याई रुपमा काम गरिरहेको युनोप्स् र यो परियोजनासंग सम्वद्ध कर्मचारीलाई नियममन गर्ने र सरोकार राख्ने निकायहरूले सामान्य सचेत समेत गराएको छैन । अझै डेढ वर्ष नुवाकोटमा रहने यो परियोजनाको बारेमा पारदर्शी रुपमा समीक्षा हुनु आवश्यक देखिएको छ । अन्यथा भारत सरकारले घर गनेर नेपाल सरकारलाई दिने अनुदान रकममा समेत अनियमितता हुने पक्का छ ।

कृषि ज्ञान केन्द्रको काम तिब्र

विदुर/कृषि ज्ञान केन्द्रले गत आर्थिक बर्षमा ठुलो रकम फ्रिज भएपछि यस आर्थिक बर्षको कामलाई तिब्रबता दिएको छ ।
शतप्रतिशत कार्य प्रगति हासिल गर्ने प्रतिबद्धता सहित ज्ञान केन्द्र नुवाकोट कार्यक्रम सञ्चालनमा लागेको छ । यस आर्थिक बर्षमा प्रदेश र संघबाट प्राप्त सबै कामको समयसिमा तोकेर कार्य सुरु भैसकेको कृषि प्रसार अधिकृत रुक्मेणी अधिकारीले बताए । यस आर्थिक बर्षमा बिशेष गरी कृषि ज्ञान केन्द्र नुवाकोटले कृषिमा यान्त्रिकरण, कफि उत्पादन तथा प्रबद्र्धन, लगायतका कार्यक्रमहरू सञ्चालनको तायारी रहेको उनले बताएका छन् । साबिक जिल्ला कृषि बिकास कार्यालय नुवाकोटले गर्ने कामलाई समेत निरन्तरता दिएको छ । सबै स्थानिय तहमा कृषि शाखाको रुपमा स्थापना भएतापनि ज्ञान केन्द्रले जिल्लाका  किसानलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन भैरहेको कृषि प्रसार अधिकृत अधिकारीले बताए । 

तारुकाको सांस्कृतिक पहिचान

शर्मिला उप्रेती
तारुका/तारुका भन्ने वित्तिकै संगसंगै जोडिएर आउने अर्को पर्यायवाची शब्द छ गोरु जुधाई । यही अन्तराष्ट्रिय पहिचान बनिसकेको परम्परा पनि यही तारकेश्वर गाउपालिकामा पर्दछ । हरेक माघेसंक्रान्ति पर्वमा तारुकामा हुने गोरु जुधाईले चाडपर्वको विशेषता नै परिर्वतन गराएको छ । माघेसंक्रान्ति भन्ने वित्तिकै नुवाकोटमा गोरु जुधाई सम्झन थालिएको छ ।
गोरु जुधाई मनोरञ्जनको माध्यम र खेलको जात्रा समेत बनिसेकेको छ । स्पेनको ‘बुलफाइट’ को झल्को दिएपनि तारुकाको गोरु जुधाई मौलिक शैलीको भएको र संस्कृतिको अंग बनिसकेको छ । सिङ्गै जिल्लाले गौरव गर्ने परम्पराको रुपमा स्थापित गोरु जुधाईकै व्यवस्थि तगर्नकै लागि तारकेश्वर गाउँपालिकाले आफ्नो कार्यहरूको सुरुवात गरेको छ । गोरु जुधाई हेर्न चन्दनी पुग्ने बाहिरका नागरिकहरूको सहजताका लागि सडकको स्तरउन्नती गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती सुनाउछन् । गोरु जुधाई हुने स्थानमा दर्शकलाई बस्नका लागि सहज हुने गरी रङ्गशाला निर्माणको विषयमा पनि स्थानीय सरकारले सोचेको छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जा आउँदा मनोरञ्जन दिन गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । तर यो इतिहास नमिलेको र इतिहास अर्को रहेको तर्क गर्ने स्थानीयहरू पनि निस्किएका छन् । जयपृथ्वीबहादुर सिंहको मावाली तारुका नभई काठमाडौंको असनमा रहेको र बझाङ्गी राजाहरूको यहाँको जमिन रहेको ईतिहास पढेकाहरू बताउछन् ।
अर्को किम्वदन्ती अनुसार विक्रम सम्वत १८८७ तिरबाट यो गोरु जुधाई सुरु भएको मेला व्यवस्थापन समितिका पुर्व अध्यक्ष नविन अधिकारी बताउछन् । बझाङ्गी राजाको
विर्ता रहेको तारुकामा कुत उठाउन आउँदा उनीहरूको मनोरञ्जनका लागि गोरु जुधाउन थालिएको हो ।
स्पेनमा हुने विश्व चर्चित बुल फाईटमा मानिसले गोरुलाई उत्तेजित पारेर कुदाउँछन् । तर तारुकाको प्रतियोगितामा त्यस्तै केही हुँदैन । यहाँ केवल गोरुविरुद्ध गोरु लड्छन् ।
थाकेर एउटा गोरु भागेपछि मैदानमा बाँकी रहेकोलाई विजेता घोषित गरिन्छ । केही वर्षयता तारुकाको गोरु जुधाईको चर्चा चारैतिर फैलन थालेपछि वरपरका जिल्लामात्र नभई काठमाण्डौंबाट पनि दर्शकहरू आउँछन् ।
प्रतियोगिताका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । 
यो संख्या वर्षेनी बढिरहेको छ । तथ्याङ्कक राख्ने नगरेपनि तारुकामा  दर्शकको भीड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिन हुन नसकेपनि स्थानीयहरूलाई झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विश्वास रहेको गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल बताउँछन् ।
शताब्दीदेखि चल्दै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ । स्थानीय युवाहरूको जोश र जाँगरले सञ्चालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ । खेलको प्रवद्र्धन हुन सके कृषिलाई समेत उभो लगाउन सकिने देखिन्छ ।
परम्परागत रुपमा चलिआएको यस्तो खेललाई पर्यटकीय आकर्षण बनाउन पनि सकिन्छ । युवाहरूले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरूले विशेष ध्यान दिने बताएका छन् ।

क्यारेम खेलाउनेलाई कारबाही

विदुर/किस्पाङ गाँउपालिका वडा नम्बर २ ले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बिभिन्न निर्णयहरू गरेको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष देवनाथ भट्टको अध्यक्षतामा बसेको बैठकले वडा भित्र लगाईएका र आफै उम्रिएको गाँजाको बोटहरू नष्ट गर्न‘का साथै बेलुका ८ बजेपछि होटलहरू बन्द गराउने निर्णय गरेको छ । बिद्यार्थीहरूको अध्यायनलाई मध्यनजर गर्दै बिद्यार्थी क्यारमबोर्ड खेल्ने गरेकाले क्यारमबोर्ड खेलाएमा जरिवाना लाग्ने निर्णय गरेको हो । पहिलो पटक एक हजार रुपैयाँ, अटेर गरेमा पाँच हजार रुपैयासम्म जरिवाना गराउने निर्णय भएको वडा कार्यालयले जनाएको छ । बैठकमा वडाका सदस्यहरू, वडा सचिव राजकुमार ओझा, प्रहरी सहायक निरिक्षक महानन्द यादवको उपस्थिति थियो ।

Friday, September 06, 2019

नुवाकोटमा पुनर्निमाण र जिविकोपार्जनको पुनस्र्थापना

विदुर/पञ्चकन्या गाउँपालिका वडा नं. १ आँपचौरका सानुकान्छी राईलाई ग्रामीण स्वावलम्बन विकास केन्द्र अभिभावक जत्तिकै भरपर्दो भएर देखापर्यो । २०७२ सालको भुईचालोले आफ्नो घर ध्वस्त भएपछि कसरी घर बनाउने र चार जनाको टाउको लुकाउने भन्ने यिनको पिरलोको जिम्मा लियो केन्द्रले ।
यही गाउँका नरबहादुर राईलाई पनि घर बनाउनका लागि ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको भरथेग जीवनभरका लागि अमुल्य रहने भयो । यि सानुकान्छी र नरबहादुर राई जस्ता पञ्चकन्या गाउँपालिका वडा नं. १ का २ सय ५५ घरपरिवारले समयमै प्रकोप प्रतिरोधी घर पाएका छन् ।
सन् २०१५ को मे १ बाट २०१८ को डिसेम्वरसम्मका लागि नुवाकोटको तत्कालिन चार गाविसहरुमा पिछडिएका विपन्न बस्तीहरुका लागि जिविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सामुदायिक स्वावलम्बन अवधारणामा आधारित कार्यक्रम सञ्चालनको तयारी रहेकै बेला विनाशकारी भुईचालो गयो । त्यसपछि कार्यक्रमको स्वरुप परिर्वतन गरेर लागू भयो । ति साविकका नुवाकोटका गाविसहरुमा सुर्यमती, चौघडा, थानापती र सुनखानी थियो । ति चार गाविसहरु अहिले तीन वटा गाउँपालिकाको पाँच वटा वडाहरुमा परिमार्जन भएको छ । प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले यस संस्थाले नुवाकोटका भुईचालोबाट पिडित भएका नागरिकहरुका लागि गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् । तत्कालिन समयमा संघसंस्थाहरु काम गर्न सजिलो ठाउँमा मात्रै जाने अवस्थामा पनि ग्रामीण स्वावलम्बन विकास केन्द्रले विकट र अप्ठ्यारो ठाउँमा काम गरेको तामाङले स्मरण गरे । 
ग्रामीण स्वावलम्बन विकास केन्द्रले माल्टेजर इन्टरनेशनलको सहयोगमा यि वडाहरुमा आयआर्जन समुहको माध्यामबाट विपद् न्यूनीकरणका लागि सामुदायिक सहयोग परियोजना कार्यान्वयन गर्यो ।
साविकको चौघडा गाविसको वडा नं. ४ आँपचौर गाउँमा ६ वटा आयाआर्जन समुहहरु गठन गरेर आफ्ना गतिविधि गर्दै आएको थियो । भुकम्प लगत्तै संस्थाले माल्टेजर इन्टरनेशनलको सहयोगमा जाडोयामका लागि आवश्यक लागुफाटा समुदायमा वितरण गर्यो । २०७२ साल फागुनतिर आँपचौरका घरविहिन पीडित नागरिकहरुको माग र सुझावका आधारमा संस्थाले घर निर्माण गरिदिने योजना अघि सार्यो र कार्यान्वयमै ल्यायो । ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यक्रम प्रमुख शिबप्रसाद बस्याल भुइँचालो गएको तत्कालको समयमा सरकारले नागरिकलाई दिने भनेको रकम प्रदान गरेर सरकारको अभियानलाई संस्थाले नै अघि बढाएको बताउँछन् । अर्कै लक्ष्य बोकेर यो गाउँमा आएको संस्थाले भुईचालोबाट आक्रान्त बनेको नागरिकहरुलाई सहयोग पूगनेगरी कार्यक्रमको स्वरुपनै फेरेको छ ।
पिल्लर सहितको इट्टाको पर्खाल र छत ढलाल गरेको देखि सिमेन्ट ब्लकबाट तयार भई जस्ताको छानो लगाएको घरसम्म तयार भएको छ । त्यस्तै एक कोठे देखि चार भन्दा बढी कोठा भएको घर समेत संस्थाको सहयोगमा आपँचौरमा निर्माण भएको छ । तीन लाख रुपैयाँ देखि नौं लाख भन्दा बढी रुपैयाँसम्ममा यहाँ घरहरु निर्माण भएका छन् । आर्थिक अवस्था कमजोर रहेका नागरिकहरुलाई ग्रामीण स्वावलम्वबन विकास केन्द्रेले उपलब्ध गराएको तीन लाख पनि घर निर्माणका लागि पर्याप्त भएको छ । आफ्नै केही आर्थिक हैसियत र साधन श्रोत हुनेहरुले भने संस्थाले उपलब्ध गराएको रकममा थपथाप गरेर घरमा केही सुविधा थपेका छन् । त्यसो त, संस्थाले सबै घरमा शौचालय पनि निर्माण गरेको छ । यो अवसर प्राप्त गर्ने नागरिकहरुमा पञ्चकन्या गाउँपालिका वडा नं. १ को आपँचौर, चपरा, फुँयालडाँडा, बाँनियाटारका नागरिकहरु छन् । प्रदेश नं. ३ का सांसद बद्री मैनालीले पिडामा परेका नागरिकहरुलाई खुसी दिने अभियानमा ग्रामीण स्वावलम्बन विकास केन्द्र रहेको भन्दै खुसी व्यक्त गरे ।
२५५ परिवारका लागि तयार भएको सबै घरहरु भुकम्पीय दृष्टिले सुरक्षित छन् । बनेका घरहरुको मोडल भने एकै किसिमको छैन । दुई सय भन्दा बढी घरहरुमा छड, सिमेन्ट र पक्की ईट्टाको प्रयोग भएको छ । बाँकी घरहरु सिमेन्टको ब्लकले गाह्रो र जस्ताको छाना लगाएर तयार भएको छ । 
त्यसो त, घर बनाउँदा लागेको ऋण तिर्न पनि नागरिकहरुलाई सहयोग चाहिने आवस्थाको सृजना भइसकेको छ । त्यही भएर घर पुनर्निर्माणसंगै जिविकोपार्जनको पुनस्र्थापना को अवधारणा संस्थाले ल्याएको छ । त्यस अनुसारको कार्यक्रममा स्थानीयहरुलाई संस्थाले सहभागी गराएको छ । अब यसलाई अगाडी बढाउन र नागरिकहरुको जीविकामा साथ दिन ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा. दुर्गाप्रसाद पौड्यालले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
जिविकोपार्जनका कार्यक्रमहरु अन्र्तगत उमशीलता तालिम, सीप बिकास तालिम, जैविक मल, बाली भित्र्याउने तरिका, एकीकृत रोग–किरा व्यवस्थापन, बजारमुखी उत्पादन तथा बजार व्यवस्थापनको बारेमा समेत कृषकहरुलाई जानकारी प्रदान गरिएको छ । त्यसमा ग्रामीण स्वावलम्बन विकास केन्द्रले सहयोग समेत पु¥याएको छ । विपद् अनुकुलन खेतीपातीको तालिम तथा सामाम्री वितरणका कार्यक्रमहरु समेत भएका छन् । त्यस्तै थोक व्यापारी तथा कर्जादाताहरुसंग छलफल पनि भएको छ । कृषि उत्पादन संकलन केन्द्र निर्माण एवं व्यवस्थापन, साना सिञ्चाई र माटो परीक्षणका कार्यक्रमहरु भएका छन् ।  यसरी ग्रामीण स्वावलम्बन विकास केन्द्रले गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमहरु बहुपयोगी र प्रभावकारी देखिएको छ । स्थानीय सरकारका प्रमुखले समेत संस्थालाई आफ्नो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । भुईचालो पछि काम गर्न आएका अन्य थुप्रै संघसंस्थाको कार्यशैली र ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको काममा फरक रहेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
त्यस्तै महशुस भएको थियो पञ्चकन्या गाउँपालिका वडा नं. १ का अध्यक्ष मणिनाथ लामिछानेलाई पनि । भुईचालोपछि वडामा काम गर्न आएका संघसंस्था र परियोजनाहरुले नागरिकहरुलाई कम हित गरेको अनुभव गरेका वडा अध्यक्ष लामिछानेले यस संस्थाको प्रशंसा सार्वजनिक कार्यक्रमै गरेका छन् ।
जनप्रतिनिधिहरुबाटै कार्यक्रमको अवधि लम्वाउन र परियोजना थप गर्न आग्रह भइरहेको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्रलाई परियोजना सहयोग गरिरहेको माल्टेजर इन्टरनेशनलले पञ्चकन्या गाउँपालिकामा थप कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको जनाएको छ । भविष्यमा अन्य संस्थासंगको सहकार्यमा कार्यक्रम अगाडी बढाइने र भविष्यमा गर्ने कार्यक्रमको अध्ययन पिआरए भइरहेको माल्टेजर ईन्टरनेशनलका कन्ट्री ड्राइरेक्टर बिजयलाल श्रेष्ठले बताए ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले समुदायमा विपद् अनुकुल कृषि प्रविधिको तालिम एवं क्षमता विकासको कार्यक्रम समेत गरेको छ । जस अन्र्तगत भुईचालोबाट पानीका मुल सुकेको ठाउँहरुमा पानी संकलन गर्ने प्लाष्टिकका पोखरीहरु तथा थोपा सिञ्चाई जस्ता पानीको व्यवस्थापन गर्ने प्रविधिको बारेमा सिकाईएको छ । बेमौसमी तरकारी खेती गर्ने कृषकहरुलाई टनेल, ड्याङ छोप्ने प्रविधि सिकाईएको छ । त्यसका साथै ति प्रविधिका लागि आवश्यक औजार, विउविजन वितरण गरिएको छ । माटो परीक्षण गरेर उर्वरता बढाउने तालिम पनि प्रदान गरिएको छ ।
जिविकोपार्जनका कार्यक्रम अन्र्तगत नै एकीकृत रोग कीरा–व्यवस्थापनको पाटोमा समेत ग्रामीण स्वावलम्बन विकास केन्द्रले  समुदायमा काम गरेको छ । कृषि बालीहरुमा लाग्ने रोग कीराहरुलाई विषादीले नियन्त्रण गर्दा त्यसको नकारात्मक असर मानिस तथा पशु स्वास्थ्यमा पर्ने भएकोले कार्यक्रमले जैविक सामाग्रीको प्रयोगमा अग्रसर गराएको छ । रुदुवा पञ्चकल्याणी स्वावलम्बन कृषि सहकारी संस्था शिवपुरी–८ थानापतीका उपाध्यक्ष रामकुमार थापा ।
उद्यमशीलताको विकासमा आयाआर्जनका क्रियाकलापमा लागेका किसानहरु आफुसंग भएको साधन र क्षमताको आँकलन गरी त्यही अनुसारको जीविकोपार्जन कार्य गर्न उद्यमशीलताको तालिम समेत प्रदान गरेको छ । जसमा कृषि, पशुविकास, तरकारी तथा फलफुल खेती, करेसावारी जस्ता क्षेत्रहरुमा आफ्नो रुची, क्षमता, श्रोत–साधन, तरिका र विधिका बारेमा स्थानीयहरु जानकार भएका छन् । महाङ्कालेश्वरी कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष तेजकुमार श्रेष्ठ संस्थाले गरेको सहायताका कारण गदगद् छन् ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले कृषकहरुलाई गुणस्तरीय उत्पादन एवं बजार ब्यवस्थापनको पाटोमा समेत सघाएको छ । उत्पादनको गुणस्तर कसरी बढाउने, बाली भित्र्याउदा कसरी कम क्षती गर्ने, सामाग्री कसरी भण्डारण गर्ने र बजारमा पु¥याउने भन्ने विषयमा पनि सचेतना बढेको छ ।
त्यसो त लक्षित वर्ग विपन्न एवं पछाडी परेको समुदायको कृषि उत्पादन संकलन गर्न व्यापारीहरु घरमै नजाने र बजारसंगको प्रतिस्पर्धामा ठगिदै आएका थिए । त्यसैले उनीहरुको हितका लागि समुदायको पायक पर्ने ठाउँमा संकलन केन्द्र तयार पारिएको छ । जहाँ समान राख्ने, नापतौल गर्ने सुविधा उपलब्ध रहेको छ । तीन वटा गाउँपालिकाको कार्यक्रम लागू भएको पाँच वटै वडामा संकलन केन्द्र स्थापना भई हाल सञ्चालनमा रहेको छ ।
यी बाहेक पाइप वितरण, प्लाष्टिकको पोखरी निर्माण, स्प्रिङ्ग कल, बाख्रा पालन, बोका वितरण, टनेल खेती, कुखुरा पालन तालिम, मौरी पालन तालिम र घार वितरण, आरन सुधार कार्यक्रम र आरनको सामाग्री हस्तान्तरण जस्ता कार्यक्रम पनि सञ्चालन भएको ग्रामीण स्वावलम्बन विकास केन्द्रका परियोजना सुपरभाइजर साधुराम सापकोटाले जानकारी दिए । 

