Sunday, March 22, 2020

लिखु–३ सुर्यमतीका धार्मिक तथा पर्यटकिय स्थलहरू

कपिलदेव खनाल
लिखु गाँउपालिका नेपालको बागमती प्रदेश, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ र  सुर्यमती गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ नम्वर वडाहरू, थानसिंग गाविसको १ देखि ७ नम्वर सम्मका वडाहरू र थानापति गाविसको वडा नं. ५ समेटेर बनेको हो । ६ वडा रहेको लिखु गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग किलोमटिर छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमती गाविस वडा नं. १ डुँडेमा अवस्थित छ । नुवाकोटको सबैभन्दा सानो र कान्छो स्थानीय सरकार भईकन पनि लिखु गाउँपालिकाले थुप्रै विशेषताहरू बोकेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकयिक रुपमा प्रशस्त सम्भावना रहेको लिखु गाउँपालिकाका महत्वपुर्ण स्थानहरू वडा नं. ३ मा बढी छन् । 
कपिलदेव खनाल
लिखु गाउँपालिका वडा नं. ३ साविकको सुर्यमती गाविस यस गाउँपालिकाका अन्य वडाको तुलनामा भुगोलका हिसावमा तथा सम्पदा, संस्कृतिहरूका तुलनामा असाध्यै सम्पन्न देखिन्छ । नुवाकोटको नामाकरण भएको नौं वटा कोटहरू मध्येको एउटा कोट : मालाकोट, माघे संक्रान्तिमा गोरु जुधाउने अन्तराष्ट्रिय ख्याती कमाएको नुवाकोटको पहिचानदेखि नेपाल एकीककरणको सुरुवाती एक सामरिक किल्ला नागीगढीसम्म यही लिखु गाउँपालिकाको वडा नं. ३ मा पाइन्छ । त्यसो त, धामी जात्राको नामले प्रख्यात नुवाकोटको सबै भन्दा लामो जात्रा बैशाखपूर्णिमा जात्रा यहीबाट सुरु हुन्छ । विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको घाटकी देवी जालपादेवीको उत्पत्ति र जन्म पनि यही भएको हो ।    
मालाकोट :
नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोट र नेपाल एकीकरणमा सामरिक रुपमा प्रयोग गरिएको मालाकोट यस लिखु गाउँपालिकाको वडा नं. ३ मा रहेको छ । लिखु गाउँपालिलाई विदुर नगरपालिका र बेलकोगढी नगरपालिकासंग सिमा छुट्याउने गरी भौगोलिक संरचना लिएको मालाकोट आन्तरिक पर्यटकहरूका लागि उत्तिकै आकर्षणमा रहेको छ । 
नुवाकोट, रसुवा, धादिङ्ग, गोरखला, लमजुङ्ग, पोखरा, तनहुँबाट काठमाडौं उपत्यका प्रवेश गर्ने पैदलमार्गको एक महत्वपूर्ण भञ्याङ्गका रुपमा रहेको मालाकोटमा अहिले सडकको सहजतासंगै केही कम चलहपल छ । तर पनि यो मालाकोट हेर्न र घुम्नकै लागि आन्तरिक पर्यटकहरू आउनेक्रम भने रोकिएको छैन । ४० को दशकसम्म पनि काठमाडौं उपत्यका आवातजावत गर्नेहरूले प्रयोग गर्ने पैदल मार्गको झण्डै मध्ये भागमा पर्ने मालाकोट यात्रुहरूका लागि बास बस्ने गाउँ हो । स्थानीय कृष्णलाल श्रेष्ठका अनुसार अहिले यस स्थानको अवलोकनका लागि मानिसहअरु आउने गरेका छन् । ‘बस बस्नैको लागि भनेर त अक आउँदैनन्, तर पहिला पैदल मार्ग प्रयोग गर्दा बस बस्ने ठाउँ मालाकोटा कस्तो रेछ भनेर मानिसहरू हेर्न र द्धघुम्न चाहिअ आउने गरेका छन्’ श्रेष्ठले भने । 
यात्रुको रात्री बासकै लागि मल्लकालमै यहाँ पाटी निर्माण भएको थियो । जुन पाटी अहिलेसम्म पनि उत्तिकै तन्नेरी संरचनामा देखिन्छ । यो पाटी र मालाकोटको नाम संगसंगै आउने गरेको छ । मालाकोटको यो ऐतिहासिक पाटीसंग रहेको गणेशस्थान पनि उत्तिकै प्राचिन रहेको छ । यहाँको गणेशको मुर्ती चाँदीबाट बनाइएको छ । सुरक्षाका दृष्टिले एक व्यक्तिले किर्तिपुर स्थित आफ्नो घरमा राख्दै आएको उक्त गणेश मुर्ती यहाँ हुने पर्व, जात्रा र पुजाआजामा फिर्ता ल्याएर प्रर्दशन र गाउँ परिक्रमा गरिन्छ । मालाकोट भन्ने वत्तिकै बुढापाकाहरूले पाटीको प्रसङ्ग कोट्याउने गरेको स्मरण गर्छन् वडा सदस्य सञ्जीबबहादुर राई । राई भन्छन्– ‘यहाँ आठ वटा थाम छ, यस बारेमा राम्रो जानकारी भएकाहरू चाँही साच्चिकै मालाकोटको बासिन्दा रहेछन् भनेर बुढापाकाहरूले भन्ने गरेका छन् । आफु बास बसेको ठाउँको मानिस भनेर छुट्टै दृष्टिले उनीहरूले मालाकोटका नागरिकलाई हेर्ने गरेका छन् ।’ 
ऐतिहासिक मालाकोटको संरक्षण, विकास र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले आवश्यकता अनुसारको कार्य गर्दै आएको छ । यस कोटमा रहेका मल्लकालिन पाटी, गणेशस्थानलाई पुरातत्व विभागले रुचीपुर्वक हेरिरहेको छ । 
मालाकोट र यस लिखु गाउँपालिका वडा नं. ३ का अन्य थुप्रै ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरूको संरक्षण, विकास मात्रै नभई पहिचान हुन बाँकी रहेको सम्पदाहरूको लागि समेत आफुहरू क्रियाशिल रहेको वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेँढाई बताउँछन् । ‘यो नुवाकोटको नौं वटा कोटहरू मध्येको एक हो, यसको महत्वपूर्ण र ऐतिहासिक पक्षको बरेमा सदिऔंदेखि चर्चा हुँदै आएको छ, सेढाई भन्छन्– यसको संरक्षण गर्दै भावि पुस्तालाई सुरक्षित रुपमान हस्तान्तरण गर्न हामी प्रतिवद्ध छौं ।’
जालपादेवी :
१०७ वर्ष अघि सुर्यमतीमा स्थापना भएको जालपादेवीथान ।
यसको पुरातत्वले अध्ययन थालेको छ ।
यो जालपादेवीथानको स्थापना १९६९ सालमा भएको हो । लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यो मन्दिर पुरातत्व विभागको सूचीमा समेत परेको छ । यस मन्दिरको ईतिहास रोचक छ । परापुर्व कालमा मन्दिर निर्माणका लागि दिनभरि लगाएको पर्खाल राति भत्किदो रहेछ । यो क्रम छ महिनासम्म हरेक रात चल्यो । मन्दिर बनाउने श्रमिक मध्ये १ जनाको सपनामा देवी प्रकट भएर मन्दिर नबनाई आफुलाई खुल्ला राखिदिन आग्रह भए अनुसार त्यहि बेलादेखि यो मन्दिरको संरचना यस्तो रहँदै आएको जनविश्वास छ । त्यसबेलामा मन्दिर बनाउन लगाएको पर्खालको भग्नाबषेश अहिलेपनि हामी देख्न सक्छौं । स्थानीइ शिक्षक श्रीराम भारतीका अनुसार यही परम्पराका कारण यस मन्दिरलाई आजसम्म खुल्लै राखिएको छ । ‘यसरको प्राचिनता जोगाईराख्नका लागि हामीले यसो गरेका छौं’ उनले भने । 
यहाँ माघे संक्रान्तिको अघिल्लो रात भब्य मेला लाग्ने गरेको छ । रातभरि पुजा आराधन गर्ने, मादी बाल्ने, धुनी लगाउने र माघे संक्रान्तिको शुभकामना आदानप्रदान तथा घ्यु, चाकु र तरुल खाने प्रचलन यहाँ छ । हिन्दु महिलाहरूको महान पर्व हरितालीका तिज, दशैंको नौरथा, हरेका अष्टमी, पूर्णिमा र शनिवार यस जालपादेवीथानमा विशेष मेला लाग्दै आएको छ । भक्तजनहरूले गरेको भाकल पुरा हुने र पञ्चबली दिने चलन यस मन्दिरमा रहँदै आएको छ । हाँस, बोका, राँगाको बली यस जालपादेवीथानमा चढ्दै आएको छ । त्यसो त, लामो समयसम्म खडेरी पर्यो भने वर्षाद्को कामना गर्दै यस देवीथानमा क्षमा पुजा गर्ने प्रचलन छ । यहाँ गरिने क्षमा पुजा र लिखु नदी किनारमा विराजमान जलदेवीलाई जलधारा गरेपछि पानी पर्ने जनविश्वास छ ।   
प्राचिन शक्तिपिठ जालपादेवी मन्दिरको संरक्षण र प्रचारमा लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले उच्च महत्व दिएको छ । यसको परापुर्वकालको सौन्र्दय बचाउन र पुरातात्विक रुपमा कायम राख्न यहाँ हुने मर्मत र विकास निर्माणमा सिमेन्ट प्रयोग गरिएको छैन । यस वडाका अध्यक्ष भोलाप्रसाद सेढाई पुरातत्व विभागले यस मन्दिरको अध्ययन गरिसकेको र उनीहरूको सूचीमा समावेश भएको बताउछन् । गाउँपालिका र वडासंग पुरातत्वले आग्रह गरेर आफुहरूले नै संरक्षण र आवश्यक मर्मत गर्ने भएको छ । ‘पुरातत्व विभागले आवश्यक अध्ययन र अनुसन्धान गरेर फर्किएको छ, यो मन्दिर पुरातत्वको सूचीमा पर्ने भएको छ’ वडा अध्यक्ष सेढाईले भने । 
आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत प्रमुख गन्तब्यको रुपमा विकास गर्ने योजना सहित स्थानीय सरकार क्रियाशिल देखिएको छ । लिखु गाउँपालिकाका वडा नं. ३ को प्रमुख पर्यटकिय स्थलहरूमा पर्ने यो जालपाथान मन्दिर आपसापका क्षेत्र प्राकृतिक रुपमा समेत सिघारिएको छ । छिमेकी पालिकाहरू ककनी, शिवपुरी, बेलकोट, विदुर, तादी, सुर्यगढीको अधिकांश भु–भाग यहाँबाट प्रष्ट हेर्न सकिन्छ । यसरी पर्यटकिय स्थलको रुपमा प्रचुर सम्भावना देखिएको लिखु गाउँपालिका वडा नं. ३ सुर्यमतीको प्रमुख पर्यटकिय स्थलहरूलाई समेट्दै विकासको पहिलो पुर्वाधार सडकमा काम भइरहेको छ । योसंगै पर्यटकहरूलाई खानपिन र बसोवासका लागि होमस्टेको अवधारणा समेत वडा अध्यक्षले प्रस्तुत गरेका छन् । 
लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यस जालपादेवीथानसम्मै आइपुग्ने सडक देखि बासोवाससम्मको सुविधाको बारेमा स्थानीय सरकार र जनप्रतिनिध प्रचारमा लागिपरेका छन् । पुरातत्व विभागले आफ्नो सूचीमा राखेको यस मन्दिर र यस वरपरको स्थान आन्तरिक पर्यटकहरूका लागि गतिलो गन्तब्य हो । ढिकुरे–छहरे–टोखा सडक खण्ड अन्र्तगतको पट्टाबारीबाट १५ मिनेटको सडक यात्रामा आइपुग्न सकिने यस क्षेत्रमा आन्तरिक पर्यटकहरूका लागि दिनभरि समय बिताउन प्रशस्त आधारहरू छन् । 
