Tuesday, October 22, 2019

अखाद्य बस्तु नष्ट गरियो

विदुर/विदुर नगरपालिकाले अनुगमनका क्रममा भेटेको अखाद्य बस्तुहरू नष्ट गरेको छ ।
चाडपर्बलाई लक्षित गर्दै नगरपालिकाले मुख्य बजार क्षेत्रहरू बिदुर, बट्टार र त्रिशुलीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, दालमोट र चक्लेट भेटिएको बिदुर नगरपालिकाका योजना अनुगमन तथा मुल्याङकन अधिकृत पुस्कर शर्मा रिमालले बताए ।
यसै बीच, बजारमा अखाद्य बस्तु भेटिए पछी अरु पसहरूमा समेत अनुगमनलाई तिब्र पारेको छ । स्थानिय तह कार्य सञ्चालन कार्य बिधि अनुसार बजार अनुगमनको अधिकार स्थानिय तहमा आए पछी बिदुर नगरपालिकाले बजार क्षेत्रमा अनुगमन गरेको हो ।
चाडपर्बलाई लक्षित गर्दै नुवाकोटका स्थानिय तहहरूले अनुगमनलाई तिब्रता दिएका छन् ।
नुवाकोटका सबै स्थानिय तहहरूले मुख्य बजार क्षेत्रहरूमा अनुगमन गरेका छन् । दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा मुख्य बजार क्षेत्रहरूमा अखाद्यय बस्तुको बिक्रि बितरण रोक्नको लागी बजार अनुगमनलाई तिब्र बनाएका हुन् । बजार क्षेत्रका पसल र होटलहरूमा अनुगमन गरेको हो । अनुगमन टोलीले अनुगमनको क्रममा पसलहरू दर्ता नगरेको, केहीमा म्याद गुर्जेका सामानहरू भेटिएको र होटल तथा मासु पसलमा सफा नभेटिएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा दोषी देखिएका पसल तथा होटल संचालकहरूलाई पहिलोपटक सचेत गरेर छाडिएको अनुगमन समितिले जनाएको छ ।

No comments:

Post a Comment