Wednesday, January 22, 2020

मनमोहक बाघमारा

तादी गाउँपालिकाको बाघमारामा रहेको
एक घर र बाख्रा चराउँदै बालिका ।
प्रितिका थापा
बाघमारा(तादी)\नेपाल भ्रमण वर्ष २०२० का लागि नुवाकोटमा चर्चा भएका पर्यटकिय स्थलहरू मध्येको एक बाघमाराले आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रतीक्षा गरिरहेको छ । नुवाकोटको ६० प्रतिशत भन्दा बढी भुभाग नजिकैबाट हेरेको अनुभुती हुने बाघमारा तादी गाउँपालिकामा रहेको छ ।
मनोरम दृष्य, पिकनिक तथा चिसो हावापानीका लागि प्रशिद्ध यो माघमारा तादी गाउँपालिकाको वडा नं. ४ र २ मा पर्दछ । अधिकांश भुभाग वडा नं. ४ मा पर्ने यो अलौकिक पर्यटकिय स्थलको केही भुभाग वडा नं. २ मा समेत फिजारिएको छ । केही दशक पहिलानै पर्यटकिय सम्भावनाका रुपमा पहिचान भएको यो ठाउँको प्रचार र भौतिक संरचनाको व्यवस्था नहुँदा ओझेलमा पर्दै आएको थियो । जब स्थानीय सरकार स्थापनासंगै तादी गाउँपालिका सक्रिय बन्यो त्यसपछि यसको प्रशस्त सम्भावनाको खोजी भएको छ । यहाँ पर्यटकको लागि विश्राम गर्ने घुम्तीघरको समेत स्थापना भइसकेको वडा नं. ४ का अध्यक्ष मुक्तबहादुर श्रेष्ठ बताउँछन् । ‘नेपाल भ्रमण वर्षका लागि बाघमारा नुवाकोटको एउटा गन्तब्यमा विकास भएको छ’ श्रेष्ठले भने ।
यो बाघमाराबाट नुवाकोट जिल्लाको आधाभन्दा बढी भु–भाग नजिकैबाट अबलोकन गरेको अनुभुती हुन्छ । यहाँबाट छिमेकी गाउँपालिकाहरू सबैको दृष्याबलोकन गर्नसकिने भएकोले पनि यहाँ छिमेकी गाउँपालिका तथा काठमाडौंबाट घुम्न, हेर्न र पिकनिकका लागि पर्यटकरु आउने गरेका छन् । दिनानुदिन पर्यटकको चाप बढेकै कारण गाउँपालिकाले बाघमाराको संरक्षण, प्रचार र आवश्यक भौतिक पुर्वाधारका लागि कार्य गरिरहेको छ । यस तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे बाहिर जिल्लादेखिनै बाघमाराको पकृति सौन्र्दभको अवलोकन गर्न आउने गरेको बताउँछन् । ‘भ्रमण वर्ष सुरु भएपछि त झन् यहाँ आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि भएको छ’ अध्यक्ष पाण्डेले भने ।
प्राकृतिक रुपले असाध्यै मनमोहक तादी गाउँपालिकामा आन्तरिक पर्यटक र बाह्य पर्यटकहरूका लागि घुम्न, समय बिताउन र अध्ययन गर्नका लागि प्रशस्त स्थानहरू छन् । अर्गानिक गाउँदेखि शहर अनि विकासोन्मुख शहर रहेको यहाँ आन्तरिक पर्यटकहरूका लागि थुप्रै सम्भावना देखापरेको छ । यसको उजागर र बजारिकरण गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । तादी गाउँ पालिकाका उपाध्यक्ष ईश्वरी उप्रेती भ्रमणका लागि तादी गाउँपालिकामा प्रशस्त स्थानहरू अन्यत्र पनि प्रशिद्ध रहेको बताउँछन् ।
बाघमारा बाहेक नर्जामण्डपको कोट, उर्लेनी, पौडाँडा यहाँ सहज यातायतको पहूाच भएको र आर्कषण् पर्यटकिय क्षेत्रहरू हुन् । 

सुर्यचौर ‘प्याराग्लाइडिङ जोन’

नेपाल प्याराग्लाइडिङ प्रालिले गएको महिना सुर्यचौरबाट
गरेको प्याराग्लाइडिङको सफल परीक्षण उडान । तस्बिर : हरि भेटुवाल 
विदुर\साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि नुवाकोटको एउटा पर्यटकिय क्षेत्र थपिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शिवपुरी गाउँपालिकाको सुर्यचौर क्षेत्र एक ‘प्याराग्लाइडिङ जोन’ थपिएको छ ।
यहाँ व्यवसायी उडानका लागि कम्पनीलाई नेपाल सरकारले अनुमती प्रदान गरेको हो । फागुन १५ गते पछि कम्पनीलाई व्यवसायीक रुपमा नै उडान गर्न सरकारले अनुमती दिएको बताइएको छ । यहाँ प्याराग्लाइडिङ उडाउनका लागि प्राधिकरणसित नेपाल प्याराग्लाइडिङ प्रालिले अनुमति लिएको हो ।
त्यस अघि प्रालिले पटक पटक सुर्यचौरमा परीक्षण उडान गरेको थियो । ६५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी कम्पनीले अनुमति पाएको छ । 

एकीकरण मार्ग निर्माण हुने


पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा हिडेको पैदल मार्ग पछ्याउँदै
गोरखबाट आएको नेपाली सेनाको टोली नुवाकोट दरवार परिसरमा ।
विदुर\अघिल्लो साता गोरखाबाट नुवाकोट हुँदै काठमाडौं पुगेको एकीकरण पदयात्राले सार्थकता पाउने देखिएको छ । आधुनिक नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको हो । नेपाल एकीकरणका नायक तत्कालीन पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानमा योद्धाहरूले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने एकीकरण मार्ग बनाउन लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको हो । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाईं लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट सम्वद्र्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । संघीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।
पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने र सो मार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने एवं सर्वसाधारणलाई समेत सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पदमार्ग
निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ । एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ ।
चालू आवको नीति तथा कार्यक्रममा समावेश भएका सो पदमार्ग निर्माणका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन भई काम अघि बढेको सेनाले जनाएको छ । उक्त अवधारणलाई कार्यान्वयनमा लैजान विज्ञ तथा सरोकारवालाको राय सुझावका लागि नेपाली सेनाले मुख्यालयमा तीन दिवसीय ‘बृहत् एकीकरण पदमार्ग सेमिनार’ आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालीबीच देशभक्तिको भावना विकसित गराई राष्ट्रिय एकताको भावना सबल बनाउने तथा गौरवपूर्ण इतिहासको जगेर्ना गर्दै भविष्य देखाउने उद्देश्यका साथ एकीकरण पदमार्ग सञ्चालन गर्न लागिएको बताए ।
उनले भौतिक संरचनाको निर्माण तथा संरक्षणका साथै एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षणका लागि स्थानीयको सहभागितामा एकीकरण पदमार्ग सञ्चालन गरिने उल्लेख गरे ।
राष्ट्रिय एकताको संरक्षण र सम्वद्र्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु भएको यस कार्यक्रमको दायरा निकै फराकिलो भइसकेको जनाएको छ । नेपाली सेनाको जङ्गी अड्डाले विज्ञ सहितको कार्यदल गठन गरी शुरु गरेको एकीकरण पदमार्गको निर्देशिका बनाई व्यवस्थित रुपमा अघि बढाइएको छ ।

चीनको ५६ अर्ब सुरुङ र सडकमा

काठमाडौं–केरुङ सडकमाग अन्र्तगत पर्ने प्रस्तावित टोखा–छहरे
सुरुङमार्गको  काठमाडौं टोखा तर्फको सुरुङ अग्र भागको आकृति ।    
विदुर\चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा क्रममा घोषणा भएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौं–केरुङ सडकमार्गमा खर्च हुने भएको छ ।
यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइनेछ । सडक बनेपछि काठमाडौंबाट रुसुवागढी नाका दुई घन्टामै पुगिने अनुमान छ ।  काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भई टोखा–विदुर–बेत्रावती हुँदै रसुवागढी पुग्न १०७ किलोमिटर लम्बाइ पर्नेछ ।
चीनले यसलाई प्राथमिकतामा राख्दै अध्ययन गरिरहेको छ । सडकलाई छोट्याउन निर्माण गरिने टोखा–छहरे सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन समेत सकिएको छ ।
बेत्रावती–रसुवागढी सडक खण्डको बीचमा अर्को सुरुङ निर्माण गर्ने अध्ययनका लागि अर्को चिनियाँ टोली आउन लागेको नेपाल सरकारले बताएको छ । पुर्ब सम्भाब्यता अध्यन पछी डिपिआर तयार गरेर चाँडो निर्माण सुरु गर्ने योजनामा चिनियाँ टोली रहेको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनायो । बेत्रावतीबाट रसुवागढी ५७ किलोमिटर छ । सुरुमार्ग बनाइएपछि ५ किलोमिटर घट्ने अनुमान छ ।
महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार आउँदो चैतभित्रै पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन पूरा हुनेछ । त्यसपछि विस्तृत आयोजना अध्ययनको काम थालिने छ । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच अन्तर आबद्धतालाई वृद्धि गर्न काठमाडौं–केरुङ सडकमा पर्ने सुरुङमार्गको सम्भाव्यता अध्ययनगरिने समझदारी भएको थियो । पहिलो चरणमा टोखा–छहरे सुरुङको पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको थियो ।

पृथ्वी माविले स्मरण गर्यो योगदानकर्तालाई

सम्मान प्रदान गर्दै नेता केसी । साथमा विदुर नपाका उपप्रमुख दाहाल 
विदुर\नुवाकोटको उत्कृष्ट सामुदायिक विद्यालय पृथ्वी माविले गएको आइतवार ४५ औं बार्षिकोत्सव मनाएको छ । पछिल्लो केही वर्षदेखि नुवाकोट जिल्लामा उत्कृष्ठ नतिजा प्राप्त गर्दै आएको पृथ्वी माविलाई नमूना विद्यालयको रुपमा चर्चा गरिदै आएको छ । उक्त विद्यालयले आफ्नो ४५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न समयमा योगदान प्रदान गर्ने व्यक्तिहरूको सम्मान गरेको छ ।

नुवाकोटको विदुरमा रहेको पृथ्वी माध्यामिक विद्यालयको ४५ औँ वार्षिक उत्सव कार्यक्रलाई सम्वोधन गर्दै नेता केसीले टुक्राटुक्रा राज्यमा विभाजित भएको नेपाललाई एकतामा बाध्न सफल व्यक्तित्वको रुपमा पृथ्वीनारायणलाई चिनिने भएकोले आधुनिकता, परिवर्तन र क्रान्तिको नाममा राज्यले बिर्सन नहुने उनले बताए ।

घुस लिने र दिने दुवै राष्ट्रको शत्रु हुन् भनिएता पनि संघिय सरकारदेखि स्थानीय तहको वडा तहले भष्ट्राचारलाई प्राथमिता दिइरहेको नेता केसीको आरोप छ । यस्तै, भक्तजनहरू जुत्ताचप्पल निकालेर जसरी मन्दिरभित्र प्रवेश गर्छन् उसैगरी विद्यालयको हाताभित्र राजनैतिक गन्धलाई भित्र्याउन नहुने नेता केसीको भनाई छ ।

नेपाली काँग्रेस नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले सामुदायिक बिद्यालय मध्ये पृथ्वी माबि नुवाकोटकै उत्कृष्ट बिद्यालय रहेको बताए । जिल्लाकै उत्कृष्ट  सामुदायिक बिद्यालयको रुपमा रहेको पृथ्वी माध्यामिक बिद्यालयमा राजनीति गर्नेहरू बाहिरि रुपमा सलबलाउन थालेको आरोप लगाए

