Tuesday, October 22, 2019

महिला व्यवसायीलाई चौतर्फी समस्या

केदार ढकाल
विदुर/पाारिवारिक, सामाजिक र आर्थिक पक्षले साथ नदिँदा महिलाहरू उद्यमी बन्न गाह्रो रहेको नुवाकोटका महिला उद्यमीहरूले बताएका छन् ।
     
विदुरमा आयोजित महिला व्यवसायीको कार्यशाला तस्बिर : केदार /इमेज
पूर्णिमा परियोजनाको संयोजनमा नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको व्यवसायमा महिला विषयक अन्तरक्रिया कार्यक्रममा महिलाहरूले व्यवसाय गर्न चाहेमा परिवारबाट आर्थिक सहयोग नहुने, ऋण लिएर व्यवसाय गर्न खोज्दा वैङ्क तथा वित्तिय संस्थाले नपत्याउने गुनासो गरे ।
संघसंस्थाले सिप सिकाएर दक्ष बनाए पनि महिलाप्रतिको विश्वास नभएर परिवारले लगानी नगरिदिदा सिप अनुसारको उत्पादन गर्ने वातावरण नभएको महिलाहरूले नै दावी गरेका छन् । महिलाहरूको नाममा उद्योग तथा व्यवसाय दर्ता सञ्चालन गरेर पुरुषले नै सम्पूर्ण स्वामित्व लिइरहेको अवस्था अहिले रहेको महिला उद्यमीहरूको गुनासो छ । महिला उद्यमीले तयार गरेको बस्तु तथा सामाग्रीले बजार पाउन बढी मुस्किल रहेको उनीहरूको भनाई छ । ‘नुवाकोटको अहिलेको खास समस्या नै यही देखिएको छ’ संघका अध्यक्ष ताराबहादुर कार्कीले भने
एक अर्काबीच सहकार्य, समझदारी नहँुदा पहुँचको आधारमा सरकारी तथा गैरसरकारी संघसस्थाहरूले उपलव्ध गराउने सहभागितामुलक तथा सिपमुलक तालिममा एक पक्षिय मात्र हावी भइरहेको महिला व्यवसायीहरूको भनाई  छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नुवाकोट त्रिदेशिय मार्गको केन्द्र विन्दु रहेकोले मौलिकता झल्कने बस्तुको उत्पादनमा जोड दिँदा मात्रै बजारको समस्या नहुने बताए । उनले महिलाहरू उद्यमी तथा व्यवसायी बन्न चाहेमा बैङ्ले समेत सहुलियत व्याजमा ऋण प्रवाह गरिरहेकोले केही समस्या भए नगरपालिका आउन आग्रह गरे । ‘हामी यसका लागि पुरा तयार छौं, तपाईहरू ढुक्क भएर आउनुस्’ मेयर पण्डितले भने ।

विदुर नपाका मेयर पण्डित, उद्यमीसंग अन्तरक्रिया गर्दै तस्बिर : केदार /इमेज 
व्यवसाय सुरु गरिसकेपछि घाटा भयो भनेर पछि हट्न नहुने लक्ष्मी शर्मा र गीता भण्डारीले सुझाव दिए । व्यवसायमा चुनौतीको सामना गर्न सके मात्र सफल बन्न सकिने भन्दै उनीहरूले निरन्तरता दिन जिल्लाका महिला उद्यमीहरूलाई आग्रह गरेका छन् । ‘महिलाहरूको नाममा उद्योग तथा व्यवसाय दर्ता मात्रै हुने गरेको र खासमा उद्योगी व्यवसायी चाँही पुरुषनै रहेको आन्तरिक रोगले महिला उद्योगी व्यवसायीलाई कमजोर पारेको छ’ नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भने ।
     संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिया उपाध्यक्ष सन्तोष उप्रेती, पूर्णिमा कार्यक्रमका जिल्ला संयोजक चक्रपाणी तिमिल्सिना लगायतले जिल्लामा नै लगानी गर्ने वातावरण प्रशस्त रहेकोले पुरुष व्यवसायीहरूसँग प्रतिष्पर्धा गरेर अघि बढ्न महिला उद्यमीहरूलाई सुझाव दिएका छन् । 

सडकको स्तरोन्नती चीनले गर्ने

विदुर/चीनको सहयोगमा काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नती गर्नका लागि सहमती भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको छ । सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको छ । चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो ।
यो समझदारीसँगै चिनियाँ नाका केरुङ र काठमाडौंबीच उन्नत सडक सम्पर्कका लागि चीनियाँ सहयोग परिचालन गर्न बाटो खुलेको छ । यो समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो । टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ । काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ ।
हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ । काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुञ्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ ।
गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ । गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ । दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याप्रुबेसी सुरुङमार्गले मूलखर्क र राम्चेको पहिरो छल्न उपयुक्त हुने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । मैलुङ–स्याप्रुबेसी सुरुङमार्गको सम्भाव्यताका सम्बन्धमा भने अध्ययन हुन बाँकी रहेको छ ।
काम चाँहि तिहार पछि मात्रै
विदुर/चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ ।
निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो ।
चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ ।
कालोपत्रेसहितको दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ ।यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।
यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।

रसुवागढी नाकाबाट भित्रियो प्याज

विदुर/भारतले रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको छ । रसुवागढी नाकाबाट असोज महिनामा २ लाख ३९ हजार किलोग्राम प्याज आयात भएको छ । गत आर्थिक बर्षमा यो नाकाबाट प्याज आयात शून्य थियो ।
भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले चालु आर्थिक वर्षमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको बताए । नाकाबाट १ करोड २३ लाख रुपैयाँको प्याज आयात भएको उनको भनाई छ ।
आर्थिक वर्ष २०७५ र ७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ । रसुवागढी नाकाबाट आयात हुने कृषि तथा वनजन्य सामग्रीहरूमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राई मसरुम, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर रहेको छ । बाँसको मुडा, काठको टेबल, नाङ्लो, बोधीचित्तको माला, धुपदानी र अम्रिसोको कुचोलगायत वस्तु चीन निर्यात भइरहेका छन् ।
यो नाकाबाट चीनतर्फ कृषिजन्य सामग्री निर्यात हुन सकेको छैन । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यहीबाट हुँदै आएको छ । रसुवागढीलाई २०७४ भदौ १४ मा अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी–व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

बिकासले विनास गर्यो : सांसद खतिवडा


विदुर/गाउँठाउँमा हुने गरेको बिकासात्मक कामले विनास निम्त्याइरहेकोले दिर्घकालिन सोच बनाएर अघि बढ्नुपर्ने एक कार्यक्रमले निष्कर्ष निकालेको छ ।
विपद जोखिम न्यूनिकरणको लागि अन्तराट्रिय दिवसको अवसरमा  गएको सोमवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विशेष गरी सडक सञ्जाल निर्माण गरिए मात्र विकास भएको सोच्ने प्रवृतिले वर्षातको समयमा अत्याधिक मात्रामा विपदको घटनाहरू हुने गरेको बताए ।
      अन्तरक्रिया कार्यक्रममा प्रदेश संसाद हिरानाथ खतिवडाले विपद परेपछि मात्रै उद्धार तथा राहतको क्रियाकलापलाई प्राथमिकता दिइनु राम्रो नरेहको बताए । उनले विपद पूर्वतयारीमा ध्यान नदिइएकोले नै बढी समस्या आएको बताए । सामुदायिक विकास केन्द्र, नेपाल रेडक्रस सोसाइटी लगायत सामाजिक संस्थाहरूको सहयोगमा जिल्ला प्रशासन कार्यालय नुवाकोट कार्यक्रम गरेको थियो ।
जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले भोटको आशमा सडकलाई प्राथमिकता नदिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले दैविक प्रकोपलाई रोक्न नसके पनि कृतिम संरचनाहरूलाई बलियो बनाउनु नै अहिलेको आवश्यकता रहेको औल्याए । सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जलबायु परिवर्तनको कारण विपदहरू अत्याधिक हुने गरेकोले त्यसको जोमिखबाट बच्न सक्नुपर्ने बताए । उनले वडाको टोलटोलमा रहेका सम्पूर्ण नागरिकहरूको माझमा विपद जोखिम न्यूनिकरणको सवाल पुराउनुपर्ने बताए ।
नेकपा नुवाकोटका नेता बुद्धिबहादुर प्रधान, नेपाली काङ्ग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, राप्रपा संयुक्तका प्रतिनिधि रामकृष्ण भट्ट, उपभोक्ता हित संरक्षण मञ्चका नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल नागरिक समाजका जिल्ला शाखा नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, नेपाल रेडक्रस सोसाइटीका डेपुटी डाइरेक्टर शिवराम गौतमले विपद न्यूनिकरण गर्ने काम वडा स्तरमै हुनुपर्ने बताएका छन् ।

२०७६ कात्तिक ४ गतेको सम्पादकिय

भ्रमण वर्षको लाभ उठाऔं
नेपाल भ्रमण वर्ष २०२० सुरु हुन दुई महिना मात्रै बाँकी छ । नेपालको सम्भावनालाई विश्व बजारमा प्रस्तुत गर्न तथा तत्कालकै अवस्थामा यहाँका नागरिकहरूको आयस्तरमा टेवा पु¥याउनका लागि नेपाल सरकारबाट घोषणा भएको नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारी, गैर सरकारी तथा व्यक्ति–व्यक्तिबाट विभिन्न अभियान तथा गतिवधिहरू भए गरेको पाउन सकिन्छ । आफ्नो स्थानमा रहेका पर्यटकिय स्थानहरूको पहिचान, प्रचार र संरक्षणमा स्थानीय सरकार, सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिहरू समेतको सक्रियता अहिले बढ्दो छ । यो आम देशभरिनै भइरहेको अभियानमा नुवाकोट जिल्ला अछुतो नरहेपनि अभियान र गतिविधिमा असाध्यै कम देखिएको छ । केही साता अघि विदुर नगरपालिकाले होटल, पर्यटन व्यवसायीहरूसंगको सहकार्यमा नगरभित्रका धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थानहरूको बारेमा छलफल र चर्चा गर्यो । भ्रमण वर्षको पुर्वसन्ध्यामा भएको त्यो प्रयासले एक किसिमको सन्देश प्रदान गरेतापनि नुवाकोट जिल्लाका पर्यटकिय स्थानहरूको प्रचार र त्यहाँसम्म पुग्ने मार्ग तथा जानकारीलाई यथेष्ट मात्रामा बाहिर लैजाने काम भने अहिलेसम्म भएको छैन ।
नुवाकोटमा घुम्नका लागि ‘खासै केही छैन’ भन्ने परम्परावादी साचेले हामी भरिएका छौं । साततले दरवार र देविघाट परिषरलाई मात्रै पर्यटकिय स्थलको रुपमा ब्याख्या गरिरहेका हामीले त्यस्ता सम्भावना र इतिहासलाई देखिरहेका छैनौं, जुन आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तब्यका रुपमा विकास हुन सक्छ । नुवाकोटमा रहेको १२ वटा स्थानी तहरूसंग कम्तिमा पनि तीन देखि चार वटा राष्ट्रिय स्तरमा चर्चामा रहेका वा पर्यटक लोभिनसक्ने स्थान, पक्ष र विषयवस्तु छन् । तर स्थानीय सरकारले यस तर्फ ध्याननै नदिएको देखिएको छ । जसले गर्दा अबको दुई महिना पछि सुरु हुने नेपाल भ्रमण वर्षमा नुवाकोट जिल्लामा घुम्नका लागि आउने पर्यकटहरूलाई देखाउने कुरा नहुनसक्छ, वा पर्यटकहरू नै कम आउन सक्नेछन् । त्यसैले बाँकी रहेको यो अवधिमा यस तर्फ प्रशस्त अध्यायन, प्रयास र तयारीहरू हुनु आवश्यक र जरुरी देखिएको छ । त्यसका लागि दुवै नगरपालिका र १० वटै गाउँपालिकाहरूले आफ्नो स्थानीय तहमा भएका रहेका पर्यटकिय स्थान र महत्वका बारेमा सूची तयार गरेर प्रचारप्रसार गरिनु र त्यहाँसम्म पर्यटकलाई पुग्ने सहज अवस्थाको सृजना गर्नु महत्वपूर्ण ठहरिएको छ । होइन भने नेपाल भ्रमण वर्ष २०२० सकिदै गर्दा पनि नुवाकोट जिल्लाले त्यसको लाभ पटक्कै उठाउन सक्ने छैन । 

नुवाकोटलाई फाइदै फाइदा

विदुर/सी चिनफिङको नेपाल भ्रमणले नुवाकोट र रसुवालाई बढी फाईदा मिल्ने देखिएको छ । शनिवार र आइतवार दुई दिने राजकिय भ्रमणका क्रममा राष्ट्रपति सीले जनाएको प्रतिबद्धता अनुसार अन्य जिल्लाको तुलनामा नुवाकोटलाई बढी फाईदा मिल्ने भएको हो ।
काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहजरूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको शनिबारदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि आइतबार अन्य सहमतिसँगै यसको पनि घोषणा भएको छ । उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ । सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ । पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ ।

