![]() |
| ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक |
काठमाडौं । पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको कृति ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक भएको छ । राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणाले शनिबार पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै सांसद राणाले स्व. जीतसिंह खड्का निष्ठावान नेता भएको बताएका थिए । ‘उहाँसँग म पनि सँगै राजनीतिमा हिँडेको व्यक्ति हुँ,’ राणाले भने, ‘छातीमा हात राखेर भन्नुपर्दा उनीजस्तो निष्ठावान नेता पाइन्न ।’
यस्तै सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जीतसिंह खड्का साधारण जीवनशैलीको नेता भएको र उनी पञ्चायतका अन्य नेताभन्दा पृथक् रहेको प्रतिक्रिया दिए । ‘उहाँ पञ्चहरूको बारेमा हामीले सुनेको भन्दा फरक खालको नेता थिए । मान्छेले कुन राजनीतिक प्रणालीलाई अवलम्बन गर्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यसबाहेक राष्ट्रलाई हेर्ने दृष्टिकोण, जनतालाई हेर्ने दृष्टिकोण र विकास निर्माणको सवालमा हेर्ने दृष्टिकोण र जनतासँग कस्तो व्यवहार गर्छ भन्ने महत्वपूर्ण हुन्छ,’ सांसद तामाङले भने ।
स्वर्गिय नेता खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि स्वर्गिय माधवप्रसाद घिमिरे, लेखक तथा राजनीतिज्ञहरू राजेश्वर देवकोटा, मोहनविक्रम सिंह लगायत ३७ जनाले उनको व्यक्तित्वमाथि चर्चा गरेको पाइन्छ ।
![]() |
| पुस्तकको कभर |


No comments:
Post a Comment