Monday, March 09, 2020

रंगशालालाई नुवाकोटबाट आलु

विदुर\गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी नुवाकोटका किसानहरूले आलु सहयोग गरेका छन् । 
नुवाकोट जिल्लाको लिखु र पञ्चकन्या गाउँपालिका कृषकहरूले आलु संकलन गरी खाद्यान्नको रुपमा सहयोग गरेका हुन् । आलु खेतिका लागि पकेट क्षेत्र मानिएको लिखु गाउँपालिका वडा नं. १, २, ४ र पञ्चकन्याको १ र २ वडाका १५० कृषकहरूले रंगशाला निर्माणमा सहयोग पु¥याउन आफ्नो उत्पादनबाटै सहयोग गरेका हुन् । उक्त आलुको बजार मुल्य तीन लाख रुपैयाँ रहेको बताइएको छ । 
१२५ बोरा आलु कृषकहरूको तर्फबाट प्रतिनिधित्व गर्दै भगवान पौडेल नेतृत्वको टोलीले चितवनस्थित रंगशाला निर्माणस्थलमै पुगेर हस्तान्तरण गरेका छन् । यसबाहेक थप डेढसय बोरा भन्दा बढीको परिमाणमा सहयोग संकलन भइरहेकोे पनि बताइएको छ । कृषकहरूले कृषि उपजहरू सहयोग गरेरपनि दिएर रंगशाला निर्माणमा योगदान पु¥याउने भन्दै यो अभियान थालिएको भगवान पौडेलले बताए । 
आलु सहयोग ग्रहण गर्दै रंगशाला निर्माण थालनी गरेको संस्था धुर्म‘स–सुन्तली फाउण्डेसनका कुमार कट्टेलले कृषकहरूको यस सहयोगले आफूहरूलाई थप उत्साहित बनाएको बताए । ‘रंगशाला निर्माणको क्रममा निर्माण सामग्री र रकम सहयोगको साथमा यस्ता सहयोगहरू पनि अतुलनिय रहन्छ, उनले भने– नुवाकोटबाट सुरुभएको यो सहयोग अभियानलाई सारा नेपालीले अनुसरण गर्दा हामीलाई अन्तराष्ट्रिय महत्वको रंगशाला तयार गर्न थप सजिलो हुने छ ।’
दुई साता अघि मात्रै रंगशाला निर्माणको लागि नुवाकोटका आइचर ट्रक व्यवसायीहरूले ४० ट्रक वालुवा सहयोग हस्तान्तरण गरेका थिए । उनीहरूले उक्त बालुवा निर्माण स्थलमै पु¥याएका थिए । 

कृषकलाई प्रविधि हस्तान्तरण

पिपल्टार\अति विपन्न परिवारलाई रोजगार तथा आयामुलक कार्यक्रममा सरिक गराउँदै स्वाबलम्बनतर्फ अग्रसर बनाउने उद्देश्यसहित गरिबसँग विश्वेश्वर कार्यक्रम अन्र्तगत विदुर नगरपालिका वडा नम्बर ५ का विभिन्न कृषकसमुहलाई प्रविधि हस्तान्तरण भएको छ ।
शुक्रवार वडा कार्यालयका एक कार्यक्रम गरी कृषक समुहहरूलाई कुटानी पिसानीको लागि औजार प्रदान गरेको हो । वडामा रहेका विपन्न नागरिकहरूलाई उनीहरूको सिप र दक्षताको विकास गरि स्वालम्बन बनाउन विदुर नगरपालिका वडा नम्बर ५ मा गरिवसँग विश्वेश्वर कार्यक्रम सञ्चालन गरेको वडाअध्यक्ष शिव चित्रकारले बताए । 
उनले वडामा रहेको सिमित स्रोत र साधनको प्रयोग गरी अहिलेको लागि प्रत्येक दुई समुह बराबर एक प्रविधि वितरण गरिएको जानकारी दिए । त्यसबाट प्रेरणादायि काम भएमा उक्त कार्यक्रमको निरन्तरता स्वरुप थप मेसिन औजार प्रदान गर्ने बताइएको छ । चुलो र चौकोमा सिमित भएका महिलाहरूलाई मेसिनको प्रयोगबाट भएको आम्दानीले जीवन निर्वाहमा टेवा पुग्ने चित्रकारको विश्वास छ । 

डकैती मुद्दामा वडा सदस्य पक्राउ

विदुर\शिवपुरी गाउँपालिका वडा नम्बर ५ का निर्वाचित सदस्य राजु थापा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा उनलाई पक्राउ गरेको हो । थापालाई ३२ तोला सुन डकैती गरेको आरोप छ । सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।
ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापाले काठमाडौंको भिमसेनगोलाबाट २०५३ साल माघ १० गते राति ३२ तोला सुन लुटेर फरार भएका थिए ।
भन्सार छुट्याएर ल्याउँदै गर्दै थापाले बाटोबाटै लुटेर फरार भएको भन्दै छिरिङ वाङ्गेल घलेले मुद्दा दायर गरेका थिए । थापा तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन् ।

दुई स्कुललाई बस अनुदान

विदुर\बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले विद्यालय बस सेवा कार्यक्रमको लागि २५ वटा विद्यालय छनौट गरेको छ । त्यसमा नुवाकेटको दुई वटा परेको छ ।
मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ बमोजिम प्रदेश भित्रको १३ जिल्लाका २५ विद्यालय छनौटमा परेका हुन् । मन्त्रालयद्धारा जारी सूचना अनुसार नुवाकोट जिल्लाका दुई वटा सामुदायिक विद्यालय विद्यालय बस सेवा कार्यक्रमको लागि छनौटमा परेको छ ।
छनौटमा परेको बिद्यालयहरूमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेको महादेव मावि र विदुर नगरपालिका वडा नम्बर ७ को चण्डेश्वरी मावि छन् ।

नुवाकोट–हेटौंडा छोटो सडक मार्गको खोजी

विदुर\नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण भएको छ ।
धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाको सिमानामा पर्ने गैरी भन्ज्याङ थुम्कोबाट मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका हुँदै बागमती प्रदेशको राजधानी हेटौंडा ५२ किलोमिटरमा पुग्नेगरी नयाँ सडकको सम्भावना देखेर सर्वेक्षण गरिएको बताइएको छ । अहिले गल्छीबाट नारायणगढ हुँदै हेटौंडा पुग्न १७० किलोमिटर सडक रहेको छ । सडकको स्तरोन्नती गरेर दुईतर्फी मोटर गुड्न सक्ने बनाउन लाग्ने लागतको अनुमान गरी बजेट बनाउन संघीय, प्रादेशिक र स्थानीय तहका सरकार र सरोकारवाला निकायसँग छलफल गरिने बताइएको छ । 

