Sunday, February 16, 2020

भलिबल उपाधि आयोजक टिमलाई

संगम भड्ताल
प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको
फाईनलका लागि भलिबल हस्तान्तरण गर्दै नेपाली काँग्रेसका
बरिष्ठ नेता रामचन्द्र पौडेल, साथमा पञ्चकन्या
गाउँपालिकाअध्यक्ष तेजबहादुर तामाङ । तस्बिर : इमेज
कबिलास\नुवाकोट जिल्ला अन्तरपालिका स्तरिय प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको उपाधी आयोजक टिम पञ्चकन्याले जितेको छ । पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थित कालिका माबिस्थित खेलमैदानमा मंगलवार भएको फाइनल प्रतियोगितामा प्रतिस्पर्धि म्यागङ गाउँपालिकालाई सोझो सेटमा हराउँदै पञ्चकन्याले उपाधि जितेको हो ।
उक्त प्रतियोगिताको विजयी पञ्चकन्या गाउँपालिकाको टिमले १ लाख नगद रुपैयाँ सहित ट्रफी हात पारेको छ । उप बिजेता म्यागङ गाउँपालिकाको टिमले ७५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।
यस्तै दुप्चेश्वर गाउँपालिका अन्तरपालिका स्तरिय चेयरम्यान कप भलिवल प्रतियोगितामा तेश्रो स्थानमा उक्लेको छ । शिवपुरी गाउँपालिकालाई पराजित गरेको दुप्चेश्वर गाउँपालिकाले ५० हजार रुपैयाँ र ट्रफी पाएको छ । अनुसाशित खेल प्रदर्शनमा तारकेश्वर गाउँपालिकालाई सम्मान गरिएको छ । प्रतियोगितमा विभिन्न विधिमा उत्कृष्ठ भएका खेलाडीहरूलाई पुरस्कृत समेत गरिएको थियो । त्यस क्रममा लिखु गाउँपालिकाको टिम भित्रका डेनिश राई उदयमान खेलाडी, बेस्ट स्ट्राईकरमा म्यागङका आयुश खड्का, बेष्ट ब्लकरको अवार्ड आयोजक पञ्चकन्याका सुजन थापालाई, बेस्ट डिफेन्डरमा दुप्चेश्वरका सिताराम तामाङ, बेस्ट सटरमा पञ्चकन्याका केशव बोहोरा, बेस्ट सर्भरमा म्यागाङका आईतराम तामाङ, बेस्ट प्रशिक्षकमा पञ्चकन्याका प्रशिक्षक उत्सव खड्का, बेस्ट प्लेयरको अवार्ड सन्जय शाह ठकुरी र ब्यबस्थापकमा स्थानिय शिक्षक राजकुमार ठकुरीले अवार्ड गरेका छन् ।
पञ्चकन्या गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम पञ्चकन्या चेयरम्यान कप प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटै पालिकाबाट खेलाडीहरू सहभागि भएका थिए । कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिजेता टोली तथा उत्कृष्ठ खेलाडीहरूलाई आयोजक गाउँपालिकाको तर्फबाट पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
यसै बीच, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षपाती रुपमा नेकपाले राज्य सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।  नेकपाको सरकार एकपक्षिय ढङ्गले सञ्चालन भैरहेको बताए । आफु अनुकुल नरहेका ब्यक्तिहरूको पक्षमा एकोरोह राज्य लागेको उनको आरोप छ । एकै प्रकृतिका कसुरमा पनि कसैलाई हदैसम्मको सजाय र कसैलाई उन्मुक्ति दिनु आपत्तिपूर्ण रहेको पौडेलले बताए ।
यस्तै, भलिवल प्रतियोगिताको समापन गर्दै पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले सम्बृद्ध पञ्चकन्या निर्माणको लागी एकजुट हुनुको बिकल्प नरहेको बताए । आफु गाँउपालिकाको अध्यक्षमा निर्बाचित भएसँगै सबैलाई एकजुट हुन आग्रह गर्दै गाँउपालिकाको बिकासमा होमिएको उनले बताए ।
शनिवार कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।  

शिक्षा पहिलो प्राथमिकतामा

काहुले\नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यत्तिको लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने रहेकोमा अचम्म माने । उनले आफ्नो सम्वोधनको क्रममै ३१ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिका निर्वाह गरिरहनुभएका भनेर सम्मान सम्वोधन गरेका थिए ।
    प्रचण्डले किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा बोल्दै समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए ।
भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन उअवसरमा उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने बताए ।
नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने उनको भनाई छ ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिएका छन् । संघीय सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्र्धन गर्ने सिकाइको बिकास गराउन सक्नुपर्ने बताए । त्यसका लागि ऐसेलुभुमे मावि नमुनाको रुपमा विकास हुनेमा उनले विश्वास व्यक्त गरे । 
नेकपा नुवाकोटका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको  दावी गरे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेका बताए । उनले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनःनिर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गरे ।
उक्त विद्यालयको १५ कोठ नयाँ भवन तीन करोड ९५ लाख रुपैयाँ लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताए ।
नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको हो । यस विद्यालयले ६३७ विद्यार्थीहरू पढिरहेका छन् ।
भारत सरकारको ३९.५७ मिलियन रुपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ संरचनामा तीनवटा ब्लकहरू छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेको छ । दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ ।