लिखु, पञ्चकन्या र शिवपुरीमा ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको कार्यक्रममा कृषकहरु अधिकमात्रामा लाभान्वित भएका छन् । जसमा लिखुको वडा नं. ३ र ४ शिवपुरीको ७ र ८ र पञ्चकन्या गाउँपालिकाको वडा नं. १ रहेको छ । ति वडाहरुमा संस्थाले गठन गरेको समुहहरु सहकारीमा परिणत भएका छन् । लिखु गाउँपालिका वडा नं. ४ को १२ वटा समुह मिलेर एक, पञ्चकन्या वडा नं. १ का ११ वटा समुह मिलेर दुई वटा सहकारी गठन भएको छ । त्यस्तै शिवपुरी गाउँपालिका वडा नं. ७ मा ११ वटा समुहबाट एउटा सहकारी र वडा नं. ८ मा १२ वटा समुह मिलेर एउटा सहकारी स्थापना भएको छ । लिखु गाउँपालिकाको वडा नं. ३ मा रहेको १४ वटा समुहहरु भने कृषि सञ्जालमा आवद्ध भएका छन् । यसरी ग्रामीण स्वावलम्बन विकास केन्द्रले ६० वटा कृषि समुह गठन गरेर त्यसलाई ६ वटा सहकारीमै रुपान्तरण गरिसकेको छ । यसरी कृषकको समुह तयार गरेर सहकारीसम्मको कल्पना साकार गर्ने परियोजना गाउँमा निरन्तर हुनुपर्ने तर्क रुदुवा पञ्चकल्याणी स्वावलम्बन कृषि सहकारी संस्था शिवपुरी–८ थानापतीका सचिव सरोज थपलियाको छ । उनी आफुजस्ता युवाहरुलाई कृषिमा जोडिराख्नका लागि यो संस्था र कार्यक्रमहरु आवश्यक रहेको बताउँछन् ।
परियोजना अन्र्तगत नुवाकोटको तीन स्थानीय तहको पाँच वटा वडाहरुमा पाँच वटा कार्यक्रमहरु सञ्चालन भएका छन् । जसमा आवास निर्माण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, जिविकोपार्जनका कार्यक्रम र स्वास्थ्य कार्यक्रम छन् । स्वास्थ्य कार्यक्रम अन्र्तगत ग्रामीण स्वावलम्बन विकास केन्द्रलेले नुवाकोटको किस्पाङ्ग गाउँपालिका वडा नं. १ भाल्चे र ककनी गाउँपालिका वडा नंं १ ओखरपौवामा स्वास्थ्य चौकी निर्माण गरेको छ । आधारभुत स्वास्थ्य सेवा अन्र्तगत एक÷एक वटा स्वास्थ्य चौकी भवन निर्माण भएको हो । त्यस्तै ६ वटा स्वास्थ्य चौकीहरुमा स्वास्थ्यसंग सम्वन्धित सामाग्रीहरु पनि वितरण भएका छन् । 
मानिसको स्वास्थ्य तथा दैनिकीसंग प्रत्यक्ष जोडिने खोनपानीको क्षेत्रमा समेत संस्थाले प्रशस्तै काम गरेको छ । परियोजना क्षेत्रका साविकका चार गाविसहरुमा भुईचालोबाट क्षतिग्रस्त १२ वटा खानेपानी आयोजनाहरु यही प्रियोजना अन्र्तगत निर्माण भएका छन् । सोही कार्यक्रममा ३२ वटा साना निर्माण कार्य र मर्मत भएको छ । त्यसमा ३ वटा फेरोसिमेन्ट, ट्याङ्की निर्माण भएको छ । त्यस्तै नौं वटा प्लाष्टिक ट्याङ्की जडान, ५ वटा इन्टेक निर्माण भएको छ । यो खानेपानीका साना ठुलो कार्यक्रमबाट ७ सय घरपरिवारका झण्डै ४ हजार नागरिकहरु लाभान्वित भएको ग्रामीण स्वावलम्बन विकास केन्द्रका फिल्ड प्राविधिक सन्तोष कोइरालले बताए ।
त्यस्तै, आयोजनाहरुमा उपभोक्ता समिति गठन गरी उनीहरुको काम, कर्तब्य तथा जिम्मेवारी अनि मर्मत सम्भारको तालिम समेत प्रदान गरिएको छ । सबै आयोजनाहरु निर्माण सम्पन्न भई उपभोक्ताहरुलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रेले हस्तान्तरण समेत गरेको छ । भुईचालोबाट क्षतिग्रस्त पानीका मुहान ग्रामीण स्वावलम्बन विकास केन्द्रले मर्मत पनि गरेको छ । पानी ट्याङ्कीहरु प्रकोप प्रतिरोधी समेत निर्माण भएको छ । पानीको परीक्षण मुहानदेखि घरको धाराधारासम्म गरिएको छ ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले गरेको कार्यक्रको स्थानीय सरकारबाट सम्मान र कदर समेत भएको छ । क्षतिग्रसत गाउँ उठाउने सरकारको अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सहयोगी संस्था माल्टेजर इन्टरनेशनललाई समेत पञ्चकन्या गाउँपालिकाले कदर पत्र प्रदान गरेको छ ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना समेत तयार गरेको छ । उक्त स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना लिखु, शिवपुरी र पञ्चकन्या गाउँपालिकामा कार्यान्वयमा आएको छ । भुईचालो, पहिरो, बाढी, चट्याङ तथा आगलागी जस्ता प्रकोपहरुको न्युनिकरणमा यो स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना प्रभावकारी मानिएको छ । यो स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना लिखु, शिवपुरी र पञ्चकन्या गाउँपालिकाको परियोजना लागू भएको ५ वटै वडामा कार्यान्वयमा आएको छ । 