लागू औषध बिरुद्ध ऐक्यवद्धता

विदुर\बागमती प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी किशोर कुमार दाहाल गएको सोमवार नुवाकोटमा माईक्रोबसहरूमा लागू ब्यानर टाँग्दै गरेको भेटिए । लागूऔषध दुव्र्यसनी विरुद्ध नेपाल प्रहरीले थालेको साताव्यापी अभियान अन्तर्गत पहिलो दिन ‘स्वस्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागूऔषध अपराध विरुद्धको ऐक्यबद्धता’ जस्ता नारा लेखिएका ब्यानरहरू टाँग्दै गरेको दृश्य यात्रुले अनौठोसँग हेरे । 
यस अभियानलाई साथ दिँदै थिए स्थानिय नागरिक अगुवा, विद्यार्थी, जनप्रतिनिधिहरू, नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, जिल्ला समन्वय समिति नुवाकोटक उपप्रमुख अप्सरा थापा सहित, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, विदुर नपाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेल । यसक्रममा उनले दर्जनजति बसमा दुव्र्यसनी विरुद्ध जनचेतनामुलक ब्यानरहरू टाँग्न भ्याए भने यस अभियानमा सहयोग गर्न यात्रुदेखि सबै सरोकारवालाहरूसँग अपिलसमेत गरे । बागमती प्रदेश प्रहरी कार्यालयको ‘क्लिन बागमती’ प्रदेश अभियान अन्र्तगत गएको सोमबार नुवाकोटबाट सुरु भएको लागुऔषध ओसारपसार तथा दुव्र्यसनी विरुद्धको साताव्यापी अभियानलाई वागमती जिल्लाका १३ वटै जिल्लामा व्यापक रुपमा सञ्चालन गरिएको जानकारी दिँदै निमित्त प्रमुख तथा एसएसपी किशोर कुमार दाहालले अभियान सार्थक बनाउने घोषणा गरे ।
बागमती प्रदेश अन्तर्गतका नुवाकोट, मकवानपुर, धादिङ, चितवन, सिन्धुली लगायतका केही जिल्लाहरूमा गाँजा र अफिमको खेती व्यापक रुपमा फस्टाइरहेको प्रहरीको आँकडाले देखाएको छ । त्यससँगै लागु औषधको सेवन, अबैध ओसारपसार र कारोबार पनि उच्च रहेको बागमती प्रहरी निमित्त प्रमुख दाहालको निष्कर्ष छ । ‘बागमती प्रदेश ‘लागू औषधविरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई लागु पदार्थ मुक्त बनाउने अभियान नै चलाएका हौँ’, एसएसपी दाहालले भने । अहिले किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थी यसको लतमा फसेको अनुसन्धानको क्रममा देखिएको हुँदा  युवायुवती जानेर वा नजानेर लागू औषधको दलदलमा फस्दै गएको देखेर लागू औषध प्रयोग निर्मुल पारिने नुवाकोट प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेको दाबी छ । उनले भने– ‘लागू औषध प्राप्तिकै लागि उनिहरूले चोरी, लुटपाट, हत्या बलात्कार गर्ने गरेको पाईएको छ ।’ अहिले विशेष अभियानको रुपमा सामुहिक रुपमा प्रतिवद्धता गर्दै गाउँ टोल हुदै निर्मुल पार्ने कार्य थालेको बताउदै यो सुरुवात भएपनि अन्त्य नभएसम्म निरन्तर रुपमा लाग्ने उनको प्रतिवद्धता छ । 
चालू आबमा अपराध बढी
विदुर\नुवाकोटमा आर्थिक वर्ष २०७३÷७४ मा लागू औषधको मुद्दामा ३ जना पक्राउ परेका थिए । त्यसबेला दुई वटा मुद्दा रहेको थियो । वितेको तीन आर्थिक वर्ष र हालको आर्थिक वर्षको तुलना गर्ने हो भने यो वर्ष लागू औषधको मुद्दा ह्वात्तै बढको छ । 
चालु आर्थिक वर्षको साढे आठ महिनामै सात वटा मुद्दा प्रहरी कार्यालयमा छ । त्यसमा १३ जना समातिसकेका छन् भने एक जना फरार छन् । त्यस्तै, आर्थिक वर्ष २०७४ ७५ मा २ वटै मुद्दामा ७ जना पक्राउ गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३ वटा मुद्दामा ६ जना पक्राउ परेको नुवाकोट प्हरी प्रमुख अभिनारायण काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकामा ११ वटा, बेलकोटगढी नगरपालिकामा एउटा, ककनी गाउपालिकामा दुईवटा १४ वटा मुद्दा अहिले अनुसन्धानमा छ । 
यसै बीच, लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्वन्धी साताव्यापी अभियान नुवाकोटमा सकिएको छ । ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागू औषध अपराध 
विरुद्धको ऐक्यवद्धता’ भन्ने नारा सहित सञ्चालित लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्वन्धी साताव्यापी अभियान अन्तर्गत रहेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रुपमा गएको सोमबार पहिलो दिन प्रभातफेरी कार्यक्रम गरिएको थियो । 
    प्रभातफेरीमा सहभागिहरूले सुन्दर जीवनको रहर, लागू औषध दुरुपयोग असरबारे नबनौँ बेखवर, लागू औषध कारोवार एक पाप, यसले दिन्छ समाज र प्रियजनको घृणा र सन्ताप, स्वच्छ जीवन उच्च विचार, लागु औषधको गरौँ बहिस्कार गरौँ जस्ता वाक्यंशहरू लेखिएको प्लेकार्ड लिएका थिए ।
त्यस अवसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले लागू औषध दुव्र्यसन तथा ओसारपसार जस्ता अवैध क्रियाकलापमा आफ्नो सन्तानलाई सम्लग्न हुनबाट जोगाउने मुख्य भूमिका अभिभावकको रहेको बताए । प्रभातफेरी पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, नेकपा नुवाकोटका प्रतिनिधि बुद्धिबहादुर प्रधान, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित लगायतले लागु औषध दुव्र्यसन तथा ओसारपसार हुने स्थानको पहिचान गरि कानुनी उपचारमा लाग्नुपर्ने बताए । 
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सिंगो देश लागु औषध दुव्र्यसन तथा ओसारपसार मुक्त समाज निर्माण नभएसम्म यस्ता अभियानहरू सञ्चालन भइरहने बताए । नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले पछिल्लो समय नेपालमा लागू औषध दुव्र्यसन तथा ओसारपसार जटिल समस्याको रुपमा रहेको बताए । हात हतियार कारोवार पछिको दोश्रो ठूलो अवैध कारोवारको रुपमा  लागू औषध दुव्र्यसन तथा ओसारपसार लाई लिने गरिएको भन्दै उनले युवा शक्तिहरू अवैध क्रियाकलापमा लाग्ने गरेकोमा चिन्ता व्यक्त गरे । 

तस्बिर खबर

विदुर नगरपालिका वडा नं. २ नुवाकोटमा निर्माण भइरहेको पृथ्विनारायण शाह संग्रहालयको अवलोकनका क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, वडा अध्यक्ष विरेन्द्रकुमार शाही लगायतका । दरवार क्षेत्रको कुवापानीमा संग्रहालय बन्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई बवरमहलले ५ करोड २७ लाख रुपैयाँमा भवन बनाउदैछ । २०७६ असार २४ गते सम्झौता भएको संग्रहालयको भवन निर्माण कार्य २०७८ असार २३ मा सम्पन्न गर्नुपर्नेछ । 
–रोशन बोगटी

स्वास्थ्य चौकीको स्तर बढ्ने

विदुर\सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यस वर्ष २३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती हुनेभएको छ । त्यसमध्ये नुवाकोटको चार वटा र रसुवाको दुई वटा स्वास्थ्य संस्थाको स्तर उन्नती हुने भएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको काहुले स्वास्थ्य चौकी, तारकेश्वर गाउँपालिकाको दाङसिंह स्वास्थ्य चौकी, पञ्चकन्या गाउँपालिकाको भद्रुटार स्वास्थ्य चौकी र ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती हुने भएको हो । यसैगरी रसुवाको पनि २ स्वास्थ्य चौकी स्तरोन्नती हुने भएको छ । अधिल्लो वर्ष सरकारले २५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्नको स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको छ ।

प्रहरीले रोक्यो बाल बिबाह

विदुर\नुवाकोट प्रहरीले गएको साता एउटा बाल बिबाह रोकेको छ । १६ वर्षिया बालिकालाई २४ वर्षिया पुरुषले विवाह गरिरहेको जानकारीको आधारमा शिखरवेशीमा बिबाह स्थलमै पुगेर नेपाल प्रहरीले बिबाह रोकेको हो ।
गएको सोमवार दुप्चेश्वर गाउँपालिका वडा नंं ७ शिखरबेशीका उद्धव थापाले सोही गाउँका १६ वर्षिया बालिकासित बैवाहिक कार्यक्रम गरिरहेका थिए । थापा २४ वर्षका छन् । समुन्द्रटारबाट बिबाह रोक्नैकै लागि शिवखरशी पुगेका प्रहरीले जग्यमै स्थानीयहरू जम्मा गरेर सम्झाई बुझाई गरेको छ । कानूनले तोकेको उमेर अगाडी विवाह गर्न दण्डनिय भएको र बिबाहको कार्य सम्पन्न नभइसकेले तत्कालन रोक्नका लागि प्रहरीले आग्रह गरेका थिए । प्रहरीको आग्रह अनुसार उनीहरूको बैबाहिक कायक्रम रोकिएको बताइएको छ । बिबाह गर्न र बेहुली लिन गएकाहरू प्रहरीको कानूनी शिक्षा लिएर घर फर्किएका छन् । 

असहाय, जनजातिको लागि शिक्षा अभियान

बट्टार\असहाय, जेहेन्दार तथा जनजातिको लागि शिक्षा संस्थाको १६ आंै बार्षिकउत्सब तथा छैठांै अधिबेशन सम्पन्न भएको छ ।
तारकेश्वर गाउँपालिका–५ स्थित कल्लेरीडाँडामा रहेको शंखादेवी माविमा भएको संस्थाको बार्षिक उत्सवको उद्घाटन गर्दै तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले आफनो गाउँपालिकामा असहाय, जनजातीहरूका लागि शिक्षा नामक संस्था रहँदा शिक्षामा धेरै फाईदा रहेको बताए । जेहेन्दार, आफन्त कोहि नभएका बालबालिकाहरू, जनजाती, गरिवहरूलाई यससंस्थाले ठुलो सहयोग गर्ने बिश्वास समेत रहेको उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले अनाथ बालबालिकालाई शिक्षित बनाउन र शिक्षा प्रदान गर्ने उद्देश्यका साथ संस्थाको गठन भएको र समाजकै नमूना रहेकोमा प्रशंसा गरे ।
संस्थाका कोषाध्यक्ष राममणि अधिकारीले कार्यक्रम अन्तर्गत त्रिशुली अस्पतालका २६ जना बिरामी र देबिघाट स्थित बृद्धाश्रममा रहेका ३१ जना बृद्वाबृद्वहरूलाई फलफुल वितरण गरेको बताए । उनका अनुसार तारकेश्वर मावि स्तरिय लोक नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको बताए । जसमा पिमल्टार मावि पहिला, शंखादेवी मावि दोश्रो, श्रीकृष्ण मावि तेश्रो र पञ्चमिलन आधारमुत विद्यालयले सान्त्वन्ना स्थालन पाएका छन् ।
उक्त प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वन्ना हुनेहरूलाई क्रमश आठ हजार, छ हजार, ४ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारको दिइएको थियो । 
यसै बीच, संस्थाको छैठांै अधिबेशनबाट ११ जनाको नयाँ कार्यसमिति समेत चयन भएको छ । जसको अध्यक्षमा बाबुराम शर्मा अधिकारी, उपाध्यक्षमा, शेषराज शर्मा, सचिबमा, नबराज अधिकारी, सह सचिबमा, राजाराम अधिकारी र कोषाध्यक्षमा राममणि अधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा गोरखबहादुर तामाङ, रबिन्द्र घिमिरे, रमेश घिमिरे, देबकी अधिकारी, सुमिता श्रेष्ठ र कञ्चन तामाङ छन् । 