‘सर्वस्व’ सुम्पने नन्दराम ३१ वर्षदेखि अध्यक्ष

ऐँसेलुभूमे माविको भवन उद्घाटनका क्रममा नेकपाका अध्यक्ष प्रचण्ड, मन्त्री अनन्तको
साथमा विद्यालयका अध्यक्ष नन्दराम न्यौपाने (दाँयाँ)
अक्षर काका
किस्पाङ (नुवाकोट) । माथि हेर्याे ढुङ्ग्यान डाँडो । तल आँखाले भ्याएसम्म ढुङ्गिलो जमिन । करिब २० वर्षअघिसम्म भूमेथानको परिचय ढँड्यान र बलोटे जमिनमा सीमित थियो । थाप्लोमा किस्पाङ पोखरी बोकेकाले उब्जाको संकट थिएन । आयस्ताले मात्रै गरिबी कहाँ पन्छाउँथ्यो र ! शिक्षाको पहारिलो घाम नलागेसम्म किस्पाङको आङको ठिही कहाँ हट्थ्यो र सजिलै !  पश्चिमोत्तर नुवाकोट, काहुले (किस्पाङ गाउँपालिका–३) को अवस्था २० वर्षअघिसम्म यस्तै थियो । गाउँलेहरूले अशिक्षाको चक्रब्यूह तोड्न सकेका थिएनन् । अशिक्षाकै कारण जग्गा–जमिन भए पनि गरिबीको गर्तमा धकेलिएका थिए । पञ्चायतको उत्तराद्र्धलाई सम्झँदै ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने भन्छन्, ‘दलितको बाहुल्य रहेको भूमेथानका बालबच्चाहरूले स्कुलको अनुहार देख्न पाएका थिएनन् । पिता–पुर्खाको पालादेखि नै निर्धन भाग लाग्दै आएकाले उनीहरूको भविष्यले बेस्सरी पिरोल्थ्यो !’
काहुलेको मात्रै होइन, साल्मे, भाल्चे, फिकुरी र मनकामनाको नियति पनि काहुलेको पृथक थिएन । जिल्लाका अन्यत्र भू–भागमा पञ्चायतको मध्यतिर नै फाट्टफुट्ट विद्यालय खुलेका थिए । त्यसको पिलपिले उज्यालो अन्यत्र पनि फिँजिएको थियो । काहुलेको अँध्यारो अझै सघन हुँदै थियो । नन्दरामले जिल्ला शिक्षा कार्यालयमा विद्यालय खोल्न निकै ताकेता गरेका थिए । तर, जति धामा गरे पनि कतैबाट केही हात लागेको थिएन । बालबच्चा हुँर्कंदै जाँदा पढ्न कहाँ पठाउने होला भन्ने चिन्ताको आगो दन्किइरहेकै थियो । २०४५ सालको अन्त्यतिर हुनुपर्छ, पश्चिम नुवाकोटमा कहलाएका जिसिङ (काजी) का भाइ मदनमान सिंह जिल्ला शिक्षा समितिका अध्यक्ष थिए । उनैले नन्दरामलाई भने, ‘तपाईंले निकै ताकेता गर्दै आउनुभएको छ । तपाईंकै क्षेत्रमा विद्यालयका दुईवटा कोटा पठाइदिएको छु, विद्यालय थपना गर्नुस् है !’
उनको अनुहारमा झुल्केघाम लाग्यो । तर केही समयपछि नै अनिश्चयको कालो बादलले छोपिहाल्यो । वरिपरि बलौटे पाखो भन्दा छैन । सम्म ठाउँमा कि झुरुप्प बस्ती छ, कि खर्क । कहाँ स्थापना गर्ने विद्यालय ? मनकामना क्षेत्रले ठाउँ तय गरेर एउटा कोटा लगिहाल्यो । अर्को ‘अलपत्र’ थियो । नन्दरामले चारचौरास ठाउँ खोजे । कहीँ पाएनन् । तत्काल ठाउँ जुगाड नभए कोटा फिर्ता हुने भएको थियो । मिल्दो जग्गा नभेटेर निराशा मात्रै हात लागेको थियो । उनले सोचे, आफ्नै जग्गामा विद्यालय ‘थपना’ गर्छ‘ । ‘आफैंले पढ्न नपाएको चिन्ता छँदैथियो । बालबच्चाले पनि पढ्न नपाउने भए भन्ने चिन्ताले टोकस्न थाल्यो । खेत त फेरि जोड्न सकिन्थ्यो, विद्यालय कसरी जोड्नूु’ उनी अहिले पनि त्यतिबेलाको क्षण सम्झन्छन् ।
गाउँको मध्य भागमा ४ रोपनीको धान खाने खेत थियो ।  बालबच्चाको मुख हेरेनन् । सिङ्गो भूमे थान, काहुलेको अनुहार हेरे । रोग, भोकलाई प्रारब्धको भागभोग ठानेर बेहोरिरहेका निमुखा र तिनका बालबच्चाको भविष्य हेरे । भोलि के–कसो होला भनेर सोच्दैनसोची उनले ऐँसेलुभूमे विद्यालयको नाममा बकसपत्र गरिदिए । ‘त्यतिबेला जग्गा दिने आँट नगरेको भए, कोटा त उम्कन्थ्यो नै विद्यालय नहुँदाको सकस पनि कायमै रहन्थ्यो,’ त्यतिबेलाको क्षण सम्झिएर आफैंले आफैंलाई धन्यवाद दिन्छन् उनी ।
जसोतसो विद्यालय त स्थापना भयो । विद्यार्थी कहाँ पढाउने भन्ने अर्को समस्या आइलाग्यो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लौकिक कहावत् त्यहाँ पनि चरित्रार्थ भयो । गाउँले सबै मिलेर चित्रेगोठ, कटेरो ठड्याए । त्यहीँबाट सुरु गरे अक्षरारम्भ । चित्रेगोठले हिउँद–वर्षा र पूर्वतिरबाट ठोकिन आइपुग्ने त्रिशुलीको मुटु छेड्ने सिरेटो झेलिरहन सम्भव थिएन । गाउँका भद्रभलाद्मी भेला भए । जनश्रमदानबाट, आफ्नै बलबुतामा भवन उभ्याउने निधो गरे । २०४६ सालमा विद्यालयको सुरुआत भयो । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो । ‘बजेट नहँदा विद्यालयको भौतिक अवस्था सुधार भएन । शैक्षिक अवस्थामा आशातीत प्रगति भए पनि बाहिरबाट हेर्दा कक्षाकोठा थिएनन् । छिट्टै बढुवा गर्न सकिएन,’ विद्यालयको स्तरोन्नति हुन नसक्नुको कारण उधिन्छन् उनी । २०५८ सालमा बल्ल निमावि भयो । त्यतिबेला पनि ठूलै युद्ध जितिएजस्तो भान भएको थियो ।
गाउँलेहरूको उत्साहलाई व्यापकता प्रदान गर्दै, पुँजीकृत गर्दैै दोस्रो–तेस्रो वर्षमै माध्यामिक विद्यालय बनाउने लक्ष्य लिएका थिए । त्यहाँ पनि स्रोतको जुगाड हुन सकेन । विद्यालयको भौतिक प्रगति आशातीत हुन सकेन । शैक्षणिक र प्राज्ञिक सुधारले मात्रै पुगेन । ‘भवन नै नभए कहाँ पढाउने भन्ने प्रश्न टड्कारो भएर आयो,’ नन्दराम निम्न माध्यामिकबाट माविमा बढुवा गर्दाको संघर्षको एकएक फेहरिस्त सुनाउँछन् ।
माध्यामिक विद्यालय बनाउन २०६६ साल नै पर्खनुपर्याे । किस्पाङको पाखामा एकैपटक सात सूर्य उदाएझैं भयो । वर्षौंदेखिको सपना साकार भयो । गाउँको दैलामै माध्यामिक शिक्षालय खडा भयो । पढ्नकै लागि भनेर बालबच्चाले भीरपहरो छिचोल्नुपरेन । दूरदराजको गाउँ शिक्षाले सुगम तुल्यायो । विद्यालयलाई त माध्यामिक बनाइयो । पढाइलाई कसरी ‘माध्यामिक’ बनाउने ? ऐँसेलु भूमेमा पढेका विद्यार्थीलाई कसरी देश– दुनियाँसँगको प्रतिस्पर्धामा जित्ने बनाउने ? अतिरिक्त कार्यकलापमा पनि कसरी अब्बल, क्षमतावान् तुल्याउने ? पाठ्यक्रमले निर्धारण गरेको लक्ष्य, उद्देश्यअनुरूपको वैज्ञानिक शिक्षा कसरी दिने भन्ने चुनौती अद्यावधिक हुँदै आएको थियो ।
भौतिक पूर्वाधारसँग गाँसिएका समस्या किनारा लाग्नुको अझ परिस्कृत बन्दै थिए । नन्दरामले आफैं अगुवाइ गरे । समयसमयमा शिक्षक, अभिभावकहरूको मिटिङ, छलफल, भेला राखे । शिक्षक–अभिभावक, शिक्षक–विद्यार्थी बीचको दूरी मेट्ने कोसिस गरे । शिक्षकलाई पठन–प्रणाली, विषयवस्तुसँग अद्यावधिक राख्न भूमिका खेले । शिक्षक तालिम, सेवा–सुविधा, दक्षतामा जोड दिए । कक्षाकोठामा आइपरेका समस्याको पहिचान गर्ने र निराकरणका लागि पहलकदमी लिए । आफू पढेलेखेको त थिइन । तर विद्यालयमा बरोबर  आइरहने समस्यासँग परिचित थिए । विद्यार्थीको चाप बढ्दै गएपछि शिक्षकको अभाव हुन्थ्यो । अनुदानका लागि गाविस, राहत शिक्षका लागि शिक्षा कार्यालय धाउँथे । दरबन्दीकै लागि नधाएको पनि महिना हुँदैनथ्यो । भेटेजति दातृ निकाय र सहयोगी संघ–संस्थाका दैलो ढक्ढक्याउँथेँ । हारगुहार गर्थें । बिन्ती बिसाउँथे । शिक्षा कार्यालयले र सम्बन्धित निकाले पनि कुरा सुन्न कञ्जुस्याइँ गर्दैनथ्यो,’ विद्यालयको अवस्था सुधार्न आफूले गरेको एकएक प्रयत्नको बेलीबिस्तार लगाउँछन् उनी ।
उनले गरेको मिहिनेतको बोट झाँगियो । लटरम्म फल लाग्यो । त्यसको लाभ नन्दराम एक्लैले उठाएनन् । काहुले र किस्पाङको सम्पत्ति भयो । बालबच्चाको भविष्य बन्यो । ऐँसेलुभूमेको आभा गाउँ–गाउँ फिँजारिँदै नुवाकोटव्यापी बनेको छ । २०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालको एसएलसी नतिजामा सामुदायिकतर्फ जिल्लाका सबै विद्यालय उछिन्यो । त्यसपछि भने नन्दरामले विश्राम लिन खोजेका थिए । अगुवाइको जिम्मेवारी अरूकै काँधमा सुम्पिएर र आफू परै बसेर विद्यालयको प्रगतिको साक्षी बन्न मन लागेको थियो । तर समुदायको शिक्षाको निम्ति पसिना बगाउने बानी परेका नन्दराम जिम्मेवारीबाट सजिलै पन्छन कहाँ सक्थे र ! पाउँथे र !
समुदायले अग्रसरता देखाए सामूहिक विद्यालय पनि अब्बल हुन्छ भनेर उदाहरणीय बनिरहन आफैं प्रेरित भइरहे । २०७२ सालको विस्मयकारी भूकम्पले विद्यालय खण्डहर तुल्याएपछि उनले झनै गह्रौं भारी उचाल्नुपर्यो । ‘दुःखजिलो गरेर ठड्याएको विद्यालयमा भूकम्पको आँखा लाग्यो । श्रमदानमा ठड्याएका अधिकांश भवन खण्डहर बने । पुरानै चित्रेगोठ, टहरामा फर्कनुपर्ने अवस्था आइलाग्यो,’ उनी भूकम्पको कहर शब्दमा समेट्न खोज्छन् ।
भूकम्पले विनाश मात्रै निम्त्याएन । विकासको बाटो पनि खोलिदियो । भूकम्पलगत्तै ऐँसेलुभूमे देशभर सञ्चालित २२२ नमुना विद्यालयमा पर्याे । नमुना विद्यालय पाउनुका पनि आफ्नै दुःख छन् । कुल ६ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेकाले कक्षागत विद्यार्थीको योग पुग्थ्यो । विद्यालय भू–क्षयलगायत प्राकृतिक प्रकोपको जोखिममा थिएन । तर, नमुना विद्यालय सञ्चालन गर्न न्यूनतम १० रोपनी जग्गा आवश्यक पथ्र्यो । विद्यालयको नाममा नन्दरामले नामसारी गरेर दिएको चार रोपनी जग्गाभन्दा थिएन । यसपटक पनि उनले ठूलो छाती देखाए । विद्यालयले तिर्न सक्नेभएपछि बुझ्नेगरी आफ्नो नाममा रहेको जग्गा नामसारी गरे ।
जग्गा र भौतिक, शैक्षिक पूर्वाधार विकासका लागि गरी उनले १५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । ऋण स्वरूप उपलब्ध गराए पनि विद्यालयको स्रोत व्यवस्थापन भएपछि शोध भर्ना लिने बताउँछन् । त्यसबाहेक नुमना विद्यालय व्यवस्थापनको कार्यक्रम ल्याउन गर्नुपरेको धामा शब्दमा समेट्न दुरुह छ ।
अहिले देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समिति राजनीतिक दलका क्रिडास्थल बनेका छन् । अभिभावकसम्म पहुँच विस्तारका लागि सजिलो हुने र कद बढाउन सजिलो ठानेर नेतृत्व हत्याउन राजनीति दलबीच मारमुङ्ग्री चल्छ । तराईका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको छनोटमा हिंसात्मक घटना भएका खबरहरू अखबारमा पढ्न पाइन्छ । अधिकांश ठाउँमा नेतृत्व छान्न चुनावै हुन्छ ।
त्यहीँ पर्तिर, किस्पाङ–२, सातदोबाटोको ज्ञानज्योति माविमा पनि दलीय सहमति नजुट्दा विद्यालय व्यवस्थापन समितिले अध्यक्ष पाएको छैन । तर ऐँसेलुभूमेको विद्यालय व्यवस्थापन समितिको नेतृत्व ३१ वर्षदेखि नन्दरामकै काँधमा छ । तदर्थ समिति बन्दा केही महिना सूर्यबहादुर वाइवा संयोजक बनेका थिए । त्यसपछि नन्दराम अबिराम छन् । ‘विद्यालय व्यवस्थापनको नयाँ नेतृत्व चुन्ने बेला भएपछि गाउँमा सर्वपक्षीय सहमति बन्छ । सबै दल, भद्रभलाद्मी एकमुख लागेर ‘तैं बन्नुपर्छ’ भन्छन् । समाजले दिएको जिम्मेवारी कसरी नाईंनास्ती गरूँ !’ पुलकित हुँदै सुनाउँछन् । ऐँसेलुभूमे विद्यालयको प्रगतिको शृङ्खला रोकिएको छैन । गएको सोमबार मात्रै भारतीय दूतावासको सहयोगमा साढे चार करोडको लागतमा बनेकोे १५ कोठे भवन उद्घाटन भयो । भूकम्पबाट विद्यालय भवन ढलेपछि नन्दरामको जाँगर ढलेको थिएन । लगन–शील धूलिसात भएको थिएन । भवन निर्माणमा सहयोग गर्न दातृ निकायको ढोका ढक्ढक्याइरहेका थिए । ‘के खोज्छस्... आँखा ! भनेझैँ पो भयो । शिक्षा विकास तथा समन्वय इकाइ आफैंले भारतीय दूतावासलाई प्रस्ताव पेश गरिदिएछ । प्रस्ताव स्वीकृत भयो । भूकम्पपश्चात् शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान कार्यक्रममार्फत् ४ करोड ४७ लाख लागतमा ९ र ६ वटा कोठा भएको दुईवटा भवन र सुविधासम्पन्न शौचालय निर्माण भयो,’ उनी खुसी हुँदै सुनाउँछन् ।
विद्यालयले समयको वेग पछ्याएको देखेकाले र हृदयङ्गम गरेकाले हुनुपर्छ सम्झौता मितिभन्दा एक महिनाअघि नै भवन निर्माण सम्पन्न भयो । अघिल्लो वर्षको मङ्सीर २७ गते निर्माण सम्झौता भएको थियो । यो वर्षको माघ २७ गते पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे । ‘भवन निर्माणको जिम्मा लिएको जोशी याङ्ग्रीले पनि हाम्रो गतिलाई बुझेजस्तो छ,’ यसपटक नन्दराम मच्चिएरै हाँसे ।
नमुना विद्यालयका अतिरिक्त ऐँसेलुभूमेमा प्राविधिक शिक्षाअन्र्तगत ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाइ भइरहेको छ । प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रम सञ्चालित छ । नर्स कार्यक्रमले विद्यार्थीको आकर्षण बढाएकै छ ।
चुनौतीका रूपमा विद्यालय छाड्ने दर छ । पठनपाठन कार्यकलापलाई समय सुहाउँदो बनाएर त्यसमा कमी ल्याउन विद्यालय लागि परेकै छ । विषयगत शिक्षकको मात्रा थप्ने र पढाइलाई परीक्षामुखी नभइ परिणाममुखी बनाउन उत्तिकै चनाखो छन् नन्दराम । ‘किस्पाङलाई शैक्षिक र पर्यटकीय हब बनाउने दीर्घकालीन योजना छ । ऐँसेलुभूमे यसैको आधार हो,’ यति भनेर नन्दरामले कुराकानी बिट मारे । –बाह्रखरीबाट साभार



सामाजिक सञ्जालबाट

धुर्मस सुन्तली फाउण्डेसनद्धारा चितवन जिल्लामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ नुवाकोट जिल्लाका आइचर व्यवसायीहरूले ३५ गाडी बालुवा र गिट्टि सहयोग गरेका छन् । उक्त सहयोग सामाग्री लिएर नुवाकोटबाट चितवन जानेक्रममा विदुर नगरपालिकामा शनिवार लामबद्ध आइचरहरू । 

संस्कृति संरक्षणमा ल्होसार

कोलोनी\कला, संस्कृति, भाषा, धर्मको प्रवद्र्धन र जगेर्नाका लागि आयोजित ल्होसार विशेष सांस्कृतिक कार्यक्रम शुक्रवार विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद हितबहादुर तामाङले जातिय बिशेष संस्कृतिले मुलुक धनी रहेको बताए । कला, संस्कृतिमा नेपाल धनी रहेको बताउदै जातिय बिशेष संस्कृतिको संरक्षणमा जोड दिएका छन्
बृहत सोनाम ल्होछार मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले संस्कार र संस्कृतिको जगेर्ना गर्ने पर्बको रुपमा ल्होसारलाई लिनु पर्ने बताए । धार्मिक सहिष्णुता, भातृत्वको प्रतिम्वको रुपमा ल्होसारलाई लिनु पर्ने उनले बताए । 