नागीगढी :
यो नागीगढी ऐतिहासिक रहेको छ । नेपाल एकीकरणको क्रममा तत्कालिन गोरखा राज्यका राजा पृथ्विनारायण शाहले नुवाकोट बिजय गर्नका लागि यो गढीलाई सामरिक रुपमा प्रयोग गरेका थिए । नुवाकोट बिजयका लागि महत्वपूर्ण किल्ला बनेको नागीगढीमा अहिले पनि त्यसबेलाको युद्धकालिन संरचनाहरू देख्न सकिन्छ । सेना, सेनाका हातहतियार लुकाउन तयार गरिएको ‘बङ्कर’को डोबहरू अहिले पनि छन् । घनाजंगलले ढाकेको नागीगढी लिखु गाउँपालिकाको वडा नं. ३ अन्र्तगत पर्ने ऐतिहासिक र पर्यटकिय स्थलहरू मध्ये एक हो । यो गढी निर्माणका लागि लिखु खोलाबाटै पृथ्बिनारायण शाहले आफ्ना सेनालाई ढुङ्गा बोकाएको बुढापाकाहरू सुनाउँछन् । लिखु गाउँपालिका वडा नं. ३ कट्टिछापका गोपालबहादुर मगरका अनुसार यहाँ अहिले हेर्न पाइने साढे दुई सय वर्ष पहिला ओसारिएको ढुङ्गा लिखु खोलाको हो । ‘अहिले संरक्षण नहुँदा रुखहरू बढ्ने र झाडीले छोपेर नदेखिएको मात्रै हो, राजाले सेनालाई सुरक्षित गर्न र युद्ध लड्न बनाएका बङ्कर प्रशस्त छन्’ मगरले भने । 
बेलासपुर, मालाकोट तथा पट्टावारीको शिरको रुपमा देखिएको यो नागीगढी र नुवाकोटको साततले दरवार आमनेसामने जस्तै देखिन्छ । यस वडा अनि गाउँपालिकाको मात्रै नभई सिङ्गै नुवाकोटको ऐतिहासिक साक्षी यस नागीगढीको विकास र संरक्षणका लागि गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । त्यस अन्र्तगत सडक निर्माणको काम भइरहेको छ । सवारी साधन रोकेर १५ मिनेट पैदलयात्रा गरेरै गढीमा पुग्न सकिने अवस्थाको सृजना भएको छ । यहाँबाट सिङ्गै नुवाकोट र मनोरम हिमाल हेर्नका लागि ‘भ्यू टावर’ बनाउने गरी तयारी थालिएको छ । बहुवर्षिय योजना अन्र्तगत नागीगढीमा लिखु गाउँपालिकाले ६ करोड ४३ लाख रुपैयाँ खर्चिदैछ । वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईका अनुसार त्यसका लागि विस्तृत अध्यायन प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ । 
जलदेवी :
देविघाटमा रहेको जालपादेवीको मुर्ती उत्पत्ति भएको
सुर्यमती स्थित लिखु नदीको किनार ।
यहाँ चाँही जलदेवता स्थापना गरिएको छ । 
नुवाकोटको प्रमुख शक्तिपिठहरू मध्येको एक विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको जालपादेवीको उत्पत्तिको कथा रोचक छ । यो त्रिशुली र तादी नदीको संगमस्थलमा अवस्थित घाटकिदेविलाई कुनै एक माझीले स्थापना गरेका हुन् । परापुर्व कालमा नदीमा माछा मार्ने क्रममा सधै एउटै ढुङ्गा जालमा आइरहेपछि ति माझिले आफ्नो घरमा लगेर राखे । त्यस रातको सपनामा उनलाई देवीले दर्शन दिएर आफुलाई ठूला दुई नदी मिसिएको ठाउँमा स्थापना गरिदिन आग्रह गरे अनुरुप जालपादेबीको स्थापना देविघाटमा भएको हो । सदियौंदेखि सुन्दै आएको जालपादेवीको उत्पत्ति यो प्रसङ्ग लिखु गाउँपालिकाको यही वडा नं. ३ संग जोडिन्छ भन्ने जानकारी कमैलाई छ । धेरैले देविघाटमै घाटकीदेवी उत्पत्ति भएको अनुमान गरेपनि यसको वास्तविकता यो स्थानसंग सम्वन्धित छ । यस जलदेवी रहेको ठाउँमा देविघाटमा रहेको देबी फेला परेकी थिइन् । चौघडा गड्खारका राईलाई सपनामा आएको निर्देशन अनुसार घाटकी देवीको स्थापना देविघाटमा पुगेर भएको हो । स्थानीय धर्मराज अधिकारी सोही कारणले नुवाकोटको प्रशिद्ध जात्रा सिन्दुरे जात्राको सुरुवात यहीबाट हुने बताउँछन् । उनी भन्छन्– ‘यहाँको माइतीपक्ष कोशेली बोकेर नपुगी धामी जात्रा सुरु हुँदैन, धामीपनि यहाँ आएर पुजा आराधना नगरी अन्य पुजा गरेर जात्रा सुरु गर्न मिल्दैन ।’
नुवाकोटको सबै भन्दा लामो समयसम्म चल्ने र देशैभरी प्रशिद्ध बैशाखपूर्णिमा जात्रा यहाँबाट सूरुवात हुन्छ । यहाँ रहेको जलदेवी र गड्खारका राईहरू देविघाटको माइतीको रुपमा रहँदै आएका छन् । यहाँबाट देविघाटमा बली चढाईने कुखुरा, बोका, भेँडा, हाँस र गाढ्ने लिङ्गो कोशेली लैजाने चलन छ । त्यस्तै, नुवाकोट भैरबी मन्दिरका पुजारी धामीले यहाँको भँडारदेवीको आराधना गर्ने, बन्दुक पड्काउने र फुतपाती लिएर गएपछि मात्रै जात्रा सुरु हुने प्रचलन शताब्दि देखि रहँदै आएको छ । यस मन्दिर मुख्य सडकसंगै रहेकोले भ्रमणका लागि पर्यटकहरूलाई कष्ठ गर्नुपर्ने छैन । ढिकुरेबाट थानसिंग तर्फ जाने सडकमा ५ मिनेट गुढेपछि यहाँ आइपुग्न सकिन्छ । ‘हामी यो लुकेर बसेको पहिचान र धेरैलाई जानकारी नभएको विषयमा खुव प्रचार गर्ने छौं, सामान्इ भौतिक सुधार गर्नु मात्रै आवश्यक छ, मुख्य सडकसंगै रहेको यो स्थललाई हामी आन्तरिक पर्यटकको दर्विलो गन्तब्इको रुपमा तयार गर्नेछौं’ सेढाईले भने । 
नुवाकोटको धार्मिक र पर्यटकिय रुपमा प्रख्यात भैरबी मन्दिर, देविघाटको जालपादेवी मन्दिर, बैशाखपूर्णमा अर्थात् धामी जात्रासंग जोडिएको यस जलदेवी र भडाँरदेवीको प्रचार र इतिहास संरक्षणमा लिखु गाउँपालिका वडा नं. ३ ले विशेष अभियान सञ्चालन गरिरहेको छ । यहाँका ऐतिहासिक पक्षलाई लोप हुन नदिई नयाँ पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न भौतिक पक्षमा समेत प्रयास थालिएको छ । 
पञ्चकन्या मन्दिर :
अझै पनि दैविक शक्तिको प्रभाव हेर्ने हो भने यो मन्दिर आसपासमा रहेको कुनै रुख काट्यो भने उदाहरण तुरुन्तै देख्न पाइन्छ । लिखु गाउँपालिका वडा नं. ३ नागीगाउँमा रहेको यो पञ्चकन्या मन्दिरको परिषरको कुनै पनि रुख काट्ने वित्तिकै बाघ, चितुवा मानव वस्तिमा पस्ने गरेको छ । 
बाजेको पालादेखि नै यहाँको मन्दिर र मानव बस्तिबीच यस्तै सम्वन्ध देखिएको छ । मन्दिर रहेको जंगलमा कुनै रुख जो कसैले काट्ने वित्तिकै बाघ, चितुवा गाउँ पस्ने र पशु चौपाया मार्ने गरेको सुनाउछन् यहाँका बिष्णु रिजाल । ‘यहाँ जंगलमा रुख काट्यो, उता गाउँमा बाघ पसिसकेको हुन्छ, झुक्किएर पनि यो जंगलको कुनै रुख काट्न हुँदैन’ रिजालले भने । यस पञ्चकन्या मन्दिरलाई स्थानीयले महाशक्ति देवीको रुपमा पुजा आराधना गर्दै आएका छन् । वडा नं. ३ को प्रशिद्ध धार्मिक स्थल मध्ये प्रमुख रुपमा रहेको यस मन्दिरमा पुजा आराधन गर्न अन्य वडा र गाउँपालिकाबाट समेत भक्तजनहरू आउने गरेका छन् । पञ्चकन्या मन्दिरमा गरेको भाकल पुजा गर्न अन्य दुई वटा मन्दिरलाई पनि समेट्न पर्ने भएकोले यहाँको पुजा आराधना गर्दा यात्रा केही लामो भएपनि भक्तजनहरूले मनमोहक प्राकृतिक छटासित रमाउन पाउछन् । लिखु नदी किनारमा रहेको जलदेवी र माथी रहेको भडाँरदेवीलाई पनि पञ्चकन्या मन्दिरसंगै पुज्नु पर्ने मान्यता रहि आएको छ । स्थानीय विरेन्द्र तामाङका अनुसार यो पञ्चकन्यासंग जोडिएर आउने भडाँरदेवी, जलदेवीको सामुहिक पुजाआराधना नै यस मन्दिरको सुन्दर पक्ष हो ।
ढिकुरे बजारबाट डेढ घण्टाको पैदलयात्रामा आइपुग्न सकिने यहाँ अहिले सुविधायुक्त सडक निर्माण भइसकेको छ । ढिकुरेबाटै सवारी साधन चढेर २० मिनेटमा आइपुग्न सकिने पञ्चकन्या मन्दिर र यस आसपासको क्षेत्र धार्मिक तथा अन्य पर्यकटकका लागि दैविक शक्ति आर्जनका लागि आराधना गर्ने र भ्रमण गर्ने असाध्यै शान्त र सुन्दर स्थान हो । यस पञ्चकन्या मन्दिरको संरक्षण र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ ले विशेष कार्यक्रमहरूको तयारी गरिरहेको छ । स्थानीयहरूले पनि विभिन्न समयमा सप्ताह, एकाह लगाएर यस क्षेत्रको विकास र प्रचारका लागि योगदान दिँदै आएका छन् । 
चमेरे गुफा\गुप्चेश्वर महादेव :
२०५८ सालमा पत्ता लागेको यो चमेरे गुफाले २०७२ सालको विनाशकारी महाभुकम्प ब्यहोर्यो । तर भुकम्पले यत्तिको विशाल गुफाको संरचनामा अल्लिकत्ति पनि असर गरेन । यो गुफा फेला पार्दा स्थानीयहरूले यस भित्रै महादेवको मन्दिर र अनेकौं देविदेवताका आकृतिहरू फेला पारे । लिखु गाउँपालिका वडा नं. ३ को उच्च भाग नागीडाँडाको उत्तरपश्चिम भागमा अवस्थित चमेरे गुफा नुवाकोटमा भेटिएका ठूला गुफाहरू मध्येमै परेको छ । एकैपल्ट ५० जना भन्दा बढि अट्ने खुल्ला भाग रहेको यो गुफा भित्र देवाधिदेव श्री महादेवको उत्पत्ति भएको छ । साक्षत शिवलिङ्गमा यहाँ नियमित रुपमा भक्तजनहरू पुजा आराधना गर्दै आएका छन् । गुफामा अनेकौं देवी देवताको मुखाकृति देखिन्छन् । 
भुकम्प अघिसम्म यो गुफा हेर्न र अन्य भौगोलिक सुन्दरताको आनन्दपान गर्न तराई र मधेशदेखिका पर्यटकहरू धेरै संख्यामा आउने गरेका थिए । अहिले संख्याका कमी आएको छ । भुकम्प पछि पनि गुफा सुरक्षित रहिरहेको सन्देश फैलन नसक्दा टाढाबाट आउने पर्यटकहरूको संख्यामा कमी भएको अनुमान स्थानीय राजाराम तामाङको छ । ‘भुकम्पले भत्क्यो होला भन्ने पनि परेको हुनसक्छ, पहिला त्यस्तो धेरै मान्छेहरू आउथे, अहिले कम भएको छ, यो गुफा सुरक्षित छ भनेर खबर फैलाउन पाए पहिलाको अवस्थामा पुग्थ्यो !’ तामाङले भने । 