विदुर नगरपालिकाका वडा नं. ४ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले पृथ्वी माविले प्राप्त गरेको उपलब्धिले साुमदाियक विद्यालयहरुको शिक्षामा नागरिकको भरोसा जागेको बताए ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विद्यालयले नुवाकोट जिल्लामा नै हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आएको स्मरण गरे । साथै बिद्यालयको बिकास र गुणस्तरिय शिक्षा प्रबाह गर्न आफुहरू अझै प्रयत्नशिल रहेको उनले बताए ।

पुर्व प्रधानाध्यपाक, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेर योगदानको स्मरण र चर्चा गरेको छ । एक दशक अघिसम्म विद्यार्थी भेट्टाउन मुस्किल गर्ने गरेको उक्त विद्यालयमा अहिले भर्ना पाउनका लागि विद्यार्थीहरूले पुर्व परीक्षा दिनुपर्ने अवस्था सृजना भएको छ । शैक्षिक गुणस्तर, राम्रो व्यवस्थापनका कारण पृथ्वी माविले जिल्लाको शिक्षा क्षेत्रमा नमूना विद्यालयको रुपमा नाम दर्ज गराएको छ ।

विद्यालय यहाँ  आइपुग्नका लागि आ–आफ्नो क्षेत्र र आ–आफ्नो समयमा योगदना र सहयोग गर्ने व्यक्तिहरूको सम्मानमा यसपालिको बाषिर्कोत्सवलाई सदुपयोग गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले इमेज साप्ताहिकलाई बताए । 

दैनिक तीन करोड संकलन

विदुर\रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा दैनिक सरदर ३ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको छ ।
साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा रसुवा भन्सार कार्यालयबाट ७ अर्ब ३३ करोड राजश्व संकलन भएको हो । रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, तयारी पोशाक, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना लगायतका सामग्री आयात हुँदै आएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दैनिक रूपमा ५०–६० ट्रक कन्टेनरको जाँचपास हुने गरेको छ । 

रसुवाबाट आयात निर्यात बन्द

विदुर\हिमपात भएका कारण आयात निर्यात रसुवागढी नाकाबाट हुने आयात र नेपालबाट हुने निर्यात ठप्प भएको छ । चीनको केरुङमा बिहीबार बिहानदेखि शुक्रवार निरन्तर हिमपात भएका कारण आयात निर्यात ठप्प भएको हो ।
हिउँ पर्न रोकिएपछि चिसो बढेको र हिउँ नपग्लि सकेकोले आयात निर्यात रोकिएको बताइएको छ । हिउँमा गाडी चिप्लिन थालेपछि चीन तर्फको ठोङ्सा, पाङसिङ लगायतका स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

अवैध काठ सहित एक पक्राउ

विदुर\बेलकोटगढी नगरपालीकाबाट अवैध काठ सहित एकजना पक्राउ परेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थीत बासुकीबाट काठ ओसारपसार गरिरहेको अवस्थामा लिखु गाउपालिकाका सुजन राई पक्राउ परेका हुन् ।
प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ना ४ ट ८७५२ र ना ३ ट ४०३३ नम्वरको ट्रयाक्टरमा सहित उनी पक्राउ गरेका हुन् । नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार पक्राउ परेका राई, सवारी धनी र काठ डिभिजन बन कार्यालय नुवाकोट पठाइएको छ । 

गोरुको मासुसहित पक्राउ

विदुर\गोरुको मासु सहित बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का बुद्धिमान तामाङ पक्राउ परेका छन् । काटेको गोरुको मासु सहित तल्लो अर्चलेबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले बताए ।

दुप्चेश्वरमा ल्होछारको विदा

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले यो साता दुई दिन सार्वजनिक विदा दिएको छ । माघ १० र १२ गते २८५६ औँ ल्होछारको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार स्थानिय कला संस्कृतिको संरक्षण र सम्मानका लागी बिदा दिएको बताए । 

पुड्केको जुक्ति...

नारायण डुङ्गाना
तारुका\अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए । लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पु¥याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काए । ‘एक त ज्ञानी, अर्काे माघे संक्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो’, मुस्कुराउँदै उनले भने । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए ।
छ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहार सुसारमा लागे । अन्ततः उनीहरूको प्रयास खेर गएन । यसपालि बुधबार (माघ १ गते) नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ.. हक्वाँ गर्दै पुड्के आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै थिए । उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो । अधिकारीले भने–‘थर्काउन उसले काँध(आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।’ उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए ।
‘ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्काेको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो ।’ अधिकारीले जीतपछि भने । उनका अनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आएका थिए । परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुशी भएका उनले गोरुलाई अँगालो हालेर खुशी साटे ।
बेचेको फर्काएर ल्याएँ   
पुड्के छ वर्ष अघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियोे । चार वर्षको हुँदा कुमारले किनेर ल्याए । पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाए । उसका सामु राते निरिह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । ‘पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, दुई पटक बिक्री भएको गोरु फेरि फर्काएँ’, अधिकारीले थप्पे । छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उनले भने– ‘पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछिपर्दैन, त्यसैले यो मेरो साथी हो ।’ उनी पुड्केका हली पनि हुन् । सानै उमेरमा जोत्ने, साउने काम आफैँ गर्छन् ।
तारुकामा २१ हल जुधे 
पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । एक हल अप्रतियोगी थियो । रेवती बखरेलले छ वर्षको मालेलाई पहिलोपटक सहभागी गराए । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले दुई मिनेट पनि टिकेन ।
अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरिह बन्यो । सुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग नौमिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।
यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोष्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठ नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति नै हो भन्छन् । 
ठूलो पाटोमा जुधाइन्छ 
चन्दनीस्थित झमबहादुर प्रधानको कटरको फेदको बारीको पाटोमा हरेक वर्ष गोरु जुधाइन्छ । दर्शक कान्ला र माथिल्लो पाटोको डाँडाभरि भरिन्छन् । स्थानीय रामजी ढुङ्गाना आफूले जान्ने भएदेखि गोरु जुधेको हेर्न कहिल्यै नछुटाएको बताउछन् । यो गाउँको ठूलो चाड भएको उनको बुझाइ छ । टाढा गएका पनि गोरु जुधाई मेला हेर्न यही बेला फर्कने गरेको स्थानीयको भनाइ छ । गोरु जुधाउने पाटोसहितको जग्गा सात रोपनीको छ । बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह व्रतबन्ध गर्न यहाँको कोट दरबारमा आउँदा गोरु जुधाएको हेर्न मन लागेकाले त्यो बेलादेखि यहाँ गोरु जुधाई मेला थालिएको ८४ वर्षीय प्रधानले सुनाए । उनले आफ्नो बारीको पाटोलाई रङ्गशाला बनाउने सोच भए पनि पैसा अभाव भएको गुनासो गरे ।
यहाँ २०६३ सालपछि व्यवस्थितरुपमा गोरु जुधाउने परम्पराको थालनी गरिएको हो । बारीको पाटोलाई अझै व्यवस्थित बनाउने स्थानीयको सोच छ । यो मेलालाई सरकारले सहयोग गरेको छ । पशु अधिकारकर्मीबाट विरोध भइरहेको छ भन्ने जिज्ञासामा प्रधानले विरोधले केही नहुने दाबी गरे ।
मिति यकिन नभए पनि एक शताब्दी अघिदेखि चली आएको गोरु जुधाउने पर्वको पशु अधिकारकर्मीले सामाजिक सञ्जालबाट विरोध गरिरहेका छन् । साहित्यकार एलवी क्षेत्रीले सामाजिक सञ्जालबाट प्रश्न गरे, ‘यी ‘बुल’हरू कस्को मनोरञ्जनका लागि लड्छन् ? आफ्नो वा दर्शकको ?’ पशु अधिकारकर्मी विना पन्तले गोरु जुधाइलाई नराम्रो संस्कृतिको संज्ञा दिए । तारुकाको चन्दनीमा विरोधको कुनै गुञ्जायस थिएन । गाउँगाउँबाट हजारौँ मानिस पर्व हेर्न ओइरिएका थिए । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला पनि सो प्रतियोगिता अवलोकन गर्न आइपुगे ।
सातविसेमा पहिलो पटक
विदुर\गोरु जुधाएर माघे संक्रान्ति मनाउने परम्पराले नुवाकोट जिल्लामा व्यापकता पाएको छ । यस क्रममा नुवाकोट जिल्लामा अर्को थप एक स्थानमा यो पालीबाट गोरु जुधाउन थालिएको छ । तादी गाउँपालिका वडा नं. ४ सातविसेमा यो पालीबाट स्थानीयहरूले संक्रान्तिमा गोरु जुधाउने परम्पराको सुरुवात गरे । यो बाहेक नुवाकोटको पाँच स्थानमा औपचारिक रुपमा गोरु जुधाई मेला भएका छन् । तारकेश्वर गापाको  तारुका, विदुर नपाको बेत्रावती, पञ्चकन्या गापाको घलेभञ्याङ्ग, लिखु गापाको कट्टिछाप र शिवपुरी गापाको शेराबगरमा गोरु जुधाई भयो । तारुकामा २१, बेत्रावतीमा १५, घलेभञ्ज्याङ्गमा १०,  कट्टिछापमा ४, शेरावगरमा १० हल, सातबिसेमा १० हल जुधे ।
बेत्रावतीको गोरु जुधाई मेलाको उद्घाटन प्रतिनिधि सभाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले गरे । उद्घाटन गर्दै उनले गोरु जुधाई मेलाले मनोरञ्जन मात्रै नभई पर्यटन बर्ष २०२० लाई सफल बनाउने दावी गरे । जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङले संस्कृतिमा धनी नेपालीले कला र संस्कृति प्रदर्शनीबाट नै मनग्य आर्जन गर्न सक्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले रमाईलोको लागी नभई ईतिहासलाई जीबन्त बनाउन गोरु जुधाई हुँदै आएको बताए । नेपाल–तिब्बत सन्धी (१८४९ असोज १७ गते) भएको खुशीमा जुधाउन थालिएको हो ।
सातविसेको गोरु जुधाईको उद्घाटन तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले गरेका थिए । उनले आफ्नो गाउँपालिमा हुने यस्ता अलौकिक सांस्कृतिक परम्पराले गाउँको पहिचान र पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने बताए । सातविसेमा यसपालीबाट सुरु भएको गोरु जुधाई मेलालाई अब बर्षेनी आयोजना गर्ने स्थानीय नागरिकहरूले बताएका छन् । 

धार्मिक पुस्तकालय बन्ने

बट्टार\शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सिमास्थल त्रिवेणी धाममा धार्मिक पुस्कतकालय निर्माण हुने भएको छ ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाले शिवपुरी वडा नं. ६ र ७ तथा पञ्चकन्याको वडा नं. ५ मा यही माघ १६ गतेबाट श्रीमद्भागत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । त्रिवेणी धामको प्रचारप्रसार, पुर्वाधार विकास तथा भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटक भित्र्याउनका लागि महायज्ञको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष लिलादेवी थापाले बताए ।
आइतवार बट्टारमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार माघ १६ देखि २४ गतेसम्म हुने महायज्ञमा एक लाख पर्यटक तथा भक्तजनको उपस्थिति रहने छ । कथा वाचक बाल व्यास विभूति ईश्वरकृष्ण महाराज रहनेछन् । त्यस्तै बौद्धधर्म गुरु खोम्पो कमल भण्डारीबाट समेत प्रवचन हुने आयोजक संस्थाका उपाध्यक्ष रामचन्द्र पाठकले बताए । महायज्ञबाट संकलन भएको रकमले उक्त स्थलमा वृद्धाश्रम, धार्मिक पुस्तकालय तथा पौराणिक संस्कृति अध्ययन केन्द्र बन्नेछ । विश्व प्रख्यात कथा वाचकको साथमा हुने महायज्ञमा सहभागि हुन आयोजक संस्थाले सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मालम्बीलाई आग्रह गरेको छ । 
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक पर्यटकका लागि आर्कषक स्थान रहेर पनि ओझेलमा परेको त्रिवेणी धामको प्रचार महायज्ञबाट हुने बताए । कार्यक्रममा नेकपा नुवाकोट क्षेत्र नं. २ का संयोजक पदम उप्रेती, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पत्रकार शिव देवकोटाले बोलेका थिए । 

तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिता सुरु

समुन्द्रटार\तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन भएको प्रतिस्पर्धामा आयोजक दुप्चेश्वर क्लब,पञ्चकन्या गाउँपालिकाको समुह, सोसल सर्भिस युथ क्लब समुन्द्रटार, तादी गाउँपालिकाको समुह र म्यागङ गाउँपालिकाको समुह बिजयी भएको छ । प्रतियोगितामा नुवाकोटको विभिन्न स्थानीयतहबाट नौ समुहले प्रतिस्पर्धाको लागी सहभागिता जनाएका छन् । नुवाकोटको अन्तर–स्थानीयतह पुरुष खुला प्रतियोगितामा दुप्चेश्वरबाट चार, पञ्चकन्याबाट दुई, तादीबाट दुई र म्यागङबाट एक समूहको सहभागिता छ ।

९० सालको भूकम्पको पनि स्मरण

रेडक्रसले प्रर्दशन गरेको भूकम्पिय सुरक्षा सम्वन्धि सडक नाटक ।
विदुर\मुलुकभर २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइको छ । १९९० सालमा गएको महाभूकम्पको स्मरणमा हरेक बर्ष माघ २ गते मनाइदै आएको भूकम्प दिवसलाई भवन निर्माण सुरक्षामा जोड दिदै यसवर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी निरन्तरता दिइएको हो ।
भूकम्पीय जोखिममा नेपाल विश्वको ११ औ स्थानमा रहेको छ । भने नुवाकोट  भूकम्प गएपछिको क्षतीको हिसाबले नेपालको तेश्रो स्थानमा रहेको छ । 
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण नेपालमा ठुलो धनजनको क्षती भएको छ । बिनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लामा मात्रै ११ सय १४ जनाको मृत्यु भएको थियो । यस्तै भुकम्पका कारण घाईते भएकाहरूको संख्या धेरै मात्रामा रहेका छन् । यसका साथै ७५ हजार भन्दा धेरै  घुधुरीमा क्षती पुगेको थियो ।
१९९० सालमा गएको भुकम्पको सम्झनामा मनाईदै आएको भुकम्प सुरक्षा दिबसको अबसरमा २०७२ बैशाखमा गएको भुकम्पले पाठ सिकाएको बिज्ञहरूले बताएका छन् । दिवसकै अवसरमा मुलुकभर भूकम्पबाट बच्नको लागि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
नुवाकोटमा पनि आपतकालिन कार्य सञ्चालन केन्द्र, शहरी विकास तथा निर्माण विभाग डिभिजन कार्यालय, जिल्ला समन्वय समिति नुवाकोट तथा अन्य सामाजिक सस्थाहरूले विभिन्न कार्याक्रम गरी दिवस मनायो । त्यस अवसरमा त्रिशुलीबाट बट्टारसम्म चेतनामूलक ¥याली निस्केको थियो । रेडक्रसले बट्टारमा सडक नाटक देखाएको थियो । जिल्लामा सञ्चालित  एफएम÷रेडियोहरूले सचेतना सम्वन्धि अन्तरक्रिया र सामाग्रीहरू प्रस्तुत गरेका थिए । 
¥याली पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भुकम्पको जोखिमलाई न्युनिकरण गर्ने उपायको बारेमा घरघरमा चेतना आबाश्यक रहेको बताए । कतिपय स्थानमा अपनाईएको सुरक्षाका उपायमा कमजोरी रहेकाले त्यसलाई नीतिगत सुधारको समेत आबाश्यक रहेको पण्डितले बताए । 

उपभोक्ता हितका लागि जनप्रतिनिधिको छलफल

विदुर\प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले कानून प्रगतिशिल हुने भएकाले समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने बताए । बजार ब्यबस्थापन तथा उपभोक्ता संरक्षण सम्बन्धि कानून तर्जुमा र कार्यान्वयन बिषयक अन्तक्रिया कार्यक्रममा उनले उपभोक्ता र उत्पादक बीचको दुरी हटाउन कानूनले मात्रै सम्भब नहुने बताए । त्यसका लागि उपभोक्ताहरू र उत्पादकहरूको समेत केही भुमिका रहने उनको भनाई छ ।
प्रदेश सांसद केशव पाण्डेले देखावटी रुपमा र अक्कालझुक्कल हुने बजार अनुगमनले उपभोक्ताहरूलाई हित नगरेको बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारले नागरिकहरूको संरक्षणका लागि अरोरात्र खटिरहनु पर्ने र बजार सबै नागरिकसंग सम्वन्धित भएकोले यसमा विशेष रणनीति अपनाउनु पर्ने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले आबाश्यक्ताको महशुस गरेको समयमा बजार अनुगमन तथा निरिक्षण गर्दै आएको बताए । उपभोक्ताहरू मर्कामा पर्ने वा ठगिने सम्भावनालाई पहिला नै रोक्नका लागि विदुर नगरपालिले बजार अनुगमन देखिका उपभोक्ताको हितका लागि अन्य काम गरिरहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष श्रीराम थापाले संबिधानले ताकेको नियामक निकाय सक्रिय नभएसम्म उपभोक्ताहरू अधिकारको संरक्षण नहुने बताए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले कानुनको कार्यान्वयन भन्दा पनि कानूनको पालना महत्वपुर्ण रहेको बताए ।

कुम्भेश्वरीमा सम्पन्न भवन

छहरे\शिवपुरी गाँउपालिकामा रहेको कुम्भेश्वर माविको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाख रुपैयाँको लगानीमा विद्यालयको १२ कोठे पक्की भबन निर्माण भएको हो ।
विद्यालय भबनको उद्घाटन र हस्तान्तरण गर्दै पुर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्ज‘ननरसिंह केसीले विद्यालय भबनको निर्माणसंगै प्रतिष्पर्धी शिक्षाको बिकासमा लाग्न विद्यालयलाई सुझाब दिए । भव्य विद्यालय भबनको उद्घाटन भएपछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले रुखमुनी बसेर आफुले विद्यार्थीलाई पढाएको स्मरण गरे ।

जनगणना २०७८ को तयारी थालियो

विदुर\१५ महिना अघि देखिनै नुवाकोटमा राष्ट्रिय जनगणनाको तयारी सुरु गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा जिल्ला तथ्याङ्क कार्यालय अन्तक्रिया गरेको छ । जनगणनालाई प्रभाबाकरी बनाउन नयाँ सूचक सहित समुदायमा जाने तथ्याङ्क कार्यालय नुवाकोटले जनाएको छ ।
तथ्याङ्क अधिकृत नरेन्द्र शर्मा भट्टले जनगणनाको इतिहास, बर्तमान अवस्था, जनगणनामा समेटिने विषयबस्तु लगायतका विषयमा प्रकाश पारेका थिए ।
अधिकृत भट्टले राष्ट्रिय जनगणना २०७८ को सन्र्दभमा गरिने कामको जानकारी दिएका छन् । शुक्रावार जिल्लाका सरोकारवालारुसंग र बिहिवार पत्रत्रकारहरूसंग कार्यालयले बेग्लाबेग्लै अन्तरक्रिया गरेको छ । 

ग्रामीण खोप क्लिनिक बन्दै

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनीस्थित अदुवाबारीमा ‘ग्रामीण खोप क्लिनिक’ बन्न थालेको छ ।
गाउँपालिकाको २३ लाख ५० हजार रुपैयाँमा निर्माण हुने क्लिनिकको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले शिलान्यास गरे । पालिका भित्रका नागरिकको स्वास्थ्य सुविधालाई प्रथामिकता दिन आवश्यकताको आधारमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण थालिएको उनले बताए ।

आमाको सम्झाना कपडा वितरण

विदुर\तारकेश्वर गाउँपालिका–३ तारुकामा रहेको तारकेश्वर आधारभुत विद्यालयमा पुर्व शिक्षकले न्यायो कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् । त्यस विद्यालयका पुर्व शिक्षक देवप्रसाद अधिकारीले आफ्नो स्वर्गिय आमा इन्द्रकुमारी अधिकारीको सम्झनामा विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गरेका हुन् ।
वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठबाट शिक्षक अधिकारीले २० जना विद्यार्थीलाई कपडा र शैक्षिक सामाग्री वितरण गरेको विद्यालयले जनाएको छ । अधिकारी हाल कृष्ण मावि तारुकामा पढाउछन् ।

कुटपिटबाट युवकको ज्यान गयो

विदुर\कुटपिटका कारण रसुवाको गोल्जुङका एक युवकको ज्यान गएको छ । आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ गोल्जुङका ४६ वर्षीय सार्की गुरूङको मृत्यु भएको हो ।
स्थानिय मिङ्गार सिंगी तामाङले उनलाई कुटपिट गरेको र सोही कारण गएको शनिबार राति गुरूङको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।
यसैबीच रसुवागढी नाकाबाट अमेरिकी डलर सात हजार सहित रसुवा गोल्जुङका एक युवक शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कान्छाकुमार घले छन् । उनले उत्तः अमेरिकी डलर लुकाइछिपाई केरूङतर्फ लान लागिएको अनुमान रसुवा प्रहरीको छ ।