सम्वृद्धिको आभाष नागरिकले गर्न पाएनन् : केसी


बट्टार\नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्रि अर्जुननरसिंह केसीले स्थायी सरकार भएपनि नागरिकहरूले सम्बृद्धिको आभाष गर्न नपाएको बताए ।
गएको सोमवार छैटौँ नुवाकोट महोत्सबको समापन गर्दै नेता केसीले सरकारको दुई तिहाई दम्भबाट नागरिकहरू आजित भएको बताए । सदनदेखि सडकसम्म सरकारको बिरोधमा नागरिकहरू उत्रिन थालिसकेको उन भनाई छ । विरोधी पार्टीमा आस्था राख्नेहरूलाई भ्रष्टाचार र अन्य आपराधि मुद्दा लगाउने र आफ्ना कार्यकर्ताको संरक्षण गर्ने अभियानमा सरकार रहेको केसीको आरोप छ । ‘यही कारणले जनताले नेकपालाई २०७९ सालमा पत्तासाफ गर्नेछन्’ काँग्रेस नेता केसीले भने । 

रञ्जना लिपी कार्यशाला

विदुर\
लोकतान्त्रिक चौतारामा एकदिने गएको साता रञ्जना लिपी कार्यशाला र क्याली जात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा नेवार मात्रै नभई तामाङदेखि ब्राम्हण क्षेत्रीसम्मले सहभागिता जनाएका थिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता थियो । १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।
नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपी महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छर । संयुक्त राष्ट्रसंघमा नेपालको लिपीमा दर्ता भएको रञ्जना लिपीको प्रवद्र्धनका लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले भखैरै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपीमै बनाएको जानकारी दिए ।
कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए । सेतो कागजमा रञ्जना लिपीका साधारण शब्द कोर्न सिकिरहेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बशन्त रिजाले मौलिक लिपीबारे सुने पनि त्यसबारे अध्ययन गर्न नपाएको बताए ।
रञ्जना लिपीले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवद्र्धन गर्नुपर्ने कलाकार शशीकुमार डंगोलले धारणा राखे । लिपीको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपीहरू सजिलै बुझ्न सकिने नेपाल लिपी गुथीका सचिव पवित्र कसासले बताए ।
कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपी लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको  गुठीका सचिव कसासले बताए । त्यस्तै, छैठौं नुवाकोट महोत्सवस्थलमा पनि रञ्जना लिपी क्याली जात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्याली जात्रामा नेपाल लिपी गुठीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरूको नाम रञ्जना लिपीमा लेखेका थिए । रञ्जना लिपीमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’बाट नेपालमा प्रचलित पुरानो लिपी रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपीमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।
कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्याङ्ग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह–आयोजनामा भएको हो ।

एकै वर्षमा ८३ लाख रुपैयाँको दुध विक्रि

तस्बिरहरू : भगवती लामा\नुवाकोट न्युज
काहुले\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ काउलेमा अवस्थित शुभ नव विहानी कृषि सहकारी सस्था लिमिटेडले एक वर्षमा ८३ लाख रुपैयाँ बरावरको दुध संकलन गरेको छ ।
गाइभैसी पाल्न किसानलाई उत्प्रेरणा दिन र उत्पादन भएको दुधको सहज रुपमा बजारीकरणको व्यवस्था गर्न सहकारीले गत वर्षदेखि दुध सकलन केन्द्र सञ्चालनमा ल्याएको थियो । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको अवसरमा सहकारीले एक विशेष कार्यक्रम गरी सर्वोत्कृष्ट, उत्कृष्ट र सङ्कलन केन्द्रमा दुध ल्याउने सम्पूर्ण किसानहरुलाई क्याल्सियम वितरण गरेको छ । सहकारीका अध्यक्ष क्षेत्रबहादुर तामाङको अनुसार दुध सङ्कलन केन्द्रमा दुध सङ्कलन गर्ने मध्येहरुमा त्रिशक्ति पशुपालन फर्म, शाहिल घले, कुवेरमान तामाङ, प्रेममायाँ तामाङ, चन्द्र तामाङ, जयराज तामाङ र रविन्द्र तामाङ सर्वोत्कृष्ट किसानमा छनौट भएका थिए । सहकारीलाई दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन गाउँपालिकाको २ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालयले ३ लाख रुपैयाँ र वल्र्ड रिन्यू नामक सस्थाले आवस्यक सामाग्री सहयोग गरेको थियो । अहिले काहुले, भाल्चे र फिकुरीका किसानहरुले पालेको गाइभैसीबाट उत्पादन भएको दुध उक्त सहकारीले सङ्कलन गर्दै आइरहेको सहकारीका सचिव आरएन न्यौपानेले बताए । उक्त दुध सङ्कलन केन्द्रमा सङ्कलित दुधबाट पनिर बनाएर काठमाडौँमा निर्यात गर्नु गरेको सचिव न्यौपानेले बताए ।

दुध संकलन केन्द्र सञ्चालनमा आएका एक वर्षको अवसरमा आयोजिक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमबहादुर घर्ती, लेखा अधिकृत सविना अर्याल लगायतको सहभागिता रहेको थियो । किस्पाङ गाउँपालिकाले पशु पालन र दुग्ध व्यवसायलाई प्रोत्सहान गर्न गाइभैसीलाई सुत्केरी भत्ता दिदै आइरहेको छ । 

सुख्खा बन्दरगाह निर्माणमा कामदार अभाव

धुञ्चे\रसुवा नाकामा निर्माण थालिएको सुख्खा बन्दरगाहका लागी कामदारको अभाव देखिएको छ ।
मंसिरदेखि निर्मााण कार्य सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो । निर्माणमा कार्यरत २४ जना चिनियाँमध्ये ९ जना कामदार मात्र अहिले कार्यरत छन् । बाँकी नयाँ वर्ष मनाउन चिन गएका छन् भने कोरोना भाइरसका कारण पनि कामदार आउन सकेका छैनन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भएपनि पर्याप्त छैनन् ।
बन्दरगाह निर्माणका लागी पर्याप्त कामदार नहुँदा कामले गतिलिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । बन्दरगाहको निर्माणको कामले गति लिएको पनि छैन, बन्दरगाहको निर्माणको काम सात प्रतिशतले सकिएको छ । चिन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बन्दरगाह निर्माणको जिम्मा फुलि कन्स्ट्रक्सनले पाएको छ ।
अहिले सामाग्री आयात गर्न‘का साथै जग्गा सम्याउने कामगरिसकेको छ भने निर्माण कार्य भईसकेको र मुआब्जा पाउन बाँकी रहेका प्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ । चीन सरकारको लगानीमा चिनियाँ टोलिले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छाै नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । डिजाइन अनुसारको काम पहिलो चरणमा पुरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरीनेछ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा बन्ने बन्दरगाहका लागी आवश्यक पर्ने जग्गा अधिकरण गरि सकेको छ ।
लाङटाङ राष्ट्रिय निकुन्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ । चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता भएको छ ।
समितिले २०७५ माघ १ गते चीनको छेन्दूमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । नेपालीपक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामाग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगाएतका कार्य गर्ने छ ।
निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन निगरानी र समन्वयको भुमिका निर्वाह गर्नेछ । ‘आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजन’ले डिजाइन तयार पारेको थियो । बन्दरगाहमा पार्किङ स्थल, गोदाम घर, प्रशासनिक भवन जाँचपास स्थल, भन्सार, क्वारेन्टाइन, बैक, ल्याब रहनेछ ।
बन्दरगाहमा पाँच हजार १ वर्ग मिटरको पाँचतल्ले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्ग मिटरका दुई वटा गोदाम जाँचपास स्थल रहनेछ । बन्दरगाहमा ३५० वटा माल बाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे आठ हेक्टर जमिनमा बन्दरगाह बन्न लागेको हो ।

२०७६ फागुन ५ गतेको सम्पादकिय

जनतालाई सुन र बुझ
भुकम्प पछिको पुनर्निमाणका लागि नुवाकोटमा भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) ले सञ्चालन गरेको परियोजना सुरुदेखि नै विवादित छ । गएको सोमवार नुवाकोटका १० स्थानीय सरकारका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति प्रमुखलाई भारत भ्रमणमा लगेपछि स्थानीय सरकारप्रति नै नागरिकले अनेकौं सवाल गर्न थालेका छन् । परियोजनाको प्रगती र भए गरेका कामहरूको समीक्षा र पारदर्शिताको खोजी नागरिकस्तरबाट भइरहेकै बेलामा परियोजनाले लाखौं खर्चेर जनप्रतिनिधिलाई तिर्थ यात्रामा लगेपछि भने केहि गम्भिर सवालहरू ठडा भएको छ । बेलकोटगढी नगरपालिकाको स्थापना दिवसको विवाद यही सन्र्दभमा बाहिर आयो, स्थानीय सरकार पहिलो र दोश्रो व्यक्तिको छ दिनसम्म लगातार पालिकामा रहने अनुपस्थितिले जनप्रतिनिधिहरू नागरिकहरूसंग कम जवाफदेही छन् की भन्ने आंशका जन्मायो । 
गाउँपालिका र नगरपालिका अनि त्यहाँका प्रमुख उपप्रमुखहरूसंग नागरिकहरूले गर्ने अपेक्षा र अपेक्षा अनुसारको काम नभएको तिक्तता र गुनासो सबै प्रसङ्ग र घटनाक्रममा बाहिरिदै आएको छ । स्थानीय सरकारलाई आम नागरिकहरूले पेश गर्ने सुझाव र टिप्पणीलाई सम्वन्धि पक्षले ग्रहण गर्नुको सट्टा ‘झोक फरेको’ रुपमा मात्रै बुझ्ने गरेको पाइएको छ । सरकारले गर्ने काम कारबाहि र गतिविधिहरूको सवालमा सचेत नागरिकहले राखेका धारणालाई आत्मसाथ गर्ने वा साझा हितका लागि ग्रहण गर्न समीक्षा गर्ने सम्मको चलनको खाँचो टड्कारो छ । आफु जनताबाट अनुमोदन भइसकेको र आफ्नो निजी बिचार, व्यहार,योजना सर्वस्विकार्य हुनैपर्छ भन्ने भ्रम र मान्यता जनप्रतिनिधिहरूमा पाइन्छ । जसले गर्दा नागरिक, नागरिक समाज र स्थानीय सरकारबीचको दुरी र खाडल गहिरिदो छ । यसबाट सरकारप्रति आम नागरिकहरूको अपनत्व र सदासयतामा कमी हुँदै गइरहेको छ । ‘जो जिता व सिकन्दर’ को शैलीमा चलिरहेका सरकारका कारण संविधानले परिकल्पना गरेको गाउँगाउँमा सिंहदरवारको सपनाले मुर्त रुप नपाउने देखिन्छ । बढ्दै गएको दुरी कम गर्न स्थानीय सरकारहरूले नागरिकसंग सम्वन्ध सुधार र जनतालाई सुन्ने अनि बुझ्ने अभियान चलाउनु जरुरी देखिन्छ ।