अहिले अध्ययन भएको टोखा छहरे खण्डको लम्बाइ चार किलोमिटर छ । ‘हामीले भने यसलाई ८ किलोमिटर बनाउनुपर्ने प्रस्ताव गरेका छौ ।  त्यति भयो भने सडकका मुख्य घुम्ती सकिन्छन,’ स्रोतले भन्यो । दोस्रो खण्ड बेत्रावती स्याफ्रुवेंसी सुरूङ हो । यो सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ । अहिलेको प्रारम्भिक अध्ययन अनुसार स्याफ्रुवेंसीबाटै सुरू गरेर बेत्रावतीसम्म सुरूङ बनाउने हो भने त्यसको लम्बाइ २४ किलोमिटर हुन्छ ।
यो सुरुङ्ग मार्ग निर्माणको प्रसङ्गसंगै सी चिनफिङको नेपाल भ्रमणले नुवाकोट र रसुवालाई हुने फाईदाहरूको बारेमा राष्ट्रिय रुपमा समीक्षा हुन थालेको छ ।
रसुवाको सदरमुकाम धुन्चेभन्दा केही माथिबाट सुरूङ सुरू गर्ने हो भने १७ किलोमिटर हुन्छ । सुरूङ निर्माण ठ्याक्कै कहाँबाट सुरू गर्ने भन्ने विस्तृत अध्ययनपछि तय हुनेछ । अहिलेसम्मको अध्ययन हेर्दा दुइटा सुरूङको लम्बाइ लगभग ३० किलोमिटर जति हुने देखिन्छ । यो सुरूङ मार्ग बनेपछि काठमाडौं–केरूङको जम्मा लम्बाइ ८२ किलोमिटरमा झर्नेछ । यी सुरूङ मार्गले काठमाडौ–केरूङ सडक पहिरोले अवरुद्ध भइरहने समस्या पनि अन्त्य गर्नेछन ्। त्यसपछि बाह्रै महिना काठमाडौं–केरूङबीच सडक यातायात निर्वाध चल्नेछ । यसको भू–राजनीतिक महत्व कम हुने छैन। दुई वर्षअघि भारतले नेपालमा नाकाबन्दी
लगाएका बेला केरूङबाट कच्ची सडकमा ढलपल गर्दै १२ वटा ट्यांकर तेल बोकेर नेपाल छिरेका थिए। त्यसको मनोवैज्ञानिक प्रभाव दिल्लीमा कम परेको थिएन ।
चीनले नेपाललाई दिएको बलियो ढाडस भारतले अन्ततस् नाकाबन्दी अन्त्य गर्नुको एउटा मूल कारण थियो । नेपाल र चीनबीच पारवहन सन्धि र त्यसको प्रोटोकलमा हस्ताक्षर भइसकेको छ ।
सुरूङ मार्गसहित टोखा–केरूङ सडक सञ्चालनमा आएपछि व्यवहारिक रूपमै नेपालको समुद्री तटसम्मको पहुँचमा भारतको ‘एकाधिकार’ अन्त्य हुनेछ । यी सुरूङ मार्ग निर्माणको अर्को पनि अर्थ छ– अब नेपाल र चीन दुवैलाई तत्कालै रेल मार्ग बनाइहाल्नु पर्ने दबाब रहन्न । केही अघिसम्म पनि चीनले रेलमार्ग निर्माण चाँडै सुरू गरिदेओस् भन्ने अपेक्षा नेपाल सरकारको थियो। यो बीचमा रेल निर्माणसँग जोडिएका प्राविधिक, आर्थिक चुनौती र जटिलता बाहिर आए ।
चीनले गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले पनि रेलमार्ग निर्माण गर्न करिब तीन खर्ब रुपैयाँ र कम्तिमा ९ वर्ष लाग्ने देखायो । त्यसपछि सम्भाव्यता अध्ययन र डिपिआर निर्माणको चरणमा हामी प्रवेश गरेकै छैनौं । सीमापारिको अन्यौल पनि कम छैन। तिब्बतको सिगात्सेसम्म रेल आएको छ । तर सिगात्सेबाट केरूङसम्म ५४० किलोमिटर रेल चीनले कहिलेसम्म विस्तार गर्ने योजना बनाएको छ, यकिन छैन ।
नेपालतिरको १०० किलोमिटर रेलमार्ग बनाउन करिब तीन अर्ब अमेरिकी डलर लाग्ने हो भने त्यही हिसाबले सिगात्सेऽकेरूङ रेलमार्ग बनाउन करिब १५ अर्ब डलर लाग्छ । यति ठूलो धनराशी खर्च गरेर नेपालसँग रेल जोड्नु दुवै देशका लागि आजका दिनमा आर्थिक हिसाबले कति लाभदायक छ भन्नेमा चीनको खुलस्त धारणा बाहिर आएको छैन । नेपाल हुँदै रेल भारतसम्म पुग्ने अवस्था आयो भने चीनका लागि त्यो लगानी पक्कै ठूलो होइन ।
यस्तो अवस्थामा सुरूङ मार्गसहित टोखा–केरूङ सडक निर्माणले दुवै पक्षलाई रेलमार्ग निर्माणको हतारोबाट छुटकारा दिनेछ । व्यावहारिक रूपमा पनि चिनियाँ अनुदानमा यी सुरूङ मार्ग निर्माण सुरू भएपछि तुरून्तै रेलमार्ग निर्माणमा चीन जुट्ने छैन । किनभने यी सुरूङको आर्थिक लगानी सानो हुने छैन। डिपिआर निर्माणको चरणमा प्रवेश नगरेकाले अहिले नै लगानी कति चाहिन्छ भन्न सकिन्न । जापान सरकारको अनुदानमा नागढुंगा–सिस्नेखोला जोड्ने २.७ किलोमिटरको सुरूङ मार्ग निर्माण सुरू हुन लागेको छ । त्यसको लागतका आधारमा उस्तै भूगोलमा रहेको टोखा–केरूङ सडकमा बन्ने सुरूङ मार्गको लागत अनुमान गर्न सकिन्छ ।
यो २.७ किलोमिटर लामो सुरूङ निर्माण गर्न १४ अर्ब रुपैयाँमा जापानी कम्पनीले भर्खरै ठेक्का लिएको छ । जग्गाको क्षतिपूर्तिको रकम अलग छ । नागढुंगा–सिस्नेखोला सुरूङकै जत्तिको लागत अनुमान गर्ने हो भने पनि टोखा–केरूङ सडकमार्गमा पर्ने सुरूङहरू बनाउनका लागि हाराहारी १५० अर्ब रुपैयाँ लाग्नेछ । राष्ट्रपति सीको उपस्थितिमा भोलि हुने सहमतिमा रेलको विषय पक्कै पर्नेछ । रेलमार्गको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति हुने स्रोतले बतायो ।
नेपालले सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र निर्माणसम्मको एउटा ‘फ्रेमवर्क सहमति’मा हस्ताक्षर गर्ने प्रस्ताव गरेको थियो । चीनले भने सम्भाव्यता अध्ययन गर्नेमा मात्र सहमति जनाएको छ । रेलबारे सहमतिको बाँकी भाषामा नेपाल र चीनले सन् २०१८ को जुन २१ मा जारी गरेको संयुक्त वक्तव्यको अंश दोहोरिने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो चीन भ्रमणका अवसरमा जारी संयुक्त वक्तव्यमा भनिएको थियो, ‘सीमापार रेल्वेको विकासका लागि सम्झौता पत्रमा हस्ताक्षर भएकोमा दुवै पक्षले खुसी व्यक्त गरेका छन् ।
द्वीपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण पहलकदमी हो र यसले सीमापार पहुँचमा नयाँ युगको सुरूआत गर्नेछ।’ नेपाली पक्षले भने संयुक्त वक्तव्यमा रेल भविष्यमा लुम्बिनीसम्म र्पुयाउन सकिने उल्लेख गर्न अनुरोध गरेको छ ।  सुरूङ मार्गबाहेक नेपाल र चीनबीच अरनिको राजमार्गको स्तरोन्नतिमा सहमति हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको दोस्रो चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा परेका चीनको नाका हुँदै उत्तर–दक्षिण जोड्ने कोशी, गण्डकी र कर्णाली करिडरको विषयमा पनि यसपालि थप सहमति हुनेछ ।
किमाथांका–लेगुवा, कोरला–पाल्पा र हिल्सा–सुर्खेत जोड्ने राजमार्गको विकास यसपालि छलफलको एजेन्डामा छन्। यिनमा कुन तहको सहमति हुने भन्ने यकिन छैन। प्राथमिकताका आधारमा यी सडकको विकास गर्दै लैजाने चिनियाँ पक्षको मत छ । नेपाल र चीनबीच जलविद्युतको विकासमा ‘फ्रेमवर्क सम्झौता’मा हस्ताक्षर गर्ने सहमति पनि भएको उच्च स्रोतले बतायो । यसमा परियोजनाको विकासदेखि क्रस बोर्डर ट्रान्समिसन लाइनसम्मका विषय पर्नेछन ।
सरकारी तहबाट अहिले नै कुनै पनि परियोजना निर्माणको प्रतिवद्धता भने आउने सम्भावना कम छ। तर चीनको चाइना पावर कन्स्ट्रकसन कम्पनी र नेपालको सरकारी हाइड्रोइलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीबीच ७५६ मेगावाटको जलाशययुक्त तमोर आयोजना विकास गर्ने सम्झौता पत्रमा हस्ताक्षर हुन सक्छ । शुक्रबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तमोरको सर्भे लाइसेन्स यी दुईलाई संयुक्त रूपमा दिने निर्णय गरेको थियो ।
दुई घण्टामा काठमाडौं केरुङ्ग
टोखा–छहरे र स्याफ्रुबेशी–बेत्रावती सुरूङमार्ग काठमाडौं–चीनको दूरी घटाउने, ढुवानी लागत कम गर्ने मात्र नभएर नेपाललाई समुद्री तटसम्म जोड्ने महत्वपूर्ण मार्ग बन्नेछ । नेपाल र चीनबीच स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन, व्यापार तथा क्रस बोर्डर कनेक्टिभिटीको सम्भाव्यता अध्ययन लगायतबारे विभिन्न सम्झौता भएका छन् ।
दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतवार दुईदेशबीच सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । भएका सम्झौतामध्ये काठमाडौं–केरूङ जोड्ने टोखा–छहरे र स्याफ्रुबेशी–बेत्रावती सुरूङमार्ग पनि एक हो ।
अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेशनबीच सुरूङमार्ग निर्माण गर्ने सम्झौता गरिएको हो । यसका लागि दुई देशको सहकार्यमा कम्पनी स्थापना गर्ने जनाइएको छ ।
काठमाडौंलाई चीनसँग जोड्ने छोटो यो खण्डमा सुरूङमार्ग बने यसले काठमाडौं–चीनलाई थप नजिक ल्याउनेछ । चीनको रेसुओपोर्ट र

विकास निर्माणमा तादी गाउँपालिका

खरानीटार–उर्लेनी सडक अन्र्तगत टुटुङ्ग . तस्बिर : इमेज
कपिलदेव खनाल
खरानिटार/विकास निर्माणको मेरुदण्ड मानिएको सडक सञ्जाल, बाटोघाटो र पुल निर्माणमा नुवाकोटको तादी गाउँपालिकामा प्रशस्तै काम भए गरेको पाइन्छ । प्रत्येक वडा कार्यालयमा बाह्रै महिना यातायातका साधन सञ्चालन हुनसक्ने स्थायी सडक निर्माण भईसकेको छ । गाउँपालिकाको केन्द्र तथा अन्य वडा र छिमेकी गाउँपालिका जाने सडक पक्की छन् । वडाको पनि प्रत्येक वस्ती र टोलमा नागरिकहरूलाई सहज रुपमा सडकको व्यवस्था भइसकेको छ । ‘हामीले नागरिकहरूको सुविधालाई ध्यानमा राखेर बढी काम गरिरहेका छौं’ गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
त्यसका अलावा अति दुर्गम स्थानमा झोलुङ्गे पुल समेत निर्माण भइरहेको छ । विशेष गरी बर्खाको समयमा पैदल हिड्ने नागरिकलाई सुरक्षित पार्न र सहज यात्राका लागि झोलुङ्गे पुल धमाधम निर्माण भइरहेको छ । वडा नं. १ को काल्चेमा पर्ने  झोलुङ्गेपुल निर्माणको अवस्था अन्तिम बनेको छ । यहाँका वडा अध्यक्ष नकुरदोङ्ग तामाङ वडाको अहिलेको प्राथमिकतामा झोलुङ्गेपुल र सडक रहेको बताउछन् ।
गाउँपालिकाको केन्द्रबाट वडा नं. २ हुँदै वडा नं. १ को उर्लेनी पुग्ने यो सडकले नागरिकहरूमा विकासप्रतिको बेग्लै आश जगाएको छ । अघिल्लो वर्षसम्म हिड्नुपर्ने यहाँका नागरिकहरू अब यातायातको साधानबाट आवतजावत गर्ने अवस्थामा छन् । अझ यही सडक उर्लेनीबाट काल्चे हुँदै मालाभञ्याङ्ग पुगेको छ । यही सडकबाट मालाभञ्याङ्ग, काल्चेबाटै बाघमारा पुग्नु यहाँको विकास निर्माणले लिएको द्रुत गतीको प्रमाण हो । ‘गाउँपालिकाभित्र सडक सञ्जाल र त्यसको रिङ्गरोड बनाउने योजना हामीसति छ’ गाउँपालिका अध्इक्ष पाण्डेले भने ।
उर्लेनीको मध्ये गाउँ पुगेको सडकमा खेल्दै स्थानीय । तस्बिरः इमेज 
तादी गाउँपालिकाको मुख्य सडक मार्गमा पर्ने स्थानहरूमा सुरक्षित र बलिया पक्की पुलहरू नियमित सञ्चालनमा छन् । तादी गाउँपालिकामा भएका सडकको स्तरउन्नती र नयाँ सडक निर्माण हुने कार्य यहाँ लोभलाग्दो अवस्थामा छ । वडा नं. २ को सल्लाधारी हुँदै रालुकादेवी मैदान सडक स्तरउन्नतीले नागरिकहरूलाई सहजता मिलेको छ । त्यस्तै सत्तारबाट चिलाउने हुँदै बाघमारा सडकको ट्रयाक खुलेको छ । यस गाउँपालिकाको प्रशिद्ध र आर्कषक पर्यटकिय क्षेत्र बाघमारा पुग्नका लागि वडा नं. ४ को सातबिसेबाट पनि सडक तयार भएको छ । बाह्रै महिना सञ्चालनमा आउने गरी तयार गरिएको यो सडकको ठाउँठाउँमा ढलनसमेत गरिएको वडा नं. ४ का अध्यक्ष मुक्तबहादुर श्रेष्ठ बताउछन् । 

