Saturday, February 12, 2022

कोरोनाले कुपोषण बढायो

विदुर । दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका बुद्धिमाया तामाङको १० महिने छोरोलाई कुपोषणले सर्ताएको छ । 

ज्याला मजदुरी गर्ने र शहरी क्षेत्रमा काम खोज्दै बालबालिकाको पालनपोषण गर्दै आएका उनले कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि परिवारमा समस्या भएको हो । स्वयंसेविकाको सल्लाहमा उनी स्वास्थ्यचौकी पुगे । तर भनेअनुसारको पोषतत्व भएको खाना खरिद गर्ने उनमा सामथ्र्य भने छैन । 

स्वास्थ्यकर्मीले औषधि लेखिदिँदै छोरोलाई हरियो सागपात, दूध, फलफूल, लिटोका परिकारको सन्तुलित भोजन गराउन सुझाएका छन् । उनको बारीमा मकै र कोदो मात्रै फल्ने गरेको छ । सागपात त अलिअलि देख्न पाइएपनि त्यहाँ फलफूल भने किनेर खानुपर्छ । १२ जनाको परिवारलाई बारीको उब्जनीले वर्षभरि खानै पुग्दैन । गरिबी र अशिक्षाले व्याप्त घ्याङफेदी नुवाकोटकै विकट क्षेत्रका रूपमा चिनिन्छ । बुद्धिमायाले जस्तै अरूले पनि स्वास्थ्यचौकीको सल्लाह अनुसार बच्चाहरूलाई खानपान जुटाउन सकेका छैनन् । सन्तुलित खानपानको वातावरण नमिलेर बच्चाहरूमा कुपोषण भैरहेको थाहा पाएपनि नागरिकहरू रोजगारी पाएपछी चिन्तित रहेका छन् । 

नुवाकोटको ग्रामिण भु–भागमा कोरोना संक्रमणका कारण कुपोषण हुने बालबालिकाको संख्या बढेको युनिसेफको प्रतिवेदनले देखाएको छ ।


नुवाकोटको घ्याङफेदीसँगै रसुवाको हिमाली भुभागमा अहिले कुपोषणको समस्याले सताउन थालेको छ । लामो समय सम्म कोरोना संक्रमणका कारण रोजगारी गुमाएको, पर्यटनमार्फत आम्दानी हुने क्ष्गोत्रमा पर्यटकको संख्या सुन्य भएपछी उनीहरू आफ्नो दैनिकी चलाउन समेत नसक्ने अबस्थामा पुगेका छन् । शरीरको आवश्यकता अनुसार पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन जस्ता पर्याप्त रुपमा सन्तुलित आहारहरू नै नपुगेर बालबालिकामा कुपोषण यथावत् रहेको युनिसेफको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे’ मा उल्लेख छ । 

हालै प्रकाशित सर्वेक्षणहरूले पनि कोरोना महामारीले गर्दा भरपेट खानका लागि संघर्ष गरिरहेको परिवारका बालबालिकाको पोषणमा थप असर पुगेको उल्लेख छ । युनिसेफले माघ ६ मा जारी गरेको ‘मातृ तथा बाल पोषण जर्नल’का अनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धिमा ‘हाल कायम असमानता र कोभिड–१९ महामारीका कारण’ जोखिम थपिएको छ ।

नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतीको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्यूनीकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकअनुसार ‘आवश्यक गतिमा’ अघि नबढिरहेको र कोभिड–१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले भनेको छ । 

कोरोनाले रोजगारी गुमाउने संख्या बढ्दा आर्थिक अभाव र गरिबीका कारण बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुगेको युनिसेफले उल्लेख गरेको छ । सबैभन्दा धेरै ९० प्रतिशतले पैसाको अभावले र ४३ प्रतिशतले खाद्य सामग्रीको मूल्यवृद्धिले खानका लागि संघर्ष गर्नुपरेको बताएका थिए ।

किसानले गहुँमा हाल्नका लागि मल पाएनन्


विदुर । गहुँ पसाउने बेला नुवाकोटका किसानले मलको अभाव खेप्नुपरेको छ । प्रत्येक बाली लगाउने समयमा नुवाकोटका किसानहरूले मल अभाब झेल्दै आएका छन् । धान, आलु, हिउँदे बाली लगायत बाली लगाउने र रसायनिक मलखाद दिनु पर्ने हरेक समयमा नुवाकोटका किसानहरू खाली हात बन्दै आएको छ । 

रसायनिक मल बिक्रि गर्दै आएको दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्दै आए पनि अभाब हुँदै आएको छ । 

रसायनिक मल अभाबकै कारण नुवाकोटमा प्रत्यके बालीको उत्पादनमा गिरावट आउने गरेको छ । अहिले गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै रहेका छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि आउने टुङ्गो छैन । 

यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन ।

मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।

गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । किसानले मल नपाउने र यो बेलामा ढुसी तथा सिँदुरे रोगले समेत सताउने भएकाले उत्पादनमा समस्या हुने भएको हो । 

क्याम्पस अध्यक्षमा श्रेष्ठ निर्वाचित


बट्टार । दुई वर्षदेखि चयन हुन नसकेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको सञ्चालक समिति बुधवार गठन भएको छ । क्याम्पसको छैठौं क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको अध्यक्ष श्रीराम श्रेष्ठ चयन भएका छन् । 

    अन्य आठ जना सदस्यहरूमा लिलानाथ न्यौपाने, मोहनबहादुर खड्का, सुरेन्द्र मुडभरी, केदार डोटेल, बद्री त्रिपाठी, प्रकाशचन्द्र ढुङ्गाना, भगवती खनाल र राजाराम अधिकारी छन् । क्याम्पस सभाले लबबहादुर डङ्गोलको संयोजकत्वमा तथा लेखा समिति समेत निर्वाचित गरेको छ । जसको सदस्यहरूमा गोपाल आचार्य र मनिषा सुनार छन् । 

श्रेष्ठ यस अघि पनि एक कार्यकाल क्याम्पस सञ्चालक समितिको अध्यक्ष बनिसकेका छन् । 

३३ लाख ६६ हजारको लागतमा गुम्बा निर्माण हुँदै

तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन शिलान्यास गर्दै सांसद हितबहादुर तामाङ

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ ।  एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गरेका हुन् । प्रमुख लामा शेरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङ, गाउँपालिकाका उपाध्यक्ष सीता खड्का, पवडा नं. ३ का अध्यक्ष रामबाबु पराजुली, राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका सव इन्जियर लक्ष्मीनारायण साह, स्थानीय लामागुरु श्रीमान् लामा, पञ्चकन्या मन्दिरका मूलपुजारी लालबहादुर तामाङ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी उपस्थिति थियो । 

संघीय सांसद तामाङ र प्रदेश उपसभामुख तामाङले निर्माण सुरु भएपछि भवनलाई पूर्णता दिनुपर्ने र त्यसका लागि अपुग बजेट जुटाउन आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गुम्बाको नयाँ भवन बनाउने वर्षौंदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै बजेटको पहल गर्न‘हुने संघीय सांसद र उपसभामुखलाई धन्यवाद व्यक्त गरेका छन् । गाउँको पुरानो गुम्बा निर्माणमा पहिलेदेखि नै पहल गरेको तर गाउँपालिकाको साधनस्रोतले नभ्याइरहेको अवस्थाले यो सपना अधुरो रहेको उनले बताए । स्थानीय सरकारको नेतृत्वमा आफू आइसकेपछि गाउँपालिकाको तर्फबाट सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग रहने उनको भनाई रहेको छ । 

पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्का पराजुलीले पनि उक्त गुम्बा भवन समयमै सकिने आशा व्यक्त गर्दै निर्माणका लागि नपुग बजेट व्यवस्थापनका लागि संघीय सांसद र उपसभामुख तामाङलाई आग्रह गरे । 

गुम्बा ८ सय स्वायर फिटको मौलिक डिजाइनमा बन्नेछ । गुम्बाका लागि स्थानीय छिरिङ तामाङले १ रोपनी जग्गा उपलब्ध गराएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुनिलदोर्जे लामाले जानकारी दिएका छन् । उनका अनुसार नयाँ गुम्बाका लागि ३३ लाख ६६ हजार ६०८ रुपैयाँ लागत अनुमान छ । जसमा स्थानीय पूर्वाधार विभाग, भूकम्पीय पुनर्निर्णाणामा शाखा पुल्चोक ललितपुरबाट २३ लाख बजेट उपलब्ध हुने छ । बाँकी ३० प्रतिशत बजेटमा आधा स्थानीय सरकार गाउँपालिकाले र गुम्बा व्यवस्थापन समितिले १५ प्रतिशत आर्थिकभार बेहोर्ने समिति अध्यक्ष लामाले बताए । 

नुवाकोटबाट सह–महामन्त्रि र सहायक महामन्त्रि


विदुर । रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीमा नुवाकोटका दुई नेता मनोनित भएका छन् । सह–महामन्त्रिमा झनक प्याकुरेल र सहायक महामन्त्रिमा दिपककुमार राई मनोनित भएका हुन् ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले गएको आईतवार पार्टीको विधान बमोजिम नुवाकोटका उनीहरूलाई मनोनयन गरेका हुन् ।

लामो समय राप्रपामा लागेका प्याकुरेल यस अघि जिल्ला विकास समिति नुवाकोटका सभापति समेत भइसकेका छन् । राईको भुगोल लिखु गाउँपालिका वडा नं. ४ मा गएको स्थानीय तह निर्वाचनमा सेटनै राप्रपाले जितेको थियो । 

नुवाकोट जेसिजको पदस्थापन


बट्टार । नुवाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा नवराज सुवेदी सहितको नयाँ कार्य समितिले गएको सोमवार एक समारोहका बीच पदस्थापन गरेको छ । वर्ष २०२१ का जिल्ला अध्यक्ष अञ्जली पाण्डेले वर्ष २०२२ का जिल्ला अध्यक्ष सुवेदीलाई पदस्थापन गराएका हुन् । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्इ अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