Monday, February 10, 2020

काठमाडौंको बिकास र निकासका लागि नुवाकोटको विकल्प छैन : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग
प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ, बीचमा बागमती प्रदेशका
उप सभामुख राधिका तामाङ पञ्चकन्या गाउँपालिकामा आयोजित
भलिवल प्रतियोगिताको खेलमैदानमा । तस्बिर : इमेज 
कविलास\नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट जिल्ला उपत्यका काठमाडौंको विकास र निकासका लागि निर्विकल्प रहेको बताएका छन् । शनिवार पञ्चकन्या गाउँपालिकामा आयोजित भलिवल प्रतियोगितको उद्घाटनमा बोल्दै प्रचण्डले टोखा छहरे सुरुङ्ग मार्ग निर्माण भएपछि नुवाकोट जिल्लाको विकास र भविष्यको बारेमा कल्पनै गर्न नसकिने परिर्वतन हुने बताएका छन् ।
‘प्रस्तावित टोखा छहरे सुरुङ्ग मार्ग साधक बन्नेछ, नेपालकै पहिलो सुरुङ्ग मार्गका रुपमा निर्माण हुने त्यसले काठमाडौं उपत्यलाईलाई नुवाकोटमा स्थानान्तरण गर्ने छ, प्रचण्डले भने । उनका अनुसार रेलमार्ग, मध्यपहाडी लाकेमार्ग, सुरुङ्ग मार्ग र इन्धन भण्डकारका कारण नुवाकोट जिल्लाको विकास र सम्वृद्धिमा कल्पनै गर्न नसकिने परिवर्तन आउने छ । ल्हासा–लुम्बिननी रेलमार्ग, केरुङ्ग ठोरी राजमार्ग, मध्यपहाडी लोकमार्ग र विदुर नगरपालिका भित्रै निर्माण हुने राष्ट्रिय स्तरको तेल भण्डार केन्द्रले नुवाकोटको अवस्थालाई ब्यापक परिर्वतन गर्नेछ ।
‘मेरो सपनाको रुपमा रहेको ल्हासा– लुम्बिनी रेल मार्ग नुवाकोट हुँदै जान्छ, राष्ट्रिय स्तरको तेल भण्डारको केन्द्र बट्टार वा विदुर नगरपालिका भित्र निर्माण हुन्छ, प्रचण्डले भने– यसबाट नुवाकोट अन्तराष्ट्रिय स्तरको बजारको रुपमा विकास हुन्छ ।’ त्यस्तै राष्ट्रिय मेरुदण्डको रुपमा विकास हुन लागेको मध्यपहाडी लोकमार्गले नुवाकोटको अधिकांश भु–भागलाई छोएकोले त्यसबाट पनि जिल्लाले ठूलो फाइदा लिन सक्ने उने बताए ।
नुवाकोट जिल्लासंग भावनात्मक र अत्यन्त निकट सम्वन्ध रहेको उल्लेख गर्दै नेकपा अध्यक्ष प्रचण्डले स्वर्गिय पोष्टबहादुर बोगटीको स्मरण गरे ।
बोगटीको जीवनकालमा र उनले मन्त्री पद सम्हाल्दा भएको राष्ट्रिय सुधारलाई प्रचण्डले स्मरण गरे । ‘बोगटीका कारण नुवाकोट जिल्लासंग मेरो अर्कै खालको सम्वन्ध छ, नुवाकोट मेरो दिमागमा सधै ताजा भइरहने ठाउँ हो, व्यक्तिगत रुपमा साथीभाईहरूसंग कुरा गर्दा भन्ने गरेको यो कुरा आज म नुवाकोटको तपाई जनसमुदायकै माझमा पहिलो पटक भन्दैछु’ प्रचण्डले भने । त्यसैले पनि नुवाकोटको आफ्नो ध्यानमा रहिरहने र राष्ट्रिय सुरक्षाका दृष्टिबाट पनि नुवाकोटको महत्व बढि रहेको उनले बताए ।
कार्यक्रममा सभापति एवं पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले छहरे टोखा सडक मार्गको विकास र स्तरउन्नतीका लागि अध्यक्ष प्रचण्डको ध्यान केन्द्रित गरेका थिए । त्यस विषयमा उनले भौतिक पुर्वाधार मन्त्री र यहाँका जनप्रतिनिधिहरू राखेर छलफल गराउने र सरकारको ध्यान तत्कालै केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन् ।   

लोकल रक्सिलाई मान्यता दिऔं

बट्टार\बागमती प्रदेश सभाका सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले घरेलु मदिरालाई नीतिगत रुपमै बैधानिकता दिनु पर्ने बताए । आफ्नै बारीमा उत्पादन हुने मकै, कोदोको प्रयोग गरेर घरेलु मदिरा उत्पादन गर्ने कारखानाको रुपमा नीतिगत रुपमै ब्यबस्था गर्न प्रदेश सभामा आबाज उठाउने उनले बताए ।
मात्रा अनुसार प्रयोग गर्दा बिभिन्न रोगको औषधि समेत हुने दावी गर्दै राज्यले यसलाई नीतिगत रुपमा ब्यबस्था गरेर स्थानिय तहले उत्पादनमा सहयोग गरे बताएका छन् । नुवाकोट महोत्सवको नवौं दिनको प्रमुख अतिथि रहेका खतिवडाले कार्यक्रमलाई सम्वोधन गर्दै स्थानिय उत्पादनको उपयोगमा कडाई हुँदा अबौँ रुपैयाँ बिदेशी मदिरामा खर्च भएको चन्दै चित्त दुखाए । ‘हामी लुकिलुकी मदिरा सेवन चाँही गर्छौ अनि आफ्नौ शुद्ध अर्गानिक र रसायन नभएको मदिरलाई चाँहि किन अबैध बनाइरहेका छौं, खतिवडाले भने– अब यो हुनसक्दैछ, म प्रदेश सभामा यसको बारेमा आबाज बुलन्द गर्छु ।’
कत्तिपय नागरिकहरूको रोजिरोटी मदिरा उत्पादनबाट धानिदै आएको अहिलेको अवस्थालाई प्रशासन र सरकारले बिर्सन नहुने उनको तर्क छ । पिउनका लागि बैज्ञानिक रुपमा ठिक छ वा छैन भन्ने परिक्षणको व्यवस्था गरेर भएपनि नुवाकोटमा घरेलु मदिरा उत्पादन र विक्रिलाई बैधता दिने उनको दावी छ । ‘यसबाट आर्थिक पक्षमा व्यापक सुधार आउने छ’ खतिवडाले भने । 

प्रेस युनियन नुवाकोटमा सुवेदी

विदुर\नेपाली काँग्रेसमा आस्था राख्ने पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन नुवाकोटको अधिवेशन शनिवार विदुरमा सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मत रुपमा नवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति बनाएको हो । उपाध्यक्ष सुरज सिलवाल, महिला उपाध्यक्ष गमला लामा, सचिव रबिन दाहाल, सह सचिव श्रीकृष्ण आचार्य, महिला सह सचिव उषा रेग्मी, कोषाध्यक्ष भगवती लामा चुनिएका छन् । त्यस्तै, कार्य समितिको सदस्यहरूमा राकेश डंगोल, बिशाल देवकोटा, रुप्सना अर्याल, प्रल्हाद केसी र अर्जुन ढुङ्गेल  चुनिएका छन् ।
युनियनको केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधिको नाम भने सार्वजनिक भएको छैन । केन्द्रमा २६ र प्रदेशमा २० प्रतिनिधि अधिवेशनका लागि नुवाकोटबाट सहभागि हुनेछन् । आन्तरिक विवदाका कराण प्रतिनिधिको नाममा टुङ्गो नलागेपछि नाम सार्वजनिक नभएको बताइएको छ ।
युनियनको सातौं जिल्ला अविधेशनको उद्घाटन नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले गरेका थिए । 

प्रचण्ड आज पनि नुवाकोट आउदै

विदुर\पञ्चकन्या गाउँपालिकाद्धारा आयोजित भलिवल प्रतियेगिताको उद्घाटनका लागि शनिवार नुवाकोट आएका नेकपाका अध्यक्ष पेष्पकमल दाहाल प्रचण्ड आज सोमवार पनि नुवाकोट आउने भएका छन् ।
आज नुवाकोटमा आयोजित बेग्लाबेग्लै दुई वटा कार्यक्रममा सरिक हुन उनी नुवाकोट आउन लागेका हुन् । नुवाकोटको नमूना विद्यालयमा छनौट भएको किस्पाङ्ग गाउँपालिका वडा नं. ३ काहुलेमा रहेको ऐंसेलुभुमे माविको भवन उद्घाटन र विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा रहेको चण्डेश्वरी माविको अभिभावक भेला उद्घाटन र तत्कालिन नेकपा माओवादीका उपाध्यक्ष स्वर्गिय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागि हुनका लागि नेकपा अध्यक्ष प्रचण्ड जिल्ला आउने तय भएको छ ।
नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाका अनुसार आज सोमवार विहान ९ बजे ऐंसेलुभुमे मावि र साढे ११ बजे चेण्डेश्वरी माविको कार्यक्रममा प्रचण्ड सहभागि हुनेछन् । उनको साथमा उर्जा तथा सिञ्चाई मन्त्री बर्षमान पुन पनि आउने तय भएको छ । 

आज समापन हुने

बट्टार\छौठौं नुवाकोट महोत्सव एक दिन थपिएको छ । माघ १६ गतेबाट जारी रहेको महोत्सवको अन्तिम दिन आइतवार तोकिएको भएपछि आइतवार नै आयोजकले आज सोमवार समापन गर्ने गरि एक दिन थप गरेको हो । ११ दिनका लागि आयोजना गरिएको महोत्सव अब १२ औं दिनको भएको छ ।
महोत्सव समापन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नुवाकोटका नेता अर्जुननरसिंह केसीले गर्ने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार दर्शकहरूको माग अनुसार महोत्सव लम्बाईएको हो । ल्होसार, विवाह तथा ब्रतवन्धको साइत यही महोत्सव अवधिमा धेरै परेको र जिल्लाका धेरै दर्शकहरूले अझै महोत्सव अबलोकन गर्न नपाएको गुनासो गरेपछि एक दिन थप गरिएको संघका प्रवक्ता सविनराज भण्डारीले बताए ।

नुवाकोट जिल्ला अब्बल : राधिका

बट्टार\बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सबै क्षेत्रबाट नुवाकोट जिल्ला अब्बल रहेको बताएका छन् । छैठौँ नुवाकोट महोत्सबको आठौँ दिनलाई सम्बोधन गर्दै उनले बिकासको क्रम एकै पटक नदेखिने बताउदै बिकासको क्रम समय अनुसार परिबर्तन हुँदै जनो बताए ।
यस नुवाकोट जिल्ला काठमाडांैबाट नजिक रहेपनि बिकासको काममा केहि ढिलाई भएको उनले बताए । जल जमिन र जलबिद्युतको हिसाबले अब्बल रहेको नुवाकोटमा लगानीको प्रशस्त सम्भाबना रहेको बताए । महोत्सबले त्यस्ता सम्भाबनाहरूको उजागर गर्दै लगानी सिर्जना गर्न सक्ने उप सभामुख तामाङको तर्क छ ।
उनले महोत्सवले कषि र पर्यटनलाई जोड दिनु पर्नेमा त्यो हुन नसेको टिप्पणी गरे । महोत्सवले समग्र जिल्लाको पहिचान र सम्भावनालहरूलाई प्रस्तुत गर्नुपर्नेमा ‘कस्तो कस्तो’ लागेको उल्ल्ेख गरे ।
धार्मिक एतिहासिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारासहित सञ्चालन भएको महोत्सवले समग्र जिल्लाको बिकासको अबसर रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलो महोत्सब रहेको बागमती प्रदेशका उपसभामुख तामाङको भनाई छ ।
सस्तो शुलभ बजार र मनोरञ्जन एकै स्थानमा भएका कारण नागरिकहरूको दिन प्रतिदिन आकर्षण बढ्दो रहेको छ । आज सोमवारसम्म (१२ दिन) चल्ने महोत्सवमा नुवाकोट सहित अन्य जिल्लाहरूबाट समेत दर्शकहरू आइरहेका छन् । महोत्सबले जिल्लाको कृषि, पर्यटन, संस्कृति तथा धार्मिकस्थलको प्रवद्र्धन गर्न महोत्सव सार्थक हुने विश्वास लिएको छ ।
महोत्सवमा राखिएका २५० स्टलमा कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्री, बदम, चामल, ट्राउटमाछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रर्दशनी एवम् बिक्रीको व्यवस्था मिलाइएको छ । महोत्सबको स्टलहरूमा स्थानिय सिप, कला र उत्पादनहरूमा नागरिकहरूको आकर्षण बढेको छ ।

सामाजिक सञ्जालबाट

छौठौं नुवाकोट महोत्सवमा विदुर नगरपालिकाले राखेको स्टलमा माटोको भाडा बनाएर सहभागिलाई देखाइदै । 