२०७६ माघ ६ गतेको सम्पादकिय

पहिचानमा केन्द्रित गरौं
नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको नुवाकोट महोत्सवको छौठौ संस्करण प्रस्तुत भइरहेको छ । जिल्लाको तमाम् सम्भावना र अवसरलाई प्रस्तुत गर्ने साझा र खुल्ला मञ्चको रुपमा महोत्सवलाई संघले प्रत्येक पटक प्रयोग गर्ने प्रयास गर्दैछ । सुरु सुरुका महोत्सवहरूमा नागरिकहरूको र आयोजकको पनि उत्साह त्यसैपनि भरिदै आएको थियो । अब अवस्था फेरिएको छ । परिस्थिति र नागरिकहरूको अपेक्षा बदलिएसंगै महोत्सव पनि बदलिनु पर्ने छ । तेश्रो÷ चौथोे महोत्सवसम्म मनोरञ्जनको लागि मात्रै पनि नागरिकहरू महोत्सवको प्रतीक्षामा रहने गरेका वा नुवाकोट महोत्सवलाई प्रयोग गर्ने गरेका थिए । अहिले ग्रामिण भेगमा समेत बढ्दो ईन्टरनेटको प्रयोगले मनोरञ्जनका लागि वा प्रतिष्ठित कलाकारको अनुहार नजिकैबाट हेर्नका लागि महोत्सवमा गइरहनुपर्ने अवस्था कसैमा पनि छैन । हातहातमा भएको एनरोइड मोवाइलले नै आम दर्शकहरूलाई त्यस्ता रहर केही हदसम्म मेटाएको छ ।
अघिल्लो नुवाकोट महोत्सवमा सहभागि दर्शकहरूकै अपेक्षामा ठूलो बदलाव आएको थियो । तीन वर्ष अघिको महोत्सवमा सहभागि भएकाहरूले जिल्लाको पहिचान, कला संस्कृति, परम्परा तथा जिल्लाको मुलभुत पक्षलाई स्टलमा बढी खोजेका थिए । नकि, राष्ट्रिय कलाकारहरूको प्रस्तुती, बहुराष्ट्रिय कम्पनीका सामाग्रीले भरिएका स्टलहरू । तीन वर्ष पछिको समयमा झन् नागरिकहरूको अपेक्षा महोत्सव प्रति बिल्कुलै फरक भएको हुनुपर्छ । परम्परागत कुरा, नुवाकोटको भनेर गर्व गर्न सकिने भौतिक तथा अभौतिक पक्षको प्रस्तुति महोत्सवमा दर्शकहरूले खोजिरहेका छन् । अथवा तीन वर्ष अघि भन्दा बढी अबको दर्शकहरूले त्यस्ता कुराहरूको खोजी गर्नेछन् । त्यसैले पनि नुवाकोट उद्योग बाणिज्य संघले छैठौं नुवाकोट महोत्सवलाई विशेष र एउटा उदाहरणिय महोत्सवको रुपमा पेश गर्नु जरुरी छ । त्यसका लागि जिल्लाको पहिचान बोकेका कला, संस्कृति, जनजीवन, भेषभुषा, ऐतिहासिक पक्षहरूलाई बढि प्रस्तुत गर्नुपर्ने देखिएको छ । त्यसो नहुँदा नुवाकोट उद्योग बाणिज्य संघ जस्तो सयौं सदस्य (झण्डै तीन हजार) रहेको छाता संस्था र आधा दर्जन महोत्सव गरिसेकको अनुभवी संस्थाको ब्यानरमा भएको महोत्सवमा र अन्य कुनै एएटा क्लवले गर्ने महोत्सवमा खासै भिन्नता नरहन सक्छ । छैठौं नुवाकोट महोत्सवलाई नुवाकोटको गरिमा, इतिहास, संस्कृति र जनजीवन प्रस्तुत गर्न तर्फ केन्द्रित गरौं ।   

Monday, January 13, 2020

नुवाकोटमा पृथ्वि जयन्ती, १२ वर्षपछि सरकारले मनायो

देविघाटस्थित शाहको पुर्णकदको शालिक
पृथ्वि जयन्तिको पुर्व सन्ध्यामा शनिवार दिउँसो
रंगरोगन गरेर टल्काईदै । तस्बिर: किरण लोहनी 
विदुर\राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार नुवाकोट जिल्लामा औपचारिक कार्यक्रमहरू मात्रै भएनन्, १२ वर्ष अघि सरकारले हठात् उपेक्षा गरेको यो दिवसलाई फेरि स्थानीय सरकारहरूले हर्षोल्लासका साथ ग्रहण गरेका छन् । यो अवसरमा नुवाकोटमा २५४ वर्षसम्म राजधानी रहेको स्मरण गर्दै जिल्लावासीले ईतिहासप्रति गर्व गरेका छन् ।
नुवाकोटको दुई स्थानीय सरकराले आइतवार सार्वजनिक बिदा दिएको थियो । विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सार्वजनिक विदा दियो । यो संगै सरकराले १२ वर्षपछि शाहको जन्मजयन्ती र एकता दिवसलाई औपचारिक रुपमा ग्रहण गरेको पृष्टि गरेको छ । २०६२÷६३ को जनआन्दोलन सफल भएपछि नुवाकोटको साततले दरवार परिषरमा आयोजित कार्यक्रममा (२०६३ पुस २७) दिवस मनाईरहेका नागरिक र तत्कालिन राप्रपाका नेताहरू माथी आक्रमण भएको थियो । त्यस बेलाको नेकपा माओवादीले शाहको जन्मजयन्ती मनाउनेहरू गणतन्त्रको विरोध रहेको भन्दै कार्यक्रममा सहभागिहरूलाई कुटपिट गरेर लखेटेका थिए । १२ वर्षपछि खोला पनि फर्कन्छ भनेजस्तै गरी नुवाकोटमा राजनीतिक आस्था भन्दा माथी देखिएर सरकार, राजनीतिक दल र नागरिक समाजले राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको २९८ औं जन्म
जयन्ती तथा राष्ट्रिय एकता दिवस विदुर नगरपालिकाको कार्यालयले नुवाकोट दरवार परिषरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो । नुवाकोटको ऐतिहासिक गरिमा उजागर गर्नका लागि भब्य कार्यक्रमको आयोजना गरिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । डुँडिखेलमा भएको कार्यक्रममा शोभायात्रा, पुरस्कार वितरण र शाहको योगदानको बारेमा चर्चा भएको छ । २९८ औं राष्ट्रिय एकिकरण दिवस मुल समारोह समिति गठन गरेर नगरपालिकाले औपचारिक कार्यक्रम गरेको हो । 
यस्तै, पृथ्वी स्मारक संरक्षण समितिले समेत शाहको देहवशान भएको देविघाटमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । समितिले वर्षेनी पुस २७ मा कार्यक्रम गर्दै आएको छ । नेकपा मालले समय कार्यक्रमको आयोजना गरी शाहको राष्ट्र निर्माणको योगदानको चर्चा गरेको छ । माले नुवाकोटका अध्यक्ष कृष्णहरि गजुरेलले शाह र नुवाकोटको सम्वन्ध, नुवाकोटप्रति उनको योगदान अन्यत्र भन्दा अधिक रहेकोले नुवाकोटमा उनको जन्मोत्सव र एकता दिवसको अवसरमा विशेष हुनुपर्ने छ ।
विदुर नगरपालिकाले आइतवार आयोजना गरेको कार्यक्रमलाई केहि दिन अघि कुशबहादुर डंगोल अध्यक्ष रहेको मुल समारोह समितिले प्रचार गरेको थियो । सोही कार्यक्रमलाई विदुर नगरपालिकाले ग्रहण गर्दै यो सालबाट नियमित रुपमा गर्ने गरी नगर प्रमुखको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । 
पोहोरसम्म शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेहरूलाई राजावादीको रुपमा उपेक्षा गरिन्थ्यो । नेकपा तथा काँग्रेसका नेताहरू कार्यक्रममा सहभागि भएपनि उनीहरू माथी नै आलोचना हुँदै आएको थियो । काँग्रेस नेता अर्जुननरसिंह केसी गणतन्त्र स्थापनापछि देविघाटनमा आयोजित एकता दिवसको कार्यक्रममा लगातार दुई वर्ष सहभागि भएपछि उनकै पार्टी भित्र र अन्य दलमा समेत आलोचना भएको थियो । उनले २०६४ सालदेखिनै शाहको योगदनाको चर्चा गर्न नेपालीहरूले कन्जुस्याई गर्न नहुने बताउदै आएका थिए ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले तत्कालिन बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । नुवाकोटमा भएका औपचारिक कार्यक्रमहरू जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा चर्चा भएको छ । वि.सं. १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनी पराजित हुनुपरेको थियो । उनी वि.सं. १८०१ मा नुवाकोटमा विजयी भएका थिए । उनी कीर्तिपुरमा पनि दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अंग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अंग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेक ाथिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका तत्कालिन अंग्रेज पनि उनीसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेखेका छन् । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको छ । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइहरू हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको थियो ।
शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भयो । शाहलाई राष्ट्र निर्माताको उपमा दिने गरिएको छ । आलोचकहरूले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका र्छन् ।

झोरमा सुरुङ अध्यायन

विदुर\उपत्यकालाई कम दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा नुवाकोट सुरुङमार्गको चिनियाँ टोलीले प्रारम्भिक अध्यायन गरेको छ । काठमाडांैको टोखादेखि थानसिंगको छहरेसम्म चिनियाँ प्राबिधिकहरूले अध्यायन गरेका हुन् । भु–बनोट, माटोको प्रकार र चट्टाटनको नमुना संकलन गरेका छन् ।
अध्यायन टोलीमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो ।  सुरुङको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा छ ।
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने प्रक्षेपण छ । 

एक वर्षमै भत्किन थाल्यो

विदुर\विद्यालयहरूको भवन निर्माणमा दिगोपन नभएको ट्रान्रपरेन्सी ईन्टरनेसनल नेपाल नुवाकोटले जनाएको छ ।
हतारमा पुनःनिर्माण भएका शैक्षिक संस्थाको भौतिक अबस्था निर्माण सकिएको १ बर्ष भित्र भत्किन थालेको कार्यक्रम संयोजक दिपेश घिमिरेले बताए । नुवाकोटमा पुननिर्माणमा देखिएको समस्याको बारेमा पत्रकारहरुसंग छलफल भएको छ । १२ वटै स्थानिय तहमा भएको पुनःनिर्माणको प्रगतीको अबस्थामा राज्यले निकालेको तथ्याङ्क फरक रहेको उक्त संस्थाले जनाएको छ ।
गुनासो फारम भरेर  लाभग्राही  सूचीमा पछिल्लो पटक समावेश मध्ये अधिकांश नक्कली भुकम्प पिडित देखिएको पत्रकारले बताएका छन् । ‘जनप्रतिनिधिसंगको सम्वन्धका आधारमा घरनै नभएकाहरु गुनासोबाट सिफारिसमा परेका र उनीहरुको नाम लाभग्राहीको सूचीमा देखिएको छ’, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भने ।
उत्तरगया दैनिकका सम्पादक शिव देवकोटाले सरकारकै हेलचेक्राई र अथितिले भुकम्प पिडितहरु मारमा परिरहेकोले नागरिक समाजले यस तर्फ आबाज बुलन्द गर्नुपर्ने बताएका छन् ।

राज्यको उपेक्षामा ब्यबसायी

बट्टार\नेपाल निर्माण ब्यबसायी संघका केन्द्रिय अध्यक्ष रबि सिंहले राज्यको ६५ प्रतिशत बिकासको बजेट खर्च गर्ने निर्माण ब्यबसायीलाई राज्यले उपेक्षा गरेको बताए । नुवाकोट निर्माण ब्यबसायी संघको १३ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले राज्यको ठुलो बजेट कार्यान्वयन गर्ने निकायलाई बिभिन्न ऐन नियम भन्दै काम गर्न नदिने खेलमा राज्य लागेको आरोप लगाए । नेपालका सबै निर्माण कम्पनीले काम गर्न सक्ने क्षमता राख्दा पनि ठूला कामको बहानामा बिदेशी कम्पनी भित्र्याउनु दुखद रहेको उनको तर्क छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बिकास निर्माणको पहिलो खुड्किलोको रुपमा निर्माण ब्यबसायीहरू रहेको बताए । उनीहरूलाई काम गर्ने बातावरण सिर्जना गरेमा मात्रै सम्बृद्ध नेपालको परिकल्पना गर्न सिकिने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मुलुक बिकासोन्मुख अबस्थामा रहेकाले सम्झौता गरेको अबधि भित्रै योजना काम सम्पन्न गर्न निर्माण ब्यबसायीहरूलाई आग्रह गरे । केहि समस्या रहेपनि राज्यसँग बसेर त्यसको समाधान छलफलबाट गर्न सक्ने भएकाले कामनै रोकेर बस्न नहुने पण्डितले बताए ।
नुवाकोट निर्माण ब्यबसायी संघका अध्यक्ष सुमन अधिकारीले स–साना कामहरूमा पनि राज्यले निर्माण ब्यबसायीहरूलाई ठग्ने गरेको दावी गरेका छन् । संघकको बार्षिक साधारण सभामा सहभागी भएका नुवाकोटका निर्माण ब्यबसायीहरूले केन्द्रको अधिकार स्थानिय तहमा आएपनि दक्ष, अनुभबी प्राबिधिक कर्मचारीको कमीले काम गर्न असहज भएको टिप्पणी गरे ।

