Sunday, December 01, 2019

गाउँखर्कमा बस्ति हस्तान्तरण

रामचन्द्र खनाल
विदुर/दुप्चेश्वर गाउँपालिका–२ स्थित स्योमखर्कमा ह्योल्मो फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका एकीकृत बस्तीका १७ घर सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण भएको छ ।
भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये १७ जनाले नयाँ घर पाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बुधबार उक्त घरहरू हस्तान्तरण गरेका हुन् ।
पर्यटनमन्त्री भट्टराईले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण सरकारको पहिलो प्रथामिकतामा रहेको बताए । भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणलाई अवसरको रूपमा एकीकृत बस्ती, विपद् प्रतिरोधी आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री हितबहादुर तामाङले गाउँखर्क मात्र नभई दुप्चेश्वर गाउँपालिकाभित्रको सबै स्थानमा एकीकृत बस्तीको आवश्यकता रहेको बताए । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा अन्तरराष्ट्रिय दातासंग भएको सम्झौता अनुसारको काम प्रभावकारी नभएको बताए । भूकम्पपीडितले आवश्यकता अनुसार घर बनाउन नसकेको र दाताहरूले बनाएको सानो आकारको घर उनीहरूको परिवारका लागि उपयुक्त नभएको उप सभामुख तामाङको भनाई छ ।
स्विटजरल्याण्डको ‘माउन्टेन टु माउन्टेन’ संस्थाको अगुवाइमा ‘ह्योल्मो फाउण्डेशन’ नेपालले दुई वर्ष लगाएर निर्माण गरेको घर हस्तान्तरणमा नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङ, दुप्चेश्वर गाउँपालिकाको वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिहरूको सहभागिता थियो ।

‘लेखिएकै मुल्यमा किताव बिक्रि गरौं’

रोशन बोगटी
विदुर/नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ जिल्ला शाखा नुवाकोटको १६ औँ बार्षिक साधारण सभा बुधवार बट्टारमा भएको छ ।
महासंघ प्रदेश नम्बर ३ का प्रथम उपाध्यक्ष तुलसीप्रसाद अधिकारीले पुस्तकमा अङ्कित मुल्यमै बिक्रि गर्न निर्देशन दिए । पुस्तकमा अङ्कित मुल्य भन्दा बढिमा पुस्तक विक्रि गर्न खोज्दा ब्यबसायीबीच प्रतिष्पर्धा हुँदा पुस्तक ब्यबसाय संकटमा पर्ने बताए ।
जिल्ला अध्यक्ष मिनकुमार खतिवडाले पुस्तक ब्यबसायीहरूको आर्थिक सुधारको लागी महासंघ स्थापना भएको स्मरण गराए । उनले बिभिन्न पब्लिकेशनको नाममा पुराना किताबहरू आउदा भएको समस्या समाधान गर्न महासंघ सफल भएको सुनाए । कार्यक्रममा पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रुपमा पारित भएको छ । साथै महासंघले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै नुवाकोटको १२ वटै स्थानिय तहसँग समन्वय गर्ने जनाएको छ । 

नुवाकोट र गोरखालाई ३ अर्ब

विदुर\भारतीय एक्जिम बैंकले नुवाकोट र गोरखा जिल्लामा भुकम्प पछिको आवास निर्माणको तेश्रो किस्ताको लागी ३ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराएको छ । भारतसँग भएको सम्झौता अनुरुप नुवाकोट र गोरखाका भुकम्प प्रभाबितको घर निर्माणको तेश्रो किस्ता बापतको रकम प्रदान गरेको हो । नुवाकोट र गोरखाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । 

आन्दोलनमा निर्माण व्यवसायी

बर्षा खनाल
विदुर/निर्माण व्यवसायीहरूले आफ्ना माग पुरा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलवार धर्ना दिएका छन् ।
महासंघको निर्देशन अनुसार सिबै जिल्लाहरूमा आन्दोलनको निरन्तरता स्वरुप प्रशासन कार्यालयमा उनीहरूले धर्ना दिएका हुन् । सरकारले काम गर्ने वातावरण नबनाईदिने र जनस्तरमा निर्माण व्यवासयीको बद्नाम मात्र हुने काम भएको भन्दै निर्माण व्यवसायीहरू आक्रोशित छन् ।
सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमा उल्लेख भएका केही शर्तहरू मान्य नभएकाले पुनः शंसोधनका माग गर्दै धर्ना दिएको नुवाकोट निर्माण ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरेलले बताए । 

गोसाइँकुण्ड सहकारीको स्थापना दिवस

उषा रेग्मी
बट्टार/ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडले बट्टारमा निर्माण भइरहेको क्रियापुत्री भवनका लागि कल्याण प्रतिष्ठानलाई ५१ हजार १२५ रुपैयाँ प्रदान गरेको छ ।
      सहकारीको १८ औं स्थापना दिवसको अबसरमा बुधवार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ को उपसभामुख राधिका तामाङले प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर खड्कालाई सहकारीको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपाली जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठ, जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, बिदुर खानेपानी, सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जिब श्रेष्ठले मन्तब्य राखे ।
२०५८ सालमा स्थापना भएको सहकारीले रेमिट्यान्स सेवा, लघु कर्जा कार्यक्रम, सिप बिकास तालिम तथा जीविकोपार्जनको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सहकारीका सचिब रामकृष्ण राजभण्डारीले जानकारी दिए । हाल सहकारीमा २१ सय २५ जना शेयर सदस्य छन् । सहकारीले कबिन्द्रमान प्रधान, धननारायण चित्रकार, इन्द्रबहादुर पण्डित, पुष्प अमात्य, कृष्णसिंह प्रधान, ठाकुर पुडासैनी लगायत २५ जना संस्थापक सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

जिल्लामा ठूला उद्योग सञ्चालनको माग

विदुर/नुवाकोटमा पाँचौ उद्योग दिवस मनाईएको छ । त्यस अवसरमा गएको सोमवार अन्तक्रिया भएको थियो । कार्यक्रममा औद्योगिक क्षेत्रमा लगानी बढाउने र आबाश्यक सम्भाब्यताको खोजी गर्नु पर्ने सरोकारवालाहरूले बताए । नुवाकोट उद्योगको लागी पुर्बाधार सम्पन्न जिल्लाको रुपमा लिएपनि ठुला उद्योग धन्दाहरू खुल्न सकेको छैन । नुवाकोट उद्योग बाणिज्य संघले जिल्लामा ठुला उद्योग तथा कलकारखानाहरू सञ्चालनका लागि पहल गर्नु पर्न सहभागीहरूले बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उद्योगको लागी नुवाकोट उपयुक्त रहेको बताए । त्रिदेशिय मार्गको ट्रान्जिट प्वाईन्ट, काठमाण्डौ जस्तो ठुलो बजार क्षेत्रबाट नजिक, जल, जमिन र जङगल पर्याप्त भएकाले नुवाकोटमा उद्योगको प्रचुर सम्भाबना रहेको उनले बताए ।
औद्योगिक क्षेत्रको उत्पादनमा सरकार, उद्योगी र श्रमिकहरूबीच राम्रो समन्वय भएमा मात्रै उद्ययोग फष्टाउन सक्ने बताईएको छ । जिल्ला भित्रै रहेका उद्योगहरूलाई बढावा दिन स्थानिय तहले समेत नीति नियम निर्माण गर्नुपर्ने आबाज उठेको छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्ला बिशेष आर्थिक क्षेत्र ‘सेज’को निर्माण प्रकृयामा रहेको बताए । संघका पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटाले जिल्ला भित्र उत्पादन हुने बस्तु तथा सेवाको बजारिकरणको लागी समस्या नरहेको दावी गरे । औद्योगिक प्रवद्र्धनका लागि लगानीको वातावरण बनाउन तथा सरकारी, गैरसरकारी र निजि क्षेत्रको सम्बन्ध बनाई समन्वयात्मक रुपमा उद्योग क्षेत्रको विकास अघि बढाउने उद्देश्यले १९९२ मंसिर ९ गते उद्योग परिषद् स्थापना भएको थियो । उद्योग परिषद्को स्थापना भएको स्मरण गर्दै दिबस मनाउने गरिएको छ ।

जेष्ठ नागरिक र सुत्केरीहरूलाई सम्मान

रानिपौवा/ककनी गाउँपालिकाले जेष्ठ नागरिक र सुत्केरीको सम्मान गरेको छ । गाउँपालिकाको अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, प्रमुख प्रशासकीय अधिकृत टुनाबहादुर श्रेष्ठ सहितको टोलीले वडा नं. ६ र ७ का ९० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई र स्वास्थ्य संस्थामा सुत्केरी भएकाहरूलाई भेटर सम्मान तथा प्रोत्साहन दिएका हुन् ।
वडा नम्वर ६ को क्यौरिनीस्थित नवजीवन माविमा आयोजित कार्यक्रममा उक्त वडाका ९० बर्ष माथिका ९ जना ज्येष्ठ नागरिकहरूलाई जनही दुई हजार रुपैयाँ नगद सहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरे भने न्यानो कपडा समेत बितरण भएको छ । वडा नम्वर ७ को चतुरालेस्थित महेन्द्र माविमा आयोजित कार्यक्रममा उक्त वडाका ४ जना ज्येष्ठ नागरिक र ८ जना सुत्केरीहरूलाई पोषिलो झोला बितरण भएको छ । 

क्याम्पसलाई एक रोपनी जग्गा

रातमाटे/बेलकोटगढी नपा–७ रातमाटेमा रहेको महादेव बहुमुखी क्याम्पसलाई स्थानीय बोधप्रसाद न्यौपानेले  एक रोपनी जग्गा दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी न्यौपानेले क्याम्पसको नाममा जग्गा पास गरिदिएका हुन् । जग्गा सरकारी मूल्य अनुसार ग्रामीण सडकले छोएको हुनाले साढे आठ रुपैयाँ बराबर रहेको क्याम्पस प्रमुख शंकर नेपालले बताए ।

लक्ष्यभन्दा बढी राजस्व

धुञ्चे/रसुवागढी भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व संकलन गरेको कार्यालयले कात्तिकमा ४७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ । चार महिनामा लक्ष्यको तुलनामा धेरै राजस्व उठिसकेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ । भाषाका समस्याका कारण दुई महिनादेखि खाद्यवस्तुको आयात तथा निर्यात भने रोकिएको छ ।

१३ हजार पर्यटक आए

बेत्रावती/चालू आर्थिक वर्षको चार महिनामा १२ हजारभन्दा बढी पर्यटकले रसुवा भ्रमण गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार १२ हजार ७ सय १८ जना स्वदेशी तथा विदेशी पर्यटक रसुवा आएका छन् । यो अवधिमा ७ हजार ८ सय १७ जना स्वदेशी पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताएर । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्दछन् ।
रसुवामा पर्यटकका लागि तीनवटा पदमार्ग छ । धुन्चे गोसाइँकुण्ड हुंदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेँसी हुंँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्म तामाङ सम्पदा मार्ग छन् ।
पछिल्ला वर्ष रसुवाको  लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा  पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।  अहिले तीनवटै पदमार्गमा स्वदेशी तथा विदेशीको चहपहल छ । 