Monday, September 02, 2019

युनोप्सको हेलचेक्र्याई, ८०० घरधुरी लाभग्राही सूचीमै परेनन्

इमेज समाचारदाता
विदुर/भुकम्पपछि नुवाकोटको पुनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भारतिय परियोजनाकै कारण नुवाकोटमा ८ सय १३ घरधुनी लाभग्राही सूचीमै परेनन् । भुकम्प पछिको पुनर्निमाणका लागि सरकारले उपलब्ध गराउने राहत रकम लिनका लागि आवश्क प्रक्रृयामा छुटेका घरधनीहरूले अन्तिम समय पनि गुमाएका हुन् । नेपाल सरकराले भर्खरै वितेको आर्थिक वर्षको असार मसान्तलाई लाभग्राही सूचीमा रहनको लागि दावी गर्ने अन्तिम मिति तोकेको थियो ।
तर नुवाकोटका ८१३ घरधुरीहरू भने विभिन्न कारणले असार मसान्तसम्मपनि लाभग्राही सूचीमा नपरेको हो । यस मध्ये ३१५ जना लाभग्राहीहरूको परियोजनाको लापरबाहीकै कारणले नाम समावेश भएको छैन । यो संख्या भारतिय परियोजना सञ्चालन भइरहेको स्थानको मात्रै हो । योनोप्सले नुवाकोटका विभिन्न २० स्थानमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२०७२ सालको भुकम्पका कारण आफ्नो निजी आवास गुमाएका नागरिकहरूका लागि काम गर्न भन्दै स्थापना भएको भारतिय परियोजना जिम्मा लिएको संस्थाले गैर जिम्मेवारीपूर्ण रुपमा काम गरेको पाइएको छ । भुकम्प प्रभावितहरूलाई सहजिकरण गर्न र पुनर्निमाण प्राधिकरणसम्म उनीहरूको पहुँच कायम गर्न सञ्चालन भएको परियोजनाले उनीहरू यसरी सूचीबाट हट्नै लाग्दा पनि आवश्यक सहयोग नगरेको पाइएको छ । असार मसान्तसम्ममा सूचीकृत हुनुपर्ने नागरिकहरूको विभिन्न १६ उप शिर्षकमा ८१३ जनालाई राखी युनोप्सले अनुदान प्यवस्थापन तथा स्थानीय पुर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाईलाई प्रतिवेदन बुझाएको छ । १५ असार, २०७६ सम्ममा लाभग्राही सूचीमा पर्नका लागि काम भइरहेको जनाएको युनोप्सले त्यसको भोलिपल्ट यो विवरण (हे. तस्बिर) बुझाएको हो ।
दुई महिना अघि  आयोजना कार्यान्वय इकाई विदुरलाई बुझाएको प्रतिवेदनको सारंश
१६ उप शिर्षक अन्र्तगतका केही बुँदाहरूमा उल्लेख भएका विवरण अनुसार युनोप्सकै कारण सयौं नागरिकहरू लाभग्राही सूचीबाट छुटेको प्रष्ट भएको छ । समाचारश्रोतका अनुसार पाँच वटा र्शिषकमा राखिएको ३१५ जनाका युनोप्सले काम छलि रहेको प्रष्ट भएको छ । तस्बिरमा प्रस्तुत भएको कोलोमको दोश्रोमा उल्ल्ेख भएको सडकमा जग्गा परेर पकिलो किस्ताका लागि पनि सम्झौता गर्न नपाएका घरधुरीको संख्या ११ छ । त्यस्तै सातौं कोलोमा घर नभेटिएको भन्दै १९६ घरधुरीको संख्या उल्लेख गरिएको छ ।
आठौ कोलोममा आवश्यक कागजात नपुगेको भन्दै ३ जनालाई त्यसमा सूचिकृत गराएको छ । १२ औ. कोलोममा अनुदानका लागि सम्झौत ागर्न रुची नै नभएको संख्या ५८ राखिएको छ । त्यस्तै १५ औं कोलोममा जिम्मेवार वा घरमुली घरमा नभएको भनेर ४७ घरलाई राखिएको छ । ‘विशेष गरी यि घरहरू र सूचीमा नपर्ने कारण लेखिएको देख्दा चाही युनोप्सले काम होइन ठगी गर्यो भन्ने बुझिन्छ’ समाचार श्रोतले भन्छ– २३ हजार ८८ घरलाई सहयोग गर्ने भनेकोमा ८१३ घर त यही विभिन्न बहानामा छुटाइएको छ । त्यस मध्येपनि ३१५ घर त कुनै पनि कारणले छुट्ने देखियो ।’
सडकमा जग्गा पर्नेहरूको अन्यत्र पनि जमिन हुन सक्ने कुरालाई परियोजनाले खोजिनै गरेको छैन । १०२ जना भुमिहिन पनि रहने र ११ जनाको जग्गा सडकमा पर्ने जस्ता हास्यास्पद प्रतिवेदन आयोजना कार्यान्वय इकाईमा बुझाएको छ । १९६ जनाको त घरनै फेला नपरेको सहजती प्रतिवेदन युनोप्सले तयार पारेको छ । त्यस्तै, आवश्यक कागज नपुगेको भनेर तीन धरधुरीको कागज जिल्ला पठाएको छैन ।
जिम्मेवार व्यक्ति घरमा नभेटिएको, अनुदान लिन रुची नभएका जस्ता कार्यालयमा बसेर तयार गरिएको प्रतिवेदनका कारण नागरिकहरू अन्यायमा परेको स्थानीयहरूले बताएका छन् । २३ हजार ८८ घरको संख्या पु¥याउनका लागि परियोजनाले यसरी नक्कली प्रतिवेदन तयार गरेको आरोप पनि लागेको छ । त्यस्तै कुन गाउँमा कुन समस्या कत्ति परिवार पर्यो भन्ने सही तथ्याङ्क पनि पेश भएको छैन । ‘अनुमान र हचुवाको भरमा तयार गरिएको प्रतिवेदन भएकोले यसरी खास खास कुरो नदेखिएको हो’ प्रतिवेदन पढेपछि एक जनप्रतिनिधिले भने ।
युनोप्सको काम निगरानी गर्नुस् : सिईओ ज्ञावाली
विदुर/भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजनाको बारेमा अहिले चौतर्फी प्रश्न उठेको छ । भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स) मार्फत् सञ्चालन गरेको कार्यक्रम प्रभावकारी नभएपछि औपचारिक कार्यक्रममै यसप्रति चासो बढ्न थालेको हो ।
८ भदौ, २०७६ मा नुवाकोट दरवार क्षेत्रमा आयोजित नुवाकोटको पुनर्निमाण सम्वन्धि कार्यक्रममा जनप्रतिनिधिदेखि पुनर्निमाणको जिम्मेवारी लिएका मुख्य व्यक्ति सम्मले युनोप्सको बारेमा चर्चा गरे । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटमा २३ हजार ८८ घर निर्माणका लागि आएको परियोजनाको ‘मोडल’ परिवर्तन गर्नुपर्ने बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावालीलाई सम्वोधन गर्दै उनले पुनर्निमाणको बेला गइसकेपछि नक्सा बनाईदिन नुवाकोट आएको उक्त परियोजनाको कुनै अर्थ नरहेकोले यस परियोजनाको कार्यक्रम परिर्वतन गर्नुपर्ने बताए । ‘धेरै ढिला गरेर नुवाकोट आयो, जत्तिबेला यो परियोजना आयो त्यत्तिबेला पुनर्निमाणको काम धेरै भइसकेको थियो, अब यसको प्रभावकारिता छैन, त्यसैले आर्थिक
रुपमा नागरिकहरूलाई सवल बनाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्यो’, प्रमुख पण्डितले भने ।
प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावाली नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावालीले यसको आवश्यकता र प्रभावकारीताको बारेमा जिल्लामै छलफल गर्न सकिने बताएका छन् । उनले नेपाल सरकारसंग भएको सम्झौता अनुसारको काम भए÷नभएको जिल्लामानै समीक्षा गर्न सकिन र सम्झौता अनुसार काम नभएको भए लगाउन मिल्ने बताए । ‘जिल्ला समन्वय समितिले युनोप्सको काम र कार्यक्रमको बारेमा बोलाएर समीक्षा गर्न लगाउनुस्, यसको बारेमा धेरै जिज्ञासाहरू उठेका छन्’, प्रमुख ज्ञावलीले भने, ‘जिल्लाको आवश्यकता अनुसार उनीहरूको काम परिमार्जन गर्नुपर्ने छ वा सम्झौता भएकै काम पनि उनीहरूले गरिरहेको छैन भने छलफल गरेर काम लगाउनुहोस्, उनीहरूलाई हेर्नुहोस् ।’
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जिल्लामा क्रियाशिल विभिन्न राष्ट्रि तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरूको कार्यक्रम, शैली र व्यवहारको बारेमा समीक्षा र छलफल आवश्यक भइसकेको बताए । जिल्लाबासीको जीवनशैली भड्किलो रुपमा परिर्वतन, आकर्षक तलवभत्ताको जागिरका लागि मात्रै गैससहरूको भुमिका रहेकोमा उनको चिन्ता छ । नागरिकहरूलाई दैनिक जीवनयापन तथा तोकिएको काममा गैससहरू सक्रिय छन् छैन अब खोजीगर्ने बेला भएको उनको भनाई छ । ‘एनजिओ÷आइएनजिओले खान, गाडी चढ्न र बढी तलव भत्ता लिन सिकाएकै हो, अब त्यत्तिले मात्रै हामीलाई पुग्ला त ?’ प्रमुख तामाङले भने– हाम्रा लागि काम गर्न भनेर आएका संस्थाहरूले गर्नुपर्ने जस्तै काम गरिरहेका होलान् त ? अब हामीले एक–एक खोज्नुपर्छ ।’
युनोप्सको परियोजना के हो?
विदुर/भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स) मार्फत् सञ्चालन गरेको कार्यक्रम नुवाकोटमा सुरु देखिनै विवादित बन्दै आएको छ ।
भारत सरकारले उक्त सहयोग युएनडिपी र युनोप्ससँगको साझेदारीमा नुवाकोटमा २३ हजार ८८ भुकम्पपीडित धरनीलाई र गोरखामा २९ हजार ९१२ भुकम्प पीडित घरधनी र सामाजिक प्राविधिक सहजीकरण अन्तर्गत अरबौं रुपैयाँ खर्च गर्दैछ । १५ अरब रुपैयाँ खर्च हुने यो परियोजनाले नेपाललाई पाँच अरब ऋण लगाउने छ । १० अरब अनुदानमा र ५ अबर रुपैयाँ सहुलियत ब्याज दरमा भारत सरकारले नेपाल सरकारलाई ऋण दिएको हो । नुवाकोट र गोरखामा बनेको ५० हजार घर बनाउने दाता सम्मेलनको घोषणा अनुसार भारतिय सरकारले यो काम गरिरहेको छ । नुवाकोटमा युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स) र गोरखामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) बाट काम हुँदैछ ।
परियोजनाले नुवाकोटमा १५ असार, २०७६ सम्म गरेको काम । 
नुवाकोटमा युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स) र विल्डचेन्जले काम गरिरहेको छ । यिनीहरूको कार्यालय विदुरमा जिल्ला हुलाक कार्यालय अगाडी र सुखद पाहुना घर नजिकै छ । युनोप्स र विल्ड चेन्ज दुवै संस्थाका कर्मचारीहरू संयुक्त रुपमा कार्यालय र आवासमा रहँदै आएकोमा दुई हप्ता अघिबाट विभाजन भएका छन् । आन्तरिक कलहका कारण युनोप्स र विल्डचेन्जका कर्मचारीहरू अलग भएका हुन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो कार्य क्षेत्रको अत्यान्त जरुरी कामलाई पन्छाएर यिनीहरू आफ्नै विवादमा फसेका छन् ।‘अघिल्लोरातसम्म मिलिजुली बसिरहेका थिए भोलीपल्ट विहानै के मारामार परेर सबै आफ्ना गुण्टा लिएर कार्यालयबाट बाहिर हिडे, अहिलेपनि यही कारण गर्नुपर्ने काम अघि सरेको छैन’ यस विषयमा जानकारी भएका एक जनाले भने । गाउँमा रहेका प्राविधिकहरूले अनुदानका लागि योग्य रहेको भनेर सिफारिस गरेको घर पनि यिनीहरूको कारण अड्किएको आरोप छ । युनोप्सको कार्यक्षेत्रमा अनुदान रकम लिन परियोजनाको सिफारिस आवश्यक छ । जसले  लाभग्राही लाई झण्झट थपिएको छ ।
भारत सरकारको आफ्नै संरचना जिल्लामा नभएकोले परामर्शदाताको रुपमा छनोट भएका यि संस्था मार्फत् पुनर्निमाण भएको घरहरूको संख्या गन्ने, अवस्था हेर्ने कामका लागि परियोजना केन्द्रित छ । त्यसका साथै, घर निर्माणमा अप्ठ्यारो भोगिरहेका नागरिकलाई सहयोग गर्नका लागि पनि परियोजनाले बजेट ल्याएको छ ।
नुवाकोटमा २३ हजार ८८ घर निर्माणमा भारत सरकारले प्रति घर दुई लाख रुपैयाँ अनुदान सरकारलाई उपलब्ध गराउने छ । सरकारले नागरिकलाई तीन लाख रुपैयाँ एकमुष्ठ प्रदान गरेपनि नुवाकोट र गोरखाको ५० हजार घर निर्माणमा भारत सरकराले प्रति घर दुई लाख रुपैयाँ सरकारलाई अनुदान र एक लाख रुपैयाँ ऋणमा उपलब्ध गराउने छ । घर निर्माण भइसकेपछि घरको संख्या गणना गर्दै सरकारलाई रकम हस्तान्तरण गर्ने बिधि र प्रक्रृया यो परियोजनामा छ । त्यस बाहेक बलियो घर बनाउने परामर्श, घरको नक्सा निर्माणमा पनि यो परियोजनाले नागरिकहरूलाई सघाउनु पर्नेछ ।   


नुवाकोटका २३ को अवस्था अझै अज्ञात

केदार ढकाल
विदुर/झण्डै १० वर्षसम्म चलेको सशस्त्र द्धन्द्धको समयमा नुवाकोटबाट २३ जना वेपत्ता छन् । यो १७/१८ वर्षको अवधिमा वेपत्ता भएका परिवारमा भने फर्किआउने हो की भन्ने आशा जिवितै छ । यत्तिका समयसम्म नफर्किएकोले मृत्यु भइसकेको अनुमान गरेपनि आफ्नो परिवारको सदस्य फर्किआउनेमा भने प्रायः आशाबादी देखिएका हुन् ।
अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले शmुवार आयोजना गरेको कार्यक्रममा वेपत्ताका प
शसस्त्र द्धन्द्धको समयदेखि बेपत्ता भएका नागरिकहरूको नुवाकोट रेडक्रसले तयार पारेको सूची । 
रिवारहरूले भने सरकारले आफ्नो सदस्यको खोजीका लागि उत्तिसाह्रो वास्ता नगरेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले द्धन्द्धको समयमा पिडित भएको बहानामा गलत व्यक्तिहरूले राज्यसंग फाईदा असुलीरहेकोमा चिन्ता व्यक्त गरे । उनले नक्कली द्धन्द्ध पिडितका कारण वास्तविक रुपमा समस्यामा परेकाहरूलाई राज्यले प्रभावकारी रुपमा हेर्न नसकेको बताए ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले राज्य परिवर्तनका लागि योगदान पु¥याउने कार्यमा रहेका द्धन्द्ध पिडितहरूलाई राज्यले बिशेष रुपमा हेर्नुपर्ने बताए । उनले संघिय सरकारको तर्फबाट आफुले गर्ने र जिल्ला प्रशासन कार्यालयको तर्फबाट हुने काममा वेपत्ताका परिवार प्राथमिकतामा पर्ने बताए ।
विदुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले तत्कालिन समयमा समाजलाई गतिदिने काममा लागेका व्यक्तिहरू द्धन्द्धको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट वेपत्ता पारिएको बताए । उनले वेपत्ता परिवारलाई स्थानीय सरकारले विशेष रुपमा हेर्ने गरी कार्यक्रम ल्याइनु आवश्यक रहेको औल्याए ।
नेपाल पत्रकार महासंघ महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नुवाकोटका नौं स्थानीय तहका २३ जना बेपत्ता भएको सूची रहेकोले सम्वन्धित स्थानीय सरकारले ति परिवारको जिविकोपार्जनका लागि कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए । किस्पाङ्ग, मेगाउँ गाउँपालिका र विदुर नगरपालिका बाहेक सबै स्थानीय तहबाट नागरिकहरू द्धन्द्धको समयमा वेपत्ता भएको प्रतिवेदन नेपाल रेडक्रस सोसाईटी नुवाकोटसंग रहेको छ ।
नुवाकोट रेडक्रसका मन्त्री हरि श्रेष्ठले वेपत्ता भएका व्यक्तिको बारेमा थाहा पाउने गरी सहयोग गर्न जनप्रतिनिधिसंग आग्रह गरे । अंग्रेजी पात्रो अनुसार ३० अगस्टमा वेपत्ता भएकाहरूको सम्झनामा अन्तराष्ट्रिय दिवस मनाईदै आएको छ । यस अवसरमा शुक्रवार नुवाकोट रेडक्रसले विदुरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागि जनप्रतिनिधि, संघिय सरकारका प्रतिनिधिले वेपत्ता परिवारलाई राहत पुग्ने गरी काम गरिने प्रतिवद्धता जनाएका छन् ।  

काखीमुनीका मान्छेका कुरा नसुन्नु : पाण्डे

प्रितिका थापा
विदुर/नेकपा नुवाकोटका ईञ्चार्ज एवं पुर्व मन्त्री महेन्द्रबहादुर पाण्डेले प्राकृतिक श्रोत साधनको तस्करी नियन्त्रणका लागि नुवाकोटका प्रशासन र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।
केही दिन अघि नुवाकोटमा भएको एक फरक कार्यक्रममा बोल्दै पाण्डेले नेता, सरकार र ठुला मान्छेको आडमा प्राकृतिक श्रोता साधनको तस्करी गर्न प्रशासन र प्रहरीमा दवाव आउने गरेको सुनेको बताए । उनले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेलाई कुनै पनि दवावमा बालुवा तस्करी गर्न नदिन निर्देशन दिए । ‘ठुलाबडाको काखीमुनीका मान्छे हुँ भन्दै फोन अउला सिडिओ सा’प एपपी सा’प, त्यस्ताको फोन आयो भन्दैमा खोलामा मेसिन हाल्ननदिनु, बरु हामीलाई भन्नुहोला, हामीले जानेका छौं’ पाण्डेले भने ।
यता, अबैध रुपमा खोलामा मेसिन प्रयोग गरी बालुवा निकाली रहेका तीन जनालाई बिहिवार साँझ नुवाकोट प्रहरीले पक्राउ गरेको छ । तादी नदीमा प्रयोग गरेको मेसिन नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई बाधा पु¥याएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले खोलाको किनारमा फेला परेको स्काईभेटर सिक्रीले बाधेर फर्किएकोमा उक्त सिक्रि काटेर खोलाबाट मेसिनले बालुवा झिकीरहेको फेला परेको थियो । उक्त मेसिनलाई पुन नियन्त्रणमा दिँदा झगडा गर्न आएका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका वडा नं. ५ का रबिन कुमाल, हेटौडा उप महानगरपालिका वडा नं. १४ का निरन आले मगर र सोही ठाउँमा अशोक आले मगर छन् । उनीहरू हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको एसपी अविनारायण काफ्लेले बताए ।
यसै बीच, जिल्ला अदालत नुवाकोटबाट फैसला भई दोषि ठहर भएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लिखु गापा ३ सुर्यमतीका राजु जर्गामगर पक्राउ परेका हुन् । उनलाई सवारी ज्यान मुद्दामा दोषि ठहर गरिएको छ । जिल्ला अदालतलले २०७५ साल भदौ २५ गते उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई बिहिवार जिल्ला कारागार नुवाकोट चलान गरिएको नुवाकोट प्रहरीले जनाएको छ । 

विद्यार्थीलाई साइकल वितरण

चौघडा/जिल्लास्तरीय ११ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरूलाई साइकल वितरण गरिएको छ ।
    त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा गएको असार २२ र २३ गते उक्त  प्रतियोगिता भएको थियो । प्रतियोगितामा लिखु गाउँपालिका प्रथम भएको थियो । गाउँपालिकालाई जिताउन सफल विद्यार्थीहरूलाई  लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा स्थित क्षेत्रपाल माध्यामिक विद्यालयमा २३ जना विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो ।
    गाउँपालिकालाई ११ औँ राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा प्रथम बनाउन योगदान पुराएको भन्दै थप हौसला प्रदान गर्न समाजसेवीहरू शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले संयुक्त रुपमा साइकल वितरण गरेका हुन् । विद्यार्थीहरूले कितावी ज्ञानको साथसाथै खेलको माध्यमबाट आफ्नो छुट्टै परिचय बनाउन चाहिरहेकोले उनीहरूको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न साइकल प्रदान गरिएको शैलेस श्रेष्ठले बताए ।
दाजुभाई शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठको आर्थिक व्यवस्थापनमा कार्यक्रममा सहभागीहरूलाई दर समेत खुवाएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राइले जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले नेपालीहरूले मान्दै आएको अनेकौँ पर्वहरूको विशेषता फरकफरक रहेकोले त्यसको जर्गेना गर्न विद्यालयका विद्यार्थीलाई माध्यम बनाउदा प्रभावकारी हुने बताए ।  

