Sunday, February 16, 2020

२०७६ फागुन ५ गतेको सम्पादकिय

जनतालाई सुन र बुझ
भुकम्प पछिको पुनर्निमाणका लागि नुवाकोटमा भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) ले सञ्चालन गरेको परियोजना सुरुदेखि नै विवादित छ । गएको सोमवार नुवाकोटका १० स्थानीय सरकारका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति प्रमुखलाई भारत भ्रमणमा लगेपछि स्थानीय सरकारप्रति नै नागरिकले अनेकौं सवाल गर्न थालेका छन् । परियोजनाको प्रगती र भए गरेका कामहरूको समीक्षा र पारदर्शिताको खोजी नागरिकस्तरबाट भइरहेकै बेलामा परियोजनाले लाखौं खर्चेर जनप्रतिनिधिलाई तिर्थ यात्रामा लगेपछि भने केहि गम्भिर सवालहरू ठडा भएको छ । बेलकोटगढी नगरपालिकाको स्थापना दिवसको विवाद यही सन्र्दभमा बाहिर आयो, स्थानीय सरकार पहिलो र दोश्रो व्यक्तिको छ दिनसम्म लगातार पालिकामा रहने अनुपस्थितिले जनप्रतिनिधिहरू नागरिकहरूसंग कम जवाफदेही छन् की भन्ने आंशका जन्मायो । 
गाउँपालिका र नगरपालिका अनि त्यहाँका प्रमुख उपप्रमुखहरूसंग नागरिकहरूले गर्ने अपेक्षा र अपेक्षा अनुसारको काम नभएको तिक्तता र गुनासो सबै प्रसङ्ग र घटनाक्रममा बाहिरिदै आएको छ । स्थानीय सरकारलाई आम नागरिकहरूले पेश गर्ने सुझाव र टिप्पणीलाई सम्वन्धि पक्षले ग्रहण गर्नुको सट्टा ‘झोक फरेको’ रुपमा मात्रै बुझ्ने गरेको पाइएको छ । सरकारले गर्ने काम कारबाहि र गतिविधिहरूको सवालमा सचेत नागरिकहले राखेका धारणालाई आत्मसाथ गर्ने वा साझा हितका लागि ग्रहण गर्न समीक्षा गर्ने सम्मको चलनको खाँचो टड्कारो छ । आफु जनताबाट अनुमोदन भइसकेको र आफ्नो निजी बिचार, व्यहार,योजना सर्वस्विकार्य हुनैपर्छ भन्ने भ्रम र मान्यता जनप्रतिनिधिहरूमा पाइन्छ । जसले गर्दा नागरिक, नागरिक समाज र स्थानीय सरकारबीचको दुरी र खाडल गहिरिदो छ । यसबाट सरकारप्रति आम नागरिकहरूको अपनत्व र सदासयतामा कमी हुँदै गइरहेको छ । ‘जो जिता व सिकन्दर’ को शैलीमा चलिरहेका सरकारका कारण संविधानले परिकल्पना गरेको गाउँगाउँमा सिंहदरवारको सपनाले मुर्त रुप नपाउने देखिन्छ । बढ्दै गएको दुरी कम गर्न स्थानीय सरकारहरूले नागरिकसंग सम्वन्ध सुधार र जनतालाई सुन्ने अनि बुझ्ने अभियान चलाउनु जरुरी देखिन्छ ।

Monday, February 10, 2020

काठमाडौंको बिकास र निकासका लागि नुवाकोटको विकल्प छैन : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग
प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ, बीचमा बागमती प्रदेशका
उप सभामुख राधिका तामाङ पञ्चकन्या गाउँपालिकामा आयोजित
भलिवल प्रतियोगिताको खेलमैदानमा । तस्बिर : इमेज 
कविलास\नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट जिल्ला उपत्यका काठमाडौंको विकास र निकासका लागि निर्विकल्प रहेको बताएका छन् । शनिवार पञ्चकन्या गाउँपालिकामा आयोजित भलिवल प्रतियोगितको उद्घाटनमा बोल्दै प्रचण्डले टोखा छहरे सुरुङ्ग मार्ग निर्माण भएपछि नुवाकोट जिल्लाको विकास र भविष्यको बारेमा कल्पनै गर्न नसकिने परिर्वतन हुने बताएका छन् ।
‘प्रस्तावित टोखा छहरे सुरुङ्ग मार्ग साधक बन्नेछ, नेपालकै पहिलो सुरुङ्ग मार्गका रुपमा निर्माण हुने त्यसले काठमाडौं उपत्यलाईलाई नुवाकोटमा स्थानान्तरण गर्ने छ, प्रचण्डले भने । उनका अनुसार रेलमार्ग, मध्यपहाडी लाकेमार्ग, सुरुङ्ग मार्ग र इन्धन भण्डकारका कारण नुवाकोट जिल्लाको विकास र सम्वृद्धिमा कल्पनै गर्न नसकिने परिवर्तन आउने छ । ल्हासा–लुम्बिननी रेलमार्ग, केरुङ्ग ठोरी राजमार्ग, मध्यपहाडी लोकमार्ग र विदुर नगरपालिका भित्रै निर्माण हुने राष्ट्रिय स्तरको तेल भण्डार केन्द्रले नुवाकोटको अवस्थालाई ब्यापक परिर्वतन गर्नेछ ।
‘मेरो सपनाको रुपमा रहेको ल्हासा– लुम्बिनी रेल मार्ग नुवाकोट हुँदै जान्छ, राष्ट्रिय स्तरको तेल भण्डारको केन्द्र बट्टार वा विदुर नगरपालिका भित्र निर्माण हुन्छ, प्रचण्डले भने– यसबाट नुवाकोट अन्तराष्ट्रिय स्तरको बजारको रुपमा विकास हुन्छ ।’ त्यस्तै राष्ट्रिय मेरुदण्डको रुपमा विकास हुन लागेको मध्यपहाडी लोकमार्गले नुवाकोटको अधिकांश भु–भागलाई छोएकोले त्यसबाट पनि जिल्लाले ठूलो फाइदा लिन सक्ने उने बताए ।
नुवाकोट जिल्लासंग भावनात्मक र अत्यन्त निकट सम्वन्ध रहेको उल्लेख गर्दै नेकपा अध्यक्ष प्रचण्डले स्वर्गिय पोष्टबहादुर बोगटीको स्मरण गरे ।
बोगटीको जीवनकालमा र उनले मन्त्री पद सम्हाल्दा भएको राष्ट्रिय सुधारलाई प्रचण्डले स्मरण गरे । ‘बोगटीका कारण नुवाकोट जिल्लासंग मेरो अर्कै खालको सम्वन्ध छ, नुवाकोट मेरो दिमागमा सधै ताजा भइरहने ठाउँ हो, व्यक्तिगत रुपमा साथीभाईहरूसंग कुरा गर्दा भन्ने गरेको यो कुरा आज म नुवाकोटको तपाई जनसमुदायकै माझमा पहिलो पटक भन्दैछु’ प्रचण्डले भने । त्यसैले पनि नुवाकोटको आफ्नो ध्यानमा रहिरहने र राष्ट्रिय सुरक्षाका दृष्टिबाट पनि नुवाकोटको महत्व बढि रहेको उनले बताए ।
कार्यक्रममा सभापति एवं पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले छहरे टोखा सडक मार्गको विकास र स्तरउन्नतीका लागि अध्यक्ष प्रचण्डको ध्यान केन्द्रित गरेका थिए । त्यस विषयमा उनले भौतिक पुर्वाधार मन्त्री र यहाँका जनप्रतिनिधिहरू राखेर छलफल गराउने र सरकारको ध्यान तत्कालै केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन् ।   

लोकल रक्सिलाई मान्यता दिऔं

बट्टार\बागमती प्रदेश सभाका सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले घरेलु मदिरालाई नीतिगत रुपमै बैधानिकता दिनु पर्ने बताए । आफ्नै बारीमा उत्पादन हुने मकै, कोदोको प्रयोग गरेर घरेलु मदिरा उत्पादन गर्ने कारखानाको रुपमा नीतिगत रुपमै ब्यबस्था गर्न प्रदेश सभामा आबाज उठाउने उनले बताए ।
मात्रा अनुसार प्रयोग गर्दा बिभिन्न रोगको औषधि समेत हुने दावी गर्दै राज्यले यसलाई नीतिगत रुपमा ब्यबस्था गरेर स्थानिय तहले उत्पादनमा सहयोग गरे बताएका छन् । नुवाकोट महोत्सवको नवौं दिनको प्रमुख अतिथि रहेका खतिवडाले कार्यक्रमलाई सम्वोधन गर्दै स्थानिय उत्पादनको उपयोगमा कडाई हुँदा अबौँ रुपैयाँ बिदेशी मदिरामा खर्च भएको चन्दै चित्त दुखाए । ‘हामी लुकिलुकी मदिरा सेवन चाँही गर्छौ अनि आफ्नौ शुद्ध अर्गानिक र रसायन नभएको मदिरलाई चाँहि किन अबैध बनाइरहेका छौं, खतिवडाले भने– अब यो हुनसक्दैछ, म प्रदेश सभामा यसको बारेमा आबाज बुलन्द गर्छु ।’
कत्तिपय नागरिकहरूको रोजिरोटी मदिरा उत्पादनबाट धानिदै आएको अहिलेको अवस्थालाई प्रशासन र सरकारले बिर्सन नहुने उनको तर्क छ । पिउनका लागि बैज्ञानिक रुपमा ठिक छ वा छैन भन्ने परिक्षणको व्यवस्था गरेर भएपनि नुवाकोटमा घरेलु मदिरा उत्पादन र विक्रिलाई बैधता दिने उनको दावी छ । ‘यसबाट आर्थिक पक्षमा व्यापक सुधार आउने छ’ खतिवडाले भने । 

प्रेस युनियन नुवाकोटमा सुवेदी

विदुर\नेपाली काँग्रेसमा आस्था राख्ने पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन नुवाकोटको अधिवेशन शनिवार विदुरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मत रुपमा नवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति बनाएको हो । उपाध्यक्ष सुरज सिलवाल, महिला उपाध्यक्ष गमला लामा, सचिव रबिन दाहाल, सह सचिव श्रीकृष्ण आचार्य, महिला सह सचिव उषा रेग्मी, कोषाध्यक्ष भगवती लामा चुनिएका छन् । त्यस्तै, कार्य समितिको सदस्यहरूमा राकेश डंगोल, बिशाल देवकोटा, रुप्सना अर्याल, प्रल्हाद केसी र अर्जुन ढुङ्गेल  चुनिएका छन् ।
युनियनको केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिको नाम भने सार्वजनिक भएको छैन । केन्द्रमा २६ र प्रदेशमा २० प्रतिनिधि अधिवेशनका लागि नुवाकोटबाट सहभागि हुनेछन् । आन्तरिक विवदाका कराण प्रतिनिधिको नाममा टुङ्गो नलागेपछि नाम सार्वजनिक नभएको बताइएको छ ।
युनियनको सातौं जिल्ला अविधेशनको उद्घाटन नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले गरेका थिए । 

प्रचण्ड आज पनि नुवाकोट आउदै

विदुर\पञ्चकन्या गाउँपालिकाद्धारा आयोजित भलिवल प्रतियेगिताको उद्घाटनका लागि शनिवार नुवाकोट आएका नेकपाका अध्यक्ष पेष्पकमल दाहाल प्रचण्ड आज सोमवार पनि नुवाकोट आउने भएका छन् ।
आज नुवाकोटमा आयोजित बेग्लाबेग्लै दुई वटा कार्यक्रममा सरिक हुन उनी नुवाकोट आउन लागेका हुन् । नुवाकोटको नमूना विद्यालयमा छनौट भएको किस्पाङ्ग गाउँपालिका वडा नं. ३ काहुलेमा रहेको ऐंसेलुभुमे माविको भवन उद्घाटन र विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा रहेको चण्डेश्वरी माविको अभिभावक भेला उद्घाटन र तत्कालिन नेकपा माओवादीका उपाध्यक्ष स्वर्गिय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागि हुनका लागि नेकपा अध्यक्ष प्रचण्ड जिल्ला आउने तय भएको छ ।
नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाका अनुसार आज सोमवार विहान ९ बजे ऐंसेलुभुमे मावि र साढे ११ बजे चेण्डेश्वरी माविको कार्यक्रममा प्रचण्ड सहभागि हुनेछन् । उनको साथमा उर्जा तथा सिञ्चाई मन्त्री बर्षमान पुन पनि आउने तय भएको छ । 