सडकको बिषयमा बिभागमै चर्काचर्की

विदुर/दुई वर्षदेखि धराप जस्तै बनेको छहरे टोखा सडकको स्तरउन्नतीको बारेमा छलफलका क्रममा सडक विभागमै चर्काचर्की भएको छ । कर्मचारी र नेताहरु बीच यस सडकको विषयमा विवाद भएको  छ । नेताहरू सडकका लागि आवह्यक रकम विनियोजन गरेको भएपनि विभागले काम नगरेको बताइएको छ ।
छहरे टोखा सडकखण्डको बारेमा यही प्रसङ्गलाई लिएर नुवाकोटका नेता र सडक बिभाग बिच सडकमै बहस भएको छ ।
प्रदेश तथा संघीय मन्त्रालयबाट सडक स्तरोन्नतिको लागि आवश्यक रकम पठाइए पनि सडक बिभागको लापरबाहीले जनताले सास्ती बेहोर्नु परेकाले सडक बिभागका कर्मचारीलाई सडकमै बोलाएर बहस गर्न‘परेको प्रदेश सांसद बद्री मैनालीले बताए ।
नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सांसद बद्री मैनाली, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ लगायत नेकपाका नेता तथा कार्यकर्ताको संयुक्त टोलीले डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख, ईन्जिननियर  लगायतलाई तत्काल चाडपर्वलाई ध्यानमा राखेर सडक यात्रा सहज कायम गराउन निर्देशन दिएका छन् ।
बिगतमा सडक स्तरोन्नतिका लागि करोडौं रकम विनियोजन भए पनि सडक बिभागले गरेको आनाकानी र आफ्नो तर्फबाट सहि कार्यन्वयन दिन नसक्दा सडकको यो हालत भएको संघीय सांसद हितबहादुर तामाङले बताए ।
प्रदेश सरकार तथा संघीय मन्त्रालय द्वारा विनियोजित ३ करोड बराबरको रकम सहि कार्यन्वयको अपेक्षा राखेको सांसद राधिका तामाङले बताए । यता डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले भने वर्षाको समय भएको र निर्माण सामग्री ढुवानीका सयौं गाडीहरू निर्वाध चल्दा सडकको अवस्था बिग्रेको बताए ।

जग्गाको क्षतिपूर्ती दिइने


ककनी/काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका स्थित सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका जग्गाको बालीनालीको क्षतिपूर्ति दिने भएको छ ।
काठमाण्डौ महानगरपालिकाको कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको हो । दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर सिसडोलमा लगिने गरेको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
जसमा सबैभन्दा बढी काठमाण्डौबाट पाँच सय मेट्रिकटन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र काठमाण्डौ महानगरपालिकाले गरी दुई सय गाडी फोहर ल्याइने गरेको छ ।
त्यसैगरी फोहरमैला व्यवस्थापनमा विद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहरमैला व्यवस्थापन कार्यमा पनि छलफल गरेको छ । 

रोकिएन नदीमा ढल मिसिन

त्रिशुली/नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सिधै त्रिशुली नदीमा मिसादै आएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गे बजारका झण्डै दुई सय घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए ।
पुरानो नगरपालिका, व्यवस्थित योजना बिनै बसाएको सहर र जग्गाको अभावमा शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाइदै आएको उनले बताए । उक्त कार्य रोक्नका लागि दुई चार पटक छलफल पनि चलाईसकेको तामाङले बताए । 
त्रिशुली नदी किनारमा रहेको पुरानो बस्ती भएकाले शुरु देखि नै सेफ्टी ट्याङक नबनाई नदीमा बिसर्जन गर्दै आएको उनले बताए । हाल बिदुर नगरपालिका र प्रदेश सरकारको सहयोगमा त्रिशुली नदी किनारमा करिडोरको निर्माण भैरहेको छ ।
पार्क सहितको एकिकृत ढल प्रणलि निर्माण सुरु भैसकेको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित बताउछन् । बजारको ढललाई नदीमा सिधै मिसिनबाट जोगाउन कोरिडोरमा उच्च प्रबित्रिकाृ ढल प्रशोधन समेत निर्माण गर्ने योजना रहेको छ ।
यसै बीच, नदी किनारमा रहेको बस्ती र सीमित जमीनका कारण हरेक घरमा सेफ्टी ट्याङ्क बनाउन असम्भव भएकाले यसको विकल्पमा सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको छ ।

पर्यटक आकर्षित गर्ने काम भइरहेको छ

विदुर नपा वडा नं. ४ का अध्यक्ष तथा नपा प्रवक्ता टलकमान श्रेष्ठ । तस्बिर: इमेज 
विदुर/विदुर नगरपालिकाको वडा नम्वर ४ लाई आन्तरिक पर्यटकहरूका लागि आकर्षित गर्ने गरी काम भइरहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरूलाई संरक्षण गर्ने तथा स्थापना गर्ने काममा स्थानीय सरकार लागिरहेको उनको भनाई रहेको छ ।
गएको शुक्रवार बट्टार क्रियापुत्री कल्याणकारी प्रतिष्ठानको आयेजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख पण्डितले उक्त धारणा राखेका हुन् । वडा नं. ४ को बट्टारमा खाली रहेको जमिनहरूको प्रयोगमा नगरपालिकाले योजना बनाइरहेको उनले बताए । मानवको १६ कर्म मध्येको एक अन्तिम काजक्रृया पछिको कामका लागि निर्माण भइरहेको क्रियापुत्री भवनका लागि नगरपालिकाले १० लाख रुपैयाँ यो वर्ष विनियोजना भएको उनले जनाकारी दिए ।
अघिल्लो वर्ष समेत क्रियापुत्री भवन निर्माणका लागि विदुर नगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गरेको थियो । धार्मिक तथा ऐतिहासिक स्थलाका साथै खुल्ःला स्थान बढी रहेकोले बट्टार हावाघर क्षेत्रमा आन्तरिक पर्यकटहरूका लागि काम भइरहेको छ । बसपार्क, घण्टाघर, जेष्ठ नागरिक विश्राम स्थल, प्रतीक्षालय, मन्दिरहरूको जिर्णोद्धार तथा क्रियापुत्री भवन निर्माणले यहाँको सुन्दरता बढाउने बताइएको छ । त्यसका लागि विदुर नगरपाकिलाले विकास निर्माणलाई प्राथमितकतामा राखेको र भुगोलका कारण केही समस्या भएको बताइएको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सडक निर्माणका लागि सक्दो पहल भइरहेको बताए । वडा नं. १२ को सडकको स्तरोन्नतिका लागि मात्रै दुई करोड रुपैयाँ खर्च भएको उनले कार्यक्रममा सुनाए ।
विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष तथा विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले विदुर नगरपालिका जिल्लाकै केन्द्रमा रहेको र त्यसमा पनि वडा नम्वर चार विभिन्न कारणले सम्वृद्ध रहेको बताए । उनले यस वडाको सम्वृद्धिलाई टिकाउने र अझ विकास गर्नेमा नगरपालिका र वडा कार्यालयको तर्फबाट प्रतिवद्धता जनाएका छन् ।
बट्टार क्रियापत्री कल्याणकारी प्रतिष्ठानले हावाघर नजिकै दुई तल्लाको क्रियापुत्री घर बनाइरहेको छ । २०६२ सालमा शिलान्यास भएको भवनको दुई वर्ष अघिबाट निर्माण कार्यमा तिब्रता आएको छ । निर्माण समितिका अध्यक्ष मोहनबहादुर खड्काका अनुसार अहिले एक तल्लाको ढलान स्म्पन्न भइसकेको छ । त्यसका लागि विदुर नगरपालिका र स्थानीयहरूले चन्दा दिएका छन् । अन्तराष्ट्रिय मापदण्डको भवन निर्माण भइरहेको र त्यसालई नेपालकै नमूना क्रिायपुत्री भवन बनाउने अध्यक्ष खड्काले बताए ।
दशैं लगायतका नेपालीहरूको विभिन्न चाडको शुभकामना आदानप्रदान तथा चियानका लागि आयोजना गरिएको कार्यक्रममा सहभागिहरूले विदुर नगरपालिका र त्यस भित्र पनि वडा नम्वर ४ को सामाजिक, धार्मिक र सांस्कृतिक पक्षहरूको चर्चा गरेका थिए । हिन्दुधर्मालम्बीहरूको मृत्यु पछि अन्तिम संस्कार गरेर बसिने क्रियाका लागि नुवाकोटमा सार्वजनिक र उपयुक्त स्थान भएकै कारण काठमाडौंको पशुपती लगायतका अन्य स्थानमा बस्दा आएका छन् ।
यो भवन निर्माण सम्पन्न भएपछि यो सम्मस्या हट्ने विश्वास गरिएको छ ।   

भ्रमण वर्षमा घुम्नुपर्ने नुवाकोटको स्थान

विदुर/भ्रमण बर्ष २०२० को लागी नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउन यतिखेर नुवाकोट लालायित भएको छ । त्यसैको तयारीमा यतिखेर नुवाकोट प्रादेशिक सरकार तथा स्थानीय निकाय, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू एकजुट भएका छन् ।
विश्व पर्यटन दिवसको अवसर पारेर जिल्लाको सदरमुकाम विदुरमा भिजिट नेपाल २०२० को एक बहस नै चलाइएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ को आयोजना र स्थानीय सरकार विदुर नगरपालिका नुवाकोटको सहआयोजना सञ्चालित कार्यक्रममा ऐतिहासिक धरोहर नुवाकोटले भिजिट नेपाल २०२० को अधिकतम फाइदा उठाउनुपर्ने आवाज उठेको छ । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला तर प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण नुवाकोट पर्यटकीय दृष्टिकोणले अब्बल रहेको भन्दै यसको प्रचार प्रसार र प्रवद्धर्नमा लाग्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । 
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पहिलो सुरुवात नुवाकोट जिल्लाबाटै गरेका थिए । पहिलो र दोस्रो आक्रमणबाट पराजित भएका शाहले तेस्रो पटक वि.सं. १८०१ मा आक्रमण गरी नुवाकोटमाथि विजय गरेका थिए । 
जितपछि नुवाकोटमा दरबार बनाई पृथ्वीनारायण शाहले गोरखा र नुवाकोटलाई राजधानी बनाएका थिए । २४ वर्ष नुवाकोटबाटै राज्य सञ्चालन गरेका थिए । भ्रमण बर्ष २०२०को लागी नुवाकोटको मुख्य पर्यटकिय स्थलहरूको संभाब्यता अध्यन गरि उजागर गरिएको छ । नुवाकोट सात तले दरबार, बेल्कोटगढी, दुप्चेश्वर महादेब मन्दिर, सागरकुण्ड, ककनी, लगायतका क्षेत्रहरूलाई मुख्य क्षेत्रको रुपमा
प्रचार प्रसार सुरु गरेको छ । आन्तरिक एवं बाह्य पर्यटहरू भित्र्याउनको लागी नुवाकोटमा पुर्बाधारहरूको प्रचारप्रसारमा जोड दिएको छ ।  धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर लगायतका क्षेत्रहरूलार्य आन्तरिक पर्यटकहरूको गन्त्ब्यको रुपमा लिएको छ ।

नुवाकोट प्रहरी समुदायसित बढी सक्रिय

विदुर/हरप्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय नुवाकोटले अभियान सञ्चालन गरेको छ । 
चाडपर्बको समयमा समुदायमा सुरक्षाको प्रत्याभुत गर्नको लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको शक्रियतामा प्रहरी हाम्रो टोलमा भन्ने अभियान सञ्चालन भएको हो । समग्र नुवाकोटे नागरिकहरूको सुरक्षाको जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनशक्ति अभाब र भौतिक संरचनाको अभाबमा पनि सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा कोहि पनी नागरिकहरूले असुरक्षाको महशुस गर्न नपाउने भुमिका निर्बाह गर्नको लगी नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले निर्देशन दिएका छन् ।
समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सबै टोल टोलमा प्रहरीको उपस्थिति गराउने जिल्ला प्रहरी कार्यालय नुवाकोटको योजना रहेको छ । नुवाकोटमा सुरक्षा जनशक्ति अभाब भएता पनी नागरिकहरूले चाहे जस्तो सुरक्षाको प्रत्याभुत दिलाउन जिल्ला प्रहरी कार्यालय तत्पर रहेको बताईएको छ । नुवाकोटमा रहेका करीब साढे दुई लाख नागरिकहरूको सुरक्षाको लागी जम्मा ४१९ जना प्रहरीको दरबन्दि रहेको र त्यसमा पाी हाल नुवाकोटमा ३ सयको हाराहारिमा मात्रै प्रहरी रहेका छन् 
प्रहरीको संख्यामा कमि भएता पनी सबै नागरिक सबै प्रहरी भन्ने उद्देश्यले हिडेमा कुनै पनी सङ्कट नआउने प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै, नुवाकोटमा सञ्चालित सबै यातायातका साधनहरूलाई दशैको समयमा ब्यबस्थित र मर्यादित बनाउनको लागी यातायात ब्यबसायी र सरोकारवालाहरू लागि परेका छन् ।  एक साता अघि प्रहरी प्रमुख अबिनारायण काफ्लेले यातायात ब्यबसायीहरूलाई आफ्नो कार्यकक्षमा बोललाउदै चाडपर्बमा सहज रुपले यातायातको ब्यबस्थापन गर्नको लागी आग्रह गरेका छन् । ट्राफिक नियमको पालना गराउदै सुरक्षित तबरले यात्रुहरूलाई गन्तब्य सम्म पुराउनको लागी आग्रह गरेका छन् ।
दशैको समयमा सबारी साधनहरूले बढि भाडा लिने, बिना रुट परमिट सबारी कुदाउने, तिब्र गतीमा सबारी चलाउने लगायतका कारण सडक दुर्घटना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न यातायात समितिसँग आग्रह गरेका हुन् । सबारी चालक, सहचालक लगायत सबारीसँग आबद्ध भएका सबै ब्यक्तिहरूलाई दशैको समयमा मर्यादिन भएर सबारी सञ्चालन नगरेमा कडा कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यातायात ब्यबसायीहरूले चालक र सह चालकहरूलाई टाढैबाट चिनिने ओभर ज्याकेटको ब्यबस्था गर्ने बताएका छन् । यस्तै, चाडपर्बको अबसरमा आबाश्यक पर्ने थप यात्रुबहाक बसहरूको समेत ब्यबस्थापन हुने भएको छ । चाडपर्बको समयमा सबारी साधनहरूलई ब्यबस्थित बनाउनको लागी सबै सरोकारवाला निकायहरूको सहयोगले मात्रै दुर्घटना न्युनिकरण गर्न सकिने बताईएको छ । 