गएको शनिबार सम्पन्न सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । जिल्ला समितिको कार्यकारिणी उपाध्यक्षमा अरुणराज पाठक र विनोद लामिछाने, उपाध्यक्षमा करण खतिवडा किशोर अर्याल, निरोज चित्रकार र हेमन्त रिमाल चयन भएका छन् । अधिवेशनबाट महासचिवको जिम्मेवारी सुमन भण्डारीलाई र कोषाध्यक्षको जिम्मेवारी रामधन ढकाललाई दिइएको छ । 

रसुवाका ९५ प्रतिशतले लगाए पूर्ण खोप


धुञ्चे । रसुवा जिल्लाका ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार मापदण्ड पूरा गरेका १८ वर्षभन्दा माथिका नागरिकहरू ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।

तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १०६ जना रहेकोमा २९ हजार १०१ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९.९९ प्रतिशत हो । हालसम्म कोभिशिल्ड खोपको १ हजार ३० जनाले पूर्ण मात्रा लगाएका छन् भने २० हजार १५६ जनाले भेरोसेलको पूर्ण मात्रा लगएका छन् ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप २ हजार जनालाई लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुल ४ हजार २५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार रसुवामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको छ । जसमा ३ हजार ४०३ जना बालबालिकाले  कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनायो ।

सबैले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएपछि रसुवा पूर्ण खोपयुक्त जिल्ला पनि बनेको हो ।

गाउँपालिका र भूमि आयोगबीच सम्झौता

विदुर । रााष्ट्रिय भूमि आयोगसंग नुवाकोटको लिखु र तादी गाउँपालिकाले सम्झौता गरेको छ । दुई गाउँपालिकाले सुकुम्बासी तथा भूमिहिनहरूको भुमि सम्बन्धि सबै समस्या समाधान गर्न आयोगसंग सम्झौता गरेको छ । 

गएको सोमवार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ र तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले सम्झौता गरेका हुन् । उनीहरूसंग आयोगका तर्फबाट सदस्य सचिव अमिरप्रसाद न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आयोगका नुवाकोट जिल्ला संयोजक अर्जुनप्रसाद न्यौपानेको पनि त्यस अवसरमा उपस्थिति रहेको थियो । 





सुरुङमार्ग र रानीपौवा सडकप्रति चासो

अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नुवाकोटका माओवादी नेताहरू



विदुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा नुवाकोटका जनप्रतिनिधिहरूले टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाइदिन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । 
    लगातार तीन आर्थिक वर्ष बजेट छुट्याइए पनि काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको कुनै काम सुरु नभएको भन्दै संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले मंगलबार बिहान अर्थमन्त्री शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानसभा सदस्य विमला सुवेदी, वागमती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, सचिवालय सदस्य पुष्प लामिछाने सहितको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा–गुर्जे भञ्ज्याङ–छहरे सुरुङमार्गका साथै अलपत्र रहेको पासाङल्हामु सडकको बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार खण्ड निर्माण पनि छिटो सम्पन्न गर्ने पहल लिइदिन अर्थमन्त्री शर्मासँग माग गरेका छन् । तीन आर्थिक वर्षसम्म लगातार बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्ष २०७८/७९ को आधा समय वितिसक्दा पनि सुरुङमार्ग निर्माणसँग सम्बन्धित कुनै पनि काम अघि नबढिरहेकोले ध्यानाकर्षण गराएको सांसद हितबहादुर तामाङले जानकारी दिएका छन् । 
    आवश्यक पर्ने बजेट तथा आर्थिक स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिन र आवश्यक पहलकदमी लिइदिनको लागि यो ध्यानाकर्षण पत्र पेस गरेको उप सभामुख राधिका तामाङले बताए । टोखा–छहरे–गुर्जे भञ्ज्याङ सुरुङमार्ग निर्माणका लागि सरकारले २०७६/०७७ मा ४० लाख, २०७७/०७८ मा १५ करोड १० लाख र २०७८/०७९ मा ५० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शक्तिशाली छिमेकी मुलुक चीनलाई छोटो दुरीमा जोड्ने तथा दुई देशबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई थप सुदृढ गराउने विश्वास लिइएको टोखा–छहरे सुरुङमार्गको २०७६ माघ दोस्रो साता चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ टोलीका अनुसार चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । 
    यस्तै रानीपौवा–पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकारले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गर्न अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ यता, त्यसैगरी बालाजु–रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको नेता पुष्प लामिछानेले जानकारी दिएका छन् । 
    दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको सांसद तामाङले जानकारी दिए । बालाजु–रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।

नुवाकोट र सुन्दरादेवीको स्मरण

राम बहादुर सिंखडा, हाल चितवन

नुवाकोट दरवार क्षेत्रको पुरानो तस्बिर 

तत्कालिन सुन्दरादेवी गाविस (तामे, हाल तादी गाउँपालिका अन्तर्गत) मा २०५३ साल जेठ १३ गते गाविस सचिवको रूपमा स्थायी जागिर प्रारम्भ गरेको २०७८ जेठ १३ गतेबाट २५ वसन्त पार गरिसकेछ । विदुरदेखि बट्टार, ढिकुरे हुँदै आँपरहसम्म बस सेवा चालु भई सात विसे हुँदै समुद्रटार, शिखरबेशीसम्मको बाँकी कामको रेखांकन कोरिएर धमाधम सडक निर्माणको काम हुँदै थियो ।

आँपरहबाट सातविसेसम्म तेर्सो तेर्सो एक डेढ घण्टाको पैदल हिँडेपछि गन्तव्य (सुन्दरादेवी, तामे) जानेतिर थोरै उकालो चढ्नु पथ्र्यो । उकालो चढिसकेपछि चौतारीमा बसेर चिसो हावाका साथ थकाई मार्दा कम आनन्द आउँदैन्थ्यो । आजकल सातविसे हुँदै तामे भएर वाघमारा र समुद्रटार भएर सिखरबेशीसम्मै यातायातको सुविधा पुगेको रहेछ । आजकल बाघमारामा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति देखिने गरेको छ । यही ठाउँ भएर गोसाइँकुण्ड पनि जान सकिने रहेछ । चामलको लागि नेपालकै प्रसिद्ध ठाउँ शिकरबेसीमा खाना खाएको कहिलेकाहीँ सम्झना आउँदा अहिले पनि जिब्रो रसाई रहन्छ ।

गाविसको कार्यसञ्चालन उपाध्यक्षको घरमा बसेर तमाम गर्न‘पर्ने अवस्था थियो । टेबल कुर्चीहरू थिएनन् । ओछ्याएको सुकुलमाथि पलेंटी कसेर काम गर्न‘ पर्दा घुँडा र ढाडलाई उस्तै तक्लिफ हुन्थ्यो । सबै कागजात भगवान भरोसाको भरमा थन्क्याउनुपर्ने अवस्था थियो । भर्खरै भर्खरै गाविस कोषमा ५ लाख निकासा हुने क्रम चलिरहेको हुँदा लाभग्राहीको बाक्लै उपस्थिति र कागजातको आयतन बढ्दै जाँदा कार्यालय सञ्चालनको हिसाबले चिन्ताको विषय पनि उसैगरी थपिँदै थियो । ग्रामीण तहमा खाने बस्नेको समस्या उस्तै थियो। भाग्यवश एक जना आचार्य थरका पण्डितकहाँ सुव्यवस्थित रूपमा खानपानको व्यवस्था मिल्यो । मेरो लगभग २२ महिनाको त्यहाँको बसाइ खानपान र बस्ने व्यवस्थाको लागि थप तनाव बोक्नु पर्ने अवस्था रहेन ।

सदरमुकाम विदुरहुँदै बट्टारबाट आँपरहसम्म बस चले पनि बसको यात्राभन्दा पैदल यात्रा सुविधा लाग्थ्यो । कोचाकोच यात्रु, बाटोको दुरावस्थाबाट गुज्रिँदै गन्तव्यमा पुगेर ओर्लंदा गर्मी मौसममा त झन् कालको मुखबाट फुत्किएजस्तो लाग्थ्यो । त्यसैले रूख बुट्यानहरूको छेल पर्दै चिसो हावासँगै बहेली खेल्दै खोल्सीबाट झरेका कञ्चन पानी अञ्जुली थापेर पिउँदै लगभग ४ घण्टामा वट्टार, ढिकुरे, आँपरहदेखि सात विसेसम्मको यात्रा धेरैजसो हिँडेरै तय गरिन्थ्यो । ढिकुरे र आँपरह बजार थकाई मार्ने र भोक मेट्ने स्टेशन जस्तै थियो । सदरमुकाम विदुर गएर सातविसे फर्कंदा धेरैपटक आपरहमा बास बसाइको क्रममा मीठो अनुभूती संगालेको छु । मेरा लागि अहिले पनि पैदल यात्राको त्यो दिन अविस्मरणीय रूपमा रहिरहेको छ । कामको सिलसिलामा सदरमुकाम विदुर आएको बेला म लगायत अरू कर्मचारी साथीहरू मौका छोपी घरतिर जाने चाँजोपाजो मिलाउँथ्यौं। बिहानै ५ बजे नै नुवाकोटको विदुरबाट देवीघाट हुँदै त्रिशुलीको किनारै किनार पृथ्वी राजमार्गको गल्छी पक्डन्थ्यौं । त्यतिखेर गल्छी–देवीघाटको ग्रामीण सडक बन्ने क्रम चलिरहेको थियो ।

झण्डै २० किमि धुलेबाटोमा बीच–बीचमा आराम गर्दै सडक छेउछाउका पसलमा मकै, भटमास र मोहीले भोक र प्यास हटाउँदै झण्डै चार घण्टाको निरन्तर यात्रामा गल्छी पुगेर थकाइ माथ्र्यौ । गल्छीमा त्यतिखेर पुरानै शैलीका घरहरू राजमार्ग आसपासमा कतै–कतै देखिन्थे । त्रिशूलीको माछा सहितको स्वादिष्ट भोजन लिएर एक घण्टाको विश्रामपछि गल्छीबाट आ–आफ्नो गन्तव्यतिर लागिन्थ्यो । यातायातको असुविधाले गन्तव्यसम्म पुग्न असहज बनाए पनि गाउँको वातावरण भने रमाइलो थियो । हरिया वनपाखा, स्वच्छ हावा, कलकलाउँदो पानी, देउरालीको चिसो बतासमा सुसाउँथे सालका पातहरू उसैगरी लहलह परेका मौसम अनुसारका बाली । उत्पादन राम्रै लाग्थ्यो । तत्कालीन सुन्दरादेवी गाविसको ९ वडामध्ये वडा नं. ७, ८, ९ मा तामाङहरूको बाहुल्यता थियो । ती वडामा भएका बासिन्दासँग आत्मीयता घनिष्ठ थियो ।