सिस्नुमा आकर्षण

बट्टार\नुवाकोटमा जारी छैठौं महोत्सबमा नागरिकहरु सिस्नुको स्टलमा भिड लागेको छ । नुवाकोट र रसुवाको बिभिन्न स्थानबाट संकलन गरि सिस्नु महोत्सबमा बिक्रिको लागी राखिएको छ । स्थानिय उत्पादनलाई प्राथमिकताका साथ महोत्सबमा बिक्रि तथा प्रदर्शनी गरिएको छ ।
सिस्नु ग्रामीण महिलाको फुर्सदको व्यवसाय र अतिरिक्त आम्दानीको स्रोत समेत भएको छरु। सिस्नु विदेशका आफन्तलाई पठाउने कोसेलीको रुपमा प्रख्यात हुँदै आएको छ । मास, सिमीलगायत दालमा समेत मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो मौसममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो हुनुका साथै प्रोटिनको राम्रो स्रोत मानिन्छ । सिस्नु पूर्ण अर्गानिक खाद्य बस्तु हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नमुना विश्लेषण प्रतिवेदनमा उल्लेख भएअनुसार सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्व, कुड प्रोटिन, फाइबर, फ्याट, जलांश पाईन्छ ।

महोत्सवको मञ्चमा बालन भजन

बट्टार\धार्मिक एतिहासिक कला संस्कृतिको सम्र्वद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रवद्र्धन भन्ने नारा लिएको छौठांै नुवाकोट महोत्सवले यो पाली केही नयाँ स्वाद दिएको छ । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलोको रुपमा रहेको महोत्सबले स्थानीय जीवन्त कला संस्कृतिलाई पनि बरोवरी स्थान दिएको छ ।
छौठौं नुवाकोट महोत्सवमा नवौं दिन बालन भजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तारकेश्वर गाउँपालिका वडा नं. २ को तारकेश्वर भजनकिर्तन समुह पहिलो, बाघभैरम भजन समुह दोश्रो र बेलकोटगढी नगरपालिका वडा नं. ११ तिगाउँको पञ्चकन्या बालन भजन समुह तेश्रो भएको छ । २० मिनेटको अवधिमा प्रतियोगि समुहहरूले दिएको प्रस्तुतिका आधारमा पहिलो, दोश्रो र तेश्रो छुट्याइएको छ ।
पहिलो हुने समुहलाई नगद १२ हजार, दोश्रो समुहलाई ९ हजार र तेश्रो हुने समुहलाई ६ हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरिएको नुवाकोट उद्योग बाणिज्य संघका सदस्य एवं बालन भजन प्रतियोगिताका संयोजक ध्रुबकुमार राबलले जानकारी दिए ।  ‘लोपउन्मुख कुरालाई महोत्सबले संरक्षण गर्छ भन्ने उदाहरण हो यो’ संयोजक रावलले भने ।
नुवाकोट जिल्लामा लोपउन्मुख रहेको वालन भजनको संरक्षण र युवा पुस्तालाई यस प्रति आकर्षण प्रदान गर्नका लागि महोत्सवमा प्रतियेगिता राखिएको रावलले बताएका छन् । छौठौं नुवाकोट महोत्सव आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले नुवाकोट जिल्लामा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पत्तिहरूलाई महोत्सव स्थलमा प्रर्दशन गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
महोत्सवमा आयोजित बालन भजन प्रतियोगितामा सहभागिहरूले पनि यो सुरुवातको प्रशंसा गरेका छन् । ब्रतवन्ध, पुजाआजामा मात्रै नभई जिल्लाले नै आयोजना गर्ने यस्ता विशेष औपचारिक कार्यक्रममा पनि बालन भजनले प्राथमिकता पाउनु पर्ने तर्क उनीहरूको छ ।
सधै ‘आइटम डान्स’ मात्रै झल्कने मञ्चमा बालन भजनका साथमा परम्परागत पोशाकमा पुरुषहरू नाच्न थालेपछि दर्शकहरू पनि उत्साही भएका थिए । ‘महोत्सवले सिङ्गै जिल्लालाइर्ए यसरी परिचय गराउनु पर्छ, नयाँ कुरा मात्रै होएन पुराना कुराहरुले पनि यत्तिकै प्राथमिकता पाउनु पर्छ, महोत्सव अबलोकव गर्न आएका सुर्यगढीका सुर्दशन नेपालले भने ।   
बालन भजनको इतिहास
रामायण, महाभारत जस्ता पौराणिक ग्रन्थलाई सर्वसाधारणले बुझ्ने गरी बताउने बालन नाचको सुरुवात भएको हो । संस्कृत भाषाको रामायणलाई १६५ वर्षअघि आदिकवि भानुभक्त आचार्यले नेपालीमा उल्था गरेपछि घर–घरसम्म पुग्यो । तर नुवाकोट, धादिङ्ग रसुवा लगायतका जिल्ला सहित नेपालको अधिकांश भुभागमा त्योभन्दा अघिदेखि नै रामायणलाई गीतिनाटकका रूपमा प्रस्तुत गरिंदै आएको थियो । त्यही नै बालन नाच हो । यो नाच ब्राह्मण–क्षेत्री समुदायमा प्रचलित छ । बालनलाई पहिला पहिला ‘बाहुननाच’ पनि भनिन्थ्यो । बालन विशेषगरि गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई लिएर तयार पारिन्छ । बालन नाच थरी-थरीका भए पनि अहिले रामायणमा आधारित मात्रै नुवाकोटको धेरै ठाउँमा प्रचलित छ ।
हिन्दूधर्मावलम्बीहरू पूजा आराधना तथा राती जाग्रामको समयमा बालनका टोली ल्याएर गाउने र नाच्ने चलन छ । बालन भजन माघ महिनामा बढि हुन्छ । यस नाचको नियम अनुसार गाउने र नाच्ने गरेर २५ जनाको टोली चाहिन्छ । तर अहिले यस विषयमा विज्ञता भएका र जानकारी भएकाहरू कम भएकोले गाउँने र नाच्नेको संख्या कम हुँदै आएको छ । यसरी नाच्नेलाई ‘गर्रा’ भनिन्छ । गुरुको निर्देशन अनुसार गर्राले भूमिका निर्वाह गर्छन् । बालन भजन लोकसाहित्य हो । 

सांस्कृतिक पर्व सोनाम ल्होछारको तयारी भब्य

तामाङ घेदुङद्धारा दुप्चेश्वर गाउँपालिका आयोजित
सोनाम ल्होछार कार्यक्रम । 
विदुर\तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको गाउँगाउँमा ल्होछारको रौनक जारी नै छ ।
सोनाम ल्होछार मुल समारोह समितिले माघ २९ गते बुधबार त्रिशुली कोलोनीमा आयोजन ागर्न लागेको बृहत्त सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
मञ्जुश्री संवत २८५६ औँ मुसा वर्ग सोनाम ल्होछार कोलनी स्थित थ्रिडि खेलमैदानमा आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा तामाङ समुदायबाट पदिय जिम्मेवारी वहन गर्न माथिल्लो तहमा पुगेका व्यक्तिहरूलाई सम्मान गरिने तामाङ घेदुङ नुवाकोटका अध्यक्ष जयमान वाइवाले जानकारी दिए । तउनले त्यस अवसरमा पुराना पुस्ताको  कलालाई सम्मान गर्दै जिल्लाको विभिन्न भेगमा भुभागमा प्रचलित तामाङ सेलो, मेन्दोमायाको साथमा झाँकी प्रस्तुत गरिने बताए । उनले सम्पुर्णलाई तामाङ भेषभुषामा सजिएर आउन आह्वान गरेका छन् ।
    यस्तै म्यागङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका प्रबक्ता रुपबहादुर तामाङले व्यक्ति जुनसुकै राजनैतिक आस्था र सिद्धान्तमा भएता पनि आफ्नो संस्कृति जोगाउन एकजुट हुनुपर्ने बताए । विशेषगरी तामाङ घेदुङ जिल्ला र केन्द्रमा केन्द्रित भएकोले जिल्लाको प्रत्येक वडामा समिति बनाएर काम गर्न सकेमा ल्होछारलाई पहिचानको रुपमा विस्तार गर्न सहयोग पुग्ने उनको भनाई छ ।
       नेपाल तामाङ घेदुङ नुवाकोट सहित विभिन्न १७ वटा सस्थाले संयुक्त रुपमा गर्न लागिएको उक्त कार्यक्रममा तामाङ खानालाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

तस्बिर खबर


संयुक्त राष्ट्रसंघमा समेत दर्ता भएको नेपालको ‘राष्ट्रिय लिपी रञ्जना लिपी’को प्रबद्र्धनको लागि विदुर नगरपालिका क्षेत्रभित्र रहेका स्थानीय क्लब तथा संघ÷संस्थाको संयुक्त आयोजनामा शनिवार नुवाकोटको विदुर लोकतान्त्रिक चोकमा पहिलो पटक आयोजना गरिएको रञ्जना लिपी कार्यशाला तथा प्रत्यक्ष सुलेख क्यालीग्राफी जात्रा । – सुजित भण्डारी

अनुसहितका खेलाडी सम्मान

सागमा स्वर्ण पदक विजेता अनु अधिकारीलाई
पञ्चकन्या गाउँपालिकाको तर्फबाट सम्मान गर्दै ने
कपाका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः इमेज
कविलास\नुवाकोटको पञ्चकन्या गाँउपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाका अनु अधिकारी सहितका खेलाडीहरुलाई शनिवार नगद सहित सम्मान गरेको छ ।
गाउँपालिकाको आयोजनामा भइरहेको ‘चेयरम्यान कप’ भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट गाउँपाकिलाले सम्मान गरेको हो ।
पञ्चकन्या गाउँपालिकाका अनु अधिकारीले हालै सम्पन्न सागमा कराँतेको कुमुेतमा स्वर्ण पदक जितेका थिए । उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै रजत पदक विजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै नुवाकोट जिल्लामा जन्मेर १३ औं सागमा स्वर्ण पदक विजेता बन्न सफल फुटबलका अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । त्यस्तै सागका रजत र कास्य पदक विजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिव पुडासैनीलाई समान १० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
यसै बीच, पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिवारबाट कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहबाट टिम सहभागि भएका छन् । मंगलवार फाइन खेल हुने पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् ।
प्रतियोगितामा पहिलो हुने समुहलाई एक लाख रुपैयाँ, शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ र प्रमाणपत्र, तेश्रो हुने समुहलाई ५० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिने छ ।
पञ्चकन्या गापाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि कार्यविधि र निर्देशिका तयार गरेर कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।अन्तराष्ट्रिय,राष्ट्रिय प्रतियोगितामा विजयी हुने तथा सहभागिह हुने आफ्नो गापाका खेलाडीहरुलाई लागि आर्थिक, होटल तथा हवाई भाडा उपलब्ध गराउदै आएको छ ।


प्रचार अभावले नुवाकोट जिल्ला ओझेलमा

विदुर\प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले नुवाकोट प्रचारप्रसारको अभाबले ओझेलमा परेको बताए ।
पर्यटन प्रबद्र्धनको माध्यमबाट नुवाकोटमा रहेका १२ वटै स्थानिय तहले मनग्य आम्दानी गर्ने श्रोत हुँदा हुँदै पनि प्रचार प्रसारको कमिले गर्दा ओझेलमा बस्नु परेको बताए । मेला महोत्सबहरू एक स्थानमा भन्दा पनि बिकेन्द्रिकृत भएमा समग्र जिल्लाको चिनारीको प्रस्फुटन हुने बताए । छैटौँ नुवाकोट महोत्सबको सातौँ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिकासको लागी आबाश्यक बजेट केन्द्र, प्रदेश तथा स्थानिय तहले बिनियोजन गरेतापनि निर्माण कार्यमा भएको ढिलाईले समस्या भएको बताए ।
धार्मिक एतिहासिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारासहित सञ्चालन भएको महोत्सवले समग्र जिल्लाको बिकासको अबसर रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् । जिल्लाको उत्पादन, कृषि क्षेत्र, पर्यटकिय क्षेत्र लगायतको बिषयहरू एकै स्थानबाट प्रचार प्रसार गर्ने थलो नुवाकोट महोत्सब रहेको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङको भनाई छ । 