३६ हेक्टर बन अतिक्रमण

विदुर/रसुवाको ३६.२७ हेक्टर वन अतिक्रमणमा परेको तथ्याङ्क सार्वजनिक भएको छ । भुकम्पपछि वन क्षेत्रको अतिक्रमण बढेको हो । वन क्षेत्र अतिक्रमण गर्नेहरू १७१ घरधुरी छन् । यो तथ्याङ्क अझ बढ्ने बताइएको छ । कर्मचारीहरू अभावले पछिल्लो अतिक्रमणको तथ्याङ्क संकलन नभएको बन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय रसुवाका अनुसार बाहुनडाडाँमा ५, नाकथलीमा ६ घ्याङमा ८, गोदाममा १४, तातोपानीमा ४८ बौँसेमा ९०, घरधुरीले ७२५.५६ रोपनी वन अतिक्रमण गरि घर बनाएरका छन् । 

एक चिनियाँ नागरिकको मृत्यु

रसुवा/गोसाइकुण्ड गापा टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको लागि ढुङ्गा निकाल्ने क्रममा भोटेकोशीमा स्काभेटर पल्टिदा चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहिवार बिहान ११ बजे भोटेकोसीमा ढुङ्गा निकाल्दा स्काभेटर पल्टेर चालक छु जियाङको मृत्यु भएको रसुवा प्ररहीले जानकारी दियो ।

प्रजय तामाङको कुबेतमा मृत्यु

विदुर/बैदेशिक रोजगारीका लागि कुवेत पुगेका नुवाकोटका एक युवाको मृत्यु भएको छ । म्यागाङ गाउँपालिका वडा नं. ६ का प्रजय तामाङको मृत्यु भएको हो । उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको बताइएको छ ।

फरक घटनामा पाँच पक्राउ

विदुर/रसुवागढी नाकाबाट अवैध सुन सहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । करिब एक किलो सुनसहित दुई महिला टिमुरेबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
यसै बीच, जुवा खेलिरहेको अबस्थामा धुलिखेलबाट नुवाकोटका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गापा–७ का सन्तोष पाण्डे र प्रवीण पाण्डे, लिखु गापा–१ का नवराज थिङ, छन् । धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट नौ लाख रुपैयाँ सहित २३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । नौ लाख ५७ हजार नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।

२०७६ मङ्सिर १६ गतेको सम्पादकिय

सडक कारण नबनोस्
नुवाकोट भित्रिने तीनवटै सडक मार्ग स्तरउन्नतीमा देखिदो काम र खास सुधार नहुँदा वर्षैदेखि यात्रुहरूले सास्ति बेहोरी रहेका छन् । सडक स्तरउनन्तीको नाममा ठेकेदार कम्पनीले समयावधि थप गर्र्दै लगेपछी स्थानियहरू समेत आक्रोशित हुन थालेका छन् । ७० किलोमिटर रहेको बालाजु–त्रिशूलीमा दुई प्याकेजमा काम भइरहेको छ । बालाजु–रानीपौवा–पीपलटार गरी २ प्याकेजमा काम भइरहेको छ । २१ मेगावाट त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा २०१८ सालमा यो सडकको ट्रयाक खुलेको हो । अर्को गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक ८२ किलोमटिर छ । धादिङको गल्छी, नुवाकोटको कोल्पुटार–देवीघाट–त्रिशूली, रसुवाको बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म जोडिन्छ । पीपलटार–गल्छी २०५५ मा ट्रयाक खुलेको हो । अर्को छहरे–टोखा सडकखण्ड । जुन नुवाकोटलाई काठमाडौं जोड्ने सबभन्दा छोटो सडकमार्ग हो । त्रिशूलीदेखि टोखासम्म ५२ किलोमटिर मात्रै लम्वाई छ ।
तीनवटै सडक एकै पटक स्तरउन्नती गर्ने भन्दै लथालिंग अबस्थामा पपु¥याइएको छ वा पुगेको छ । तीन वटै निर्माण कम्पनीले आयोजनाको निर्माण सम्पन्न समय सिमा थप्दै लगेको छ । सडक मार्गको अबस्था दयनिय भएका कारण नुवाकोटको आर्थिक अबस्थामा समेत प्रभाब परेको देखिन्छ । ब्यबसायीहरूले सामाग्री आयात देखि ढुवानी भाडा दरमा समेत सडकका कारण महङ्गो पर्न थालेको आवाज उठाउन थालेका छन् । उनीहरूको मर्का सही हो भने पनि र यही कारण बनाएर सामानको भाउ बढ्यो भने पनि पिडामा पर्ने चाँही आम नागरिकहरू नै हुन् । त्यसो त, नुवाकोट हुँदै रसुवा जाने पर्यटकहरूमा समेत सडकको अबस्थाका कारण प्रभाब परेको सहज अनुमान लगाउसक्छौं । यो संगै बालाजु–ककनी हुँदै नुवाकोट जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति पुरा नहुँदा व्यवसायमा समेत असर परेको छ ।
यसरी सबै सडक मार्गको निर्माणको अवस्था हेर्दा समस्या बाहेक केही देखिदैन । असाध्यै धिमा गतीमा भइरहेको कामलाई काम भइरहेको छ भन्ने अवस्था नै बनेको छैन । वर्षैदेखि नागरिकहरूलाई वाक्कदिक्क पार्ने यो विकासबाट मुक्ति पाउने विकल्प भनेकै एक दिन भएपनि छिट्टै सडकको निर्माण र अवस्था सुधार मात्रै हो । २९ दिनपछि सुरु हुने नेपाल भ्रमण वर्षमा नुवाकोट र रसुवाले लिने लाभमा निर्माणाधिन सडकका कारण कुनै कमी नआओस् ।

Sunday, November 24, 2019

पुरानै शैलीमा दरवार

बशन्ती दरवारको पुर्न निर्माण । तस्बिर : दिपेन्द्र श्रेष्ठ/इमेज
दिपेन्द्र श्रेष्ठ
ककनी/नुवाकोटको ककनीस्थित ऐतिहासिक बशन्ती दरबारको पुनःनिर्माण सुरु भएको छ । कुनैबेला नेपालकै शान पनि रहेको दरबारको पुरातत्व बिभागले पुनःनिर्माण थालेको हो ।
नगरकोटसँगै पर्यटकिय क्षेत्र घोषणा भएको ककनीमा पर्यटकलाई तान्ने यही दरवार लगायतका संरचना अस्तब्यस्त भएकै कारण पर्टकको संख्यामा कमी हुँदै आएको छ । दरवारको पुननिर्माणले पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा स्थानीयहरूले गरेका छन् ।
जिर्ण अबस्थामा रहेको दरबारलाई २०७२ सालको बिनाशकारी भुकम्पले ध्वस्त बनाएको थियो । ककनी गाँउपालिका वडा नम्बर ५ को ककनीडाँडामा रहेको बशन्ती दरबार पुरातत्व बिभागले अघिल्लो आर्थिक बर्षबाट पुनःनिर्माण सुरु गरेपनि काम हुन सकेको थिएन । निर्माण कम्पनीले ठेक्का लिएर काम गर्न आनाकानी गर्दै आएको थियो । हाल पुरातत्व बिभागको नियमित निगरानी र निर्देशन पछी काम सुरु भएको छ । दरबार पुनःनिर्माणको लागी किर्तिपुरबाट कालिगढ ल्याईएको छ ।
दरवारको निर्माणलाई समयमै सम्पन्न गराउनका लागि गाउँपालिकाको तर्फबाट पनि अनुगमन र चासो व्यक्त भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए । उनका अनुसार दरवारको निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष भ्रमण योजना तयार गर्नका लागि यस सम्वन्धि काम गर्ने व्यवसायीलाई गाउँपालिकाले सघाउने छ ।  काठमाडौंबाट नजिकै रहेर पनि छायाँमा रहेको ककनीलाई बशन्ती दरवारको नयाँ संरचनाले ‘मार्केटि’मा  मद्दत मल्निे अनुमान गापा उपाध्यक्ष सीता लामा खतिवडाको छ ।
जङ्गबहादुर राणाको पालामा उनका विश्वास पात्र गगनसिंह भण्डारीले रोपाईमा देखेका मिँठु नामकी गाँउले सुन्दरीसित मोहित भए पछी दरबारमा लगेर बशन्तीको नामले सुसारे राखेको ईतिहास छ । उनकै लागी निर्माण गरेको दरबार नै बशन्ती दरबारको नामले परिचित छ ।  साहित्यकार डायमण्ड शमशेर राणाले यही विषयमा बशन्ती नामक उपन्यास लेखेका छन् । त्यही उपन्यासका आधारमा नेपाली चलचित्र ‘बशन्ती’ समेत नीर शाहले तयार गरेका छन् । 

घ्यावरमै बिजुलीको मिटर

विदुर/दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका नागरिकलाई नेपाल विद्युत प्राधिकरणले शिविर नै सञ्चालन गरेर विजुलीको मिटरबक्स विक्रि गरेको छ ।
घ्यावरचौरमा गएको साता झण्डै एक सय घरधुरीले विद्युतीय मिटर बक्स प्राप्त गरेका छन् । मिटर बक्स विक्रि कार्यक्रममा संघिय सांसद् हितवहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ उपाध्यक्ष अञ्जु आचार्य लगायतको उपस्थिति थियो ।
दुर्गमबस्तीका बासिन्दालाई विजुली उपलब्ध गराउने अभियान अन्र्तगत दुई वर्ष अघि हेलिकोप्टरबाट घ्याङफेदीमा विजुली बत्तिको ट्रान्सफर्मर ओसारिएको थियो । त्यसपछि गाउँमा विस्तार भएको विजुली बत्ति प्रयोग गर्न मिटर बक्स लिनका लागि त्यहाँका नागकिरलाई झण्झट हुँदै आएको थियो । त्यही कामका लागि मात्रै त्रिशुली आउने पर्ने अवस्थाका कारण प्राधिकरणले यो शिविरको आयोजना गरेको हो । गाँउमै पुगेको सामाग्री वितरण शिविरले ग्राहकलाई २१ सय ५० रुपैयाँमा मिटरबक्स विक्रि गरेको छ ।

सामाजिक सञ्जालबाट

एकआपसका प्रतिस्पर्धी नेकपा र काँग्रेस नुवाकोटका शिर्ष नेताहरू लिखु र पञ्चकन्याको सामुहिक खेती प्रवद्र्धन समितिको आयोजनामा काठमाडौंको एक होटलमा भएको छलफलमा । दाँयाबाट काँग्रेसका डा. प्रकाशशरण महत, डा. रामशरण महत, नेकपाका हितबहादुर तामाङ, राधिका तामाङ, बद्री मैनाली, काँग्रेसका अर्जुननरसिंह केसी लगायतका ।   

बिवाह गर्न लागेका उसन पक्राउ

विदुर/बालिका बिबाह गर्न लागेको अभियोगमा नुवाकोट प्रहरीले तादी गाँउपालिकाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नं २ का उसन जिम्बा छन् । २१ वर्षका उनले १४ वर्षकी बालिका बिबाह गरेर घर भित्र्याउन लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खरानीटारले उनलाई नियन्त्रणमा लिएको हो । उनी विवाहको अन्तिम तयारीमा थिए । 

विनियोजित बजेटको पूर्ण विवरण

नुवाकोट जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्र्तगत प्रदेश नं. १ (राधिका तामाङ निर्वाचित क्षेत्र)को आ.व. २०६७/०७७ मा ३ नं. प्रदेश सरकारबाट सञ्चालित :