आज समापन हुने

बट्टार\छौठौं नुवाकोट महोत्सव एक दिन थपिएको छ । माघ १६ गतेबाट जारी रहेको महोत्सवको अन्तिम दिन आइतवार तोकिएको भएपछि आइतवार नै आयोजकले आज सोमवार समापन गर्ने गरि एक दिन थप गरेको हो । ११ दिनका लागि आयोजना गरिएको महोत्सव अब १२ औं दिनको भएको छ ।
महोत्सव समापन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नुवाकोटका नेता अर्जुननरसिंह केसीले गर्ने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार दर्शकहरूको माग अनुसार महोत्सव लम्बाईएको हो । ल्होसार, विवाह तथा ब्रतवन्धको साइत यही महोत्सव अवधिमा धेरै परेको र जिल्लाका धेरै दर्शकहरूले अझै महोत्सव अबलोकन गर्न नपाएको गुनासो गरेपछि एक दिन थप गरिएको संघका प्रवक्ता सविनराज भण्डारीले बताए ।

नुवाकोट जिल्ला अब्बल : राधिका

बट्टार\बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सबै क्षेत्रबाट नुवाकोट जिल्ला अब्बल रहेको बताएका छन् । छैठौँ नुवाकोट महोत्सबको आठौँ दिनलाई सम्बोधन गर्दै उनले बिकासको क्रम एकै पटक नदेखिने बताउदै बिकासको क्रम समय अनुसार परिबर्तन हुँदै जनो बताए ।
यस नुवाकोट जिल्ला काठमाडांैबाट नजिक रहेपनि बिकासको काममा केहि ढिलाई भएको उनले बताए । जल जमिन र जलबिद्युतको हिसाबले अब्बल रहेको नुवाकोटमा लगानीको प्रशस्त सम्भाबना रहेको बताए । महोत्सबले त्यस्ता सम्भाबनाहरूको उजागर गर्दै लगानी सिर्जना गर्न सक्ने उप सभामुख तामाङको तर्क छ ।
उनले महोत्सवले कषि र पर्यटनलाई जोड दिनु पर्नेमा त्यो हुन नसेको टिप्पणी गरे । महोत्सवले समग्र जिल्लाको पहिचान र सम्भावनालहरूलाई प्रस्तुत गर्नुपर्नेमा ‘कस्तो कस्तो’ लागेको उल्ल्ेख गरे ।
धार्मिक एतिहासिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारासहित सञ्चालन भएको महोत्सवले समग्र जिल्लाको बिकासको अबसर रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलो महोत्सब रहेको बागमती प्रदेशका उपसभामुख तामाङको भनाई छ ।
सस्तो शुलभ बजार र मनोरञ्जन एकै स्थानमा भएका कारण नागरिकहरूको दिन प्रतिदिन आकर्षण बढ्दो रहेको छ । आज सोमवारसम्म (१२ दिन) चल्ने महोत्सवमा नुवाकोट सहित अन्य जिल्लाहरूबाट समेत दर्शकहरू आइरहेका छन् । महोत्सबले जिल्लाको कृषि, पर्यटन, संस्कृति तथा धार्मिकस्थलको प्रवद्र्धन गर्न महोत्सव सार्थक हुने विश्वास लिएको छ ।
महोत्सवमा राखिएका २५० स्टलमा कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्री, बदम, चामल, ट्राउटमाछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रर्दशनी एवम् बिक्रीको व्यवस्था मिलाइएको छ । महोत्सबको स्टलहरूमा स्थानिय सिप, कला र उत्पादनहरूमा नागरिकहरूको आकर्षण बढेको छ ।

सामाजिक सञ्जालबाट

छौठौं नुवाकोट महोत्सवमा विदुर नगरपालिकाले राखेको स्टलमा माटोको भाडा बनाएर सहभागिलाई देखाइदै । 

सिस्नुमा आकर्षण

बट्टार\नुवाकोटमा जारी छैठौं महोत्सबमा नागरिकहरु सिस्नुको स्टलमा भिड लागेको छ । नुवाकोट र रसुवाको बिभिन्न स्थानबाट संकलन गरि सिस्नु महोत्सबमा बिक्रिको लागी राखिएको छ । स्थानिय उत्पादनलाई प्राथमिकताका साथ महोत्सबमा बिक्रि तथा प्रदर्शनी गरिएको छ ।
सिस्नु ग्रामीण महिलाको फुर्सदको व्यवसाय र अतिरिक्त आम्दानीको स्रोत समेत भएको छरु। सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेलीको रुपमा प्रख्यात हुँदै आएको छ । मास, सिमीलगायत दालमा समेत मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो मौसममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो हुनुका साथै प्रोटिनको राम्रो स्रोत मानिन्छ । सिस्नु पूर्ण अर्गानिक खाद्य बस्तु हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्व, कुड प्रोटिन, फाइबर, फ्याट, जलांश पाईन्छ ।

महोत्सवको मञ्चमा बालन भजन

बट्टार\धार्मिक एतिहासिक कला संस्कृतिको सम्र्वद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रवद्र्धन भन्ने नारा लिएको छौठांै नुवाकोट महोत्सवले यो पाली केही नयाँ स्वाद दिएको छ । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलोको रुपमा रहेको महोत्सबले स्थानीय जीवन्त कला संस्कृतिलाई पनि बरोवरी स्थान दिएको छ ।
छौठौं नुवाकोट महोत्सवमा नवौं दिन बालन भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तारकेश्वर गाउँपालिका वडा नं. २ को तारकेश्वर भजनकिर्तन समुह पहिलो, बाघभैरम भजन समुह दोश्रो र बेलकोटगढी नगरपालिका वडा नं. ११ तिगाउँको पञ्चकन्या बालन भजन समुह तेश्रो भएको छ । २० मिनेटको अवधिमा प्रतियोगि समुहहरूले दिएको प्रस्तुतिका आधारमा पहिलो, दोश्रो र तेश्रो छुट्याइएको छ ।
पहिलो हुने समुहलाई नगद १२ हजार, दोश्रो समुहलाई ९ हजार र तेश्रो हुने समुहलाई ६ हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरिएको नुवाकोट उद्योग बाणिज्य संघका सदस्य एवं बालन भजन प्रतियोगिताका संयोजक ध्रुबकुमार राबलले जानकारी दिए ।  ‘लोपउन्मुख कुरालाई महोत्सबले संरक्षण गर्छ भन्ने उदाहरण हो यो’ संयोजक रावलले भने ।
नुवाकोट जिल्लामा लोपउन्मुख रहेको वालन भजनको संरक्षण र युवा पुस्तालाई यस प्रति आकर्षण प्रदान गर्नका लागि महोत्सवमा प्रतियेगिता राखिएको रावलले बताएका छन् । छौठौं नुवाकोट महोत्सव आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले नुवाकोट जिल्लामा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पत्तिहरूलाई महोत्सव स्थलमा प्रर्दशन गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
महोत्सवमा आयोजित बालन भजन प्रतियोगितामा सहभागिहरूले पनि यो सुरुवातको प्रशंसा गरेका छन् । ब्रतवन्ध, पुजाआजामा मात्रै नभई जिल्लाले नै आयोजना गर्ने यस्ता विशेष औपचारिक कार्यक्रममा पनि बालन भजनले प्राथमिकता पाउनु पर्ने तर्क उनीहरूको छ ।
सधै ‘आइटम डान्स’ मात्रै झल्कने मञ्चमा बालन भजनका साथमा परम्परागत पोशाकमा पुरुषहरू नाच्न थालेपछि दर्शकहरू पनि उत्साही भएका थिए । ‘महोत्सवले सिङ्गै जिल्लालाइर्ए यसरी परिचय गराउनु पर्छ, नयाँ कुरा मात्रै होएन पुराना कुराहरुले पनि यत्तिकै प्राथमिकता पाउनु पर्छ, महोत्सव अबलोकव गर्न आएका सुर्यगढीका सुर्दशन नेपालले भने ।   
बालन भजनको इतिहास
रामायण, महाभारत जस्ता पौराणिक ग्रन्थलाई सर्वसाधारणले बुझ्ने गरी बताउने बालन नाचको सुरुवात भएको हो । संस्कृत भाषाको रामायणलाई १६५ वर्षअघि आदिकवि भानुभक्त आचार्यले नेपालीमा उल्था गरेपछि घर–घरसम्म पुग्यो । तर नुवाकोट, धादिङ्ग रसुवा लगायतका जिल्ला सहित नेपालको अधिकांश भुभागमा त्योभन्दा अघिदेखि नै रामायणलाई गीतिनाटकका रूपमा प्रस्तुत गरिंदै आएको थियो । त्यही नै बालन नाच हो । यो नाच ब्राह्मण–क्षेत्री समुदायमा प्रचलित छ । बालनलाई पहिला पहिला ‘बाहुननाच’ पनि भनिन्थ्यो । बालन विशेषगरि गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई लिएर तयार पारिन्छ । बालन नाच थरी-थरीका भए पनि अहिले रामायणमा आधारित मात्रै नुवाकोटको धेरै ठाउँमा प्रचलित छ ।
हिन्दूधर्मावलम्बीहरू पूजा आराधना तथा राती जाग्रामको समयमा बालनका टोली ल्याएर गाउने र नाच्ने चलन छ । बालन भजन माघ महिनामा बढि हुन्छ । यस नाचको नियम अनुसार गाउने र नाच्ने गरेर २५ जनाको टोली चाहिन्छ । तर अहिले यस विषयमा विज्ञता भएका र जानकारी भएकाहरू कम भएकोले गाउँने र नाच्नेको संख्या कम हुँदै आएको छ । यसरी नाच्नेलाई ‘गर्रा’ भनिन्छ । गुरुको निर्देशन अनुसार गर्राले भूमिका निर्वाह गर्छन् । बालन भजन लोकसाहित्य हो । 

सांस्कृतिक पर्व सोनाम ल्होछारको तयारी भब्य

तामाङ घेदुङद्धारा दुप्चेश्वर गाउँपालिका आयोजित
सोनाम ल्होछार कार्यक्रम । 
विदुर\तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको गाउँगाउँमा ल्होछारको रौनक जारी नै छ ।
सोनाम ल्होछार मुल समारोह समितिले माघ २९ गते बुधबार त्रिशुली कोलोनीमा आयोजन ागर्न लागेको बृहत्त सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
मञ्जुश्री संवत २८५६ औँ मुसा वर्ग सोनाम ल्होछार कोलनी स्थित थ्रिडि खेलमैदानमा आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा तामाङ समुदायबाट पदिय जिम्मेवारी वहन गर्न माथिल्लो तहमा पुगेका व्यक्तिहरूलाई सम्मान गरिने तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाइवाले जानकारी दिए । तउनले त्यस अवसरमा पुराना पुस्ताको  कलालाई सम्मान गर्दै जिल्लाको विभिन्न भेगमा भुभागमा प्रचलित तामाङ सेलो, मेन्दोमायाको साथमा झाँकी प्रस्तुत गरिने बताए । उनले सम्पुर्णलाई तामाङ भेषभुषामा सजिएर आउन आह्वान गरेका छन् ।
    यस्तै म्यागङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका प्रबक्ता रुपबहादुर तामाङले व्यक्ति जुनसुकै राजनैतिक आस्था र सिद्धान्तमा भएता पनि आफ्नो संस्कृति जोगाउन एकजुट हुनुपर्ने बताए । विशेषगरी तामाङ घेदुङ जिल्ला र केन्द्रमा केन्द्रित भएकोले जिल्लाको प्रत्येक वडामा समिति बनाएर काम गर्न सकेमा ल्होछारलाई पहिचानको रुपमा विस्तार गर्न सहयोग पुग्ने उनको भनाई छ ।
       नेपाल तामाङ घेदुङ नुवाकोट सहित विभिन्न १७ वटा सस्थाले संयुक्त रुपमा गर्न लागिएको उक्त कार्यक्रममा तामाङ खानालाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