२०७६ असोज २७ गतेको सम्पादकिय

सुरुङ्गले देखाएको सपना
सी चिनफिङको नेपाल भ्रमणले नुवाकोट जिल्लाको तमाम् सम्भावनाहरूलाई प्रस्तुत गरेको छ । नेपाल सरकारको वर्षौ देखिको सपना र चीन सरकारले प्रतिवद्धता जाहेर गरेको रेल मार्ग र सुरुङ्ग मार्गका कारण नुवाकोट धनधान्य हुने पक्का छ । छहरे टोखा सुरुङ्ग मार्ग र त्यसपछि स्याफ्रुवेशी बेत्रावती सुरुङ्ग मार्गको पक्कापक्की भइसकेको छ । चीनबाट रसुवागढी हुँदै आउने रेल नुवाकोट भइ लुम्वनी र काठमाडौं जाने छ । त्यसका लागि डिपिआर तयार गर्ने घोषणा सीबाट भएको छ । उत्तरी छिमेकीसंगको यो विकासमा जोडिने नुवाकोट जिल्लामा सामाजिक, आर्थिक, राजनैतिक र अन्य सबै खाले फाईदा लिन सक्ने छ । चीनको दूरी घटाउने, ढुवानी लागत कम गर्ने मात्र नभएर नेपाललाई समुद्री तटसम्म जोड्ने महत्वपूर्ण मार्ग बन्नेछ । नेपाल र चीनबीच स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन, व्यापार तथा क्रस बोर्डर कनेक्टिभिटीको सम्भाव्यता अध्ययनबारे विभिन्न सम्झौता भएका छन् ।
छहरे टोखा सुरूङमार्ग निर्माण गर्ने दुवै दशेका बीचमा सम्झौता भएको छ । यसका लागि दुई देशको सहकार्यमा कम्पनी स्थापना गर्ने घोषणा समेत आइतवारको सम्झौता कार्यक्रमबाट भएको छ । काठमाडौंलाई चीनसँग जोड्ने छोटो यो खण्डमा सुरूङमार्ग बने यसले काठमाडौं–चीनलाई थप नजिक ल्याउनेछ । 
रसुवागढी, स्याफ्रुबेसी, छहरे, गुर्जेभन्ज्याङ, हुँदै टोखासम्मको दूरी १०० किलोमिटर छ । छहरेदेखि टोखासम्म २७ किमी दूरी पर्छ । स्याफ्रुबेशी–बेत्रावती र छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमी सडक छोटिने प्रारम्भिक अनुमान छ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरूङ बनेमा यो दूरी झन् छोटो हुनेछ । प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करीब साढे ७ किलोमिटर उत्तरमा छ । टोखा–छहरे सुरुङमार्गको दूरी करीब ५ किमी हुने प्रारम्भिक अनुमान छ । स्याफ्रुबेशी–बेत्रावती खण्ड करीब २० किमी हुनेछ । यो सुरुङ मार्ग निर्माण भएपछि २ घण्टामा काठमाडौंबाट केरुङ पुग्न सकिने छ । यो मार्गले समग्र रुपमा दुई देशबीचको यात्रा अवधिलाई मात्रै घटाएको छैन, नुवाकोट र रसुवाको जिवन र भविष्यलाई समेत बदल्ने छ । लामो समयदेखि चर्चा मात्रै हुँदै आएको र कार्यान्वयमा आशंका व्यक्त गरिएको सुरुङ्ग मार्गले सार्थकता पाउनै लाग्दा नुवाकोट र रसुवाका नागरिकहरूले अधिक हर्ष गर्ने ठाउँ बनेको छ । त्यसैले यसलाई कार्यान्वय गराउने तर्फ दवाव दिन र सहयोग गर्न नुवाकोट र रसुवावासी लागौं ।  

४० लाखको खसी विक्रि

शर्मिला उप्रेती
खसी बिक्रि पछि नगद गन्दै कृषक । तस्बिर : रोशन बोगटी/इमेज
विदुर/तुप्चेमा आयोजित बृहत्त खसी बजार तथा कृषि उपज मेलामा ४० लाख भन्दा बढी कारोबार भएको छ । मेलाबाटै १७० वटा खसी बोकाको बिक्रि भएको छ । लोकल कुखुरा, फर्सी, लगायतका कृषि जन्य सामाग्रीहरूको पनि विक्रि भएको छ । यो वर्षसंगै छ वर्षदेखि यो मेलालो विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा निरन्तरता पाएको छ । मेलाका कारण चीनबाट आउने भेडाच्याङ्याग्र र बाहिर जिल्लाबाट दसैंका लागि भित्रिने खसी बोका विस्थापन भएको छ ।
सहकारीले लगानी गरेर किसानहरूलाई खसी पालनमा उत्प्रेरित गर्दै आएको थियो । बिगतका बर्षमा जस्तै एक खरि बराबर १० हजार रुपैयाँका दरले सहकारीले लगानी गरेको छ । मेलामा एकैजनाले ३० वटा खसी बिक्रिका लागी ल्याएका थिए ।
दशैमा तिब्बतबाट आउने भेडा च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेका सहकारी संस्थाले बर्षेनी खसी मेलाको आयोजना गर्दै आएको छ । आयोजक संस्था हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले मेलाले कृषक र ग्राहक दुवैलाई फाईदा मिलेको र सरकारीले उनीहरूको बीचमा समन्वय गराउन मेलाको आयोजना गरेको बताए ।
यो पाली पनि तुप्चेमा हाम्रो सहकारी संस्था लिमिटेडले खसी बजार मेला सञ्चालन गरेको हो । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारी पछिल्लो सात वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । सोलेबजारमा आयोजना गरेको वृहत्त खसी बजार तथा कृषि उपज मेलामा उल्लेख्य कृषक तथा उपभोक्ताहरूको सहभागीता थियो ।
खसी बोका विक्रिको मेलासंगै किसानहरूले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरूको समेत विक्रि भएका छन् । कृषि जन्य सामाग्रीहरूमा फर्सी, बेसार, लोकल कुखुरा लगायतको बिक्रि भएको थियो ।  गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन मेलाले सहयोग पुगेको आयोजकहरूले जनाका छन् ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि तथा प्रर्दशनीको लागी बृहत्त खसी बजार तथा कृषि मेलामा राखिएको हो । आयोजक संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराएको थियो । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गरेको हाम्रो सहकारी संस्थाका ब्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिए ।आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको थियो । जस अनुसार यस बर्ष २५ केजीसम्मको खसीको प्रतिकेजी ५५०, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ५६० रुपैयाँ मुल्य निर्धारण गरेको थियो । ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ५७०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ५८०, र ४० केजी भन्दा माथीको खसीको प्रतिकेजी ६ सय रुपैयाँमा बिक्रि भएको छ । उपभोक्ता सबैले सोही मुल्यमा सिधै कृषकसित खसी खरिद गरेका छन् ।
आयोजक संस्थाले निर्धारण गरेको मुल्य अनुसार नै खसीबोका तथा कृषि अनाजहरूको बिक्रि बितरण भएको थियो । हाम्रो सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरूले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप १० रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराएको छ ।
मेलामा खसी बिक्रिका लागि आएका महिला । तस्बिर : रोशन बोगटी/इमेज

पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा मेला १ घण्टामा नै सकिएको थियो । खसीको संख्या कम भएकाले यस बर्ष खसी झण्डै ३ सय वटा मेलामा उपलब्ध् गराईएको थियो ।
मेलामा ल्याएका सबै खसी बिक्रि नभए पछी सहकारीले नै खरिद गरेको छ । साथै मेलामा ल्याएको कृषकको खसी बोका विक्रि नभएमा आयोजकले नै किनेर राख्ने जनाएपछि कृषकहरूले ठुलो संख्यामा खसी बोका आयोजना स्थलमा ल्याएका हुन् । पोहोर साल १ सय ३० वटा खसी बिक्रि भएको र उपभोक्ताको माग धान्न नसके पछि यस बर्ष खसीको संख्या बढाएको सहकारीका ब्यबस्थापक प्रदिप अधिकारीले बताए ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा सम्पन्न भएको बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेडले गरेको हो । यस्तै अर्को साल यो मेलालाई व्यवस्थित गर्दै कृषकले विक्रिका लागि ल्याउने खसी, बोका, कुखुरा तथा अन्य कृषि उत्पादनहरूलाई सहकारीले नै खरिद गर्ने र सोही मुल्यामा उपभोक्तालाई विक्रि गर्ने भएको छ ।
यस्तै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका, च्याङ्ग्राको बिक्री मूल्य निर्धारण  गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो  ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको छ ।

नुवाकोटका दुई अभियन्ता सम्मानित

सम्मानित हुँदै शिव देबकोटा
विदुर/नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक एवं उत्तरगया दैनिकका सम्पादक शिव देबकोटालाई पत्रकारिता मार्फत सुशासन प्रवद्र्धन र नागरिक अधिकारलागि योगदान पु¥याएकोमा गएको आईतबार नुवाकोटमा सम्मानित गरिएको छ ।
नुवाकोटको अग्रणी गैह्र सरकारी संस्था सामुदायिक बिकास केन्द्र नेपालको ११ औं बार्षिक साधारणसभाको अवसरमा नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । कार्यक्रममा नागरिक अधिकारका पक्षमा निरन्तर क्रियाशिल रहँदै आएका उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितलाई पनि सम्मानित गरिएको छ । साधारणसभाकै अवसरमा एभरेष्ट बैकसंगको सहकार्यमा गतबर्षको एसईई परीक्षामा उत्कृष्टता हासिल गरेका नुवाकोट र रसुवाका १० जना बिद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानित भए ।
कार्यक्रममा काँग्रेस सह–महामन्त्री महतले मुलुकमा संबिधानले अपरिबर्तनीय मानेको ब्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन र मानवअधिकारबाट नागरिकलाई बञ्चित गर्ने दुष्प्रयास भईरहेकाले नागरिक अधिकारहरूको रक्षाका लागि गैह्र सरकारी संस्थाहरूले समेत पैरबी गर्नुपर्नेमा जोेड दिए ।
सम्मानित हुँदै ईन्द्रबहादुर पण्डित

बर्तमान सरकार दुईतिहाई जनमतको बलमा स्वतन्त्र न्यायालय र अख्तियारलाई समेत प्रभाबित बनाएर एकदलीयता तर्फ उन्मुख भईरहेको बताउँदै त्यसक्रममा डाक्टर महतले नागरिक अधिकार हनन हुने कुनै पनि क्रियाकलापका बिरुद्ध नागरिक अधिकारका पक्षपातीहरू ऐक्यबद्ध हुनुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतले समाज रुपान्तरणमा गैससहरूको भुमिकाको संबन्धमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । जिल्ला सन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सामाजिक उत्रदायित्व वहन गर्दै काम गरिरहेको सामाजिक संस्थाहरू टिकेको बताए । तीन तहको सरकार बाहेक अर्को गैर सरकारले पनि नागरिकलाई उत्तिकै सेवा दिनुपर्ने तर्क उनको भनाई छ ।
समन्वय समितिका उपप्रमुख अप्सरा थापा, काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, राप्रपा जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, सामुदायिक बिकास केन्द्रका संस्थापक अध्यक्ष बिष्णुराज नेपाल लगायतले मन्तब्य राखेका थिए ।

सडक आयोजनामा तातो लाग्यो

उषा रेग्मी
सडक आयोजनाको बारेमा बट्टारमा भएको कार्यक्रम । तस्बिर : इमेज
विदुर/गल्छि त्रिशुली  मैलुङ स्याफ्रुबेशी रसुवागढी सडक योजनाको काम सम्पन्न गर्नुपर्नेे मिति नजिकिएसँगै योजनाले चासो देखाएको छ ।
२०७३ मंसिर ७ गते बाट सुरु भएको योजना २०७६ मङ्गसिरमा मा योजना निर्माण सम्पन्न भैसक्नु पर्ने छ । तर योजनाको काम भने भौतिक तर्फ ५५ र बित्तिय तर्फ ४० प्रतिशत मात्र सम्पन्न भएको छ । जग्गा अधिग्रहण तथा मुआब्जाको समस्या भएको बताउदै सडक योजनाले छलफल गरेको छ । गल्छि त्रिशुली सडकलाई उत्तर जोड्ने प्रमुख ब्यापारिक नाकाको रुपमा बिकास गर्दै आएको छ । २०७२ सालमा मन्त्रिपरिषदको निर्णय अनुसार  फिडर रोड तोकेर केन्द्र बाट १५ १५ मिटर  सिमा कायम गरि राष्ट्रिय गौरबको आयोजनाको रुपमा तोकिएको थियो । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले राष्ट्रले लिएको लक्ष्यलाई सानोतिनो समस्या देखाएर टार्न नहुने बताए । योजनामा देखिएको पिपलटार देखि ढुङ्गे सम्मको मुआब्जा सम्बन्धि समस्याको सबैमिलेर समाधान गर्नु पर्ने बताए ।
  सम्बन्धित सरोकारवाला पक्षहरू सबैलाई साथमा लिएर हिड्न नसकेको, जनतालाई झुटबोल्ने काम आयोजनाबाट भएको, सार्बजनिक सुनुवाई नगरेको जस्ता आरोपहरू सडक आयोजना लाई लाग्दै आएको छ । आयोजना समयमानै सम्पन्न गर्न सबै पक्ष मिलेर जानुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । जनताको सम्पत्तिमा धावा बोल्ने अधिकार कुनै पनि सरकारलाई नभएकोे बताउदै उनले जनताको जग्गा अधिग्रहण गर्दा मुल्य निर्धारण भए अनुसारनै मुअब्जा दिनुपर्ने बताए ।
अधिग्रहणमा पर्ने करिब ६ सय रोपनी जग्गाको ६ अर्ब भन्दा बढी मुआब्जा रकम बितरण गर्न बाँकि छ । सडक आयोजनाको मुख्य चुनौतीनै मुआब्जाको बिषय रहेको बताए । कार्यक्रममा सहभागीहरूले आयोजनाको प्रमुख फेरिएसँगै मुआब्जा बितरण झनै चुनौती बनेको सरोकारवालाहरू बताउछन् ।
समयमानै काम नगरेर जनप्रतिनिधि र जनतालाई भ्रममा राखेको बिदुर नगपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।  दायित्व बहन नगरेर जनप्रतिनिधिलाई आरोप लगाउन नहुने पण्डितले बताए ।