कर्मचारीको रूपमा भन्दा पनि सहयोगी र सेवकको रूपमा प्रस्तुत हुँदै गएँ । पार्टीका जनप्रतिनिधिबीच रहेर काम गर्दा रमाइलो अनुभूति पाएँ । गाविसको नियमित कामले नै व्यस्त थिएँ । लेखापाल पदमा लिखित परीक्षाको जाँच दिएको लगभग नतिजा निस्कने समय भैसकेको थियो । बुधबारको गोरखापत्रमा ध्यान पुर्याए पनि नियमितता थिएन । गाउँमा पत्रिकाको नियमितता कसरी सम्भव हुन्थ्यो र । त्यसैले आफ्नो नतिजाप्रति मनमनै पिरली राखेको थिएँ ।

एकदिन अपरान्हतिर अचानक सोही गाविसको चिरपरिचित व्यक्तिको हातमार्फत् काठमाडौं घर भएका मेरा मित्रले खामबन्दी गरेर पठाएको चिठी हात पर्यो । एकान्तमा खोलेर हेरें । त्यो चिठीमा छोटकरीमा यति मात्र लेखिएको थियो, लिखित परीक्षा उत्तीर्ण गरेकोमा बधाई, अन्तर्वार्ता यति गते अर्थात् त्यो चिठी पाएको पर्सिपल्ट अन्तर्वार्ता तोकिएको रहेछ । हर्षको सीमा रहेन । साथीको त्यो पवित्र कार्यलाई मुरी–मुरी धन्यवाद दिएँ । सबै देवी देवता सम्झिएँ । दुःखमा मात्र ईश्वर सम्झिन्छन् भन्थे मान्छे सुखको यो क्षणमा आज म ईश्वरप्रति धेरै भरोसा गरें जस्तो लाग्यो । बालाई विशेष कामले काठमाडौं जान लागेको बताएँ । अन्तर्वार्तामा प्रस्तुत गरिने प्रमाणपत्र लगायत आवश्यक कागजात र सहयोगी एक दुई ओटा हल्का किताब झोलामा राखें। बिहान हतारमा बिर्सन सकिने भएकोले आवश्यक सामान सम्झी सम्झी जतन साथ राखें । बिहान ५ बजे नै झोला बोकेर लागे गन्तव्यतिर ।

बस चल्ने ठाउँ आपरहसम्म पुग्न घरदेखि झण्डै १ घण्टा लाग्थ्यो । पँधेर्नीहरू धारामा पानी थाप्न हिँडेकोबाहेक बाटोमा पूरै सन्नाटा थियो । संक्रमणकालीन अवस्थाले खेतबारीमा राखिएका बुख्याँचाले पनि बेला–बेलामा आँखालाई धोका दिएको हुन्थ्यो । आकाश खुला भएकोले मेरो शिरमा शित तपतप खसिरहेको थियो । मेरो संघर्षका कथा पढेर होला, मेरो यो जोखिमपूर्ण यात्रामा यसरी आँसु झारिरहेकी । आँपरह नपुगुन्जेलसम्म मेरा तर्कनाहरू पद मार्गमा विद्युतीय तरंगझैं दौडिरहे । ७ बजे बसमा चढेपछि भने हरियाली फाँटतिर पोखिएको सूर्यको पहेंलपुर किरणले थोरै आशा जगायो । यसले आफूलाई अलि हल्का बनाएको महसुस गरें । अन्तर्वार्तामा समय तालिका बमोजिम नै उपस्थित भै शिष्टताका साथ परिचय दिएँ । पहिलो पटक चितवन महोत्सव हुँदा चितवन सम्बन्धी लेखिएको किताब सोहीबेला महत्वपूर्ण लागेर खरिद गरी सुरक्षित राखेको थिएँ । सो किताब चितवनसँग सम्बन्धित इतिहास, संस्कृति, परम्परा र प्राकृतिक सम्पदासँग सम्बन्धित भएकोले र यस जिल्लाको बासिन्दा भएको नाताले पनि खुब चाख मानी मानी पढिन्थ्यो । चितवनको विषयवस्तुमा प्रश्नकर्ता केन्द्रित हुँदा ‘कानोलाई आँखा पाए’ जस्तो भयो । विषयवस्तु प्रति पूर्ण विश्वस्त भएर प्रस्तुत हुन पाउँदा नतिजा सुखद हुने कुरामा आत्मविश्वास जागेर आयो । साविकझैं काममा फर्किएँ । नतिजाको प्रतीक्षामा रहें । 

जतिसुकै राम्रो गरे पनि परिणाम नआउँदासम्मको अवस्था भने धुकचुकमै बिताउनु पर्दोरहेछ । अन्तर्वार्ताको नतिजा निस्कन धेरै समय नलाग्ने हुँदा २ हप्ताको समयलाई निकै चियो चर्चो गर्न थालें । सदाझैं दिनभरिको कामले थकित भएर बास स्थानतिर फर्कंदै थिएँ । घाम अस्ताउँदै थियो । नतिजाको सुखद खबर पाएपछि भने जिन्दगीको अर्को घाम पूर्वतिरबाट तत्कालै उदाएजस्तो भयो । नतिजाको सुखद परिणाम हात लाग्दा भुइँमै खुट्टै रहेन । मेरा हर्षका आँसु तप्प भुइँमा खसे । परिवार, साथी भाइबीच पृथक भएर बस्नु पर्दा खड्किएको अभावबीच पनि कत्रो आनन्द । वसन्त ऋतुको समय थियो । मैले आफूभित्रै ढकमक्क गुराँस फुलेको अनुभूति गरें । अन्तर्वार्तामा कथमकदाचित अनुपस्थित हुन गएको भए फेरि त्यो खुसीयाली यसै गरी छाउन निकै संघर्षमा मेरा भावी दिनहरू निरासाका घडीमा फनफनी घुमिरहेकै हुन्थे होलान् । लिखित परीक्षाको नतिजाको जानकारी दिने मेरा मित्रप्रति आज पनि उतिकै आभारी छु ।

कार्यालय जाँदा आउँदा बीच बाटोमा पर्ने सुन्दरादेवीसँग सुखद नतिजाको कामना गर्दै गन्तव्यतिर लागिन्थ्यो । मेरो कामना पूरा हुन गएकोमा धन्य–धन्य छ, सुन्दरादेवी तिमीलाई पनि। जहाँ पढ्नको लागि अनुकूल वातावरण नै थिएन । जिन्दगी भनेकै असम्भव कुरालाई सम्भव बनाउँदै आफ्नो बाटो आफैंले पहिल्याउँदै जानुपर्दो रहेछ । गाविसमा ५ लाख रुपैयाँको हिसाब किताब राख्न म एक जनालाई भ्याइनभ्याइ थियो । नियमित कामको अघि पछि समयलाई सदुपयोग गर्दै विचलित नभई बडो कठिनका साथ अध्ययनलाई निरन्तरता दिइरहेको थिएँ । मसँगै नियुक्ति भएका साथीहरू सरूवा भएर लगभग सबै गइसकेको अवस्था थियो । मेरो पदस्थापना काठमाडौंस्थित रक्षा लेखा नियन्त्रक कार्यालय सुन्धारामा हुने भयो । सरूवाभन्दा पदोन्नति भएर स्थानान्तरण हुँदाको क्षणको छुट्टै रमाइलो अनुभूति हुने रहेछ ।

मेरो सफलताले मलाई नै यो गाउँबाट बिदा दिँदै थियो । बसन्तले बिदाइ गरेपछि गुराँसका थुंगाहरू पाखा लागेजस्तै लाग्ने भएँ म पनि । लगभग २ वर्षदेखि पाइला टेकेको यो गाउँ, समाजमा हुर्किएको सम्बन्ध रूपी चमेलीको वृक्षबाट आत्मीयता रूपि सुगन्धको त्यो वास्नामा सर्पले नागमणी च्यापेजस्तै गरी अझै च्यापेर बसिरहुँजस्तो लाग्यो । सम्बन्ध जतिसुकै प्रगाढ बने पनि नदीले मुहान छोडेजस्तै गरिछाड्नु पर्ने हाम्रो दिनचर्या पनि यस्तै–यस्तै रहेछ । आँखामा अटाउन नसकेको त्यो चित्र जनम जनम नबिर्सने गरी मनमा संगालेर राखिबसे । मेरो नुवाकोट, मेरो सुन्दरादेवी । नेपालको भूगोलमा सधैं सुन्दर भएर फूल फुलिरहेको सुन्न, देख्न पाइरहूँ । 

Saturday, May 02, 2020

लकडाउनको समयमा नुवाकोटका एफएम रेडियोहरुले सामुहिक रुपमा के गरिरहेका छन् ? चित्रमा हेनुृहोस्