तस्बिर खबर


संयुक्त राष्ट्रसंघमा समेत दर्ता भएको नेपालको ‘राष्ट्रिय लिपी रञ्जना लिपी’को प्रबद्र्धनको लागि विदुर नगरपालिका क्षेत्रभित्र रहेका स्थानीय क्लब तथा संघ÷संस्थाको संयुक्त आयोजनामा शनिवार नुवाकोटको विदुर लोकतान्त्रिक चोकमा पहिलो पटक आयोजना गरिएको रञ्जना लिपी कार्यशाला तथा प्रत्यक्ष सुलेख क्यालीग्राफी जात्रा । – सुजित भण्डारी

अनुसहितका खेलाडी सम्मान

सागमा स्वर्ण पदक विजेता अनु अधिकारीलाई
पञ्चकन्या गाउँपालिकाको तर्फबाट सम्मान गर्दै ने
कपाका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः इमेज
कविलास\नुवाकोटको पञ्चकन्या गाँउपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाका अनु अधिकारी सहितका खेलाडीहरुलाई शनिवार नगद सहित सम्मान गरेको छ ।
गाउँपालिकाको आयोजनामा भइरहेको ‘चेयरम्यान कप’ भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट गाउँपाकिलाले सम्मान गरेको हो ।
पञ्चकन्या गाउँपालिकाका अनु अधिकारीले हालै सम्पन्न सागमा कराँतेको कुमुेतमा स्वर्ण पदक जितेका थिए । उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै नुवाकोट जिल्लामा जन्मेर १३ औं सागमा स्वर्ण पदक विजेता बन्न सफल फुटबलका अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । त्यस्तै सागका रजत र कास्य पदक विजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिव पुडासैनीलाई समान १० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
यसै बीच, पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिवारबाट कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहबाट टिम सहभागि भएका छन् । मंगलवार फाइन खेल हुने पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् ।
प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख रुपैयाँ, शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ र प्रमाणपत्र, तेश्रो हुने समुहलाई ५० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिने छ ।
पञ्चकन्या गापाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि कार्यविधि र निर्देशिका तयार गरेर कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।अन्तराष्ट्रिय,राष्ट्रिय प्रतियोगितामा विजयी हुने तथा सहभागिह हुने आफ्नो गापाका खेलाडीहरुलाई लागि आर्थिक, होटल तथा हवाई भाडा उपलब्ध गराउदै आएको छ ।


प्रचार अभावले नुवाकोट जिल्ला ओझेलमा

विदुर\प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले नुवाकोट प्रचारप्रसारको अभाबले ओझेलमा परेको बताए ।
पर्यटन प्रबद्र्धनको माध्यमबाट नुवाकोटमा रहेका १२ वटै स्थानिय तहले मनग्य आम्दानी गर्ने श्रोत हुँदा हुँदै पनि प्रचार प्रसारको कमिले गर्दा ओझेलमा बस्नु परेको बताए । मेला महोत्सबहरू एक स्थानमा भन्दा पनि बिकेन्द्रिकृत भएमा समग्र जिल्लाको चिनारीको प्रस्फुटन हुने बताए । छैटौँ नुवाकोट महोत्सबको सातौँ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिकासको लागी आबाश्यक बजेट केन्द्र, प्रदेश तथा स्थानिय तहले बिनियोजन गरेतापनि निर्माण कार्यमा भएको ढिलाईले समस्या भएको बताए ।
धार्मिक एतिहासिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारासहित सञ्चालन भएको महोत्सवले समग्र जिल्लाको बिकासको अबसर रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलो नुवाकोट महोत्सब रहेको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङको भनाई छ । 

एमसीएको मुआब्जा बितरण प्रक्रिया अघि बढ्दै

विदुर\मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) बारे सदनदेखि सडकसम्म बहस चलिरहेका बेला आयोजनाले काम नै अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालको निर्माणाधीन ४०० केभी विद्युतीय प्रसारण लाइन आयोजना निर्माण गर्न जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको हो । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा ४०० केभी को सवस्टेशन निर्माणका लागि आयोजनाले अधिग्रहणको तयारी गरेको जग्गाको मुआब्जा वितरण गर्न लागेको छ ।
आयोजना क्षेत्राधिकार भित्र पर्ने जग्गाको पुरै कित्ता तथा यसमा रहेका संरचनाहरू स्थायी रूपले प्राप्त गर्नुपर्र्नेे भएकाले जग्गा प्राप्ती ऐन २०३४ बमोजिम सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । यहि ऐनको दफा १३ बमोजिम मुआब्जा निर्धारण समिति गठन भएको थियो । समितिले निर्धारण गरेको रकम सम्बद्ध जग्गाधनीलाई वितरण गर्ने तयारी भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित सूचना अनुसार १८४ जना स्थानीयको जग्गा अधिग्रहणमा परेको छ । त्यसबाहेक आयोजनालाई आवश्यक सरकारी जग्गा पनि अधिग्रहण हुनेछ ।
मुआब्जा प्राप्त गर्नका लागि सम्बन्धित जग्गाधनीहरूले आफैं वा अख्तियार प्राप्त वारेस मार्फत प्रमाणित कागजातसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सम्पर्क राख्नुपर्नेछ । जग्गाधनिको सक्कल प्रमाण पुर्जा, प्रतिलिपि, तिरो तिरेको रसिद र स्थानीय तहको सिफारिस सहित रितपूर्वक निवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने र पछि उजुरी नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
बिद्युत प्रसारण लाइन र सडकका आयोजनामा लगानीका लागि ०७४ साउनमा सरकारले अमेरिकी सरकारको ५१ अर्ब ३८ करोड रूपैयाँ लगानी स्वीकार गर्ने निर्णय गरेको थियो । अहिले सत्ताधारी नेकपाका नेताहरू बीच उक्त सहयोग लिनु उचित हो÷होइन भन्ने बारेमा बहस टुंगिएको छैन । सरकारले स्वीकार गरेको शर्तअन्तर्गत ४०० केभीको प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरणले काम अघि बढाएको हो ।

रसुवा भन्सारमा कारोवार ठप्प

विदुर\चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तराष्टिूय व्यापारिक नाका रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको छ ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवत जावतमा रोक लगाएपछि रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका गत बुधबार देखि १५ दिनका लागि बन्द गरेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यविक्रम खड्काले बताए । केरुङबाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दै आएको याडमा एक दुई कन्टेनरहरु मात्र रहेका छन् । दैनिक करोडौ रुपैया राजश्व संकलन गर्दै आएको भन्सार कार्यालय सुनसान बनेको छ । दैनिक याडमा काम गर्दै आएका छ सय जना कामदारहरु समेत बेरोजगार बनेका छन् । पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । नाका बन्द भएपछि केरुङतर्फ गएका २ सय वटा कन्टेनरहरु फर्किन सकेका छैनन् । 
रसुवागढी नाका बन्द हुँदा चीन सँगको व्यापार प्रभावित भएको व्यापारीहरुले बताएका छन् । 

२०७६ माघ २७ गतेको सम्पादकिय

युनोप्स्को भारत भ्रमण
नुवाकोटमा भारत सरकारको अनुदान तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आर्थिक र प्राधिक सहयोग गर्न भन्दै आएको परियोजना विवादित छ । कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर भनेजस्तो  ‘औतारी’ परियोजनलाई सुनपानी छर्कन नुवाकोटका १० स्थानीय तहका सरकार प्रमुख र उपप्रमुखहरू आइतवार भारतिय दुतावासमा लाम लागेका छन् । भारतको केही ठाउँ र सरकारी कार्यालयको भ्रमणका नाममा परियोजनाले नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिका बाहेकका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उप्रमुखहरूलाई आइतवार दुतावासले काठमाडौंको एक प्रतिष्ठित होटलमा राखेको रात्रिभोजमा सहभागी गरायो । केही गाउँपालिका अध्यक्षले यसप्रति ठाडो असन्तुष्टि व्यक्त गरेर ‘भक्तिदर्शन’ मा सहभागि नहुने घोषणा गरेका छन्, र रात्रि भोज देखि भारतमा प्राप्त हुने सुविधायुक्त बसाई, भ्रमण र विदेशी मुद्रामा उपलब्ध हुने दैनिक भ्रमण भत्ता त्यागेका छन् । सोमवार बिहानै भारतका लागि उढ्न नुवाकोटबाट दुतावास प्रस्थान गरेका ‘सरकारहरू’ का कारण कामचोर परियोजनाले उन्मुक्ति पाउने देखिएको छ ।
पछिल्लो समय यही भारतिय सहयोग परियोजनका कारण भुकम्प पिडितहरू झन् पिडित भएको तथ्य सार्वजनिक हुँदै आएको  छ । भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युपोप्स्) मार्फत नुवाकोटमा सञ्चालन गरिरहेको भुकम्प पछिको पुननिर्माणमा अनियमितता भएको प्रमाण सहित नुवाकोटका सञ्चार माध्याममा भदौं, २०७६ देखि समाचार आइरहेको छ । कार्यक्रम सञ्चालनको सुरु अवधि देखिनै प्रक्रृया भन्दा बाहिर रहेको यो परियोजनालाई आयोजना कार्यान्वय इकाईले पटक पटक सचेत गराउँदा पनि सुधार नभएको तथ्य सार्वजनिक भएको छ ।
पञ्चकन्या र शिवपुरी गाउँपालिका बाहेकका स्थानीय तहका भुकम्प पिडित नागरिकहरूका लागि काम गरिरहेको यो परियोजनाले काम कम ‘राजनीति बढि’ गरिरहेको छ । स्थानीय सरकारसंग समन्वय नै नगरी काम गरिरहेको भन्दै जनप्रतिनिधिहरूले चर्को आलोचना गरिरहेको समयमा यसरी सरकार प्रमुख र उपप्रमुखहरूलाई दैनिक भ्रमणभत्ताको समेत व्यवस्था गरेर माघ २७ देखि फागुन २ गतेसम्म भारत भ्रमणमा लैजानु, आइतवार दुतावासले भब्य होटलमा रात्रिभोज दिनुले काम कम र ‘सेटिङ्ग’ ज्यादा गर्ने योजनामा परियोजना देखिएको छ । जनताको नाममा आएको रकम र कार्यक्रमको सुक्ष्म समीक्षा र खवरदारीको सट्टामा उनीहरूको ‘भ्रमण’ प्रस्ताव स्विाकार गर्नु जनप्रतिनिधिहरूको भुल हो । उनीहरूको कामको विषयमा फागुन ३ गतेदेखि सबै स्थानीय तहले औला उठाउनसक्ने हौसियत राखेर भारतबाट हाम्रा सरकारहरू फर्कन सक्लान् ? बाँकी एक वर्षको अवधिमा कार्यक्रम सम्पन्न भएको सुकिलो प्रमाणपत्र लिनका लागि रचिएको प्रपञ्चमा किन फसे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू ? 