जन्ती बस दुर्घटनामा एकको मृत्यु

विदुर/धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतवार बिहान भएको जन्ती बस दुर्घटनामा नुवाकोट जिल्लाको एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ४० घाइते भएका छन् । मृत्यु हुनेमा बेलकोटगढी वडा नं. ५ की १४ वर्षीया डोल्मा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जानकारी दिएको छ ।
बेलकोटगढी नगरपालिका बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नं. को जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएको र काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । २३ जनाको यो समाचार तयार पर्दासम्म बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ । 

प्रहरीको तीन वटा भवन बन्यो

कुमरीमा चौकी उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेत ।
विदुर/राष्ट्रिय पुनर्निमाण कोषको सहयोगमा निर्माण भएको तीन वटा प्रहरी कार्यालयको भवन गएको साता उद्घाटन भएको छ । गएको आइतवार दुई स्थानको प्रहरी चौकी भवनको उद्घाटन भएको छ ।
ककनी प्रहरी चौकीको विहान र लिखु गाउँपालिकाको ढिकुरे प्रहरी चौकी भवनको दिउँसो प्रदेश नं. ३ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले उद्घाटन गरे ।
त्यस्तै मंगलवार बेलकोटगढी नगरपालिकाको कुमरीमा प्रहरी चौकीको भवन प्रदेश प्रमुख बस्नेतले उद्घाटन गरे । सो अवसरमा बस्नेतले भवन निर्माण कार्यमा सहयोग गर्नेहरूलाई प्रशंसा–पत्र प्रदान गरे  । उद्घाटन कार्यक्रममा बेलकोटगढी नगरपालिकाको प्रमुख राजेन्द्ररमण खनाल, संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भोजजंग शाह, जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रमुख प्रहरी उपरिक्षक अबिनारायण काफ्ले लगायत सहभागि थिए ।
प्राधिकरण कोषको १ करोड २० लाख ६९ हजार रुपैयाँमा भवन निर्माण भएको नुवाकोट प्रहरी प्रमुख काफ्लले जानकारी दिए ।

‘पहिरो नजाने गरी बिकास गरौ’

विदुर/ग्रामिण क्षेत्रमा सडक निर्माण हुँदा पहिरो जाने जोखिम सधै देखिएकोले त्यसको नियन्त्रणका लागि विदुर नगरपालिकाले दिर्घकालिन योजना बनाएर अघि बढ्ने भएको छ ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पहिरोको जोखिम पहिचानमा नक्साको उपयोग सम्वन्धी अन्तरक्रिया बोल्दै आफु त्यसमा सचेत रहेको बताए । पण्डितले विकासले विनास ननिम्तियोस् भन्नेमा अन्त पनि जनप्रतिनिधिदेखि स्थानीय र निर्माण कम्पनी सबै चनाखो हुनुपर्ने बताए ।
     २०७२ को भूकम्प अघि अति प्रभावित १४ जिल्लामा सानाठूला गरी १३ हजार २ सय पहिरो गएको थियो । भूकम्प पछि १८ हजार ६ सय पहिरो गएको तथ्याङ्क छ । हिउदमा सडक निर्माण गर्ने र बर्षातको समयमा पहिरोले समस्या पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् ।
      विपद आइसके पछि उद्धार गर्न तम्सिने बानी हटाएर विपदको पूर्वतयारीमा लाग्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. मेघराज धितालले कार्यक्रममा पहिरो जानुको कारण, पहिरो रोकथामको उपाय लगायतको विषयमा जानकारी गराए । उनले नक्साको उपयोग हचुवामा गर्दा पहिरोको जोखिम बढिरहेको तर्क गरे । कार्यक्रममा स्थानीय तहमा कार्यरत इन्जिनियरहरूलाई नक्साको उचित प्रयोगको बारेमा प्रशिक्षण समेत दिइएको थियो । 

देउसीभैली खेलेको रकम विद्यार्थीलाई

विदुर/जिपी कोईराला अध्ययन केन्द्रले गएको तिहारमा देउसीभैली कार्यक्रमबाट सङ्कलित रकम नुवाकोटको तादी गाउँपालिका वडा नं. १ उर्लेनीका केही विद्यालयहरूमा खर्चेको छ । सो रकमबाट गगांदेबि प्राबि, सुन्दरादेबि माबि, मगंलेश्वरी प्राबिमा कम्प्युटर, शैक्षिक, खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रमका जिपी कोईराला अध्यायन केन्द्रका महासचिव निरञ्जन थापाले सामाग्री हस्तान्तरण गरेको  नेबिसंघ नुवाकोट कोषाध्यक्ष स्वेच्छा उप्रेतीले जनाकारी दिए ।

माता मनकामनाको साधारण सभा

विदुर/माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढुङ्गेको छैटौँ बार्षिक साधारण सभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारण सभाले विदुरमा हरेको नयाँ आन्तरिक पर्यटकिय क्षेत्रको पहिचान र प्रचारमा समेत टेवा पु¥याएको छ । बनदेवी मन्दिर परिषरमा भएको साधारण सभाले त्यस क्षेत्र भ्रमण, कार्यक्रम तथा ‘पिकनिक’का लागि उपयुक्त रहेको देखाएको छ । सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले स–साना लगानीसँगै ठुला ब्यबसायीक क्षेत्रमा अग्रसर हुनु पर्ने बताए । छरिएको पुँजी सङ्कलन गर्दै ठुलो रकम जम्मा गर्ने सहकारीहरू ब्यबसायीक क्षेत्रमा आएमा मुलुकमा आर्थिक सम्बृद्धि हुने उनको तर्क छ ।
सहकारीका अध्यक्ष नबिनकृष्ण राजभण्डारीले सहकारीमा आबद्ध सदस्यहरूको हितका लागि जीबन सुरक्षा कोषको ब्यबस्था गरेको घोषणा गरे । स्थापनाको छोटो समयमा सहकारीले गरेको प्रगति र सदस्य बीच छाएको लोकप्रियताको सहभागिहरूले चर्चा गरे ।

बजारमा ‘स्पिड लिमिट बोर्ड’

बट्टार/जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बट्टार बजारमा ‘स्पिड लिमिट बोर्ड’ राखेको छ ।
नुवाकोट उद्ययोग बाणिज्य संघको सौजन्यमा बोर्ड राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय बजार क्षेत्रमा सबारी दुर्घटना बढेकोले ट्राफिक सङ्केत राखिएको बताइएको छ ।
नुवाकोटको सडक अन्तराष्ट्रिय राजमार्गको रुपमा विकास भएकोले बढ्दो बसारी चाप अनुसारको ट्राफिक सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् । सवारी चालक चालकदेखि नागरिकहरूलाई समेत सचेता बनाउने र ट्राफिक नियम स्मरणका कार्यक्रम र गतिविधिहरू आवश्यक रहेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । त्यही अभियान अन्र्तगत यसरी संकते वोर्डहरू राखिएको प्रतिक्रृया उनले दिएका छन् । 

सुख्खा बन्दरगाहको शिलान्यास

विदुर/मित्रराष्ट्र चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको एक  कार्यक्रमका बीच बुधबार शिलान्यास भएको छ ।
दुई वर्ष अघिदेखि निर्माणको हल्ला चलिरहेको बन्दरगाहको सिनर्माणको अब सुरुवात भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र तिब्बत कमर्स डिपार्टमेन्ट अफ् चाइनाका निर्देशक पियान चनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका छन् ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बत फुली कन्ट्रक्सनले लिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गामा सुख्खा बन्दरगाह बनने छ । त्यसका लागि आवश्यक सबै जग्गा अधिग्रहण भइसकेको छ ।
रसुवागढी नाकालाई व्यवस्थित बनाउनका लागि अघि बढाइएका प्रमुख तीन काममध्ये यो एक रहेको जनाइएको छ । स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति, नाकामा एकीकृत जाँच चौकीको निर्माण र सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा रहेको छ । 
पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब रहने छ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० बर्गमिटरका दुई वटा जाँचपास स्थल हुनेछ । ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने छ । 

बिप्लव समुहका दुई कार्यकर्ता पक्राउ

विदुर/मंगलवार नुवाकोटको लिखु गाउँपालिका वडा नं. ३ स्थित ढिकुरे बजार र चौखुडा जोड्ने पुल नजिकबाट नेकपा बिप्लव समुहका दुई जना कार्यकर्ताहरूलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
चन्दा संकलन गरेर जाँदै गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूको पिछा गरी पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नं. १ का ६३ वर्षिया  कृष्णहरि घिमिरे र रामेछाप सुनपानी गाउँपालिका वडा नं. ३ का ३१ वर्षिया रामदल श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरूसित सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै दुब्र्यहवार गरेको र अनुसन्धानमा वाधा उत्पन्न गरेको आरोप प्रहरीको छ । घिमिरेका साथबाट ४५ हजार ६३५ र श्रेष्ठको साथबाट १२ हजार २७५ फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले उक्त रकम चन्दा संकलनको रहेको अनुमान गरेको छ । उनीहरू चढेको ना २२ प ३००९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा राखेको छ ।
बुधवार जिल्ला अदालत नुवाकोटमा पेश गरी उनीहरूमाथी सार्वजनिक शान्ति, हित विरुद्दको कसूर अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तस्बिर खबर

आर्थिक वर्ष २०७४÷७५ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने त्रिशुली ब्रिडिङ एण्ड रिसर्च फार्म प्रालिका सञ्चालक विष्णुप्रसाद रिमाललाई मंसिर ४ गते आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आन्तरिक राजश्व कार्यालय कलंकीले सम्मान गर्दै । तस्बिर : इमेज  

काफलगेडीद्धारा खाद्यान्न सहयोग

विदुर/काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोलोनीले १२ औं बार्षिक साधारण सभाको अवसरमा वृद्धवृद्धाहरूलाई शनिवार खाद्यान्न र नगद सहयोग गरेको छ ।
देविघाटमा रहेको वृद्धाश्रममा शनिवार सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी ११ हजार रुपैयाँ अक्षकोषका लागि र केहि दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको हो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वृद्धाश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाललाई नगद र सामाग्री हस्तान्तरण गरे । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त हसयोग प्रदान गरेको सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।
यसै बीच, सहकारीको बार्षिक साधारण सभा शनिवार नै ढुङ्गेमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गरे । उनले त्यस अवसरमा आर्थिक सम्बृद्धीको पहिलो पाटो सहकारी रहेको बताए । समन्वय प्रमुख तामाङले बैङ्क तथा अन्य बित्तिय संस्थाले साना ब्यबसायीहरूलाई सम्बोधन गर्न नसकेकाले सहाकरीको योगदान ठुलो रहेको बताए ।
सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बिभिन्न निकायसँग समन्वय गर्दै युवाहरूलाई समेत ब्यबसायीक क्षेत्रमा काफलगेडी सहकारी संस्थाले जोड्दै आएको बताए ।
सहकारीको १२ औँ साधारण सभाले अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष प्रदिपरत्न शाक्यद्धारा प्रस्तुत प्रतिबेदन पारित गरेको छ । सहकारीले यस आर्थिक बर्षमा ५ लाख रुपैयाँ भन्दा बढि रकम खुद नाफा गरेको छ । लगानीको उच्च प्रतिफल दिदै आएको सहकारीले शेयर रकम बढाउने निर्णय गरेको छ । सहकारीले बिदुर नगरपालिका वडा नम्बर ९ कोलोनीमा ब्यबसायीक भवन निर्माण गर्ने पनि जनाएको छ । शेयर सदस्यहरूबाट शेयर रकम थप गर्दे ब्यबसायीक भवन निर्माण गर्ने सहकारीको योजना रहेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यका एसईई परीक्षामा उत्कृष्ठ हुने छोराछोरीहरूलाई सम्मान गरेको छ । मनिस केसी, श्रेया अधिकारी र लस्ता महर्जन सम्मानित भएका छन् । उनिहरूलाई जनही ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । 