भुकम्पले यस नागीडाँडा वरपरको पानीका मुहान सुकायो । पानीका कारण यहाँका नागरिकहरू तल्लोगाउँतिर बसाई सरे । त्यसले पनि यहाँ घुम्न आउने पर्यटकहरूको संख्यामा कमी भएको बुझाई लिखु गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईको छ । यहाँ कुनै एक पटक भ्रमणमा आउने पर्यटकहरूले फेरि–फेरि आउनका लागि देखाउने रुचीका कारण स्थानीय सरकारले यहाँको भौतिक संरचना विकासका लागि बजेट खर्चिएको छ । सडक मार्ग सकिने वित्तिकै सुरु हुने पक्की ढलानयुक्त छिँडिले गुफा र यस भित्रको गुप्तेश्वर महादेवसम्म पुग्न सहज भएको छ ।
गुफा भित्र भएकै कारणले पनि गुप्चेश्वर महादेवलाई यहाँका स्थानीयहरूले बढि रुची र हार्दिकताका साथ लिदै आएका छन् । यहाँ फागुपूर्णीमा, धान्यपूर्णीमा विशेष मेला लाग्ने गरेको छ । भक्तजनहरूले यस गुप्चेश्वर महादेवलाई दुप्चेश्वर महादेवको अर्को रुपमा समेत पुज्दै आएका छन् । यस गुफा वरिपरिको क्षेत्रमा आन्तरिक पर्यटकहरू ‘पिकनिक’ आउने क्रम पनि बढेको छ । आसपासको क्षेत्रबाट विशेष गरि बिदाको दिनमा यस क्षेत्रको भ्रमण र मनमोहन दृष्यावलोकनका लागि पर्यटकहरू आउने गरेका छन् । 
गणेशगौडा :
सुर्यमतीको गणेशगौडा स्थित भँडारदेवीको मन्दिर परिषर ।
जहाँबाट स्थानीयहरुले परापुर्व कालमा भोजभत्तेरका
लागि भाँडाकुँडा पाउथे । 
परापुर्व कालमा गाउँघरमा हुने ठूलो भोज भत्तेरका लागि आवश्यक भाडाबर्तनको अभाव हुने गर्दथ्यो । अहिलेको जस्तो ‘क्याटरिङ’ सेवा उपलब्ध नभएको समयमा यस पट्टावारी, कट्टिछाप, नागीडाँडा र आसपासका नागरिकहरूले गणेशगौडाको पुकारा गर्थे । अघिल्लो दिन साँझ गणेशगौडा नजिकै रहेको भडाँरदेवीको नाममा धुपवत्ति बालेर आवश्यक भाडाँकुँडा मागेको भोलीपल्ट प्राप्त हुन्थ्यो । कुनै समय कसैले लगेको भाँडा मध्ये एउटा बटुका छुटेपछि भने उक्त दैविक शक्तिबाट प्राप्त हुने सहयोगमा क्रमभङ्गता आयो । यहाँका पाका व्यक्तिहरू आफ्नो बाजेहरूले सुनाएको यस प्रसङ्ग स्मरण गर्छन् । स्थानीय गोपालबहादुर मगरका अनुसार यहाँ दैविक शक्तिबाट प्राप्त हुँदै आएको भाँडाकुँडाको सापटी त्यही बेलादेखि टुट्यो । उक्त बटुवा रहेको जाँडको घ्याम्पो नै दैविक शक्तिले उडाएर गाउँको पुछारमा पानीको रहमा पु¥याएको र त्यही बेलादेखि त्य रहको नाम अहिलेपनि घ्याम्पे रह रहेको छ ।   
गणेशगौडामा केही वर्ष पहिला स्थानीयहरूले लगाएको सप्ताह महायज्ञमा चमत्कार भयो । सप्ताह लगाएको पाँचौ दिनको राती गणेगौडाको पहरोमा निक्कै लामो समयसम्म पच्चे बाजाको आबाज गुञ्जियो । सप्ताहमा सहभागि पण्डित, पाहुना तथा स्थानीयहरूले रातभरी त्यो चमत्कारिक आवाज सुनिरहे । त्यपछि झन् श्रद्धाका साथ हेरिदै आएको यस गणेशगौडामा विभिन्न देविदेवताका आकृति, ऋषिमुनीहरूको प्रतिविम्व, गाई, हात्तिको टाउको तथा गणेश भगवान्का अर्धाङ्गीनी ऋद्धि र शिद्धि देख्न पाइन्छ । दैविक शक्तिले भरिपूर्ण यस स्थानको प्रचार र संरक्षणका लागि स्थानीय सरकारले केही गर्नेमा आशावादी छन् संरक्षण समितिका अध्यक्ष बिरबहादुर कुँबर । दैविकशक्तिले पुर्ण स्थानमा धार्मिक पर्यटक भित्र्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनी बताउँछन् । 
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट पाँच मिनेट सडक मार्ग र १० मिनेटको पैदल हिडेपछि आइपुग्न सकिने यहाँ अन्य गाउँपालिकाबाट हेर्न र घुम्न दिनहुँ आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पर्यटकहरूको भ्रमणलाई यहाँका स्थानीयहरूको आम्दानीको माध्याम बनाउने गरी वडा कार्यालयले योजना बनाउने सुनाउँछन् यस वडाका अध्यक्ष भोलाप्रसाद सेँढाई । 
पञ्चदेवतालय :
लिखु गाउँपालिका वडा नं. ३ पट्टावारीमा मुख्य सडकमै रहेको यस पञ्चदेवतालयको निर्माण २०६३ सालमा भएको हो । २०६९ साला मंसिर ९ गते हरिवोधनी एकादशीको दिन यहाँ पञ्चदेवताको स्थापना भएको हो । विभिन्न तिथि, पर्वमा स्थानीयहरू जमघट भई भगवान्प्रति आस्था प्रकट गर्ने नजिकैको तिर्थको रुपमा स्थानीय अभियन्ता खिलराज गुनीले मन्दिरको स्थापना गराएका हुन् । यहाँ शिवपार्वती, गणेश, कुमार, हनुमान र भडाँरदेवीको प्रतिमा स्थापना भएको छ । भडाँरदेवीलाई यहाँका स्थानीयहरूले उच्च सम्मान र श्रद्धाभावका साथ मान्दै आएका छन् । भडाँरदेवीसम्म पुग्न टाढा भएपछि प्रतिमाको रुपमा यहाँ स्थापना गरिएको यस ान्दिरका संस्थापक खिलराज गुनीले बताए । 
यस क्षेत्रको अर्को विशेषताको रुपमा पितृ मोक्षका लागि बैकुण्ठ चतुर्दशीका दिन गरिने धार्मिक कार्य पनि रहेको छ । लिखु खोलाको वारिपारी पितृ मोक्षका लागि फुल तारिन्छ । स्थानीय दाताहरूले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको यस धाममा स्थानीय मात्रै नभई छिमेकी गाउँपालिकाबाट समेत  पर्यटकहरू आउने गरेका छन् । 
महादेव पार्वती मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ को कट्टिछापमा स्थापना भएको यो शिवपावर्ती मन्दिरले यहाँका नागरिकहरूलाई धार्मिक पर्यटकको सम्भाव्यतातर्फ डो¥याएको छ । छिमेकी गाउँपालिकाहरू सुर्यगढी, तादी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी र विदुर नगरपालिकाको मनोरम र प्राकृतिक दृष्टिलाई आनन्दका साथ हेर्न सकिने स्थानमा यो मन्दिर निर्माण भएको छ । २०६४ सालमा स्थापना भएको यस मन्दिरले वस्ति बीचमा सार्वजनिक स्थानको समेत विकास गरेको छ, त्यो पनि यत्तिको मनोरम स्थानमा । यो मन्दिर सहित यस मनमोहक स्थानको भौतिक विकासका लागि लिखु गापाले बजेट विनियोजन गर्दै आएको छ । यस मन्दिरकै लागि गोपालबहादुर मगरले जग्गा दान गरेका छन् । 
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट माथितिर उकालो लाग्ने सडक हुँदै पाँचै मिनेटमा आइपुग्न सकिने यो मनोरम स्थानलाई ‘ड्राइ पिकनिक’ स्थल, नुवाकोटको पुर्वीदक्षिणी भुगोल एकैसाथ अवलोकन गर्न उपयुक्त छ । 
पितृनारायण मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ का श्यामबहादुर थापामगरलाई एक रात सपनीमा प्रकट भएका देवताले भने ः तैले जे सम्झिन्छस् म त्यही हुँ, म लिखु नदीको किनारमा पानीले छोपिएको छु ।’
श्यामबहादुरले आफ्ना पितृहरू तार्नका लागि यहाँ मन्दिर र एउटा धाम बनाउँदै थिए । यही नजिकै फेला परेको यि देव आकृतिलाई पितृनारायणको रुपमा स्थापना गरिएको छ । नेपालकै पहिलो र एक मात्रै पितृनारायणको मन्दिर यही लिखु गाउँपालिका वडा नं. ३ मा रहेको छ । ढिकुरे, छहरे सडक खण्डसंगै रहेको लिखु नदी किनारमा निर्माण भएको यो मन्दिरमा पितृनारायणको प्रतिमा स्थापना भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर थापा मगरका अनुसार यो वर्षबाट बेत्रावतीमा गर्ने पृत्ति श्रद्धाको विकल्पमा यस स्थानालाई भक्तजनहरूले ठूलो संख्याले रोजेका छन् । ‘नेपालकै पहिलो र एक मात्र पितृ नारायणको स्थापना भएकोले भक्तजनले विशेष श्रद्धाभाव प्रकट गर्छन्, हेर्न र घुम्न पनि आइपुग्छन्’ मगरले भने । 
२०७१ सालमा स्थापना भएको यस धार्मिक क्षेत्रलाई उत्तरगयाको अर्को रुपमा भक्तजनहरूले मान्दै आएका छन् । पितृ मोक्षका लागि उत्तरगया बेत्रावतीमा गरिने श्राद्ध लगायतका कार्य यस पितृनारायण मन्दिर र लिखु नदी किनारमा सुरु भएको छ । लिखु, पञ्चकन्या, शिवपुरी, तादी, सुर्यगढी लगायतका गाउँपालिकाका श्रद्धालुभक्तजनहरूले दोश्रो उत्तरगयाका रुपमा पितृनारायण स्थानलाई मानिरहेका छन् ।   
यसको अलावा लिखु गाउँपालिकाको वडा नं. ३ मा अन्य थुप्रै संस्कृति, सम्पदा र जीवनशैली छन् । जसले सिङ्गै मानव सभ्यताको प्रतिनिधित्व गरिरहेको छ । नुवाकोट जिल्लाको पहिचानको रुपमा स्थापित माघे संक्रान्तिमा गोरु जुधाउने परम्परा यही वडामा रहेको छ । कट्टिछापमा हरेक माघे संक्रान्तिमा गोरु जुधाएर मनाईने पर्वले राष्ट्रिय महत्व र चर्चा प्राप्त गरेको छ । 
नुवाकोटको भौगोलिक संरचनाका हिसावमा करिव करिव मध्ये भागमा पर्ने लिखु गाउँपालिकाको वडा नं. ३ यातायातको पहुँचका कारण पनि सबैका लागि सहज र पायक पर्ने देखिन्छ । पुष्पलाल मध्येपहाडी लोकमार्गले समेत छोएको यस वडा ढिकुरे–छहरे सडकको मध्ये भागमा छ । विदुरबाट २०मिनेट,काठमाडौंको टोखाबाट डेढ घण्टा भन्दा कम समयमा आइपुग्न सकिने यो ठाउँ आन्तरिक मात्रै नभई बाहिरि पर्यटकहरूका लागि समेत हेर्न, भ्रमण गर्न र पहाडी जीवनशैली अध्ययन गर्ने उपयुक्त गन्तब्य हो । 