नुवाकोटबाट ४२ जना हराए

विदुर\पाँच महिनाको अवधिमा नुवाकोटबाट ४२ जना हराएका छन् । यो संख्या साउन १ गतेदेखि मंसिर मसान्तसम्मको हो । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार हराएकामा महिला बढी छन्र । महिला ३६, बालक २ र बालिका ४ जना छन् । प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएका १५ र आफै घर फर्केका ७ जना छन् । अझैं १२ जना महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६÷०७७ सम्मको छ वर्षमा ६३७ जना नुवाकोटबाट हराएका थिए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराएका थिए । त्यस्तै विदुर नगरपालिकाबाट ८५ जना र बेलकोटगढी नगरपालिकाबाट ७७ जना नागरिकहरू हराएका छन् ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । ती हराएका मध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्र भेटिएको छ ।
तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवा÷युवतीहरू २२० जना, १८ वर्ष सम्मका १८०, ३१ देखी ५० वर्ष सम्मको १८७ र ५१ देखी ७० बर्षसम्मकामा ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना छन् । त्यस्तै,  सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेको प्रहरीको तथ्याङ्कमा छ ।
प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका रहेको बतायो । ति मध्ये ९७ महिला, १३ बालक र ३४ बालिका भेटिका थिए । ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।
तथ्याङ्क अनुसार ६ वर्षमा ६३७ जना हराएका थिए भने ५४९ जना मात्र भेटिएका थिए । ८८ जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । महिला, बालक र बालिका हराएको भन्दै सुरुमा प्रहरीमा निवेदन आउने भएपछि परिवारले भेटेपछि जानकारी नदिने कारणले तथ्याङ्क बढी भएको अनुमान प्रहरी कार्यालय नुवाकोटको महिला सेलका प्रमुख असई सुकु तामाङको छ । 

सडकको काम आधाआधि सकियो

विदुर\राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएका सोही योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
कामका लागि भौगोलिक रुपमा बढि कठिन रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशुली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको उनले बताए । त्यहाँ सडक चौडा पानृका लागि भिर काट्ने काम भइरहेको छ । दिउँसोको समयमा सडक निर्माणको कामले यातायातका साधन सञ्चालन हुन रोकिएपछि डाइभर्सन बनाइने भएको हो । 
धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म निर्माण भइरहेको सडकको प्रगति उत्साहजनक नभएकाले नदीमा डाइभर्सन बनाएर नियमित काम गर्न लागिएको हो । डाइभर्सन बनाएर नियमित कार्य सञ्चालन गरेर गल्छी हुँदै देवीघाटदेखि गङ्गटेसम्मको २८ किमि सडक तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यही सडकको तीन स्थानमा एकैसाथ कालोपत्रे गर्ने काम भइरहेको छ । कल्चौडी भिर र बुधसिंगघाट भिरबाहेक अन्य स्थानमा सडक चौडा गर्ने काम सम्पन्न भइसकेको बताइएको छ । मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरो लगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको आयोजना प्रमुख भण्डारीले बताए ।
सडक निर्माण अन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको हो ।
कार्यालय स्थापनाको समयमा नौ अर्ब ५० करोड रुपैयाँ बजेट अनुमान गरेपनि त्यो रकम अहिलेनै अपुग हुने देखिएको छ । योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुल निर्माण तर्फको प्रगती भने ३० प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । 

रसुवाको तातोपानी क्षेत्र प्रदुषित

विदुर\रसुवाको तातोपानी क्षेत्रमा फोहोर बढेको छ । यसले गर्दा रोगको संक्रमण बढेको पाइएको हो ।
नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाइहेपनि चिलिमेको तातोपानी लगाएत टिमुरे र स्याफ्रुबेशीको तातोपानी क्षेत्रमा अत्याधिक फोहोर बढेपछि पर्यटकहरूको आकर्षणमा कम पर्ने चुनौती देखिएको छ ।
तातोपानी क्षेत्रलाई पर्यटन विकासको लागि महिला तथा पुरुषका लागि नुहाउने धारा ,कुवा अलग नबनाएका कारणले पनि समस्या रहेको छ । सार्वजनिक शौचालय नभएका कारण जथाभावि दिशापिसाव गर्ने भएकाले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको छ ।तातोपानी नुहाउन जाने भक्तजनहरू दुर्ग्न्धित क्षेत्रमै खाना पकाउने खाने तथा अन्य कृयाकलाप गर्न वाध्य छन् ।
नुहाइसकेपछि लुगा फेर्ने घर दिसा–पिसाब फेर्ने सौचालय, खाजा खाने ठाउँ र बास बस्ने घर जस्ता पुर्वाधारको विकास भए मात्रै यहाँ पर्यटकको संख्या बढ्ने स्थानीयहरूले बताएका छन् ।
तातोपानी सहित गोसाइकुण्ड लाङटाङ क्याङजिङ लाङटाङ हिमाल तामाङ पदर्माग लाङसिसा नागथलि थुमन लगाएत थुप्रै ठाउँहरू रहेका छन् । खुल्ला दिसामुक्त जिल्ला घोषणा भई सकेपनि सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय बनाउने योजना तीनै तहको सरकारको नभएका कारण यो क्षेत्र दुगन्धित बन्दै गएको छ ।

नुवाकोट महोत्सवको तयारी तिब्र

कलाकारहरू टुङ्गो लगाउन संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती,
महासचिव कृष्ण अधिकारी, प्रवक्ता सविन राजभण्डारी
लगायत पदाधिकारी काठमाडौंमा । 
विदुर\नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ १६ देखि २६ गतेसम्म गर्ने भनिएको छैठौं नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ ।
भ्रमण वर्ष लाई लक्षित गर्दै गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरूभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका प्रबक्ता सबिनराज भण्डारीले बताए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरू गठन भएको छ ।
महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको १२ वटै स्थानिय तहलाई ५÷५ वटा स्टल उपलब्ध गराउने जनाएको छ । सबै स्थानिय तहले आफ्नो गाँउ झल्किने बस्तुहरूको प्रचार प्रसार गर्ने जनाएको छ ।
धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताईएको छ । २५० वटा स्टल रहने महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचान सहितका स्टल रहने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । 

घलेको स्मृतिमा स्वाथ्य भवन

गेर्खु\विदुर नगरपालिका वडा नम्बर ११ का एक स्थानियले नगर स्वास्थ्य क्लिनिकका लागि भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
स्थानिय प्रगती घलेको सम्झनामा उनका परिवारले नगर स्वास्थ्य क्लिनिकका लागि भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाको अभियानमा स्थानियको सहयोगले थप उत्साहि बनाएको बताए । नगरबासिहरूको स्वास्थ्य, शिक्षा, खानेपानी लगायत महत्वपूर्ण काममा नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
उपप्रमुख गिताकुमारी दाहालले नगर भित्र रहेका प्रत्येक नागरिकको समस्या हल गर्न नगरपालिका दत्तचित्त रहेको बताए । सामुदायिक रुपमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले वडा वडाबाट योजना छनौट गर्दै बजेट बिनियोजन गर्न थालेको बताए ।
स्थानिय भरतबहादुर घले र ज्ञानेन्द्रप्रकाश घलेले बुहारी प्रगती घलेको स्मृतिमा नगर स्वास्थ्य क्लिनिकको भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । ज्ञानेन्द्रप्रकाश घलेले आफ्नो स्वर्गिय श्रीमती प्रगती घले पेशाले नर्स भएकाले उनको स्मृतिमा स्वास्थ्य संस्था निर्माण गरेको बताए । 

प्रहरीको काम र गतिविधिको समीक्षा

विदुर\जिल्ला प्रहरी कार्यालय नुवाकोटले सञ्चालन गरिरहेको प्रहरी समुदाय साझेदारी कार्यक्रमको समीक्षा भएको छ ।
बिद्यालय देखि समुदायसम्म साँझेदारीमा सञ्चालन भइरहेको प्रहरीको कार्यक्रम प्रभावकारिताको समीक्षा भएको हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रबिधिको बिकाससँगै सुरक्षा चुनौती बढ्दो रहेको बताए । जसले गर्दा यो अभियानका कारण प्रहरी नागरिकहरूसंग हुने घुलमिलले नयाँ चुनौतीको समाधान भइरहेको विश्वास राखे । उनले पछिल्ले समय नुवाकोट प्रहरीले बढाएको सक्रियताले समुदायमा शान्ति र अमनचयन स्थापित भएको बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले प्रहरीलाई पर्ने जुनसुकै सहयोग स्थानिय तहले गर्ने र गर्दै आएको बताए । नुवाकोटमा देखिएका अपराधिक कार्यहरूलाई रोक्न १२ वटै स्थानिय तह प्रतिबद्ध रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरलले अपराधिक कार्यको अनुसन्धान स्वतन्त्र हुनु पर्ने बताए । दुरदराजमा घटेका घटनाहरूको अनुसन्धानमा स्थानिय समुदाय र राजनीतिक दलबाट हस्तक्षेप नभएको उल्लेख गर्दै नुवाकोटमान न्याय सम्पादनमा सहजता रहेको सुनाए ।
१२ वटै स्थानिय तहमा ईलाका प्रहरी कार्यालयको स्थापना भैसकेकाले जिल्ला भरिनै बलियो सुरक्षाको प्रत्याभुत दिलाउन प्रहरी सक्षम रहेको प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले बताए । 

सामाजिक सञ्जालबाट

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासको नवसञ्जीवनी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं नबिसंघ नुवाकोटका क्षेत्रिय अध्यक्ष कृष्ण मिश्रले आफ्नो जन्मदिन अवसरमा शनिवार विदुरस्थित ‘आमाको मायाको छात्रावास’मा केक काटेर मनाउदै एक थान टेलिभिजन सेट प्रदान गरेका छन् ।

उपत्यकाको फोहोर अब बञ्चरेमा

ककनी\ओखरपौवाको सिसडोलमा व्यवस्थापन हुँदै आएको काठमाडौँ उपत्यकाको फोहोर आउँदो फागुन महिनादेखि नुवाकोटकै बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा लगिने भएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ बञ्चरेडाँडामा निर्माणाधिन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने बताइएको छ । अब काठमाडौं उपत्यकाको फोहोर त्यही विर्सजन हुने छ । फागुन १ गते देखि नै फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपैयाँको लागत सम्झौतामा बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।
यसको निर्माणमा भइरहेको ढिलाईको बारेमा नुवाकोटका सांसदहरूले वारम्वार चासो व्यक्त गरिरहेका छन् । सांसदहरूले पटक पटक स्थलगत अनुगमन गरेर समयमानै काम सम्पन्न गर्न निर्देशन पनि दिएका थिए । अहिले फोहोर विर्सजन भइरहेको सिसडोल भरिएपछि त्यहाँ समस्या उत्पन्न भइरहेको छ । फोहोरबाट निस्केको लिचेडले स्थानीयहरू बिरामी पर्न थालेपछि उनीहरूले फोहोरको उचित व्यवस्थापन गर्न समेत काठमाडौं महानगरपालिका र नेपाल सरकारसंग आग्रह गर्दै आइरहेका छन् । तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार पहिलो चरणम ातयार भएको स्थानमा फोहोरको व्यवस्थापन हुन थाल्ने छ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम सम्पन्न गरिनेछ उनले बताए ।
अघिल्लो वर्षदेखिनै निर्माण आरम्भ भएको बञ्चरेडाँडा ल्याडफिड साइडको कामले अहिले तिब्रता पाएको हो । फागुन १ गतेबाटै प्रयोगमा ल्याउनका लागि भौतिक संरचनाको काम समयमै सकेर व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागले जनाएको छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्र सहित १७ सय रोपनी जमिन ओगटेको छ । जसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशतमा ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।
यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित ‘सेमिएरोबिक’ विधि अनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताएका छन् । उनका अनुसार जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ‘ट्रेन्च’ बनाइएको छ । ट्रेन्चमाथि ‘पेबल’ (गोला ढुङ्गा)लाई ‘जियोटेक्सटायल’ले बेरेर खाल्डो भरिनेछ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर ‘प्रुफिङ गरिने उनले बताए । त्यसमाथि पानी नछिर्ने गरी àजियोमेम्ब्रेन’ ओछ्याइने छ । त्यसमाथि पेबल राखेर लिचेट  निकाल्ने पाइप बिछ्याइन्छ । लेदो संकलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास संकलन गर्न पनि पाइप बिछ्याइनेछ । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् ।
फोहोरलाई श्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने विज्ञहरूले अनुमान गरेका छन् ।