सडक योजना कार्यलय र कन्ट्रयाक्टरको बिचमा द्धन्द्ध चलेकै कारण योजनाको काम अगाडी नबढेको सरोकारवालाहरूले बताएका छन् । तर योजना प्रमुख नारायणदत्त भण्डारीले  योजना र कन्ट्रयाक्टरको बिचमा द्धन्द्ध चलेको गलत रहेको बताए । छलफलमा उठेका सबै सुझावहरू लाई आफु आत्मसाथ गरेर अगाडी बढ्ने बताए । आयोजना सम्पन्न हुनु पर्ने मिति १ पटक सकिएर १ बर्ष थपिएको छ । थपिएको मिति समेत सकिन लाग्दा आयोजनाको प्रगती भने ५५ प्रतिशत मात्रै रहेको छ । 

दसैं मानव जातीको हितका निम्ती

विदुर/नेपालीहरूको सबै भन्दा ठूलो चाड बडादसैंले विभिन्न रुपमा चर्चा र महत्व राख्ने गरेको छ । त्यसमा देवीको नाममा चढाईने बली र मासु खानका लागि परिने पशु काटमार पनि एक रहेको छ ।
मासु खाने भक्तजनहरूले आफुलाई मिठो लागेको मासु देवीलाई पनि चढाएर खाने गर्दाले यो चलन बसेको अनुमान गरिएको छ । हिन्दु धर्मशास्त्रकै आधारमा भन्ने हो भनेपनि बलिको अर्थ त्याग गर्नु हो । मानिसमा रहेको १० वटा नकारात्मक कुराहरू रहेको र ती विकारलाई त्याग्न पनि बली दिइएको बताइन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल र कपटबाट ग्रस्त मानिसहरूले बली दिन उपयुक्त हुन्छ पनि भनिएको छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटी, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको रहेको छ ।

यसरी समग्र मानव जातीको हित र सुधारका निम्ती दसैंमा गरिने धार्मिक अनुष्ठान गाँसिएका छन् । दसैंसंगै गासिएको पशुबलीको पनि महत्व र अर्थ रहेको पनि बताइन्छ । मानिसमा भएको विभिन्न १० खाले खराव गुण हटाउनका लागि देवीलाई पशु दिइदै आएको कथन नेपाली समाजमा रहेको छ ।
कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । र ति प्रतिकका रुपमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना त्याग्नका लागि मानिसले बली दिँदै आएका छन् । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता रहेपनि मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेको र त्यसैको चलन बसेको बताइन्छ ।
पछिल्लो समय पशु बलीको विषयमा अधिकारबादीहरूले शसक्त आबाज उठाउँदै आएका छन् । त्यसै गरी आध्यामिक र धर्मका व्याख्यताहरूले पनि बलीलाई उपयुक्त भनेका छैनन् । तै पनि दसैंमा देवीलाई चढाउनका लागि र घरघरमा मासु खाने प्रयोगजमा हत्या गरिने पशुको संख्या धेरै रहेको छ । फुलपातीबाट सुरु भएको खसी, बोका, राँगा, हाँस लगायतका पशु पंक्षी बली दिने र मासु खाने प्रयोगमा काटिने क्रम नबराती सम्म चल्ने छ । यसरी मासु खानका लागि काटिएको या बली चढाइएको पशु पंक्षिको मासु पछिसम्मलाई हुनेगरी राखेर खाने चलन नेपाली समाजमा रहेको छ । 
चाडपर्व र रमाईलोको नाममा गरिने पशु हत्याको विषयमा पछिल्ला वर्षहरूमा पक्ष विपक्षमा तर्क हुँदै आएको छ । अहिंसावादी व्यक्तिहरू दसैंमा देशै भरी दिइएको पशु पंक्षिको बलीको प्रायश्चित गर्न र मुक्तिका लागि ब्रस्त समेत बस्ने गरेका छन् ।
यसै बीच, दशैंको मासु राम्रोसँग पकाएर मात्रै खान विज्ञहरूले सुझाव दिएका छन् । राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीर भित्र पस्ने र मानिसलाई हानी गर्ने उनीहरूको भनाई छ ।
मासु खानुअघि पशु चौपाय स्वस्थ्य भए नभएको एकिन गर्न पनि चिकित्सकले आग्रह गरेका छन् । अस्वस्थ पशुको मासु खाँदा मानिसमा प्रतिकुल असर पर्ने भएकोले ध्यान दिनुपर्ने उनीहरूले बताएका हुन् । दशैंको समयमा मासु प्रयोग अधिक हुने भएकाले यसको सेवनमा ध्यान दिन अनुरोध गरिएको हो ।
मासु धेरै खाएमा पेट गडबडी हुने, दुख्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, बेचैनी आदिजस्ता शारीरिक अस्वस्थताका लक्षण देखा पर्न सक्ने छ । भुटेर तारेर खानेभन्दा स्वस्थ मासु उसिनेर खाँदा शरीरका लागि राम्रो हुने चिकित्सकहरूको भनाई रहेको छ । 

आयोजनामा आगलागी

विदुर/रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा गएको सोमबार राती आगलागी भएको छ ।
आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् । ड्याम साइडमा रहेको स्टोरमा आगलागी हुँदा करिब १ करोड मूल्य बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
गएको सोमबार राती ११ बजेर ५ मिनेट जाँदा आगालागी भएको थियो । चिनियाँ टोलीले साढे ११ मा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ ।
छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको आयोजनाले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।

दुर्घटनामा १ को मृत्यु

विदुर/काठमाडौंबाट नुवाकोट तर्फ आउदै गरेको आईचर दुुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बा २ ख ५९३६ नम्बरको आईचरले नुवाकोटबाट काठमाण्डौ जाँदै गरेको बा ६३ प ४३४ नम्बरको मोटरसईकललाई ठक्कर दिएको थियो । आईचरले ठक्कर दिएको मोटरसाईकलले काठमाण्डौ जँँदै गरेको अर्को ८१३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी रसुवाका गम्बो तामाङको मृत्यु भएको हो । उपचारको लागी जिल्ला अस्पताल त्रिशुली उनको मृत्यु भएको प्रहरीले जनाएको  छ । दुर्घटनाका कारण रसुवा पार्बतीकुण्ड गाँउपालिकाका बेद तामाङ, तेजबहादुर तामाङ र चन्द्रमाया तामाङ घाईते भएका छन् । उनिहरूको काठमाडौकमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै, लिखु गाउँपालिकाको गड्खार पुल नजिकै बुधवार आइचर दुर्घटना भएको छ । काठमाण्डौबाट ढिकुरेतर्फ आउदै गरेको बा ५ ख ४६६१ नम्बरको आइचर अनियन्त्रित भई करिव ४० फिट तल खस्दा तीनजना घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परि सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का आइचर चालक नबराज लामिछाने, सहचालक, बिक्रम तामाङ र पन्चकन्या गाउँपालिका वडा न. ४ आरुखर्कका यात्रु कृशला शाही घाइते भएका छन् ।
घाइते मध्ये चालक लामिछानेको टाउकोमा चोट लागेको छ भने सहचालक तामाङको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै शाहीको बायाँ हात र निधारमा चोट लागेको छ । घाईतेमध्ये लामिछाने र तामाङको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । शाहीलाई सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

रसुवागढी सडकको स्तरोन्नती सुरु

बेत्रावती/चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नती सुरु भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नतिको काम सुरु गरेको हो ।
गएको शनिबार जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, घट्टेखोलामा एक कार्यक्रम आयोजना गरी स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नति सुरु भएको घोषणा गरेको हो । चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ । कालोपत्रे सहितको
दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ । यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।
यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको होर । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाइसक्नु पर्छ । दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । 

दुई विरामीको हेलिकोप्टरबाट उद्धार

विदुर/गर्भपतनका कारण अत्यधिक रक्तश्राव भएपछि दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ की १८ वर्षीय उषा तामाङ र ४० वर्षीय पेमा तामाङको गएको शनिबार उद्धार गरिएको हो ।
गर्भपतन सम्बन्धी जटिलता भएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । १८ वर्षीय तामाङलाई शनिबार बिहान अस्पताल ल्याइएको थियो । उनको रगत कम भएको, रक्तचाप कम भएको र पाठेघरको समेत सफा गर्नुपर्ने भएकाले अस्पतालले रिफर गरेको थियो । यहाँ सामान्य उपचारपछि एम्बुलेन्स मार्फत कालिकास्थान सम्म लगिएको थियो ।
कालिकास्थानबाट हेलिकप्टरमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । दुवै जना महिलाको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

गापा कार्यालयमा शंकास्पद बस्तु

विदुर/नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा बुधवार बिहान शंकास्पद बस्तु फेला परेको छ ।
वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बम जस्तो शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङको अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट) बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अबस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराईएको थियो ।
प्रहरीले त्यसलाई त्यहाँबाट सुरक्षित स्थानमा हटाएको अध्यक्ष तामाङले बताए । उक्त बस्तु बमजस्तो भएपनि एकीन हुन भने बाँकी रहेको छ । कसले र किन त्यो बस्तु राखेको खुल्न सकेन ।

जिल्लामा नयाँ नोट अभाव

विदुर/माग अनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ ।
नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।
बैंकको शाखा कार्यालय विदुरबाट गएको सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनका अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।
नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ । नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।
दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।
यता, अधिकांश मानिस दशैं मान्न घर फर्किएपछि नुवाकोट सदरमुकाम र आसपासका ब्यापारिक बजारमा
विस्तारै मानिसहरूको चहलपहल घट्न थालेको छ ।
पढाई, ब्यापार, काम जस्ता बिभिन्न कारणले सदरमुकाम बसेका सर्वसाधारण आफ्नो गाउँ फर्कन थालेपछि जिल्ला सदरमुकाम विदुर र मुख्य ब्यापारिक स्थानहरू सुनसान बनेको हो ।
ग्रामिण भेगमा दशैंका लागि घर आउनेहरूको चाप बढेकोे छ । राजधानी काठमाडौँ, सदरमुकाम तथा विदेशबाट आफन्तहरू दशैंको टिकाटालाका लागि घर फर्किरहेका छन् । भुकम्पका कारण भत्किएको ग्रामिण भेगका धेरै सडकहरूको समेत स्तरोन्निती हुन नसकेका कारण थप जोखिम यात्रुहरूमा नै थपिएको छ ।

अखाद्य बस्तु नष्ट गरियो

विदुर/विदुर नगरपालिकाले अनुगमनका क्रममा भेटेको अखाद्य बस्तुहरू नष्ट गरेको छ ।
चाडपर्बलाई लक्षित गर्दै नगरपालिकाले मुख्य बजार क्षेत्रहरू बिदुर, बट्टार र त्रिशुलीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, दालमोट र चक्लेट भेटिएको बिदुर नगरपालिकाका योजना अनुगमन तथा मुल्याङकन अधिकृत पुस्कर शर्मा रिमालले बताए ।
यसै बीच, बजारमा अखाद्य बस्तु भेटिए पछी अरु पसहरूमा समेत अनुगमनलाई तिब्र पारेको छ । स्थानिय तह कार्य सञ्चालन कार्य बिधि अनुसार बजार अनुगमनको अधिकार स्थानिय तहमा आए पछी बिदुर नगरपालिकाले बजार क्षेत्रमा अनुगमन गरेको हो ।
चाडपर्बलाई लक्षित गर्दै नुवाकोटका स्थानिय तहहरूले अनुगमनलाई तिब्रता दिएका छन् ।
नुवाकोटका सबै स्थानिय तहहरूले मुख्य बजार क्षेत्रहरूमा अनुगमन गरेका छन् । दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा मुख्य बजार क्षेत्रहरूमा अखाद्यय बस्तुको बिक्रि बितरण रोक्नको लागी बजार अनुगमनलाई तिब्र बनाएका हुन् । बजार क्षेत्रका पसल र होटलहरूमा अनुगमन गरेको हो । अनुगमन टोलीले अनुगमनको क्रममा पसलहरू दर्ता नगरेको, केहीमा म्याद गुर्जेका सामानहरू भेटिएको र होटल तथा मासु पसलमा सफा नभेटिएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा दोषी देखिएका पसल तथा होटल संचालकहरूलाई पहिलोपटक सचेत गरेर छाडिएको अनुगमन समितिले जनाएको छ ।