विक्रि भएन तरकारी

विदुर\नुवाकोटको मानिसहरूको बढी बसोवास रहेको क्षेत्रहरूमा अहिले हरियो तरकारीको अभाव छ । पाइहालेको तरकारीको मुल्य पनि अचम्मैसंग बढेको छ । तर त्यही तरकारी बेच्न आउने गाउँका तरकारी उत्पादक कृषकहरू भने तरकारी विक्रि नभएर दिनहुँ आधा भारी बाटोमा फालेर घर फर्किरहेका छन् । बेलकोगढी नगरपालिका वडा नं. १० बेलकोट हर्रेको कृषक पवन पौडेलले अहिले यस्तै समस्या भोगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि जारी रहेको यो बन्दाबन्दीले अहिले दैनिक जनजीवन अस्तब्यस्त बनिसकेको छ । कतै खान नपाउनेहरूको भिड छ भने कतै उत्पादन भएको कृषिजन्य सामाग्रीहरू कुहिने अवस्था आएको छ । 
विशेष गरी दैनिक रुपमा प्रयोग गर्नुपर्ने र लामो समय भण्डार गर्न नसकिने तरकारीका कारण दुई तर्फ मार परिरहेको छ । उपभोक्ताहरू सहरी क्षेत्रमा महंगो परिरहेको गुनासो गरिरहेका छन् । त्यत्ति मात्रै होइन दोब्बर भाउमा पनि हरियो तरकारीहरू नपाउने अवस्था आइसकेको बताउछन् विदुरका राजु थापा ।
तर तरकारी उत्पादक कृषकको पिडा भने अर्कै छ । उनीहरूले डोकोमा बोकेरै नुवाकोटको बढी घनत्व रहेको ठाउँसम्म सबेरै तरकारी पु¥याउँदा पनि किन्ने ग्राहक छैनन् । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल दिनहुँ तरकारी बोकर त्रिशुली, बट्टार लगायतका बजार डुल्छन् र घर जाँदा आधी थुञ्चे बाटोमा फालेर जान्छन् ।
यसरी उपभोक्ताले दोब्वर तिर्दा पनि नपाउने र कृषकहरू आधा उत्पादन फालेर घर जानु पर्ने दोहोरो अनौठो अवस्था नुवाकोटमा सृजना भएको छ । तरकारी व्यवसायीहरूले बिक्न छाडेको भनेर कृषकसंग तरकारी खरिद गर्न नमान्ने र कृषकहले सिधै उपभोक्ता भेट्न नपाउने कारणले नै यसो भएको हो । 
आफ्नो बारीमा अहिले लहलहाइरहेको हरियो तरकारी के गर्ने भन्नेमा चिन्तित् छन् तरकारी उत्पादक पवन पौडेल ।
तरकारी जस्तै दुध, अण्डा तथा मासु उत्पादन गर्दै आएका किसानहरू पनि बजार नपाएर अहिले भुतुक्कै भएका छन् । यस अघि काठमाडौंको तरकारी बजारमा महत्वूर्ण हिस्सा लिइरहेको थानसिंग क्षेत्रका कृषकहरू अहिले डोका थुञ्चेमा गाउँ डुलाएर विक्ने तरकारीको आम्दानीमा चित्त बुझाइरहेका छन् । तरकारी ढुवानीका लागि सरकारले छुट दिएको भएपनि अहिलेको अवस्थामा गाउँ अनि कुनातिरका कृषकहरूले बजारमा उत्पादन 
लैजान नसकेको थानसिंगका प्रदिपप्रसाद पाठक ‘सुमन’ले बताए ।
यसरी नुवाकोटको उत्पादनशिल क्षेत्रका कृषकहरू कोरोना भाइरसको बन्दाबन्दीको प्रभावमा परिरहेका छन् । आफ्ना गुनासो राख्ने ठाउँसम्म नमिनेको कृषकहरूको भनाई छ । काम गर्ने कृषक खेतबारीमै अल्झिरहने भएको अहिलेको यो समस्या कहाँ लगेर सुनाउँदा समाधान हुने पत्तो नभएको बताउछन् कृषक पवन पौडेल । 
नुवाकोटका अहिले काठमाडौं र धादिङ्गबाट हरियो तरकारी आइरहेको छ । मुल्य ह्वात्तै बढिसकेको छ । तर नुवाकोटकै उत्पादनहरू भने यसरी कुहिएर गइरहेको छ । यसमा कृषि सहकारी, कृषक समुहहरूले अग्रसरता लिएर यहाँको उत्पादन यही नै खपत हुने वातावरणको सृजना गर्नु आवश्यक देखिएको छ । 

उपमेयर सुत्केरी मसला सहित

सुजित भण्डारी
विदुर\बन्दाबन्दीको समयमा सुत्केरी भएकाहरूलाई विदुर नगरपालिकाले घरभेट गर्ने अभियान प्रभावकारी मात्रै बनेको छैन, त्यसबाट नागरिकहरू उत्साही समेत छन् । विदुर नगरपालिका वडा नं. १२ का सावित्री विक यसरी अप्ठ्यारो अवस्थामा नगरपालिकाको तर्फबाट उपप्रमुख सुत्केरी मसला लिएर भेट्न आउने कुराले खुसी दिएको सुनाउँछन् । 
विदुर नगरपालिकाले लकडाउनको अबधिमा सुत्केरी भएकाहरूलाई भेट्न घरघरमा नै पौष्टिक आहार सहित पुग्न थालेको छ । तीन हजार रुपैयाँ नगद, सुत्केरी मसला र एक शिशी ध्यु कोशेली बोकेर जनप्रतिनिधि घरमै सुत्केरी र नवजात शिशु भेट्न पुग्ने प्रयासलाई यहाँ रुचाईएको छ । त्रिशुली अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरबाट तथ्याङ्क संकलन गरेर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल सुत्केरीको घर घरमा पुगिरहेका छन् । 
विपदको समयमा महिला, बालकालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भन्दै नगरपालिकाले यो नीति लिएको हो । विदुर नगरपालिकाले नीति तथा कार्यक्रममा नै समाबेस गरेर सुत्केरी भेटघाट कार्यक्रम राखेको र उक्त अभियानलाई उपप्रमुखले समुदायमा पु¥याउनुभएको बताउनुहछन् नगर प्रमुख सञ्जु पण्डित । 
विदुर नगरपालिकामा बन्दाबन्दी सुरु भएपछि अर्थात् चैत ११ गतेदेखि २७ जना सुस्केरी भएको तथ्याङ्क नगरपालिकासंग छ । २७ जनाकै घर परिवारको विदुरमा विदुर नगरपालिकाको यो कार्यक्रम पुगिसकेको छ । यो लम्बिएको बन्दाबन्दीको अवधिमा सुत्केरी हुनेहरूले पनि यो सेवा स्थानीय सरकारबाट पाउने छन् । उहाँहरूले पोषणयुक्त खाना खरिद र जोहो गर्नका लागि समस्या भएकोले सहजिकरण गर्न थालिएको यो अभियानलाई निरन्तरता दिँदा राम्रो हुने देखिन्छ । 

चलेकै छ खेतीपाती

शर्मिला उप्रेती
बुधसिंगका ज्ञानकुमार श्रेष्ठ बारी जोत्दै । 
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण प्रभावित नहुने क्षेत्र छैन । तर सरकारले र नागरिक स्वयमंले पनि कृषि क्षेत्रलाई अत्यावश्यकको सूचीमा राखेको छ । 
घर भित्रै बस्नु पर्ने यो अवस्थामा कृषि पेशालाई चाँही गराउनु भन्ने निर्देशन र आशय सरकारकै रहेको छ । गएको हप्ता तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीसित भिडियो मार्फत् कुराकानी गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कृषकहरूलाई काम गर्नका लागि सहजिकरण गर्न निर्देशन दिए । गाउँपालिका अध्यक्ष वस्तीले पनि कृषकहरू सुरक्षित रहेर खेतीपातीमा नियमित रहेको बताए । 
नुवाकोटको सबै स्थानीय तहले कृषकहरूलाई थोरै थोरैको संख्यामा खेतवारीमा काम गर्न उत्साहित गरिरहेको छ । किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा समेत आफ्नो गाउँपालिकामा कृषि पेशको काम नरोकिएको बताउछन् । अहिलेको मौसक अनुसारको बाली लगाउने र पाकेको बाली भित्र्याउने काममा यो लकडाउनमै पनि कृषकहरू सक्रिय रहेको लामाले बताए ।
नुवाकोटकै अर्को स्थानीय तह पञ्चकन्या गाउँपालिकामा पनि कृषकहरू खेतपातीमा निस्किरहेका छन् । आफ्नै घरपरिवारका सदस्य, दुई चार जना भएर थोरै थोरै भएपनि खेतीको काम वडा नं. २ मा चलिरहेको छ । कृषकहरूलाई अहिलेको समयमा आवश्यक पर्ने रसायनिक मलका लागि समेत स्थानीय सरकारले सहजिकरण गर्न थालेको छ । स्थानीय सहकारी संस्था मार्फत् रसायनिक मल आपुर्ती गराएर कृषकलाई उपलब्ध गराइरहेको बताउछन् पञ्चकन्या वडा नं. २ का अध्यक्ष ध्रुवप्रसाद मिश्र ।
अहिले नुवाकोटको अधिकांश स्थानमा गहुँ भित्र्याउने, धान लगाउने र मकै रोप्ने बेला छ । त्यस्तै मौसम अनुसारको नयाँ तरकारीको बिउ समेत लगाउने बेला अहिले भएको छ । यसरी एकै पटक ठूला र नगदे बाली लगाउने र भित्र्याउने यो समयमा भने कृषकहरूले समस्या व्यहोरेका छन् । कत्तिपय काममा आफु र परिवारका सदस्य मात्रैले सम्भव नहुने छ । र पनि अन्य काम गर्ने मानिस खोज्ने र जम्मा गर्ने बेला अहिले छैन । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल अप्ठारैसंग पनि खेतीको काम धानिरहेको बताउछन् ।
तर, नयाँ लगाउने बाली र तरकारीको विउ नपाउने कृषकहरू भने नुवाकोटमा धेरै छन् । शहरका केही तरकारीका बिउ बिजर र औषधि विक्रि गर्ने पसल फाट्टफुट्ट खुलेपनि ग्रामिण भेगमा त्यो सुविधा छैन । गाउँतिरका पसलहरूमा भएकै विउ पनि सकिएको छ । अहिलेको समयलाई आवश्यक पर्ने विब गाउँमा ति ब्यपारीहरूले लैजान पनि सकेका छैनन् । कृषकहरू विउ खरिदकै लागि शहर पस्न सक्ने अवस्था अहिले छैन । त्यसले गर्दा अर्को तरकारी र मौसमी उत्पादन आउने समयमा चाँही खडेरी लाग्ने बताउछन् लिखु गाउँपालिका ५ थानसिंगका प्रदिपप्रसाद पाठक ।
अहिले कृषकमा कोरोनाको त्रास हटोस् अनि काममा जाउला भन्ने मनोभाव बढि देखिन्छ । अहिले त खानका लागि अन्नपातको अभाव देखिएको छैन । तर अहिले नगरिने कामले अर्को तीन महिनापछि अभाव खडा गर्न सक्छ । त्यसैले भाइरसको संक्रमणबाट सुरक्षित रहने उपायाँ अपनाएर खेतवारीको काममा निरन्तारता दिनु उपयुक्त देखिएको छ । 