चीनबाट १० लाख किलो प्याज

विदुर\चालु आर्थिक वर्षको ५ महिनामा रसुवागढी नाका हुँदै चीनबाट १० लाख किलो सुकेको प्याज आयात भएको छ ।
भारत सहित नेपालमा प्याजको भाउमा वृद्धि भएपछि रसुवागढी नाका हुँदै चिनिँया प्याज भित्रिन थालेको हो । चीनबाट आउन थालेपछि मात्रै नेपाली बजारमा प्याज सुलभ भएको हो । भन्सार विभागका अनुसार यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको हो ।
चीनबाट प्याज किन्न पाँच महिनामा नेपालले ८ करोड २१ लाख खर्च गरेको छ । नेपालले भारतबाट ३ करोड ५० लाखको मात्र प्याज किनेको छ ।

सुत्केरीलाई हातहातै अण्डा

विदुर\विदुर नगरपालिका वडा नम्बर ५ ले नगर स्वास्थ्य क्लिनिकमा खोप लगाउन आउने सुत्केरीलाई एक\एक क्रेट अण्डा बितरण गरेको छ ।
बच्चा जन्मेपछि लगातार सुई लगाउन आउदा १ क्रेट अण्डा वडा कार्यालयले उपलब्ध गराउने छ । यो अभियानको सुरुवात गएको हप्ताबाट भएको हो । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको यस नगर स्वास्थ्य क्लिनिकमा विदुर नगरपालिकाका अन्य वडा र बेलकोटगढी नगरपालिकाबाट समेत सेवा लिन आउने गरेका छन् । नगर स्वास्थ्य क्लिनिकमा आउने सबै सुत्केरीहरूलाई अण्डा उपलब्ध गराउने वडा नम्बर ५ का अध्यक्ष शिबकुमार चित्रकारले बताए ।

विप्लव जिल्ला सेक्रेटरी पक्राउ

विदुर\जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित विप्लव समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’लाई पक्राउ गरेको छ । उनी गएको सोमवार नुवाकोटकै तारेश्वर गाउँपालिकाको पयूटारबाट पक्राउ परेका हुन् ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए ।
विदुर–२ नुवाकोटडाडाँ, वडा नंं. १० गेर्खु, बेलकोटगढी नगरपालिका–४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न व्यक्तिसंग चन्दा उठाएको उनलाई अभियोग छ । 

दुई वटा बन्दुक सहित पक्राउ

विदुर\दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ बाट भरुवा बन्दुक सहित घ्याङफेदीका गुरुदोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी बुधवार दिउँसो घरबाटै पक्राउ परेका हुन् । जंगलमा भरुवा बन्दुक लुकाईएको भन्ने विशेष सूचनाको आधारमा समुन्द्रटारबाट गएको प्रहरीले २ थान बन्दुक सहित उनलाई पक्राउ गरेको हो । 

तस्बिर खबर

उज्यालोको खुसी :
बट्टारमा भएको मोतियाविन्दुको निःशुल्क अप्रेसनपछि आफ्नो फर्किको दृष्टिका साथ दंग देखिएका नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ कल्याणपुरका ७८ बर्षिय लिलाबहादुर कोइराला । 
–शंकर अधिकारी

दलित पत्रकारको संयुक्त शाखामा भड्ताल

विदुर\राष्ट्रिय दलित पत्रकार संघ नुवाकोट रसुवा शाखा गठन भएको छ । टिभि त्रिशुलीका पत्रकार संगम दर्जी भड्तालको अध्यक्षतामा समिति गठन भएको हो । उपाध्यक्षमा गोपाल मिजार, सचिबमा राजकुमार नेपाली, सह–सचिबमा झरना नेपाली, कोषाक्षमा कमला मगराती छन् । यस्तै, कार्य समितिको सदस्यहरूमा प्रमिला सुनार, पार्बती बिक, बिन्दा मिजार र मनिस परियार छन् ।
नुवाकोट र रसुवमा जिल्लाका कार्यरत दलित समुदायका पत्रकारहरूको भेलाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले नेपालमा बिधागत रुपमा पत्रकारको बिकास हुन जरुरी रहेको बताए । सक्रियाशिल पत्रकारहरूको क्षमता विकासका साथै नयाँ पत्रकारहरूलाई पेशामा आर्षणका लागि महासंघले काम गर्न लागेको उनले बताए ।
आउँदो माघ देखि १ बर्षसम्म पत्रकार महासंघले तालिम बर्षको रुपमा मनाउन लागेको बताउदै उनले नुवाकोटमा यो अवधिमा क्षमता विकासका लागि विशेष अभियान सञ्चालन हुने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्बर ३ का सचिब बशन्त परियारले पत्रकारितामा आबद्ध दलितहरूलाई एकजुट बनाउनको लागी संघ गठन भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका संस्थापक शिव देवकोटा, केन्द्रिय सभाषद् ध्रुवकुमार रावल, नुवाकोट शाखाका उपाध्यक्ष रुपा अर्याल, फोनिज नुवाकोटका सचिव गमला लामा, आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पाँचथरदेखि मध्ये पहाडी लोकमार्ग प्रचारमा

विदुर\नेपाल भ्रमण बर्षलाई सफल बनाउन पुर्बको चिवाभञ्ज्याङ पाँचथर देखि पश्चिमको झुलाघाट बैतडीसम्म पुग्ने मोटरसाईकल यात्रीलाई गएको हप्ता नुवाकोटमा स्वागत गरिएको छ ।
१७१६ किलोमिटर पुष्पलाल मध्य पहाडी लोकमार्गले २३ जिल्ला छुनेछ । २३ जिल्लाको बिभिन्न एतिहासिक स्थल, पर्यटकिय क्षेत्र, स्थानिय बस्तिहरूको प्रचार प्रसार गर्दै मोटरसाईकल यात्रामा आफुहरू नुवाकोट आईपुगेको पाँचथरका हर्क नेम्वाङले बताए ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका सबै जिल्लाहरूको पहिचान स्थापित गर्ने, पर्यटन बर्ष २०२० मा गतिलो गन्तब्य बन्न सक्ने स्थानहरूको पहिचान र प्रचारका लागि हिडेको उनीहरूले बताए छन् । पाँचथरबाट हिडेको छ दिनमा उनीहरू नुवाकोट आइपुगे ।
उनीहरूलाई जिल्ला समन्वय समिति र नुवाकोट उद्योग बाणिज्य संघमा स्वागत गरिएको थियो । संघमा भएको कार्यक्रममा उपाध्यक्षहरू गीता अमात्य, राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती, सचिव उपेन्द्र बुढाथोकी, प्रवक्ता सविन राजभण्डारी, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल लगायतले मोटरसाइकलबाट यात्रा गरिरहेका टोलीको स्वागत गरेका थिए । उनीहरू एक रात नुवाकोटमा बिताएर धादिङ्ग हुँदै बैतडी तर्फ लागेका छन् । 

सामुदायिक होमस्टेमा प्रदेश सरकारको सहयोग

विदुर\आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेश नं. ३ सरकारले सामुदायिक होमस्टे सञ्चालनका लागि एक करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । त्यसमा नुवाकोट जिल्लाको पनि केही सामुदायिक होमस्टे पर्ने भएका छन् । प्रदेश सरकारले उक्त कार्यक्रममा समावेश हुन चाहाने समुदायका लागि खुल्ला सूचना जारी गरेको छ । 
उद्योग पर्यटन तथा वन मन्त्रालयले नौ वटा सामुदायिक होमस्टे चलाउन एक करोड १० लाख रुपैयाँ छुट्याएको होर । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेलाई राज्यले नै बिकास गर्ने जनाएको छ । सामुदायिक रुपमा सञ्चालन हुने होमस्टेको लागी १० लाख रुपैयाँ सम्मको अनुदान उपलब्ध गराउने तयारी छ । जसका लागि प्रस्तावना माग भएको छ ।  एउटा सामुदायिक होमस्टेलाई १० लाख रुपैयाँ अनुदान दिने नीति रहेको छर ।
नुवाकोटको दुप्चेश्वर गाँउपालिका, विदुर नगरपालिकाको वडा नम्बर २ साततले दरबार पसिर र म्यागङ गाँउपालिकाको बुङताङमा रहेको होमस्टेलाई प्रदेश सरकारले सहयोग गर्न लागेको बुझिएको छ । ति बाहेकका नयाँ स्थानमा होमस्टे सञ्चालन गर्ने समुदायले समेत प्रदेश सरकार समक्ष प्रस्तावना पेश गर्न सकिने बताइएको छ । भ्रमण वर्ष २०२० का लागि यो कार्यलाई अघि सारिएको समेत बताइएको छ । 

रसुवागढी आयोजनाको काम ७१ प्रतिशत सकियो

धुञ्चे\रसुवाको टिमुरेमा निर्माण भइरहेको रसुवागढी आयोजनाको ७१ प्रतिशत काम सकिएको छ । आयोजना प्रमुख छवी गैरेका अनुसार सन् २०२० फेबु्रअरी भित्र १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । त्यसका लागि आयोजनामा कार्यरत ३० भन्दा बढी प्राविधिक अहोरात्र काममा लागेका छन् ।
रसुवागढी मुनी बाँध बाध्ने, डिसेन्ड पोखरी, बालुवा थिग्य्राउने पोखरी, विद्युत गृह निर्माण को काम अगाडी बढेको छ । चार हजार एक सय ८५ मिटरको हेड रेस सुरुङ भने गत वर्षमा निर्माण सम्पन्न भइसकेको छ ।
चार वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरि राष्ट्रिय प्रसारणमा विद्युत पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको रसुवागढी अवरोध भुकम्पको असर जस्ता विविध कारणले निर्धा्रित समयमा निर्माण सम्पन्न पुरा नहुने भएको छ ।
आयोजनाको निर्माण लागत १३ अर्व ६१ करोड ४० लाख छ । सुरुङ भित्र पानी पठाउन बाहिरी सतहको भोटेकोसीमा एक बाध रहने र विद्युत गृह बालुवा थिग्य्राउने पोखरी समेतका सम्पुर्ण संरचना भुमिगत रहने छ ।
यस आयोजनाबाट बार्षिक ६१ करोड ४० लाख युनिट विद्युत उत्पादन हुने प्राविधिकहरूले बताए । टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने विद्युत गृहमा तीन वटा फ्रान्सिस नामको टर्वाइन जडान गर्ने काम भइरहेको छ ।
बाँध बाधिएको स्थल भोटेकोसीदेखी प्रतिसेकेन्ड ८० घनमिटर विद्युत पुग्ने बताइएको छ । आयोजनाको निर्माण स्थल कडा खाले पहाडभित्र रहेका कारण भोटेकोसिमा आउन सक्ने बाढी, भुक्षय, भुकम्प तथा चट्याङ जस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरूले बताए ।