पाण्डे नेकपाका मुख्य सचेतक

विदुर\नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन् । 
नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं. २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । २०४० सालमा तत्कालीन अनेरास्ववियु (पाँचौँ) नुवाकोट अध्यक्ष बनेका पाण्डे २०४५ सालमा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । 
पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव समेत बनेका थिए । तत्कालीन नेकपा(एमाले)को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव थिए । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि छन् । 
यसअघि मुख्य सचेतक रहेका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । 

द्धन्द्धमा नुवाकोटका ४३ वेपत्ता

विदुर\बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नुवाकोट जिल्लाबाट सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका ४३ जनाको नाम प्रकाशित गरेको छ । नुवाकोट रेडक्रससित भने २३ जनाको मात्रै सूची छ । तत्कालीन बिद्रोही नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १३ वर्षपछि मात्रै राज्य पक्ष र तत्कालिन विद्रोहीबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । 
नुवाकोटका साविकको विभिन्न गाविस र बेपत्ताहरूको नाम आयोगले प्रतिवेदन मार्फत् सार्वजनिक गरेको छ । (हे. सूची) 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत छानबिनका लागि देशैभरिबाट २ हजार ५०६ वटा उजुरलाई छनौट गरेको छ । छनौट गरिएका उजुरीहरूको विस्तृत छानबिन थालिने आयोगका प्रवक्ता तथा सह–सचिव ईश्वरीप्रसाद ढकालले जानकारी दिएका छन् । आयोगमा कुल ३ हजार १९७ वटा उजुरी परेको थियो । त्यसमध्ये केही उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेर दोहोरो लगत कट्टा गरिएको र तामेलीमा रहेका उजुरी हटाएर २ हजार ५०६ उजुरीलाई भने विस्तृत अनुसन्धानका लागि आयोगले छनोट गरेको हो ।
आयोगका प्रवक्ता ढकालले राज्य र विद्रोही पक्षबाट ती व्यक्तिहरूलाई बेपत्ता पारेको भन्दै उजरी परेको बताए । उजुरीमा उनीहरूको खोजीका लागि माग गरिएको छ । यससँगै वेपत्ता पार्न संलग्नहरूलाई छानबिन गरी कारबाहीको लागि माग गरेका छन् । भदौ १३, २०७६ मा अन्तराष्ट्रिय बेपत्ता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सूचीमा (हे. तस्बिर) २३ जना मात्रै छन् । वेपत्ताहरूको खोजीका लागि नुवाकोट रेडक्रसमा निवेदन परेकोहरूको मात्रै उक्त सूची रहेकोले संख्या २३ रहेको कोषाध्यक्ष श्रीराम पाण्डेले बताएका छन् । 
१. अर्जुन पोखरेल, महाकाली
२. अर्जुनबहादुर पाण्डे ठकुरी, सुनखानी
३. अर्जुनलाल श्रेष्ठ, सुन्दरादेवी
४. उदयप्रसाद सेढाई, सुर्यमती
५. कृष्णबहादुर तामाङ, महाकाली
६. केशवप्रसाद तिमिल्सिना, सुर्यमती
७. कौशल्या पोखरेल, महाकाली
८. तारा भण्डारी, थानसिंग
९. दामोदर भण्डारी, थानसिंग
१०. दीपबहादुर खड्का, कल्याणपुर
११. नमराज रिमाल, गेर्खु
१२. पूर्णबहादुर तामाङ, बेल्कोट
१३. प्रकाश ढुङ्गेल, कुमरी
१४. प्रकाश तामाङ, थप्रेक
१५. बद्रीप्रसाद पुडासैनी, जिलिङ्ग
१६. भरतप्रसाद घिमिरे, थानापती
१७. माइला दर्जी नेपाल, नर्जामण्डप
१८. मोहनराज गिरी, हल्देकालिका
१९. युद्धनाथ नेपाल, बागेश्वरी
२०. रत्नप्रसाद पनेरु, विदुर
२१. रवि तामाङ, मनकामना
२२. रवि डंगोल, सामरी
२३. राजन डंगोल, सामरी
२४. राजु ढुङ्गेल, कुमरी
२५. राजेन्द्र थापा, लिखु
२६. राजेन्द्र लामिछाने, भद्रुटार
२७. रामचन्द्र भण्डारी, थानसिंग
२८. रामजी रेग्मी, कल्याणपुर
२९. रामप्रसाद रिमाल, गो¥स्याङ
३०. रामेश्वर मुडवरी, कुमरी
३१. लछुमनप्रसाद भट्ट, चारघरे
३२. लेखनाथ पौडेल थानसिंग
३३. लोकबहादुर अधिकारी, लच्याङ
३४. विफुल स्याङ्तान, थानापती
३५. श्याम लोहनी, थानापती
३६. श्यामबहादुर बोहोरा, विदुर
३७. सन्तोष अधिकारी, बागेश्वरी
३८. सरोज अधिकारी, नुवाकोट
३९. सितादेवी रिमाल, खड्गभञ्याङ
४०. हरिबहादुर नेपाली, तारुका
४१. हिराबहादुर रोक्का, ककनी
४२. हुकुमबहादुर गुरुङ्ग, सिक्रे
४३. होमनाथ न्यौपाने, चौघडा