कोरोनाले देखाएको आश

कपिलदेव खनाल
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउनले केही परिवर्तनको संकेत समेत गरेको छ ।
कोरोना भाइरसका कारण विश्वभरीमा १ लाख ६५ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । झण्डै २४ लाख जना संक्रमित भएका छन् साढे छ लाख जना त यो रोग लागेर निको पनि भएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि कोरोना भाइरसबाट ३१ जना संक्रमित भएकोमा चार जना निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । 
यो विश्व माहामारीबाट प्रभावित हुन बाँकी मानिसहरू सायदै छन् । तर यो कोरोना भाइरसले विश्वस्तरमा निम्त्याएको संकटले सम्भावना ल्याएको देख्नेहरू पनि छन् । विशेष गरी बैदेशीक रोजगारी, अध्यायनका लागि विदेशमा रहेकाहरू अहिले गाउँ फर्किएका छन् । नुवाकोटमा चैत ४ गतेदखि चैत ११ गतेको बीचमा साढे चार सय जना गाउँ आएका छन् । त्यस्तै अन्य विभिन्न जिल्ला र सहरमा नोकरी तथा अन्य सिलसिलमा बस्दै आएकाहरू आफ्नो सपरिवारनै दिएर आफ्नो पुर्खौली वा जन्मथलो फिरेका छन् । 
नेपालमा कोरोना भाइरसको संकट अहिलेकै अवस्थामा टरेमा यसले हामीलाई सम्भावना दिएको तर्क गर्छन् नुवाकोटका उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा । उनका अनुसार कोरोना भाइरस नियन्त्रणमा आएपछि पनि निक्कै लामो समय बैदेशीक रोजगारी र अन्य काम गर्नका लागि नेपालीहरू जाने वातावतरण नबन्न सक्छ । जसले गर्दा गाउँघरले पुरानो शैली र नागरिकहरूको चहलपहल पाउने छ ।
अहिले शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा नागरिकहरूको घनत्व बढि देखिएको छ । लक डाउन लम्बिदै गर्दा भने नागरिकहरूलाई अहिले घरघरमा बस्ने बानी परेको छ । स्वास्थ्य परीक्षणका लागि र स्थानीय सरकारहरू बीचको समन्वयका लागि गाउँ गाउँ डुलिरहेका जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ अहिले नागरिकहरू अनुसाशित रुपमा घरमा बसिरहेको सुनाउछन् ।
नुवाकोटमा लडक डाउन अघि र लक डाउनको बीचमा गरेर २० हजार भन्दा बढि मानिसहरू काठमाडौं वा अन्य स्थानबाट फर्किआएको अनुमान छ । यसमा आधिकारीक तथ्याङ्क चाँही संकलन भएको छैन । काठमाडौं लगायतका ठूला शहरहरूमा दैनिक ज्याला मजदुरी गर्नेहरू त हिजोआज पनि हिडैरै जिल्ला भित्रिरहेका छन् । यस्तै, जिल्ला भित्रै पनि दैनिक मजदुरी गरेर आफ्नो दैनिकी टार्दै आएकाहरू थुप्रै छन् । अहिले उनीहरू चाँही लकडाउनले बढि मर्कामा परेको बुझाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको छ । 
यसरी दैनिक ज्याला मजदुरी गर्ने र वैदेशी रोजगारीमा जानेहरूले अहिले खेप्नु परेको समस्याका कारण अब आफ्नो जन्मभूमीमा आधुनिक कृषि वा घरेलु उद्योग गरेर गुजारा गर्ने मनस्थिति बनाउनेहरू यो लकडाउनले जन्माउने अपेक्षा गर्न सकिन्छ । जसले गर्दा रित्तिदै गएको ग्रामिण क्षेत्रहरूले कोरोनाको अन्त्यपछि अर्को स्वरुप प्राप्त गर्न सक्नेछ । 

गाउँपालिकामा औषधि निःशुल्क

प्रितिका थापा
विदुर\बन्दाबन्दीका कारण नियमिति औषधि खानुपर्नेहरूलाई खरिदका लागि समस्या उत्पन्न भयो । नागरिकहरूको यही समस्याका लागि स्थानीय सरकारले आफै औषधि खरिद गरेर खुवाउन थालेको छ । नुवाकोटको केही स्थानीय सरकारले थालेको यो कार्यका कारण नागरिकहरूलाई केही सहजता महशुस भएको छ । 
नुवाकोटको तादी गाउँपालिकाले सुरुवात गर्दै त्यहाँका नागरिकहरूलाई निःशुल्क औषधि खुवाउन थालेको छ । 
एक महिनाको लागि निःशुल्क औषधि उपलब्ध गराएपछि सिंहदरबारको अधिकार घरमै आएको अनुभुति भएको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका जयराम खनाल बताउनुहुन्छ । बन्दाबन्दीका कारण आफुले नियमित खाइरहेको औषधि किन्न जान समस्या भइरहेको बेलामा गाउँपालिकाले घरमै औषधि पु¥याउन आएको उनी सुनाउँछन् । 
नियमित औषधि सेवन गर्नुपर्ने नागरिकहरूलाई समस्या परेको देखेर नुवाकोटका स्थानिय तहहरूले मागको आधारमा औषधि उपलव्ध गराउन थालेको छ ।  
उच्च रक्तचाप, सुगर, मुटु रोग, मानसिक रोग, दम लगायतका दीर्घ रोगका औषधी अस्पतालले सिफारिसका आधारमा नागरिकहरूलाई उपलब्ध गराउन थालेको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले अहिले ५१ जनालाई गाउँपालिकाले औषधि खुवाइरहेको बताए । 
नुवाकोटको तादी गाउँपालिका सुरु गरेको यो अभियानालई अरु गाउँपालिकाहरूले पनि सुरुवात गर्न थालेको छ । दुप्चेश्वर र सुर्यगढीले पनि नागरिकहरूलाई औषधि खुवाउन थालेको छ । ति दुवै गाउँपालिकाले नियमित औषधि सेवन गर्दै आइरहेका आफ्ना नागरिकहरूलाई एक महिनाको औषधि उपलव्ध गराउन थालेको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताए । 
नुवाकोटकै अर्को स्थानीय तह किस्पाङ गाउँपालिकाले पनि नियमित औषधि प्रयोग गर्दै आएका बिरामीहरूलाई औषधि खुवाई रहेको छ । यसरी औषधि उपलब्ध गराउँदा नागरिकहरूको चहलपहल कम हुने बुझाई गाउँपालिका अध्यक्ष छत्र लामाको छ । औषधि किन्नकै लागि नागरिकहरू लकडाउनको अवधिमा त्रिशुलीसम्म जानुपर्ने र  त्यसले जोखिम बढाउने भन्दै गाउँपालिकाले यो अभियान सुरु गरेको लामाले बताए । 
नियमिति खानुपर्ने औषधि सकिएको र खरिद गर्नका लागि बजार जान बन्दाबन्दीले अप्ठ्यारो पार्दै आएको थियो । अझै काठमाडौंनै पुगेर औषधि ल्याउनु पर्ने नागरिकहरूको त केहि दिन औषधिनै छुटिसकेको थियो । अब स्थानीय सरकारले थालेको यो गतिविधिले नुवाकोटका नागरिकहरूलाई केही राहत महशुस भएको छ । 

आपत परे मात्रै अस्पताल

विदुर\त्रिशुली अस्पताल नुवाकोटले आकस्मिक भएमा मात्रै अस्पताल आउनको लागी आग्रह गरेको छ ।
अस्पतालले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरेर चिकित्सकसँग सल्लाह गरेर मात्रै अस्पताल आउनको लागी त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले बताए । कोरोना भाईरसको संक्रमण त्रास रहेकाले अत्याबश्यक नभइ अस्पताल नआउनको लागी उनले आग्रह गरे । 
हाल त्रिशुली अस्पतालमा ज्वरो तथा खोकिको परिक्षणका लागी छुट्टै फाष्ट डेस्क सञ्चालन गरेकाले अस्पताल आएका अधिकांश बिरामीको सम्बोधन त्यसैबाट हुने उनले बताए । दैनिक रुपमा अस्पताल आउने ५०-६० जना बिरामीहरू फाष्ट डेस्कमा परिक्षण पछि मात्रै अस्पताल भित्र प्रबेश गर्ने ब्यबस्था मिलाएकाले सुरक्षित तबरले नियमित सेवा प्रबाह भैरहेको उनले बताए । हाल दैनिक सञ्चालन हुने बहिरङ सेवा बन्द भएकोले बिरामीको संख्यामा कमी आएको बताए । 
हाल अस्पतालबाट प्रबाह हुने दैनिक बहिरङ सेवा 
बन्द रहेकाले अत्याबश्यक बिरामीहरू मत्रै अस्पताल आउन आग्रह गरेको हो । अस्पतालबाट अरु भाईरसको संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । अस्पतालमा गर्भवती सेवा भने जारी रहेको बताईएको छ । सुत्केरी सेवा तथा गर्भवती परिक्षणको लागी भने निरन्तर तोकिएको समयमै अस्पताल आउन त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिेटेन्डेण्ड डा. रेमकुमार राईले बताए । 