सुइरे चौर प्याराग्लाडिङ्गको गन्तव्य

तस्बिरःराजेन्द्रप्रकाश लोहनीको फेसबुक

– हरि भेटुवाल
शिवपुरी/यहाँको ‘सुइरे चौर’ प्याराग्लाडिङ्गको गतिलो गन्तव्य बन्ने  सम्भावना छ । सात जिल्लाको दृश्य देखिने र रमणीय स्थान रहेको सुइरे चौरबाट लाङटाङ, गणेश, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ ।
खुल्ला आकाशमा पन्छि जस्तै स्वतन्त्रपूर्वक उडेर खेलिने साहसिक खेलको रुपमा रहेको प्याराग्लाडिङ्ग प्रतिको आर्कषण पछिल्लो समय युवापुस्तामा बढ्न थालेको हो । ‘प्याराग्लाडिङ्गको लागि हावाको स्तर मिल्नुपर्ने र त्यस्तो वातावरण सुइरे चौरमा पर्याप्त भएकाले पनि प्याराग्लाडिङ्गको लागि सुइरे चौर उत्तम स्थान रहेको बिज्ञहरूले बताएका छन् ।
जाडो तथा चिसो मौसम सुरु भएसंगै त्यहाँ नेपालका विभिन्न स्थानबाट बनभोज तथा पिकनीक आउनेको सङख्यामा पनि वृद्धि भईरहेको छ । त्यसका साथै यस क्षेत्रको विकासको लागि प्याराग्लाडिङ्ग आएसंगै पर्यटन आगमनमा पनि वृद्धि हुने प्रति स्थानियहरू खुसी भएका छन् ।
समग्र नुवाकोटको विकाशको लागि आफु पहिलेबाट नै प्रयत्नरत रहेको र त्यस मध्येको एउटा महत्वपूर्ण आधार प्याराग्लाडिङ्ग भएको शिबपुरी गाँउपालिकाले जनाएको छ । सुइरे चौर काठमाडौंसंगै छ ।


सडक मर्मत थालियो

विदुर/पासाङल्हमु मार्गको बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न थालेको छ ।
सुख्खायाम सुरु भएसँगै बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुदै स्याफ्रुबेशीसम्मको सडकमा परेको खाल्डाखुल्डी पुर्न सुरु गरेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । गएको शनिबारदेखि धुन्चे–कालिकास्थान सडकखण्ड अन्तर्गत स्याउबारीबाट खाल्डाखुल्डी परेको सडक मर्मत सुरु गरेको कार्यालयले जनायो ।
गएको बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि बिग्रिएका सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरिएको थियो । छलफलले सडक डिभिजन कार्यालय नुवाकोटको समन्वयमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको नेतृत्वमा बिग्रेका सडक मर्मतको काम सुरु गर्ने निर्णय गरिएको थियो । सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यका अनुसार आवश्यक जेसिभि, लोडर र टिपर प्रयोग गरि बिग्रेको सडक मर्मत सुरु भएको छ ।
यस्तै, अन्तराष्ट्रिय ब्यापारिक नाका जोडिएको सडक जिर्ण बने पछि सडक मर्मत गरी सहज रुपमा सवारी सञ्चालन गर्ने वातावरण बनाउन सवारी चालकहरूले सम्बन्धित निकायसंग माग समेत गरेका छन् ।

१३ योजनाका लागि ३ करोड

योजना छनौटका लागि सांसद बद्री मैनाली जनतासित अन्तरक्रिया गर्दै । 
विदुर/नुवाकोटबाट निर्वाचित प्रदेश नं. ३ का सांसद् बद्री मैनालीले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त तीन करोड रुपैयाँ १३ वटा योजनामा बाँडफाँट गरेका छन् ।
कार्यक्रम निर्देशक समितिको बैठकले प्रदेश क्षेत्र नं. ‘ख’ का २२ वटा वडाबाट माग भएका १३ वटा योजनामा बजेट तर्जुमा गरिएको सांसद् मैनालीले जानकारी दिए । चारवटा वडामा ठूला चार वटा योजना पचास लाख रुपैयाँ बिनियोजन गरेको र बाँकी ९ वटा योजना १० देखि १५ लाख रुपैयाँको रहेको उनले जानकारी दिए ।
५० लाखको योजना लिखु गाउँपालिकाको वडा नं. ५ र ६ मा मरणपाटी मुलकुलो थानसिंग सिचाई, ककनी गाउँपाकिला वडा नं. ७ को सिस्नेरी छहरे डुम्रीचउर सिचाई योजना, ककनी वडा नं. ३ को लाउके–डिपबोरिङ–मुकुन्देश्वरी मावि–आलेटार पैरे खानेपानी योजना र ककनी वडा नं. ४ को ३५ किलो जुरेथुम–कटुञ्जे–ओख्ले बेलकोटगढी सडक छन् । बाँकी ९ वटा योजनामा एक करोड बिनियोजन गरिएको छ ।
पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद्ले ३ करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि खर्चन पाउने छन् । 

६० मेगावाटको त्रिशुली थ्रि ए उद्घाटन

विदुर/चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशुली थ्रि ए आयोजनाको गएको सोमवार औपचारिक रूपमा उद्घाटन भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्ने बताएका छन् । सरकारको हैसियत अनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउने तर्फ लाग्न प्रधानमन्त्रीले आग्रह गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजना निर्माण सम्पन्न भएपनि स्थानिय नागरिकहरूको चाहना अनुसारका बाँकी कार्यक्रमहरूलाई नेपाल सरकारले सम्बोधन गर्ने बताए । बिभिन्न कारणले रुग्ण आयोजनाको रुपमा राखेको आयोजनालाई नुवाकोट र रसुवाकै नागरिक र जनप्रतिनिधिका कारण आयोजना निर्माण सम्न्न भएको बताए ।
अर्थमन्त्रि डा. युवराज खतिवडाले नुवाकोट र रसुवा हाललाई नेपालको बिद्युत उत्पादन जिल्लाको रुपमा नेपाल सरकारले लिएको बताए । दश बर्षे रणनीति बनाउदै नेपाल सरकारले नेपाललाई नै दक्षिण एसियामा जलबिद्युतको पावर हाउसको रुपमा स्थापित गर्ने नीति लिएको उनले बताए ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको बताए । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको बताउदै उनले माथिल्लो त्रिशुली थ्रि ए जलबिद्युत आयोजनाले नेपालको कुल बिद्युत प्रबाहमा ८ प्रतिशत योगदान दिएको उनले बताए ।
क्षमता वृद्धि, भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा पर्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटले पनि बितेको साउन १५ गतेदेखि परीक्षण उत्पादन गरेको थियो ।
अनुमानित लागत १२ अर्ब ६० करोड  रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलित ऋणमा निर्माण भएको हो ।
प्राधिकरणका अनुसार यस आयोजनाबाट करिब नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै हिउँदका तीन महिना आयोजनाले ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक करिब पाँच अर्ब आम्दानी गर्छ ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।  चिनिया एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो ।
उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रप अफ कम्पनीज (सिजिजिसी)संग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।  आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने बताइएको छ । यसै बीच, २०७७ फागुन मसान्तभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य राखेको माथिल्लो त्रिशुली ३ बीको निर्माण कार्य ४० प्रतिशत सकिएको छ । किस्पाङ गापा–५ मा रहेको आयोजनाको सुरुङ खन्ने, विद्युतगृह, सर्च ट्यांक, पेनस्टकको प्रारम्भिक निर्माण कार्य भइरहेको छ । अहिलेसम्म १२ सय मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो ।

सडकमा पोलको झमेला

विदुर/स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक छेउमा रहेका विद्युतको तार र पोल सार्न नसक्दा सडक स्तरोन्नतिको काम स्थगन भएको छ ।
स्याफ्रुबेँसीदेखि रसुवागढी सम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तराष्ट्रिय राजमार्ग दुई लेनको कार्य चीन सरकारको सहयोगमा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदार समेत कार्यक्षेत्रमा आइसके पनि सडक छेउमा रहेका विद्युत लाइन अन्यत्र सार्न ढिलाइ हुँदा राजमार्ग स्तरोन्नति गराउने काम स्थगन भइरहेको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
दशैँ अगाडि नै टिमुरेको घट्टेखोलामा एक छलफल गरी सडक स्तरोन्नति गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले काम गर्न आई सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत् लाइन स्थानान्तरण गरिदिन आग्रह गरेको थियो ।
लाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण धुञ्चेलाई आग्रह गरिए पनि विद्युत् खम्बा सार्ने प्रक्रिया अगाडि नबढ्दा राजर्माग सुधारमा ढिलाइ भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।

शैक्षिक सामाग्री वितरण

विदुर/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य बहादुरसिंह लामाले आफ्नो चुनावी क्षेत्रमा पर्ने नुवाकोटको विभिन्न विद्यालयमा आफ्नै लगानीमा शैक्षिक सामग्रीका साथै न्यानो कपडा वितरण गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. ९ मा रहेको शिलासीता प्रावि, करुणाकर आधारभूत विद्यालय र महामाया माविमा सामग्री वितरण भएको हो । ३९५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण भएको बताइएको छ । 
जनताले तिरेको करबाट प्राप्त सुविधा जनतालाई नै फिर्ता गर्ने उद्देश्यले शैक्षिक क्षेत्रमा टेवा पु¥याउन यो अभियान थालेको तामाङले प्रतिक्रृया दिए ।

बाल अधिकार दिवस विशेष समुदाय र एफएममा

विदुर/अन्तराष्ट्रिय बाल अधिकार दिबसको अबसरमा बुधवार नुवाकोटमा कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा गेर्खुमा रहेको सुर्योदय सामाजिक क्लबमा बाल अधिकार सम्बन्धि बहस गरिएको छ ।
यही सन्र्दभमा नुवाकोटको सामुदायिक रेडियो ८८.४ मेगाहर्जमा रेडियो त्रिशुलीले समेत विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, जिल्ला सरकारी वकिलको कार्यालय नुवाकोटका प्रमुख न्यायधीबक्ता गोपाल ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापा र जिल्ला बालकल्याण समिति नुवाकोटका सदस्य ईन्द्रबहादुर पण्डित सहभागि थिए ।
सन् १९८९ मा संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै यो दिबस मनाउने गरिएको छ ।
बिश्वमा सबै भन्दा धेरै मुलुकले अनुमोदन गरेको महासन्धिका रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धिलाई नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । महासन्धिको अनुमोदन पछी बाल अधिकार सम्बन्धि बिभिन्न नीति, नियम र कानुनहरू निर्माण गर्दै बाल अधिकारको संरक्षणमा लागेको छ ।