Monday, February 03, 2020

छैठौं नुवाकोट महोत्सव हेर्न गोरखाबाट आए पृथ्वीनारायण शाह

बट्टार\तस्बिरमा देखिएका ६२वर्षिया ओमबहादुर श्रेष्ठ गोरखाबाट छैठौं नुवाकोट महोत्सवमा सहभागि हुन पृथ्वीनारायण शाहको पोशाक र हाउभाउमा बट्टार आइपुगे । माघ १६ को उद्घाटन समारोह भन्दा केहिबेर अघिदेखिनै शाहको ‘राजशी’ पोशाकमा सजिएका श्रेष्ठसंगै थिए गोरखाबाटै आएका तोपप्रसाद श्रेष्ठ । उनी राजा शाहको सेनापती कालु पाँडेको भेषमा थिए ।
बिहिवारदेखि आइतवारसम्म चार दिनसम्म नुवाकोट महोत्सव स्थलमा देखिएका यि दुई विशेष आकर्षणको केन्द्रमा रहे । महोत्सव स्थल प्रवेश गर्ने बित्तिकै आउने पहाड माथिको नुवाकोटको साततले दरवार र यस दरवार वरिपरी श्रीपेच लगाएर तरवार, खुकुरी सहित घुमिरहेका पृथ्वीनारायण शाह । अझ शाहको सुरक्षा र रेखदेरखाका लागि खटिएका भारदार कालु पाँडे । एक्कैछित त, साढे दुई सय बर्ष पहिलाको नुवाकोट हेर्न पाइएको महशुस हुन्थ्यो । महोत्सवमा आउनेहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचार र फोटोमा देखिएका शाह र पाँडे खोज्दै हिड्थ्ये । पहिला उनीहरूसंगै टाँसिएर फोटो खिचेपछि मात्रै अन्य स्टल हेर्नेतिर दर्शकहरू लागेका देखिन्थ्यो ।
बर्षेनी पुस २७ को पृथ्वी जयन्तीमा गोरखामा यस्तै पहिरनमा देखिने श्रेष्ठले यो पाली नुवाकोट महोत्सवका लागि निमन्त्रणा पाए र यता आएका हुन् । गोरखा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका उनी चार दिन लामो नुवाकोटको बसाई सकेर गृह जिल्ला फर्किएका छन् । गोरखा दरवार नजिकैको गाउँ पदेँलीका श्रेष्ठ तीन वर्षदेखि पृथ्वीनारायण शाहको भेषमा देखिन थालेका छन् । ‘पृथ्वीनारायण शाहप्रतिको आकर्षण र प्रेम नुवाकोटमा कत्ति रहेछ भनेर महोत्सव आएपछि थाहा पाएँ, श्रेष्ठले भने– मेरो अगाडी आइपुग्ने जो कोही पनि फोटो खिचाएरै जान्थ्यें । आयोजकले आफ्नै जिल्लामा ३ सालदेखि मैले सञ्चालन गरेको अभियानको बारेमा जानकारी राखेर यो भब्य समारोहमा सहभागि गरायो, म कृतज्ञ छु । ’
‘महोत्सवको मुख्य आकर्षणका रुपमा मलाई पृथ्वीनारायण शाह लाग्यो, लिखुबाट महोत्सव हेर्न आएका राजेन्द्र अधिकारीले भने– शाहको देहवशान भएको नुवाकोटमा उनीजस्तै हाउभाउमा देखिदा त कस्तो मन छुँदो रहेछ नि ।’
आयोजक नुवाकोट उद्योग बाणिज्य संघले महोत्सव अवधिभरि राजाको भेषमा रहिरहन श्रेष्ठलाई आग्रह गरेको भएपनि उनी नगर कार्यपालिकको कामका लागि गृह जिल्ला फर्किएका छन् । नेपाल एकीकरणको सुरुवात भएको नुवाकोटमा शाहको भेषमा केहीदिन रहन पाउँदा बेग्लै आनन्द मिलेको उनले प्रतिक्रृया दिए । सेनापती कालू पाँडे (तोपप्रसाद श्रेष्ठ) ले जिल्लाको महोत्सवमा आफुहरूलाई उपस्थित गराएर यत्तिको भुमिका दिनु महत्वपूर्ण रहेको बताउँछन् । ‘१० हजार भन्दा बढिले खिचे होला हामीसंग फोटो, सुरु सुरुमा त म हैरान थिएँ, अहिले त बानी नै परिसक्यो, श्रेष्ठ भन्छन्– फोटो खिच्न आउने वित्तिकै राजाले (ओमबहादुर श्रेष्ठ) ले एउटा औलो उठाउनु हुन्छ र तनक्क तन्किनु हुन्छ, म चाही छाती फुलाएर छेउमा टक्क उभिन्छु ।’
छैठौं नुवाकोट महोत्सवमा नयाँ केहि गर्ने छलफल भइरहेको समयमा गोरखामा पृथ्वीनारायण शाहको भेषभुषामा खास खास कार्यक्रम उपस्थित हुने ओमबहादुर श्रेष्ठको जानकारी पाएपछि महोत्सवको आकर्षणको रुपमा थपिएको नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले बताए । ‘पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले यो प्रस्ताव ल्याए, सचिवालयमा छलफल हुँदा सबैले रुचाएर यो महोत्सवमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्यौ’ संघका प्रवक्ता राजभण्डारीले भने ।

शिक्षकलाई तलव खुवाउन सामुहिक ब्रतबन्ध

देविघाट\विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माविले यसपाली पनि विद्यालय सञ्चालनाथर्ए सामुहिक ब्रतबन्ध गराएको छ । उक्त विद्यालयले आफ्नो खर्च संकलनका लागि र शिक्षकको तलव व्यवस्थापनका लागि बर्षेनी सामुहिक रुपमा ब्रतबन्ध गराउँदै आएको छ ।
विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको बतायएको छ । सधाझै यो पालिपनि श्रीपञ्चमीका दिन (बिहिवार) विद्यालयले सामूहिक ब्रतबन्ध गराएको हो । प्रत्येक बटुकबाट विद्यालयले ब्रतबन्ध खर्च ४ हजार रुपैयाँ लिने गरेको छ । पूर्वाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराएको थियो ।
विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा यस वर्ष १०८ जना बटुक सहभागी भएको प्रधानाध्यापक मञ्जु चित्रकारले बताए । आर्थिक स्थिति कमजोर भएका परिवारले चलन अनुसार सन्तानको कर्म चलाउन नसकेको अबस्थामा बिद्यालयले सञ्चालन गर्ने सामूहिक ब्रतबन्धले सहयोग पुगेको सहभागि अभिभावक गोविन्द भट्टले बताए ।
यो वर्ष बटुकहरूसँग लिएको शुल्कबाट ४ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । भेटीबाट समेत केही रकम संकलन भएको छ । खर्च कटाएर बचेको रकमले विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए । २०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।
समाजमा बढ्दै गएको तडकभडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत यसबाट सहयोग पुग्दै आएको भट्टले बताए । उक्त विद्यालयले संस्कृत भाषा समेत पढाउदै आएको छ । संस्कृत भाषा पढाउने नुवाकोटमा यो मात्रै एउटा स्कुल हो । 

सांसद तामाङको नाममा मुद्दा दर्ता

विदुर\राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा स्काभेटर प्रयोग गरी उत्खनन कार्य गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङसहित कन्स्ट्रक्सन सञ्चालक द्वय निर्मलप्रसाद सिटौला र शिवहरि घिमिरे तथा फिल्ड साइड अफिस कर्मचारी सुवास डंगोलविरुद्ध मुद्दा दर्ता भएको छ ।
सांसद तामाङ सञ्चालक÷ अध्यक्ष रहेको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिको स्काभेटरले गत १३ पुसमा कालिवनभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थमा डिभिजन वनका सुबेदार यादविन्द्र पौडेलको नेतृत्वमा खटिएको वन रक्षकको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका–५ निवासी चालक नरेशराम महरालाई पक्राउ गरेको थियो । महरा पक्राउ परेलगत्तै कालिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान फरार थिए ।
राष्ट्रिय वनअन्तर्गत गर्ने सामुदायिक वन क्षेत्रभित्र अवैध उत्खनन भइरहेको जानकारी पाएपछि अनुगमन सुरु गरिएको डिभिजन वनप्रमुख इमनाथ पौडेलले बताए । उनले अनुगमन गर्ने क्रममा १३ पुसमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेको जानकारी दिए । कन्स्ट्रक्सनले वन क्षेत्रभित्र नौ हजार ५६४ क्युफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको डिभिजन वन कार्यालयको दाबी छ । बिगोबापत एक लाख ६४ हजार ११२ रुपैयाँ जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे पाँच वर्ष कैद सजाय माग गरिएको सहायक वन अधिकृत वसन्तराज गौतमले बताए ।

नाष्टले बुझायो फोहोरको प्रतिवेदन

विदुर\नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ ।
प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाए । १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हँुदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ ।
मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी ९ तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग, सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । वैज्ञानिक पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ ।

तस्बिर खबर


समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र जगदम्बा सिमेन्टको संयुक्त आयोजनामा मोटरसाइकल दुर्घटनाबाट हुने क्षति न्युनिकरणको लागी चालक र सहयात्री दुबैले अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने शिक्षा सहित जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापा मोटरसाइकलका पछाडी बसेका यात्रुलाई हेल्मेट लगाइदिँदै । कार्यक्रममा १५० थान हेलमेट यात्रुलाई बितरण गरिएको छ । – दीपेन श्रेष्ठ 

महोत्सवमा एक लाख पर्ने खुकुरी

नुवाकोटको सबैभन्दा ठुलो (तौल) खुकुरी छठौं नुवाकोट महोत्सवमा
देखाउँदै लिखु गाउँपालिकाका तुलबहादुर बिक । फोटा] :सुनील श्रेष्ठ
बट्टार\बिहिबारदेखि सुरु भएको छैठौ नुवाकोट महोत्सवमा जिल्लाका १२ वटै पालिकाको पहिचान झल्काउने कृषि उपजका उत्पादन, कला, संस्कृती प्रदर्शनमा राखिएको छ ।
स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको मुल्य भने १ लाख रुपैयाँ रहेको छ । दश किलो तौल भएको खुकुरीको लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ । नुवाकोटकै अहिलसम्मकै ठुलो खुकुरी भएको तुलबहादुर दावी गर्छन् । खुकुरी बनाउन तीन दिन लागेको बताए । आरन व्यवसायलाई छोराले पनि साथ दिएकोमा खुशी छन् ६२ वर्षीय तुलबहादुर ।
खुकुरीमा नुवाकोट लिखु गाउँपालिका–२ लेखिएको छ । तुलबहादुर पेशाले आरन प्रशिक्षक समेत हुन् । उनले नुवाकोट लगायत अन्य जिल्लामा समेत तालिम दिईसकेका छन् । आरन उत्पादित सामग्रीहरूको स्थानीय बजारको रहेको बताउँछन् । तर आरनलाई आवश्यक कोईलाको भने कमी रहेकाले पुस्तान्तरमा पनि कमी भएको उनले बताए ।
गत जेठमा काठमाडौंको भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा मन बहादुर शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेका थिए । जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १११ रुपैयाँ रहेको थियो । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।

‘राजनीतिकरण बढ्यो’
बट्टार\नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबले शिक्षा र स्वास्थ्यमा राजनीतिकरण बढेको बताए । छैठौँ नुवाकोट महोत्सबको बिहिवार उद्घाटन गर्दै उनले पछिल्लो सय शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिकरण भएको बताउदै त्यसलाई निराकरण गर्न नागरिक तहबाट दबाब चाहिएको बताए ।
नेपालमा ८० प्रतिशत नागरिकहरू किसान मजदुरहरू रहेकाले शिक्षा र स्वास्थ्यलाई सहज र दबिर्लो बनाउने तर्फ बर्तमान सरकार सचेत नभएको उनको आरोप छ ।
प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले यस अघिका सरकारहरूले विकासका नाममा गरेको अनियमितता नियन्त्रण र विधिको शासन कायम गर्ननै वर्तमान सरकरको समय बढि खर्च भइरहेको बताए ।