सामाजिक सञ्जालबाट

अनि रोग नलागेर के लागोस त ?
भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मुदुसभरी मरमसला हुन्थ्यो ! गोठमा २ वटा लैनाभैँसी हुन्थे : एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो । चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन, चियापत्तिको टन्टो थिएन ।
अधिकांश शाकाहारी थिए, मासु खानले वनमा चरेर हुर्केको ‘टेसिलो’ खसी खान्थे । सुइ घोची घोची ४ किलो फुलाएको बोइलर खाने चलन थिएन । साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलो काटेर चुल्ठी बनाएर राख्थे ।
अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता ड्राइ फुड’हरू घरघरमा हुन्थे ताकि आपतकालमा प्रयोग गर्न पाइयोस् । बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो । वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलिआएका सुललित पदावली पाठ गर्थे । विहान विहानै गरिएको आवृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।
सिलौटोमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा मोही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे । बिहान उठेर महिलाहरू घरगोठको काम गर्थे । पुरुषहरू घाँसको भारी लिएर आउँथे । घर र गोठको कामले शरीरलाई कसरत पुग्थ्यो, कसैलाई ‘मर्निङ वाक’ गर्ने आवश्यकता थिएन ।
‘रिफाइन’ गरेको तेल आएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउको चोखिन खान्थे । ५०-५५ किलाको धानको बोरा माथि अर्को बोरा खप्टेर बोकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे । मोही पारेपछि आगोमा नौनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा आगो बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे । सरसफाइको ख्याल गर्थे ।
अहिले झैँ कोठैपिच्छे ‘वासरूम’ थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्न‘पथ्र्यो । दिसापिसाब गरेका कपडा लगाएर खान नपरोस् भनेर धोती फेरेर ढिँडो खान्थे । सके खरानी, नसके माटोले हात धुन्थे । दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियो । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि यौनाङ्ग राम्रोसँग धुने चलन थियो, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।
खानुअघि बलि वैश्वदेव हुन्थ्यो । पहिलो गास कागलाई, दोस्रो गाइलाई, तेस्रो गास कुकुरलाई । घरबाहिर राखिदिएको खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा आउन कम हुन्थ्यो । अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्यो । आगो रङ्ग बदलेर बल्थ्यो ।  अनि खाना खान्थे । खाना खाएपछि मोही पिउँथे । मोहीले पचाउँथ्यो ।
उठ्नेबित्तिकै तामाको अम्खराको पानी पिउँथे, यसले दिसा खुलाउँथ्यो । सुत्नुअघि मनतातो दूध पिउँथे, यसले निद्रा लाग्थ्यो । ‘टाइट जिन्स’ लगाउने चलन थिएन । शरीरलाई आराम दिने खालका कपडा लगाउँथे । पितापुर्खाका नाममा चौतारी चिन्ने पोखरी बनाउने चलन थियो । चौतारीको वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानको, अंश मानेर पूजा गर्थे ।
रूखले चीसो हावा दिन्थ्यो । पोखरी बनाएर मौलो गाड्थे । मौलेले धार्मिक भाव उत्पन्न गथ्र्यो । डाँडामा लगेर पोखरी बनाएकाले अझै पनि डाँडापोखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पोखरी फोहोर गर्दैनथे । वर्षातको पानी पोखरीमा रिजर्भ हुन्थ्यो । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्रोत १२ महिनै रसाइरहन्थे । प्रकृतिप्रेम अनौठो थियो । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जोड्थे । विष्णुको पहिलो अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दोस्रो अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे ।
तेस्रो अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिको मिलनबाट पैदा भएका ‘क्रस’ या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताको वाहन बताएर  संरक्षणको अधिकार दिए ।  यो अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे । गोठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलो थियो, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन ।
अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्यो । घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो ।
वर्षाैँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैको सामुहिक मरण सुनिदैँनथ्यो । खानापान, सरसफाइ, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीको यो भन्दा अनुपम नमूना के होला ? त्यसैले, उ बेला न कोरोना थियो, न इबोला थियो, न सार्स थियो न इन्फ्लुएञ्जा ।
अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हो भने, यी कोरोना जस्ता महामारी रोग व्याधिबाट छुटकारा पाइन्थ्यो कि?

कपिलदेव खनालसंग (श्रृङ्खला ५)

यसरी सम्भव भयो रेडियोबाट रिजल्ट
बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरूबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड(१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरू अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि, अभियान ठप्प प्रायः छ ।
विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरू माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ ।  विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरू ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरू बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।
एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरूले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरूलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरू रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरू नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्य तिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरूलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरू थिए । यसमध्यै एउटा विकल्प छनौट
गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।
प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।
प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरूको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरूको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरूको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए ।
प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरू सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरू पनि भेटिनु भयो । अब उहाँहरूले यसै गरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ ः रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।
(लेखक नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ४)

लकडाउनमा मेरो दैनिकी
चैत ११ गतेदखि हामी निरन्तर लकडाउनमा छौं । यो विश्वव्यापी महामारीको समयमा हामी पत्रकाहरूको भूमिका र जिम्मेवारी झन् थपिएको छ । यस्तो अवस्थामा लडकाउनलाई बहाना बनाएर नागरिकहरूको सू–सुचित हुने अधिकारलाई कुण्ठित पार्न हामीले कुनैपानि अवस्थामा सक्ने कुरै भएन ।
त्यस कारणले कोरोना भाइरसबाट सुरक्षित रहने स्वासथ्य उपायाहरूलाई अवलम्व गर्दै हामी नुवाकोटका पत्रकारहरू निरन्तर काममा छौं । म पनि व्यक्तिगत रुपमा यसै गरी सुरक्षित रहेर काममा र लागिरहेको छु । कोरोना भाइरसको अहिलेको जिल्लाको अवस्था, सरकारले नागरिकहरूको स्वास्थ्य र ज्यानको सुरक्षाका लागि गरिरहेको कामको बारेमा नागरिकहरूलाई जानकारी गराउने, नागरिकहरूको अवस्था, आवश्यकता र अपेक्षालाई सम्वन्धित पक्षसम्म पु¥याउने काममा सक्रिय रहेको छु ।
आजभोली जिल्लामा अन्य गतिविधिहरू नभएका कारण काममा केही होला भएपनि जोखिमपूर्ण अवस्था रहेकोले सावधानी अपनाउँदै र मुल्यका हिसाबले अधिक र सार्वजनिक चासोेका विषयमा समाचार संकलन, समाचार संकलनका लागि फिल्डमा जाने साथीहरूको व्यवस्थापनमा दैनिकी खर्चिरहेका छु । चैत ११ गतेभन्दा अघिको अर्थात् लकडाउन भन्दा पहिलाको अवस्था र अहिलेको अवस्थामा मेरो दैनिकी र काममा खासै कमी आएको छैन ।
ठिक समयमा ठिक जानकारी दिनका लागि झन् चनाखो र तयारी अवस्थामा रहनु पर्ने अहिलेको अवस्था छ । त्यही रुपमालाई आफुलाई ‘हाई अलर्ट’मा राखेको छु ।
बिहान ६ बजेदेखि बेलुकी साढे सातबजेसम्म कार्यालयमा बिताउने गरेको छु, सम्भावन भएसम्मका रिपोर्टिङ्ग र समाचार संकलन सामाजिक सञ्जाल र टेलिफोन प्रयोग गरेर गरिरहेको छु, सकेसम्म घर र अफिस बाहिर निस्किएको छैन । मलाई चाँही आफुले काम गर्ने सञ्चार गृहको कार्यालय र मेरो निवास एउटै घरमा भएकोले बढि सजिलो भएको छ ।
समाचारश्रोत र अन्य व्यक्तिहरूलाई समेसम्म कार्यालयमा नआउनका लागि अनुरोध गरिरहेको छु, म कार्यरत सञ्चारगृहका अन्य साथीहरूलाई पनि घरकै एकान्तबासमा रहेका काम गर्न चैत ११ गतेदेखि पठाएको छु । प्रायः साथीहरू घरबाटै काम गरिरहेका छन् ।


टिभि त्रिशुली र रेडियो त्रिशुली बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित प्रशारणमा छन् । मनोरञ्जनात्मक कार्यक्रमहरू कटौती गरेर समाचारमुलक कार्यक्रम र समाचार बुलेटिनलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको छु । कोरोना भाइरसको फैलदो त्रास र नेपालमा पनि कोरानो संक्रमितको संख्या बढ्न थालेसंगै समाज, समुदाय र नागरिकहरूलाई सहि सूचना सही समयमा दिनका लागि मेरै पहलमा नुवाकोट जिल्लाका सात वटा एफएम रेडियोहरूले कोरानो अपडेटलाई दैनिक रुपमा प्रस्तुत गर्दै आएको छ । नुवाकोट अपडेट नाम दिइएको त्यो आधा घण्टाको दैनिक रेडियो कार्यक्रमको तयारी, उत्पादन र प्रशारणका लागि दैनिक दुई घण्टा समय खर्चिदै आएको छु । जुन कार्यक्रमलाई कोरोना भाइरसको संक्रमणको दृष्टिबाट नुवाकोट अवस्था, त्यसको रोकथाम र नागरिकहरूको हिफाजतका लागि सरकारी र गैर सरकारी पक्ष अनि सचेत व्यक्तिहरूले गरिरहेको गतिविधिलाई जस्ताकोतस्तै प्रस्तुत गर्दै आएको छ । यही काम र जिम्मेवारीका कारण आजभोलिको लकडाउनमा पनि मेरो दैनिकी र दिनचर्यामा खास फुर्सद निस्किएको छैन ।
जिल्लामा कार्यरत पत्रकार साथीहरूसंग सामाजिक सञ्जाल र टेलिफोन मार्फत् जोडिरहेको छु, एक पटक जिल्लाका सञ्चालित प्रायः विद्युतिय सञ्चार माध्यामका कार्यालयहरू हेर्न र साथीहरूलाई भेट्न पुगें । त्यस बाहेक अन्य समयमा समाचार संकलनका लागि बाहिर निस्कदा साथीहरूसंग भेटघाट भइनै रहेको छ ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ३)