यातायात क्षेत्रको सुधारका लागि ज्ञापन पत्र

विदुर/संवाद समूह नुवाकोटले जिल्लामा भएको यातायात क्षेत्रका यावत समस्याहरूको सुधार हुनुपर्ने माग गर्दै गएको सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । संवाद समुह नुवाकोटका संयोजक सन्तोष खनाल सहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो । खनालले बुझाएको ज्ञापनपत्रमा नुवाकोटमा रहेका पेट्रोलियम व्यवसायीले पेट्रोलमा एक रुपैयाँ बढी लिने गरेको, सार्वजनिक सवारी साधनमा सरकारले छुट दिएका विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङग, जनआन्दोलनका घाइतेहरूले सरकारले तोके अनुसारको छुट तथा सुविधा नपाउने गरेको, चाडपर्वको समयमा धेरै दिनसम्म टिकट काउण्टर बन्द गर्ने र यातायात व्यवसायीले मनोमानी भाडा लिने गरेको भन्दै तत्काल यस विषयमा सुधारको माग गर्दे उनीहरूले प्रजिअ पोखरेलको ध्यानाकर्षण गराएका छन ।
त्यस्तै नुवाकोटको बालाजु–ककनी–त्रिशुली, टोखा छहरे–ढिकुरे सडकखण्ड सुधार गर्न‘पर्ने माग गरेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात व्यवसायीहरूको भाडादरमा एकरुपता कायम हुनुपर्ने, गल्छी–देविघाट सडकखण्डमा सरकारले कायम गरेको भाडादर लागु गर्न‘पर्ने र बसपार्क बाहेक अन्य स्थानबाट टिकाट नकाट्ने र चिटको भरमा यात्रु बोक्ने प्रवृति रोक्नु पर्ने संबाद समुहले जनायो ।
बडादशै, तिहार र छठ लगायतका विभिन्न चाडपर्वमा बजार अनुगमन गरि ढक तराजु नापजाँच नियमित गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।

जेष्ठ नागरिकप्रति उच्च सम्मान आवश्यक

देविघाट/ईतिहासका पन्नाको रुपमा रहेका जेष्ठ नागरिकहरूलाई समुदायले सम्मान गर्नुपर्ने  पुर्व परराष्ट्र्मन्त्रि महेन्द्र पाण्डेले बताए ।
२९ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवको अबसरमा देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेकपाका नेता एवं पुर्ब परराष्ट्र मन्त्रि पाण्डेले जेष्ठ नागरिकहरू समुदायकै मार्गदर्शक र सिकाईको केन्द्र बिन्दु रहेकाले सम्मान गर्नु पर्ने बताए ।
केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सदस्य केशब पाण्डेले कृषि क्षेत्रमा आबद्ध रहेका नागरिकहरूलाई राहत सुबिधा उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा सांसद पाण्डेले प्रदेश सभाको बैठकमा आफुले कृषिमा लाग्ने नागरिकहरूको लागी कृषि पेन्सनको रुपमा राज्यले बितरण गर्नु पर्ने माग गरे । यसका साथै, उनले देबिघाटमा नर्सिङ सेवा सहितको नयाँ भवन निर्माणको लागी प्रदेश सरकारसँग माग गर्ने बताए ।
कार्यक्रममा अर्का प्रदेश सभा  सदस्य हिरानाथ खतिवडाले संयुक्त परिवारमा बसेमा बृद्धाश्रमको आबाश्यक नपर्ने बताए । लामो समय हात पाखुरा खियाएर अगाडी बढेका पथ प्रर्दशकहरूलाई घरमै राखेर सम्मान गर्नु पर्ने बताए ।
देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्यन केन्द्रका अध्यक्ष बिष्णु प्रसाद नेपालले अध्यन केन्द्रको लागी भवन अपर्याप्त रहेको बताए । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरूलाई केन्द्रमा राख्दै आएकाले उनिहरू अनुकुलका खाना लगायतको ब्यबस्थापनमा संरचना अभाबले असहज भएको बताए ।
२९ औँ जेष्ठ नागरिक दिबसको अबसरमा केन्द्रले बृद्धबृद्धाहरूको निशुल्क स्वास्थ्य परिक्षण तथा जेष्ठ नागरिकहरूलाई सम्मान गरेको थियो । समुदायको मार्ग दर्शकहरू जेष्ठ नागरिकहरू रहेको भन्दै केन्द्रले सम्मान गरेको आयोजक संस्था देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन केन्द्रका विन्दा अर्यालले जानकारी दिए ।

२०७६ असोज २० गतेको सम्पादकिय

तुप्चेले दिएको सम्बृद्ध सन्देश
नेपालीहरू त्यसमा पनि हिन्दूधर्मालम्बीहरूको महत्वपूर्ण र विशेष चाड बडा दशैं सकिनै लागेको छ । बडा दशैंको मुख्य दिन टिकाको हामी पुर्वसन्ध्यामा छौं । असत्य माथी सत्यको बिजय भएको सन्र्दभमा मनाईदै आएको बडा दशैंलाई आम नेपालीहरूले सुख, शान्ती र उन्नतीका लागि शुभकामना आदान–प्रदान गर्ने, मिठो मसिनो खाने, घुम्ने, आफन्त भेटघाट गर्ने र मान्यजनको हातबाट टिका–प्रसाद ग्रहण गरेका आर्शिवचन थाप्ने चलन छ । नेपालीहरूले बढी नै महत्वका साथ मनाउने यस मुख्य चाडपर्व लक्षित गरेर विभिन्न किसिकाका कार्यक्रम, गतिविधि हाम्रो समुदायमा परापुर्व कालदेखि हुने गरेको छ । सामाजिक गतिविधिहरू सञ्चालन हुने देखि विभिन्न सेवा प्रदायक निकाय, कम्पनीहरूले पनि दशैंलाई लक्षित गरेका आफ्ना सेवा, उत्पादन तथा बस्तुहरूमा प्रचारमुखी ‘स्किम’ ल्याइरहेका छन् । दशैंलाई सहज र सरल बनाउने देखि वर्षभरिको आफ्नो उत्पादन र व्यापारालाई ‘सेल’ गर्नका लागि प्रतिष्ठानहरू यही महत्वपूर्ण समयको प्रतीक्षामा रहन्छन् । र थरिथरिका गतिविधि गर्छन् ।
दशैंलाई भब्य र सरल बनाउनका लागि नुवाकोटको विदुर नगरपालिकामा केहि वर्ष देखि हुँदै आएको कृषक केन्द्रिय गतिविधि महत्वपूर्ण देखिएको छ । वडा नं. ७ तुप्चेमा यो पाली पनि भएको खसी मेलाले कृषक र मासुका उपोक्ताहरूलाई उत्साह र सहुलियत प्रदान गरेको छ । कृषि उत्पादनबाट नागरिकको जीवनस्तर उकास्न सकिने अवधारण थुप्रै ठाउँमा धेरै सुनिन्छ । तर त्यसको बैज्ञानिक प्रभाव र व्यवहारिक कार्यान्वयको समस्या हामी कहाँ छदैनै छ । यही परिप्रेक्षमा तुप्चेको सहकारीले सञ्चालन गरेको खसी बजार मेलाले नयाँ सन्देश बर्षेनी दिँदै आएको छ । खसी बोका पाल्ने कृषकहरूले आफ्नै हातबाट खसी बोकोको विक्रि र नगदको हात्ताहात्ति कारोवार त एउटा पाटोमा छदैनै छ, उपभोक्ताहरूले पनि बिचौलियको भर नपरिकन छानीछानी खसी खरिद गर्न पाउने अवसरको सृजना भएको छ । जसले गर्दा बिचौलीको ‘सिन्डिकेट’ र मनोमानी भाउबाट समेत आम उपभोक्ताहरू बचेका छन् । कृषकका हितका लागि स्थापना भएको र आम कृषकहरूको प्रतिनिधित्व रहेको सहकारीले यसरी गरेको कार्यले समुदायमा केही नयाँ र हितकारी कामको प्रयोग भइरहेको सन्देश बाहिर गएको छ । तुप्चेको यो प्रयासलाई अन्य स्थानमा पनि प्रयोग गर्न सक्दा दशैंमा मासुका लागि हुने खसी बोका खरिद विक्रिबाट पर्ने कृषक र उपभोक्ताको मार कम हुने देखिन्छ । यो प्रयास र प्रयोग अन्य स्थानमा पनि देखिनु आवश्यक छ । जसले गर्दा मासुका लागि भेडा च्याङ्ग्रा गरिद गर्दा बिदेशीले बजेट गाँघरमै बस्ने निश्चित छ । अनि अन्य जिल्लाबाट आयात गरिने खसी बोकाका लागि तिर्नु पर्ने रकम पनि जिल्लामा नै परिचालन हुने देखिन्छ ।
स्थानीय सरकारले आफ्नो आधा कार्यकाल बिताईसकेको अहिलेको अवस्थामा यसरी हाम्रा संस्कृति तथा पर्वहरूलाई आर्थिक आर्जन र परिर्वतनसंगै जोडेर गतिविधि गर्नु पनि जरुरी देखिएको छ । नकी स्थानीय तहले दशैंलाई भब्य बनाउनका लागि पिङ्ग हाल्ने लठ्ठा र बाँस किन्नका लागि बजेट विनियोजन गर्नु हो । बरु यसरी कृषि अभियानमा सम्वन्धि रहने गतिविधि र कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने गरी स्थानीय सरकार संस्कृति, पर्व र परम्परामा नागरिकहरूसंग जोडिनु आवश्यक देखिएको छ । बडा दशैं २०७६ सालको यस पावन अवसरमा सम्पूर्ण जनप्रतिनिधीहरू, आमा–बुबा, दाजुभाई, दिदी–बहिनी, राष्ट्र सेबक कर्मचारीहरू, सामाजिक कार्यकर्ता, उद्यमी, ब्यापारी, बुद्धिजिवी लगायत शुभेच्छुक सम्पूर्ण नगरवासीहरूमा हार्दिक मंगलमय शुभकामना सहित माता दुर्गा भवानीको कृपाले सबैमा विकास र समृद्धिमा जुट्दै राष्ट्र निर्माणमा योगदान दिने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।

२०७६ असोज १३ गतेको सम्पादकिय

हामी प्रतिबद्ध छौं
इमेज साप्ताहिकले मोफसलमा केन्द्रित भई आफ्नो प्रकाशन आरम्भ गरेको १२ वर्ष पुरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आम पाठक, शुभचिन्तकहरूमा धन्यवाद व्यक्त गर्दछौं । १२ वर्षको यो कालखण्डमा समाजका केही त्यस्ता पक्षहरूलाई सार्बजनिक गरेका छौं, जसले नागरिकहरूको सू–सूचित हुने अधिकारको संरक्षण मात्रै गरेको छैन, समाज रुपान्तरणमा केही सहयोग पुगेको विश्वास हामीले गरेका छौं । सिमित श्रोत साधनबाट सुरु भएको हाम्रो यस यात्राले राजधानीबाट वितरण र विक्रि हुने अन्य ‘स्थानीय’ पत्रपत्रिकाहरूसंग समेत प्रतिस्पर्धा गरिहरनुपर्ने अप्ठ्यारो अवस्था छ । जिल्लामै उपलब्ध श्रोत साधनबाटै पत्रिका प्रकाशन आफैमा एउटा चुनौती र मुद्रणको पाटोमा केही कमजोर पक्ष रहे र रहिरहेको छ । जिल्लाका विषयवस्तु, सामाग्री र घटनाक्रमलाई मसिनु ढंगबाट प्रस्तुत गर्ने प्रयास स्थापनादेखि नै हाम्रो रहँदै आएको छ । कहिले सहज भएको छ, कहिले असहज बनेको छ । सबै सामेवार विशेष गरी नुवाकोटका सन्र्दभ सामाग्रीहरूका साथमा तपाईको हातहातमा आइपुग्ने प्रयास हाम्रो रहिरहेको छ । तै पनि कहिलेकाँही तपाई पाठकहरूको पत्रिका उपलब्धतामा असहजता भएको गुनसो हामीले पाउने गरेका छौं । मुद्रणमा भइरहेको कम गुणस्तरलाई सुधार्ने र पत्रिकालाई जताततै छ्याप्पछ्पाप्ती बनाउने प्रयास हाम्रो यो १३ औं वर्ष प्रवशेको अवसरमा तपाई आम पाठकहरूसंग गर्न चाहान्छौं ।
सूचनाको क्षनेत्रमा समेत आम नागरिकको, पाठकको आवश्यकता र माग फेरिएका छ । केही वर्ष अगाडीका पाठकहरू स्थानीय पत्रिकाबाट प्राप्त हुने सूचनाको अपेक्षा र अहिलेको अवस्थाको अपेक्षामा आमुल परिर्वतन आइसकेको छ । मानिस समाजमा हुने सबै खाले घटनाको सत्य जानकारी मात्रै होइन व्यक्तिगत सम्वृद्धि र सुखको सुत्राधार पनि पत्रपत्रिकामा नै खोज्न थालेका छन्, अझ भनौं स्थानीय पत्रिकाहरूले प्रस्तुत गर्ने सामाग्री र खुराक यसरी पनि प्रस्तुत होस् भने अपेक्षा आम पाठकको बनिसेको छ । हामी सिमित श्रोत साधन र कम जनशक्तिबाट भइरहेको हाम्रो यो प्रयासका लागि यो अपेक्षा केही बोझिलो र चुनौतीपुर्ण त छ नै । र पनि हामी आम पाठकहरूको आधुनिक आवश्यकता अनुसारको सामाग्री प्रस्तुतीलाई मध्यनजर गरिरहेका छौं । अहिलेको समयमा हरेक नागरिकहरू सबै विषयवस्तुमा आफ्नो निजी धारणा र बिचार बनाउछन्, वा बनाउ सक्षम छन् । त्यसका लागि आवश्यक खास जानकारी अभाव हुने वा सत्य भन्दा केही बाहिरै रहेको तथ्यहरूले उनीहरूलाई भ्रमित पर्ने कत्तिपय अवस्थाहरूको सृजना हुन्छन्, भएका छन् । त्यस तर्फ हामी सचेत छौं । त्यसैले त हामी बिचार भन्दा पनि समाचार, सूचना जानकारी प्रस्तुत गर्नमा बढी केन्द्रित रहिरहेका छौं । जसले गर्दा आम नागरिकहरू, हाम्रा पाठकहरू कुनै पनि विषयवस्तुमा आफ्ना सहि तर्क र बिचार बनाउन सकुन् । यसैलाई निरन्तरता दिनसकेपनि हाम्रो प्रकाशनको एउटा उद्देश्य एक ढंगले पुरा हुने विश्वास हामीले लिएका छौं । हाम्रो प्रकाशनको १३ औं बर्ष प्रवेशको अवसरमा पनि हामी यही प्रतिवद्धता जागेर गर्दछौं ।