आलु जोनमा फुर्पासिंगी

रसुवा\आलु जोन परियोजना सञ्चालन गर्न जिल्ला स्तरीय नौ जनाको कार्य समिति गठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ रसुवा मार्फत जिल्लालाई आलुजोन क्षेत्र बनाउने उद्देश्यले कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन कार्य समिति गठन भएको हो ।
कार्य समिति संयोजक फुर्पासिंगी तामाङ, सह संयोजक प्रमोदकुमार तितुङ, सचिवमा दावाफुर्वा तामाङ, सह सचिव कमला पुडासैनी, सदस्यहरूमा बालकृष्ण घिमिरे पेम्बा थोक्रा, पासाङ लामातितुङ, राधिका पौडेल र फुर्चुङ तामाङ छन् ।

गोसाइँकुण्ड र लाङटाङमा बिजुली विस्तार हुँदै

रसुवा\रसुवा जिल्लाको दुई पर्यटकिय तथा धार्मिकस्थलमा बिजुली बत्ति पु¥याएनका लागि काम धमाधम भइरहेको छ । रसुवाको धार्मिक स्थल गोसाइँकुण्ड र पर्यटकीय क्षेत्र लाङटाङमा विद्युत् विस्तारलाई तीव्र पारिएको हो । ८ हजार ५ सय घर रहेको लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा विजुली वत्तिको लाइन लैजाने कार्य सुरु भएको हो । २०४० सालबाट नुवाकोटको त्रिशुलीदेखि रसुवामा विद्युत् विस्तार गरिएको थियो । रसुवाले विद्युत् भित्रिएको ३६ वर्षपछि उक्त क्षेत्रमा विद्युत् पुग्न लागेको नेपाल विद्युत् प्राधिकरण धुञ्चे शाखाका प्रमुख कृष्णहरि दाहालले बताए । लाङटाङ र गोसाइँकुण्डलाई केन्द्रित गरी धमाधम विद्युत् विस्तार भइरहेको नेपाल विद्युत् प्राविधकरणले जनाएको छ ।
लाङटाङमा लाइन विस्तार भइसकेको छ र लामा होटलदेखि लाङटाङ क्षेत्रका लागि बृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् थप ६ किलोमिटरको दूरी लाइन तान्ने काम भइरहेको छ ।
गोसाइँकुण्डका लागि धार्मिक मार्गको चन्दनबारीसम्म विद्युत् विस्तार भइसकेको छ । लाङटाङपछि चन्दनबारी हुँदै गोसाइँकुण्डसम्म विद्युत् प्रवाह गरिने बताइएको छ । गेसाइँकुण्डमा विजुली वत्ति पुगेपछि त्यहाँ पुग्ने यात्रुहरूको बसोवास सहज हुने र त्यसबाट रसुवा जिल्लाको आयआर्जमा सहयोग मिल्ने विश्वास लिइएको छ । 

चैत्रभित्र १० मेगावाट सौर्य उर्जा उत्पादन हुने

विदुर\नेपाल विद्युत्त प्राधिकरणले देविघाटमा निर्माण गरिरहेको सौर्य उर्जाबाट आगामी चैतभित्र १० मेगावट विद्युत उत्पादन गर्ने भएको छ । उक्त परियोजनाबाट २५ मेगावट बिजसली वत्ति उत्पादन हुन्छ । घामबाट विजुली निकाल्ने प्रविधि मध्ये यो नै नेपालको सबै भन्द ा ठूलो आयोजना हो ।
तोकिएको समयमा विद्युत उत्पादन गर्न अहिले तिव्र गतिमा काम भइरहेको छ । देविघाट पावर हाउसको खाली जमिन फोरवेमा प्यानल जडानको लागि खम्बा जडान गर्ने कार्य भइरहेको छ । देविघाट पावरहाउसको खाली जमिन फोरवेमा प्यानल जडानका कार्य सम्पन्न भएको छ ।
त्यसैगरी रातमाटेमा प्यानल राख्नका लागि जमिन सम्माएर ‘लेवल’ नाप्ने काम भइरहेको आयोजनाका उपप्रवन्धक विकास रघुवंशीले जानकारी दिए । उनले आगामी चैतभित्र १० मेगावट विद्युत निकाल्ने बताए । अहिले फोरवे क्षेत्रको काम सम्पन्न गरेर रातोमाटेमा काम थालिएको छ । आयोजनाको लागि चाहिने ५० प्रतिशत सामान ल्याइसकिएको बताइएको छ ।

वन्यजन्तुको अवैध चोरी नियन्त्रणमा सफलता

बेत्रावती\निकुञ्ज संरक्षण तथा व्यवस्थापनका लागी विशेषगरी वन वन्यजन्तुको अवैध चोरी शिकार तथा ओसार पसार नियन्त्रणका लागी नेपाली सेना तथा निकुञ्जको प्रयास सफल रहेको छ ।
बुधबार एक कार्यक्रम गरि अपरेशन महाहन्ट सम्बन्धि जानकारी गराइ वन डढेलो सचेतना नियन्त्रणका उपाय सरोकारवालाहरूसँग समन्वय तथा सुचना आदान प्रदान र वन डढेलो नियन्त्रण मा लाङटाङ राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको भुमिका बारे छलफल गरिएको हो ।
वन प्राविधिक एवम रेञ्जर रमेश वस्नेतका अनुसार फागुन एक देखी २०७० जेठ मसान्तसम्म महाहन्ट अपरेशन सुरु गर्ने र नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थित भोटाङ र नेसमपाटी, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित घ्याङफेदी रसुवाको गोसाइकुण्ड गाउँपालिका को बृद्धिम र खाम्जीङ सेनाको जहाँ पोष्टहरू छन् त्यहा महाहन्ट गतिविधि हरू सञ्चालन गरिने छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला गरि ९ वटा गाउँपालिकाहरूमा लाङटाङ राष्ट्रिय निकुञ्जको स्थानहरूमा महाहन्ट अपरेशन हुनेछ ।

आयोजनाको प्रगती सन्तोषजनक भएन

विदुर\‘गेम चेञ्जर’ भनिएका २३ वटा राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगती हुन सकेको छैन ।
अधिकांश आयोजनामा दक्षजनशक्तिको अभाव देखिएको छ भने निर्माण सामग्री एवम् इन्धन ढुवानीमा समेत समस्या देखिँदा ती आयोजना लामो समयदेखि प्रभावित हुँदै आएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ६५ करोड बजेट विनियोजन भएको छ ।
चालु आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय गौरवका आयोजनामा १ खर्ब २ अर्ब ६५ करोड बजेट विनियोजन भएको छ । चालु आवको ६ महिनाको अवधिमा जम्मा १९ अर्ब २४ करोड अर्थात् १८.७ प्रतिशत मात्रै खर्च भएको छ । यसले पनि आयोजनाको प्रगति निकै सुस्त देखिएको छ ।
राष्ट्रिय गैरबको रुपमा राखिएको गल्छि त्रिशुली सडक आयोजनाको पनि कार्य प्रगती सन्तोषजनक छैन । तिन पटक सम्म सायाबधि थपिएको आयोजनाको ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्रिदेशिय मार्गको रुपमा रहेको गल्छि त्रिशुली रसुवागढी सडक आयोजनाले पहिलो खण्ड अन्तर्गतको गल्छिदेखि त्रिशुलीसम्म मुअब्जा बिबादले काम अगाडी बढ्न सकेको छैन । 

२०७६ फागुन २६ गतेको सम्पादकीय

खाद्यान्न भण्डारण नगरौं
विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको त्रासले स्थानीय स्तरमा नागरिकहरूको स्वास्थ्य संकटमा पर्ने अनुमान छ छदैनै छ । त्यो भन्दा पहिला दैनिक जनजीवन र अर्थतन्त्रलाई सिधासिधा प्रभाव पार्न थालेको देखिएको छ । विशेष गरी दैनिक उपभोग्य बस्तु र चीनबाट नेपाल आयात हुने कपडा तथा इलेक्ट्रिक सामानहरूको अभाव र मनमौजी बजार भाउ देखापर्न थालिसकेको छ । कोरानोले उत्पातै गर्ने नागरिकहरूको बढिनै त्रासदिपूर्ण सोचाईका कारण बजारले उपभोक्ताको माग अनुसारको सामान  दिननसक्ने अवस्थाको सृजना भएको छ । नुन, तेल, मसला, दाल, चामल, पिठो, एलपी ग्यास जस्ता उपभोग्य र दैनिन्दिय आवश्यक सामाग्रीहरू नागरिकहरूले बढिनै जम्मा गर्न थालेपछि त्यसको असर बढि देखिन थालेको हो ।
सरकारले मानिसहरू भेला हुने, सभा सम्मेलन गर्ने कुराहरूका नियन्त्रण गर्न आग्रह गर्यो, विद्यालयहरूलाई आफ्नो नियमित शैक्षिक गतिविधिहरूलाई छोट्याएर वा छिट्टै सकेर चैत ६ गतेदेखि विद्यालय बन्द गर्न नै उर्दी जारी गर्यो । जसले गर्दा अब चाँहि संकटनै आउन लागेको  भन्ने बुझाई आम नागरिकहरूमा परेको छ । जुन गलत हो । संक्रमण नफैलनका लागि पुर्वसावधानी अपनाईएको यो अभियानलाई ठूलै विपत्ति आउन लागेको जसरी नागरिकहरूले बुझ्ने गलत छ । एकै घरपरिवारले महिनौंसम्म पुग्ने सामाग्रीहरू भण्डारण गरे राख्न थालेपछि सामाग्रीको अभाव हुनु स्वाभाविकै हो । र त्यस्तो माग धेरै भएको मौकामा गलत मनसाय भएका केही व्यापारीहरूले सामान लुकाउने वा भाउमा कालोबजारी गराउने खतरा उत्तिनै रहन्छ । त्यसैले सावधान अपनाउनका लागि सरकारले गरेको आग्रहलाई संकटको अवस्थाको रुपमा बुझेर आवश्यकता भन्दा बढी सामाग्रीहरूको भण्डारण नगरौं । बजारमा भएका उपभोग्य सामान सबैले बरोवरी रुपमा निरन्तर पाइराख्ने अवस्थाको सृजना उपभोक्ता वा सचेत नागरिकहरू स्वंयम्ले गरौं ।  