एमसीएको मुआब्जा बितरण प्रक्रिया अघि बढ्दै

विदुर\मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) बारे सदनदेखि सडकसम्म बहस चलिरहेका बेला आयोजनाले काम नै अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालको निर्माणाधीन ४०० केभी विद्युतीय प्रसारण लाइन आयोजना निर्माण गर्न जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको हो । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा ४०० केभी को सवस्टेशन निर्माणका लागि आयोजनाले अधिग्रहणको तयारी गरेको जग्गाको मुआब्जा वितरण गर्न लागेको छ ।
आयोजना क्षेत्राधिकार भित्र पर्ने जग्गाको पुरै कित्ता तथा यसमा रहेका संरचनाहरू स्थायी रूपले प्राप्त गर्नुपर्र्नेे भएकाले जग्गा प्राप्ती ऐन २०३४ बमोजिम सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । यहि ऐनको दफा १३ बमोजिम मुआब्जा निर्धारण समिति गठन भएको थियो । समितिले निर्धारण गरेको रकम सम्बद्ध जग्गाधनीलाई वितरण गर्ने तयारी भएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित सूचना अनुसार १८४ जना स्थानीयको जग्गा अधिग्रहणमा परेको छ । त्यसबाहेक आयोजनालाई आवश्यक सरकारी जग्गा पनि अधिग्रहण हुनेछ ।
मुआब्जा प्राप्त गर्नका लागि सम्बन्धित जग्गाधनीहरूले आफैं वा अख्तियार प्राप्त वारेस मार्फत प्रमाणित कागजातसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सम्पर्क राख्नुपर्नेछ । जग्गाधनिको सक्कल प्रमाण पुर्जा, प्रतिलिपि, तिरो तिरेको रसिद र स्थानीय तहको सिफारिस सहित रितपूर्वक निवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने र पछि उजुरी नलाग्ने सूचनामा उल्लेख गरेको छ ।
बिद्युत प्रसारण लाइन र सडकका आयोजनामा लगानीका लागि ०७४ साउनमा सरकारले अमेरिकी सरकारको ५१ अर्ब ३८ करोड रूपैयाँ लगानी स्वीकार गर्ने निर्णय गरेको थियो । अहिले सत्ताधारी नेकपाका नेताहरू बीच उक्त सहयोग लिनु उचित हो÷होइन भन्ने बारेमा बहस टुंगिएको छैन । सरकारले स्वीकार गरेको शर्तअन्तर्गत ४०० केभीको प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरणले काम अघि बढाएको हो ।

रसुवा भन्सारमा कारोवार ठप्प

विदुर\चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तराष्टिूय व्यापारिक नाका रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको छ ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवत जावतमा रोक लगाएपछि रसुवा भन्सारबाट हुने कारोबार ठप्प भएको हो । चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका गत बुधबार देखि १५ दिनका लागि बन्द गरेको भन्सार कार्यालय रसुवाका प्रमुख पुण्यविक्रम खड्काले बताए । केरुङबाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दै आएको याडमा एक दुई कन्टेनरहरु मात्र रहेका छन् । दैनिक करोडौ रुपैया राजश्व संकलन गर्दै आएको भन्सार कार्यालय सुनसान बनेको छ । दैनिक याडमा काम गर्दै आएका छ सय जना कामदारहरु समेत बेरोजगार बनेका छन् । पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । नाका बन्द भएपछि केरुङतर्फ गएका २ सय वटा कन्टेनरहरु फर्किन सकेका छैनन् । 
रसुवागढी नाका बन्द हुँदा चीन सँगको व्यापार प्रभावित भएको व्यापारीहरुले बताएका छन् । 

२०७६ माघ २७ गतेको सम्पादकिय

युनोप्स्को भारत भ्रमण
नुवाकोटमा भारत सरकारको अनुदान तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आर्थिक र प्राधिक सहयोग गर्न भन्दै आएको परियोजना विवादित छ । कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर भनेजस्तो  ‘औतारी’ परियोजनलाई सुनपानी छर्कन नुवाकोटका १० स्थानीय तहका सरकार प्रमुख र उपप्रमुखहरू आइतवार भारतिय दुतावासमा लाम लागेका छन् । भारतको केही ठाउँ र सरकारी कार्यालयको भ्रमणका नाममा परियोजनाले नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिका बाहेकका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उप्रमुखहरूलाई आइतवार दुतावासले काठमाडौंको एक प्रतिष्ठित होटलमा राखेको रात्रिभोजमा सहभागी गरायो । केही गाउँपालिका अध्यक्षले यसप्रति ठाडो असन्तुष्टि व्यक्त गरेर ‘भक्तिदर्शन’ मा सहभागि नहुने घोषणा गरेका छन्, र रात्रि भोज देखि भारतमा प्राप्त हुने सुविधायुक्त बसाई, भ्रमण र विदेशी मुद्रामा उपलब्ध हुने दैनिक भ्रमण भत्ता त्यागेका छन् । सोमवार बिहानै भारतका लागि उढ्न नुवाकोटबाट दुतावास प्रस्थान गरेका ‘सरकारहरू’ का कारण कामचोर परियोजनाले उन्मुक्ति पाउने देखिएको छ ।
पछिल्लो समय यही भारतिय सहयोग परियोजनका कारण भुकम्प पिडितहरू झन् पिडित भएको तथ्य सार्वजनिक हुँदै आएको  छ । भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युपोप्स्) मार्फत नुवाकोटमा सञ्चालन गरिरहेको भुकम्प पछिको पुननिर्माणमा अनियमितता भएको प्रमाण सहित नुवाकोटका सञ्चार माध्याममा भदौं, २०७६ देखि समाचार आइरहेको छ । कार्यक्रम सञ्चालनको सुरु अवधि देखिनै प्रक्रृया भन्दा बाहिर रहेको यो परियोजनालाई आयोजना कार्यान्वय इकाईले पटक पटक सचेत गराउँदा पनि सुधार नभएको तथ्य सार्वजनिक भएको छ ।
पञ्चकन्या र शिवपुरी गाउँपालिका बाहेकका स्थानीय तहका भुकम्प पिडित नागरिकहरूका लागि काम गरिरहेको यो परियोजनाले काम कम ‘राजनीति बढि’ गरिरहेको छ । स्थानीय सरकारसंग समन्वय नै नगरी काम गरिरहेको भन्दै जनप्रतिनिधिहरूले चर्को आलोचना गरिरहेको समयमा यसरी सरकार प्रमुख र उपप्रमुखहरूलाई दैनिक भ्रमणभत्ताको समेत व्यवस्था गरेर माघ २७ देखि फागुन २ गतेसम्म भारत भ्रमणमा लैजानु, आइतवार दुतावासले भब्य होटलमा रात्रिभोज दिनुले काम कम र ‘सेटिङ्ग’ ज्यादा गर्ने योजनामा परियोजना देखिएको छ । जनताको नाममा आएको रकम र कार्यक्रमको सुक्ष्म समीक्षा र खवरदारीको सट्टामा उनीहरूको ‘भ्रमण’ प्रस्ताव स्विाकार गर्नु जनप्रतिनिधिहरूको भुल हो । उनीहरूको कामको विषयमा फागुन ३ गतेदेखि सबै स्थानीय तहले औला उठाउनसक्ने हौसियत राखेर भारतबाट हाम्रा सरकारहरू फर्कन सक्लान् ? बाँकी एक वर्षको अवधिमा कार्यक्रम सम्पन्न भएको सुकिलो प्रमाणपत्र लिनका लागि रचिएको प्रपञ्चमा किन फसे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू ? 

Monday, February 03, 2020

छैठौं नुवाकोट महोत्सव हेर्न गोरखाबाट आए पृथ्वीनारायण शाह

बट्टार\तस्बिरमा देखिएका ६२वर्षिया ओमबहादुर श्रेष्ठ गोरखाबाट छैठौं नुवाकोट महोत्सवमा सहभागि हुन पृथ्वीनारायण शाहको पोशाक र हाउभाउमा बट्टार आइपुगे । माघ १६ को उद्घाटन समारोह भन्दा केहिबेर अघिदेखिनै शाहको ‘राजशी’ पोशाकमा सजिएका श्रेष्ठसंगै थिए गोरखाबाटै आएका तोपप्रसाद श्रेष्ठ । उनी राजा शाहको सेनापती कालु पाँडेको भेषमा थिए ।
बिहिवारदेखि आइतवारसम्म चार दिनसम्म नुवाकोट महोत्सव स्थलमा देखिएका यि दुई विशेष आकर्षणको केन्द्रमा रहे । महोत्सव स्थल प्रवेश गर्ने बित्तिकै आउने पहाड माथिको नुवाकोटको साततले दरवार र यस दरवार वरिपरी श्रीपेच लगाएर तरवार, खुकुरी सहित घुमिरहेका पृथ्वीनारायण शाह । अझ शाहको सुरक्षा र रेखदेरखाका लागि खटिएका भारदार कालु पाँडे । एक्कैछित त, साढे दुई सय बर्ष पहिलाको नुवाकोट हेर्न पाइएको महशुस हुन्थ्यो । महोत्सवमा आउनेहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको समाचार र फोटोमा देखिएका शाह र पाँडे खोज्दै हिड्थ्ये । पहिला उनीहरूसंगै टाँसिएर फोटो खिचेपछि मात्रै अन्य स्टल हेर्नेतिर दर्शकहरू लागेका देखिन्थ्यो ।
बर्षेनी पुस २७ को पृथ्वी जयन्तीमा गोरखामा यस्तै पहिरनमा देखिने श्रेष्ठले यो पाली नुवाकोट महोत्सवका लागि निमन्त्रणा पाए र यता आएका हुन् । गोरखा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका उनी चार दिन लामो नुवाकोटको बसाई सकेर गृह जिल्ला फर्किएका छन् । गोरखा दरवार नजिकैको गाउँ पदेँलीका श्रेष्ठ तीन वर्षदेखि पृथ्वीनारायण शाहको भेषमा देखिन थालेका छन् । ‘पृथ्वीनारायण शाहप्रतिको आकर्षण र प्रेम नुवाकोटमा कत्ति रहेछ भनेर महोत्सव आएपछि थाहा पाएँ, श्रेष्ठले भने– मेरो अगाडी आइपुग्ने जो कोही पनि फोटो खिचाएरै जान्थ्यें । आयोजकले आफ्नै जिल्लामा ३ सालदेखि मैले सञ्चालन गरेको अभियानको बारेमा जानकारी राखेर यो भब्य समारोहमा सहभागि गरायो, म कृतज्ञ छु । ’
‘महोत्सवको मुख्य आकर्षणका रुपमा मलाई पृथ्वीनारायण शाह लाग्यो, लिखुबाट महोत्सव हेर्न आएका राजेन्द्र अधिकारीले भने– शाहको देहवशान भएको नुवाकोटमा उनीजस्तै हाउभाउमा देखिदा त कस्तो मन छुँदो रहेछ नि ।’
आयोजक नुवाकोट उद्योग बाणिज्य संघले महोत्सव अवधिभरि राजाको भेषमा रहिरहन श्रेष्ठलाई आग्रह गरेको भएपनि उनी नगर कार्यपालिकको कामका लागि गृह जिल्ला फर्किएका छन् । नेपाल एकीकरणको सुरुवात भएको नुवाकोटमा शाहको भेषमा केहीदिन रहन पाउँदा बेग्लै आनन्द मिलेको उनले प्रतिक्रृया दिए । सेनापती कालू पाँडे (तोपप्रसाद श्रेष्ठ) ले जिल्लाको महोत्सवमा आफुहरूलाई उपस्थित गराएर यत्तिको भुमिका दिनु महत्वपूर्ण रहेको बताउँछन् । ‘१० हजार भन्दा बढिले खिचे होला हामीसंग फोटो, सुरु सुरुमा त म हैरान थिएँ, अहिले त बानी नै परिसक्यो, श्रेष्ठ भन्छन्– फोटो खिच्न आउने वित्तिकै राजाले (ओमबहादुर श्रेष्ठ) ले एउटा औलो उठाउनु हुन्छ र तनक्क तन्किनु हुन्छ, म चाही छाती फुलाएर छेउमा टक्क उभिन्छु ।’
छैठौं नुवाकोट महोत्सवमा नयाँ केहि गर्ने छलफल भइरहेको समयमा गोरखामा पृथ्वीनारायण शाहको भेषभुषामा खास खास कार्यक्रम उपस्थित हुने ओमबहादुर श्रेष्ठको जानकारी पाएपछि महोत्सवको आकर्षणको रुपमा थपिएको नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले बताए । ‘पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले यो प्रस्ताव ल्याए, सचिवालयमा छलफल हुँदा सबैले रुचाएर यो महोत्सवमा मुख्य आकर्षणका रुपमा प्रस्तुत गर्यौ’ संघका प्रवक्ता राजभण्डारीले भने ।