Sunday, September 29, 2019

गज्गज् दशैं

सुजित भण्डारी
विदुर/नेपालीहरुको ठुले चाड बडा दशैं सुरु भइसकेको छ । तर यसउपाली ढिलासम्म मनसुन सक्रिय रहँदा नागरिकहरुले भने सास्ती पाउने पक्का भएको छ । प्रकृतिले मात्रै पनि होइन जिम्मेवार निकाय र व्यक्तिका कारण पनि यो पालीको दशैंमा जगगज गरेर हिड्नु परेको छ । 
सडक निर्माण देखि पुल निर्माण सम्ममा चरम लापरबाही छ । सांसद समेत रहेका ब्यक्तिको निर्माण कम्पनीले निर्माण गर्दै आएको सडक र पुलले यासपालिका दसैंलाई गिज्याई रहको छ । जिल्लाको पहिचान तयार गर्ने र सरकारले लागू गर्ने नीति तथा कार्यक्रममा प्रत्यक्ष संलग्न रहेका सांसदले नै निर्माण जिम्मा पाएको बिकास निर्माणको कसरी प्रभाव पर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण भनेको छ गेर्खुटारको सडक र पुल ।
गेर्खुटारको सडकमा जमेको आहाल
संसदिय समितिको बिकास समितिको सदस्य रहेका जिल्लाका ‘माननियज्यू’कै निर्माण कम्पनी, अनि जिल्लाकै बिकास निर्माणको लाजमर्दो अबस्था । अहिले बाहिर जिल्लामा नुवाकोटको विषयमा हुने चर्चा पनि यही नै हो । बिदुर नगरपालिका वडा नम्बर १० देखि ११ हुँदै सुर्यगढी गाँउपालिका जोडिने सडकमार्ग । निर्माण सुरु हुनु भन्दा अगाडी सजिलै सबारी साधनहरू हुईकिन्थे । तर जब निर्माणको काम सुरु भयो अनि ४ महिना सम्मपनि सबारी सहज रुपले गुड्न सकेको छैन । बर्षात सुरु भएसँगै त झन् एम्बुलेन्स गुड्नै सकेन । बिरामी डोको र स्टेचरमा बोकेर तलसम्म ल्याउनु प¥यो । सडक चाँडै बन्ने आशमा विदुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालय निर्माण गर्ने स्थलनै निर्माण कम्पनीलाई सामाग्री राख्न उपलब्ध गराईयो । तर, सररर सबारी हुईकक्याउने नागरिकहरू र जनप्रतिनिधिको आश यो दसैंसम्ममा पनि पुरा भएन ।
बिकास निर्माणको आयोजना अलपत्र परेको नुवाकोटमा यो पहिलो पटक होईन । नुवाकोटको लागी यो पुरानै रोग हो । केन्द्रियस्तरबाट बजेट परेको एउटा पनि आयोजना तोकिएकै समयमा सम्पन्न भएको रेकर्ड सायदै होलान् । धेरै आयोजना ओगट्ने अनि काममा ढिलासुस्ति गर्ने अधिकांश ठेकेदार कम्पनीको काम नै हो ।
विदुर नगरपालिकाबाट गेर्खु हुँदै सुर्यगढी जोड्ने मोटरबाटो निर्माण गर्ने ठेहेदार कम्पनीले नै विदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने पक्कि पुलको ठेक्का लिएको थियो । पक्कि पुलको डिजाईनिङ र निर्माण सम्पन्न गर्नेगरी हिमडुङ एण्ड थोकर कम्पनीले निर्माणको जिम्मा लियो । तोकिएको समय सकियो, पुल भने अलपत्र मात्रै होइन ‘हास्य ब्यङ्ग्य गर्ने खालको नै छ ।
गेर्खु खोलमा बनिरहेको पुल सम्पन्न नहुँदै खोला भन्दा बाहिर । 
समयमै काम भएन भने गरेको काम कसरी उल्लो देखिदो रहेछ भन्ने नमूना पनि बनेको छ । पहिला खोलला बगेको स्थानकै माथि निर्माण भइरहेको पुल अहिले खोलाको विपरित धारमा देखिएको छ । गल्छि त्रिशुली आयोजना अन्तर्गत बिदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने पक्कि पुलको निर्माण कहिले सम्पन्न होला भनेर सोध्ने निकाय पनि नरहेको गुनासो स्थानीयहरूको छ । तोकिएकै समयमा यो पक्कि पुल निर्माण सम्पन्न भएको भए यो दुदर्शा नभित्रिने अनुमान जानकारहरूले गर्दै आएका छन् ।
ति सडक र गेर्खु खोलाकै पुलको निर्माण जिम्मा लिने कम्पनी प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङको हो । जो प्रतिनिधि सभाको बिकास समितिका सदस्य समेत छन् । नीति तय गर्ने ब्यक्तिले नै नीति बिपरित काम गर्न थाले पछी नागरिकहरूले सम्बृद्ध मुलुकको आभाष गर्न पाएका छैनन् । 

सिस्डोलमा अर्को समस्या, फोहोरको पहिरोले सडक अवरुद्ध

ककनी/सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवागमनमै समस्या भएको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आयोजना गरेको राजधानीको फोहर व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवामनमै समस्या भएको स्थलगत अनुगमनका क्रममा देखिएको सांसद जीपछिरिङ लामाले बताए । सांसद बहादुरसिंह लामाले चार वर्ष अघि संसद्को सुशासन समितिले गरेको अनुगमनका क्रममा लिच्चडलाई पिउन मिल्ने पानी बनाइ कोल्पुखोलामा बगाउने प्रतिबद्धता कार्यान्वयन नहुँदा स्थानीयवासी प्रभावित भएका गुनासो गरे ।
सांसद नारायणप्रसाद खतिवडाले सबै निकायले सिस्डोलको जिम्मेवारीबाट पन्छिन चाहेको अभिव्यक्ति दिएको उल्लेख गर्दै कसको दायित्व हो भनी प्रश्न गरे । सांसद हितबहादुर तामाङले फोहर व्यवस्थापनका लागि सरोकार भएका व्यक्ति र निकायको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन नगरिए समस्या समाधान हुन नसक्ने बताए ।
सांसद विन्दा पाण्डेले तीन तहका सरकारमध्ये फोहर कसले व्यवस्थापन गर्ने भन्ने स्पष्ट गर्न माग गरे । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले फोहर व्यवस्थापनका नाममा धेरैले विदेश भ्रमण गरे पनि कार्यान्वयन हुन नसकेकाले खर्च राज्यलाई फिर्ता गर्न माग गरे । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फोहरका कारण सिस्डोल क्षेत्रमा रोगको सङ्क्रमण फैलिएर गाई, भैँसी, बाख्रालगायत चौपाया मर्न थालेका, जमीनमा उब्जनी घटेको, मानिसमा अनेकथरी स्वास्थ्य समस्या आउन थालेका गुनासो गरे ।

भूईचालोले ऋणी बनायो

विदुर/२०७२ सालको भुकम्प पछि अधिकांश नागरिकहरू ऋणी भएको सरोकारवालाहरूले बताएका छन् ।
ट्रान्सपरेन्सि ईन्टरनेश्नल नेपाल नुवाकोटले आयोजना गरेको भुकम्प प्रभाबित नागरिकहरूले लगेको पैसाको प्रभाव र लगानी सम्बन्धि छलफलमा भुकम्प पछि अधिकांशको लगानी पुर्न निर्माणमा गएको सरोकार वालाहरूले बताएका हुन् । कार्यक्रममा जिल्लामा सक्रिशिल विभिन्न बैंक तथा सिवत्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र भुकम्प पिडितहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि भएका नुवाकोटका बैङ्करहरूले कुनै पनि उद्यमी तथा ब्यवसायीहरूले ऋण नपाएर ब्यवसाय गर्न पाईएन भन्ने अबस्था नरहेको बताए । बैङ्करहरूले  नुवाकोटमा बित्तिय संस्था धेरै भित्रिएकोले हरेक ठाँउमा बित्तिय संस्थाको पहुँच पुगेको बताएका छन् । छलफलमा बङ्करहरूले किसानहरूलाई खतीबारी बाझो नराख्न समेत आग्रह गरेका छन् ।

निकुञ्जसंग राहत माग्ने बढे

रसुवा/लाङटाङ राष्ट्रिय निकुञ्जका वन्यजन्तुले अन्नबालीमा क्षति गरेको भन्दै राहतका लागि निवेदन दिनेको संख्या बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको दुई महिनामा रसुवा जिल्लाका मात्रै २० जना कृषकले राहतका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज निवेदन दिएका छन्् । लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसहित तीन जिल्लामा फैलिएको छ ।
नुवाकोटबाट अघिल्लो र चालू आर्थिक वर्षमा १ सय १७ जना कृषकको निवेदन परेको निकुञ्जले बताएको छ । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षती गरेको भन्दै निवेदन दिएका छन् । भालुले मानवीय क्षति गरेको र चितुवाबाट पशुको क्षति भएको निवेदन पनि परेको छ ।
वन्यजन्तुबाट अन्नबाली र पशुपन्छी क्षति गर्ने क्रम बढ्दै गएको छ । निकुञ्जले अहिलेसम्म ४० जना कृषकलाई ५ लाख ५ हजार १ सय राहत रकम वितरण गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।
निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारण गरेको अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षतिको राहत पाउने कुरा थाहा पाएपछि निवेदन दिनेको संख्या बढ्दै गएको लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए ।
सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेका लागि प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्मको उपचार खर्च दिने व्यवस्था छ ।  

औषधिको अध्यक्ष टलकमान

विदुर/नेपाल औषधि ब्यवसायि संघ नुवाकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा टलकमान श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता समेत हुन् ।
संघको जिल्ला कार्य समितिमा उपाध्यक्षमा रबिदास श्रेष्ठ, महासचिबमा भिमबहादुर रोक्क, सहसचिबमा हरेराम सापकोटा, कोषाध्यक्षमा प्रेमकुमार सापकोटा र सहकोषाध्यक्षमा रामराजा भण्डारी चयन गरेको छ । सदस्यहरूमा बिनोदराज खरेल, गिता अधिकारी र नबिनन्दमान बैद्य श्रेष्ठ चयन भएका छन् । े
अधिवेशनको उद्घाटन गर्दै, नेपाल औषधि ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष नरेन्द्रप्रसाद रिसालले औषधि ब्यबसायीहरूले ठुलो सेवा प्रबाह गर्दै आएको बताए । राज्यले निःशुल्क दिनु पर्ने सेवा औषधि ब्यबसायी संघले दिएको उनको दावी छ । राज्यको स्वास्थ्य क्षेत्रमा उपस्थिति नभएको ग्रामिण भेगमा समेत औषधि ब्यबसायी संघको उपस्थिति बाक्लो रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले समुदायका नागरिकहरू छिट्टै निको हुने औषधिको खोजीमा रहेको बताए । सामान्य औषधिले बिषो हुने रोगको लागी समेत कडा औषधिको प्रयोग हुँदै आएकाले त्यसलाई रोक्नु पर्ने उनले बताए । 
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका औषधि ब्यबसायीहरूलाई स्थानिय तहसँग सक्रिय भएर काम गर्न आग्रह गरे । नगरपालिका भित्र रहेका सबै नागरिकलाई स्वास्थ्य सेवा पुराउन स्थानिय तहसंगै जानको लागी उनले आग्रह गरे । 

विद्यालय भवन हस्तान्तरण

विदुर/नर्जामण्डपमा जापानी सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा निर्माण भएको विज्ञान मावि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । ५ करोड ७१ लाखमा जाईकाको सहयोगमा नेपाल सरकारद्वारा निर्मित भवनको एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले भवन हस्तान्तरण गरेका हुन् । नवनिर्मित ५७ वटा भवन मध्ये सभाहल सहित भएको पहिलो भवन बनेको ब्यवस्थापन समितिका अध्यक्ष तथा तादी गाउँपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले बताए । 