नीतिका कारण पुनर्निमाणमा ढिलाई भएको दावी

विदुर/सरकारको नीतिगत अस्प्रष्टताले भुकम्प पछिको पुननिर्माणमा ढिलाई भएको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् ।
      ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नुवाकाटले गएको सोमवार गरेको कार्यक्रममा सहभागीहरूले सरकार परिवर्तन भएपछि भएको नीति फेरबदलले पुननिर्माण सन्तोषजनक नरहेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले लाभग्राहीको छनोट प्रकृयामै पुननिर्माण प्राधिकरण अल्झिरहेकोले अहिले सन्तोषजनक रुपमा पुननिर्माण हुन नसकेको बताए ।
अधिबक्ता कृष्णप्रसाद भण्डारीले पुननिर्माणमा सदाचारको कार्यक्रम सञ्चालन गर्ने देखि पुनर्निमाणमै काम गरिरहेका गैर सरकारी संस्थाहरूको गरेको कामको पारदर्शिता खोज्नु पर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारले निजी आवास निर्माणमा भएका प्रगति बारे प्रतिवेदन प्रस्तुत गर्यो । नुवाकोटमा तेश्रो किस्ता लिनेको सङ्ख्या ७३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा भुकम्पले क्षति पुर्याएको २६ वटा विद्यालयको पुननिर्माण कार्य सुरु हुन नसकेको पनि बताइएको छ ।
बिदुर नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत दिवाकर चापागाई, शिक्षा तथा समन्वय ईकाइ नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, सम्बाद समुह नुवाकोटका कार्यक्रम संयोजक सन्तोष खनाल लगायतले पुनर्निमाणको लामो समय गुज्रिसक्दा पनि हुननसकेको प्रगतीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

शिक्षकलाई यथास्थानमा राख्न विद्यार्थीको दवाव

विदुर/लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयमा गणित विषय अध्यापन गराउदै आएका राजु मिजारलाई सूर्यगढी गाउँपालिकामा सिफारिस गरेको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीले विरोध जनाएका छन् । गएको कार्तिक २९ गते शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक सेवा आयोगमा उर्तीण भएका प्राथमिक तहका शिक्षकहरूलाई स्थानीय तह छनौट गरी नियुक्ति पत्र दिएको थियो ।
डेढ वर्ष अघि क्षेत्रपाल माध्यामिक विद्यालयले गणित शिक्षक मिजारलाई करारमा नियक्ति गरेको थियो । मिजार विद्यालयमा नियुक्ति भएसँगै विद्यार्थीहरूको गणित विषयको नतिजा राम्रो हुदै आएको भन्दै अन्य शिक्षकलाई विद्यालयमा पठाउनुको सट्टा उनलाई पठाईदिन माग गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राई, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अगस्ती सहित कक्षा १० का विद्यार्थीहरूले मबुधवार शिक्षा  विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापन पत्र बुझाएका छन् ।
गणित शिक्षक मिजारलाई प्राथमिक शिक्षकमा नियुक्ति गरी अन्यत्र पठाउदा एसईईको परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने देखिएकोले यस विषयमा विद्यालयको ध्यानाकर्षण  भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक मिजारको लागि पालिका विभाजन गर्दा क्षेत्रपाल माध्यामिक विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति हुने गरी लिखु गाउँपालिकामा सिफारिस गरिदिन स्कुलको माग छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका निमित्त प्रमुख विजयराज बडुले इकाई प्रमुख काम विशेषले नुवाकोट बाहिर रहेकाले लिखु गाउँपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक लगायतसँग छलफल गर्ने प्रतिक्रृया दिएका छन् ।
लिखु गाउँपालिकाको विभिन्न विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति गर्न ४ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गरि पठाएको थियो ।

२०७६ मङ्सिर ९ गतेको सम्पादकिय

ओझेल पर्दै छ धुञ्चे
सामान आयातका लागि चीनसितको नाका रसुवागढी जाने सवारी साधनले रसुवाकै मैलुङतर्फको सडक प्रयोग गर्न थालेको देखिएको छ । सडक दुरी कम भएकोले पेट्रोल, डिजेल कम लाग्ने भएकोले यो सडक बढीको रोजाईमा पर्न थालेको हुनसक्ने । भदौंको अन्तिम दिनबाट फेरि सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेको अनुमान सहज रुपमा गर्न सक्निछ । वर्खाभरि बन्द जस्तै रहेको उक्त सढडक खण्ड अहिले बढि ब्यस्त हुनुका कारण सहज भएर भन्दा पनि छोटो दुरी भएर नै हो । सुरक्षाका हिसावमा पनि प्रहरी चौकी स्थापना भएपछि चालकहरूले केही सहजता महशसु गरेका छन् । दैनिकरूपमा सयाँै सवारी साधन गुड्ने नदी किनारको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको छ । गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको अधिकांश ठाउँका राजमार्ग फराकिलोे पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन सहज देखिएको छ । गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हँुदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर रहेको छ । यता, बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम पर्ने भएकाले ईन्धन खपत हुने छ ।
त्यसो त, रसुवा जिल्लाको ग्रामिण बस्तीहरूमा सडक सञ्चालनले जोडिएपछि चहल–पहल बढदै गएको छ । र त्यो संगै पुरानो मार्ग र त्यसको केन्द्रमा रहेको धुञ्चे सुनसान बन्दै जान थालेको छ । २०४२ सालमा नुवाकोटको त्रिशुली बाट सोमदाङसम्म १०५ किमि सडक निर्माण भएपछि धुञ्चे सम्म केन्द्रित बस सेवा अहिले गाउँ गाउँ पुगेको छ । यसरी ग्रामिण् भेगमा बढेको चहल पहल र सिमा जाने सवारी साधनहरूले छोटो मार्गका कारण तल्लो बाटो प्रयोग गरेपछि पुरानो सडक र त्यसमा आश्रित विकासोन्मुख बजार अनि धुञ्चे बजारमा मार पर्न थालिसकेको छ । लामो समय देखि विकास हुँदै आएको सभ्यता र भौतिक संरचनाको पूर्ण भोग नहुँदै धुञ्चे र रसुवाको पुरानो सडक आसपासमा देखिएको सुनसानले बदलिदो मानव रुची र नयाँ क्षेत्रको सम्भावनाहरूलाई प्रस्तुत गरिरहेको छ ।

Sunday, November 17, 2019

१८ महिनामा १० प्रतिशत काम

सोलार प्लान्ट निर्माण ९ महिनामा सकिनुपथ्र्यो

ऊर्जामन्त्री वर्षमान पुन लगायतका पाहुना १८ महिना अघि नुवाकोटको देविघाटमा सोलार प्लान्टको शिलान्यास गर्दै । फाईल तस्बिर 

इमेज समाचारदाता
विदुर/सरकारले निकै महत्व दिएर अगाडी बढाएको आयोजनाको तोकिएको मिति सक्किदा पनि कामको सुरुवातै नै नभएको छैन ।
नुवाकोटमा निर्माण सुरु भएको २५ मेगावाटको सोलार प्लान्टको काम सुस्त बनेको छ । सोलार प्लान्ट निर्माणको ठेक्का सम्झौता भएको मिति सकिएपनि कामले तिब्रता पाउन सकेको छैन । यो योजना १० महिना पहिल्यै सम्पन्न हुनुपर्ने थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ वैशाख १४ मा सोलार प्लान्ट शिलान्यास गरेका थिए । यसलाई नौ महिनामा सक्ने लक्ष्य राखिएको थियो । २५ मेगावाटको डेभलपमेन्ट अफ ग्रिड सोलार फार्म नुवाकोटको निर्माणको गति भने अत्यन्तै सुस्त भएको छ । शिलान्यास भएको १९ महिना बित्दा समेत बिजुली उत्पादनको आधार समेत तयार हुन सकेको छैन । आयोजनाको साइट क्लियर समेत हुन सकेको छैन । ग्रिड सोलार एन्ड इनर्जी इफिसियन्सी प्रोजेक्ट कोअर्डिनेटर नुतनदेव भट्टराईले मुद्दा–मामिला र समयमै साइट क्लियर हुन नसक्दा सोलार प्लान्टको निर्माण समयमा सम्पन्न हुन नसकेको बतए । मुद्दा–मामिला र समयमा नै साइट क्लियर हुन नसक्दा आयोजनाको समय लम्बि रहेको उनको तर्क र दावी छ ।
सोलार ग्रिड राख्नको लागी करिब सय रोपनी क्षेत्रफलको अझै साइट क्लियर हुन बाँकी छ । आयोजनाका अनुसार अहिलेसम्म १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सन् २०१७ मा उक्त आयोजनाको ठेक्का राइजिन इनर्फीले पाएको थियो । 

चराले दुखायो मेयरको टाउको

विदुर/विदुर नगरपालिका वडा नं. ६ तिर उड्ने चराचुरुङ्गी अहिले नगरपालिकाको टाउको दुखाई बनेको छ । नगर क्षेत्रको फोहोर फालेको ठाउँ वरपर उड्ने चराका कारण नागरिकहरूले डम्पिङ साइट नै सार्नुपर्ने माग लिएर मेयरसंग भेट गरेका छन् । चराले फोहोर बोकेर घरघरमा आउने भएपछि फोहोर फाल्ने ठाउँकै विकल्प खोज्न स्थानियहरूले विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई आग्रह गरेका हुन् ।
विदुर नगरपालिका वडा नम्बर ६ का नागरिकहरूले डम्पिङ साईडका कारण आफुहरू समस्यामा परेको भन्दै नगर प्रमुख सञ्जु पण्डितको ध्यानाकर्षण गराएका हुन् ।
नगरपालिकाको वडा नम्बर ६ मा रहेको पुरानो ‘खम्बालीक्याम्प’मा नगरपालिकाको फोहोर थुपार्दा समस्या भएको स्थानीयहरूले बताएका छन् । केन्द्रिय कारागार निर्माण भैरहेको स्थल नजिकै ३५ बर्ष देखि फोहोर व्यवस्थापन हुँदै आएको छ । त्यहाँको फोहोरबाट आएको दुर्गन्धले स्थानियहरूको स्वास्थ्यमा प्रतिकुल असर परेको स्थानीयहरूको दावी छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले फोहोर बिर्सजनको लागी बिकल्पको खोजी भैरहेको उनीहरूलाई बताएका छन् । स्थानीयको सम्भव भएका माग तत्कालै पुरा गर्ने नगरपालिकाले जनाएको छ । अहिले फोहोर फालिरहेको स्थानमा केन्द्रिय कारागार तयार भइरहेकोले पनि विदुर नगरपालिकाले नयाँ र लामो समय प्रयोगमा आउन सक्ने डम्पिङ साइटको खोजी गरिरहेको छ ।  

एक हजार शिक्षक नपुग

विदुर/शिक्षक सेवा आयोगले नुवाकोटका सबै स्थानिय तहहरूमा (१२ वटै) प्राथमिक तहका शिक्षक पठाएको छ ।
दुप्चेश्वर गाँउपालिकामा २१, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकामा र शिवपुरी गाउँपालिमा १४/१४ जना, तादी गाँउपालिकामा १० जना, सुर्यगढी गाँउपालिकामा ९ जना, म्यागाङ र पञ्चकन्या गाँउपालिकामा ८/८ जना, किस्पाङ, तारकेश्वर र ककनी गाँउपालिकामा ६/६ जना, लिखु गाँउपालिकामा ४ जना प्राथमिक तहका शिक्षक पठाएको छ ।
नुवाकोटलाई अहिले १२० जना प्राथमिक तहको शिक्षक आयोगले पठाएको हो । नुवाकोटमा रहेका सबै बिद्यालयलाई आबाश्यक शिक्षकको संख्या एक हजार
भन्दा बढि रहेको बताईएको छ । नपुग भएका शिक्षकहरूका लागिस्थानियतहहरूले स्वयंमसेबक शिक्षकको रुपमा परिचालन गर्न सुरु गरेको छ । आयोगबाट अपुग भएका शिक्षकहरूको ब्यबस्थापनमा स्थानिय तह आफै जुट्न थालेको छ । जसले गर्दा प्राय : स्थानीय तहको विकास तथा निर्माणको बजेट चाँही शिक्षकको तलवमा खर्च भइरहेको छ ।   