Saturday, March 07, 2020

नुवाकोटमै हिउँको मज्जा

सागर खनाल
फिकुरी\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ मा रहेको फिकुरी डाँडालाई ट्रेकिङ हब बनाउने अभियानमा हिँडेको पर्यटन व्यवसायी, पत्रकारहरू र अभियानता सहितको टोली बुधबार पुगेको छ ।
३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडाखर्क पुगेको टोलीले क्याम्पिङ गरेर रात बिताएको छ । रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन् । करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले जानकारी दिए ।
३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न पाइयो। साथै हिमाली जन जीवन र संस्कृति अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी टिममा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतका अनुसार ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए । राजधानी नजिकैको यो ट्रेलको उचित प्रचार प्रसार गर्नुपर्ने महतले औल्याए । ५२ जना सहभागी टोली आज ६ घन्टाको पदयात्रा पछि १८०० मि उचाईमा रहेको ठूलो गाउँ पुगेर बास बस्नेछ ।
रातभर बाक्लो हिमपात परे पनि टिममा सहभागी सबै सदस्यहरू सकुशल रहेको टिम लिडर एवं रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले जानकारी दिए ।
तिन हजार ८ सय मिटर उचाईमा रहेको फिकुरी डाँडा एतिहासिक धार्मिक हिसाबले पनि महत्वपुर्ण स्थान हो । ठूलो गाउँ पछि टोली रसुवाको डाँडागाउँ झरना र घलेगढी पुगेर फर्कने न्यौपानेले जानकारी दिए ।
दुई जिल्लाका पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचारले आगामी दिनमा पर्यटकलाई भ्रमण गर्न
सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारीमुलुक प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ ।
हिउँमै किताब विमोचन
फिकुरी\लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । 
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । फिकुरी डाँडाको उचाईं ३८०० मिटर रहेको छ, जहाँबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा 
उभिएर साहसिक पर्यटनमा सक्रिय 
पदयात्रीहरूमाझ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले भने, ‘महासागरले घरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरूबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’ 
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले भने, ‘सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य महत, रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । 
श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–टे«किङ गाइड तथा टे«किङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने, ‘त्यसका लागि सक्रिय यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज र यात्रामा जोडिएका सूर्यगढी, किस्पाङ, ठूलोगाउँ र कालिका गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।’

चार जनाको मृत्यु

विदुर\काठमाडौं गएको साता भएको फरक–फरक सवारी साधन दुर्घटनामा नुवाकोटका तीन जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । त्यस्तै नुवाकोटमा भएको एक घटनामा एक जना वृद्धको मृत्यु भएको छ ।
गंगाहल अगाडि भएको दुर्घटनामा दुई जना र टोखामा भएको मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गं.गाहल अगाडीको घटनामा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ र पछाडी बसेका ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको हो ।
बालाजुतर्फ जाँदै गरेको बा २ ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ७८ प १४० नम्बरको मोटरसाइकल राती ११ बजे आपसमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखा माछापोखरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुरानो मदानपुर–८ का वर्षीय निखिल तामाङ र रुपेश तामाङको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने एक जना घाइते भए गणेशस्थान नजिकै बिजुलीको पोलमा ना १६ प ९१३४ नम्बरको मोटरसाइकल ठोक्किँदा पञ्चकन्या गाउँपालिका–२ का प्रशुन तामाङ भनिने हितबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनायो । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने ग्रीनसिटी अस्पताल उपचार भइरहेको छ ।
यसै बीच, घाँस काट्ने क्रममा रुखबाट लडेर विदुर नगरपालिका वडा नम्बर १० आँगुटारमा एक ज्यान गएको छ । मृत्यु हुनेमा ७० वर्षिय बोधनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घर नजिकै कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा
पौडेल लडेर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।

भौतिक सुधारमा जोड

रामचन्द्र खनाल
त्रिशुली\नुवाकोट, धादिङ र रसुवाको सबैभन्दा पुरानो विद्यालयको रुपमा परिचित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको ६९ औ वार्षिक उत्सव सम्पन्न भयो ।
त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर वृद्धी तथा शिक्षालयको भौतिक अवस्था सुधारका लागी प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिरहेको बताए । उनले शिक्षाको षेत्रका काम गर्ने प्रदेश सरकारहरूमा बागमती उत्कृष्ठ रहने दावी समेत गरेका छन् । नवनिर्मित भवनको उद्घाटन समेत गर्दै मुख्यमन्त्री पौडेलले शिक्षा नीतिलनई नै परिमार्जन गर्दै प्राबिधिक शिक्षाको रुपमा बिकास गर्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङले नुवाकोटलाई प्रदेशको राजधानीको रुपका बिकास नगरे पनि बिकासको काममा तिब्रता दिन आग्रह गर्दै मुख्य मन्त्री पौडेललाई ब्यङ्ग्य गरे । साथै उनले बिकासको लागी बिभिन्न योजनाहरू प्रदेशमा पुगेकाले योजना अनुसारको बजेट बिनियोजन गर्न माग गरे ।
वागमती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए । शिक्षक अनुसारका बिद्यार्थी उत्पादन हुने भएकाले गुणस्तरिय र मेहनती शिक्षक आबाश्यक रहेको पाण्डेले बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए । प्राबिधिक बिषयले मात्रै नागरिकहरूको बिकास र दक्ष जनशक्ति उत्पादन हुने भएकालदे सबै बिद्यालयमा प्राबिधिक धारको ध्यन हुनु पर्नेमा उनले जोड दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाखको लागतमा विद्यालयको भवन पुनःनिर्माण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए । २००७ साल चैत ९ गते दुईजना शिक्षकले पाठशाला स्थापना गएर सुरु भएको त्रिभुवन त्रिशुली स्कुलमा अहिले ११ सय ३६ जनाले पढिरहेका छन् ।

पाण्डे राजदूतमा सिफारिस

सोनिका खनाल
विदुर\सरकारले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ । अहिलेका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ राजदूतको रुपमा पाण्डेलाई सिफारिस गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडललाई फिर्ता हुन निर्देशन दिने र पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
२०७३ कात्तिकदेखि चीनका लागि राजदूत भएका पौडेललाई बालुवाटार जग्गा प्रकरणमा अदातले पत्र काटेकोले फिर्ता बोलाउन लागिएको स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको भए पनि सत्ता परिवर्तनपछि प्रचण्डले नेतृत्व सम्हालेपछि ओलीको उक्त निर्णय बदर गर्दै लिलामणीलाई पौडेललाई सिफारिस गरेको थियो ।
सिफारिसमा परेका पाण्डे नेकपा नुवाकोटका ईन्चार्ज समेत छन् । उनी नुवाकोटबाट २०५६सालमा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि पनि हुन् ।

रंगशालालाई आलु सहयोग

संगम भड्ताल
विदुर\नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकाका कृषकहरूले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई निर्माणका लागि आलु सहयोग गरेका छन् ।
तीन लाख रुपैयाँ बरावरको आलु कृषकहअरुले संकलन गरेर चितवन पठाएका हुन् । लिखु गाउपालिका वडा नं १ ,२ र ४, पञ्चकन्या गाउपालिकाको १ र २ नम्बर वडाहरूका कृषकहरूले १३० बोरा आलु निर्माणधिन स्थलमै पु¥याएका हुन् । गएको सोमवार उनीहरू आलु लिएर रंगशालाको निर्मााधिनस्थलमा चितवन पुगेका थिए ।

क्षेत्रपाल मावि जिल्लाको नमूना

सम्पदा खनाल
चौघडा\चौघडाको क्षेत्रपाल माबि नुवाकोटकैै नमूना स्कुल रहेको पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले बताए । क्षेत्रपाल माबिको ४६ औं बार्षिक उत्सब तथा छात्रबृत्ति बितरण कार्यक्रमको उद्घाटन गर्दै महतले नुवाकोटको उत्कृठ बिद्यालय क्षेत्रपालमा माबि रहेकोले यसलाई अझै उत्कृठ बनाउन सबै लाग्नु पर्ने बताए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले शिक्षकहरू राजनीति दलको र राजनीति व्यत्तिःहरूको चलखेल स्कुलमा बढि हुन थालेकै कारण सामुदायिक विद्यालयहरूको शिषा खस्किएको टिप्पणी गरे । कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले क्षेत्रपाल स्कुलमा छिटै स्वास्थ्य शिबिर सञ्चालन गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बार्षिक उत्सबको अबसरमा २०७५ सालमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने ६ जना लाई नगद सहित सम्मान गरिएको छ । साथै पुर्व प्रधानाध्यापक तथा पुर्व ब्यवस्थापन समितिका पदाधिकारीहरू लाई समेत सम्मान गरिएको थियो । 