युनोप्स् र सरकार रमिते, जनता पिडामा

विदुर/भुुकम्पका कारण घरबास गुमाएका नुवाकोटका सुकुम्वासी र भूमिहीन भूकम्पपीडित जग्गा अभावका कारण घर बनाउनबाट वञ्चित भएका छन् । भुकम्प पछिको चौथो दसैं सुरु हुँदा पनि थुप्रै नागरिकहरूको यो पालीको दसैं पनि घर बाहिर नै हुने भएको छ । यस्तौ समस्या परेकालाई सहयोग गर्ने भनेर सञ्चालनमा ल्याइएको ‘परियोजना’ रमिते बनेको छ ।
२०७२ सालमा गएको ‘गोरखा भूकम्प’का कारण नुवाकोट जिल्लामा ४१७ परिवार विस्थापित तथा २५२ घर परिवार भूूमिहीन भएका थिए । यिमध्ये आधाभन्दा बढीले अझै घर बनाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । नुवाकोटको समग्र पुनःनिर्माण ७५ प्रतिशत पूरा हुँदा जग्गा अभावका कारण सुकुम्वासी र भूमिहीनको समस्या अझै कायमै रहेको एकाइ कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले बताए ।
भूकम्पबाट नुवाकोट जिल्लामा विस्थापित भएका ४१७ परिवारमध्ये हालसम्म २७१ परिवारले सरकारी अनुदानमा जग्गा खरीद गरी नयाँ घर बनाएका छन् । यस्तै २५२ भूमिहीन परिवारमध्ये ७७ परिवारले जग्गा खरीद गरी आफ्नो घर पुनःनिर्माण गरेका छन् ।
भूकम्पका कारण घरमा क्षति र सुख्खा पहिराले बस्ती बगाएपछि विस्थापित भएका तथा आफ्नो नाममा कहीँकतै जग्गा नभएका (भूमिहीन)लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरीदका लागि रु दुई लाखसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । घडेरी खरीदका लागि सरकारी अनुदान वितरण प्रक्रिया ढिला हुँदा आवास निर्माणमा ढिलाइ भएको हो । समयमै जग्गा र अनुदान वितरण नहुँदा विस्थापित परिवारले घर बनाएका छन् ।
बस्ती जोखिम भएका कारण विस्थापितलाई जग्गा उपलब्ध गराउन र भूमिहीनलाई जग्गा दिने भनेर प्राधिकरणले निर्णय नगर्दा पुनःनिर्माण प्रभावित भएको हो । विस्थापित मध्ये २६ परिवारले जोखिम स्थानमै घर बनाएका छन् भने २१ परिवारले अर्काको जग्गामा घर बनाएका कारण उनीहरूका लागि जग्गा खरीद गर्न दिइने दुई लाख तथा आवास निर्माणका लागि दिने थप तीन लाख अनुदान रोकिएको छ ।
यो समस्यामा परेकाहरूलाई सहयोग गर्न भारतिय सरकारले नुवाकोटमा सञ्चालनमा ल्याएको परियोजना भने रमिते बनेर बसेको छ । युनोप्स्ले नुवाकोटमा सञ्चालन गरिरहेको भनिएको परियोजनाको सम्झौतामा समस्यामा परेकालाई सहयोग गर्ने उल्लेख छ । तर उनीहरूले सहयोग गरेको छैन ।
त्यस्तै, नुवाकोटबाट सिफरिस भएका १४० भूमिहीन परिवारको प्राधिकरणको केन्द्रीय कार्यालयबाट निर्णय नहँुदा उनीहरू अस्थायी टहरामै बस्न बाध्य भएका छन् । भूकम्पका कारण नुवाकोट जिल्लामा ७६ हजार ८ सय ९ परिवारको घर पूर्णरुपमा क्षति भएको तथ्याङ्क छ । हालसम्म तोकिएको मापदण्डअनुसार भूकम्प प्रतिरोधी नयाँ घर निर्माणको सम्झौता गरेर ७३ हजार ३७ परिवारले पहिलो किस्ताबापत ५० हजार रकम लिइसकेको एकाइ कार्यालय नुवाकोटले जनाएको छ । त्यसमध्ये ६७ हजार ६१२ परिवारले घरको जग हालेर दोस्रो किस्ताको २ लाख तथा ५५ हजार १५ परिवारले नयाँ घरको पुनःनिर्माण सम्पन्न गरेर तेस्रो किस्ताको ३ लाख बुझेका छन् ।

सहायता कक्ष प्रभावकारी

विदुर/जिल्ला प्रहरी कार्यालय नुवाकोटले समुदायाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बट्टार बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।
नजिकदै गरेको चाडपर्बमा नागरिकहरूको संख्यामा बढी हुने भएकाले उनिहरूलाई सहजिकरण गर्न सहायता कक्षाको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चाडपर्वका बेला यात्रुहरूलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कुनैपनि यात्रुले समस्या भोग्नुपरेमा यात्रु सहायता कक्षमा सम्पर्क राख्नको लागी प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला सवारी साधानहरूमा क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने लगायतका कार्यहरू हुने भएकाले त्यसको न्युनिकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रत्येक सवारी साधनहरूमा भाडादरको सूची अनिवार्य राख्नु पर्ने, सबारीले तोकेको सबै सुबिधाहरू अनिबार्य उपलब्ध गराउनु पर्ने जनाएको छ । सबै कम्पनीका भाडादर, उपलब्ध गराउनो सेवाहरू यात्रु सहायता कक्षमा समेत राखिने प्रहरीले जनाएको छ ।
प्रहरीको सहायता कक्षले राहत महशुस भएको नागरिकहरूले बताएका छन् ।

प्रेस स्वतन्त्रता खतरामा पर्यो : कोइराला

विदुर/नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइरालाले प्रेस स्वतन्त्रता खतरामा रहेको बताएका छन् । उनले अहिले न्यायपालिका पनि निरीह रहेको टिप्पणी गरे ।
दोस्रो चरणको नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको राष्ट्रिय जागरण अभियान समापनका क्रममा नेता कोइरालाले सरकारले ल्याएका मानव अधिकार आयोग, प्रेस स्वतन्त्रता, सम्पत्तिमाथिको अधिकार र राष्ट्रिय सुरक्षा, मिडिया काउन्सिल, गुठी लगायतसम्बन्धी विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए लोकतन्त्र जोखिममा पर्ने बताए । 
नेता कोइरालाले विधान र विधिलाई टेकेर गए पार्टी एकढिक्का हुने बताए । ‘तदर्थवादमा नेपाली कांग्रेस तचल्ने बताउदै उनले भातृ संस्थाहरू चुस्त दुरुस्त बनाएर अधिवेशन गर्न‘पर्ने बताए । गुटउपगुट नेतृत्वले सञ्चालन गरे गिरोहमा परिणत हुने उनले बताए । 
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापती जगदिश नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीह शिबराज अधिकारी, डा राजाराम कार्की, जीवन डङ्गोल र बिनिता अधिकारी, तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए ।

पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल

विदुर\प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल रहेको बताए । भ्रमण बर्ष २०२०मा नेपालमा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएतापनि आबाश्यक पुर्बाधारको बिकास हुन नसकेको उनले बताए । बिशेषगरी पर्यटकिय क्षेत्रहरू हिमाली भु–भागमा रहेकाले त्यस तर्फ पुग्ने सडकमार्गको अबस्थाले नेपालको लक्ष्य पुरा हुन नसक्ने तामाङले बताए । 
होटल तथा पर्यटन ब्यबसायी संघ प्रदेश नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्यले यस्तो बताएका हुन् । कार्यक्रममा ३ नं. प्रदेश सभा सदस्य केशबराज पाण्डेले नुवाकोटको थुम्कैपिच्छे पर्यटकिय स्थलहरू रहेपनि स्थानिय तह, प्रदेश र संघले त्यसको संरक्षण गर्न नसकेको बताए । पुरातात्विक महत्व बोकेका सम्पदाहरूको पुनःनिर्माण पुरातत्व बिभागले गर्नुपर्ने बताए । बाह्य पर्यटन भन्दा पनी सुरुमा आन्तरिक पर्यटनत प्रबद्धन तर्फ स्थानिय सरकार आकर्षित हुनु पर्ने बताउ । 
जिल्ला ससमन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले केही चहलपहल आन्तरिक पर्यटनले गरेतापनि बाह्य पर्यटन भित्र्याउने सम्पदाहरूको प्रचार प्रसार गर्नु पर्ने बताए । प्रति ब्यक्ति आय बढाउन समेत पर्यटन प्रबद्धनले महत्वपुर्ण भुमिका खेल्ने भएकाले सबै पक्षहरू इसमा जोडिनु पर्ने बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटमा रहेका पर्यटकिय स्थलहरूको सम्भाबनाको खोजी गर्नु पर्ने बताए । लुकेर रहेका सम्पदाहरूको प्रचार प्रसार गर्दै आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउनु पर्ने बताए । 
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागी प्रशासन तत्पर रहेको बताए । पर्यटन प्रबद्धनको पहिलो खुड्किलो होटल रहेकाले प्रकृया र पद्धत्तिमा सञ्चालन भएका होटलदहरूलाई २४ सै घण्टा सुरक्षा दिन प्रशासन लागि पर्ने बताए । 
कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले प्रदेश नम्बर ३ भित्र रहेका सबै पर्यटकिय स्थलहरूको खोजी गर्दै संघ र प्रदेशसंग सहकार्य गर्ने बताए । तिनै तहको सरकारसँग सहकार्य गर्दै पर्यटन बिकासमा लागी पर्ने बताए । 
नुवाकोटबाट सुरु भएको कार्यक्रमलाई ३ नम्वर प्रदेशको १३ वटै जिल्लामा पुराउने बताईएको छ । तिनै तचहको सरकारको समन्वयमा पर्यटन बर्षलाई लक्षित गर्दे आबाश्यक पुर्बाधारहरूका खोजी तथा संरक्षणमा सबै पक्ष लाग्नु पर्ने बताए । 

सडक आयोजना आबाश्यक

बेत्रावती/रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ । २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो ।
वर्षेनी सडकको मर्मत तथा सुधारको काम गरिँदै आएको भए पनि अवस्था नसुध्रिएपछि नयाँ आयोजना ल्याउन आवश्यक रहेको प्राविधिकले बताएका छन् । वार्षिक रूपमा विनियोजन भएको बजेटले सडकमा गर्न‘पर्ने काममध्ये १० प्रतिशतभन्दा बढी हुन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
अघिल्लो साता जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको बैठकमा डिभिजन कार्यालयका इन्जिनियर सरोज कडारियाले बजेट अभावमा अप्ठेरो ठाउँ सुधार गर्ने बाहेक अरु काम गर्न नसकिएको धारणा राखेका थिए ।
सडक सुधार तथा मर्मतका लागि करिब तीन अर्ब लाग्ने उनको भनाइ थियो । उनले सडकको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सडक विभागले गर्ने भएकाले लागत स्टिमेट गर्ने काम मात्रै कार्यालयले गर्ने बताए ।
डिभिजनले बनिसकेको सडकको मर्मत सम्भार गर्ने काम मात्रै गर्छ । यसका लागि पर्याप्त बजेट नहुँदा काम प्रभावकारी हुन सकेको छैन । यो वर्ष यही भदौ मसान्तभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने भएकाले सोहीअनुसार काम अघि बढाइएको डिभिजन प्रमुख निरज शाक्यले बताए ।
‘नाका जोड्ने सडकलाई पूर्ण रूपमा सुधारको काम गर्ने हो भने छुट्टै आयोजना चाहिने बताईएको छ । चालु आव ०७६÷७७ का लागि जिल्लामा सानो भार्खु, मूलखर्क, खोपाङ भीरस्थित सडकमा ढलान गर्ने कार्ययोजना छ । –शशिकुमार डङ्गोल

२०७६ भदौ २३ गतेको सम्पादकिय

गाई धन्दा नियन्त्रण गरौं
बट्टार बजारको हावाघरमा शनिवार गाई जिउँदै पुरेको अवस्थामा स्थानीयहरूले फेला पारे । जिवितै उद्धार गरिएको गाईले मनविय संवेदना र पशु चौपायाको अवैध ओसारपसार र तस्करीको भयावह चित्र सार्वजनिक गरेको छ । वर्षेनी भदौ, असोजमा काठमाडौं उपत्याकाबाट गाई र गोरुको संख्यौं संख्या नुवाकोट हुँदै रसुवा जाने गरेको छ । यो वर्षदेखि चल्दै आएको छ । यसरी रसुवा पुगेको गाई गोरु चीन पुग्ने गरेको अनौपचारिक तथ्यहरूले बताएको छ । मासु खानकै लागि यसरी शहर बजार र गाउँबाट समेत जम्मा गरिने पशु चौपाया त्यसमा पनि नेपालमा पुजिदै आएको गाईको निकासीको लागि सरकारी पक्षबाट खासै प्रयास भएको पाइएको छैन । शहर बजारमा छाडा रहेका गाई गोरु निःशुल्क पाइने र अझ घरपालुवा गाई गोरु ल्याउनेले त घरधनीको तर्फबाट बाटो खर्च समेत पाउने गरेका छन् । यसरी दजनौं वा सयौंको संख्यामा जम्मा गरिने गाई र गोरु नुवाकोट हुँदै चीन पु¥याइन्छ । यसरी निर्यात हुँदाका विभत्स दृष्य र घटनाक्रम बर्षेनी देखिदै र हुँदै आएका छन् । शनिवारको घटनाले भने पशु अधिकार र मानव संवेदना माथीनै प्रश्न चिन्ह गरेको छ । अन्य गाई गोरु सरह हिड्न नसक्ने भएकालाई बाटोमै छाडिदिने र त्यसको अन्य असर भोग्दै आएकाहरूले पुर्दै गरेको खाल्डोबाट जिउँदै गाई निकालेका छन् ।
उपत्यकाबाट मात्रै होइन पछिल्ला केही वर्षदेखि नुवाकोटकै ग्रामिण भेगबाट समेत गाई निर्यात हुन थालेको छ । घरपालुवा गाई घरधनीसंग निःशुल्क खरिद गरेर केही गिरोहहरूले रसुवा र केरुङ्गको सिमासम्म पु¥याउने गरेका छन् । सिमाबाट नभई चोरबाटोबाट चीन निकासी गर्दै आएको गाईको व्यापारको अवस्था काहालीलाग्दो छ । मासु प्रयोजनका भइरहेको गाईको यो व्यापार नियन्त्रणका लागि विशेष अभियान र सावधानी अपनाउनु जरुरी देखिएको छ । यही क्रम विकास भइरहँदा यो धार्मिक मुद्दाको रुपमा अगाडी देखिन सक्नेछ । हिन्दु धर्मालम्वीहरूले उच्च सम्मान दिने गाईको व्यापार त्यो पनि मासु प्रयोजनका लागि भइरहँदा यसले निम्त्याउने र असहिष्णुताले हाम्रो संस्कृति, आस्था र परम्परालाई गर्न सक्ने गम्भिर क्षय तर्फ हामी सबै सचेत र सावधान बनौं ।