कलिला हातहरूको अपत्यारिलो विज्ञान सृजना

 बट्टार/सुभेनियर ईङ्लिस बोडिङ स्कुलले आफ्ना विद्यार्थीहरूले आविष्कार गरेको बिज्ञानको सामाग्रीको प्रदर्शनी गरेको छ ।
बिद्यालय प्राङ्गणमै १ दिन सञ्चालित प्रर्दशनीमा कक्षा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने बालबालिकाहरूले सिृजना रहेको थियो । बिज्ञान प्रदर्शनीमा ५५ प्रकारका सामाग्रीहरू रहेका थिए । नुवाकोट साइन्स क्लबको प्राबिधिक सहयोगमा बिद्यार्थीहरूले बिभिन्न सामाग्रीहरू निर्माण गरेका हुन् ।
प्रदर्शनीमा राखिएका बिषयहरूले बिद्यार्थीहरूमा प्रयोगात्मक शिक्षामा जोड दिएको बिद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए । सुभेनियरको विज्ञान प्रर्दशनी हेर्नका लागि छिमेकी विद्यालयमा अध्ययानरत विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका प्रतिष्ठित व्यक्तिहरूको भिड लागेको थियो । विदुरका झण्डै २० विद्यालयबाट विज्ञान प्रदर्शनी अवलोकनका लागि आएका थिए ।

स्वचालित धारा, क्विज बक्स, रिमोटबाट सञ्चालन हुने गाडी, स्मार्ट सिटि, दैनिक घरमा प्रयोग हुने अत्यावश्यक सामाग्रीहरू, हाइड्रोपावरको नमूना, वाईफाईको नयाँ पुस्ताको परिकल्पना गरिएको लिफाई लगायतका बैज्ञानिक आविष्कार बढि रोचक थिए । दुई हजार भन्दा बढिले प्रर्दशनी अवलोकन गरेको अनुमान छ ।

दैनिक रुपमा कितावी पढाईका लागि कक्षा मात्रै सञ्चालन हुँदा बिद्यार्थीहरूमा शैक्षिक बोध नहुने भएकाले क्लबको प्राबिधिक सहयोगमा बिज्ञान प्रदर्शनी कै आयोजना गरेको सुभेनियर बोडिङ स्कुलका बिज्ञान बिषयमा शिक्षक काजी खानले बताए ।

डंगोलको चित्रकला ग्यालरी

विदुर/बेत्रावतीका कलाकार शशीकुमार डंगोलको चित्रकलाको ग्यालरी तथा विक्रि केन्द्र नुवाकोटमा स्थापना भएको छ । २५ वर्षदेखि चित्रकलामा क्रियाशिल कलाकार डंगोलको आर्ट ग्यालरी विदुर स्थित सुखद पाहुना घरमा सञ्चालनमा आएको हो ।
कलाकार डंगोल र सुखद पाहुना घरका सञ्चालक ध्रुवकुमार रावलले संयुक्त रुपमा सुरु गरेको आर्ट ग्यालरीको गएको आइतवार एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन भएको छ । बरिष्ठ कलाकार राकेशचन्द्र श्रेष्ठले नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई कलाकार डंगोलको चित्रकला हस्तान्तरण गरेर ग्यालरीको समुद्घाटन गरेका हुन् ।
सुखद आर्ट ग्यालरीमा कलाकार शशीकुमार डंगोलले तयार पारेको नुवाकोट रसुवा तथा अन्य स्थानका जनजीवन, ऐतिहासिक स्थल र विभिन्न पक्षलाई समेटिएको चित्रकलाहरू राखिएको छ । प्रर्दशनी तथा विक्रिका लागि सुरु भएको आर्ट ग्यालरीमा अहिले ३० भन्दा बढी चित्रकला रहेको छ । आफ्नो जीवनको सबै भन्दा ठूलो सपना पुरा भएको भन्दै यसले मोफसलमा पनि कलाकारिताको संरक्षण र श्रीवृद्धिमा टेवा पुग्ने कलाकार शशीकुमार डंगोलले बताए ।
चार दिनसम्म चलेको रसुवा कला यात्राको समापनको क्रममा नुवाकोट आइपुगेका राष्ट्रिय कलाकारहरूको बीचमा आर्ट ग्यालरीको सुरुवात भएको हो । उत्कृष्ठ चित्रकलामा नाम कमाएका बेत्रावतीका कलाकारले नुवाकोटमा सुरु गरेको आर्ट ग्यालरीले कलाको संरक्षण र विकासका लागि उपत्यका भन्दा बाहिर पनि अभियान सुरु भएको सन्देश मिलेको बरिष्ठ कलाकाहरूले बताएका छन् ।
कलाकारितामा समेट्न सकिने, ऐतिहासिक क्षेत्र, परिवेश र प्रकृति नुवाकोट र रसुवामा रहेको उल्लेख गर्दै बरिष्ठ कलाकार दीपेन्द्रमान बनेपालीले यसरी सुरु भएको आर्ट ग्यालरी नेपालका लागि नै नमूना रहेको बताए ।

जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने

विदुर/विभिन्न नीतिगत निर्णय गर्दै जिल्ला समन्वय समिति नुवाकोटको तेश्रो जिल्लासभा गएको सोमबार सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको समग्र विकासमा जनप्रतिनिधिहरू लागिपर्ने र सवै सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा सम्वृद्ध जिल्ला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभाले जिल्लामा हुने गरेका विकास निर्माणका कामहरूको प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । जिल्ला सभाले अनुगमनका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आगामी दिनमा समन्वय समितिको कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
तेश्रो जिल्ला सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले डोजर लगाउदैमा बिकास तिब्र भयो भन्ने गलत भान परेको बताए । सडक निर्माण मात्रै स्थानिय तहको बिकास नभएको बताउदै उनले डोजरकै कारण केहि जनप्रतिनिधिहरू माथी प्रश्न चिन्ह उठेको बताए ।
अर्का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले संघियताको सार्थकता नै स्थानिय सरकारको सफलतामा अन्तरनिहित भएको बताए । संबिधानको भावना अनुसार पारदर्शि र सुशासनयुक्त स्थानिय शासन प्रबद्र्धनमा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने बताए ।
जिल्ला सभामा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले २०७६÷७७ को लागी २० बुँदे बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । तामाङको नीति तथा कार्यक्रममा भ्रमण बर्ष २०२० अभियानलाई प्रभाबकारी बनाउने, २०७७ असार मसान्त भित्र जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्ने, नदीलाई स्वच्छ र सफा बनाउने, त्रिशुली नदीलाई निर्मलिकरण गर्ने योजना छन् ।
यसका साथै जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास र विस्तारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने नीतीगत निर्णय समेत गरेको छ । जिल्ला सभाले स्थानिय तहहरू भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन जोड दिएको छ । प्रदेश नम्बर ३ को राजधानी नुवाकोट
लाई बनाउन पहल गर्ने छ । नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य अनुसार नुवाकोटमा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउनको लागी स्थानिय तह बीचमा आपसी समझदारी तथा समन्वय गर्ने भएको छ ।
यस्तै, सबै स्थानिय तहले आफ्नो क्षेत्र भित्र १÷१ वटा ‘होम स्टे’ अभियानलाई स्थापित गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिले सम्पादन गरेका कार्यहरू तथा जिल्लाको समग्र विकासको लागि आगामी नीति तथा कार्यक्रमहरू र तादी गाउँपालिका प्रमुख नारायण पाण्डेले बाचन गरेका गर्नुपर्ने कार्यहरू सहितको प्रतिबद्दता पत्र सर्वसम्मत पारित गरी नुवाकोटको तेश्रो जिल्ला सभा सम्पन्न भएको हो ।

खरिद नियमावलीको विरोधमा व्यवसायी

विदुर/नुवाकोट निर्माण ब्यबसायी संघले सार्बजानिक खरिद नियमावलीको आठौ संसोधनले ब्यबसायीहरूमा नकारात्मक असर परेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को ध्यानाकर्षण गरायो ।
गएको सोमवार ७७ वटै जिल्लाबाट महासंघको निर्णय अनुसार सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । राज्यको पुँजिगत खर्चको ६५ प्रशित बजेट कार्यान्वयन गर्ने ब्यसायीहरूलाई राज्यले नियमावली संसोधन भन्दै ब्यसायीहरूलाई धारासायी बनाउने काम गरेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । नुवाकोट निर्माण ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरेलले सार्बजानिक खरिद नियमावलीको पटक पटक संसोधनले ब्यसायीहरूले काम गर्न नसक्ने बनाएको बताए । राज्यको ठुलो रकम खर्च गर्ने क्षेत्रमा काम गर्ने बाताबरण सिर्जना गर्नुको सट्टामा राज्यले नै बाधा र अड्चन सिर्जना गरेको उनको भनाई छ ।
सार्बजानिक खरिद नियमावलीको छैटौँ संसोधन देखिनै ब्यबसायीहरूले बिरोध गर्दै आएका छन् । ठेक्क बिडिङ गर्दा देखिनै राज्यले ब्यबसायीहरूलायृ आर्थिक भार बढाउदै लगेको बताएका छन् । ठुला ठुला ठेक्का बिडिङ गर्दा बैङकले बनाउने लेटर अफ क्रेडिटको लागी ठुलो रकम बुझाउनु पर्ने भन्दै त्यसलाई न्युनतम शुल्क निर्धारण गर्न ब्यबसायी संघले माग गरेको छ । यस्तै, निर्माण ब्यबसायी महासंघले राज्यले लिएको हालको नीतिले साना ब्यबसायीहरूलाई बोलपत्रमा भाग लिनै नसक्ने अबस्था सिर्जना गरेको जनाएको छ ।
ठेक्का सम्झौतागरी लामो समयसम्म काम नगर्ने ठुला ब्यबसायीहरूलाई लागु गर्नुपर्ने नीति साना ब्यबसायीहरूलाई लागु गरेको भन्दै महासंघले बिरोधको कार्यक्रम गर्दै आएको छ ।

मासु, अण्डामा अनुदान घट्दै

विदुर/मासु र अण्डामा नेपाल आत्मनिर्भर भएकाले सरकारले यस तर्फ अनुदानको कार्यक्रम घटाउदै लगेको प्रदेशसभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताए ।
नुवाकोटका पोल्ट्रि ब्यसायीहरूको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मासु र अण्डा नेपालमा पर्याप्त उत्पादन भैरहेकाले राज्यले अनुदानका कार्यक्रम कटौती गरेको बताए ।
नुवाकोटका पोल्ट्रि ब्यबसायीहरूले राज्यले निश्चित मापदण्ड तयार नपार्दा आफुहरूको ब्यबसाय संकटमा परेको बताएका छन् । दिनानुदिन अस्वस्थ प्रतिष्पर्धा र अण्डा/मासुको भाउमा आएको गिरावटले ब्यबसाय बन्द गर्नु पर्ने बाध्यतामा पुगेको नुवाकोट अण्डा उत्पादन संघका कोषाध्यक्ष सुबर्णमान श्रेष्ठले बताए ।
ब्यबसायीहरूले देखासिकिको भर र प्राबिधिक ज्ञान बिना कुखुरा पाल्ने, अण्डाको दरभाउ निर्धारण नहुनु लगायतले आफुहरूमा समस्या रहेको बताए । कार्यक्रममा पोल्ट्रि ब्यबसायीहरूले अण्डाको ग्रडिङ अनुसारको दररेट निर्धारण गर्नु पर्ने उनीहरूको माग रहेको छ । 