विद्यालयलाई कम्प्युटर प्रदान

विदुर/न्युजिल्याण्डको एक संस्थाले एजुटेक नेपाल मार्फत बिदुर नगरपालिकाको २ बिद्यालयलाई ४० थान कम्प्युटर उपलब्ध गराएको छ । बेल रिसर्च सेन्टरको समन्वयमा बिदुर नगरपालिकाको च्वाडि पब्लिक मावि र चन्द्रज्योती माबिलाई कम्प्युटर उपलब्ध गराको हो । दुई बिद्यालयलाई ४० थान कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका सबै बिद्यालयलाई प्रबिधिमैत्री बनाउने लक्ष्य स्वरुप कम्प्युटरको लागी सहजिकरण गरेको बताए । च्वाडि पब्लिक माविका अध्यक्ष लक्ष्मण श्रेष्ठले कम्प्युटरले प्राबिधिक शिक्षामा सहयोग पुग्ने बताए ।

ऐतिहासिक सम्पदा निर्माणमा पनि उत्तिकै चासो

विदुर/राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले एतिहासिक र पुरातात्विक संरचनाको पुनःनिर्माण उत्तिकै प्राथमिकतामा रहेको बताए ।
नुवाकोटको एतिहाँसिक साततले दरबारको परिसरमा भएको सम्पदा पुनःनिर्माण सम्बन्धि कार्यक्रममा एतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना बनाएर काम गरिरहेको उनले बताए । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको उनको भनाई छ ।
नेकपा नुवाकोट ईन्चार्ज महेन्द्रबहादुर पाण्डेले नुवाकोटको एतिहासिक साततले दरबार क्षेत्रसँगै जिल्लामा रहेका अन्य पुरातात्विक महत्वका सम्पदाहरूको पुनःनिर्माण जरुरी रहेको बताए । यसका लागी स्थानिय सरकार, नागरिक र पुनःनिर्माण प्राधिकरणको सहकार्य आबाश्यक रहेको उनको भनाई थियो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुनःनिर्माणको नाममा मौलिक सम्पदा मासिदै गएको भन्दै चिन्ता ब्यक्त गरे । सिमेण्ट र बालुवा प्रयोग गर्दा मात्रै संरचना बलियो हुने गलत सोच हटाउनु पर्ने तामाङले बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गुनासो बिवरण संकलनको अबधि थपिदा आफुलाई काम गर्न असहज भएको बताए । विदुर नगरपालिकामा पछिल्लो पटक संकलन भएको गुनासोबाट पनि बास्तबिक पिडितहरूको पहिचान गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाएको पण्डितले बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली सहितको टोली पुरातात्विक सम्पदा तथा पुनःनिर्माणको अबस्था अबलोकन गर्न गएको आईतबार र सोवावार नुवाकोट बसेका थिए । 

स्कुलबाट फर्किदा खोलाले बगाएर वेपत्ता

विदुर/नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ गाँउपालीका वडा नम्बर ३ मा बोडिङबाट फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएको हो ।
विद्यालयबाट फर्कदै गरेका तीन जना विद्यार्थीहरूमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङ गाँउपालीकाको वडा नम्बर १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हँुदै आएको छ ।
उता, बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा भालुको आक्रमणबाट एक युवक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का प्रकाश तामाङ रहेको बताइएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

सिडिसीको सामाजीक परीक्षण

विदुर/सामुदायिक बिकास केन्द्र (सिडिसी) नेपालले सामाजिक परिक्षण एवं साझा सभा कार्यक्रम शुक्रवार विदुरमा सम्पन्न गरेको छ ।
      संस्थाले अघिल्लो बर्ष गरेको कार्यहरूको समीक्षा गरेको थियो । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले गैर सरकारी संस्थाले गरेको काम प्रभाबकारी भए नभएको जनप्रतिनिधिहरूले अनुगमन गर्नु पर्ने बताए । अधिकांश गैससहरूले गरेको काम दिगो नभएको गुनासो आएकाले त्यसप्रति स्थानिय जनप्रतिनिधिहरू सजग हुनु पर्ने उनको भनाई छ ।
प्रदेश नं. ३ का सांसद कल्पना नेपालीले गैससहरूको कामका कारण कही भने परिवर्तन आएको स्मरण गरे । उनले केही गलत प्रवृत्तिका संस्थाहरूका कारण सिङ्गै सामाजिक संस्थाको अभियान दुषित भइरहेको बताए । सांसद नेपालीले सिडिसीको कामको भने प्रशंसा गरेका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानिय तह देखि गैर सरकारी संस्थाहरूले गरेको कामको प्रगती बिवरण सार्बजानिक गर्नु पर्ने बताए । बिभिन्न क्षेत्रमा काम गर्दै आएको संघ संस्थाचहरू पारदर्शी र नागरिकहरू प्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिए ।
सामुदायिक बिकास केन्द्र्रले नुवाकोटको शिवपुरी गापामा ११ हजार ६७० जनालाई खानेपानीको ब्यबस्थापन गरेको, लिखु र म्यागङ गापामा पारस्परिक जवाफदेहिता जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । रसुवाको नौकुण्ड र उत्तरगया गापामा पूर्णिमा परियोजनाको ‘होप’ कार्यक्रम पनि सिडिसीले सञ्चालन गरिरहेको छ ।

दैनिक बगिरहन्छ गेर्खु खोलाको डाइभर्सन

उषा रेग्मी
विदुर/गेर्खु खोलामा हालेको डाईभर्सन प्रत्येक दिन जस्तो बाढीले बगाउदै आएको छ । पोहोर पक्की पुल बाढीले बगाएपछि व्यक्तिको जग्गामा हालिएको डाइभर्सन यो पछिल्लो दुई साताको बीचमा छ पटक बगाई सकेको छ ।
निर्माण कार्य असाध्यै सुस्त गतमिा भइरहेको यो पुलका कारण स्थानीयहरू मर्मामा परेका छन् । विद्यालय जाने विदार्थीहरूलाई दिनहुँ सास्ती हुँदै आएको छ । मुख्य सडक खण्डमा रहेको यही खोल र अधुरो पुलका कराण नागरिकहरू सवारी साधन वारीपारी नै राखेर हिड्नु पर्ने अवस्थाको सृजना भएको छ । स्थानीयहरूले भने पुल सञ्चालनमा ल्याउनु पर्ने वा डाइभर्सनलाई दिर्घकालिन रुपमा रहने गरी पक्की बनाउनु पर्ने माग गरेका छन् ।
तर, व्यक्तिको जग्गा केही समयका लागि मागेर डाइर्भसन बनाइएको कारण त्यहाँ स्थानीय संरचना तयार गर्न ठेकेदार कम्पनीलाई समस्या भएको छ । यही समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा सरोकारवाहरूको बैठक बसी आवश्यक प्रक्रृया अगाडी बढाउने निणर्नय भएको छ । गेर्खुखोला डाईभर्सनका कारण पीडित स्थानीयहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक प्रकृया सुरु गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले निर्देशन दिएको छ । ब्यक्तिको जग्गा प्रयोग गरी डाईभर्सन बनाईएपनि उनीहरू जग्गा प्रयोग गर्न र क्षतिपूर्ति प्राप्त गर्न बञ्चित हुनु न्यायोचित नहुने निष्कर्षका साथ नीजि जग्गाको क्षतिपूर्ती उपलब्ध गराउन सडक आयोजनाले अविलम्ब प्रकृया सुरु गर्न प्रजिअको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नपाका वडा अध्यक्षहरू, सडक आयोजना र निर्माण कम्पनीका प्रमुखहरू समेत उपस्थित बैठकले गेर्ख‘खोलामा निर्माण भईरहेको पक्की पुलको प्राबिधिक परीक्षण गरी स्पान थप लगायत ‘रिभर ओरिएण्टेशन ब्रिज एक्सिस’ मेल खानेगरी यथाशक्य निर्माण सम्पन्न गर्न पहल गर्ने निर्णय गरेको छ । सामान्य बर्षत हुँदा समेत खहरेखोलामा ठुलो बाढि आउने र डाईभर्सन बगाउने गरेको छ । गेर्खुखोलामा आएको बाढीले अस्थायी डाइर्भसन बगाएपछि सडक पटक पटक अबरुद्ध हुँदै आएको हो । 

नुवाकोटमा राष्ट्रिय परिचय पत्र बितरण हुने

विदुर/नागरिकहरूको वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गर्न मौलिक परिचय सहितको राष्ट्रिय परिचय पत्र निर्माणको लागी नुवाकोटमा बिवरण संकलन हुने भएको छ ।
गएको सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको राष्ट्रिय परिचय पत्र ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पाँचथर जिल्ला र सिंहदबार परिसरमा राष्ट्रिय परिचय पत्र बितरण भएको र बाकी जिल्लामा छिट्टै हुने बताईएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले डिजिटल प्रबिधिमा जाँदा प्रभावकारी रुपमा जानुपर्ने बताए । उनले राष्ट्रिय परिचय पत्र बितरणको सेवा बिक्रेन्द्रित हुनुपर्ने बताएका छन् । ‘विदुरबाट मात्रै नभई जिल्लाका अन्य स्थानबाट पनि तथ्याङ्क संकलन गर्ने र परिचय पत्र वितरण गर्ने अवस्था बनाउनर पर्यो’ प्रमुख सन्तमान तामाङले भने ।
आउने फागुन देखि राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा २० हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६ सय परिचयपत्र उत्पादन हुँदै आएकोमा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमा हुँदै आएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले डिजिल प्रबिधि आएसंगै अब परिचय पत्र लिन झन्झटिलो नहुने बताए । उनले एउटै मानिसले २÷३ वटा नागरिकता लिईरहेकोमा राष्ट्रिय परिचय पत्र बितरणको भएसंगै त्यस्तो कार्य नहुने बताए ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणलाई हाल अभियानकै रुपमा वितरण भइरहेको छ । यो परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका  सुचना प्रबिधि प्रमुख शुभाष ढकालले जानकारी दिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले राष्ट्रिय परिचय पत्र बितरण कार्य राष्ट्रिय अभियान भएकोले सरोकारवालाहरूले बिषेश चासो राख्नु पर्ने बताए । यो राष्ट्रिय अभियानलाई सम्पूर्ण स्थानिय तहहरूले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।
राष्ट्रिय परिचय पत्रमा प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरि पहिचान सहितको बितरण गर्ने जनाएको छ । राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारको रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

कपिलदेव खनालसंग श्रृङ्खला २

नुवाकोटको दैनिक पत्रिका र म
नुवाकोट जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकामा अहिले एउटा मात्रै छ ः उत्तरगया दैनिक । यो बीचमा यहाँबाट चार वटा दैनिक पत्रिका प्रकाशन भईवरी बन्द भएका छन् । अहिले ठिक एक वर्षको चक्र तय गरेको उत्तरगया दैनिकको ईतिहास पनि पुरानै छ । नुवाकोटलाई कार्यक्षेत्र बनाएर प्रकाशन हुने दैनिक पत्रिका मध्येको कान्छो उत्तरगया पनि एक समय प्रकाशन आरम्भ भएर स्थगन भएको सञ्चार संस्था हो । २०६३ सालदेखि नुवाकोटमा दैनिक पत्रिका प्रकाशनको इतिहास भेटिन्छ । यो समयखण्डमा प्रकाशन भएका सबै दैनिक पत्रिका कुनै न कुनै भुमिकामा सम्लग्न मात्रै नभई जिल्लामा दैनिक पत्रिका सुरु गराउने ‘लहडी तीन जना’ मध्येको एक भएकै कारण म (अन्य दुई जना ध्रुवकुमार रावल र भोलाराज पौडेल) दैनिक पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु ।
दैनिक पत्रिका प्रकाशन, समाग्री संकलन, बजार व्यवस्थापन र निरन्तरताको सवालमा केही पाटो भोगँे, केही पाटो बाहिर बसेर अनुभुत गरेँ । अहिले प्रकाशन भइरहेको उत्तरगया दैनिकले जुन गति लिएको छ, यो सबै हेरेर बाहिरबाट अनुमान लगाइने र भित्रि परिस्थिति विल्कुलै फरक छन् । ‘वान म्यान आर्मी’ भनेजस्तो शिव देवकोटा एक्लै पत्रिकाको सारा काम गर्छन् । बाहिर बजारमा वा पाठकका हातहातमा पुग्ने पत्रिका उनी अफिसमा लुसुलुसु पट्याइरहेका छन् । पत्रिका मेसिनमा राखेर गरिने छपाई बाहेकका सबै पक्ष, विषय र कामलाई एकै जनाले सन्तुलन कायम गरेर दैनिक पत्रिका प्रकाशन गर्नु र यो पनि वर्ष दिनसम्म खुरुुखुरु गरिरहनुले म अहिले जिब्रो टोकिरहेछु । यही परिस्थितिलाई नजिकैबाट हेरिरहेको (हेरिमात्रै रहेको) मेरो अनुभवमा नुवाकोटको दैनिक पत्रिकाको इतिहास अगाडी बढेर पनि पछाडी हटेको वा छलफल, लगानीका लागि एउटा क्षेत्र बनिसक्दा पनि बिर्सिइएकै अझोलमा परेकै हो ।