विदुर नगरपालिकाद्धारा विद्यालय अनुगमन

विदुर\विदुर नगरपालिका वडा नम्बर ८ भैरमकोटको भैरम माध्यमिक बिद्यालयको विदुर नगरपालिकाले अनुगमन गरेको छ । बिद्यालयको बिकास र शैक्षिक गुणस्तरलाई उकास्न नगरपालिकाले दिएका श्रोत तथा साधनहरूको प्रयोग र कार्यान्वयनको बिषयमा नगरपालिकाले अनुगमन गरेको हो ।
नगरपालिकाले स्वंयमसेबक शिक्षक पठाएको सन्र्दभमा र बिद्यालयको समग्र बिकासमा बिनियोजन भएको बजेटको कार्यान्वयनको अबस्थाको बिषयमा नगरपालिकाले अनुगमन गरेको हो ।
नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बिद्यालयमा भएका श्रोतहरूको ब्यबस्थापनको लागी नगरपालिकामले सहयोग गर्ने बताएका छन् । सिमित श्रोत तथा साधनहरूबाट बिद्यालय सञ्चालन गर्नुपरेको अबस्थालाई मध्यनजर गर्दै त्यसप्रति नगरपालिकाले उचित निर्णय लिने उनले बताए । सामुदायिक बिद्यालय बिकासको लागी नगरपालिकाले कुनै सम्झौता गर्न नसक्ने बताउदै समस्याका बाबजुत बिद्यालयले उत्कृष्ट नतिजा ल्याउनु पर्ने उनको टिप्पणी रहेको छ ।
नगरपालिकाले बिद्यालयको बिकासको लागी यस बर्ष आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । यसका साथै, शिक्षक नपुगेका बिद्यलायहरूमा नगरपालिकाले शिक्षक नियुक्ति गर्दै पठाएको छ । यसका साथै, बिद्यालयको भौतिक संरचना निर्माण, शौचालय निर्माण लगायतको बिषयमा पनि नगरपालिकाले चासो दिदै आएको छ ।

१६ प्रहरी निलम्वन

विदुर\चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो ।
केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन सुरु गरेको हो ।
प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ। पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरूलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेनालाई नयाँ फुटबल मैदान

बट्टार\नुवाकोटस्थित नेपाली सेनाको श्री १ नम्बर गण तालिम केन्द्र मैथली क्याम्पमा फुटबल मैदान निर्माण भएको छ । क्याम्पभित्र रहेको अव्यवस्थित मैदानलाई विदुर नगरपालिका लगायत विभिन्न संघसंस्थाको सहयोगमा राष्ट्रियस्तरको बनाइएको हो ।
नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मैदान उद्घाटन गर्दै सेनाले नेपाल एकीकरणको प्रारम्भिक थलो नुवाकोटमा जनतासँगको सहकार्यमा सामाजिक कार्य गर्दा सम्बन्ध अझै सुदृढ र सुमधुर हुने बताए । गणपति खेमराज शर्माले सेना र नागरिक समाजबीचको सहकार्यको अनुपम नमूनाका रुपमा मैदानलाई लिइएको बताउँदै मैदान आन्तरिक खेलकूद तथा जिल्लाका अन्य प्रतियोगितालाई पनि सहज हुने बताए ।
मैदान उद्घाटन अवसरमा सेना र स्थानीय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा श्री १ नम्बर गणको नेपाली सेना टोली २–१ गोल अन्तरले बिजयी भएको थियो ।

ठूलो मात्रामा लागू औषध सहित पक्राउ

स्वर्णिमा कुईकेल
विदुर\ठुलो मात्रामा लागू औषधको कारोवार गर्दै आएका नुवाकोटका एक जनलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नंं ९ कोलोनी डिबजारका ३३ वर्षिया रबिनजंग गौतम ठुलो मात्रामा लागू औषध सहित पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको विशेष टोलीले लागू पदार्थ सहित घरबाटै पक्राउ गरेको थियो । विहिवार जिल्ला अदालत नुवाकोट पेश भएका गौतमलाई म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको साथबाट Promethazine injection I.P–४३ एम्पुल, Diazepam injection I.P –४३ एम्पुल र Buprenorphine injection I.P–४३ एम्पुल बरादम भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पौडेलको जिल्ला अध्यक्ष भोला

विदुर\पौडेलबंश महासंघ नेपाल जिल्ला शाखा नुवाकोटको पहिलो भेला विदुरमा सम्पन्न भएको छ । भेलाले बेलकोटगढी नगरपालिका वडा नं. १० का भोलाराज पौडेलको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको छ ।
भेलाको उद्घाटन समारोहका प्रमुख आतिथि महासंघका उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक दीपकप्रसाद पौडेलले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलबन्धुलाई एक ठाउँमा ल्याई पौडेल बन्धुको तथ्याङ्क संकलन, बंशावली संकलन तथा प्रकाशन लगायतका कार्यमा जिल्ला कार्यसमितिले भूमिका खेल्ने बताए ।
भेलाले उपाध्यक्षमा शिवपुरीका मधुसुदन पौडेल, सचिवमा विदुर नगरपालिकाका सीताराम पौडेल र कोषाध्यक्षमा सुर्यगगढीका प्रकाश पौडेल, सदस्यहरूमा प्रमिला पौडेल, रामजी पौडेल, दिपेन्द्र पौडेल चयन भएका छन् । भूगोल र आवश्यकता अनुसार कार्यसमिति विस्तार गरी १५ सदस्यीय निर्माण गरिने समितिका सचिव सीताराम पौडेलले बताए । सल्लाहकार समितिको संयोजकमा विदुरका गोविन्द्र पौडेल तथा सदस्यहरूमा दुर्गानाथ पौडेल तथा सोमप्रसाद पौडेल छन् ।
भेलाले नुवाकोट जिल्लाभर छरिएर रहेका पौडेलहरूको तथ्याङ्क संकलनका लागि आफ्नो भेगमा रहेका पौडेल समुदायको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । जिल्ला कार्यसमितिले जिल्लाका १२ वटा पालिकामध्ये पौडेलहरूको बसोवास रहेको पालिकाहरूमा पालिकास्तरीय महासंघसमेत गठनको तयारी गरेको पौडेल बन्धु महासंघ नुवाकोटका अध्यक्ष
भोलाराज पौडेलले बताए । नुवाकोट जिल्लामा दुई सय भन्दा धेरै परिवार पौडेल समुदायको बासोवास रहेको अनुमान गरिएको छ ।
नेपालमा ब्राम्हण समुदायमा सबै भन्दा धेरै जनसंख्या भएको थरमा पौडेल पहिलो क्रममा आउने महासंघले जनाएको छ ।

त्रिशुली आवि ४२ वर्षमा

सौरभ कुईकेल
जफती\विदुर नगरपालिका–९ जफतीको त्रिशुली आधारभुत बिद्यालयको ४१ औँ बार्षिक उत्सब सम्पन्न भएको छ ।
बिद्यालयको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेको सबै बिद्यालयको बिकासको लागी नगरपालिकाले नयाँ नीति लिएको बताए । १ बर्ष अगाडी बिद्यार्थी कम भएर मर्जरको प्रकृयामा गएको बिद्यालयमा अबिभाबक र शिक्षकहरूको मिहेनतका कारण बिद्यार्थी संख्या बढेको उनले बताए ।
आफु अनुकुल बिद्यालय सञ्चालन गर्दै शक्षकहरूले घाम ताप्ने प्रबृत्तिलाई रोकेको प्रमुख पण्डितले बताए । नगरपालिकाले लिएको शिक्षा नीति अनुसार काम नगर्ने शिक्षकहरूलाई सरुवा गर्ने र अस्थाई शिक्षकहरूलाई निकाल्ने सम्मको अधिकार नगरपालिकामा उनले चेतानवी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले बिद्यालय बिकासको लागी नयाँ नियुक्त गरिएका शिक्षकहरूको भुमिका महत्वपुर्ण रहेको बताए । नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी नगरपालिकाले आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ बिनियोजन गर्दै खर्च गरेको उनले जनाकारी दिए । शःसर्त अनुदानमा आएको ३० करोड रुपैयाँले नपुग्ने भन्दै आन्तरिक श्रोतको ठुलो रकम बिनियोजन गरेको उनले बताए ।
बिद्यालयहरूमा नगरपालिकाले नियुक्ति दिएका स्वंयमसेबक शिक्षक मार्फत उत्कृष्ट बिद्यालय निर्माण नै नगरपालिकाको लक्ष्य रहेको उपप्रमुख दाहालले बताए । 

तीन महिनापछि भेटियो बाइक

विदुर\नुवाकोटको म्यागङ गाँउपालिकाबाट तीन महिनाअघि हराएको मोटरसाईकल नुवाकोट प्रहरीले भेटेको छ ।
म्यागङ गाउँपालिका ५ स्थित घर भएका शन्त तामाङको आफनै घरबाट साँझको समयमा बा ६० प ४२६२ नम्वरको १५० सिसीको पल्सर मोटर साईकल हराएको थियो ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरिक्षक बिष्णुहरि फुयाँलका अनुसार प्रहरीको नियमित चेकजाँचको क्रममा उनको मोटरसाइकल फेला परेको हो ।