१० हजारमा बेचिईन् बालिका

विदुर/उपत्यका बस्ने नुवाकोटका एक बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । आफन्त पर्ने सुर्यगढी गाउँपालिका–६ का चापागाउँ बस्ने सुनिता तामाङ भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नो नाता पर्ने बालिकालाई बेचेको खुल्न आएको हो । बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय ति बालिकालाई सिमा पार गराएर बिक्रि गरेको घटना सार्वजनिाक भएको छ ।
आरोपी लामालाई आठ वर्षपछि प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार छन् । उनले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ । बालिकालाई १० हजार भारतीय रुपैयाँमा बेचेको अनुसन्धान ब्यूरोले जनाएको छ ।

अध्यक्ष काठमाडौं चलान

विदुर/लागूऔषध मुद्दामा पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले काठमाडौं पठाएको छ ।
लागू औषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका वडाअध्यक्ष तामाङलाई गएको आइतवार पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाडांै बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंले २०६१ सालमा ३ वर्ष कैद र २५ हजार जरीवाना गरेको थियो । यसअघि ३० हजार धरौटीमा छुटेका तामाङ बाँकी तीन वर्ष कैद सजाय भुक्तान गनृका लागि प्रहरीले फेरि पक्रेको हो । तामाङ नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्बाचित भएका थिए ।

दुई दिनसम्म चल्यो पाँचकन्या मेला

मेला भर्न आएका पत्रकार महासंघ नुवाकोट सचिव जगदीश खनाल झाक्री भेषमा तस्विर खिचाउँदै । 
घलेभञ्याङ/नुवाकोटको पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ३ घलेभञ्ज्याङमा शनिवार र आइतवार बृहत मेला लागेको छ । पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने पाँचकन्या मेला लागेको हो ।
मेलाको अवसमार शनिवार साँझ राष्ट्रिय स्तरका कलाकारहरू ल्याएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । उक्त अवसरमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । मेलाका लागि मन्दिर परिसरको क्षेत्रमा मैदान निर्माण, सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारका काम गरिएको थियो । मेला भर्न आउने भक्तजनहरूको सुरक्षालाई लिएर स्थानिय तहले सुरक्षा संयन्त्र परिचालित थियो । बर्षैपिच्छे हुने जात्राको लागी स्थानिय तहले सहयोग गर्दै आएको छ ।
मेलामा स्थानीय र छिमेकी गाउँका झाँक्रीहरूको नाँच देखायएको छ । मेलाको पहिलो दिन झाँक्रीहरू सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ ।
बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ ।
मेलामा गाउँपालिकाबासीको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकास्तरमै बनाइएएको उत्तः मेलामा अन्य पालिका टाढाबाट समेत दर्शक तथा पाहुनाहरू आएका छन् । गाउँपालिकाको नामाकरण नै यही मन्दिरवाट गरिएकोले छ । आइतवार १ दिन स्थानिय पर्व बिदा दिने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए । 

मेरो माइक्रोफाईनान्सको साधाण सभा

बट्टार/नुवाकोटको बट्टारमा मुख्य कार्यालय रहेको मेरो माईक्रोफाईनान्स लघुबित्ति बित्तिय संस्था लिमिटेडको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष सञ्जिब मानन्धर र कार्यालय सचिब रामहरि दाहालले प्रस्तुत गरेको प्रतिबेदन पारित भएको छ । यस आर्थिक बर्षमा मेरो माईक्रोफाईनान्स लघुबित्तले २० करोड रुपैयाँ मुनाफा गरेको छ । नुवाकोटमा मुख्य कार्यालय रहेको लघुबित्तको अहिले ५२ जिल्लामा शाखा कार्यालय सञ्चालन भैरहेको छ । साधारण सभामा लघुबित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले मेरो माईक्रोफाईनान्स लघुबित्त मध्ये उत्कृष्ट दश भित्र पर्न सफल भएको बताए । कम्पनीमा लगानी गर्ने शेयर सदस्यहरूलाई उच्च प्रतिफल दिदै आएको संस्थाले ७७ वटै जिल्लामा शाखा कार्यालय सञ्चालन गरी सेवा प्रबाह गर्ने जनाएको छ ।

संगम सहकारीको अध्यक्ष नारायण

नयाँ कार्य समिति सामुहिक तस्बिर खिचाउँदै । तस्विर : इमेज
बट्टार/संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा शनिवार बट्टारमा सम्पन्न भएको छ ।
पछिल्लो समय नुवाकोटको उत्कृष्ट सहकारीको रुपमा दर्ज हुँदै आएको संगम सहकारीले यस आर्थिक बर्षमा ४० लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । छरिएको पुँजी संकलन गर्दै ब्यबसायिक क्षेत्रमा लगानी गर्दै आएको सहकारीको कुल निक्षेत्र १७ करोड रहेको छ ।
सानो बजार क्षेत्रमा समेत ठुलो आर्थिक क्रान्ति गर्न सक्षम रहेको संगम सहकारीको बार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले नुवाकोटमा रहेको सहकारी मध्ये संगम सहकारी उत्कृष्ट रहेको बताए ।  सहकारी अभियान आन्दोलन हुँदै अब ठुला ब्यबसायीक क्षेत्रमा लाग्नु पर्ने बताए । राज्यले नै सहाकरीलाई आर्थिक नीतिमा समाबेश गरेकाले राज्यको लक्ष्य अनुसार सहकारी सञ्चालन हुनु पर्ने बताए ।
साधारण सभामा सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्दै बदलिदो सामाजिक, आर्थिक, साँस्कृतिक बाताबरण अनुसार सहकारीलाई परिमार्जन गर्दै आएकोले उत्कृष्ट रहेको बताए ।
सहकारीको १५ औं बार्षिक साधारण सभाबाट नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको अध्यक्ष नारायण श्रेष्ठ, उपाध्यक्षकेशव मिश्र, सचिव विष्णुकुमार चित्रकार, सहसचिव सुजित श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ छन् । त्यस्तै सदस्यहरूमा विष्णु श्रेष्ठ, उपेन्द्रराज पाठक, शनी चित्रकार र कमला मानन्धर छन् । लेखा समिति संयोजकमा सुदिप अमात्य र सदस्यहरूमा नरेन्द्र जोशी, किरण भट्ट छन् ।  

राष्ट्रियतामाथि प्रधानमन्त्रीको दोस्रो ‘इनिंग्स’