महोत्सवले जिल्लालाई सहयोग पुग्छ : अध्यक्ष ताराबहादुर कार्की
नुवाकोट काठमाडौंसँग जोडिएको हुँदाहुँदै पनि बाहिर जिल्लाबाट जिल्लामा लगानी गर्न डराउने अवस्था रहेको थियो । अहिले नुवाकोटमा पनि नुवाकोटका उद्यागी व्यवसायीहरूले लगानी गर्न चाहनु भएको छ । बाहिरका उद्योगीले बत्ति पानीको सुविधा र रसुवागढी ठोरी नाका सञ्चालनमा आएसँगै सम्भावना बढेर गएको छ । अघिल्ला महोत्सवमा जिल्ला आएका व्यवसायीहरूले नुवाकोटमै लगानी गरिरहरेको अवस्था पनि छ, त्यसको केही उदाहरणहरू हामी सबैलाई थाहा नै छ ।
स्टलमै माटोका भाडा बनाउने कला हेर्ने, स्यामा, ढाका आफ्नै अगाडी बुनेको देख्न पाइने पनि महोत्सवको रोचक पक्ष हो जस्तो लाग्दछ मलाई सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरी सँगै पर्यटन विकासमा अघि बढाएको छ । नुवाकोट महोत्सवकै लागि भनेर गोरखाबाट पृथ्वीनारायण शाहको भेषमा आएका ओमबहादुर श्रेष्ठ पनि आकर्षणका रुपमा रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकार मात्र होइन, सबै क्षेत्रको सहकार्यलाई अपरिहार्य बनाएको छ । पर्यटन सम्भावनाको खोजी गर्ने हिसावले यो महोत्सव निकै महत्वपूर्ण हुनेछ । हाम्रो धर्म, संस्कृति रितिरिवाज, नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारमा महोत्सवले ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास मैले गरेको छु । नुवाकोटमा अहिले आन्तरिक पर्यटनको बढ्दो अवस्थालाई यहि महोत्सवहरूको पनि प्रमुख योगदान रहेको छ ।
महोत्सवबाट नुवाकोटको औद्योगिकिकरणमा योगदान हुनेछ । यही मै महत्वपूर्ण पाटो हो । यस पटक महोत्थ्सव समापन हुँदै गर्दा एक लाख भन्दा धेरै अवलोकनकर्ता भित्रनेछन् ७६ जिल्लाबाट हामीले पाहुना बोलाएका छौँ । अरु जिल्लाबाट आउने व्यावसायीहरूले नुवाकोट हेर्न‘पर्छ, नुवाकोटमा लगानी बढाउनुपर्छ भन्नु भएको छ । त्यसैले हामीले सोचेभन्दा धेरै अवलोकनकर्ताहरू नुवाकोट आउनुहुन्छ । हामीलाई टाढादेखिका साथिहरूले सम्पिर्क गरिरहनुभएको छ ।
महोत्सव सम्पन्न हुनका लागि अझै पनि सात दिन बाँकी छ । छैठौ महोत्सव नुवाकोट उद्योग वाणिज्य संघको मात्र होइन, सबै सरकारी निकाय, सरोकारवाला धर्म, संस्कृतिमा लागेकाहरूको हो । सबै नुवाकोटवासीको महोत्सव हो भनेर सन्देश दिएका छौँ । महोत्सव उल्लासमय पनि भइरहेको छ । हामीले नाफा कमाउने भन्दा पनि जिल्लाको पहिचान परपरसम्म पु¥याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिरहेका छौं, दर्शकहरूले साथ दिइरहनुभएको छ । 

फागुन १ सम्म बन्द

विदुर\चीनमा फैलिएको कोरोना भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन फागुन १ गतेसम्म नाका बन्द गरिएको छ । माघ १५ गतेदेखि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाएको हो ।
माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको छ । सामान किन्न जानेहरू मितेरी पुलपारि गढीबजारसम्म मात्रै पुग्ने गरेका छन् ।
यसै बीच, छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको बताइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधनयुक्त बनाएको हो ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ ।
रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेलको उपसमिति सक्रिय रहेको छ ।

हल्ला पुष्टि भएन
रसुवा जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी फेला नपरेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको बताए ।
उपचारका क्रममा रसुवा अस्पताल पुगेका एक बिरामीको कोरोना भाइरसको शंका भएको हल्ला पुष्टि नभएको उनले बताए । ति विरामीलाई थप उपचारका लागि टेकु अस्पताल पठाइएको छ । उनको समान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । 

महेन्द्र माविको जन्मजयन्ती

चतुराले\ककनी गाउँपालिका वडा नं. ७ चतुरालेको महेन्द्र माविको ५९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद बद्री मैनालीले नेपालमा पछिल्लो समयमा शैक्षिक क्षेत्रमा भएको विकासप्रति सन्तुष्टि व्यक्त गरे ।
शिक्षामा भएको लगानी खेर नजाने भएकाले अभिभावकलाई पनि आफ्नो नानीबाबुको पढाईमा लगानी गर्न अनुरोध गरे । प्रअ शशिकुमार थपलियाले ०७५\०७६ को २ करोड ८५ लाखको आर्थिक प्रतिवेदन पेश गरे । 

अक्षय कोष स्थापना

विदुर\लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले महेन्द्र माध्यमिक बिद्यालय चारघरेमा छात्रबृत्तिको लागी अक्षय कोष स्थापना गरेको छ ।
डेढ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको हो । बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिदाथर््िहरूको शैक्षिक अबस्थालाई सहयोग गर्नको लागि छात्रबृत्तिको ब्यबस्था गरेको लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले जनाएको छ ।
बिद्यालयको लागी उपलब्ध गराएको छात्रबृत्तिको चेक एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तान्तरण गरेको छ । महेन्द्र माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं बिदुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सिताराम अर्याल र बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टलाई अक्षयकोषको रकम हस्तान्तरण भएको छ ।

गेर्खुमा मुआब्जा आउने

विदुर\गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी सडक आयोजना अन्र्तगत विदुर नगरपालिका १० नम्बर का जग्गाधनीलाई मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
गएको आईतबार अदालतले आयोजनालाई तत्काल मुअब्जा दिएर काम गर्न आदेश दिएको वडाअध्यक्ष गणेश नेपालले बताए । सडक आयोजनाले मुआब्जा नदिई आफ्नो जग्गा सडकमा प्रयोग गरेको भन्दै वडा नं. १० का नागरिकहरूले रिट दायर गरेका थिए ।
गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुबेसी रसुवागढी सडक साढे नौं अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । गल्छीदेखि स्याफ्रुवेशी सम्म ८२ किलोमिटर र स्याफ्रुवेशी बाट रसुवागढीसम्म साढे १५ किलोमिटर दुरीको सडक छ ।

सामाजिक सञ्जालबाट


प्रहरीद्धारा बिन्दा ढुंगाना र सुभद्रा नेपाल सम्मानित

बिन्दा ढुंगाना
विदुर\प्रहरी केन्द्रिय कार्यालयले नुवाकोटका दुई जना महिला नेताहरूलाई सम्मान गरेको छ । केन्द्रिय कार्यालयको सम्मान पत्र जिल्लामा आयोजित कार्यक्रमका बीच प्रहरीका जिल्ला प्रमुखले हस्तान्तरण गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नुवाकोटमा प्रहरीसंग समन्वयात्मक भुमिका निर्वाह गरी प्रहरीलाई सहयोग पुर्याएको भन्दै नेकपा बागमती प्रदेश सदस्यद्धय बिन्दा ढुंगाना र सुभद्रा नेपाललाई प्रहरीले प्रसंसा पत्र सहित सम्मान गरेको हो । प्रहरी प्रमुख सर्बेन्द्र खनालद्धारा प्रदान गरिएको प्रसंशापत्र वुधवार नुवाकोट प्रहरी प्रमुख अभिनारायण नारायण काफ्लेले हस्तान्तरण गरे ।
सम्मानित ढुङ्गाना र नेपालले प्रहरी कार्यालयमा आउने विवाद र समस्यालाई सहजिकरण गरेको र त्यसबाट प्रहरी कार्यालयको कार्य सम्पादन राम्रो भएको बताइएकोछ । 
 सुभद्रा नेपाल

सप्ताह महायज्ञ सुरु

छहरे\नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती स्यालपिङ र कन्यावती खहरेको सङ्गमस्थलमा महायज्ञ सुरु भएको हो ।
बिहिवारबाट सुरु भएको सप्ताह ज्ञान महायत्र २४ गते शुक्रवारसम्म सञ्चालन हुने छ । बट्टार÷शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण सहितको उद्देश्यले सप्प्ताह लगाइएको हो ।
त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए । कथा वाचकमा बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन भइरहेको छ । 

प्रदेश सांसद र नागरिकहरु बीच साझा सभा

विदुर\आम नागरिकको साझा साचो र सवालमा केन्द्रित साझा सभा नुवाकोटमा भएको छ । सामुदायिक बिकास केन्द्र नेपालले आयोजना गरेको साझा सभा कार्यक्रममा स्थानिय तह पारदर्शी नभएको आबाज उठेको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सबै क्षेत्र आफैमा पारदर्शी भएमा मात्रै स्वच्छ समाज निर्माण हुने बताए । सबै नागरिकहरू आ–अफ्नो क्षेत्रमा पारदर्शी र जबाफदेही हुनु पर्नेमा उनको जोड थियो ।
किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले समुदायमा रहेका हरेक संघ संस्थाहरूले सामाजिक परिक्षण गर्नु पर्ने बताए । आर्थिक परिक्षण मात्रै हुने गरेकाले उनले सबै क्षेत्रको सामाजिक परिक्षण भएमा मात्रै गरेका कामहरू पारदर्शी हुने बताए । उनले आफुहरू नागरिकहरूको हितका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानीय तह, गैरसरकारी संस्था तथा बिकासे अड्डाले सञ्चालन गरेको हरेक कामहरू समुदायलाई जानकारी हुनुपर्ने बताए । उनले राज्यको माथिल्लो निकायदेखि नागरिक तहसम्मले देख्ने गरी कार्यहरूको सामाजिक परिक्षण गर्नु पर्नेमा जोड दिए ।
म्यागाङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले स्थानीय सरकार स्थापनासंगै नागरिकहरूमा सचेतना आएको र विकास निर्माणको काममा सहयोग मिलिरहेको बताएका छन् । उनले सचेत नागरिकहरूसंग काम गर्दा विकासमा अनियमितता हुने र बजेट चुहावट हुने सम्भावना न्यून रहेको बताएका छन् । यस्तै, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विकास निर्माणका काममा आफ्नालाई मात्रै समेट्ने नभए रकम नै फिर्ता गराइदिने डरलाग्दो अवस्था नुवाकोटमा रहेको बताए । स्वस्थानी ब्रत कथामा भनिएजस्तो छोरा भए छोरालाई दिने, छोरा नभए मित छोरालाई दिने र त्यो पनि नभए खोलामा बगाई दिने भनेजस्तै विकासका कार्यक्रमहरूको हालत रहेको उनले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले उपभोक्ताको पक्ष र हितमा खासै काम नभएको बताए । उनले उपभोक्ताहरू जताततै ठगिरहेकोले त्यसमा ध्यान दिन प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । कार्यक्रममा सामुदायिक बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपालले समुदाय भित्र हुने र सबैको चासो रहने क्षेत्रमा काम गर्दे आएको बताए । प्रतिनिधिमुलक बिषयलाई लिएर समुदायमा सञ्चालित कार्यक्रमले नागरिकहरूको आबाजलाई समेट्दै आएको उनले बताए ।
साझा सभामा किम्पाङ र लिखु गाउापालिकाबाट आएको नागरिकहरू शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि र विपत्को विषयमा आफ्नो सपालहरू राखेका थिए ।
यसै बीच, सामुदायिक बिकास केन्द्र नेपालको आयोजनामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत क्रियाशिल नागरिक समाज तथा संघ संगठनको अन्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्यका बारे प्रकाश पार्दै आयोजक संस्था सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु नेपालले नागरिक समाज र संघ संस्थाहरूले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निवार्ह गर्न‘पर्ने बताए । हाल स्थानीय तहमा पुगेका हक अधिकारको कार्यान्वयन र विकास निर्माणका अवस्थाको अनुगमन नागरिक समाजले गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी भएकाहरूले नागरिकका आधारभूत अधिकारका लागि नागरिक समाजको अहम भुमिका रहेको बताएका थिए । विकासका लागि पारस्परिक जबाफदेहिता आवश्यक रहेको बताउदै स्थानीय स्तरको विकासका लागि स्थानीय तहका प्रतिनिधिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । 

विद्यार्थीलाई पोशाक वितरण

देविघाट\लायन्स-लियो क्लब अफ नुवाकोट फ्युचर स्टारले बिदुर नगरपालिका वडा नम्बर ३ को रणभुवनेश्वरी उच्च माध्यमिक बिद्यालयका ६५ जना बाल शिक्षण कक्षाका बिद्यार्थीाहरूलाई बिद्यालय पोशाक बितरण गरेको छ ।
बिभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको लायन्स क्लबले बिद्यालयमा अध्यनरत बालबालिकाहरूलाई पोशाक उपलब्ध गराएको हो । सो कार्यक्रममा विदुर नगरपालिका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईले लायन्स क्लबको सहयोगमा एक सेट पोशाक उपलब्ध भएपनि फेरफारका लागि अर्को सेट खरिद गर्न अभिभावकलाई आग्रह गरे ।