शिक्षकलाई तलव खुवाउन सामुहिक ब्रतबन्ध

देविघाट\विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माविले यसपाली पनि विद्यालय सञ्चालनाथर्ए सामुहिक ब्रतबन्ध गराएको छ । उक्त विद्यालयले आफ्नो खर्च संकलनका लागि र शिक्षकको तलव व्यवस्थापनका लागि बर्षेनी सामुहिक रुपमा ब्रतबन्ध गराउँदै आएको छ ।
विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको बतायएको छ । सधाझै यो पालिपनि श्रीपञ्चमीका दिन (बिहिवार) विद्यालयले सामूहिक ब्रतबन्ध गराएको हो । प्रत्येक बटुकबाट विद्यालयले ब्रतबन्ध खर्च ४ हजार रुपैयाँ लिने गरेको छ । पूर्वाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराएको थियो ।
विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा यस वर्ष १०८ जना बटुक सहभागी भएको प्रधानाध्यापक मञ्जु चित्रकारले बताए । आर्थिक स्थिति कमजोर भएका परिवारले चलन अनुसार सन्तानको कर्म चलाउन नसकेको अबस्थामा बिद्यालयले सञ्चालन गर्ने सामूहिक ब्रतबन्धले सहयोग पुगेको सहभागि अभिभावक गोविन्द भट्टले बताए ।
यो वर्ष बटुकहरूसँग लिएको शुल्कबाट ४ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । भेटीबाट समेत केही रकम संकलन भएको छ । खर्च कटाएर बचेको रकमले विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए । २०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।
समाजमा बढ्दै गएको तडकभडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत यसबाट सहयोग पुग्दै आएको भट्टले बताए । उक्त विद्यालयले संस्कृत भाषा समेत पढाउदै आएको छ । संस्कृत भाषा पढाउने नुवाकोटमा यो मात्रै एउटा स्कुल हो । 

सांसद तामाङको नाममा मुद्दा दर्ता

विदुर\राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा स्काभेटर प्रयोग गरी उत्खनन कार्य गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङसहित कन्स्ट्रक्सन सञ्चालक द्वय निर्मलप्रसाद सिटौला र शिवहरि घिमिरे तथा फिल्ड साइड अफिस कर्मचारी सुवास डंगोलविरुद्ध मुद्दा दर्ता भएको छ ।
सांसद तामाङ सञ्चालक÷ अध्यक्ष रहेको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिको स्काभेटरले गत १३ पुसमा कालिवनभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थमा डिभिजन वनका सुबेदार यादविन्द्र पौडेलको नेतृत्वमा खटिएको वन रक्षकको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका–५ निवासी चालक नरेशराम महरालाई पक्राउ गरेको थियो । महरा पक्राउ परेलगत्तै कालिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान फरार थिए ।
राष्ट्रिय वनअन्तर्गत गर्ने सामुदायिक वन क्षेत्रभित्र अवैध उत्खनन भइरहेको जानकारी पाएपछि अनुगमन सुरु गरिएको डिभिजन वनप्रमुख इमनाथ पौडेलले बताए । उनले अनुगमन गर्ने क्रममा १३ पुसमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेको जानकारी दिए । कन्स्ट्रक्सनले वन क्षेत्रभित्र नौ हजार ५६४ क्युफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको डिभिजन वन कार्यालयको दाबी छ । बिगोबापत एक लाख ६४ हजार ११२ रुपैयाँ जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे पाँच वर्ष कैद सजाय माग गरिएको सहायक वन अधिकृत वसन्तराज गौतमले बताए ।

नाष्टले बुझायो फोहोरको प्रतिवेदन

विदुर\नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ ।
प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाए । १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हँुदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ ।
मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी ९ तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग, सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । वैज्ञानिक पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ ।

तस्बिर खबर


समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र जगदम्बा सिमेन्टको संयुक्त आयोजनामा मोटरसाइकल दुर्घटनाबाट हुने क्षति न्युनिकरणको लागी चालक र सहयात्री दुबैले अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने शिक्षा सहित जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापा मोटरसाइकलका पछाडी बसेका यात्रुलाई हेल्मेट लगाइदिँदै । कार्यक्रममा १५० थान हेलमेट यात्रुलाई बितरण गरिएको छ । – दीपेन श्रेष्ठ 

महोत्सवमा एक लाख पर्ने खुकुरी

नुवाकोटको सबैभन्दा ठुलो (तौल) खुकुरी छठौं नुवाकोट महोत्सवमा
देखाउँदै लिखु गाउँपालिकाका तुलबहादुर बिक । फोटा] :सुनील श्रेष्ठ
बट्टार\बिहिबारदेखि सुरु भएको छैठौ नुवाकोट महोत्सवमा जिल्लाका १२ वटै पालिकाको पहिचान झल्काउने कृषि उपजका उत्पादन, कला, संस्कृती प्रदर्शनमा राखिएको छ ।
स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको मुल्य भने १ लाख रुपैयाँ रहेको छ । दश किलो तौल भएको खुकुरीको लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ । नुवाकोटकै अहिलसम्मकै ठुलो खुकुरी भएको तुलबहादुर दावी गर्छन् । खुकुरी बनाउन तीन दिन लागेको बताए । आरन व्यवसायलाई छोराले पनि साथ दिएकोमा खुशी छन् ६२ वर्षीय तुलबहादुर ।
खुकुरीमा नुवाकोट लिखु गाउँपालिका–२ लेखिएको छ । तुलबहादुर पेशाले आरन प्रशिक्षक समेत हुन् । उनले नुवाकोट लगायत अन्य जिल्लामा समेत तालिम दिईसकेका छन् । आरन उत्पादित सामग्रीहरूको स्थानीय बजारको रहेको बताउँछन् । तर आरनलाई आवश्यक कोईलाको भने कमी रहेकाले पुस्तान्तरमा पनि कमी भएको उनले बताए ।
गत जेठमा काठमाडौंको भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा मन बहादुर शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेका थिए । जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १११ रुपैयाँ रहेको थियो । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।

‘राजनीतिकरण बढ्यो’
बट्टार\नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादबले शिक्षा र स्वास्थ्यमा राजनीतिकरण बढेको बताए । छैठौँ नुवाकोट महोत्सबको बिहिवार उद्घाटन गर्दै उनले पछिल्लो सय शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिकरण भएको बताउदै त्यसलाई निराकरण गर्न नागरिक तहबाट दबाब चाहिएको बताए ।
नेपालमा ८० प्रतिशत नागरिकहरू किसान मजदुरहरू रहेकाले शिक्षा र स्वास्थ्यलाई सहज र दबिर्लो बनाउने तर्फ बर्तमान सरकार सचेत नभएको उनको आरोप छ ।
प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले यस अघिका सरकारहरूले विकासका नाममा गरेको अनियमितता नियन्त्रण र विधिको शासन कायम गर्ननै वर्तमान सरकरको समय बढि खर्च भइरहेको बताए ।


महोत्सवले जिल्लालाई सहयोग पुग्छ : अध्यक्ष ताराबहादुर कार्की
नुवाकोट काठमाडौंसँग जोडिएको हुँदाहुँदै पनि बाहिर जिल्लाबाट जिल्लामा लगानी गर्न डराउने अवस्था रहेको थियो । अहिले नुवाकोटमा पनि नुवाकोटका उद्यागी व्यवसायीहरूले लगानी गर्न चाहनु भएको छ । बाहिरका उद्योगीले बत्ति पानीको सुविधा र रसुवागढी ठोरी नाका सञ्चालनमा आएसँगै सम्भावना बढेर गएको छ । अघिल्ला महोत्सवमा जिल्ला आएका व्यवसायीहरूले नुवाकोटमै लगानी गरिरहरेको अवस्था पनि छ, त्यसको केही उदाहरणहरू हामी सबैलाई थाहा नै छ ।
स्टलमै माटोका भाडा बनाउने कला हेर्ने, स्यामा, ढाका आफ्नै अगाडी बुनेको देख्न पाइने पनि महोत्सवको रोचक पक्ष हो जस्तो लाग्दछ मलाई सरकारले निजी क्षेत्रको सहयोगको अपेक्षा गरी सँगै पर्यटन विकासमा अघि बढाएको छ । नुवाकोट महोत्सवकै लागि भनेर गोरखाबाट पृथ्वीनारायण शाहको भेषमा आएका ओमबहादुर श्रेष्ठ पनि आकर्षणका रुपमा रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकार मात्र होइन, सबै क्षेत्रको सहकार्यलाई अपरिहार्य बनाएको छ । पर्यटन सम्भावनाको खोजी गर्ने हिसावले यो महोत्सव निकै महत्वपूर्ण हुनेछ । हाम्रो धर्म, संस्कृति रितिरिवाज, नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसारमा महोत्सवले ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास मैले गरेको छु । नुवाकोटमा अहिले आन्तरिक पर्यटनको बढ्दो अवस्थालाई यहि महोत्सवहरूको पनि प्रमुख योगदान रहेको छ ।
महोत्सवबाट नुवाकोटको औद्योगिकिकरणमा योगदान हुनेछ । यही मै महत्वपूर्ण पाटो हो । यस पटक महोत्थ्सव समापन हुँदै गर्दा एक लाख भन्दा धेरै अवलोकनकर्ता भित्रनेछन् ७६ जिल्लाबाट हामीले पाहुना बोलाएका छौँ । अरु जिल्लाबाट आउने व्यावसायीहरूले नुवाकोट हेर्न‘पर्छ, नुवाकोटमा लगानी बढाउनुपर्छ भन्नु भएको छ । त्यसैले हामीले सोचेभन्दा धेरै अवलोकनकर्ताहरू नुवाकोट आउनुहुन्छ । हामीलाई टाढादेखिका साथिहरूले सम्पिर्क गरिरहनुभएको छ ।
महोत्सव सम्पन्न हुनका लागि अझै पनि सात दिन बाँकी छ । छैठौ महोत्सव नुवाकोट उद्योग वाणिज्य संघको मात्र होइन, सबै सरकारी निकाय, सरोकारवाला धर्म, संस्कृतिमा लागेकाहरूको हो । सबै नुवाकोटवासीको महोत्सव हो भनेर सन्देश दिएका छौँ । महोत्सव उल्लासमय पनि भइरहेको छ । हामीले नाफा कमाउने भन्दा पनि जिल्लाको पहिचान परपरसम्म पु¥याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिरहेका छौं, दर्शकहरूले साथ दिइरहनुभएको छ । 

फागुन १ सम्म बन्द

विदुर\चीनमा फैलिएको कोरोना भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन फागुन १ गतेसम्म नाका बन्द गरिएको छ । माघ १५ गतेदेखि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाएको हो ।
माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको छ । सामान किन्न जानेहरू मितेरी पुलपारि गढीबजारसम्म मात्रै पुग्ने गरेका छन् ।
यसै बीच, छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको बताइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधनयुक्त बनाएको हो ।
सीमा क्षेत्रमा सचेतना कार्यक्रम गर्ने, त्यस्तो रोगको लक्षण देखिन आएमा जिल्ला अस्पतालमा छुट्टै उपचार सधन कक्ष तयार पार्ने, परीक्षणका आधुनिक उपकरण तत्काल व्यवस्था गर्ने निर्णय भएको बताइएको छ ।
रोग नियन्त्रणका लागि कार्ययोजना बनाउन गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटाको संयोजकत्वमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा अनिल खरेलको उपसमिति सक्रिय रहेको छ ।

हल्ला पुष्टि भएन
रसुवा जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी फेला नपरेको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको बताए ।
उपचारका क्रममा रसुवा अस्पताल पुगेका एक बिरामीको कोरोना भाइरसको शंका भएको हल्ला पुष्टि नभएको उनले बताए । ति विरामीलाई थप उपचारका लागि टेकु अस्पताल पठाइएको छ । उनको समान्य अवस्थामा उपचार भइरहेको बताइएको छ । 