विज्ञप्ती निकालेपछि शिक्षक नेता मुक्त

विदुर\बिप्लब समुहको नुवाकोट जिल्ला शिक्षक संगठनको अध्यक्ष केशवप्रसाद बास्कोटा आफु उक्त समुहमा नरहेको विज्ञप्ती जारी गरेर प्रहरीसत छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई विज्ञप्तीकै आधारमा विहिवार साधारण तारेखमा रिहा गरिएको छ । फागुन ११ गते विदुर नगरपालिका वडा नं. ५ बाट पक्राउ परेका बिप्लब समुहको नुवाकोट जिल्ला शिक्षक संगठनको अध्यक्ष बास्कोटा बेलकोटगढी नगरपालिका वडा नं. ६ का स्थायी नागरिक हुन् ।
३३ वर्षिया बास्कोटाले पहिला आफु विप्लब समुहमा रहेको तर अहिले उक्त पार्टी त्याग गरिसकेको बताएका छन् । 

उद्यमीलाई तालिम

विदुर\पुर्णिमा परियोजनाले नुवाकोटका निर्माण सम्बन्धि उद्यमीलाई बजार ब्यबस्थापन सम्बन्धि २ दिने तालिम दिएको छ ।
जिल्ला भित्र रहेका बिभिन्न ३० जना ब्यबसायीहरूलाई परियोजनाले बजार ब्यबस्थापन सम्बन्धि तालिम दिएको हो । आफ्नो उद्योगबाट उत्पादन भएको बस्तु तथा सेवाको बजारिकरणको योजना, बजारको अबस्था र मागमा आधारित बस्तुको उत्पादनमा तालिममा जोड दिईएको पुर्णिमा परियोजनाले जनाएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बजारको अबस्था अनुसार मात्रै बस्तुको उत्पादन गर्नुपर्ने बताए । उद्यमीहरूले ब्यबसायिक योजना निर्माण गरी बजारको मागमा आधारित रहेर सुवा उपलब्ध गराउमा मात्रै सफल हुने उनले बताए ।
नुवाकोट उद्योग बाणिज्य संघसँगको सहकार्यमा पुर्णिमा परियोजनाले काम गर्दै आएको छ । निर्माणसँग सम्बन्धित ब्यबसायी तथा उद्यमीहरूलाई परियोजनाले ब्यबसायिक सहयोग गर्दै आएको छ । ब्यबसायिक योजना निर्माण, बित्तिय सहजिकरणको लागी आबाश्यक परामर्श, ब्यबसाय सहायता कक्ष लगायतको सहयोग गर्दै आएको छ ।

मगर संघ नुवाकोटमा रामकृष्ण

विदुर\नेपाल मगर संघ नुवाकोटको छैठौ अधिवेशनले रामकृष्ण थापामगरको नेतृत्वमा १७ सदस्यीय कार्यसमति चयन भएको छ ।
गएको शनिवार विदुरमा भएको भेलाले रामकृष्ण थापामगरको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति सर्वसम्मत चयान गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र थापामगर, सचिवमा बच्चुमाया सुनारीमगर, सहसचिवमा रामकुमार खड्कामगर र कोषाध्यक्षमा भरत पुलामीमगर चयन भएका छन् ।
त्यस्तै संघको सदस्यहरूमा रजनी थापामगर, रामचन्द्र रानामगर, रामकुमार थापामगर, निरञ्जन खड्कामगर, रत्न रानामगर, कुमार रानामगर, बासु थापामगर, कुमार थापामगर, श्रीकृष्ण पुलामीमगर र विश्वराज जर्घामगर छन् ।
नेपाल मगर महिला संघ नुवाकोटको तेश्रो अधिवेशनले रोजिना राई सुजाली मगरको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ । उनी लिखु गाउँपालिकाका उपाध्यक्ष हुन् । उनको समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर छन् । सदस्यमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुंगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर छन् । 

सकियो रनिङशिल्ड

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ‘राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७६’ आइतबार सम्पन्न भएको छ ।
भलिबल प्रतियोगितामा कल्याण मावि, रुकमणी मावि, महादेव मावि र दुप्चेश्वर माविका छात्राहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा कल्याण मावि प्रथम, रुकमणी मावि द्वितिय र दुप्चेश्वर मावि तृतिय भएको छ । भलिबलमा छात्रतर्फ ९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । जसमा कल्याण मावि, गोल्फुभञ्ज्याङ र रुकमणी माविले क्रमशः प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्न गरेको छ ।
कवड्डीमा कौकेश्वरी मावि, भुमेस्थान मावि, रुकमणी मावि, दुप्चेश्वर मावि, महादेव मावि र कल्याण मावि विद्यालयका छात्राहरूले भाग लिएका थिए । जसमा दुप्चश्ववर मावि प्रथम, रुकमणी मावि द्वितिय र कल्याण मावि तृतिय भएको छ ।
यही फागुन ९ गतेबाट सुरु भएको रनिङशिल्ड प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका भित्रका विद्यालयहरू कौकेश्वरी मावि, बीरेन्द्र मावि, भुमेस्थान मावि, रुकमणी मावि, दुप्चेश्वर मावि, माफ्ले मावि, महादेव मावि र कल्याण मावि सहभागि रहेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 

तेश्रो पटक कुमारी पुजा

प्रितिका थापा
नुवाकोट दरवार\नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कुमारी पुजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए । त्यस अवसरमा उनले संस्कृति संरक्षणका लागि नागरिक र सकरका बरोवरी हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । उनले पहिचान गराउने संस्कारको बिकाश संरक्षण तथा कुप्रथाको परिबर्तन गर्नुपर्ने बताए ।
पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृति र भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रिय धरोहरको सबै मिलेर संरक्षण गर्नुपर्ने खनालले बताए ।
संघिय सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मिकक्षेत्रको अबलोकन भ्रमणका लागि काठमाडौंका जनप्रतिनिधि तथा कुमारी पुजामा उपस्थिती सबै सरोकारवाला पक्षहरूलाई आग्रह गरेका थिए । काडमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले बिकास निर्माणको कामसँगै पर्यटकीय, धार्मिक सम्पदाको क्षेत्रमा निकै बिकास गरेको बताए ।
बागमती प्रदेश सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सांसद केशवराज पाण्डेले धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धमा आफु लागी पर्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नेताहरू राजु नापित, बिरेन्द्रकुमार शाही लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो । ह्युमत महिला समुह काठमाडौं नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवी कुमारीहरूको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडांैका अध्यक्ष मचानानी महर्जनले बताए । समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरू रहेको स्थानमानै भक्तजनहरूका साथ २०७० साल देखी पुजा सुरु गरेको बताएको छ । यो समुहले २०७३ मा दोश्रोपटक पुजा गरेको थियो ।
    समुहले माघ ११ मा उपत्यकाको ८ जिवित देवी कुमारीहरूको पुजा सम्पन्न गरी  नुवाकोटको कुमारीको पुजा गरेको हो । पुजाकालागि काठमाडौ बाट झण्डै ७ सय जना भक्तजनहरू नुवाकोट आएका थिए ।
नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवी कुमारीको रुपमा पुँजिदै आएकोे छ ।
नुवाकोटकी जिवित देवी कुमारी इतिहास
रिना खनाल
विदुर\नेपालको इतिहासमा नुवाकोटको विशिष्ट स्थान छ । सयौं वर्षअघि देखिको आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल हो, नुवाकोट । ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको नुवाकोट आफैंमा दर्शनीय त छ नै यसलाई विश्व समुदायमाझ चिनाउन सकियो भने काठमाडौं आउने कुनै पनि पर्यटक नुवाकोट भ्रमण नगरी फर्किने छैन । यहाँको मौलिक कला, संस्कृति एवं दर्शनीय स्थलहरूको आकर्षणले पक्कै मुग्ध बनाउने छ ।
नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ–तीमध्ये एक हो कुमारी ।    हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौंको बसन्तपुरमा रहेको जीवित कुमारीलाई मात्र बुझ्ने गर्छौं । यहाँकी कुमारी राजकीय मानिन्छिन् । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका व्यक्तिहरू पुग्छन् । तर यति मात्र होइन, नेपालका विभिन्न स्थानमा जीवित देवीस्वरूपा कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् । त्यस्तै, नुवाकोट मण्डला (दरबार क्षेत्र)का जात्राहरूमा कुमारी नभइ हुँदैन । विभिन्न जात्राहरूमा कुमारीकै विशेष भूमिका रहन्छ ।
नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरबार क्षेत्र) मण्डलामा रहेकी छन् । जहाँ २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारी प्रथाले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च र जीवन्त राखेको छ । कला र संस्कृति सधैं कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरू भयो भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै तोक्न मिल्ने कुनै लिखित प्रमाण छैनन् ।
तथापि, नेपालको इतिहासमा कतिपयले लिच्छवी राजा मानदेवले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरूआत गरेको भन्ने पाइन्छ ।