नुवाकोटका पत्रकारहरु कर्तव्य र काममा निरन्तर छन्
हामी अहिले कुरा गरिरहेको समयको तथ्याङ्क हेर्ने हो भने विश्वभरी एक लाख नौं हजारको मृत्यु भइसकको छ । कोरोना भाइरसबाट झण्डै १८ लाख मानिसहरू संक्रमिण भएका छन् । यस्तो डरलाग्दो अवस्थामा हामी नेपाली र फ्रण्टलाइनमा रहेका काम गर्ने पत्रकारहरू चाहि जोखिममा नपर्ने त कुरै भएन । नेपालमै पनि आज आइतवारसम्ममा १२ जना व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । यस हिसावले पनि नेपाल विस्तारै असुरक्षित बन्दै गएको महशुस गरेको छु ।
सिङ्गै मानव जातीको अस्तित्वनै संकटमा पर्न सक्ने यो विश्व महामारीलाई फैलन नदिन र मानविय क्षति कम गर्नका लागि अहिले भइरहेको लकडाउनले पक्कै पनि महत्वपूर्ण भूमिका खेलेको छ जस्तो मलाई लागेको छ । सरकारले चैत ११ गतेदेखि गरिरहेको बन्दाबन्दीलाई नागरिकहरूले सहर्ष स्विकार गरेका छन् । नुवाकोटमा पनि यस्तै अवस्था छ । पहिला विश्व महामारीको रुपका विकास भएको कोरानो भाइरसेको संक्रमण समुदायमा समाजमा छैन भन्ने निक्यौल होस् अनि मात्रै दैनिकीमा फर्कने मनस्थितिमा जिल्लाको नागरिकहरूलाई पाएको छु । यस अवस्थामा परिहेको समस्या र गुुम्फनलाई नागरिकहरूले उत्तिसाह्रो पिडाका रुपमा मानेका छैनन् ।
यस अवस्थामा जिल्लाका पत्रकारहरूको भुमिका र सक्रियतालाई नागरिक समाजले, आम श्रोता, पाठक, दर्शकले मुल्याङ्कन गर्ने हो । हामी निरन्तर समाचार र जानकारी स्ंकलन अनि प्रबाहमा छौं । चैत १० गते र त्यसपछिको दिनदेखि अहिलेसम्म जिल्लामा काम गरिहरनुभएका पत्रकारहरूको गतीका खास कुनै परिवर्तन छैन । एक किसिमले भन्नुपर्दा आफ्नो स्वास्थ्य र शरिरलाई जोखिममा राखेर नुवाकोटका अधिकांश पत्रकार साथीहरू र अग्रहजहरूले गरिरहनुभएको काम प्रशंसनिय र लोभलाग्दो छ । २०७२ साल बैशाख १२ गते र त्यपछिका भुकम्पहरूमा जसरी जिल्लाका सञ्चार गृह र पत्रकारहरूले आफ्नो कर्तब्यलाई पुरापुर पालन गरेर सिङ्गै नागरिक समाजको तर्फवाट प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर छन् ।
लकडाउनको यो अवधिमा हामीलाई समाचार संकलन र सम्प्रेषणमा कुनै अवरोध छैन । स्वाभाविकै हो हिजो सहज दिनमा जत्तिनै पत्रकार साथीहरू बाहिर फिल्डमा कुद्नुभएको छैन, बाहिर नदेखिने साथीहरू घरभित्रै रहेर र कार्यालयमा एकान्तबास बनाएर काम गरिहरनु भएको छ । जिल्लाबाट प्रशारण हुने टेलिभिजन रेडियो र प्रकाशन हुने सबै अनलाई पत्रिकाहरू नियमित छन् । कही कतैबाट कुनै साथीहरूले काम गर्न समस्या भयो भनेर गुनासो गुर्नभएको छैन । अधिकांशसित म पनि दैनिक रुपमा जोडिरहको छु टेलिफोन र सामाजिक सञ्जाल मार्फत्, उहाँहरू आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । दैनिक र साप्ताहिक पत्रिकाहरूको प्रकाशनचाँहि अहिले नुवाकोटमा पूर्ण रुपमा बन्द भएको छ । पत्रिका प्रकाशनका लागि धेरै पक्ष र जनशक्ति एकैठाउँमा हुनु पर्ने र तारतम्य मिल्नुपर्ने कारणले यो समस्या भएको हो । पत्रपत्रिका नियमित हुननसक्नेमा नुवाकोट मात्रै होइन यो राष्टिूय रुपमै समस्या भइरहेको छ ।
फिल्डमा दौडधुप गरिरहनुहुने पत्रकार साथीहरूलाई सहयोग र सद्भाव राख्ने सरकारी तथा गैर सरकारी निकायहरू पनि छन् । यही अवस्थाको आँकलन गरेर हामीले चैत ७÷८ गतेतिर पत्रकारले कोरोना भाइरसबाट सुरक्षित हुँदै काम गर्ने सन्र्दभमा पत्रकार महासंघमै बसेर छलफल पनि गरेका थियौं । सुरक्षाको उपाया थाहा पाएका तर सामाग्री नभएका हामीलाई निजी तथा सार्वजनिक संस्थाहरूले अत्यावश्यक सामाग्रीहरू केही मात्रामा भए पनि उपलब्ध गराउनु भएको छ । जसले गर्दा हामीलाई केही भए पनि सहजता मिलेको छ ।
सम्रगमा नुवाकोटका सञ्चार माध्याम र पत्रकारहरू आम नागरिकहरूको स्वास्थ्य अनि जीवनको सुरक्षाका लागि अहिलेको परिस्थितिमा आवश्यक पर्ने सूचना र जानकारी संकलन गरेर विद्युतीय सञ्चार माध्यामबाट प्रेषित गरिरहेका छन् । जिम्मेवारीबाट नुवाकोटका पत्रकारहरू चुकेका छैनन् ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

Sunday, March 22, 2020

नाकामा कडाई

डा.रेमकुमार राई कोल्पुटारमा
तारकेश्वरका अध्यक्ष रमेश वस्तीको जाँचगर्दै ।
विदुर\कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न राज्यले मुलुकलाई ‘सेमि लकडाउन’ को अवस्थामा राखेर आफ्ना सबै संयन्त्रहरूलाई संक्रमण नियन्त्रण अभियानमा परिचालन गरिसकेको छ । नुवाकोटमा पनि कोरोना भाईरस बिरुद्धको अभियानलाई तिब्रताका साथ अघि बढाईएको छ भने संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाईएको छ ।
यसैक्रममा शनिवार काठमाडौं र तराईका जिल्लाहरूबाट नुवाकोट प्रबेश गर्ने प्रमुख नाका गल्छी रसुवागढी सडक खण्डमा पर्ने बेलकोटगढी नगरपालिका वडा नम्वर ६ को कोल्पुटारमा चेकप्वाईन्ट सहित हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । चेकप्वाईन्टको जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राईले प्रतिनिधिसभा सदस्य नारायण खतिवडाको शरिरको तापक्रम ‘थर्मोमिटर गन’बाट परिक्षण गरेर सुरुवात गरियो । यससंगै यो नाकाबाट प्रबेश गर्ने सबै नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रबेश गर्न दिईने प्रबन्ध मिलाईएको छ । चेक प्वाईन्टमा विदुर नपा, बेलकोटगढी नपा र तारकेश्वर गापाका स्वास्थ्यकर्मीका साथै प्रहरी चौबिसै घण्टा तैनाथ रहनेछन् । नुवाकोट प्रबेश गर्ने गुर्जेभञ्ज्याङ र ककनी नाकामा समेत चेकप्वाईन्ट सहितको हेल्थ डेस्क स्थापना गरिएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।
यसअघि कोल्पुटार बजारमा आयोजित स्थानीयहरूसंगको अन्तरक्रियाका क्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल र तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले कोरोना संक्रमण रोकथामका लागि राज्यले चालेका हरेक प्रयासहरूलाई प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
त्रिशुलीअस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राई र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना रोकथामका लागि भए गरेका प्रयास, उपलब्ध जनशक्ति र प्राबिधिक पक्षको जानकारी गराए ।
पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङ
नाकाको हेल्थडेक्स उद्घाटनगर्दै ।
यसै बीच, नुवाकोटको पञ्चकन्या गाँउपालिका जाने सबै नाकाहरूमा हेल्थ डेस्कको स्थापना भएको छ । कोरोना अर्थात कोभिड १९ को भाईसको संक्रमण गाउँपालिका भित्रिन नदिनका लागि सहरेटार, छहरे, बुढिशेरा र चौघडामा गापाले केन्द्र राखेको छ । गापाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’का अनुसार अन्य स्थानबाट पञ्चकन्या प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरिने छ । रुखा, खोकी, ज्वरो जस्ता रोगको परीक्षण पनि मात्रै पञ्चकन्या प्रवेश गर्न दिइने छ । केही समय हेल्थ डेस्कमा राखेर ३ पटक तापक्रम लिए पछी उनीहरू गाँउपालिका प्रवेश गर्न पाउने बताइएको छ । 
 नागरिकलाई गाउँपाकिलाले सकेसम्म बाहिर नजान आग्रह गरेको छ । साथै, घरघरमा पुगेर भाईरसको संक्रमणबाट बच्ने उपायको बिषयमा जनचेतना समेत फैलाउदै आएको छ । ‘घरको दैलोमा नाग टाँसेको जस्तै गरेर कोरोनाबाट बच्ने उपायको पर्चा घरघरको दैलोमा टाँसेका छौं’ अध्यक्ष तामाङले भने । साथै, गाँउपालिका आफैले सबै वडाको बिभिन्न स्थानमा हात धुने ब्यबस्था समेत मिलाएको छ । त्यसका लागि साबुन र पानीको ब्यबस्था गाउँपालिकाले ठाउँ ठाउँमा गरेको छ । 
यातायातको निःशुल्क सुविधा
विदुर\विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंबाट नुवाकोट आउने यात्रुलाई विभिन्न संघसंस्था, व्यवसायी र जनप्रतिनिधिहरूले निःशुल्क बससेवा सञ्चालन गरिरहेको छ । 
संक्रमण नेपालमा फैलन नदिन सरकारले आज सोमवार (चैत १० गते)देखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ । तर नुवाकोट–काठमाडौं लामो दुरीमा पर्दैन ।  
ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले काठमाडौंबाट त्रिशुलीसम्म आउने बस आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रालिले दुई वटा बस सञ्चालन गरेको छ । काभ्रेका लागि पनि दुई वटा बस सञ्चालन गरेको छ । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर घर जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको बताए । 
यस्तै, दुप्चेश्वर गाउँपालिकाले सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरूका लागि चैत्र ८ र ९ गते काठमाडौंस्थित नयाँ बसपार्कदेखि पालिकासम्मका लागि बस सेवाको व्यवस्थामा सहजीकरण गरेको अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए ।
यस्तै, टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुली रुटमा सोमबारदेखि निशुल्क वस सञ्चालन गर्ने भएको छ । आज सोमवारदेखि दैनिक ४ वटा एसी बस निःशुल्क रुपमा सञ्चालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशीले बताए । बसहरू आज सोमबार विहान ६ः०० बजे र दिउँसो १ः०० बजे काठमाण्डौबाट त्रिशुलीका लागि छुट्ने र त्रिशुलीबाट बिहान ७ः ०० बजे र दिउँसो १२ः०० बजे काठमाडौंका लागि छुट्ने छन् । त्यस्तै सोही समयमा मंगलवार र बुधवार पनि निःशुल्क सेवा दिनेछ ।
विदुर नगरपालिका वडा नंं. १० ले पनि निःशुल्क बस सेवाको व्यवस्था गरेको छ । वडाअध्यक्ष तोयानाथ थपलियाका अनुसार गेर्खु आउन चाहानेहरूले काठमाडौं नयाँ बपसपार्क–माछापोखरीबाट निःशुल्क बस सेवा पाउने छन् । 
‘आईसियु बनाउँछौं’
विदुर\तारकेश्वर गाउँपालिकाले कोरोना भाईरस संक्रमणप्रतिको सतर्कतालाई उच्च प्राथमिकतामा राख्दै त्रिशुली अस्पतालमा सघन उपचार कक्ष (आईसियु) निर्माण गर्ने भएको छ । 
कोरोना भाईरसबाट संक्रमित भएकाहरू मध्ये केहीलाई उपचारका लागि आईसियु अत्याबश्यक पर्ने भएपनि जिल्लामा उक्त सेवा उपलब्ध नभईरहेको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले आईसियु निर्माणमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । 
आईतबार बिहान पत्रकार शिव देबकोटासंग कुरा गर्दै अध्यक्ष वस्तीले कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई जोगाउनु सबैको दायित्व भएको बताउँदै स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिक प्रताडित हुन नपरोस भनेर गाउँपालिका आईसियु निर्माणको निष्कर्षमा पुगेको बताए । केही दिनमै बस्ने गाउँपालिका बैठकले यसबारेमा आधिकारीक निर्णय गर्ने बताउँदै अध्यक्ष वस्तीले जिल्लाका अन्य गाउँपालिकाहरूलाई पनि यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे । 
त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईका अनुसार कोरोना संक्रमितहरू मध्ये ५ प्रतिशतमा ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ देखिने र उनीहरूलाई ‘भेन्टिलेटर’मै राखेर दक्ष जनशक्तिद्वारा उपचार गर्नुपर्ने भएकाले ‘आईसियु’ आवश्यक हुन्छ । 
पत्रकारहरु जिम्मेवारीबोधका साथ क्रियाशिल 
विदुर\नुवाकोटका पत्रकारहरूले कोभिड–१९ को संक्रमणका कारण सिर्जित समस्याहरूको सामना गर्न राज्यका सबै पक्ष क्रियाशिल भएको सन्दर्भमा आफ्नो पेशागत मर्यादालाई समेत मध्यनजर गर्दै जिम्मेवारी बोधका साथ क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।
कोरोनाको त्रासका कारण आम नागरिक समस्यामा रहेका बेला सत्य र तथ्य समाचार संप्रेषण गरी समाजमा फैलाईएका नकारात्मक समाचारहरू खण्डित गर्दे नागरिकको तेस्रो आँखाका रुपमा आफुलाई क्रियाशिल बनाउन पत्रकारहरू प्रतिबद्ध भएका छन् । शनिवार नेपाल पत्रकार महासंघ नुवाकोटले आयोजना गरेको कोरोनाको सन्त्रासका बेला पत्रकारहरूको भूमिका सम्बन्धि अन्तरकृया कार्यक्रमका सहभागी पत्रकारहरूले संकटको बेला नागरिकले सञ्चार माध्यमहरूबाट प्रवाह हुने समाचारलाई बिश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण रुपमा समाचार संप्रेषण गर्न‘पर्ने धारणा ब्यक्त गरे । आधिकारिक स्रोतबाट प्राप्त समाचारलाई संप्रेषण गर्ने र सम्प्रेषण गर्दा कुनै कोणबाट पनि नागरिकमा त्रास र उत्तेजना फैलन नपाओस भन्ने तथ्यलाई आत्मसात गर्न‘पर्ने उनीहरूको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले समाचार संकलन गर्दा जिम्मेवार बन्न र आफ्नो सुरक्षालाई ध्यान दिँदै नागरिकप्रतिको दायित्वबोध गर्न आग्रह गर्दे सकेसम्म भीडमा नजान र आफूले जानेका सुरक्षात्मक उपायहरूबारे अरुलाई पनि जानकार बनाउन आग्रह गरेका थिए । उनले कोरानोको संक्रमणबाट पहिला पत्रकार जोखिममा पर्ने तर्फ इंकित गर्दै सुरक्षित रहरेर समुदायलाई सूसूचित गर्ने तरिका र तयारकिा बारेमा बताएका छन् । 
त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरि गजुरेल, प्रेस संगठनका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य शिव देबकोटा, प्रेस संगठनका नुवाकोट अध्यक्ष भोलाराज पौडेल, नुवाकोट उदोग बाणिज्य संघका द्धितिय उपायक्ष सन्तोष उप्रेती लगायतले अनुपम उदाहरण देखाउन सबै पत्रकारहरूले आफूलाई जिम्मेवारी बोधका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर दिपेश उप्रेती र स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना भाईरसको बिबिध पक्षहरूका बारेमा जानकारी गराउँदै सचेतना अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका अपेक्षित रहेको धारणा ब्यक्त गरे ।