२०७६ चैत १० गतेको सम्पादकीय

सडकको धुलोमा ध्यान दिउ
सामान्यताया योजना तथा पूर्वाधार बिस्तारसंगै स्थानीयको दैनिकी र जीवनयापन सहज हुनेगर्दछ । तर यस्ता योजना र पूर्वाधार निर्माणको क्रममा निस्कने बिकार तथा धुलोमैलो र छारो नियन्त्रणमा सावधानी नअपनाउँदा नुवाकोटमा पर्यावरण र जनस्वास्थ्य गम्भीर असर हुन पुगेको छ । 
दर्घिकालिन हित र सुविधाका लागि पछिल्लो समय नुवाकोट जिल्लामा पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत करोडौं लगानीका सडक तथा खानेपानी योजना निर्माणको क्रममा रहेको छ । तर पूर्वाधार निर्माणको क्रममा स्थानीय जनजीवनमा तत्काल र प्रत्येक्ष असर गर्ने धुलोमैलो तथा छारो नियन्त्रणमा सम्बन्धित निकाय उदासिन बन्दा नुवाकोटमा स्थानीय पर्यावरण र जनस्वास्थ्यमा प्रत्येक्ष असर परेको छ । 
पूर्वाधार निर्माणको क्रममा सतहमा देखिने यस्ता बिकार तथा धुलोमैलो र छारो नियन्त्रणको जिम्मेवारी र नैतिक दायित्व निर्माण कम्पनिको हुने गर्दछ । योजना निर्माणको सम्झौतामै पर्याबरण जोगाउनको लागी अपनाउनुपर्ने साबधानिको लागी बजेट बिनियोजन भएको हुन्छ । यति धेरै दायित्व हुने भएपनि नियामक तथा सरोकारवाला निकायहरू आयोजना पक्ष लगायत स्थानीय तह र प्रशासन कार्यालयले नियन्त्रणमा चासो र दबाब सिर्जना नगर्दा त्यसको असर पर्यावरण र मानव स्वास्थ्यमा परेको हो । जसका कारण नुवाकोट सदरमुकाम बिदुर लगायत नगरपालिका आसपास क्षेत्रका बायुमण्डल धुलोले ढाक्नुका साथै सर्वसाधारण तथा बटुवाहरूमा रुघा, खोकी, श्वासप्रश्वास लगायत क्षयरोगको जोखिम बढेको छ । जसले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई ह्वात्तै बढाउछ । 
बिशेषगरी जिल्लामा हाल निर्माणाधिन बिदुर खानेपानी आयोजनाको पाईपलाईन बिस्तार तथा मध्येपहाडी लोकमार्ग अन्तर्गत छहरे–ढिकुरे–गंगटे सडक लगायत स्तरोन्नतीको क्रममा रहेको पासाङल्हामु सहायक मार्ग अन्तर्गत बालाजु–त्रिशुली सडक र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाजस्ता पूर्वाधार निर्माणमा यस्ता समस्या चर्को पाईएको छ ।  
सामान्यतया निर्माण स्थलमा दैनिक एकदुई पटक पानी छरेर सजिलै धुलोमैलो तथा छारो नियन्त्रण गर्न सकिने भए पनि निर्माण पक्षले मुनाफामा बढी जोड दिने र नियामक तथा सरोकारवाला निकायले नजर अन्दाज गरेका कारण नुवाकोटमा अहिले पूर्वाधार निर्माणसंगै आम सर्वसाधारणले हैरानी र सास्ती खेप्नु परेको छ । यस तर्फ तुरुन्तै ध्यान दिनु जरुरी देखिएको छ । 

Monday, March 16, 2020

४२ हराए २८ भेटिए

विदुर\वितेको पाँच महिनाको अवधिमा नुवाकोट जिल्लाबाट ४२ जना हराएका छन् । त्यसमा अझै १४ जनाको पत्ता लागेको छैन । नुवाकोट प्रहरीको तथ्याङ्क अनुसार ४२ जना हराउदा २८ जना मात्रै फेला परेको छ । यसरी ठूलै संख्यामा हराउने र फेला नपर्नेको कारणमा घरका परिवारले भेटेपछि प्रहरीलाई जानकारी नगराउनु पनि एक मुख्य कारण रहेको बताइएको छ । 
बितेको पाँच वर्षको अवधिलाई हेर्ने हो भने चाँहि ६३७ हरारएकोमा ८८ जना अहिलेसम्म वेपत्ता छन् । आदिवासी जनजातीको समुहमा पर्नेहरु हराउनेको सूचीमा बढि छन् । त्यस्तै अन्य समुहबाट कमै मानिस हराएको सरकारी तथ्याङ्क छ । 
नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको छ । प्रहरीको तथ्याङ्क अनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएकोमा १५ र आफै घर फर्केकोमा ७ जना छन् । अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार आव २०७१÷७२ देखि २०७६÷७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नपाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ । तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरू २२० जना रहेका छन् । १८ वर्षसम्मका १८०, ३१ देखी ५० वर्षसम्मको १८७ र ५१ देखी ७० सम्म ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै,  सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् । प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छर । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।

पहिलो किस्ता लिने अन्तिम मिति चैत मसान्त

विदुर\२०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । 
     राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५-७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्ने भएको छ ।
छुट तथा पुनः जाँच सर्वेक्षणबाट लाभग्राही कायम भएकाबाहेक सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले समेत अब चैत मसान्तभित्र पहिलो किस्ता लिन सक्नेछन् ।
तर, यसका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस लिएर पुननिर्माण जिल्ला सहजिकरण समितिबाट निर्णय गराउनु पर्नेछ बताइएको छ । यस अघि नै लाभग्राही कायम भएकालाई प्राधिकरणले पटक-पटक अवसर दिँदै आएको भएपनि कतिपय लाभग्राहीले पुनर्निर्माण अगाडि बढाएका छैनन् ।
उनीहरूले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ । माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छुट र पुनसर्वेक्षणबाट आएका लाभग्राहीले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ । यी सबै लाभग्राहीले तेस्रो किस्ता भने मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो । यसअघि प्राधिकरणले पुनः जाँच तथा छुट सर्वेक्षणबाट कूल ७ हजार ४९४ लाभग्राही थप गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सुरु

त्रिशुली\बागमती प्रदेश सरकारले कार्यान्वयमा ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा सुरु भएको छ । कार्यक्रम अन्र्तगत विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका नागरिकहरूलाई निःशुल्क उपचार हुनेछ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको दुई दिन मात्रै सञ्चालन हुने छ । त्यसका लागि मंगलबार र बुधबारको दिन  तोकिएको छ । 
दुवै नगरपालिकाको २६ वटा वडाका ५० जना को निःशुल्क उपचार हुने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डा। रेमकुमार राईले जानकारी दिएका छन् । त्यसका लागि सेवा लिन त्रिशुली अस्पतालमै आउनु पर्ने छ । वडाको सिफरिस विरामीहरूले ल्याउनु पर्ने छ । सफिारिस बाहेकका बिरामीहरूलाई भने यही कार्यक्रम अन्र्तगत उपचार खर्चको २५ प्रतिशत छुटमा दिइने बताइएको छ । 
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा विपन्न, लोपोन्मुख, अल्पसंख्यक, दलित, सहिद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइते नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । ति लक्षित वर्गका विरामी नागरिकहरूले जनही २२ सय रुपैयाँ बराबरको १६ किसिमको स्वास्थ्य सेवा पाउने छन् । 
नसर्ने रोगको समयमै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्यले ३० वर्षभन्दा माथि उमेर समूहकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ । परीक्षण गरिएका व्यक्तिमा कुनै समस्या देखिएमा सम्भव भएसम्म त्रिशुली अस्पतालमै उपचार गरिने र त्रिशुलीमा उपचार नहुने रोगीलाई भने प्रदेश सरकारले सूचिकृत गरेको अर्को अस्पतालमा पठाइने छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको नुवाकोटमा सुरुवात जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गरेका थिए । सेवा आरम्भको अवसरमा त्रिशुली अस्पतालमा आयोजित उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

आईसोलेसन कक्ष स्थापना

त्रिशुली\नुवाकोट जिल्लामा कोरोना भाईरसको लक्षण देखिएमा ति संक्रमितहरूलाई राख्नका लागि जिल्ला अस्पताल त्रिशुलीमा आईसोलेसन कक्ष स्थापना भएको छ । ४ बेड रहेको आईसोलेसन कक्षमा आबाश्यक सम्पुर्ण सामाग्रीको ब्यबस्था भैसकेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पुर्व तयारी स्वरुप संक्रमण नियन्त्रण तथा फैलन नदिन सम्भावित व्यक्तिको निगरानीका लागि जिल्ला अस्पताल त्रिशुलीले बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसन वार्ड स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।
कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरूको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रेमकुमार राईले बताए । परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, डिजिटल थर्मोमिटर लगायत आवश्यक सामग्री अस्पतालमा उपलब्ध छ । नुवाकोट जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमित फेला परेका छैनन् । 

भोलिबाट दादुरा–रुबेला रोगविरुद्धको खोप

रोशन बोगटी
त्रिशुली\भोली मंगलवारबाट नुवाकोटका झण्डै २४ हजार बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइँदै छ । दादुरा–रुबेला खोप अभियान अन्तर्गत नुवाकोटमा २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको हो । 

भोली मंगलवारबाट सुरु हुने यो अभियान जिल्लाभरि दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरण चैत ४ देखि चैत ८ गतेसम्म र दोश्रो चैत १५ गतेदेखि चैत १९ गतेसम्म रहने छ । जिल्ला स्वास्थ्य कार्यलय नुवाकोटका अधिकृत सागरप्रसाद घिमिरेका अनुसार रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा सञ्चालन गर्न लागिएको हो । पहिलो चरणमा चैत ४ गतेदेखि ८ गतेसम्म विदुर नगरपालिका, तादी गापा, म्यगाङ गापा, किस्पाङ गापा, शिवपुरी गापा, सुर्यगढी गापा र दुप्चेश्वर गापामा खोप लगाईने छ । दोस्रो चरणमा चैत १५ देखि १९ गतेसम्ममा बेलकोटगढी नगरपालिका, तारकेश्वर गापा, ककनी गापा, पञ्चकन्या गापा र लिखु गापामा खोप लगाइने छ । नुवाकोटमा ६९० खोप केन्द्रमा १२३२ जना तालिम प्राप्त महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए ।
दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ । बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा मात्र पूर्णरुपमा नियन्त्रण र निवारण हुने बताइएको छ । 

सुक्खा बन्दरगाह निर्माण तीव्र

विदुर\नेपालको उत्तरी रसुवागढी नाका केन्द्रित गरी टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण तीव्ररूपमा अगाडि बढिरहेको छ । 
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार नेपाल इन्टरमोडल डेभलमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट टिमुरेस्थित भोटेकोशीको तटीय क्षेत्रमा निर्माण अगाडि बढेको सुक्खा बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम सम्पन्न भइसकेको छ ।
निर्माणमा सम्लग्न तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीले पहिलो चरणमा सुक्खा बन्दरगाहको क्षेत्रको नदी नियन्त्रणका लागि भोटेकोशीमा मेसिनरी पर्खाल लगाउने तयारीमा जुटिसकेको बताइएको छ ।
३५० ट्रक तथा कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माणका लागि गत मङ्सिर ४ गतेबाट शुरू भएको काम छोटो अवधिमै उल्लेखनीय प्रगति पथमा अगाडि लम्किएको टिमुरेका बासिन्दाले बताएका छन् । भन्सारको कार्य सहज पार्न निर्माण हुन लागेको सुक्खा बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल इन्टरमोडलका प्राविधिकले जिम्मा पाए पनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौँमा बस्ने गरेको जनगुनासो बढ्दै गएको छ ।
नेपाली प्राविधिक राजधानी बस्ने र स्थलगतरूपमा निर्माता ठेकेदार कम्पनीका कर्मचारी मात्र रहँदा डिजाइन विपरीत जान्छ कि भन्ने चिन्ता छाएका कारण ती प्राविधिकलाई नियमितरूपमा टिमुरे बस्ने वातावरण सिर्जना गरिदिनसमेत सम्बन्धित मन्त्रालयसँग टिमुरेवासीले आग्रह गरेको बताएका छन् ।
टिमुरे गाउँको पश्चिमतर्फ खोला किनारको जमीन सुक्खा बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भूमिको स्वामित्व कायम गराई सके पनि त्यसभित्र रहेका १३ वटा घर टहराको अझै मूल्याङ्कन हुन नसक्दा स्थानीय नागरिकलाई ठूलो मर्का परेको गोसाइँकुण्ड गाउँपालिका–२ कार्यालयले जनाएको छ ।
स्थानीवासीसँग समन्वय गरी अधिग्रहणमा परेका ती घरटहराको मूल्याङ्कनबाट स्थानीयवासीलाई मुआब्जा दिलाउन सहयोगी कार्य गर्न‘पर्ने नेपाल इन्टर मोडेलमार्फत खटिएका प्राविधिकले बेवास्ता गरिरहेको समेत स्थानीयको गुनासो बढेको छ । यसैगरी रसुवागढीमा निर्माण हुन लागेको एकीकृत भन्सार कार्यालयको निर्माण सन्तोषजनक तवरले अगाडि बढिरहेको भन्सार कार्यालयले जनाएको छ ।