त्यस्तै, अर्को मान्यता, मल्लकालीन समयमा राजालाई सपनामा तुलजा भवानीले आफ्नो खलकमा अन्तिम राजा भएको र शासन अवधि १२ वर्षभन्दा बढी समय टिकाउने हो भने पुजारीहरूको खलकबाट भवानीको प्रतिरूपमा बालिकालाई कुमारी बनाएर मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न‘ भनिएको जनश्रुति रहेको छ । सपनाकै आधारमा राजाले कुमारी पूजा गर्न थालेको र त्यो प्रथालाई निरन्तरता दिइएको हो भनिन्छ ।
अन्तिम मल्लहरूका अन्तिम राजा जयप्रकाश मल्लले १८ वर्ष शासन गरे र आफ्नो शासनकालमा कुमारी पूजालाई निरन्तरता दिएका थिए । त्यसपछिका शाह राजाहरूले पनि यो परम्परा
तोडेनन् । कुमारी पूजाको सन्दर्भमा विभिन्न सांस्कृतिक तथा धार्मिक मान्यता रहेका पाइन्छन् । धार्मिक रूपमा कुमारी पूजा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा प्रतीकका रूपमा लिइन्छ । बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन् ।
कुमारीको पूजा देश र जीवनको रक्षाको रूपमा गरिने भैरवीका पूजारी हरिमानसिंह डंगोल भन्छन्, ‘कुमारीको पूजा देश र जीवनको रक्षाका निम्ति गरिएको हो ।’ कतिपय कुमारी पूजा गर्न‘ भनेको कौमार्यको सम्मान गरिएको अर्थमा पनि बुझ्छन् । वास्तवमा भन्ने हो भने कुमारी भनेको स्त्री जीवन चक्रको प्रारम्भिक अवस्था हो ।
त्यसैले हुनुपर्छ, रजस्वला नभएसम्मको अवस्थालाई कुमारी भन्ने गरिएको ।
जानकारहरूका अनुसार जबदेखि यहाँ मानव बस्ती बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । यो नेवार समुदायमा बढी प्रचलनमा रहेको, वर्षौंदेखि चल्दै आएको मौलिक, संस्कृति त हो जाति विशेष जनाउने पहिचान पनि हो । नुवाकोटको प्रसिद्ध देवीका पूजारी डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरूप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।
नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि पछिल्लो समयमा आएर यो प्रथा छायामा पर्दै गएको प्रतीत हुन्छ ।
नेपालमा राजकीय कुमारीबाहेक विभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय कुमारी, काठमाडौं मखनटोलको कुमारी, काठमाडौं किलाथलको  कुमारी, टोखाको कुमारी, भक्तपुरको कुमारी, पनौतीको कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको कुमारी, साँखुको कुमारी, पनौतीको कुमारी र नुवाकोटको कुमारी । यसरी सय स्थानहरूमा कुमारी रहेको बताइन्छ । विगत केही वर्षदेखि काठमाडौंका ह्यूमत महिला समूहले, यस संस्थाका प्रचारप्रसार संयोजक राजु नापितले बताएअनुसार, हरेक तीन तीन वर्षमा विभिन्न कार्यक्रम गरी कुमारी पूजा गर्दै आइरहेको छन् ।
यो संस्था कुमारीको प्रचारप्रसार गर्दै यस प्रथाको संरक्षण गर्न‘पर्छ भनेर लागि परेको छ । कुमारी पूजामा स्थानीयहरूको चासोमा कमी रहेको देखिन्छ । यस सम्बन्धमा स्थानीय सरकारको ध्यान जान जरूरी छ । यस्तै, स्थानीय सांस्कृतिक पहिचानले नै समृद्ध नेपालको राजमार्ग बन्न सम्भव हुन्छ । कुमारी भन्ने बित्तिकै यसलाई नेवारी समुदायको पहिचान मात्रै हो भन्न मिल्दैन, यो नेपालकै पहिचान हो । हरेक घरमा कन्या कुमारीको पूजा गर्ने चलन रहेको छ । जीवित कुमारी देशका ११ स्थानमा रहेको कुरा पनि प्रचारप्रसारको कमीले नुवाकोटकी कुमारीबारे कमैलाई मात्र जानकारी भएको स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् ।
विभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ । स्थानीय जात्राहरूको संरक्षणतर्फ यसर्थ स्थानीय समुदाय तथा सरोकारवालाहरूको पनि विशेष ध्यान जानु जरूरी देखिन्छ ।
पुजा गर्न आएका झलनाथले अरु के भने ?
सरोज डंगोल
विदुर\नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । शनिबार विदुरमा प्रेस सङ्गठन नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् । पत्रकारले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै नेता खनालले भने– ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’ उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताएका छन् ।

उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए । ‘पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, खनालले भने । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को शंसोधन पछि मात्रै पारित गर्नु पर्ने बताए । उनले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति अध्ययन गरेकाले शंसोधनको आबाश्यक रहेको बताए । एमसिसी शंसोधन भएमा मात्रै संसदबाट पारित हुने उनको धारणा रहेको छ । नेकपा पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको थियो । खनाल कार्यदलका सदस्य थिए ।


बट्टार क्याम्पसको ३४ औं बार्षिक उत्सव

बट्टार\नुवाकोट, रसुवा र धादिङ्गको अग्रणी क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न सम्पन्न भएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शिक्षा समाज परिवर्तनका लागि नभई नहुने स्थायी साधन भएको प्रमाणित भई सकेकोले पुनः प्रमाणित गर्न नपर्ने कुरामा जोडदिए ।
उनले शिक्षाले नै समाज परीवर्तन गर्न सकिने भएकोले युग अनुसारको सूचना सञ्चार तथा प्रबिधिको प्रयोग गरी शैक्षिक स्तर माथि उठाउनु पर्ने कुरामा जोड दिएका छन् । नेपालमा भर्खर भर्खर कम्प्युटर शिक्षा र कम्प्युटर प्रणालीको सुरुवात भएको अवस्थालाई स्मरण गर्दे केही वर्ष पहलिा नै भारतीय राजदुतावासको सहयोगमा उक्त क्याम्पसमा भवन सहित कम्प्युटर लाईब्रेरीको लागि आफुले निर्माण गराएको बताए । ‘म मन्त्री नै भइराख्नु पर्दैन नुवाकोट जिल्ला र यस क्याम्पसको विकासका लागि, पदमा हुदाँ वा नहुदाँ जतिबेला पनि भौतिक तथा शैक्षिक क्षेत्रको बिकासका लागि सक्दो सहयोग रहिरहने छ’ डा. महतले भने ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङले जुनसुकै क्षेत्रमा गुरु योजना बनाएर कार्य गर्दा सफल हुने भएकोले नुवाकोटको शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसको बिकास शैक्षिक श्रोत केन्द्रको रुपमा बिकास गरी अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले क्याम्पसको शैक्षिक योगदानको चर्चा गर्दै क्याम्पसको शैक्षिक भौतिक बिकासमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काँग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले ऐतिहासिक बट्टार क्याम्पसलाई उत्कृष्ठ शैक्षिक गन्तब्यको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले देश भरीको क्याम्पसमध्ये ४५ क्याम्पसहरू छनोटमा ४३ स्थानमा उक्त क्याम्प्स छनोट भएको र क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तर अभिबृद्धिका लागि बिभिन्न निकायहरूसंगको समन्वय तथा सहयोगमा गरेका प्रयासहरूको बारेमा जानकारी गराए । उनले आगामी दिनमा क्याम्पसलाई उत्कृष्ठ शैक्षिक थलोको रुपमा बिकास गर्न क्यूएए अर्थात् गुणस्तर सुनिश्चितताको प्रत्याभुतिका प्रमाण पत्र यसै वर्ष प्राप्त गरी क्याम्पसलाई देशको नमुना क्याम्पस बनाउने बताए । उनले गएको असारको ७ देखि ९ गते सम्म क्याम्पसमा क्यूएएका लागि प्रिभिजिट सम्मन्न भईसकेको र प्रिजिटले औल्याएका सुझावहरू छिटै कार्यान्वयन गरी अन्तिम भिजिटका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । क्याम्पसका संस्थापक शिवप्रसाद गजुरेलले क्याम्पसको शैक्षिक आरोह अवरोहका बारेमा चर्चा गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरेका छन् ।
क्याम्पसका सञ्चालक समितिका सदस्य निवर्तमान तथा विदुर नगर पालिकाका पुर्व कार्यकारी प्रमुख लिलानाथ न्यौपानेले पनि क्याम्पसको शैक्षिक गतिबिधिको चर्चा गर्दै सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरे । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले आर्थिक वर्ष २०७६।७७ सालको  २ करोड ८१ लाखको आयब्यय र आब २०७६।७७ को अनुमानित ४ करोड ६८ लाख रुपैयाँको बजेट पेश गरे । पूर्व क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको समग्र उत्तरचढावको चर्चा गर्दै क्याम्पसको बिकासमा कसैले रोक्न नसक्ने र सबैको सहकार्यमा हरेक प्रगती सम्भव हुने कुरा उल्लेख गरेका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघका जितेन्द्र अर्यालले पेशागत हकहितमा सदैव लाग्ने तथा प्राध्यापकहरूले आफ्नो दायित्व निर्वाह गर्न चुक्न नहुने बताए ।
कार्यक्रममा लिखु गाउँपालिका वडा नं. ३ का रुकुमणी सेढाईका प्रतिनिधि तथा क्याम्पसका संस्थापक एवं सञ्चालक तर्कराज सिलवाल ले स्वर्गिय सान्नानी सिलवालल असाहय गरीब तथा जेहेन्दार बिद्यार्थी अक्षय  कोषबाट असाहय गरीब तथा जेहेन्दार २ जना बिद्यार्थीहरू श्रीराज पाण्डे र योजना  अधिकारीलाई जनही पाँच् पाँच हजारका दरले छाज्ञवृीत्त प्रदान गरे । स्वर्गिय बलबहादुरभक्तकुमारी प्याकुरेल स्मृति उत्कृष्ठ बिद्यार्थी सम्मान पुरस्कार अक्षय कोषका संरक्षक नानीकाजी प्याकुरेलले असाहय गरीब तथा जेहेन्दार ५ जना बिद्यार्थीहरू ज्योती भुजेल, प्रकृती अधिकारी, निर्जला भट्ट, बिशाल घिमिरे र श्रीजन रिजाललाई जनही दुई÷दुई हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । सिलबाल समाजको तर्फबाट हरेक बर्ष झै यस वर्ष पनि कोषका संस्थापक सुरज सिलबालले पञ्चमाया तामाङ र भगवती तिमिल्सिनालाई दुई हजार पाँच् सय रुपैयाँको दरले छात्रबृत्ति प्रदान गरेका थिए ।
सानिमा बंैक विदुर शाखाका प्रबन्धक भोलाराज पन्तले हरेक बर्ष २ जना बिद्यार्थीका लागि लाग्ने सम्र्पूण किताब, कापी स्टेशनरी लगायत क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क समेत प्रदान गर्दै आएकोमा क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो । प्रभु बैंक बट्टार शाखाका प्रबन्धक दिपक सिंखडालाई क्याम्पसका फुटबल खेलाडीलाई जर्सी उपलब्ध गराए बापत पनि सम्मान गरियो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, होटल ब्यावसायी संघ बागमती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, नेपाल शिक्षक संघ नुवाकोटका पुर्व अध्यक्ष श्री सापकोटा, क्याम्पसका पुर्व स्वबियु सभापति लक्ष्मण श्रेष्ठ, अनेरास्वबियुका अध्यक्ष बिष्णुहरि रिमाल सत्य, नेविसंघका अध्यक्ष अनिल ढकाल, अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष राजेन्द्र पनेरु लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा उत्कृष्ठ अभिभावक तथा बिभिन्न बिधामा राष्ट्रिय स्तरमा उत्कृठ बिद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७५ मा क्याम्पस टप गर्ने, बिभिन्न संकायमा प्रथम, द्धितीय तथा तृत्तिय र अतिरिक्त कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