२०७६ माघ २० गतेको सम्पादकिय

महोत्सबले ओज ग्रहण गरोस्
२०६३ सालबाट सुरु भएको नुवाकोट जिल्लाको महोत्सब हाल जारी छठौं संस्करणसम्म आइपुग्दा १३ वर्षे यात्रा पार गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवले जिल्लालाई दिएको योगदान र प्रयासहरूका बारेमा थुप्रै समीक्षा र चर्चा भइसकेका छन् । १६ गतेदेखि सुरु भएको छैठौं नुवाकोट महोत्सबकोले अहिले जिल्लालाई केही चलायमान पारेको छ । केही गाउँपालिका र नगरपालिकाको उपस्थिति महोत्सबस्थलमा देखिएको छ । महोत्सब उद्घाटन समारोहलाई स्थानीय सरकाले नदिएको प्राथमिकताले महोत्सब कतै विदुर नगरपालिकाको मात्रै त होइन वा यही मात्रै त केन्द्रित छैन भन्ने खालको सन्देश दिन खोजिरहेको थियो । दुई वटा गाउँपालिका र दुई वटा नगरपालिकाको मात्रै प्रमुख÷उपप्रमुखहरूको सहभागिता रहेको उद्घाटन समारोहपछि स्टलमा स्थानीय निकायले गरेको व्यवास्थाले आइतवारसम्म महोत्सवका स्टलहरू खाली परेका छन् । सिमित संख्यामा तयार गरिएको स्टलपनि खाली देखिनुले सकारात्मक सन्देश दिएको छैन । केही वित्तिय संस्था, सामाजिक संस्था तथा स्थानीय सरकारको नाममा ‘बुक’ भएको स्टलहरू चौथो दिनसम्म खाली छन् । जसले गर्दा महोत्सवको व्यवस्थापकिय पाटोलाई कमजोर देखाएको छ । बाँकी दिनका लागि ति स्टल अन्यलाई दिएर भरिभराउ देखाउनु बेश हुनेछ ।
महोत्सवको अर्को प्रमुख पाटोको रुपमा रहेको कलाकारहरूको प्रस्तुतीमा यो पाली आकर्षण देखिएन । या त दर्शकको खोजी अनुसारको कलाकार महोत्सवमा आयोजकले ल्याउन सकेन । कि आएका कलाकारहरूले दर्शकको अपेक्षा अनुसारको प्रस्तुती दिन सकेनन् । केही कलाकारहरू बाहेक अधिकांश कलाकार बजारमा नचलेका, नदेखिएका वा पुरानो भइसकेका साँस्कृतिक प्रस्तुतीका साथ उपस्थित भइरहेका छन् । जुन पक्ष दर्शकले रुचाएका छैनन् ।
छाठौं नुवाकोटका महोत्सबमा जिल्लाको पहिचान हुने र पहिचानको रुपमा विकास गर्न सकिने मौलिकताको कमी देखिएको छ । केही विषय र उत्पादनले प्रवेश पाएको छ महोत्सवमा, तर नुवाकोटलाई चिनाउन सक्ने खासखास कुराहरू के के हुन् र ति अनिवार्य रुपमा कसरी सहभागि गराउन सकिन्छ, प्रर्दशन गराउन सकिन्छ भनेर आयोजकले ध्यान दिएकै देखिएन । जसले गर्दा छैठौं नुवाकोट महोत्सवले आफ्नो नाम अनुसारको ओज ग्रहण गर्न सकेको छैन ।    

Monday, January 27, 2020

के भएको हो सांसद मैनालीको कम्पनीमा ?

निर्माणको अन्तिम चरणमा रहेको नुवाकोट शीतभण्डारको मुख्य भवन
विदुर\प्रदेश सांसद बद्री मैनाली अध्यक्ष रहेको नुवाकोट शतिभण्डारी प्रालिले प्राप्त गरेको प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाको  अनुदान रकम बढि भुक्तानी भएको समाचार सार्वजनिक भएसंगै नुवाकोट तरंगित भएको छ । प्रदेश सांसद बद्री मैनालीले अध्यक्षता गरिरहेको कम्पनीले सरकारसंग सम्झौता भन्दा ५० लाख बढि रकम लिएको खबर नायँ पत्रिका दैनिकले शुक्रवार सार्वजनिक गर्यो । अन्तिम किस्ता लिन बाँकी रहँदैमा ५० लाख बढि लिएको र फिर्ता गर्नका लागि कार्यालयले पत्राचार गरेको समाचारमा उल्लेख छ ।
विदुर नगरपालिका वडा नं. २ गंगटेमा निर्माण भइरहेको नुवाकोट शीतभण्डार प्रालिलाई बढी भुक्तानी दिएको हो । समाचारमा उल्लेख भए अनुसार शीतभण्डार निर्माणका लागि परियोजनाले प्रालिसँग १८ करोड ७८ लाख रुपैयाँमा सम्झौता गरेको थियो । त्यसमध्ये १० करोड ५० लाख रुपैयाँ परियोजनाले अनुदान दिने र बाँकी आठ करोड २८ लाख प्रालिले व्यहोर्ने सहमति भएको थियो । तर, परियोजनाले निर्माण कार्य नै नसकी प्रालिलाई ५० लाख रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । शीतभण्डार बनिनसक्दै प्रालिले परियोजनाबाट ११ करोड पाँच लाख ५९ हजार १५१ रुपैयाँ भुक्तानी पाइसकेको छ । शीतभण्डार निर्माण सम्बन्धमा बनेको कार्यविधिअनुसार विभिन्न चार चरणमा निर्माण कार्यको भुक्तानी गर्ने उल्लेख छ । पहिलोमा २०, दोस्रो र तेस्रोमा ३०–३० र अन्तिम चरणमा २० प्रतिशत भुक्तानी गर्ने उल्लेख छ  । परियोजनाका प्रमुख डा. रेवतीरमण पौडेलले प्रालिलाई दिनुपर्ने अन्तिम किस्ता बाँकी रहेको बताए ।‘फाइनल बिलिङ नै भएको छैन,उनले भने, ‘हिसाबकिताब फरफारक हुनै बाँकी छ ।’ हिसाबकिताब नै फरफारक नभई किन बढी भुक्तानी गयो भन्ने प्रश्नमा उनले भने, ‘मूल्य अभिवृद्धि करको भुक्तानी बाँकी नै छ, यसको फरफारक हुन्छ ।’ सम्झौताभन्दा बढी रकम भुक्तानी भएपछि परियोजनाले रकम फिर्ता गर्न प्रालिलाई केही समयअघि पत्राचार नै गरेको सुवास भट्टले समाचार लेखेका छन् । सम्झौता रकमभन्दा बढी भुक्तानी दिएकोलगायत सम्बन्धमा कृषि मन्त्रालयले पनि परियोजनासँग स्पष्टीकरण मागेको बताइएको छ ।

नुवाकोट शीतभण्डार प्रालिका अध्यक्ष एवं प्रदेश सांसद बद्री मैनाली
 शुक्रवार जारी गरेको विज्ञप्तीमा उल्लेखित  आर्थिक विवरण । 
यो खबर बाहिर आएसंगै शुक्रवार कम्पनीका अध्यक्ष प्रदेश सांसद बद्री मैनालीले तीन पृष्ठ लामो विज्ञप्ती जारी गरेका छन् । उनले आफुले नेतृत्व गरिरहेको कम्पनीले ठिकढंगले काम गरिरहेको र राज्य कोषको एक पैसापनि अनियमितता नभएको बताए ।
शुक्रवार सम्झौता भन्दा ५० लाख बढी भुक्तानी भएको समाचार बाहिर आएसंगै कम्पनीले अहिलेसम्म भौतिक संरचनामा निर्माणमा गरेको प्रगतीलाई सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरिएको छ । कम्पनीका सञ्चालक तथा जानकारहरूले उक्त कम्पनीको कामको विषयमा सामाजिक सञ्जालमै समीक्षा, चर्चा र बचाउ गरेका छन् । यो समाचारको पक्ष र विपक्षमा देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा राजनीतिक आस्थाका आधारमा विभाजित भएको देखिएको छ । नेकपा समर्थकहरूले कम्पनी र आयोजनाको बचाउ गरेका छन् भने काँग्रेस निकटकाहरूले सम्झौता भन्दा बढी रकम भुक्तानी पाएको समाचारलाई सामाजिक सञ्जाल र समाजिक सञ्जालको ‘क्लोज ग्रुप’मा फैलाइरहेका छन् ।
शाख धुमिल्याउने प्रयास मात्रै :मैनाली
सांसद बद्री मैनाली 
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासँग २०७५÷३÷२४ को सम्झौता बमोजिम २०७७ असार २३ सम्ममा सम्पन्न गरिसक्नु पर्ने शित भण्डार निर्माण कार्य देशका अन्य विकास निर्माणका आयोजना सम्झौता अवधि सम्ममा पनि सम्पन्न भइनरहेको अवस्थामा नुवाकोट शित भण्डार प्रा.लि.ले समयावधि भन्दा अघि नै सम्झौता बमोजिमको कार्य सम्पन्न गरि नेपालमा हालसम्मकै ठूलो र आधुनिक प्रविधिबाट निर्मित ६० लाख किलो क्षमता (६ हजार मेट्रिक टन) को कोल्ड स्टोरेज सञ्चालनमा आउन लागेकोे छ । सञ्चालनमा आएपछि जिल्लाका ६ हजार घरधुरीका ३० हजार कृषक र कृषक समूहबाट उत्पादित कृषिजन्य बस्तुकोे सहुलियत दरमा भण्डारण हुनेछ । योे शीतभण्डार गृह नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको नमूना उप–आयोजना रहेको छ ।
यस कम्पनीले शीतभण्डार निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा प्रस्ताव पेश गर्दा प्रस्तावित स्टमेटमा मु.अ.कर बाहेकको हिसाब गरेर अठार करोड अठहत्तर लाख रुपैंमा पेश गरी मु.अ.कर बाहेक १० करोड ५० लाख रकमको अनुदान प्राप्त गर्ने गरी सम्झौता गरेकोमा छ । मु.अ.कर रकम सहित ११ करोड ८६ लाख ५० हजार पाउनु पर्ने मध्येमा हालसम्म पेश्की रकम,  मु.अ.कर सहितको रनिङ बिल रकम गरी जम्मा ११ करोड ५ लाख ५९ हजार १५१ रुपैंया मात्र भुक्तानी लिएको छ । ८० लाख ९० हजार ८४९ रुपैंया अझै लिन बाँकी भएकाले समाचारमा उल्लेख भए अनुसार ५० लाख बढी भुक्तानी लिई अनियमितता भएको भन्ने कुरा यथार्थ छैन । एकै वर्षमा एउटै कम्पनीलाई ११ करोड भुक्तानी भएको भन्ने बारेमा सम्झौता अवधि २ वर्ष भएतापनि सम्झौता बमोजिमको कार्य मध्ये १ वर्ष भित्रमा नै अनुगमन तथा नाप जाँचबाट प्रमाणित भई ११ करोड (पेश्की सहित) बराबरको कार्य सम्पन्न भएकाले समय सिमा भन्दा अगाबै कार्य सम्पन्न गरेमा भुक्तानी दिन बाधा नपर्ने भन्ने सम्झौतामा प्रावधान बमोजिम नै निकासा पाएको हो ।
शीतभण्डार गृह निर्माण सामाग्रीमा मु.अ.कर नलाग्ने प्रावधान बमोजिम निर्माण सामाग्री खरिद तथा आयातमा मु.अ.कर नलाग्ने र भन्सार महशुल एक प्रतिशत मात्र लाग्ने भएकोले सो सम्बन्धी रकमहरू तिरेको बिल, प्रमाणहरू सहित परियोजनामा बिल पेश गरी मु.अ.कर सहितको रकम निकासा लिइएको हो ।
यस कम्पनीले परियोजनाबाट ८० लाख ९० हजार ८४९ रुपैंया लिन बाँकी हुँदाकै अवस्थामा बढी निकासा लिइ अनियमितता नगरिएको भन्ने प्रष्ट्याउन चाहन्छु । साथै यो कम्पनी र यो कम्पनीका सदस्यहरू ऐन, कानून, विधि पक्रिया र तथ्य माथि विश्वास गर्दछ र सोहि भरोसालाई आत्मसाथ गर्दै अगाडि बढिरहेकोमा, यो कम्पनीले सम्झौता बमोजिम नै कार्य गरी नियम कानून बमोजिम नै गरिव किसान एवं निम्न वर्गका व्यक्तिहरूको सेवा गर्न लागेकाले कम्पनीसँग जोडिएका व्यापारिक बर्ग एवं राजनीतिक व्यक्तित्वको शाखलाई धुमिल्याउने गरी आएको भ्रामक समाचार प्रति विश्वास र भरोस नगर्न आम जनसमुदायलाई अनुरोध र आग्रह गर्दै आधारहीन प्रचारबाजीको प्रयास नगर्न नगराउन सचेत गराउन चाहन्छु ।
यो हो वास्तविकता 
–बशन्त न्यौपाने
शीतभण्डारमा जडान गरिएको आधुनिक मेसिन
नुवाकोटमा करिब ७२ हजार मेट्रिकटन आलु उत्पादन हुन्छ । घरायसी खपत भएर बिक्रिका लागि बजारमा उपलब्ध हुने करिब ४५ हजार मे.टन आलुका लागि भण्डारण गर्ने ठाउँ चाहिन्थ्यो नै । आलुको पकेट क्षेत्र भनेर चिनिएको ढिकुरे, सिमरा, थान्सिङका उत्पादनको आपुर्ती नियन्त्रणका लागि र पछिसम्म उपभोग गर्न मिल्ने भण्डारण आवश्यक थियो र ढुवानी गर्न मिल्ने राजमार्ग संगै जोडिएका हिसाबले गंगटेमा स्थापना भएको नुवाकोट शीतभण्डार प्रालि उचित ठाउमानै छ ।
देशभरिमा प्रधानमन्त्री कृषि अनुदान परियोजना अन्तर्गत शीतभण्डार निर्माण गर्न विभिन्न ठाउँका परियोजनालाई सरकारी मापदण्ड अनुसार कम सरकारी सहयोग स्वीकार गर्नेगरी बोलपत्र मार्फत अनुदान बितरण गरियो ।  नुवाकोटका लागि चाहिँ नुवाकोट शीतभण्डार प्रालिले प्रतिस्पर्धाबाट कुल लागतको करिब ५५ प्रतिशत सरकारी करिब १० करोड पचास लाख अनुदान उपलब्ध गराउने र तीन बर्ष भित्र निर्माण सक्ने गरि सम्झौता भयो । कुल लागत १८ करोड भन्दा केही बढी अनुमान गरिएको परियोजनामा हाल सम्म ३२ करोड भन्दा बढी खर्च भैसकेको छ भने निर्धारित समय ३ बर्ष भएकोमा १ बर्ष ६ महिना अर्थात् आधा समय अगावै परियोजना सम्पन्न हुने अवस्थामा पुगेको छ ।
अब यहाँ नेर हेक्का राख्नु पर्ने कुरा के हो भने अनुदान लिनु मात्र ठूलो कुरा होइन । अनुदान लिदा तोकिएका मापदण्ड पूरा भयोकि भएन, प्रबिधि प्रयोग भयो की भएन र अनुदान बाहेकको स्वःपुँजी लागाउने क्षमता छ कि छैन भनेर हेरिएन भने इमानदारिताका साथ सरकारसंगको सहमती पालना गरेर काम गर्नेहरू हतोत्साही हुने अवस्था आउन सक्छ । बागमती प्रदेश सदस्य भएका बद्री मैनाली मात्र त्यो कम्पनीका धनी होइनन् ! त्याहा त अन्य व्यावसायीपनि जोडिएका छन् ।
त्यसैले पत्रकार मित्रहरू, कम्तिमा आँखै अगाडि भएका सकारात्मक कामलाई सहि मुल्यांकन गरेर राम्रो भएछ भन्दा तपाईहरूको के जान्छ र ? फेरि समाजलाई सकारात्मक सन्देश दिएर प्रगतिपथमा लैजाने जिम्मेवारी तपाईहरूको पनि हो नि ! होइन र ? संगै सम्झौता भएका चिसियान केन्द्रका हालत कस्तो छ ? त्यो सबैलाई थाहा छ । नेपालको कानुन अनुसार सरकार र नुवाकोट शीतभण्डार प्रालिसंग भएको सम्झौता अनुसार नै भुक्तानी भयको हो । यहि फागुनभित्र शीतभन्डर सञ्चालनमा आउँछ । नुवाकोटका किसानलाई राहत मिल्छ ।