सरकारी निर्देशन विपरित नेकपा नुवाकोटका नेता

काठमाडौं\नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको झण्डै दुई तिहाई नेतृत्वको सरकार छ । तर त्यही सरकारले सम्पूर्ण नेपालीका लागि दिएको निर्देशन नेकपा नुवाकोटका नेताहरूले भने धोति लगाइदिएका छन । सरकारले विश्वव्यापी रूपमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि विभिन्न निर्देशन जारी गरेको छ । एक पटक होइन पटक पटक निर्देशन दिइरहेकको छ ।
सरकारका मन्त्रीहरूले पनि सार्वजनिक रूपमा पनि ठूला भेला र भोजभतेर नगर्न अनुरोध गरेका छन । तर नेकपा नुवाकोटका नेताहरूले भने टोखाको भुतखेल चौरमा पिकनिकको नाममा सय जनाको हाराहारीमा भेला भएर शनिबार भोजभतेर गरेर रमाइलो गरे । नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा वागमती प्रदेशका नेता राजेन्द्र प्रकाश लोहनीको अगुवाइमा भुतखेलको चौरमा यति ठूलो कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी भएका प्रेस संगठनका नेता समेत रहेका विष्णु तारूकेका अनुसार प्रदेश ३ की उपसभामुख राधिका तामाङ, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद वद्री मैनाली, नेकपा नुवाकोटका नेता बुद्धि प्रधान, विष्णु लोहनी, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकका अध्यक्ष रमेश वस्ती लगायतका नेताहरू सहभागी रहेका थिए ।
सरकारले कोरोनाविरूद्ध लड्नका लागि उच्च सतर्कता अपनाउँदै र नागरिकहरूलाइ पनि सोही अनुसारको निर्देशन दिइरहेको बेलामा नेकपाकै नेताहरूले रमिता देखाउँदा सामाजिक सञ्जालमा आलोचना पनि सुरू भएको छ । सरकारले धेरै मान्छे भेला हुने कार्यक्रममा नजान भन्दै फिल्म हलमा समेत नजान भन्दै एक दिन अघिमात्र निर्देशन जारी गरेको थियो । नागरिकलाइ समेत बढी भिडभाड हुने ठाउँमा नजान अनुरोध गर्नुपर्ने नेताहरूनै खुला चौरमा बसेर यसरी भोजभतेर र मनोरञ्जन गर्नुलाइ धेरै सचेत नागरिकले राम्रो दृष्टिकोणले हेर्न सकेका छैनन् ।
नेकपाले नै केन्द्रीय रूपमा भेला, छलफल लगायतको कार्यक्रम नगर्ने भन्दै आयोजना भैसकेका धेरै कार्यक्रम समेत स्थगसत गरेको छ । स्वयं नेकपाले यसअघि फागुन २३ गते जिल्लाका सबै पालिकाका पदाधिकारी र सदस्यको लागि आयोजना गरेको सपथ कार्यक्रम कोरोना भाइरसविरूद्धको सतर्कताका लागि भन्दै स्थगित गर्ने निर्णय गरेको थियो ।  सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले भोज र नाचागानका विषयमा तीव्र असन्तुष्ट जनाउन सुरू गरेका छन् । कतिपयले गुटको भेला भनेका छन भने कसैले सरकारी निर्देशन विपरित गलत काम भएको भन्दै आपत्ति जनाएका छन् । तस्बीर सामाजिक अभियन्ता समेत रहेका नेकपाका युवा नेता रामनाथ खनालको फेसबुकबाट लिइएको हो ।यहाँ हामीले दुइ जनाको प्रतिक्रिया राखेका छौँ । –दैनिकी डटकमबाट साभार

प्रहरीको कोरोना सचेतना

विदुर\समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयहरुसंगको  समन्वयमा नुवाकोट प्रहरीले शनिवार विभिन्न स्थानमा कोरोना भाईरस सम्बन्धी सचेतनामुल कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कायार्नलय नुवाकोटका अनुसार शनिवार एकैपटक आठ स्थानमा कार्यक्रम भएको हो । चोगते, ढिकुरे, देउराली, तारुका, बाघखोर, कोलनी, खनानीटारमा कार्यक्रम सम्पन्न भएको छ । विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण आम मानिसमा आउन सक्ने स्वास्थ्य खतरालाई मध्यनजर गर्दै कोरोना भाईरस बाट बच्ने उपायहरु र कोरोना भाईरसका लक्षणहरुको बारेमा सचतनामुलक कार्यक्रम भएको बताइएको छ । त्यस अवसरमा विदुर नगरापालिकाको बट्टार बजार र त्रिशुली बजारमा ‘हेल्पडेक्स’ समेत स्थापना भएको छ ।

किस्पाङमा घरेलु उद्योग संघ र महिला समिति गठन

विदुर\नेपाल घरेलु तथा साना उद्योग संघ किस्पाङ गाउँपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्तर्गत  रहने संघको महिला समिति गठन भएको छ । संघको अध्यक्षमा राजकुमार ढुंगेल चयन भएका छन् । त्यस्तै, महिला समितिको अध्यक्षमा संगीता पौडेल सर्वसम्मत चयन भएका छन् । 
शुक्रबार गाउँपालिका भरिका उद्यमीहरूको भेलाले संघ गठन गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा किस्पाङका अध्यक्ष समेत रहेका उद्यमी वीरबल तामाङको उपस्थितमा भएको भेलाले संघको वरिष्ठ उपाध्यक्षमा मायो घलेलाइ चयन गरेको छ । त्यस्तै संघको उपाध्यक्ष राजकुमार तामाङ, सचिव किसनकुमार मोक्तान र कोषाध्यक्ष सूर्यबहादु तामाङ सर्वसम्मत चयन भएका छन् । सदस्यमा नन्दराम न्यौपाने, कृष्णप्रसाद ओझा, मेक तामाङ, विन्दा देवकोटा, मानबहादुर तामाङ, मोनराज घले, रस तामाङ, रामकृष्ण भट्ट छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्तर्गत  रहने संघको महिला समितिको उपाध्यक्ष यदुकुमारी न्यौपाने, सचिवमा आरती फूयाँल र कोषाध्यक्ष दीलमाया तामाङ चयन भएका छन् । सदस्यहरूमा श्रीमाया तामाङ, तुलसी न्यौपाने र कमला ओझा चयन भएका छन् । भेलाले संघको प्रतिनिधिहरूमा बीरवल तामाङ, रूद्रप्रसाद न्यौपाने र तुलबहादुर तामाङलाई चयन गरेको छ ।

चालक पक्राउ विरोधमा बसको सेवा अवरुद्ध

विदुर\तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिई मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध गरेका छन् । 
काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसुरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले शनिबार बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् ।
पक्राउ पर्नेमा बा ४ ख ८४३५ नम्वरको ईश्वर बोगटी, बा ३ ख ९०६६ को रामशरण श्रेष्ठ र बा ५ ख ८२१० को समिर लामा छन् । उनीहरूमाथि झुठा मुद्दा लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् ।
सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट नुवाकोट आउने सवारी साधन प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौँ जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् ।
काठमाडौँ–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरे । माछापोखरीमा बस सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए ।

तस्बिर खबर

नुवाकोटको बेलकोटगढी नगरपालिकाले गर्भवतीको लागि स्वास्थ संस्थामा गर्भजाँचक गराउन जाँदा एक पटक मा १ क्रेट अन्डा बितरण गर्ने, गर्भवतीको घरमा झण्डा राख्ने, स्वास्थ संस्थामा सुत्केरी हुनेलाई पोषण झोला बितरण गर्ने र सुत्केरी भएपछि गर्ने परिक्षण सुत्केरीको घरमै हुने ब्यबस्था गरेको छ । त्यसको सुरुवात गर्दै नगरप्रमुख राजेन्द्ररमण खनाल । पोषण झोलामा एक माना शुद्ध घ्यु, एक माना मह, एक किलो भटमास, एक केजी बोडी र काजु राखिएको उपप्रमुख कविता ढुङ्गानाले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेकी छिन् ।

घूससहित खरिदार र लेखनदास पक्राउ

विदुर\मालपोत कार्यालय धादिङका दुई जना कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले धादिङ मालपोत कार्यालयमा गरेको ‘स्टिंग अप्रेसन’मा उनीहरू पक्राउ परेका हुन् । 
सुराकीका आधारमा कार्यालय खुल्ना साथ अख्तियारको टोली मालपोत कार्यालय प्रवेश गरेको थियो । अख्तियारको टोलीले जग्गा रजिष्ट्रेसन फाँटमा करार सेवामा कार्यरत नीलकण्ठ नगरपालिका ३ का सूर्य अधिकारीलाई नगद रकम दिंदै गर्दा, श्रेष्ठ भू सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । एक सहकारी संस्थाको जग्गा फकुवासम्बन्धी फाइलमा घुस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठमार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझेलगत्तै अख्तियार टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । 
रकम बरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ ।
अख्तियारको टोलीले कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा लिएलगत्तै मालपोत कार्यालयका निमित्त प्रमुख रोशन गिरिसहितसबै कर्मचारी मध्यान्ह १२ बजे नै कार्यकक्ष छाडेर निस्केका थिए । कार्यालय प्रमुख मालपोत अधिकृत पुरुषोत्तम भण्डारी गत २७ गतेदेखि नै बिदामा बसेका छन् । 
शुक्रबार भएको कारण ३ बजे बिदा हुनुपर्ने कार्यालय मध्यान्हदेखि नै कर्मचारीविहीन भएपछि काम भइसकेका सेवाग्राही पनि कागजपत्र लिन नपाएर अन्यौलमा परे । उनीहरूदुवैजनालाई अख्तियार टोलीले काठमाडौं लगेको छ ।