२०६३ साल बैशाख १० गते । नुवाकोटको पत्रिकारिताका लागि एउटा शुभदिन । जुन दिनले देखायो नुवाकोटमा दैनिक पत्रिकाको सम्भावना । तत्कालिन समयमा राजतन्त्र हटाउनका लागि सडक आन्दोलन उत्कर्षमा थियो । लगभग सबै क्षेत्र र अवस्था डामाडोलजस्तै थियो । काठमाडौंबाट प्रकाशन हुने पत्रपत्रिकाहरु विदुरमा आइपुग्न छाडिसकेको थियो । आमहड्तालका कारण । अहिलेको जस्तो इन्टरनेट, अनलाईन, सामाजिक सञ्जाल त्यसबेला प्रयोगमै थिएनन् । एक त बाहिरी जिल्लाको आन्दोलनको अवस्था यता थाहा पाउन मुस्किल, अर्को नुवाकोटको आन्दोलनले प्रचार नपाउने दोहोरो समस्या २०६३ को बैशाख पहिलो हप्तादेखिनै सृजना भयो । लोकतान्त्रिक आन्दोलनको सूचनाको तिर्खाले नागरिकहरु, लोकतन्त्रवादीहरु प्याक्प्याक्ती हुँदा सम्मपनि विकल्प केही थिएन । अहिले पुर्व जिविस भवन अगाडी विदुर स्थित जिल्ला सहकारी संघको भवन बनेकै ठाउँमा नेपाल पत्रकार महासंघको अफिस थियो । त्यहाँ जिनतिन इन्टरनेट चल्थ्यो । जिनतिन यस अर्थमाकि त्यसबेलामा नेपाल टेलिकमको ल्याण्डलाईन फोन कम्प्युटरमा जोडेर इन्टरनेट चलाउनु पर्यो । इन्टरनेटको पासवर्ड हरेक मिनेटका हिसावले गणना हुनेगरी किन्नुपथ्र्यो । इन्टरनेटको पासवर्ड प्रदायकहरु काठमाडौंमा मात्रै हुन्थ्ये, यता जिल्लातिर चाहेर पनि किन्न सकिदैन थियो । त्यसो त दुई तीन वटा सरकारी कार्यालयले मात्रै ईन्टरनेट चलाउथ्यो त्यो पनि कहिलेकाहिँ । यस्तो चरम परिस्थितिमा हामीलाई सहयोग मिल्थ्यो तत्कालिन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालबाट । उनले जिविसको ईन्टरनेट पासवर्ड हामीलाई दिन्थ्यें । एक त कम स्पीडको इन्टरनेट थियो, अर्को परिरहने समस्या चाँही अर्को कम्प्युटरमा त्यही पासवर्ड राखेर अरु कसैले डायल गरे भने हाम्रा कम्प्युटरमा भएको इन्टरनेटको कनेक्सन टुट्थ्यो । त्यस्तो ‘हाला’ हुने अवस्थामा काठमाडौंका इन्टरनेट पहुँच भएका अग्रज पत्रकारहरुलाई फोन गरेर समाचार इमेल गर्न लगाएर जम्मा गर्ने र पत्रकार महासंघको अफिसमा देशैं भरी भइरहेको लोकतान्त्रिक आन्दोलनको अवस्थाको बारेमा बुझ्न आउने नागरिकहरुलाई खबर भनिरहनु असाध्यै झण्झट थियो । यो सबै समस्याको बेलिविस्तार काठमाडौंमा रहेका गतिशील समय मासिकका सम्पादक पुरुषोत्तम लम्साललाई लगाएपछि उताबाट निर्देशन आयो ‘गतिशीलको लोकतान्त्रिक आन्दोलन बुलेटिन भनेर ठोक् ।’
२०६२ साल फागुनबाट विकास पत्रकारिताका केन्द्रित रहेर नुवाकोट जिल्लाबाट प्रकाशन आरम्भ भएको मासिक पत्रिका थियो गतिशील समय । ध्रुवकुमार रावल प्रकाशक र पुरुषोत्तम लम्साल सम्पादक रहेको त्यो मासिक पत्रिकाको प्रमुख संवाददाताको भुमिकामा म थिए । अब सुरु भयो नुवाकोट जिल्लाको लोकतान्त्रिक आन्दोलनको वेलिविस्तार दैनिक रुपमा पत्रिकामा छापेर वितरण गर्ने । काठमाडौंमा भइरहेको आन्दोलन, बाहिर जिल्लाका मुख्य समाचार र नुवाकोटको गतिविधिलाई समेटेर दैनिक रुपमै बुलेटिन प्रकाशनको निष्कर्षमा हामी पुग्यौं । पत्रकार महासंघ नुवाकोटको कार्यालयमा कम्प्युटर थियो । पत्रिकाको डिजाईन गर्न जानेका नुवाकोटका दुई जना मध्ये भोलाराज पौडेल त्यसबेला अल्लि फुर्सदिला थिए । भोलाराज, पत्रिकाका प्रकाशक ध्रुवकुमार र मैले दैनिक पत्रिकाको आकारमा (ट्यावलेट साइजमा चार पेज) २०६३ साल बैशाख १० गते ‘गतिशील समय लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ प्रकाशनमा ल्यायौं । ५०० को संख्यामा प्रकाशन भएको त्यो पत्रिका बिहान १० बज्नुभन्दा पहिल्यै निख्रियो । अब दिउँसो गाउँगाउँबाट र परपरबाट आउने आन्दोलनकारीहरुलाई त दिनैसकेनौं । त्यसको सिकाईले बैशाख ११ गतेको पत्रिकाको संख्या वृद्धि गरेर २ हजार बनाउने निर्णय भयो र पत्रिका छाप्ने प्रेससंग त्यही विषयमा सल्लाह गरेर भोलीको तयारीमा जुट्यौं । हठात्, पत्रिकाको डिजाईनको काम सकिएर प्रेसमा पुग्दा दोश्रो अंक पत्रिका छाप्न प्रेसले मानेन । कारण अहिले विर्सिएँ, त्यसबेला तत्कालिन शाही नेपाली सेनाले पत्रिका नछाप्न प्रेसका सञ्चाकलाई धम्क्याएको हुनुपर्छ । वा त्यस्तै केही भएको थियो । यसरी पहिलो अंकमै ‘लोकतान्त्रिक आन्दोलन बुलेटिन–१’ले विश्राम लियो । हामी तीनै जना बेलुकी छिन्नभिन्न भयौं ।
बैशाख ११ गते विहान सडकमा हामी निस्कने वित्तिकै स्थानीय नागरिक तथा आन्दोलनकारीहरुको हामीसित पत्रिकाको अपेक्षा थियो, त्यो स्वाभाविक पनि थियो । तर प्रेसले नछापिदिएपछि हामीसित विकल्प थिएन । हामीले समस्याको बेलिविस्तार लगायौं । भिडबाट एउटा आवाज आयो ‘तपाईहरुको पत्रिका डिजाईनको एक कपी प्रिन्ट गरेर ल्याउनुस् म फोटोकपी गरेर बाढ्छु ।’ विदुर नगरपालिका वडा नं. ४ का वर्तमान वडा सदस्य विदुरका बशन्त रिजाल थिए उनी । हामीले उनले भनेजस्तै गर्यौ । चार पेजको पत्रिका ‘ए–फोर’ साईजमा एक कपी प्रिन्ट गरेर उपलब्ध गरायौं । उनले त्यो पत्रिकाको फोटोकपी यत्ति वितरण गरेकी त्यो दिन हामी आफै अवाक भएका थियौं । दुई रुपैयाँ मुल्य राखिएको त्यो पत्रिका विक्रि वितरण त्यत्तिबेला सकियो त्यो दिन, जत्तिखेर उनको पसलमा रहेको फोटोकपी मेसिनको मसी सकियो ।
लोकतान्त्रिक आन्दोलन बुलेटिन प्रकाशनले दुई अंकपछि भने निरन्तरता पाएन । पत्रिकाको माग सधैं त्यही प्रकृतिले नभएपनि नुवाकोटमा एउटा दैनिक पत्रिकाको आवश्यकता छ भन्ने सन्देश ग्रहण गरियो, त्यस घटनाबाट ।
२०६३ साल माघको दोश्रो साता विदुरमा पहिलो नुवाकोट महोत्सव सञ्चालन भइरहेको थियो । त्यो र त्यसपछिको अर्को एउटा महोत्सव अहिलेको जस्तो खल्लो थिएन । पहिलो महोत्सव भएकै कारण पनि हुनुपर्छ, आम नागरिकहरुले आफ्नो आफ्नो क्षेत्रबाट केही न केही योगदान दिएकै थिए । त्यही क्रममा हामीले पनि पत्रकारिताको क्षेत्रबाट महोत्सवलाई खास बनाउन दैनिक पत्रिका प्रकाशनको सुरुवात गर्यौ । गतिशील समय मासिक २०६३ साल माघ १५ गतेबाट दैनिक रुपमा प्रकाशन आरम्भ भयो । प्रकाशक÷कार्यकारी सम्पादकमा ध्रुवकुमार रावल, प्रमुख सम्वाददातामा म र सम्वाददाता अनि पत्रिकाको कम्प्युटर डिजाइनमा भोलाराज पौडेल । पदका रुपमा प्रमुख सम्वाददाता भएपनि पत्रिकाको सम्पादनको जिम्मेवारी मेरो थियो । म पत्रिकारिता सिक्दै गरेको बखत थियो त्यो, मसित पत्रिका सम्पादनको ज्ञान र योग्यता थिएन । तीन महिना त्यो पत्रिकामा काम गरेर म बाहिरिए, त्यसपछिको अर्को तीन महिना ध्रुवकुमार रावल र भोलाराज पौडेलले दैनिक पत्रिका हाँके ।
पहिलो दैनिक पत्रिका गतिशील समयले नुवाकोट जिल्लामा सम्भावना देखाएर आफ्नो यात्रा टुङ्ग्याइसकेको थियो । अब दैनिक पत्रिका चल्छ है भनेर पत्रकार र जिल्लाका सञ्चारउद्यमीबीच बहसको विषय बनिरहेकै समयमा त्यसबेला रुपरेखा साप्ताहिक प्रकाशनको समुहबाट मलाई प्रस्ताव अयो अर्को दैनिक पत्रिका सञ्चालनको । नुवाकोट पत्रकार महासंघका तत्कालिन सभापति विश्वामित्र खनाल प्रकाशक रहेर त्रिशुली समाचार दैनिक दर्ता भयो । त्यसको सम्पादकमा राजुमित्र खनाल रहे, विश्वामित्र खनाल काठमाडौं बस्थ्ये । समाचार सम्पादकको जिम्मेवारी सहित फेरि सुरु भयो मेरो र नुवाकोटको दोश्रो दैनिक पत्रिका त्रिशुली समाचारको यात्रा । त्रिशुली समाचारमा ११ महिना काम गरेपछि म फेरि त्यहाँबाट पनि बाहिरिए । केही महिना राजुमित्र खनाल एक्लैले सञ्चालन गरेको त्रिशुली समाचार दैनिकमा तत्कालिन प्रेस चौतारी नुवाकोटका अध्यक्ष देवचन्द्र भट्ट जोडिए । त्यो पत्रिकाले झण्डै चार वर्ष आफ्नो प्रकाशनलाई निरन्तरता दिएर विश्राम लियो ।
त्रिशुली समाचार दैनिक प्रकाशन भइरहदा पनि अनियमित भएपछि हप्ताको सबै दिन प्रकाशन हुने दैनिक पत्रिकाको खोजी पाठक वर्गबाटनै हुन थालिसकेको थियो । त्यही आवश्यकतालाई मध्ये नजर गर्दै त्यस बेलाको खरो पत्रिका नुवाकोट आवाज साप्ताहिकको प्रकाशन समुह दैनिक पत्रिकामा होमियो । गतिशील समाचार नामको पत्रिका जिल्ला प्रशासन कार्यालयमा २०६६ साल साउनमा दर्ता भयो । तत्कालिन प्रेस सेन्टर नुवाकोटका संयोजक बद्री प्याकुरेल प्रकाशक तथा सम्पादक रहेको गतिशील समाचार दैनिकमा म असोजको पहिलो साता सह–सम्पादकको रुपमा जोडिएँ र पत्रिका प्रकाशन आरम्भ भयो । पत्रिकाको प्रवन्ध निर्देशकमा त्यही पत्रिका मुद्रण हुने छापाखाना भैरवी प्रेसका सञ्चालक मुकुन्द ढुङ्गाना थिए । हप्ताको छ दिन मात्रै प्रकाशन हुने (शनिवार बाहेक) त्यो पत्रिकाले ६ महिनापछि विश्राम लियो । एउटा समाचारमा पिडित र पिडकको नाम उल्लोपाल्टो परेकै कारण पत्रिकाको कार्यालय, कम्प्युटरहरु र अन्य सञ्चार सामाग्री तोडफोड भएपछि प्रकाशकले क्षतिपुर्तीको लागि धेरै प्रयास गरे, प्रहरी कार्यालयमा भएको क्षतिपुर्तीको लिखित प्रतिवद्धता तोडफोड गर्ने व्यक्तिहरुले लामो समयसम्म पुरा गरेनन्, पत्रिकामा थप लगानी गर्न नसक्ने भएपछि प्रकाशक बद्री प्याकुरेलले दैनिक पत्रिका बन्द गरे । अन्तत पत्रिकाको कार्यालय तोडफोड गर्नेहरुले क्षतिपुर्ती नदिएरै उन्मुक्ति पाए ।
यसरी फरक–फरक समयखण्डमा तीन वटा दैनिक पत्रिका सञ्चालनमा रहेको नुवाकोट २०६९ सालमा आइपुग्दा दैनिक पत्रिका विहिन बनिसकेको थियो । भर्खरै टिभि त्रिशुली सञ्चालनमा आएको थियो । चार वटा एफएम रेडियोहरु (नुवाकोट एफएम, रेडियो जालपा, रेडियो अभियान र रेडियो त्रिशुली) सञ्चालनमा थिए । साप्ताहिक पत्रिका हप्ताको सबै दिन आउने गरी सात वटै रहेपनि दुई वटा बाहेकका साप्ताहिक पत्रिकाहरु नियमित प्रकाशनमा थिएनन् । अन्य पत्रिकाहरु कहिकाही मात्रै बजारमा देखिन्थ्ये । नुवाकोटको समाचार र घटनाक्रम पढ्नका लागि फेरि साप्ताहिक पत्रिकानै पर्खनु पर्ने बाध्यता आम पाठक माझ तेर्सिसकेको थियो । यही समस्याको बीच तत्कालिन प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटाले प्रेस युनियनका तत्कालिन जिल्ला अध्यक्ष श्रीराम नेपाल र मसित दैनिक पत्रिका प्रकाशनको प्रस्ताव ल्याए । दैनिक रुपमा पत्रिका भरिने गरी आवश्यक स्थानीय समाचार र आर्थिक श्रोत व्यवस्थापन गर्न सके दैनिक पत्रिकाको सम्भावना र भविष्य फेरि राम्रो देखेर हामी तीन जना होमियौं उत्तरगया दैनिक प्रकाशनमा । शिव देवकोटा प्रकाशक, श्रीराम नेपाल सम्पादक रहेको उत्तरगया दैनिकमा मेरो भुमिका भने फेरियो । श्रमजीवी पत्रकारबाट म व्यवस्थापक बने । प्रवन्ध निर्देशकको रुपमा मैले उत्तरगया दैनिकमा काम थालें । सुरुका लगानी दामासाहीले तीनै जनाले हाल्यौं । स्थानीय समाचारको श्रोत म आफु संलग्न रहेको रेडियो त्रिशुलीलाई बनायौं । निक्कै जोश र फुर्तीफार्तीका साथ सुरु गरेको त्यो उत्तरगया दैनिकको यात्रा छ महिना लामो पनि बनाउन सकेनौं । आर्थिक अभावका कारण पत्रिका बन्द गर्यौं । हामी तीनै जना फेरि अलगअलग भएर आ–आफ्नै काम गर्न थाल्यौं । शिव देवकोटा नुवाकोट जागरण साप्ताहिक, श्रीराम नेपाल बट्टारमा नयाँ एफएम रेडियो सञ्चालनको तयारी र म रेडियो त्रिशुली सञ्चालन तिरै लागे ।
२०७५ साल असारको अन्त्यतिर शिव देवकोटाले फेरि दैनिक पत्रिका प्रकाशनको अवधारण सुनाए । पटक–पटक दैनिक पत्रिका प्रकाशन र यसको हैरानीबाट भुक्तभोगी भैसकेको म यसपाली सजिलै पन्छिए । केही लगानी समेत गुमाइसकेको, प्रकाशनहरुलाई निरन्तरता दिन नसकेको, कहिले कुन दैनिक त कहिले कुन दैनिकको ‘प्रिन्ट लाइन’मा नाम देखिने, आर्थिक प्रतिफल शुन्य जस्ता आफ्नै समस्याबाट म हैरान थिए । र मैले उत्तरगया दैनिकको पुर्नयात्रामा नजोडिने निर्णय गरे । शिव देवकोटा एक्लै उत्तरगया पत्रिका दैनिक रुपमा लिएर बजार ओर्लिएको आज एक वर्ष पनि बढी भइसकेको रहेछ । हिजो म आफु नै सक्रिय रुपमा लागेको समय भन्दा गुणस्तरिय छपाई, सन्तुलित समाचार सामाग्री, नियमितता अहिलेको उत्तरगया दैनिकमा पाइरहेको छु । हिजो यही पत्रकारिता क्षेत्रको तीन जनाले मेरिमेट्दा गर्न नसेको काम र दिन नसकेको गुणस्तर अहिले शिव देवकोटा एक्लै ‘ख्यालख्यालमै’ गरिरहेका छन् । ख्यालख्यालमै किन पनि हो भने उनी दैनिक पत्रिकासंगसंगै दशकैं पुरानो साप्ताहिक पत्रिका नुवाकोट जागरण पनि बजारमा पठाउ भ्याइरहेका छन्, अझ उनैले अर्थ मासिक पत्रिका अर्थवृक्ष समेत नुवाकोटलाई केन्द्रविन्दुमा राखेर प्रकाशन आरम्भ गरेका छन् । फेरि पनि उल्लेख गरे ः पत्रिका प्रकाशनको सवालमा केही कुरालाई सामान्य रुपमा लिन्छु र केही कुरालाई जिब्रो टोकेर ‘आम्मा हो’ भन्ने कित्तामा राख्छु । अहिले उत्तरगया दैनिकको सवालमा म जिब्रो टोकेर ‘आम्मा हो’ भनिरहेका छु । जनताको सू–सूचित हुने अधिकारलाई प्रत्याभुत गर्दै उत्तरगया दैनिकले अहिले जसरी आम पाठकहरुको माझमा आफुलाई प्रिय बनाईसकेको छ अहिले म यस पत्रिकाको पाठकको रुपमा रहिरहँदा बढी आनन्दित छु । उत्तरगया दैनिकको अनन्त यात्राको कामना ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)