भवानी राणाले उद्घाटन गर्ने

विदुर\छैठौँ नुवाकोट महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको छैठौँ नुवाकोट महोत्सब २०७६ को व्यबस्थापनका कार्यहरू अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यही माग १६ गतेदेखि २६ गते सम्म हुन लागेको महोत्सबमा स्टल र स्टेज निर्माण, खेल तथा मनोरञ्जनका सामाग्री जडान एंव सञ्चालन लगायतका कामहरू भैरहेको मुल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले बताए ।
उनका अनुसार महोत्सवको उद्घाटनको लागी १६ गते दिउँसो १ बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा आउने छन् । ब्यबसायिहरूको संस्था नुवाकोट उद्योग बाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवलाई राजनीति विवाद नआउने गरी राणाबाट महोत्सवको उद्घाटन गरिने बताए ।
महोत्सबमा यसपालि एतिहासिक कला संस्कृतिको सम्बद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारा तय भएको छ । पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा सांस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गरिने नुवाकोट उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।
महोत्सवमा नुवाकोटका बिभिन्न समुदायले प्रयोग गर्ने भेषभूषा, भाषा, धर्म, संस्कृति, खाना, पहिरन, लवज, पर्व तथा चाड लगायतका जिल्लाका धरोहरहरूलाई समेत गरिने नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।
महोत्सबमा झाकी सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य प्रतियोगिता, लोपोन्मुख बालन भजन तथा पञ्चे बाजा प्रतियोगिता राखिएको छ । कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि अटोमोबाइल प्रदर्शनी तथा बिक्री, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक सांस्कृतिक पहिचान तथा अवलोकन, लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनी साथै नेपालका चर्चित कलाकारहरूको साङ्गितिक प्रस्तुती रहने संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । राष्ट्रिय स्तरका कलाकाहरूको ‘सेडुल तयारी भइरहेको र राष्ट्रिय स्तरमा चर्चामा रहेको विभिन्न विधाका कलाकाहरू महोत्सवमा आउने उनले बताए ।
महोत्सबलाई भब्य रुपमा सफल बनाउन नुवाकोटका १२ वटै स्थानिय तहहरू सह–आयोजक, बिभिन्न संघ संस्थाहरू सहयोगी छन् । यस्तै, नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाई रहेकाले नुवाकोटमा पर्यटकहरूलाई आकर्षण गर्ने बिषयहरूलाई समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ । महोत्सब स्थलमा आईपुगेका सबै नागरिकहरूलाई नुवाकोट जिल्लाको समग्र चिनारी, धार्मिक एतिहासिक एवं पर्यटकिय स्थलहरूको बारेमा जानकारी दिने ब्यबस्था समेत मिलाएको नुवाकोट उद्योग बाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले बताए ।

आठ वटा एफएमले एउटै समाचार प्रशारण गर्ने

अकोराब नुवाकोट अध्यक्षमा भट्ट
विदुर\सामुदायिक रेडियो प्रशारण संघ (अकोराब) नेपालको जिल्ला समन्वय समिति नुवाकोट शनिवार गठन भएको छ ।
नाफा नकमाउने एफएम÷ रेडियोहरूको छाता संस्था अकोराब नुवाकोटको संयोजकमा रेडियो भैरबीका अध्यक्ष देवचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भए । समितिका सदस्यमा  नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, रेडियो त्रिशुलीका स्टेशन म्यानेजर शर्मिला उप्रेती, रेडियो जालपाका स्टेशन म्यानेजर जगदीश खनाल,चिम्टेश्वर एफएमका सदस्य रामहरि न्यौपाने र रेडियो तादीका अध्यक्ष सुजित भण्डारी छन् । नुवाकोटमा सामुदायिक रेडियोहरू ६ वटा छन् ।

अकोराब जिल्ला समन्वय समितिले आफ्ना सदस्य रेडियोहरू बीचमा सहकार्य गर्ने, साझा चासोको विषयमा सामाग्री उत्पादन र प्रशारण  गर्नेछन् । अकोराबको प्रथम जिल्ला अधिवेशको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष एवं अकोराबका केन्द्रिय अध्यक्ष कपिलदेव खनालले सामुदायिक रेडियोहरू समुदायसंग घुलमिल हुन नसकेको र अब निजी र सामुदायिक रेडियो बीचमै फरक नरहेको बताए । उनले रेडियो सञ्चालकहरूले चाहेको सामाग्री मात्रै रेडियोबाट प्रशारण हुन थालेपछि समुदायले अपनत्व महशुस नगरेको उल्लेख गर्दै सामुदायिक रेडियोलाई आफ्नै चरित्रमा प्रशारण हुन आग्रह गरे ।
यस्तै, नुवाकोटबाट प्रशारण हुने रेडियोहरूले साझा समाचार बुटेलिन प्रशारण गर्ने भएका छन् । स्थानीय समाचार र समाचारजन्य सामाग्रीमा एकरुपता र गुणस्तरियता प्रदान गर्नका लागि आठ वटा एफएम रेडियोहरूले दैनिक दुई वटा समाचार बुलेटिन साझा रुपमा उत्पादन तथा प्रशारण गर्नेछ । पाँच वटा सामुदायिक र तीन वटा व्यवसायीक एफएम \ रेडियोहरूले नै उक्त साझा समाचार बुलेटिन प्रशारण गर्ने प्रतिवद्धता जनाएका छन् ।
विहान र बेलुकाको दुई वटै बुलेटिन जिल्लामा सञ्चालित आठ वटा रेडियोहरूले एकै साथ प्रशारण गर्नेछन् । जिल्ला खबर नाम दिइएको समाचार बुलेटिन नुवाकोट एफएम १०६.८ मेगाहर्ज, रेडियो जालपा १०४.५ मेगाहर्ज, रेडियो त्रिशुली ८८.४ मेगाहर्ज, रेडियो सञ्जीवनी ८९ मेगाहर्ज, मिक्स एफएम ८९.४ मेगाहर्ज, गज्जवको रेडियो १०५.७ मेगाहर्ज, रेडियो भैरबी ८८ मेगाहर्ज र रेडियो तादी १०५.३ मेगाहर्जमा सुन्न सकिने छ ।   
साझा समाचार बेलेटिन प्रशारण आरम्भ फागुनबाट हुने बताइएको छ । सार्वजनिक चासोेका  विषयमा सबै एफएम रेडियोले पहुँच पु¥याउन नसकेको र समाचारको गुणस्तरियतामा काम भएको श्रोताको प्रतिक्रयाको आधारमा समाचारका लागि सामुहिक कार्य गर्न थालेको बताइएको छ ।
शनिवार विदुरमा भएको एफएम\रेडियोहरूको वर्तमान अवस्था र भावी कार्ययोजनमा बोल्दै पत्रकार महासंघ नुवाकोटका अध्यक्ष एवं अकोराबका केन्द्रिय सदस्य कपिलदेव खनालले नागरिकको बोली र अभिव्यक्ति जस्ताको तस्तै राख्न रेडियोहरू बढि सफल हुने उल्लेख गर्दै सामुहिकतामा विश्वास टुट्दै गएको सञ्चार व्यवसायलाई रुपान्तरण गर्न पनि सहकार्य आवश्यक रहेका बताए । निष्पक्षता हराउदै गएको र भरपर्दो श्रोत प्रयोग गरेर समाचार तयार नगर्दा श्रोतहरूले विश्वास कम गर्न थालेको अहिलेको डरलाग्दो अवस्थालाई फरक बनाउन आठ वटै एफएम\रेडियोहरूको साझा समाचार बुलेटिन आउन लागेको बताए । विकास पत्रकारितामा केन्द्रित गरेर समाचार बुलेटिन तयार गरिने बताइएको छ ।
पत्रकार महासंघ बागमती प्रदेश सदस्य द्धय रामहरि गजुरेल र शर्मिला उप्रेती, अकोराब नुवाकोटका संयोजक देबचन्द्र भट्ट, पत्रकाहरु रामहरि न्यौपाने, रुपा अर्याल, श्रीराम अधिकारी, श्रीराम नेपाल, मुकुन्दराज अर्याल, नवदीप श्रेष्ठ, पुरुषोत्तम बस्नेत, गमला लामा लगायतका वक्ताहरूले जिल्लाबाट सञ्चालित एफएम रेडियोबीचको सहकार्य र सामुहिक कार्यमा जोड दिए ।   