सामाजिक सञ्जालबाट


३० रूपैयाँमै बिजुली बेच्दै प्राधिकरण

विदुर\नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्नेलाई सस्तोमा दिनका लागि नयाँ महसुल शुल्क प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । 
उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । सोहीअनुसार आयोगले तीन दिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ । यसपालिको सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने तयारी छ । जसको मिति आगामी चैत १४, १६ र १७ गते तय गरिएको छ । 
प्राधिकरणले सबैभन्दा कम अर्थात् २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । पाँच एम्यिरमा विद्युत् लिने ग्राहकले बढीमा ३५ रुपैयाँ महसुल तिरे पुग्नेछ । १५ एम्यिरमा विद्युत् लिनेले न्यूनतम शुल्क ५० रुपैयाँ, ३० एम्पियरमा विद्युत् लिनेले ७५ रुपैयाँ र ५० एम्पियरमा १२५ रुपैयाँ न्यूनतम महसुल लिने प्रस्ताव छ । तल्ला र साना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने लक्ष्यसहित प्राधिकरणले नयाँ महसुल प्रस्ताव गरेको बताइन्छ ।

२१ देखि ३० युनिटसम्म पाँच एम्पियरमा विद्युत् लिनेले न्यूनतम ५० रुपैयाँ, १५ एम्पियरमा ७५ रुपैयाँ, ३० एम्यिपरमा १०० रुपैयाँ र ६० एम्पियरमा १५० रुपैयाँ न्यूनतम महसुल तिर्न‘पर्नेछ । यसैगरी ३१ देखि ५० सम्म न्यूनतम ७५ रुपैयाँ, ५१ देखि १५१ युनिटसम्म १०० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म १२५ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म न्यूनतम १५० रुपैयाँ महसुल तिर्नुपर्छ । कूल ४०० युनिटभन्दामाथि न्यूनतम १७५ रुपैयाँ महसुल तिर्दा हुनेछ । त्यसमा केही सेवा शुल्क भने थप हुन सक्नेछ । 
प्राधिकरणको प्रस्ताव अनुसार ४०० भोल्ट बराबरको विद्युत् लिनेले भने न्यूनतम ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।
प्राधिकरणले औद्योगिक ग्राहकमा पनि ग्रामीण तथा घरेलु उद्योग र साना उद्योगको फरकफरक महसुल दर प्रस्ताव गरेको छ । व्यापारिक, गैर व्यापारिक, सिँचाइ, खानेपानी, यातायातका लागि चार्जिङ स्टेशनसमेतको महसुल दर प्रस्ताव गरेको छ । मन्दिर, सडकबत्ती, अस्थायी कनेक्सन, गैर गार्हस्थ्य र मनोरञ्जन व्यवसायको समेत छुट्टाछुट्टै महसुल दर तय गरेको छ । त्यसमा पनि वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि चैतसम्मको पनि फरकफरक समयको फरकफरक महसुल दर प्रस्ताव गरिएको छ । वर्षाको समयमा बढी विद्युत् खपत गराउन सोही खालको र हिउँदको समयमा फरक खालको महसुल दर प्रस्ताव छ ।

दुई स्वास्थ्य संस्थाको स्तरोन्नती हुने

कालिकास्थान\रसुवाको दुई वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारको एक पालिका एक अस्पताल बनाउने योजना अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ स्वास्थ्य चौकी र नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकिलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको हो ।
जिल्लाको ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकी अस्पतालको रुपमा परिणत भए पछि  सामान्य खालका बिरामी सदरमुकाम धुन्चे तथा नुवाकोट जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा रसुवाका दुई स्वास्थ्य संस्था सहित २ सय ३६ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार गत वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम सुरु गरिसकेको छ । 
त्यस्तै यो वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको समेत स्वास्थ्य मन्त्री ढकालले बताए । यि दुई वटा स्वास्थ्य संस्थाको अवस्था सुधार भएपछि मात्रै पनि यहाँको अधिकांश भुभागका नागरिकहरूलाई स्तरिय स्वास्थ्य सेवा लिनका लागि नुवाकोट र काठमाडौं पुग्नु पर्ने बाध्यता र झण्झटबाट मुक्ति मिल्ने छ ।
३८ सयलाई दादुराको खोप लगाइने
धुञ्चे\रसुवाको ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ३ हजार ८४५ जनालाई खोप लगाइने जिल्ला खोप समन्वय समिति रसुवाले जनाएको छ । यसमा पाँच वटा गाउँपालिकामा २ सय २० वटा खोप केन्द्र सञ्चालन गरिने छ ।
४४० जना स्वयसेवक खटिने छन् । ६१ जना खोप कार्यकर्ता परिचालन गरिने छ । जिल्लामा खोप तथा सिरिन्ज आइसकेको, कोल्डचेनको व्यवस्था भएको र गाउँपालिकाहरूमा सूचनामुलक सामग्री वितरण भइसकेको समितिले जनाएको छ । एकै चरणमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । बच्चा जन्मेपछि सुरुमा लगाइने बिसिजि खोपको दर कम देखिएको छ ।

सोलार आयोजनामा कुलमान

विदुर\नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको समुहले नुवाकोट र रसुवा जिल्लामा निर्माणधि बेग्लाबेग्लै आयोजनाको गएको शनिवार अनुगमन गरेका छन् । 
नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सोलार आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गरेका हुन् । 
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६ र ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले गएको शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मिति लगायतका विषयमा छलफल गरेको छ । 
सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न घिसिङले निर्देशन समेत दिएका छन् । 
नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १५ मेगावाटमध्ये पनि १० मेगावाट विद्युत चैत र ५ मेगावाट वैशाखभित्रमा उत्पादन गर्ने आयोजनाले जनाएको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचान गरी निर्माण अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानल मार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाख भित्रमा उत्पादन हुने बताईएको छ । प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न नसकिने बताउदै सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने ब्यबस्था गर्न घिसिङले निर्देशन दिएका छन् । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिदै घिसिङले तीन महिना विद्युतको माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट जसरी पनि ग्रिडमा जोड्नु पर्ने बताए । 
सबै उपकरणहरू आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरूले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन हुने जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिवेला एक बर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरेको आयोजनाको डिजाइन स्वीकृति, रुख कटान लगायतका कारणले ढिलाइ भएको घिसिङले बताए ।
सोलार प्लान्टको डिजाइन, आपूर्ती, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्नेछ । 
कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ ।   
यसै बीच, रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे÷त्रिशुली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ । 
टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका ५ पैरेबेसीमा निर्माणाधीन त्रिशुली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणामा सम्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङ सहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरूको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।
विद्युत् आयोजनामा कोरोना असर
विदुर\उत्तरी रसुवामा निर्माणाधीन तल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी ल्याउने मुख्य सुरुङको निर्माण लगभग पूरा भएको छ । तर कोरोना भाइरसको असरले भने अहिले काममा सुस्तता आएको छ । चिनियाँ कामदारहरू चीन फकिएका छन् । त्यस्तै केही अन्य कामदार पनि विदामा बसेका छन् । 
सान्जेन जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार निर्माण गर्नपर्ने तीन हजार ६५० हेडरेस सुरुङमध्ये प्रायः कार्य पूरा भई अब निर्माणको काम ४० मिटर बाँकी छ ।
४२।५ मेगावाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माणको काम लगभग पूरा भएको बताइएको छ । सुरुङबाट ल्याइएको पानी तीव्र प्रवाहमा विद्युत्गृहमा पठाउनका लागि आवश्यक पर्ने एक हजार मिटर लम्बाइको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
यसैगरी माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४.८ मेगावाटको जलविद्युत् आयोजना भने निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युत्गृह समेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसको असरले उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । 
दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगतको भए पनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ । आगामी असार महिनासम्म उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन विद्युत् आयोजनालाई पनि चीनमा फैलिएको कोरोना भाइरसले चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादन ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।

महेन्द्रबहादुर पाण्डे विरुद्ध सुनुवाई समितिमा उजुरी माग

विदुर\चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका महेन्द्रबहादुर पाण्डेविरुद्ध संसदीय समितिले उजुरी आव्हान गरेको छ । 
सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पाण्डेविरुद्ध कुनै उजुरी भए पेश गर्न १० दिने सूचना जारी गरेको हो । उजुरी आह्वानका लागि दिएको समय सीमाधित्र उजुरी परे उजुरीमाथि छानबिन गरेर समितिले प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णले सुनुवाई समितिको प्रक्रिया अनुसार उजुरी आह्वान गरेको बताए । 
पाण्डे चीनसँगै मंगोलिया र उत्तरकोरियाका लागि पनि गैरआवासीय राजदूतमा सिफारिस भएका छन् । फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूतमा पूर्वमन्त्री पाण्डेलाई सिफारिस गरेको थियो । 

चक्रदेव दोश्रो वर्षमा

विदुर\जेष्ठ नागरिक नागरिकहरूको निःशुल्क स्वास्थ्य चेकजाँच गरी चक्रदेव पोलिक्लिनिक विदुरले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
२०७५ फाल्गुण २७ गतेदेखि सञ्चालनमा आएको उक्त पोलिक्लिनिकले हाल रगत प्रयोगशाला, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण जाँच गर्छ ।
पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा गएको साता विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका २४ जना जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको होे ।
निःशुल्क स्वास्थ्य चेकजाँचमा मधुमेह, मुटुको ईसीजी ९मुटु अथवा रक्तनली सम्बन्धी भिडियो एक्सरे०, उच्च रक्तचाप, युरिक एसिड, कोल्डस्टोर लगायतका सेवाहरू प्रदान गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले जानकारी दिएका छन् । साथै डाक्टरको पुर्जी तथा बिरामीको आवश्यकता अनुसार आँखा, मुटु, मधुमेहको निःशुल्क औषधि उपलब्ध गराईएको थियो ।
पोलिक्लिनिकले वृद्धाश्रम स्थानदेखि पोलिक्लिनिकसम्म जेष्ठ नागरिकहरूलाई आवतजावतको लागि यातायात व्यवस्था, एकदिनको खाना, खाजा र फलफुल प्रदान गरेको थियो । साथै, कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सबैलाई मास्क समेत वितरण गरेको प्रवन्धक निर्देशक पण्डितले जानकारी दिएका छन् । पोलिक्लिनिकले अन्य सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