प्रदेश राजधानी नुवाकोट हुनुपर्ने सांसहरुको माग

विदुर\प्रदेश नं. ३ को केन्द्र र नामको विषयमा नुवाकोटका सांसदहरूले सहजमती जनाएका छन् । नेकपाका सांसद हिरानाथ खतिवडा र काँग्रेसका सांसद कल्पना नेपालीले नुवाकोट राजधानी हुने आधार सहित असहमती जनाएका हुन् ।
प्रदेश नं. ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा बनाउन नेकपाको केन्दीय कमिटीले दिएको निर्देशन प्रति प्रदेश सभामा नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले आपत्ति जनाएका छन् । प्रदेश सभामा नुवाकोटबाट उनी सहित ५ जना सदस्य छन् । प्रदेश नं. ३ को राजधानीको केन्द्र चयनको सम्बन्धमा नेकपाका सांसदहरू एक आपसमै बाझिरहेको समयमा नेकपाका नुवाकोट अध्यक्ष खतिवडाले नेतृत्वको निर्णय मान्य नहुने भन्दै त्यसलाई सच्याउनको लागी माग गरे ।
उनले प्रदेश नम्बर ३ को सदनमा नुवाकोट नै प्रदेशको राजधानीको केन्द्रको लागी उपर्युक्त रहेको बताए । प्रदेश नम्बर ३ को १३ वटै जिल्लालाई सहज र पायक पर्ने स्थानको रुपमा नुवाकोट रहेको उनको भनाई छ ।
प्रदेश सभामा छुट्टा छुट्टै सम्बोधन गर्दै सांसदद्धय खतिवडा र नेपालीले नेकपाको केन्द्रीय कमिटीले केन्द्र कहाँ बनाउने भन्ने निर्णय गर्नु प्रदेश सभा र प्रदेश सांसदहरूको अधिकार क्षेत्रभित्र प्रहार भएको बताए ।
नुवाकोटबाट निर्वाचित प्रदेश सांसद बद्री मैनालीले झण्डै दुई वर्ष अघि नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउन माग गर्दै संसदमा प्रस्ताव दर्ता गराएका थिए । हेटौडा र काभ्रेपछि प्रदेश राजधानीको लागि नुवाकोटको नाम चर्चा हुँदै आएको थियो । 

जन्मभुमी र सारथीको साधारण सभा

विदुर\शनिवार किस्पाङ गाउँपालिका वडा नं. ५ मा रहेको जन्मभुमी कृषि सहकारी संस्था र विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण छुट्टा छुट्टै कार्यक्रमका बीच सम्पन्न भएको छ । जन्मभुमीको पाँचौ र सारथीको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सारथी सहकारीको बार्षिक साधारण सभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सहकारीले सरकराले लिएको ‘सुखी नेपाली’को अभियानलाई पुरा गरिरहेको बताए । उनले एक व्यक्ति एक सहकारीको अभियानले विशेष गरी विदुर नगरपालिकामा सार्थकता पाउदै गरेको उल्लेख गरे । सहकारीले कृषक, साना व्यवसायी तथा आम नागरिकहरूको भावना समेटेर चल्ने हुँदाले समुदायको भरपर्दो साथीको रुपमा रहेको उल्लेख गरे । सहकारीले ५ करोडको ऋण लागानी गरेको छ । सहकारीले ई–बैंकिङ सेवा सुरु गर्न लागेको सारथी सहरकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए ।
यस्तै, जन्मुभमी सहकारीको कार्यक्रममा अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष एवं नेकपा नुवाकोटका सदस्य यमकुमार खातीले कृषि सहकारी मार्फत स्थानीय निकाय बैज्ञानिक र आधुनिक कृषि उत्पादनमा नागरिकको बीचमा काम गर्न आग्रह गरे । कृषकहरूलाई व्यवसायी बनाउन स्थानीय निकायले भुमिका खेल्न भुल्नु नहुने उनको भनाई छ ।
विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले व्यवसायी कृषक बनाउन कृषकलाई उत्साह थप्ने काममा कृषि सहकारीहरूको महत्वपूर्ण भुमिका रहेको बताए । किस्पाङ ५ का वडा अध्यक्ष नरहरि भट्टले वडाको तर्फबाट सहकारीको कार्यक्रममा भरपुर सहयोग गरिने बताए । 

२०७६ पुस २८ गतेको सम्पादकिय

स्वागत योग्य कार्य
नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले गोरखाबाट सुरु गरेको पदयात्रा नुवाकोट हुँदै काठमाडौं पुग्यो । आइतवार काठमाडौंमा आयोजित राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा यो पद यात्रा विशेष आकर्ष र चर्चा रह्यो । नुवाकोट जिल्ला हुँदै अघि बढेको यो यात्राका कारण नुवाकोटको ऐतिहासिक पक्षहरू सतहमा आएका थिए । जसले गर्दा जिल्लाको शान र गर्व गर्न लाएकको विषवस्तु तयार भएका थिए । राष्ट्र निर्माता तथा एकीकरणकर्ता पृथ्वीनारायण शाहसंग सम्वन्धित कुराहरूलाई राजनीतिक आस्थाका रुपमा हेरिदा कयौं इतिहासहरू ओझेलमा पर्दै आएका छन् । तर, १२ वर्षपछि खोला फर्केको भनेझै नुवाकोट जिल्लामा ठिक १२ वर्षपछि स्थानीय सरकारले शाहको योगदनाको चर्चा गर्दै औपचारिक कार्यक्रमहरूको आयोजना गरेको छ ।
राजनीतिक दलहरूबाटै तिस्कृत पृथ्विजयन्ती र राष्ट्रिय एकता दिवस यो पालीबाट विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले स्थापित गराउने प्रयास गरेको छ । दुवै स्थानीय सरकराले आइतवार सार्वजनिक विदा दियो । विदुर नगरपालिले त झन् आफ्नै अध्यक्षतामा मुल समारोह समितिको समेत गठन गर्यो । आधुनिक नेपालको एकीकरण र विकासक्रमको सुरुवात भएको तिथि रहेको पुस २७ लाई विशेष रुपमा मनाउनुमा इतिहासविद्धहरूले तर्क गरिरहेका छन् । गणतान्त्रिक नेपालमा राजसंस्था र राजाको गुणगान गाउनु उपयुक्त नभएको ठहर दोश्रो जनआन्दोलनपछिको सरकारले गर्यो । त्यसअघि पुस २७ मा दिइदै आएको राष्ट्रिय विदा हटाइयो । हुन त अहिलेपनि संघिय सरकारले आइतवारलाई सार्वजनिक विदा दिएन, तर नुवाकोटका दुई वटा स्थानीय सरकारले आइतवार विदा दिएर पुस २७ को महत्वलाई पुनर्ताजकी गरेको छ । शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवसको महत्व अन्त भन्दा नुवाकोटमा बढी हुनु स्वाभाविक हो । नेपाल एकीकरणको सुरुवात, २५ वर्षसम्म नेपालको राजधानी र शाहको देहबशान भएको नुवाकोट । यसर्थ पनि यस दिवसलाई विदुर नगरपालिका र सुर्यगढी गाउँपालिकाले ग्रहण गर्नु स्वागत योग्य छ ।  

Monday, January 06, 2020

ऐतिहासिक पद यात्रा नुवाकोट आइपुग्यो

विदुर\नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ । गोरखा दरबारबाट सुरु भएको ‘एकीकरण टर्च’ ¥याली आइतवार नुवाकोट आइपुगेको छ ।
सामरी भञ्ज्याङबाट नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राती पृथ्वीनारायण शाहले निर्माण गरेको नुवाकोटको साततले दरबारमा ‘एकीकरण टर्च’ ¥याली आइपुग्ने कार्यतालिका छ ।
तालिका अनुसार नुवाकोट दरबार परिसरमा आज सोमवार विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हँुदै काठमाडौँस्थित सिंहदरबार परिसरको पृथ्वीनारायण शाहको शालिकसम्म पु¥याइने छ । त्यहाँ विशेष कार्यक्रम गरी ¥यालीको समापन गरिने तालिका छ ।
गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाडौं पुग्ने छ । पदयात्रामा गोरखाको रणसिंह दल, धादिङ्गको देवीदत्त गण र नुवाकोटको जबरजङ्ग गण सहभागि छन् । गोरखाबाट आइरहेको टोलीले धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएको छ । त्यस्तै त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजा सहित झण्डा र टर्च नुवाकोट ल्याएकोे छ ।
काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीमा (पुस २७) सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ । सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री भित्र्याउन अभियान सफल हुने बताइएको छ ।
गोर्खाली फौजले वि.सं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।
जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेका अनुसार ‘एकीकरण टर्च’ ¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएकाले नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सातबिसेमा पनि गोरु जुधाईने

खरानीटार\तादी गाउँपालिका वडा नं. ४ सातविसेमा यो पालीको माघेसंक्रान्तिबाट गोरु जुधाई मेला सुरु हुने भएको छ ।
नुवाकोटमा गोरु जुधाएर माघे संक्रान्ति मनाउने चलनको पछिल्लो प्रयोग सातविसेमा गर्न लागिएको हो । यो सालबाट सुरु हुने मेलाले सबै माघे संक्रान्तिमा निरन्तरता पाउने आयोजकले जनाएका छन् । स्थनायी नागरिकहरूको सक्रियतामा मेलाको आयोजना हुन लागेको हो । सातविसे बजारको पुछारमा रहेको सार्कीबगरमा गोरु जुधाई हुने र त्यसका लागि कृषहरूले गोरुको दर्ता सुरु गरेको बताइएको छ ।
नुवाकोटको तारुका, बेत्रावती, घलेभञ्याङ, लिखुको कट्टिछापमा माघे संक्रान्तिका दिन गोरु जुधाई मेला हुँदै आएको छ । यसै बीच, तारुकामा माघे संक्राान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन भएको छ । भोजबहादुर भण्डारीको अध्यक्षतामा १२ सदस्यिय मेला सञ्चालन समिति गठन भएको हो ।
कोषाध्यक्षमा मदन श्रेष्ठ, सदस्यहरूमा चन्दमान श्रेष्ठ, विष्णु श्रेष्ठ, कृष्णमान श्रेष्ठ, चूडाबहादुर बखेल, शिवराम अधिकारी, बदी प्रसाद ढकाल, लक्ष्मण प्रधान, राजकुमार श्रेष्ठ र अर्जुन भण्डारी छन् ।
बेत्रावतीमा पनि गोरु जुधाईको मेला व्यवस्थापनको लागि समिति बनाउने तयारी भइरहेको छ । यो पालीको कार्यक्रमलाई अझ व्यवस्थित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन यस पटकको माघे संक्रान्तिको मेलालाई प्रयोग गरिने स्थानीय अष्टमान डंगोलले बताए । 

नास्टको प्रतिवेदनमा असहमती

विदुर\ककनी गाउँपालिकामा रहेको सिसडोलमा भईरहेको फोहोर व्यवस्थापनलाई लिएर नास्टले सार्वजनिक गरेको तथ्य प्रति सिसडोल बञ्चरे सरोकार समिति आक्रोशित भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन  सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारी अनुसार नास्टले गत असोजदेखि सिसडोल क्षेत्रमा अध्ययन गरेको थियो ।
सिसडोल क्षेत्रमा बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नुवाकोटका पाँच पत्रकारलाई सम्मान र पुरस्कार