महेन्द्र माविको जन्मजयन्ती

चतुराले\ककनी गाउँपालिका वडा नं. ७ चतुरालेको महेन्द्र माविको ५९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद बद्री मैनालीले नेपालमा पछिल्लो समयमा शैक्षिक क्षेत्रमा भएको विकासप्रति सन्तुष्टि व्यक्त गरे ।
शिक्षामा भएको लगानी खेर नजाने भएकाले अभिभावकलाई पनि आफ्नो नानीबाबुको पढाईमा लगानी गर्न अनुरोध गरे । प्रअ शशिकुमार थपलियाले ०७५\०७६ को २ करोड ८५ लाखको आर्थिक प्रतिवेदन पेश गरे । 

अक्षय कोष स्थापना

विदुर\लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले महेन्द्र माध्यमिक बिद्यालय चारघरेमा छात्रबृत्तिको लागी अक्षय कोष स्थापना गरेको छ ।
डेढ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको हो । बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिदाथर््िहरूको शैक्षिक अबस्थालाई सहयोग गर्नको लागि छात्रबृत्तिको ब्यबस्था गरेको लायन्स क्लब अफ काठमाण्डौ स्काई लिमिटले जनाएको छ ।
बिद्यालयको लागी उपलब्ध गराएको छात्रबृत्तिको चेक एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तान्तरण गरेको छ । महेन्द्र माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं बिदुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सिताराम अर्याल र बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टलाई अक्षयकोषको रकम हस्तान्तरण भएको छ ।

गेर्खुमा मुआब्जा आउने

विदुर\गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी सडक आयोजना अन्र्तगत विदुर नगरपालिका १० नम्बर का जग्गाधनीलाई मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
गएको आईतबार अदालतले आयोजनालाई तत्काल मुअब्जा दिएर काम गर्न आदेश दिएको वडाअध्यक्ष गणेश नेपालले बताए । सडक आयोजनाले मुआब्जा नदिई आफ्नो जग्गा सडकमा प्रयोग गरेको भन्दै वडा नं. १० का नागरिकहरूले रिट दायर गरेका थिए ।
गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुबेसी रसुवागढी सडक साढे नौं अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । गल्छीदेखि स्याफ्रुवेशी सम्म ८२ किलोमिटर र स्याफ्रुवेशी बाट रसुवागढीसम्म साढे १५ किलोमिटर दुरीको सडक छ ।

सामाजिक सञ्जालबाट


प्रहरीद्धारा बिन्दा ढुंगाना र सुभद्रा नेपाल सम्मानित

बिन्दा ढुंगाना
विदुर\प्रहरी केन्द्रिय कार्यालयले नुवाकोटका दुई जना महिला नेताहरूलाई सम्मान गरेको छ । केन्द्रिय कार्यालयको सम्मान पत्र जिल्लामा आयोजित कार्यक्रमका बीच प्रहरीका जिल्ला प्रमुखले हस्तान्तरण गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नुवाकोटमा प्रहरीसंग समन्वयात्मक भुमिका निर्वाह गरी प्रहरीलाई सहयोग पुर्याएको भन्दै नेकपा बागमती प्रदेश सदस्यद्धय बिन्दा ढुंगाना र सुभद्रा नेपाललाई प्रहरीले प्रसंसा पत्र सहित सम्मान गरेको हो । प्रहरी प्रमुख सर्बेन्द्र खनालद्धारा प्रदान गरिएको प्रसंशापत्र वुधवार नुवाकोट प्रहरी प्रमुख अभिनारायण नारायण काफ्लेले हस्तान्तरण गरे ।
सम्मानित ढुङ्गाना र नेपालले प्रहरी कार्यालयमा आउने विवाद र समस्यालाई सहजिकरण गरेको र त्यसबाट प्रहरी कार्यालयको कार्य सम्पादन राम्रो भएको बताइएकोछ । 
 सुभद्रा नेपाल

सप्ताह महायज्ञ सुरु

छहरे\नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती स्यालपिङ र कन्यावती खहरेको सङ्गमस्थलमा महायज्ञ सुरु भएको हो ।
बिहिवारबाट सुरु भएको सप्ताह ज्ञान महायत्र २४ गते शुक्रवारसम्म सञ्चालन हुने छ । बट्टार÷शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण सहितको उद्देश्यले सप्प्ताह लगाइएको हो ।
त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए । कथा वाचकमा बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन भइरहेको छ । 

प्रदेश सांसद र नागरिकहरु बीच साझा सभा

विदुर\आम नागरिकको साझा साचो र सवालमा केन्द्रित साझा सभा नुवाकोटमा भएको छ । सामुदायिक बिकास केन्द्र नेपालले आयोजना गरेको साझा सभा कार्यक्रममा स्थानिय तह पारदर्शी नभएको आबाज उठेको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सबै क्षेत्र आफैमा पारदर्शी भएमा मात्रै स्वच्छ समाज निर्माण हुने बताए । सबै नागरिकहरू आ–अफ्नो क्षेत्रमा पारदर्शी र जबाफदेही हुनु पर्नेमा उनको जोड थियो ।
किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले समुदायमा रहेका हरेक संघ संस्थाहरूले सामाजिक परिक्षण गर्नु पर्ने बताए । आर्थिक परिक्षण मात्रै हुने गरेकाले उनले सबै क्षेत्रको सामाजिक परिक्षण भएमा मात्रै गरेका कामहरू पारदर्शी हुने बताए । उनले आफुहरू नागरिकहरूको हितका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानीय तह, गैरसरकारी संस्था तथा बिकासे अड्डाले सञ्चालन गरेको हरेक कामहरू समुदायलाई जानकारी हुनुपर्ने बताए । उनले राज्यको माथिल्लो निकायदेखि नागरिक तहसम्मले देख्ने गरी कार्यहरूको सामाजिक परिक्षण गर्नु पर्नेमा जोड दिए ।
म्यागाङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले स्थानीय सरकार स्थापनासंगै नागरिकहरूमा सचेतना आएको र विकास निर्माणको काममा सहयोग मिलिरहेको बताएका छन् । उनले सचेत नागरिकहरूसंग काम गर्दा विकासमा अनियमितता हुने र बजेट चुहावट हुने सम्भावना न्यून रहेको बताएका छन् । यस्तै, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विकास निर्माणका काममा आफ्नालाई मात्रै समेट्ने नभए रकम नै फिर्ता गराइदिने डरलाग्दो अवस्था नुवाकोटमा रहेको बताए । स्वस्थानी ब्रत कथामा भनिएजस्तो छोरा भए छोरालाई दिने, छोरा नभए मित छोरालाई दिने र त्यो पनि नभए खोलामा बगाई दिने भनेजस्तै विकासका कार्यक्रमहरूको हालत रहेको उनले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले उपभोक्ताको पक्ष र हितमा खासै काम नभएको बताए । उनले उपभोक्ताहरू जताततै ठगिरहेकोले त्यसमा ध्यान दिन प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । कार्यक्रममा सामुदायिक बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपालले समुदाय भित्र हुने र सबैको चासो रहने क्षेत्रमा काम गर्दे आएको बताए । प्रतिनिधिमुलक बिषयलाई लिएर समुदायमा सञ्चालित कार्यक्रमले नागरिकहरूको आबाजलाई समेट्दै आएको उनले बताए ।
साझा सभामा किम्पाङ र लिखु गाउापालिकाबाट आएको नागरिकहरू शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि र विपत्को विषयमा आफ्नो सपालहरू राखेका थिए ।
यसै बीच, सामुदायिक बिकास केन्द्र नेपालको आयोजनामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत क्रियाशिल नागरिक समाज तथा संघ संगठनको अन्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्यका बारे प्रकाश पार्दै आयोजक संस्था सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु नेपालले नागरिक समाज र संघ संस्थाहरूले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निवार्ह गर्न‘पर्ने बताए । हाल स्थानीय तहमा पुगेका हक अधिकारको कार्यान्वयन र विकास निर्माणका अवस्थाको अनुगमन नागरिक समाजले गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी भएकाहरूले नागरिकका आधारभूत अधिकारका लागि नागरिक समाजको अहम भुमिका रहेको बताएका थिए । विकासका लागि पारस्परिक जबाफदेहिता आवश्यक रहेको बताउदै स्थानीय स्तरको विकासका लागि स्थानीय तहका प्रतिनिधिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । 

विद्यार्थीलाई पोशाक वितरण

देविघाट\लायन्स-लियो क्लब अफ नुवाकोट फ्युचर स्टारले बिदुर नगरपालिका वडा नम्बर ३ को रणभुवनेश्वरी उच्च माध्यमिक बिद्यालयका ६५ जना बाल शिक्षण कक्षाका बिद्यार्थीाहरूलाई बिद्यालय पोशाक बितरण गरेको छ ।
बिभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको लायन्स क्लबले बिद्यालयमा अध्यनरत बालबालिकाहरूलाई पोशाक उपलब्ध गराएको हो । सो कार्यक्रममा विदुर नगरपालिका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईले लायन्स क्लबको सहयोगमा एक सेट पोशाक उपलब्ध भएपनि फेरफारका लागि अर्को सेट खरिद गर्न अभिभावकलाई आग्रह गरे ।

२०७६ माघ २० गतेको सम्पादकिय

महोत्सबले ओज ग्रहण गरोस्
२०६३ सालबाट सुरु भएको नुवाकोट जिल्लाको महोत्सब हाल जारी छठौं संस्करणसम्म आइपुग्दा १३ वर्षे यात्रा पार गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवले जिल्लालाई दिएको योगदान र प्रयासहरूका बारेमा थुप्रै समीक्षा र चर्चा भइसकेका छन् । १६ गतेदेखि सुरु भएको छैठौं नुवाकोट महोत्सबकोले अहिले जिल्लालाई केही चलायमान पारेको छ । केही गाउँपालिका र नगरपालिकाको उपस्थिति महोत्सबस्थलमा देखिएको छ । महोत्सब उद्घाटन समारोहलाई स्थानीय सरकाले नदिएको प्राथमिकताले महोत्सब कतै विदुर नगरपालिकाको मात्रै त होइन वा यही मात्रै त केन्द्रित छैन भन्ने खालको सन्देश दिन खोजिरहेको थियो । दुई वटा गाउँपालिका र दुई वटा नगरपालिकाको मात्रै प्रमुख÷उपप्रमुखहरूको सहभागिता रहेको उद्घाटन समारोहपछि स्टलमा स्थानीय निकायले गरेको व्यवास्थाले आइतवारसम्म महोत्सवका स्टलहरू खाली परेका छन् । सिमित संख्यामा तयार गरिएको स्टलपनि खाली देखिनुले सकारात्मक सन्देश दिएको छैन । केही वित्तिय संस्था, सामाजिक संस्था तथा स्थानीय सरकारको नाममा ‘बुक’ भएको स्टलहरू चौथो दिनसम्म खाली छन् । जसले गर्दा महोत्सवको व्यवस्थापकिय पाटोलाई कमजोर देखाएको छ । बाँकी दिनका लागि ति स्टल अन्यलाई दिएर भरिभराउ देखाउनु बेश हुनेछ ।
महोत्सवको अर्को प्रमुख पाटोको रुपमा रहेको कलाकारहरूको प्रस्तुतीमा यो पाली आकर्षण देखिएन । या त दर्शकको खोजी अनुसारको कलाकार महोत्सवमा आयोजकले ल्याउन सकेन । कि आएका कलाकारहरूले दर्शकको अपेक्षा अनुसारको प्रस्तुती दिन सकेनन् । केही कलाकारहरू बाहेक अधिकांश कलाकार बजारमा नचलेका, नदेखिएका वा पुरानो भइसकेका साँस्कृतिक प्रस्तुतीका साथ उपस्थित भइरहेका छन् । जुन पक्ष दर्शकले रुचाएका छैनन् ।
छाठौं नुवाकोटका महोत्सबमा जिल्लाको पहिचान हुने र पहिचानको रुपमा विकास गर्न सकिने मौलिकताको कमी देखिएको छ । केही विषय र उत्पादनले प्रवेश पाएको छ महोत्सवमा, तर नुवाकोटलाई चिनाउन सक्ने खासखास कुराहरू के के हुन् र ति अनिवार्य रुपमा कसरी सहभागि गराउन सकिन्छ, प्रर्दशन गराउन सकिन्छ भनेर आयोजकले ध्यान दिएकै देखिएन । जसले गर्दा छैठौं नुवाकोट महोत्सवले आफ्नो नाम अनुसारको ओज ग्रहण गर्न सकेको छैन ।