पुरुषोत्तम लम्साल

पुरुषोत्तम लम्साल
 ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो’ कक्षा ८ मा पढ्दै गरेको गाउँको भाइले गोपाल योञ्जनले गाएको गीतलाई आफ्नै स्वरमा गाएको र अभिनय गरेको दृष्य पठायो । भर्खर जुँगाको रेखी बस्दै गरेको केटोभित्र उम्रदै गएको राष्ट्रियताको आवेग र भावनाको मैले सम्मान गरें र मायाको ‘इमोजी’ पठाएँ । ऊ खुसी भयो ।
चाणक्य भन्छन्, ‘व्यक्तिले गर्ने कुराकानीबाट उसको देशको चरित्र बुझ्न सकिन्छ ।’ यो भनाई मान्ने हो भने हामीले राष्ट्रको इज्जत गर्ने नयाँ पुस्ता तयार गर्दै गइरहेकोमा खुसी हुनपर्छ ।
एकपटक फेरि ‘भाइरल’ भयो २० वर्ष अगाडि बिधान श्रेष्ठको स्वरमा आएको गीत ‘माछी मार्न जाउँ न दाजै कालापानीमा ।’ यो गीत चल्तीमा रहँदा आजको बीस वर्षे पुस्ता जन्मिएकै थिएन । उनीहरूका लागि बिधान श्रेष्ठ फेरि ‘कालापानीका दूत’ बनेर सार्वजनिक भए । हिजोसम्म गुमनाम विजय श्रेष्ठलाई राष्ट्रियताको हावाले यति चाँडै पाखुरामा समातेर रेडियो र टेलिभिजनका अगाडि उभ्यायो ।
‘खोइ हाम्रो दिलमा त घामै लागेन’ भन्दै बद्री पंगेनीले सुस्ताबारे पोखेको दुःखेसो फेरि एकपटक जताततै ‘ट्यून’ भयो । ‘हाम्रै नालापानीको पानी पिउने धोको छ’ गाउने ऋषि अधिकारीहरूको स्वर देशभित्र र बाहिर रहेका किशोरकिशोरीले गुनगुनाउनु कम सुखद पक्ष होइन ।
सकारात्मक र स्वच्छन्द जागरणको अलग्गै मिठास हुन्छ । अझ त्यो देश र राष्ट्रियताको विषयमा भयो भने त्यसले असल सन्देश दिन्छ । सभाहरूमा बुद्धिनारायण श्रेष्ठहरू सुनिए । हिरण्यलाल श्रेष्ठहरूको माग भयो । सन्दुकहरूबाट धुँवा लागेका कागजहरू निस्कन थाले ।
कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ । लोक्ता पकाएर तयार गरिएका नेपाली कागजमा कोरिएका नेपालको पुरानो नक्सा आ–आफ्नै नाममा आउन थाले । देशको उपप्रधानमन्त्रीलाई भैरव रिसालहरूको आवश्यकता भयो र दैलोमै गएर अनुभवका खातमा अडेस लगाउन पाए ।
राज्य जनताको हातमा भएपछि नेताले सजिलै आत्मसमर्पण गर्न सक्दैन । सक्दैनन् । नसक्ने रहेछन् । जनताको एक स्वर भएपछि नेताहरू खोपी खोपीबाट निस्किएर जनताको दैलोमा आफैं पाउकष्ट गर्नु पनि आनन्दको विषय हो ।
माथिका कसैले पनि भारतको विरोध गरेका गरेका होइनन् र थिएनन् । मात्र नेपालको पक्षमा उभिएका थिए । बोलेका थिए । जागरणको यो शुभअध्याय सबैका लागि सम्झना योग्य छ । तर यही जागरण र एकतामा उभिएको वर्तमान सरकार चाँहि इतिहास मेटाउने कि भेट्टाउने भन्ने चुनौतीको तरबारको धारमा उभिन आइपुगेको छ । कमैले प्राप्त गर्ने दुर्लभ अवसर र चुनौती प्रधानमन्त्रीको रुपमा केपी ओलीले दोस्रोपटक प्राप्त गरेका छन् । अब पुनः ‘सेञ्चुरी’ हानेर कीर्तिमान लेखाउने वा सीमा मामिलामा ‘क्लिन बोल्ड’ भएर ‘पेवेलियन’ फर्कने ? जवाफ प्रधानमन्त्रीसँग मात्र छ ।
चारै वर्ष अगाडिकै कुरा त हो । संविधानसभामार्फत नयाँ संविधान जारी भयो । संविधानमा देशभित्रकै केहीको असन्तुष्टी जायजै थियो । तर देशबाहिरको नाजायज असन्तुष्टीको पारो झन् उच्च थियो । यही दोहोरो असन्तुष्टीको परिणाम नेपालले भारतको नाकाबन्दी भोग्यो । प्रधानमन्त्री थिए केपी ओली ।
संयोगले केपी ओली नै तात्कालीन र बहालवाला दुबै हुन् । त्यो नाकाबन्दीलाई भारत सरकारले अहिलेसम्म स्वीकार गरेको छैन । केही क्षेत्रीय दलहरू ‘हामीले सीमामा अवरोध गरेका हौं भारतले नाकाबन्दी लगाएको होइन’ भन्दै स्तुति र भजनमै मस्त रहे । देशभित्रकै अर्को प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेसले पनि नाकाबन्दीलाई नाकाबन्दी नै हो भन्न सकेन, जीब्रो चपाउनै व्यस्त रह्यो ।
कष्टसाध्य नाकाबन्दी सकियो । न भारतीय पक्षले पश्चाताप गर्यो न नेपालका राजनीतिक दलहरूले सामूहिक र गहिरो आत्मसमीक्षा । न नेपाली कांग्रेसलाई ग्लानी भयो न सीमामा ताण्डव नाच्ने समूहलाई पश्चाताप । तर जसले नाकाबन्दीलाई नाकाबन्दीकै रुपमा भोग्ने, सहने र उभिनेहरूले आफैंलाई छामे, आफनै छाती छामे, आफ्नै शीरको उचाई नापे र मखलेल भए ।
नाकाबन्दीले केही जागरणको काम गर्यो । पहिलो, देशलाई हामी के के मा परनिर्भर छौं भनेर स्पष्ट बनाउन मद्दत गर्यो । दोस्रो, देशभित्रकै दलहरूको राजनीतिक परनिर्भरता कहाँ कतिसम्म रहेछ भनेर देखाउन मद्दत गर्यो । तेस्रो, राष्ट्रियताको सवालमा हाम्रो तत्कालको आवश्यकता के के हो भनेर युवा पुस्तासमेतलाई शिक्षित गराउन मद्दत गर्रुयो । चौथो, नेपाल भारतबीचको स्थायी मनोविज्ञानलाई अझ बढी स्थायी बनायो । पाँचौं, केही दलहरू अलग्ग नै किन नबसून्, राज्यले ढाडस दियो भने नेपाली समाजले अभावका बीच पनि सरकारलाई सहयोग गर्नसक्ने रहेछ भन्ने सन्देश दियो ।
नाकाबन्दीको त्यही चुनौती थेगेकै भनेर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले पछिल्लो चुनावमा पर्रुयाप्त जनमत प्रभावित गर्रुयो ।
यो तथ्य र सत्य दुबै हो । नाकाबन्दी लगत्तै प्रधानमन्त्री ओलीको सरकार खर्लप्पै ढालेर शेरबहादुर देउवाको काँध चढेका प्रचण्ड उनै ओलीको सारथी बने । नाकाबन्दीको चुनौतीलाई राष्ट्रियताको अवसरमा रुपान्तरण गर्न प्रधानमन्त्री ओलीले देखाएको थोरै हिम्मत भारतले थालेको सीमाको किचलोसम्म आइुपुग्दा अहिले पनि जनमत प्रभावित गरिरहेको देखिन्छ ।
अर्थात्, प्रधानमन्त्रीका रुपमा केपी ओलीले नाकाबन्दीबाट राष्ट्रियताको पहिलो इनिंग्स सफलतापूर्वक पूरा गरे । अहिले नेपाल–भारत सीमा समस्याको मुद्दामा राष्ट्रियताको दोस्रो इनिंग्स खेल्न मैदानमा छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्कासमेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल !
अहिलेको मुद्दाको दृष्य र चरित्र दुबै रुपमा नाकाबन्दीको भन्दा फरक छ । हिजो राजनीतिक प्रतिशोधको परिणाम नाकाबन्दी बनेर आएको थियो ।
सीमापारी भोजन गरेर नाकामा भारतको जयजयकार गर्ने नेता र समूह पनि थिए । लैनचौरमा ‘तामसी डिनर’ गरेर अखबारमा नाकाबन्दी नभएको ‘हेडलाइन’ बनाउने मिडिया पनि थिए । आज त्यस्तो छैन । त्यस्तो नहुनुको अर्थ राष्ट्रियताको यो दोस्रो इनिंग्स अलि बढी गम्भीर र पेचिलो छ भन्नु नै हो ।
नेपालमाथि भारतको भाइगिरीको परिणाम राजनीतिक नक्सामा नेपालको भूमी हडपिएकै हो । हुँदाहुँदा हिजोको र आजको दुबै पुस्ताले नेपालको पूरै भू—भागै नसमेटिएको नक्सा अध्ययन गरेरै मरिरहेको, बाँचिरहेको र हुर्किरहेको पनि तथ्यले प्रमाणित गर्दै गइरहेको छ । यो बिसङ्गतीलाई सङ्गती बनाउने अख्तियारी प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको दोस्रो इनिंग्समा प्राप्त गरेका छन् ।
अहिले देश एक स्वरमा छ । जनताको एक स्वर छ । सरकार, प्रतिपक्ष, राजनीतिक दलहरू, प्रवुद्ध समाज र समाजको तल्लो तप्का समेतले एक स्वरमा सरकारलाई साथ दिएका छन् । सरकारलाई उनीहरू भनिरहेछन्, उभिऊ !, पछि नहट !, खुट्टा नकमाऊ !, भारतीय भाइगिरीको डटेर सामना गर ! लिम्पियाधुरा कालापानी मात्र होइन सुस्ताबारे पनि बोल ! जहाँ जहाँ सीमा मिचिएको छ त्यहाँ त्यहाँ बोल ! राष्ट्रियताको सवाल उठ्नासाथ मतभेद र असमझदारीले आक्रान्त हुने नेपाली राजनीतिमा यति सपाट एकता हुनु सुखद् आश्चर्य मान्नपर्छ ।
प्रतिपक्षले नै पहलकदमी लिएर सरकारलाई अगाडि बढ भन्नुभन्दा ठूलो एकताको सन्देश अरु के हुन सक्दछ ? त्यसैले अलका लाम्बाले प्रतिनिधित्व गर्ने भारतीय शाशक बर्गको विकारग्रस्त मनोविज्ञानको प्रतिकार गर्न सरकारलाई यो उपयुक्त समय पनि हो ।
नेपालका राजनीतिक दलहरूलाई आज्ञाकारी मात्र सम्झने भारतीय अहंकारको शिष्ट प्रत्युत्तर दिने उपयुक्त समय पनि हो यो ।
जनकपुरमा अंगालो हालेर कालापानीमा छुरा रोप्न खप्पीस भारतीय मनोग्रन्थीमा बदलाव ल्याउन प्रधानमन्त्रीको डिप्लोमेसी प्रतिक्षित छ । मुक्तिनाथमा ध्यानमा बसेर सुस्तामा आतङ्क मच्चाउने भारतीय रवैयाको सङ्कलित जवाफ पनि सरकार र प्रधानमन्त्रीले नै देलान् । दिनुपर्छ । दशर्कौदेखि चहर्याइरहेको सीमाको पीलोको उपचार गर्ने अवसर प्रधानमन्त्री केपी ओलीले प्राप्त गरेका छन् । उनको परख यहीबेला हुनेछ ।
हाम्रो राष्ट्रिय नीति नै हाम्रो विदेश नीति ठहर गर्ने प्रधानमन्त्री केपी ओलीले सीमा मुद्दामा राष्ट्रिय सहमति जुटाउन गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् ।
देश एक भएर प्रधानमन्त्रीलाई विदेशीसँग संवाद गर्ने आत्मबल प्रदान गरेका दुर्लभ परिघटनाका साक्षी हौं हामी । अब ‘काटिएको नक्सा नै हाम्रो हो’ भनेर प्रधानमन्त्रीले जनतालाई देखाउने कि लुटिएको भूमि फिर्ता ल्याएर नयाँ नेपाली नक्सा दिने ? पर्ख र हेर ।
वर्तमान सरकार र नेतृत्वकर्ता प्रधानमन्त्रीसँग अहिले हातमा नेपालको दुई थरी नक्सा छ, लुटिएको नेपाल र नलुटिएको नेपालको ।
लुटिएको नक्सा नै सदर हुने हो भने प्रधानमन्त्रीले ‘मैले सकिन र नाकाबन्दीमा गाडेको राष्ट्रियताको मेरो कोसेढुंगाबाट म रित्तो हात फर्किएको छु’ भन्नपर्ने हुन्छ । हामी त्यो दिनको अपेक्षा किमार्थ गर्दैनौं । सक्कली नक्सा फिर्ता लिन सफल भए भने त्यसपछि जयजयकार गरौंला ।

२०७६ मङ्सिर २ गतेको सम्पादकिय

तथ्याङ्क हेरेर योजना बनाउ
राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आकलन गर्न सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाको तथ्याङ्कले नुवाकोटको केही अवस्थालाई प्रष्ट गरेको छ । अनुमानित नौ हजार व्यावसायिक प्रतिष्ठान वा भनौं आर्थिक एकाइ रहेको सरकारी तथ्याङ्क आएको छ । १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान छ । ति औद्योगिक प्रतिष्ठानमा ३० हजार १२९ जना जनशक्ति आबद्ध छन् । तयस मध्येमा महिलाको संख्या १२ हजार ५६ छ । औद्योगिक प्रतिष्ठानमध्ये जिल्लाको सबैभन्दा बढी विदुर नगरपालिकामा र सबैभन्दा कम शिवपुरी गाउँपालिकामा देखियो । २०७५ को वैशाखदेखि जेठ मसान्तसम्म दुई महिना लगाएर गरिएको स्थलगत तथ्याङ्क संकलनले केही सम्भावना र स्थानीय तहमा आर्थिक अवस्था कस्तो भनेर देखाएको छ । विदुरमा तीन हजार १०, बेलकोटगढीमा ९४९, दुप्चेश्वरमा ७६० ताँदीमा ५६४ सूर्यगढीमा ४०४, किस्पाङमा ४०९, म्यागङमा ४०४, तारकेश्वरमा ३९१ लिखुमा ५९४, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० व्यावसायिक प्रतिष्ठान रहेको देखिन्छ ।
आर्थिक गणनामार्फत पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानका वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्र अनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, संस्था दर्ता स्थिति अनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थिति अनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयानुसार प्रतिष्ठानको वितरण लगायतका विस्तृत विवरण छुट्याएर सरकराले नुवाकोटको यो अवस्थाको सार्वजनिक गरेको छ । यसरी, स्थानीय तहअनुसार विवरण छुट्याइएकाले अब पालिकामा पठाएर प्रतिष्ठानको विश्लेषण अनुसार नयाँ योजना बनाउनका लागि सहजता मिल्ने छ । आफु कुनुकुल र राजनीति दृष्टिबाट मात्रै आर्थिक गतिविधि र अवस्थालाई ख्याख्या गरिदै बुझिदै आएको कत्तिपय स्थानीय तहहरूले आफ्नो पालिकाको आर्थिक अवस्था र क्रृयाकलापको बारेमा  पत्तो नआइरहेको अवस्थाको अव अन्त्य हुनेछ । राज्यले ठूलो लगानीमा तयार गरेको आर्थिक गणना नतिजाबाट स्थानीय तहको आर्थिक अवस्थाको सूचकको विश्लेषण गरेर नयाँ योजना तथा कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशमा सहयोग पुगास् र कार्यान्वय होस् ।