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको विज्ञप्ती


जिल्ला प्रशासन कार्यालय नुवाकोटको विज्ञप्ती


सामाजिक सञ्जालबाट

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोट र मातहतमा कार्यरत प्रहरीहरूलाई बितरण गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी कर्मचारी मास्क सिलाउदै । 

१२ दिन सेवा बन्द

विदुर\सरकारले आइतवार (चैत ९ गते) देखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरेको छ । सरकारी कार्यालयहरू भने खुल्ने छन् ।
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य  सेवाहरू आइतवारदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो । 
नेपाल भित्रिने सबै अन्तराष्ट्रिय हवाई उडानहरू आइतवार (चैत ९ गते) देखि देखि १८ गतेसम्मको लागि स्थगित । 
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी आइतवार(चैत ९ गते) देखि चैत २१ गतेसम्म बन्द ।
आज (चैत १० गते) देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक ।
मानिसहरूको भीडभाड हुने स्थान, सिनेमा घर आदि बन्द ।
विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू स्थगित ।
बन्द नहुने सेवाहरू : 
डाँक तार वा टेलिफोन ।
जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार
हवाइअड्डा, हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत
हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने 
प्रिन्ट वा सरकारी छापाखाना  
हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने  
सञ्चार
आन्तरिक सुरक्षा कार्य 
खानेपानीको सञ्चालन तथा वितरण 
पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट
पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरण 
अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी (एम्बुलेन्स)
औषधि निर्माण तथा बिक्री वितरण 
फोहोर मैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्र 
बैंकिङ 
बीमा
विद्युत
दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरण 
मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना 
नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका बारेमा कुनै पनि निर्णय नगरिएको बताए । ‘हामीले आन्तरिक उडानका बारेमा कुनै निर्णय गरेका छैनौँ, अन्तराष्ट्रियका हकमा मात्रै निर्णय भएको छ । 
जरीवाना शुल्क मिनाह
विदुर\सरकारले मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवाना वापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । 
गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन् ।
बुधबार नै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो । बिलम्ब शुल्क नलाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन हतार नगर्न आग्रह गरेको अधिकृत पोखरेलले बताए । जरीवाना लाग्ने अवस्था भए, जरीवाना शुल्क सरकारले मिनाह गरिदिने उनले बताए । 
घरबाटै सेवा दिन आग्रह
विदुर\सरकारले अत्यावश्यक बाहेकका विद्युतीय माध्यमबाट दिन सकिने निजी क्षेत्रका सेवा र सम्बन्धित कर्मचारीलाई घरबाटै सेवा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा यस्ता सेवा घरबाटै प्रदान गर्न प्रोत्साहन गर्ने बताएका हुन् । 
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाजगर्न पनि सम्बोधनमा भनिएको छ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी साधनहरू आवश्यकता अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले सम्बोधनमा बताएका छन् ।
इन्टरनेट बैंकिङलाई प्रोत्साहन
विदुर\जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो । 
यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरूमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । 
प्रहरीको हेल्प डेस्क
विदुर\कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले त्रिशुली अस्पतालसंगको समन्वयमा दुईवटा हेल्प डेस्क स्थापना गरेको छ । त्रिशुली अस्पताल परिसर र वडा नम्वर २ बट्टारको सापकोटा मेडिकल हल अगाडि हल्प डेक्स सञ्चालन गरिएको छ ।
यसै बीच, बेत्रावतीमा समेत हेल्प डेस्क स्थापना भएको छ । उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको सो हेल्प डेस्कमा रसुवाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई कोरोना भाइरस संक्रमण र बच्ने उपायबारे जानकारी गराइने छ । चैत २ गते आईतबारबाट सुरू गरिएको उक्त हेल्प डेस्कमा स्वास्थ्य सम्बन्धी स्वंयमसेवक खटाइएको छ । 

सात रुपैयाँमै माक्स पाइन्छ : श्रेष्ठ

चेम्बरका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठ(बाँयाँ) नुवाकोट अध्यक्ष
कविन्द्रमान प्रधानलाई ५०० थान माक्स हस्तान्त्रण गर्दै । 
विदुर\नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा देखिएको मास्क अभावलाई निराकरण गर्दै तुरुन्तै सहज रुपमा उपलब्ध गराईने बताएका छन् ।
नुवाकोट चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले सात रुपैयाँमै मास्क उपलब्ध गराईने प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बरकै पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन भइरहेकोले अभाव कम हुने दावी उन रहेको छ । 
होलसेल पसल र चेम्बरको जिल्ला च्याप्टरहरू मार्फत् नागरिकहरूलाई वितरण र विक्रि गरिने बताइएको छ । उनले हर्बल स्यानिटाइजरको उत्पादनको परीक्षण भइरहेको हुनाले केहि सातामै बजारमा पठाईने बताए । देशभरीका महिला चेम्बरहरूको आर्थिक विकासका कार्यक्रमहरू आगामी दिनमा ल्याउने पनि श्रेष्ठले बताए ।