लाङटाङ र गोसाइँकुण्ड सुनसान

रसुवाको गोसाइँकुण्ड हिडेका विदेशी पर्यटकको फाइल तस्बिर ।
रसुवा\लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । पर्यटकले भरिभराउ हुने तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड पदमार्ग यतिखेर सुनसान बनेका छन् । 
मार्चदेखि पर्यटक आउने मुख्य सिजन सुरु हुन्छ । ती पदमार्गमा फाट्टफुट्ट विदेशी पर्यटकमात्र भेटिन्छन् । चालु आर्थिक वर्षको फागुनमा यहाँ ७६८ विदेशी पर्यटक घुम्न आएका छन् । अघिल्लो आर्थिक वर्षको सोही महिनामा १ हजार ३१९ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । कारोना प्रभावकै कारण लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक ह्वात्तै घटेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । यो सिजनमा निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक सयौं विदेशी पर्यटक प्रवेश हुने गरेकोमा घटेर १५देखि २० को संख्यामा छ ।
रसुवा आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । रसुवामा तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेसीसम्म तामाङ सम्पदा मार्ग छ । ‘लाङटाङ पदमार्गका होटल व्यावसायीलाई यतिबेला भ्याइनभ्याई हुन्थ्यो,’ क्याङजिनका होटल व्यवसायी ग्याल्बु तामाङले भने–‘मुख्य सिजनमा पर्यटक छैनन् । होटल खाली छन् ।’ पर्यटक नआउँदा चीज बिक्री हुन छाडेको उनले बताए । तामाङ सम्पदामार्ग पनि सुनसान छ ।
गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्षजति भयो । यहाँ पनि पर्यटक आउने क्रम घटेको छ । टिमुरे, स्याफ्रु, सदरमुकाम धुञ्चेका बजार पनि सुनसान छन् । पर्यटकको आगमन घट्दा होटल, ससाना रेष्टुरेन्ट, पोर्टर, गाइड, यातायात, अन्य पसल लगायतमा असर परेको व्यवसायी बताउँछन् । 

११८ वर्षिया बाटुली लामिछानेलाई सांसद मैनालीको आर्थिक सहयोग

विदुर\संसारकै जेष्ठ नागरिक दावी गरिएको ककनी गाउँपालिकाका बाटुली लामिछानेलाई बागमती प्रदेश सासंद बद्री मैनालीले २५ हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।
सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका थिए । अन्तरराष्ट्रिय श्रमिक नारी दिवसको दिन उनले एक कार्यक्रमका बीच लामछिानेकलाई रकम हस्तान्तरण गरेका हुन् । थानसिंग आपचौरका ११८ बर्षिया बाटुली लामिछानेलाइ आफु पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने उनले घोषणा गरेका छन् ।

‘आउट ड्रेस’मा आउनेको पोशाक भत्ता कटौती हुने

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिकाले आफ्नो मातहतका सम्पूर्ण सरकारी निकाय, शिक्षण संस्थाका निजामती कर्मचारीहरूलाई अनिवार्य रुपमा कर्मचारीको पोशाक लगाउन भनेको छ । पोशाक नलगाउने कर्मचारीलाई पोशाक भत्ता नदिने भएको छ । 

गएको सोमबार पालिकाद्वारा जारी गरिएको सूचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयमा उपस्थित हुँदा अनिवार्य रुपमा नेपाल सरकारले तोकेको पोशाक लगाउनुपर्ने छ । 
धेरैजसोले सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाईएको पाईएकोले कर्मचारी पोशाक लगाउन भनिएको निमित्त प्रशासकीय अधिकृत सर्वदा पण्डितले जानकारी दिए । अस्ति चैत्र १ गते बाट कर्मचारी पोशाक नलगाईएको पाईएमा आब २०७६\७७ को कर्मचारी पोशाक भत्ता उपलब्ध नगराईने पण्डितले बताए । 
निजामति कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ मा निजामती कर्मचारीले अनिवार्य रूपमा पोशाक लगाउनुपर्ने निर्देशन गरिएको छ । सरकारले निजामती कर्मचारीको पोशाक भत्ता वृद्धि गर्दै १० हजार रुपैयाँ पु-याएको छ । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरूको पहिचानका लागि सरकारले सरकारले पोशाकको ब्यबस्था गरेको छ ।

२०७६ चैत ३ गतेको सम्पादकीय

तीन वर्षदेखिको अभाव
निर्बाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको ३ बर्ष हुन लाग्दा पनि नुवाकोटका स्थानीय तहहरूमा आवश्यक कर्मचारी छैनन् । नुवाकोटको सुगम मानिएको विदुर नगरपालिकामा कर्मचारीको त्यस्तो ठूलो अभाव देखिएको छैन । तर बाँकि रहेको अन्य ११ वटै सरकारको कुरा गर्ने हो भने कर्मचारी अभावकै कारण नीति तथा कार्यक्रम कार्यान्वयमा समस्या भइरहेको छ । कर्मचारी नहुँदा सामान्य सेवा प्रवाहमा समेत समस्या भएको छ । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि नुवाकोटका प्रायः सबै स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएका छन् । स्थानीय तहहरूमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरूमा कर्मचारीहरूको अभाव देखिएको छ ।   
विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा कर्मचारी नपठाउँदा दिन प्रतिदिन समस्या बढ्दै गएको हो । सिंहदरबार दैलोमै आएको प्रचार व्यापक गरिएपनि कर्मचारीको अभावले जनताले आवश्यकता अनुसारको सेवा नपाएको बताउन थालेका छन् । स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै विकास निर्माणका योजना सञ्चालनमा पनि चुनौती थपिएको जनप्रतिनिधिहरूको गुनासो छ । मुलुक संघीयतामा गएसंगै सिंहदरबारका अधिकार गाउँगाउँमा पुग्ने भनि प्रचार गरिएको भएपनि त्यसो हुन सकेको छैन् । स्थानीय तहमा जनप्रतिनिधि आएको लामो समय बितिसक्दा पनि अझै कर्मचारी भने पुग्न सकेका छैनन् । जसले गर्दा कार्यसम्पादनमा समस्या थपिदै आएको छ ।

     आफुलाई आवश्यक कर्मचारीको भर्ती गर्न स्थानीय सरकारले नपाउने र माथिदेखि खटाइएका कर्मचारी ग्रामिण भेगको नगरपालिका\गाउँपालिकामा नजाने समस्याकै कारण यत्तिका लामो समयसम्म यही समस्याले निरन्तरता पाइरहेको हो ।  सरकाले कि त स्थानीय तहलाई कर्मचारी राख्ने कानूनी अड्चन फुकाइदिनु पर्यो नभए कर्मचारीको ठिक ढंगले व्यवस्थापन गर्नु जरुरी देखिएको छ । स्थानीय सरकारको पहिलो कार्यकाल ‘कर्मचारी छैन, त्यसैले  काम गर्न सकिएन’ भन्ने कारण्वहाना बनाएर सक्किनु पक्कै पनि सुखद रहदैन ।

Saturday, March 14, 2020

भावपूर्ण समेवदना

स्व. श्यामकृष्ण श्रेष्ठ
जन्म : २०१२-३-१५
स्वर्गारोहण : २०७६-१०-१२
नेपाली काँग्रेसका नेता तथा साविक चतुराले वडा नं. ४ नेपाली काँग्रेसका कोषाध्यक्ष ककनी गाउँपालिका वडा नं. ७ निवासी श्यामकृष्ण श्रेष्ठको असामयिक स्वर्गारोहण भएकोमा हामी अत्यान्त दुःखी एवं मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखको घडिमा शोक सन्तप्त परिवारजनमा धौर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौं ।

सम्झना सेंढाई, सदस्य 
जिल्ला समन्वय समिति नुवाकोट एवं परिवार 

भावपूर्ण श्रद्धाञ्जली

स्व. श्यामकृष्ण श्रेष्ठ
जन्म : २०१२-३-१५
स्वर्गारोहण : २०७६-१०-१२
नेपाली काँग्रेसका नेता तथा साविक चतुराले वडा नं. ४ नेपाली काँग्रेसका कोषाध्यक्ष ककनी गाउँपालिका वडा नं. ७ निवासी श्यामकृष्ण श्रेष्ठको असामयिक स्वर्गारोहण भएकोमा हामी अत्यान्त दुःखी एवं मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखको घडिमा शोक सन्तप्त परिवारजनमा धौर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौं ।

नेपाली काँग्रेस ककनी गाउँपालिका ७ चतुराले परिवार

सार्वजनिक सन्देश

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटको समन्वयमा 
युएनह्याबिट्याट, पुनर्जागरण समाज नेपाल र डिकोन नेपालद्वारा जनहितमा जारी सन्देश
– स्थानीय स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा गरी कार्यान्वयन गरौं ।
– प्रयोगकर्तामैत्री चर्पी निर्माण गरी सबैले सँधै चर्पीको प्रयोग गरौं ।
– घर, विद्यालय, स्वास्थ्य संस्था, कार्यालयहरुमा साबुन पानीले हातधुने, महिलाको मासिक धर्म ब्यवस्थापनको सुविधा व्यवस्था गरी ब्यक्तिगत सरसफाईमा ध्यान दिऔं ।
– सबैले सधै सफा र शुद्धिकरण गरिएको सुरक्षित पानी मात्र पिउने गरौं ।
– सुरक्षीत खाना खाउँ, खाद्य स्वछतालाई ध्यान दिउँ ।
– घर, आँगन, टोल, सडक, स्कुल, सघंसस्था नियमित सरसफाइ गरौं, फोहोरको उचित ब्यवस्थापन गरौं ।
– बस्ती, टोल वरपर वृक्षारोपण गरी हरियाली पार्क निर्माण गरौं ।
– नदीनाला, पोखरी, तालतलैया वरपर फोहोर नगरौं ।
– धुवाँमुक्त भान्छाको लागि सुधारिएको चुलो प्रयोग गरौं ।
– सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य प्राप्त गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।

Thursday, March 12, 2020

चिस्यान केन्द्र जडान सम्बन्धी बोलपत्र आब्हानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७६\११\२८

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्धारा संयुक्त रुपमा सञ्चालित सहकारी बजार विकास कार्यक्रम नुवाकोट जिल्लामा सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्र्तगत यस जिल्लामा छनौट भएका सहकारी संस्थाहरुमा फलफूल तथा तरकारी संकलन तथा भण्डारणका लागि निर्माण गरिएको संकलन केन्द्रमा चिस्यान केन्द्र जडान गर्नुपर्ने आवश्यकता रहेको र बोलपत्रको माध्यामबाट चिस्यान केन्द्र जडान गर्नुपर्ने भएकोले ईञ्छुक इजाजत प्राप्त फर्म, संस्था तथा कम्पनीले यस सम्वन्धि विस्तृत सूचना, ठेक्कापट्टाका शर्त, फारम भर्ने तरिका, फारम दस्तुर र बिडबण्ड रकम सम्वन्धी जानकारी प्राप्त गर्न तल दिइएको इमेलमा इमेल गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । सोही सूचना, शर्त आदिको आधारमा सूचना प्रकाशन भएको मितिले ३० दिन साँझ ५ः०० बजे भित्र यस जिल्ला सहकारी संघ नुवाकोटको कार्यालयमा वा सहकारी बजार विकास कार्यक्रमको कार्यालयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरवार काठमाडौंमा आफ्नो बोलपत्र पेश गर्न सूचित गरिन्छ । 

सहकारी बजार विकास कार्यक्रम 
email: dcu.cmdp@gmail.com
जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोट 
email: dcnuwakot2073@gmail.com


जिल्ला सहकारी संघ लिमिटेड नुवाकोट, विदुर