कपिलदेव खनाल बाट श्रृङ्खला–१

गोरु विक्रीको विज्ञापन छपाउँदा
कपिलदेव खनाल
२०५६ सालको सुरुको समयतिर हुनुपर्छ, गाउँभरीका सहेलीहरुसंग दैनिक भेटघाट गर्न र आफ्ना कुराहरु साटासाट गर्नको लागि बोहोरेको चौतारोमा जम्मा हुने गथ्र्यौ । १५ मिनेट वरपरबाट हिडेर आउने हामीहरुसंग भेटघाट र छलफलमा एजेण्डा भने केही हुँदैन थियो । कट्टुको खल्तीभरी मकै र भटमास बोकेर आउने हामी दिउँसो स्कुलमा भएका पढाई इतरका गफ र शिक्षकहरुले हामीलाई भन्दा बढी केटीहरुलाई गर्ने ‘केयर’लाई मनोरञ्जनात्मक हिसावले व्याख्या गरेर साँझ पाथ्र्यौ र घर फर्कन्थ्यौ । यही क्रममा एक दिन एक जना अपरिचित मान्छे हाम्रो कान निमोठ्न आइपुगे । गाउँकै भएर पनि हामीले नचिनेको दाई हुनुहुँदो रहेछ । विदुर बस्ने अधिवक्ता गणेशप्रसाद खनाल त्यस बेला हाम्रो अगाडी अर्तिउपदेशका भाषा बोलिरहनुभएको थियो । केही साथीहरु स्कुलको मास्टरको झल्को आयो भन्दै उठेपछि उहाँको कुरा छाडेर बीचैमा भागेका थियौ ।
त्यसको केही दिन पछि फेरि गाउँ देखापरेका उनै दाई झोला भरी पत्रिका बोकेर आएका रहेछन् । यो पाली भने हामीलाई नौलो अनुभुती भइरहेको थियो । अनुभुती यो अर्थमाकी हामी प्रायः ले सायदै पढेका थियो होला पत्रिका । त्यहाबाट सुरु भएको कुराकानीको क्रममा गाउँमा पत्रिका प्रकाशन गर्ने टुङ्गोमा पुग्यौ । तर पत्रिका चाँही भित्तामा टाँस्ने । अहिले सम्झदा दुई दिन लगाएर भित्ते पत्रिका लेखेर गोवरले चौतारा वा पाटीपौवामा टाँस्ने कुरा आफैमा रोचक अनि हाँसो उठ्दो कुरा रहेछ ।
त्यस बेला हामीमा पत्रिका प्रकाशन गर्ने विषयले खुव उर्जा भरेको थियो । प्रायः सुन्ने गरेको रेडियो नेपालमा समाचार भन्दै जाँदा वाचकले भन्ने गरेका केही वाक्यहरु हामीलाई राम्रैसंग याद हुन्थे । जस्तो की, समाचार भन्दै गएपछि ‘....उक्त कार्यक्रम क्लवका अध्यक्ष ऋषी धमलाको सभापतित्वमा सम्पन्न भएको थियो’ अनि स्थानीय समाचार बुलेटिनमा बज्ने नुवाकोटको समाचारमा ‘....निर्माण सम्पन्न भएको हाम्रा स्थानीय सम्वाददाता ध्रुवकुमार रावलले जनाएका छन्’ हामीलाई खररनै आउथ्यो । हामी त्यत्ती बेला पत्रकार भनेका यस्तै नाम होलान् भन्ने बुझ्थ्यौँ । अब हामीसंग पत्रकार बन्ने रहर हुर्किसकेको थियो ।
नत पत्रकारिताको जानकारी, न पत्रिकामा आवश्यक सामाग्रीको न्युनतम ज्ञान नै थियो हामीसंग । गणेश दाईले बताएको र पत्रिकामा पढेको आधारमा हामी तम्सियौ भित्ते पत्रिका प्रकाशन गर्न, त्यो पनि साप्ताहिक रुपमा । साच्चै नै काम गर्ने समयमा भने धेरै साथीहरुले अनिच्छा देखाए । मसंग दुई जना भाइहरु सागर र बैकुण्ठ मात्र बाँकी रहे । अन्य साथीहरु चाँही पत्रिकाको जिम्मा हाम्रो काँधमा भन्दै उनीहरु उबडखाबड परेको जमिन सम्याएर भलिवल खेल्ने मैदान बनाउन थाले ।
यसलाई हाम्रो समुह (जो पत्रिका पट्टी भाग लगाइएको थियो)ले स्विकार गरेको थियो । चौर सम्याएर सक्किएको भोलिपल्ट पत्रिका प्रकाशन गर्ने र खेलमैदान निर्माण गरेको समाचारलाई प्राथमिकता दिने हाम्रो योजना थियो । भयो पनि त्यसै । हामीले जेष्ठ २७ गते शनिवार चाँदनी नाम राखेर साप्ताहिक भित्रे पत्रिका प्रकाशन सुरु ग¥यौ । प्रधान सम्पादकमा मलाई साथीहरुले छानेका थिए । हाम्रो परिभाषामा प्रधान सम्पादक भनेको चाँही लेख्ने कुराहरु जुटाउने, पत्रिका लेख्ने र टाँस्नको लागि गोवर र पत्रिका लैजाने मान्छे भन्ने थियो । सम्पादन मण्डलमा रहेकोहरुले चाँही गाउँघरमा के भइरहेको छ सुन्ने र थाहा पाउने कोशिस गर्थे । त्यसरी थाहा पाएको खबर पत्रिकामा लेखिनु भन्दा पहिल्यै धेरैलाई थाहा नहोस् भनेर सम्पादक मण्डलका साथीहरु अन्य साथीसंग कमै बोल्ने गर्ने । पत्रकारिता र पत्रिकाको विषयमा त्यस बेला हामीसंग भएको आफ्नो छुट्टै बुझाई र प्रयोगलाई सम्झिदा आजभोलि हाँसो उठ्छ ।
पत्रिकालाई चार वटा लेखेर फरक फरक चार स्थानमा टाँस्ने गरेका थियौ । साथीहरु बरोवरी भेला हुने बोहोरेको चौतारो, पढ्नको लागि जाने विज्ञान माविको भवन, बाहुनबेशीको सृजनशील सहकारी र आप्रँह बजारमा हामीले पत्रिका टाँस्थ्यौ । त्यस मध्ये विशेष चर्चा र पत्रिकाको प्रभाव चाँही आप्रँहमा टाँसेकोले बटुल्ले गरेको थियो । आप्रँह त्यस बेला क्षेत्र नं. २ को प्रमुख व्यापारीक केन्द्र थियो र त्यहाँ मानिसको चहलपहल सदरमुकामको भन्दा कम हुदैन थियो । आजभोलि सम्झिदा अचम्म लाग्छ मलाई, त्यत्तीका मान्छेहरु कहाँ गए होलान् ? आजभोलि त पुरै–पुरै गाउँ नै रित्तो छ ।
पहिलो अङ्क प्रकाशनमा हामीलाई जम्मा जम्मी छ रुपैयाँ लागेको थियो । हप्ताको छ रुपैयाँ पत्रिकाको लागि भनेर माग्ने वा जम्मा गर्ने हामीसंग श्रोत थिएन । पहिलो अङ्क आउँदासम्म हामीलाई कसैले पनि कुनै प्रतिक्रृया दिएका थिएनन् । जब हामीले दोश्रो अङ्क प्रकाशन गरेर चार स्थानमा टाँस्यौ, त्यस पछि हाँस्ने मान्छे पनि निस्किए र स्यावासी दिने मान्छे पनि निस्किए ।
भयो चाँही के भने असार २ गते प्रकाशन भएको उक्त पत्रिकमा गोरु विक्रीको विज्ञापन छापिएको थियो । मेरो घर तलका ठुलाबा (नाताले हजुरबा पर्ने तर हामी ठूलाबा भन्छौ) गोरु विक्री नभएर चोट्टे परेका बसिरहनु भएको रहेछ । मैले गोरु बिकाउने र त्यस बापत उहाँले मलाई १० रुपैयाँ दिने शर्त मारेर हिडेको थिएँ । मेरो दाउ पनि पत्रिकामा विज्ञापन गर्ने र गोरु विक्रीको साथै पत्रिकाको नाम पनि फिजाउने थियो । गोरु विक्रीको लागि आफ्नो नाम ठेगाना र मोल सहितको विवरण लेखेर बजारमा टाँसेको थाहाँ पाएपछि ठुलाबाले झण्डै मारेका थिए ।
दुई दिन पछि ति नै ठुलाबा हसिलो मुद्रामा भेटिए । बिहान मात्रै गणेस्थानका मान्छे आएर आठ हजारमा हल गोरु किनेर लगेछ । ‘नाती बजारमा टाँसेको पत्र पढेर गोरु किन्न आएछन्, जाती कुरा रहेछ यो त’ ठुलाबाले भनेको वाक्य म अझै सम्झन्छु । उहाँले मलाई २० रुपैयाँ पनि दिनुभएको थियो । १० रुपैयाँमा भएको सहमतीमा प्रसन्नताले अर्को १० रुपैयाँ थपियो । उहाँ खुसी हुनुभएर थपिदिनु भएको रे ! त्यो २० रुपैयाँले कागज र कार्वनका साथमा १२ थरी रङ्ग भएको साइनपेनको प्याकेट नै किने जुन रङ्ग पछिसम्म पत्रिका रङ्गाउन काम आएको थियो । कार्वन किनेपछि मलाई चार वटा पत्रिका दुई पटकमै तयार गर्न सजिलो भएको थियो । 
पत्रिकामा लेखेर नै गोरु विक्री भएको हल्लाले नौ गाउँ हल्लाइसकेको रहेछ । कविलासबाट दिदी घर आउनुहुँदा समेत भन्नुभएपछि म अलमल्लमा परेको थिएँ । त्यस बेलामा पत्रिका पढेर सल्लाह दिने र यस्तोउस्तो लेख्नु पर्छ भन्ने अग्रजहरुको संख्या ह्वात्तै बढ्न थाल्यो । दोश्रो अङ्कमै प्रकाशन भएको गोरु विक्रीको सूचनाले चाँदनी भित्ते पत्रिका कसको र कहाँको हो भनेर चिनाई रहनुपरेन । त्यसबेला स्थानीय समाचारहरु लेखेर भित्तामा टाँस्दा जान्नेसुन्नेहरुले राम्रो काम हो भनेर धाप मार्थे । तर पछाडी परेपछि हाँसेर उठाउँदा पनि रहेछन् । यो घटना कसरी प्रमाणित भयो भने एकजना भण्डारी बाजेले ‘तिम्रो अखवरमा लेखेर गोरु विक्री भयो रे मेरो खेत बेच्नु थियो’ भने ।
खेत विक्री भएपछि मात्रै पैसा दिने शर्तमा उनको खेत विक्रीको विज्ञापन छापियो । त्यो अङ्क आठ÷नौ तिर प्रकाशन भएको हुुनुपर्छ । उसै त थोरै जग्गा भएको ठाउँ बाहुनबेशी त्यसमा पनि भण्डारीहरुको पुरानो थाकथलो । त्यसबाट पनि चार÷पाँच रोपनी जग्गा विक्रीका लागि सूचना आएकोले पढ्नेहरुमा तरङ्ग पैदा भएछ । त्यसको पछिल्लो शनिवार म पत्रिकाको नयाँ अङ्क टाँसनको लागि हातमा गोवर लिएर हिड्दै थिएँ, एक जनाले अधबैशे मानिसले बाहुनबेशीको कुलोमा (अअिले पिच सडक भएको ठाउँ) नराम्रोसंग हकारे । कुरा बुझ्दै जाँदा पत्रिकामा गलत सूचना आएको कारण म हप्पकी खाँदै रहेछु । कुरा के रहेछ भने जग्गा विक्रीका लागि सूचना छपाउने भण्डारी बाजेले आफुले सूचना नपदएको र जग्गा बेच्ने थाहै नभएको हल्ला चलाएन् । भोक्किएर उनको घर पुग्दा ‘तिम्रो पत्रिका कत्तिजनाले हेर्दा रहेछन् भनेर जाँचेको नी, कहाँ जग्गा बेच्नु’ पो भन्दै थिए बाजे त । तर विज्ञापन प्रकाशन बापतको भनेर पाँच रुपैयाँ चाँही लिई छाडेँ ।
पत्रकारिताको विद्यार्थी भएपछि मैले गाउँ रहँदा गरेको कार्यलाई विस्तारै बुझ्न थाले । त्यसलाई पछिल्लो विश्वमा विकास पत्रकारिताको नामले बुझिदो रहेछ । विशेष गरी विकसित राष्ट्रहरुमा अपनाइने त्यस्ता पत्रकारिताका विधि सर्वाधिक लोकप्रिय छन् । नेपालमा भने विकास पत्रकारिताको अभ्यास सुरु हुने चरणमै छ । त्यसैलाई बढावा दिनका लागि सरकारले ल्याएको गाउँ गाउँमा रेडियो सञ्चालनको अवधारणा पनि लगभग असफल भएको छ । एफएम स्टेशनहरु गाउँ गाउँमा सञ्चालनको लागि स्विकृति दिने सरकारको योजनलाई राष्ट्रिय रुपमा भन्नुभर्दा पछिल्लो समय माफियाहरुले असफल बनाएका छन् । अनुमती भन्दा बाहिरको स्थानमा बढी क्षमताको रेडियो सञ्चालन गर्दा अहिले सरकार अनुमती पत्र दिनलाई समेत हिचकिचाएको अवस्था छ ।
म रेडियोको यो प्रसङ्ग त्यही गोरु विक्रीको सूचनामा लगेर जोड्न चाहान्छु । एफएम रेडियो भनेको एउटा समुदायको लागि वा भनौ सानो ठाउँका लागि सञ्चालनमा ल्याइने आमसञ्चारको एउटा सशक्त माध्याम हो । नेपालमा विकृत रुपमा विकास भएको बढी क्षेत्र समेट्ने रेडियोहरु एफएम रेडियोको अवधारणा भन्दा बाहिर छन् । बास्तव मै एफएम रेडियोहरुले गर्ने भनेको आफ्नो सानो क्षेत्र निर्धाण गरेर त्यस गाउँमा हुने जस्तोसुकै गतिविधी र कार्यको हल्लाखल्ला गरिरहनु हो । मलाई त के लाग्छ भने, सामुदायिक रेडियोहरुले स्थानीय स्तरका जेजस्ता कुराहरु पनि प्रशारण गर्नुपर्छ । त्यो छिमेकमा हुनलागेको पुजाआजा, तिथिश्राद्धको निम्तो पनि किन नहोस् । गोरु र खेत विक्रीको सूचना प्रशारण त अझ बेग्लै कुरा ।