सांसदको नाममा पक्राउ पुर्जी

विदुर\सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि नुवाकोटका संघीय सांसद बहादुरसिंह लामालाई डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ । उनी सहति चार जनालई यो मुद्दा लागेको छ । सांसद लामा मालिक रहेको कम्प्नीको सवारी साधनले प्राकृति सोधन साधनको चोरी गरिरहेको फेला परेपछि उक्त मुद्दा लागेको बताइएको छ ।
पूर्वी मकवानपुरको बकैया ७ स्थित कालीवनमा अवैध ढुंगागिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेशराम महरालाई डिभिजन वन कार्यालय मकवानपुरले समातेको थियो । पुस १३ गते एक्साभेटर चालक, वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पक्राउ गरिसेकेको छ । लाई पनि वन कार्यालयले पक्राउ गरेको छ । हिमडुङ एण्ड थोकर कन्सट्रक्सन प्रालि, टोखा नगरपालिका ७ धापासी काठमाडौंको ठेगानामा रहेको उक्त सवारी साधन सांसद लामाको रहेको पुष्टि भएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष लामा, कम्पनी सञ्चालकहरू नुवाकोट पञ्चकन्या ५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरेको नाममा पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई पुस १५ गते वन कार्यालयमा हाजिर हुन पत्र काटेपछि अटेर गरिरहेका छन् । जिल्ला अदालत मकवानपुरबाट दोस्रोपटक म्याद थप हुँदासमेत कोही सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते सबै सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । बन कार्यालयले उनीहरूको खोजतलास भइरहेको बताएको छ । कम्पनीको बकैया–७ अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने विदुर नगरपालिका वडा नं. १० का सुवास डंगोलबिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सा.स्द लामाको कम्पनीले सामुदायिक वन क्षेत्रभित्र ९ हजार ५६४ क्यूफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको वन कार्यालयको दाबी छ । बिगोवापत १ लाख ६४ हजार ११२ रुपैयाँ ५० पैसा जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिमको सजाय माग गरिएको छ । उक्त उपदफा अनुसार साढे ५ वर्ष कैद सजाय हुनेछ ।
उक्त कम्पनीले सामुदायिक वनभित्रबाट नदीजन्य पदार्थ अवैध उत्खनन गरी फास्ट ट्रयाकमा प्रयोग गरेको पाइएको छ । हिमडुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिले काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको क्रममा उक्त सामग्री प्रयोग गर्दै आएको थियो ।

स्कुलमा सरकारको हस्तक्षेप

सेढाईं (बाँयाँ) लम्साललाई मायाको चिनो प्रदान गर्दै ।
 तस्बिर :रोशन\इमेज
ढाडेफेदी\स्थानीय सरकार स्थापनासंगै सामुदायिक विद्यालयमा राजनीति प्रभाव बढ्न थालेको उदाहरण सुमर्यमती मावि ढाँडेफेदीमा देखिएको छ । मंगलवार स्कुलमा भएको कार्यक्रममा बोल्ने क्रममा यस स्कुलका निर्वतनमा अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सम्झना सेढाईंले कार्यक्रमको मञ्च बाटै स्कुलको सदस्य पदबाट राजिनामा दिए ।
व्यवस्थापन समितिको अध्यक्ष गठनका लागि स्कुलले पठाएको चार जनामध्ये छानिएका अध्यक्ष आर्थिक चलखेल र राजनीति आस्थाका कारण आफुलाई पाखा लगाउन नगरपालिकाले हस्तक्षेप गरेको उनको आरोप छ । ‘नुनलाई सुन बनाएर नगरपालिकाले अध्यक्ष बनायो, यसरी स्कुलमा राजनीतिक हस्तक्षेप गर्न हुन्छ ? म यस्तो दलदलमा बसेर काम गर्नसक्दिन, अहिले नै सदस्य पदबाट राजिनामा घोषणा गर्दछु’ सेढाईंले भने । स्कुलले सेढार्इं सहित चार जनालाई अध्यक्ष चयनका लागि नगरपालिकामा सिफारिस गरेको थियो । गत साता बेलकोटगढी नगरपालिकाले दिपेशप्रसाद पाण्डेलाई अध्यक्षमा मनोनित गरेको छ । 
विद्यालय र शिक्षा क्षेत्र कब्जा नै गर्ने रणनीतिका साथ बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनाल लागेको सेढाईंको आरोप छ ।
बेलकोटगढी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १३ का अध्यक्ष पशुपती लोहनीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकारले विशेष अभियान सञ्चालन गरिरहेको र शैक्षिक गुणस्तरमा सम्झौता नहुँने बताएका छन् । प्रवक्ता लोहनीले स्थानीय सरकारले छोटो समयमा शिक्षा क्षेत्रमा पनि गर्नुपर्ने काम धेरै भएकोले सुधारको नतिजा फटाफट नदेखिएको र अब शैक्षिक सुधारको परिणाम नागरिकले महशुस गर्न पाउने बताए ।
बेलकोटगढी नगरपालिका वडा नं. १३ ढाडेफेदीमा रहेको सुर्यमती माविलाई लायन्स क्लव अफ काठमाडौं मिलनले तीन लाख रुपैयाँ बरावरको सामाग्री सहयोग गरेको छ । सुर्यमती माविको ६३ औं बार्षिकोत्सवमा क्लवले १८ जोर डेक्सबेञ्च, दुई सेट कम्प्युटर, एक थान प्रिन्टर र खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो ।
      लायन्स क्लफ अफ काठमाडौं मिलनको जिल्ला गर्भनर इन्दु लम्सालले सामुदायिक विद्यालयमा पढाईकोस्तर वृद्धि हुँदै गएको बताए । आफुहरूको सामान्य सहयोग पनि महत्वपूर्ण हुने देखेर विद्यालयलाई सामाग्री सहयोग अभियान सञ्चालन गरेको उनले बताए । प्रमुख अतिथि लम्सालले सुर्यमती माविका सम्पूर्ण विद्यार्थीलाई एक एक जोर जुत्ता उपलब्ध गराउने घोषणा गरे ।
     पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले निजी र सामुदायिक विद्यालयहरूको तुलना गर्दै भौतिक संरचनामा सामुदायिक विद्यालयले प्राप्त गरेको उपलब्धि अब नतिजामा जोड्नुपर्ने बताए । 
स्कुलको ६३ औं बार्षिकोत्सवमा लाइन्स क्लव अफ काठमाडौं मिलन सहभागि भएर सहयोग प्रदान गर्न नवराज घिमिरेले गरेका थिए । उक्त विद्यालयलाई क्लबको तर्फबाट भौतिक सामाग्रीको सहयोग निरन्तर रहने अध्यक्ष शिवराम फुँयालले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रअ अमृतमान गुरुवाचार्यले वितेको शैक्षिक वर्षको प्रगती तथा आर्थिक वर्षको कारोवार सार्वजनिक गरेका छन् । 

स्वर्ण पदक विजेताको सम्मान

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई गएको सोमवार नगद सहित सम्मान गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका बुद्धिबहादुर तामाङलाई दुप्चेश्वर गाउँपालिकाले १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
तेश्रो दुप्चेश्वर कप अन्तर गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा तामाङलाई सम्मान गरिएको हो । उनाी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का स्थायी नागरिक हुन् । तामाङले साईक्लिङ तर्फ क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा १ घण्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितेका थिए ।
यसै बीच, तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । फाइनलमा आयोजक दुप्चेश्वर गाँउपालिकालाई ३–१ को सेटमा हराउदै म्यागङले उपाधि जितेको हो । म्यागाङले ८० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
दुप्चेश्वर गाउँपालिका– ६ रुक्मिणी माविको खेल मैदानमा भएको प्रतियोगितामा म्यागङ र दुप्चेश्वर टिमको अंक २०–२५, २५–१९, २५–१६ र २५–१३ रहेको थियो । दोश्रो भएको आयोजक टिम दुप्चेश्वरले ५० हजार नगद, तेश्रो भएको पञ्चकन्या गाउँपालिकाले ३० हजार र चौथो स्थान पाएको सहआयोजक सोसल सर्भिस युथ क्लब समुन्द्रटारले १० हजार नगद सहित प्रमाणपत्र पाएको छ । 

बजेट खर्च ३३ प्रतिशत मात्रै

विदुर\नुवाकोटको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को आधा समय वित्दा पनि विनियोजित बजेट कार्यान्वयन निराशाजनक छ ।
आर्थिक बर्ष आधा मात्रै बाँकी रहँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयले ५ प्रतिशत मात्र खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट तीन अर्ब ३१ करोडमा ८८ करोड सात लाख खर्च भएको छ ।
प्रदेश सरकार मातहतका जिल्ला स्थित सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकार समेतका २० कार्यालयमा एक अर्ब ९९ करोड प्राप्त बजेटमा १० करोड ३९ लाख मात्रै खर्च भएको छ । जनप्रतिनिधिको निगरानीमा सञ्चालन हुने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गतको २४ करोड बजेट अझै कार्यान्वयनमा आउन बाँकी छ ।

रनिङशिल्डमा गणेश मावि पहिलो


 चोगते\नुवाकोटको सुर्यगढी गाँउपालिकाद्धारा आयोजित गाँउपालिका स्तरिय रनिङशिल्डको प्रतियोगितामा गणेश मावि हल्देकालिका पहिलो भएको छ ।
९ स्वर्ण, ९ रजत र ५ कास्य सहित गणेश माविले पहिलो स्थान हासिल गर्न सफल भएको हो । ६ स्वर्ण, ६ रजत र ७ कास्य सहित कालिका मावि हल्देकालिकाले दोश्रो भएको छ । बागेश्वरी मावि चोकते ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित तेश्रो भएको छ ।
खेलकुद समिति संयोजक दिपक नेपालीका अनुसार प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माविको सहभागिता थिए ।
विजयी विद्यालय टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले खेल क्षेत्रको विकास तथा खेलाडी प्रोत्साहनको लागी लगानी तथा अवसरमा स्थानीय सरकारले प्रथामिकता दिने बताए । उनले गाउँपालिका अन्र्तगतका सबै पक्षहरूलाई उत्तिकै सवल बनाउने अभिप्रायका साथ सुर्यगढीमा खेलकुदको क्षेत्रमा पनि विशेष रुपमा कार्यक्रम सञ्चालन गरिने बताएका छन् । 

समितिको अध्यक्ष तामाङ

विदुर\जिल्ला खेलकुद विकास समिति नुवाकोटको अध्यक्षमा बुद्धिमान तामाङ चयन भएका छन् । बागमती प्रदेश तथा सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद विकास समितिको नुवाकोटको अध्यक्षको जिम्मा तामाङलाई दिएको हो । अध्यक्षमा नियुक्त भएका तामाङ नेकपा नुवाकोटका नेता हुन् । समितिको सदस्यहरूमा सन्तोस राई, लक्ष्मी तामाङ, सुदिप श्रेष्ठ र मिना पुडासैनी न्यौपाने चयन भएका छन् । 

सुरुङ मार्गको अध्ययन

विदुर\नुवाकोटको छहरेबाट काठमाडौंको टोखा जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर चिनियाँ टोली फर्किएको छ ।
नौ जनाको टोलीले एक महिना लगाएर सुरुङबारे अध्ययन गरेको हो । आउँदो चैतसम्म टोलीले चीन सरकारलाई प्रतिवेदन बुझाउने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङ मार्गका लागि अध्ययन गर्न आउने चिनियाँ टोलीहरूसंग समन्वय र सहकार्य गर्दै आएको छ । महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार उनीहरूले चीन सरकारलाई रिपोर्ट बुझाएपछि थप अध्ययनका लागि अर्को टोली आउनेछ ।