Monday, December 26, 2022

तीन वर्षपछि निर्यात

विदुर । कोभिड–१९ को महामारी सुरु भएदेखि बन्द रहेको रसुवा भन्सार कार्यालयबाट तीन वर्षपछि सामान निर्यात सुरु भएको छ । 

आर्थिक वर्ष २०७६ देखि रसुवा नाकाबाट चीनतर्फको निर्यात रोकिएको थियो । पछिल्लो समय नियमितरूपमा चिनियाँ सामान आयात भइरहेको नाकाबाट निर्यात पनि हुन लागेको हो । शुक्रबार एक व्यवसायीले हस्तकलाका सामाग्री, मुर्ती र फलामको भाँडा निर्यात गर्न जाँचपास गराएको रसुवा भन्सार कार्यालय प्रमुख अधिकृत नारायण भण्डारीले बताए । केरुङ नाकाबाट निर्यात खुल्ला गरेको कुनै जानकारी आएको छै । तर, व्यवसायीले निर्यात गर्न सामान ल्याएपछि भन्सारले पास गरिदिएको छ । उनका अनुसार करिब ९ लाख ५० हजार रुपैयाँको एक गाडी सामान निर्यात भएको छ । चिनियाँ पक्षले नेपाली व्यवसायीहरूलाई नाकामा आवातजावत गर्न दिएको छैन । यसअघि व्यवसायीहरूले सामान आयात गर्दा चिनियाँ पक्षले पुलसम्म छाडेर जाने गरेको थियो । अहिले नेपालबाट चीन सामान पठाउँदा पारी मितेरी पुलमा लगेर छाड्ने समझदारी भएको भन्सार प्रसुख भण्डारीले बताएका छन् । 

No comments:

Post a Comment