९ भदौ,२०७६ अंकको सम्पादकिय

तत्काल नियन्त्रण गर
भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) मार्फत नुवाकोटमा सञ्चालन गरिरहेको भुकम्प पछिको पुननिर्माणमा अनियमितता छ । कार्यक्रम सञ्चालनको सुरु अवधि देखिनै प्रक्रृया भन्दा बाहिर रहेको यो परियोजनालाई आयोजना कार्यान्वय इकाईले पटक पटक सचेत गराउँदा अटेर गरेर काम गरिरहेको तथ्य बाहिर आइसकेको छ । ‘यूएनडिपीको कार्यक्रम’ भन्दै स्थानीय सरकार, नागरिक, लाभग्राही र सरोकारवालालाई वेवास्था गरिरहेको परियोजनाले करोडौं रुपैयाँ भुकम्प पिडितको नाममा नुवाकोटमा खर्च गरिरहेको छ । यो एक वर्षको अवधिमा यसको कार्य प्रगती निराशायुक्त मात्रै छ ।
भारत सरकारले भुकम्प गए लगत्तै नेपाललाई सहयोग गर्न प्रतिवद्धता जनाएको रकम यही परियोजनामा खर्च भइरहेको छ । यसको प्रतिफल नकारात्मक रहेको सरकारी दस्तावेज नै भेटिएको छ । यसले युएनओपिएस ‘लगाम विनाको घोडा’ जस्तै देखिएको छ । कर्मचारी छनोट प्रक्रृयादेखि बिवादमा आएको यो परियोजना र योसंग जोडिएको संस्था युएनओपिएसले कुन भुगोलमा कसरी काम गरिरहेको छ भन्नेसम्मको प्रष्ट विवरण नुवाकोटमा छैन । स्थानीय सरकारहरूले पटक–पटक ताकेता गर्दा पनि उनीहरूको कार्यक्रम र क्रियाकलाप प्राप्त नहुनुले यस भित्रको ‘अर्कै खेललाई’ प्रष्ट पारेको छ । नुवाकोट जिल्लामा अधिकांशले घरको नक्सा तयार गरेर निर्माण कार्य थालेपछि घरको नक्सा र घर बनाउने परामर्श दिनका लागि सञ्चालन भएको यो परियोजनाको उपाध्यता उत्ति बेला नै कम देखिएको थियो ।
अझ परियोजना सञ्चालनको यो अवधिमा युएनओपिएसले देखाएको ब्यवहार, शैली र कार्यले चालू परियोजना अर्थहिन रहेको पुष्टि गरेको छ । यस्तो अवस्थामा पनि यो कार्यक्रम नुवाकोटको नाममा सञ्चालन भइरहेर कमजोर घर निर्माणमा थप काम गर्न दिनु सरोकारवाला पक्षको कमजोरी मात्रै हो । स्थानीय सरकराले यसले गरिरहेको कार्यक्रम र गतिविधिहरूको अनुगमन, छानविन र नियन्त्रण गर्नु जरुरी देखिएको छ । होइन भने आयोजना कार्यान्वय इकाईले लेखे जस्तै नुवाकोटमा असुरक्षित घरको तथ्याङ्कमा मात्रै बृद्धि हुनेछ ।

Monday, August 26, 2019

युएनओपिएसका कारण असुरक्षित घरको तथ्याङ्कमा वृद्धि

इमेज समाचारदाता

परियोजनाको बारेमा जिल्ला कार्यान्वय ईकाईले राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा पठाएको पत्र
विदुर/भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजनाको हालत कस्तो छ भन्ने बास्तविकता बाहिर आएको छ । चार महिना अघि एक जिम्मेवार निकायले आफ्नो तालुकदार कार्यालयलाई लेखेको पत्र इमेज साप्ताहिकले फेला पारेको छ । भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) मार्फत् सञ्चालन गरेको कार्यक्रम र परियोजना लगाम भन्दा बाहिर रहेको तथ्य सरकारी दस्ताबेजबाट सार्वजनिक भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वय इकाई विदुर नुवाकोटले ११ चैत, २०७५ मा लेखेको पत्र प्राप्त भएको छ । उक्त पत्रमा) राष्ट्रिय पुनर्निमाण प्राधिकरण बैदेशिक सहायता समन्वय शाखा सिंहदरवार काठमाडांैलाई लेखिएको छ । तत्कालिन निमित्त आयोजना प्रमुख बिकि लाखाले लेखेको यो पत्रमा रहेका चार वटै वुँदाहरू गम्भिर देखिएको छ । समन्वय अभाव, प्रगती विवरण लुकाउने, तथ्याङ्क नदिने र गुणस्तरहिन प्राविधिक सेवाको बारेमा जिल्ला आयोजना कार्यान्वय इकाईले प्रष्टसंग नै लेखेर पठाएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरण बैदेशिक सहायता समन्वय शाखाले
नुवाकोट जिल्लामा भुकम्प पुनर्निमाण प्राविधिक सहायता उपलब्ध गराउनको लागि काम गरिरहेको संस्था संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम युएनडिपीको बारेमा राखेको जिज्ञासाको उत्तर पठाउने क्रममा यो तथ्य लिपिबद्ध भएको हो ।
निमित्त आयोजना प्रमुख बिकि लाखाले बैदेशिक सहायता समन्वय शाखामा पठाएको इमेलमा भनिए अनुसार युएनओपिएसबाट खटिएका प्राविधिक र पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरू बीचमा समन्वयको अभाव हुने गरेको छ । ‘जसले गर्दा सेवा प्रबाहमा गुणस्तरमा कमी भएकोले प्राविधिक जटिलता परेको छ । जसले गर्दा असुरक्षित घरको तथ्याङ्कमा बृद्धि भएको पाइएको छ । युएनओपिएसबाट खटिएका प्राविधिकहरू लाभग्राहीको घरमा नपुगी नक्सा बनाईदिने गरेको समेत गुनासो आउने गरेको छ ।’ जिल्ला आयोजना कार्यान्वय इकाईले युएनओपिएसको क्रियाकलापका कारण नुवाकोटमा पुनर्निमाणको प्रगतीमा योगदान नभएको ठोकुवा गरेको छ ।   
‘यस कार्यालय तथा पालिकाका प्रमुखहरूसंग पनि उचित समन्वय नभएको पाइएको छ । तारकेश्वर गाउँपालिकाको प्रमुखले त्यस संस्थाको बारेमा कुनै जानकारी नभएको बताउनुभएको छ ।’ जिल्ला आयोजना कार्यान्वय इकाईले लेखेको इमेलमा भनिएको छ । त्यस्तै, युएनओपिएले जिल्ला वा पालिकास्तरिय कुनै पनि निकायमा आफुले गरेको क्रियाकलापको बारेमा कुनै प्रतिवेदन बुझाउने गरेको पाइएको छैन । यदि पालिकाले मागेमा दिन नमिल्ने बताउने गरेको छ । यो पनि उक्त चिठीमा भनिएको छ ।
त्यस्तै १७ बैशाख, २०७६ मा जिल्ला आयोजना कार्यान्वयन ईकाईले युएनओपिएसको बारेमा अर्को पत्र लेखेर यही समस्याहरूलाई दोहो¥याएको छ । केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय ललितपुरलाई पत्र लेखेर निमित्त प्रमुख बिकि लाखाले युएनओपिएसले गरिरहेको कामको असन्तुष्टि जाहेर गरेका हुन् ।
जसमा प्रभावकारी समन्वय नभएको, प्रगती प्रतिवेदन सन्तोषजनक नरहेको, तथ्याङ्क लिन कठिनाई भएको र प्राविधिक सेवा जटिल बनेको उल्लेख छ । त्यसका साथै युएनओपिएसबाट १७ बैशाख, २०७६ सम्म भएगरेको कामको विवरण पनि अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयमा पठाइएको छ । १० वटा सेवा तथा काममध्ये एउटामा शुन्य प्रगति भएको विवरण समेत छ । जग्गा सम्वन्धि कार्यको लागि परियोजनाले सघाएको छैन ।
त्यस्तै, नक्सा डिजाई तथा नक्सा उपलब्धतामा ५ प्रतिशत मात्रै काम भएको छ । तर यही कामकै लागि भारत सरकारले करोडौं रुपैयाँ नुवाकोट पठाएको छ । २३ हजार ८८ घरको नक्सा बनाउनु पर्नेमा परियोजना सञ्चालन भएको यत्तिका अवधिसम्ममा ११ सय ६३ वटा मात्रै काम भएको छ । लाभग्राहीहरूलाई चेतनामुलक सामाग्री वितरण गरेको काममा चाही १०२ प्रतिशत काम भएको तथ्याङ्क युएनओपिएसले तयार गरेको छ । जुन काम कागजतमा मात्रै तयार गर्न सकिने हुन्छ ।
‘२३ हजार ८८ घरलाई नुवाकोटमा इष्टमेट प्रदान गर्नुपर्नेमा परियोजना सञ्चालन भएको यो झण्डै एक वर्षको अवधिमा जम्मा २२४ वटा मात्रै काम भएको छ’ प्रतिवेदनमा उल्लेख भएको विवरण सुनाउँदै समाचार श्रोतले भन्यो ।
सुझाव कार्यन्वय नभएपछि केन्द्रिय आयोजना कार्यान्वय ईकाईको कार्यालयमा पठाएको पत्र 

नेपाल सरकारलाई भुकम्प पछिको पुनर्निमाणमा भारत सरकाले दिने भनेको अनुदान सहयोग यसरी स्वाहा हुँदै छ । जिम्मेवार सरकारी निकायले ‘ युएनओपिएसको काम गुणस्तरिय नरहेको र कच्ची घरहरू निर्माण भइरहेको’ किटान गरेर तालुकदार निकायमा पत्राचार गर्दा पनि सुधारको संकेत देखिएको छैन । समाचार श्रोतका अनुसार जिल्ला आयोजना कार्यान्वय इकाईका निमित्त प्मुख बिकि लाखाले लेखेको यही पत्रकार कारण यो परियोजनाले उनलाई सरुवा समेत गराएको छ ।
परियोजनासित सिधै भारतिय दुतावास जोडिएकोले उच्चस्तरिय पहुँचका आधारमा लाखाको सरुवा जेठमा गराइएको थियो । कार्यालय प्रमुखलाई आर्थिक बर्ष सकिन एक महिना बाँकी रहँदा पनि रातारात सरुवा गरेर परियोजानले अर्को कार्यालय प्रमुख ल्याएको चर्चा छ । ‘त्यसपछि युएनओपिएसबाट नुवाकोटमा भएगरेका कामको बारेमा यस्तो प्रष्ट समीक्षा र अनुगमन भइरहेको छैन’, श्रोत भन्छ– ‘परियोजना आफ्नै तालसुरमा काम गरिरहेको छ, कसको आँट हुनु भारतिय परियोजना, युएनडिपीको बारेमा बोल्ने !’
भारत सरकारले भुकम्प प्रभावित नुवाकोट र गोरखामा ५० हजार घर पुननिर्माणका लागि अनुदान सहयोग गर्नका लागि यो परियोजना सुरु गरेको हो । यो परियोजना अङ्ग्रेजी पात्रो अनुसार सन् २०१८ को मार्च महिनाबाट सुरु भएको छ । तर नुवाकोटमा काम थालेको एक वर्ष मात्रै हुनलाग्यो । नेपालको भुकम्पपछिको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले परियोजना सञ्चालनमा ल्याएको हो । परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याउने जिम्मेवारी पाएको छ । भारत सरकाले यस अघिको सहयोग सम्झौता अन्तर्गत संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई नुवाकोट र गोरखामा सुरक्षित पुननिर्माणका लागि झन्डै एक अर्ब ६२ करोड रुपैयाँ (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । त्यही घोषणा र सम्झौता अन्र्तगत अहिले नुवाकोटमा यो कार्यक्रम लागू भइरहेको छ ।
भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा नुवाकोटमा २३ हजार ८८ भुकम्पपीडित धरनीलाई र गोरखामा २९ हजार ९१२ भुकम्प पीडित घरधनी रसामाजिक प्राविधिक सहजीकरण अन्तर्गत सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समुहले नेपाल सरकारले भकुकम्पीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्ड बमोजिम भूकम्पपीडित घरधनीका घर पुननिर्माणमा सहयोग गर्ने कुरा उल्लेख छ । उनीहरूले निरीक्षण र प्रमाणीकरणको प्रक्रिया मार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशका घरधनीलाई सहयोग बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ ।
साझेदारी पत्रमा तत्कालिन नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा. अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयर, युएनओपिएस एसिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथजुरले हस्ताक्षर गरे । हस्ताक्षर पत्र आदान प्रदान कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, र भारतीय राजदूत मन्जिवसिंह पुरीको उपस्थिति थियो ।
परियोजनाले नुवाकोटमा २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी त्यसमार्फत काम गरिरहेको जनाएको छ । त्यसमा घरको निःशुल्क नक्सा प्रदान, निर्माण सम्बन्धी सल्लाह सुझाव प्रदान, निर्माण सुपरिवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम गरेको दावी परियोजनाको छ । फिल्ड संयोजक सोनिया भी. जेसेरान्ड मेर्सीयरले यसरी बाहिर आएजस्तो नभएको र काम प्रक्रृयामा चलिरहेको बताईन् ।  