अतिथि तथा सम्मानित÷पुरस्कृत पत्रकारहरू । तस्बिर : सरोज
विदुर\नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले दुई जना पत्रकारलाई सम्मान र तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शुक्रवार विदुमा आयोजित सम्मान तथा पुरस्कार अर्पण समारोहमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यबाट सम्मान र पुस्कार प्रदान गरिएको हो । २०३८ सालबाट पत्रकारिता पेशामा सक्रिय माधवप्रसाद खनालदेखि सात वर्षअघि पत्रकारिता आरम्भ गरेका बसुधा केसीसम्म सम्मानित र पुरस्कृत भएका छन् । सम्मानित हुनेहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत  पत्रकारले ११ हजार १११ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित  पत्रकारमा नयाँ रुपरेखा साप्ताहिकका संस्थापक प्रकाशक÷सम्पादक माधवप्रसाद खनाल (सञ्चार उद्यमी सम्मान–२०७६) र सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी (दिर्घ सेवा सम्मान–२०७६) छन् ।
यस्तै, पत्रकार मोहनविक्रम ध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७६ त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट गोरखापत्र दैनिक तथा न्युज २४ टिभिका जिल्ला सम्वाददाता रामहरि गजुरेल र महिला पत्रकारिता पुरस्कार–२०७६ बाट सगरमाथा टिभिका समाचार वाचिका बसुधा केसी पुरस्कृत भएका छन् ।
यि तीन वटै पुरस्कार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पोहोर स्थापना गरेर प्रदान गर्न थालेको अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । पुरस्कारको नगद राशी सौजन्य क्रमशः डबली खबर डट कम, नुवाकोट जेसिस र त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएको छ ।
कार्यक्रममा माधवप्रसाद खनालले आफुले जवानीमा यही पेशाका कारणले पाएको हैरानी र जेलनेललाई सम्मानले भुलाएको बताए । ‘नयाँ पुस्ताले यसरी मेरो कामको मुल्याङ्कन गर्दा र मेरा दुःखका गाथाहरूलाई सम्मानमा परिणत गर्लान् भन्ने सोचेको थिइन’ खनालले भने । यस्तै सम्मानित पत्रकार किरणप्रसाद अधिकारीले आफुले पहिलो पल्ट २०५५ सालमा त्रिशुली स्कुलमा आयोजित फुटबल प्रतियोगिताको समाचार लेखेर रुपरेखा साप्ताहिकमा प्रकाशन गराएको स्मरण गरे । ‘जीवनका उर्वर समय यही पेशामा खर्च भएछ, मेरो यो समय खर्चको पनि केही मुल्य छ भनेर सम्मान दिने पत्रकार महासंघ प्रति आभारी छु’ अधिकारीले भने ।
पुरस्कृत पत्रकार नवदीप श्रेष्ठले आफुले त्रिशुली प्रबाह साप्ताहिकमा गाउँ बस्दा ताकानै समाचार लेखेर पठाउने गरेको स्मरण गरे । ‘१८ वर्ष अघि समाचार लेखेर हुलाक मार्फत् पत्रिकालाई पठाउथें, श्रेष्ठले भने– अब त अहिलेको यो समयमा हामीले सुरु गरेको पत्रकारिताको अभ्यास पनि रुची पुर्वक सुनिने सामाग्री बनिसकेछ ।’
पुरस्कृत अर्का पत्रकार रामहरि गजुरलले आफु जन्मनुपुर्व पत्रकारितमा लागेका माधवप्रसाद खनाल सम्मानित भएको मञ्चमै आफु पुरस्कृत हुनु भाग्यको विषय रहेको बताए । ‘आज छाती फराकिलो मात्रै भएको छैन, जीवनभरि पत्रकारिता गर्ने गौरवपूर्ण भारी बोक्न पाएको छु’ गजुरलले भने । पत्रकार बसुधा केसीले आफुले प्राप्त गरेको पुरस्कारले पेशाप्रति थप जिम्मेवारी सुम्पेको महाशुस गरेको बताए ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जीवनभरि नागरिकहरूको पक्ष र हकका लागि आग्रणी भूमिका निर्वाह गरिरहने पत्रकारहरूलाई नागरिक संस्थाबाटै सम्मान र आदारको खाँचो परिरहेको बताए । ‘त्यसैले पनि पत्रकार महासंघ जस्तो अग्रणी नागरिक संस्थाले समाजमा योगदान दिएका र दिइरहेका श्रमजिवीहरूको सम्मानमा हामी निरन्तर रहने छौं’ उनले भने ।
पत्रकारले सञ्चालन गरेको मिडिया लोकतन्त्रको जग
श्रमजिवी पत्रकार आफैले सञ्चालन गरेको मिडियालाई बलियो बनाउनु पर्ने पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले स्थानीय सञ्चार माध्यमहरूले स्थानीय नागरिकको बास्तविक जीवनलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने भएकोले राष्ट्रिय सञ्चार माध्यमसंग तुलना गर्न नमिल्ने बताए ।
पत्रकारले चलाउने र धनाढ्यले  चलाउने मिडियामा फरक रहेको उनले बताए । ‘पत्रकारले नै सञ्चार गरेको मिडियाले जनताको कुरा बोल्छ, केही सञ्चार माध्याम छन्, जो अन्य श्रोत प्रयोग गरेर सञ्चालनमा छन्, तिनीहरू कर्तुत लुकाउन मात्रै मिडिया सञ्चालन गर्छन्, आचार्यले भने– त्यसैले पनि पत्रकार
आफै सञ्चालक रहेको मिडियाहरू वास्तवमै लोकतन्त्रको जग हो ।’
औपचारिकतामा आधारित भन्दा खोजी गरेर तयार पारिएको समाचारको महत्व धेरै भएकोले गुणस्तरीय समाचार उत्पादनको लागि महासंघले पत्रकारहरूलाई विभिन्न किसिमका तालिमहरूको आयोजना गरिने केन्द्रिय अध्यक्ष आचार्यले बताए । ‘हामीले आउँदो माघदेखि २०७७ को पुसम्को एक वर्षलाई नेपाल पत्रकार महासंघको तालिम वर्ष घोषणा गरेका छौं, त्यसको लाभ नुवाकोटका पत्रकारहरूले पनि पाउने छन् ।’ समाजमा कलह निम्ताउने खालको र गलत समाचार लेख्ने पत्राकार कोही छ भने सिधै पत्रकार महासंघमा जानकारी गराइदिन समेत उनले आग्रह गरेका छन् ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले इमान्दारीताको साथ निष्पक्ष रुपमा रहेर आफ्नो ‘कलमी तागत’ देखाउन आग्रह गरे । मेयर पण्डितले जनप्रतिनिधि, कर्मचारी तथा संघसस्थाले गरेको राम्रा पक्षको बयान भन्दा पनि नागरिक हित विपरित कतै काम भइरहेको छ भने त्यस्ता विषयवस्तुप्रति खवरदारी गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । ‘हामी जनप्रतिनिधिले नदेखेका कुरालाई पत्रकारहरूले निर्भिकताका साथ औल्याउनु पर्छ, हामी सुधार गर्छौं’ पण्डितले भने । 
प्रेस युनियनका केन्द्रिय महासचिव अजयबावु सिवाकोटीले आफ्नो पेशासँगै नागरिकको वाक स्वतन्त्रताको पक्षमा रहेको कानून मात्रै पत्रकारहरूलाई मान्य हुनेछ भनेर सरकारलाई घचघच्याइरहेको बताए । सरकार नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा उभिन खोजेको भन्दै सच्चिन उनले चेतावनी दिए । ‘पत्रकार महासंघ र प्रेस युनियन यस्ता कुराहरूको निरन्तर खवरदारीमा छ, उनले भने– पत्रकारले स्वतन्त्रता प्राप्त गरेर मात्रै हुँदैन, नागरिकहरूको स्वत्नत्रता खुम्चिएको छ भने पनि त्यो हाम्रा लागि साझा सवाल हो ।’
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नम्बरर ३ का महासचिव कृष्ण सारु मगरले पत्रकारिताप्रति सरकारको दृष्टिकोण साँघुरो हुदै गएको बताउनुभएको छ । सरकारको विपक्षमा पत्रकार लाग्यो भनेर नेताहरू आफ्नो झोलामा पत्रकार र मिडिया बोकेर हिडिरहेको उनले बताए । ‘पत्रकार महासंघमा नेतृत्व गर्नका लागि दलगत रुपमा संगठन खडा गरेर पत्रकारहरूमा ल्याइने विभाजन राम्रो होइन, यो भन्दा माथी उठेर हामी सबै पत्रकारले समाजका लागि, एक÷एक नागरिकका लागि पत्रकारिता गरौं’ उनले भने । 
    कार्यक्रममा पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले पेशामा निरन्तर लागिरहेका पत्रकारहरूको सम्मान र पुस्कारले जिल्लाको गरिमा बढेको बताए । उनले पर्यटनको क्षेत्रका कमल चलाउने जिल्लाका पत्रकारलाई पुरस्कार प्रदान गर्न आफुहरू तयार रहेको घोषणा गरे ।
नेपाल वार एशोसियसन नुवाकोटका जिल्ला अध्यक्ष देवराज कँडेलले अग्रर र क्रियाशिल पत्रकारहरूको जम्माले जिल्लाले नै सम्मान प्राप्त गरेको महशुस भएको बताए । गैर सरकारी सस्था महासंघ जिल्ला अध्यक्ष मिनकुमार केसीले नागरिक संस्था मध्येको अग्रणी संस्था पत्रकार महासंघले जिल्लामा सञ्चालन गरिरहेको नागरिक अभियान र पेशको संरक्षण र विकासका कार्य अन्य संस्थाहरूलाई समेत नमूना रहेको बताए ।
नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी अझै पनि क्यामेरा देखाएर धम्याएको भरमा केही पत्रकारहरूलाई निर्णय व्यवसायीसंग रकमको मोलमोलाई गरिरहेको बताए । उनले केही पत्रकारहरूको त्यस्तो हर्कतका कारण प्रतिष्ठित पत्रकारिता पेशाको गरिमामा आँच आउन सक्ने भन्दै सुधार्न र सुध्रन आग्रह गरे ।
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा नेपाल नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, प्रेस संगठनका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा, प्रेस संगठनका केन्द्रिय सदस्य विष्णु तारुके, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी, जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधीवक्ता गोपाल ढकाल, प्रेस संगठन नुवाकोटका अध्यक्ष भोलाराज पौडेल, पत्रकार महासंघका केन्द्रिय सभाषद्हरू ध्रुवकुमार रावल, बद्री प्याकुरेल, नुवाकोट जेसिसका अध्यक्ष दुर्गाराज पाठक लगायतले समयसँगै समाचार तथा सूचना सम्प्रेशण गर्ने माध्यमहरूमा भइरहेको विकासलाई आत्मसाथ गर्दै पत्रकारहरूले आफुलाई विकास गर्नुपर्ने तर्क राखे । 

तस्बिर खबर

निर्माण हुँदै गाउँको सिंहदरवार ! : नुवाकोटको दुप्चेश्वर गाउँपालिका कार्यालय भवन मंगलवार समुन्द्रटारमा शिलान्यास गर्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ (बीचमा), गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ (दाँया) र उपाध्यक्ष अञ्जु आचार्य (बाँयाँ) । गाउँपालिकाको २४ कोठाको तीन तल्ले पक्की भवन निर्माणको लागत दुई करोड १६ लाख रुपैयाँ रहेको छ ।  –प्रितिका थापा