अपारदर्शी स्थानीय तह

सुजित भण्डारी
विदुर.पछिल्लो समय स्थानीय तह अपारदर्शी बन्दै गएको गुनासो बढ्न थालेको छ ।
मुलुक पुनःसंरचना भएपछि कार्यान्वयनमा आएको स्थानिय तहहरूले सुशासनका मापदण्ड पूरा नगर्दा अपारदर्शी बन्दै गएका हुन् ।  स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा भइसकेको छ ।  कुनै पनि संघ संस्थाले सञ्चालन गरेका योजना गतिविधि स्थानीयलाई जानकारी गराउनुपर्ने सुशासनका मापदण्ड छन् । तर आफ्ना योजना, बजेट, कार्यक्रमबारे स्थानीयलाई दिनैपर्ने जानकारी समेत नदिई स्थानीय तह अपारदर्शी बन्दै गएको आरोप लाग्न थालेको छ ।
प्रत्येक चौमासिकमा आफूले सञ्चालन गरेका योजनाबारे अनिवार्य रूपमा स्थानीयलाई जानकारी गराउँदै जनगुनासा, सल्लाह, सुझावका आधारमा भावी नीति तथा योजना सञ्चालन गर्न‘पर्ने भए पनि नुवाकोटको अधिकांश स्थानीय तहले त्यसो गर्ने गरेका छैनन् । प्रत्येक चौमासिकमा वडा कार्यालय लगायत नगरपालिका तथा गाउँपालिकाले आम भेला गराई सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न‘पर्ने भए पनि स्थानीय तह वडा तथा नगरपालिका र गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने अभ्यास समेत थालेका छैनन् ।
नेपालको संविधानमा सूचनाको हक उल्लेख गरिए पनि स्थानीय तहले भने स्थानीयलाई अझै सामान्य योजनाबारे समेत जानकारी नगराएर स्थानीय तह अपारदर्शी बन्दै गएको नेपला नागरिक समाज जिल्ला शाखा नुवाकोटका अध्यक्ष बाबुराम लामिछानेले बताए । नुवाकोटमा २ नगरपालिका सहित १२ स्थानिय तह र ८८ वटा वडा छन् ।
हालसम्म नगन्य मात्रामा रहेका वडाहरूले केहि गैर सरकारी संस्थाको सहकार्यमा सार्बजानिक सुनुवाई गरेका छन् । भने अधिकांश स्थानिय तहले माईनुटमा मात्रै सार्बजानिक सुनुवाई गरेको उल्लेख गर्ने गरेको छ ।
स्थानिय तह र वडा कार्यालयले सार्बजानिक सुनुवाई मार्फत सञ्चालित आयोजनाको अबस्था, जन गुनासो सल्लाह तथा सुझाब लिने गतिलो माध्यम हो । लामो समयसम्म सार्बजानिक सुनुवाईको अध्यास नँहुदा संविधानमा मौलिक हकका रूपमा उल्लिखित सूचनाको हकबाट नागरिक वञ्चित भएको अध्यक्ष लामिछानेको भनाई छ ।
स्थानीय तहले वडापत्र राख्ने, गुनासो पेटिका राख्ने, गुनासो सुन्ने अधिकारी तोक्ने, लिखित गुनासो संकलन गर्ने, कार्यालय पस्दा बाहिर निस्कदा के कस्ता सेवा सेवाग्राहीले पाए भन्नेसम्मका जानकारी राख्नु पर्ने सरकारी प्राबधान रहेको छ ।
नीतिगत भ्रष्टाचार
स्थानिय तहले बजेट बिनियोजन गर्दै सञ्चालित योजनामा नीतिगत भ्रष्टाचार हुने गरेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताएका छन् । अधिकार सम्पन्न स्थानिय तह आफैले बजेट निर्माण गर्ने र योजना कार्यान्वयन गर्ने र अनुगमन समेत स्थानिय तह दबाटनै हुँदै नीतिगत भ्रष्टाचार हुन थालेको उनले बताए ।
आफैले सञ्चालन गरेको योजनाको अनुगमनमा तेश्रो पक्षलाई प्राथमिकता दिएमा मात्रै योजना कार्यान्वयन प्रभाबकारी हुने उनको भनाई छ । नुवाकोटका १२ वटा स्थानिय तह मध्ये केही ठुलो बजेट भएको नगरपालिका तथा गाँउपालिकामा भ्रष्टाचार भएको उनले बताए ।
स–साना टुक्रे योजना छनौट गरी स्थानिय तहका प्रमुखले आफु अनुकुलका ब्यक्तिहरूलाई योजना कार्यान्वयन गराउदा नीतिगत भ्रष्टाचार भएको उनको भनाई छ । सम्बृद्ध स्थानिय तहको नारा लिएर अगाडी बढेका जनप्रतिनिधिहरू आफैले दिगो र ठुला योजनाहरू कार्यान्वयन गर्नुपर्ने उनी बताउछन् । टुक्रे योजनाहरू सञ्चालन गर्दा बजेट खेर जाने र दिगो बिकास हुने उनको तर्क छ ।
प्रदेश र संघबाट सञ्चालित ठुला आयोजनामा समेत स्थानिय तहको प्रत्यक्ष संलग्नता रहने गरेको छ ।
इजलास बिहिन 
स्थानीय सरकार गठन भएको यत्तिका समय बित्दा समेत नुवाकोटका अधिकांश स्थानीय तह न्यायिक समिति इजलास विहिन रहेको छ ।
स्थानीय स्तरका विवादलाई स्थानीय स्तरमै निरूपण गर्न हरेक स्थानीय तहमा न्यायिक समिति गठन गरिए पनि अधिकांश इजलास विहिन छन् । नुवाकोटमा रहेको १२ स्थानिय तह मध्यै लिखु गाँउपालिकामा मात्रै ईजलासको निर्माण गरिएको छ । त्यस बाहेक का केहि स्थानिय तहमा ईजलास निर्माण भैरहेको छ ।
स्थानीय तह कार्यान्वयनपछि गठित कतिपय न्यायिक समितिमा विभिन्न प्रकृतिको उजुरीको चाङ लागे पनि इजलास नभएको पाइएको छ । भौतिक रूपमा सम्पन्न र न्यायिक इजलास नहुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको बिदुर नगरपालिकाका उपप्रमुख गिता दाहाल अर्यालले बताए ।
घरपरिवार, छिमेकी तथा समुदायभित्र आइपर्ने सानातिना विवादलाई दुवै पक्षको उपस्थितिमा चित्त बुझ्नेगरी टुङ्ग्याउने अभ्यास गर्दै आएका कतिपय न्यायिक समितिले हालसम्म कानुनी सल्लाहकार समेत राखेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई आलिधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग, अर्काको बाली नोक्सान गरेको, चरन, घाँस, जग्गा वा सार्वजनिक
बाटोमा पानी झारेको लगायत १३ बुँदामा विवाद समाधान गर्ने अधिकार दिएको छ ।
यस्तै सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पति–पत्नीबीचको सम्बन्ध विच्छेद, अंगभंगबाहेकको बढीमा एक वर्षसम्म कैद हुनसक्ने कुटपिट, गाली बेइज्जती, लुटपिटलगायत ११ बुँदामा मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार न्यायिक समितिलाई दिएको छ । तर भौतिक व्यवस्थापन, कानुनी ज्ञानको अभाव, विभिन्न पदिय जिम्मेवारी लगायत कारण न्यायिक समितिको सेवा बोझिलो बन्दै गएको छ ।

खनिज उत्खनन्को राजश्व रकम गाउँपालिका नगरपालिकाले बुझाएनन्

विदुर÷नुवाकोटका केहि स्थानिय तहहरूले प्रदेश सरकारलाई पठाउनु पर्ने राजश्व रकम हालसम्म पनि नपठाएको पाईएको छ ।
प्रदेश नम्बर ३ संसदको सार्बजानिक लेखा समितिको खनिज तथा बाताबरण उपसमितिले नुवाकोटको स्थानिय तहहरूले संकलन गरेको राजस्वको ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनु पर्ने भएपनि स्थानिय तहले नपठाएको जनाएको छ । उपसमितिले नदीजन्य सामाग्रीको बिषयमा गरेको बहस कार्यक्रममा स्थानिय तहले संकलन गरेको राजश्व प्रदेशमा नपठाउँदा बजेट निर्माणमा समस्या भएको जनाएको छ ।
कार्यक्रममा प्रदेशको सार्बजानिक लेखा समितिको खनिज तथा बाताबरण उपसमितिका सदस्य प्रदेश सांसद दिपक निरौलाले क्रसर सञ्चालन तथ ब्यबस्थापनको बिषयमा प्रदेश संसदमा समितिले प्रतिबेदन पेश गर्ने बताए । प्रदेशको १३ वटै जिल्लामा नदीजन्य सामागीको उत्खनन् तथा उपयोगको बिषयमा देखिएका समस्याको सुझाब संकलन गरी नीति निर्माण तहमा सहजिकरण गर्ने बताए ।
नदी जन्य सामाग्रीबाट संकलन गरेको राजश्वको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउनु पर्ने प्राबधान छ । गत आर्थिक बर्ष २०७४÷०७५ मा संकलन भएको राजश्वको तोकिएको प्रतिशत प्रदेशको खातामा जम्मा गरिदिनको लागी उप समितिले निर्देशन दिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नदीजन्य सामाग्रीको उपयोग तथा क्रसर सञ्चालनको मापदण्ड तोक्दा ब्यबसायीहरू मर्कामा परेको बताए । सिमित श्रोत तथा साधनहरूको प्रयोगबाट बिकास निर्माण देखि निजि निबाससम्मको निर्माण गर्नु पर्ने भएकाले कार्यबिधिले तोकेको मापदण्ड परिमार्जन गर्नु पर्ने प्रमुख सन्तमान तामाङले बताए ।
राज्यले तोकेको मापदण्ड अनुसार पहाडी भु–भागमा क्रसर सञ्चालन सम्भब नरहेको ब्यबसायीहरूले बताएका छन् । नयाँ मापदण्ड आउनु अगाडी सञ्चालनमा रहेका क्रसरहरूलाई समेत हालको मापदण्डले अबैधानिक बनाएको कार्यक्रममा बताईएको थियो । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटको केही स्थानिय तहहरू नदीजन्य सामाग्रीको अबैध उत्खनन् रोक्न असफल भएको आरोप लगाए ।
बिकास निर्माणको लागि आबाश्यक नदीजन्य सामाग्रीको उत्पादन गर्ने क्रसरहरूलाई ब्यबस्थित बनाउ राज्य नलागेको ब्यबसायीहरूको आरोप छ । तराई भुगोललाई हेरेर निर्माण गरेको मापदण्ड पहाडी भु–भागमा अनुकुल नभएकोले परिमार्जन गरी बैध रुपमा ब्यबसाय सञ्चालनको बाताबरण सिर्जना गर्न ब्यबसायीले माग गरे । 

शिक्षा नीतिका बारेमा जिल्लामा छलफल

प्रितिका थापा
विदुर÷संसदिय समितिमा छलफल भैरहेको शिक्षा नीति बारे सरोकारवालासँग नुवाकोटमा संबाद कार्यक्रम गरेको छ ।
शिक्षा नीति २०२८ लाई परिमार्जन गर्दै समायानुकुल बनाउनको लागी सबै जिल्लाहरूमा यसको बिषयमा सुझाब संकलन हुदै आएको छ । नेपाल कानुन समाजले शिक्षा नीतिको बिषयमा सुझाब संकलनको लागी संबाद कार्यक्रम गरेको हो ।
राज्यको ठुलो लगानी रहेको शिक्षा क्षेत्रलाई सुधार गरि शिक्षा नीतिलाई परिमार्जन गर्न छलफल आयोजना गरेको हो । कार्यक्रममा संघिय संसद एवं राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्याङकन समितिका सदस्य खेम लोहनीले संसदमा छलफल भैरहेको शिक्षा नितिलाई समयानुकुल बनाउन लागेकोले सबैले सकारात्मक रुपमा लिनु पर्ने बताए ।
यस्तै, संघिय सांसद शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रेखा कुमारीले शिक्षा नीतिलाई परिमार्जन गरी राज्यले सबैलाई बराबरी गर्न खोजेको बताए । सबै बिद्यालय उमेरका बालबालिकाहरूलाई बिद्यालयको पँहुचमा पुराउनु सबै अभिभाबकको दायित्व रहेको उनले बताए ।
नेपालको संबिधानमा उल्लेख भए अनुसार शिक्षामा रहेको बिकृति हटाउनको लागी नयाँ शिक्षा नीति निर्माण भैरहेको छ । हाल सम्म २०२८ सालमा निर्माण भएको शिक्षा नीति कार्यान्वयनमा रहेको छ । मुलुक पुनःसंरचना भए पछि कार्यान्वयनमा आएको स्थानिय तह सँगै शिक्षाको नीति तथा नियमहरूलाई परिमार्जन गर्दै समयसान्दर्भिक बनाउन जिल्ला जिल्लामा संबाद कार्यक्रमको आयोजना गर्दै आएको हो । संघिय संसदले निर्माण गर्ने शिक्षा नीतिलाई ब्यबहारिक र गुणस्तरिय बनाउन नागरिक तथा सरोकारवाला निकायबाट सुझाब संकलनलाई प्राथमिकता दिइृएको हो । शिक्षा नीति प्रचलित ब्यबस्था र प्रभाबकारी कार्यान्वयनमा जान सक्ने खालको नयाँ नीति संसदले ल्याउन लागेको छ ।
संघिय सांसद एवं राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन समितिका सदस्य कालिबहादुर मल्लले संघिय ब्यबस्थाको अस्थिरता, तीन तहको नयाँ संरचनाले केही समस्या भएको बताए । देखिएका बिद्यमान समस्यालाई समाधान गर्न नयाँ शिक्षा नीति आबाश्यक रहेकाले जिल्ला÷जिल्लामा सुझाब संकलन गरी सम्बोधन गर्ने बताए ।
शिक्षाको बिषयमा संबिधानमा उल्लेख भइका ब्यबस्था बारे एक रुप समझदारी कायम गर्ने, स्थानिय तहको अधिकार क्षेत्र भित्र रहेको माध्यमिक र आधारभुत शिक्षालाई ब्यबस्थित गर्नको लागी नयाँ नीति आबाश्यक रहेको कार्यक्रममा बताईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले राज्यले तय गर्ने नीति नियमले सबैलाई एकै किसिमको ब्यबहार गर्नु पर्ने बताए । मुलुक पुर्नसंरचित भई कार्यान्वयनमा आएको स्थानिय तहसँगै तीनै तहले निर्धारण गर्ने शिक्षा सम्बन्धि नीति नियम, ऐन, कानुनहरूमा एकरुपताको आबाश्यक रहेको तामाङले बताए ।
नागरिकको मौलिक हक भित्र पर्ने शिक्षालाई प्रत्येक नागरिकको पँहुचमा पु¥याउने र गुणस्तरिय शिक्षा प्रबाहमा जोड दिनको लागी परिमार्जित शिक्षा नीति आबाश्यक रहेको कार्यक्रममा बताईएको थियो । कार्यक्रममा स्थानिय
तह कार्यान्वयनमा आए पछि केहि स्थानिय तहहरूले शिक्षकहरूलाई पेल्ने गरेको कार्यक्रममा सहभागी शिक्षकहरूले बताएका थिए । स्थानिय तहमा रहेका राजनीतिक आस्थाका आधारमा बिद्यालयमा शिक्षक हेरफेर र आफु अनुकुल बनाउने खेलले शिक्षा क्षेत्र धारासायी बनेको शिक्षाबिदहरूले बताए । लामो समय जिल्ला शिक्षा कार्यालय मातहत रहेर सेवा प्रबाह गर्दै आएका शिक्षकहरूलाई स्थानिय तहले सिमिति क्षेत्र भित्र बाँध्न खोजेको बताईएको छ ।
मुलुक नयाँ संरचनामा बिकसित भएकाले त्यसै अनुरुपको शिक्षा नीति लागु गर्न लागिएको बताईएको छ । नेपाल कानुन समाजले नेपालको सातवटै प्रदेशमा रहेर मुलभुत कानुनहरूलाई नागरिक तहसम्म ल्याउने र सुझाब संकलन गर्न उक्त कार्यक्रम गर्दै आएको आयोजक संस्थाका श्रीराम श्रेष्ठले बताए । त्यस अन्र्तगत नुवाकोटमा भएको कार्यक्रममा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । 

Saturday, September 08, 2018

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सात जना

नुवाकोट, गोर्खाबाट काठमाडौं फर्र्किदा सम्पर्क विहिन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भेटिएको छ । त्यसमा सात जना छन् ।
नुवाकोटको म्यागाङ गाउँपालिकाको नकुरडाँडामा हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । यो धादिङ्गसित सिमा जोडिएको ठाउँ हो ।
दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको छ । मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको जानकारी प्राप्त भएको छ । उनीहरुको अवस्थाको बारेमा भने कुनै खबर आउको छैन ।
गोरखाको सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उक्त हेलिकोप्टर उडेको थियो ।
हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुको अवस्थाका बारेमा जानकारी आएको छैन । घटनास्थलमा डिएसपीको कमाण्डमा नुवाकोटबाट प्रहरी परिचालन भएको छ ।
दुर्घटना स्थलमा अहिले भिषण पानी परिरहेको स्थानीयहरुले बताएका छन् । अघि विहान गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किदै गर्दा हेलिकोप्टर सम्पर्क विहिन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।
म्यागाङ्ग गाउँका स्थानीयहरुले ठूलो आवाजमा हेलिकोप्टर खसेको सुनेका थिए । जंगलतिर झरेको अनुमान गरिएको हेलिकोप्टरलाई स्थानीयहरुले भने अहिले देखेका छैनन् । ठोक्किएर उक्त हेलिकोप्टर धादिङ्ग र नुवाकोटको सिमास्थलकै जंगलमा झरेको अनुमान छ ।