सालको काठ सहित पक्राउ

सहरेटार\नुवाकोट प्रहरीले अबैध काठ बोकेको एक थान गाडी सहित दुई जनालाई डिभिजन वन कार्यालय विदुर नुवाकोटमा बुझाएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नम्वर २ कबिलासबाट अबैध सालको काठ चोरी निकासी गर्दै गरेको अबस्थामा सोही वडाका दीपेन्द्र राई र बिकास परियारलाई प्रहरीले गएको सोमबार पक्राउ गरेको हो ।
काठ चोरी निकासीमा प्रयोग गरिएको बा २ ख ६४४२ नम्बरको आईचार सहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

२०७६ फागुन १९ गतेको सम्पादकीय

सांस्कृतिक संवेदनशिलता
स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्कृति, सम्पदा संरक्षणमा ठोस काम हुने अपेक्षा गरिएको थियो । तर स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बित्नलाग्दा पनि सोचेअनुरूप काम हुन नसकेको नागरिकहरूको अनुभब रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानीय तहलाई सांस्कृतिक नगरी वा क्षेत्र घोषणा गर्न सक्नेसम्म अधिकार जनप्रतिनिधिलाई दिएको छ ।
स्थानिय तहको कार्यान्वयन भएसँगै ठुलो बजेट सडक पुर्बाधार बिकासमा खर्चिएपछी संस्कृति, सम्पदा संरक्षणमा चुनौती उत्पन्न भएको हो । यससँगै साँस्कृतिक सम्पदा पुनःनिर्माण र एतिहासिक गाँउको पुनःनिर्माणमा समेत चुस्तता पाउने बिस्वास गरिएको थियो । भूकम्पपछि पुनर्निर्माण थाल्ने धेरैले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन् । यसले मौलिकपन, परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेको छ ।
पुराना मौलिक शैलीका घरमा झिँगटी छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ । त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ । यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ । यसले ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडो याममा न्यानो र गर्मीमा शीतल प्रदान गर्ने ग्रामिण भुगोलका घरहरू रहेका थिए । तर बिनासकारी भुकम्प पछीको पुनःनिर्माणमा सबै कङक्रिट घरहरू बनेका छन् । जसले गर्दा एतिहासिक घरहरू र प्राचिन शैलीको लोप भएको छ ।
हुन त विदुर नगरपालिकाले नुवाकोट सम्पदा गाउँ अन्र्तगत रहेका घरहरूले पुरानो शैलीमा तयार गर्दा थप अनुदान दिँदै आएको छ । तर यसले मात्रै आफ्नो सम्पदाको संरक्षणमा टेवा पुग्दैन । विदुर नगरपालिकाले आफु भित्रका सबै गाउँमा सम्पदा झल्कने घरहरूको निर्माणमा र अन्य ११ वटै स्थानीय सरकारले नागरिहरूलाई सहयोग गर्नु जरुरी देखिएको छ । 

गल्छी रसुवागढी सडक ४० प्रतिशत बाँकी

रसुवाको मैलुङ्ग क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको
सडकको फाइल तस्बिर । 
शर्मिला उप्रेती
विदुर\राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले ६० प्रतिशत काम सकेको छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको यो आयोजना अन्र्तगतको सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ ।
पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र आयोजनाले ६० प्रतिशत कामको प्रगति गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडक स्तरोन्नति गरेको छ । अब ४० प्रतिशत काम बाँकी रहेको बताइएको छ । त्यस्तै, योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति भने ३० प्रतिशत मात्रै रहेको छ ।
पिच नभएको ठाउँमा बेस, सब–बेस राखिएकाले बाह्रै महिना सडक सुचारु हुने आयोजनाका योजना प्रमुख भण्डारीले बताए । त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का आह्वान गरेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुनेछ । आगामी वर्षमा पहिलो खण्डको बाँकी ४० प्रतिशत काम भित्र पर्ने २३ किमि सडक पूरै पिच गरिसक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
२०७७ साल जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले ३ बर्षभित्र पूरै काम सक्ने गरी काम अघि बढी रहेको प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिनामा काम सक्ने लक्ष्य छ भने स्याफ्रुबेंसी–रसुवागढी ३९ महिनामा काम सकिनेछ । २०७२ सालको मन्त्रिपरिषद्को निर्णय अनुसार गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक गौरवको आयोजना सूचीकृत गरेको हो ।
आयोजनाको कार्यालय विदुरमा स्थापनाको समयमा नौ अर्ब ५० करोड बजेट प्रक्षेपण भएपनि त्यो रकम अहिलेनै सडक निर्माणका लागि अपुग हुने देखिएको छ ।
पृथ्वी राजमागस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि सुरु भएको हो । विसं २०७८ भित्र यो सडक निर्माणको काम सकिनु पर्नेछ ।
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ । 

हेल्थ डेस्क स्थायी बन्दै

मन्त्री दुलाल रसुवागढीको हेल्थ डेक्स हेर्दै । 
विदुर\कोरोना भाइरसको परीक्षणका लागि नेपाल र चीन बीचको सिमानाका रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ ।
रसुवागढी नाका अवलोकन पछि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचमा स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताए । नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिएका छन् । अर्को सातामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सक सहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले बताए ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल उक्त नाका बन्द गरिएको छ ।
यसै बीच, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकामा राखिएको ‘हेल्प डेस्क’ को अवस्थाबारे अध्ययन अबलोकन गरेका छन् ।
मन्त्री दुलालसहितको टोली गएको आइतबार नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।  त्यहाँका कर्मचारीले चीनबाट आएका नेपाली वा चिनियाँको सुरुमा अध्ययन गर्ने, भाइरस छ वा छैन भन्नेबारे बुझ्ने र तीन पटक जाँच गरेर मात्र पठाउने गरेको जानकारी दिए । निरिक्षणपछि मन्त्री दुलालले रसुवागढी नाका हुँदै चीनबाट आउने पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्प डेस्क राखेको र यसलाई अझै व्यवस्थित बनाउने बताए । 

६२ हजारले लिए तेश्रो किस्ता

सुजित भण्डारी
विदुर\२०७२ सालको विनाशकारी भुकम्पका कारण घर क्षति व्यहोरेका नुवाकोटका ६२ हजार घरपरिवारले तेश्रो किस्ताको रकम लिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका अनुसार ७६ हजार लाभग्राही मध्ये ६२ हजार ६५० लाभग्राहीले तेश्रो किस्ताको अनुदान रकम लिएको छ ।
भुकम्प लगत्तै भएको सर्भेक्षण र त्यसपछी गुनासो सम्बोधनबाट थपिएका सहित ७६ हजार ८१६ जना लाभग्राहीहरू छन् । राज्यले भुकम्पबाट क्षतीग्रस्त भएका संरचनाको पुनःनिर्माणको लागी ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउदै आएको छ । ३ किस्तामा उपलब्ध गराउने अनुदान रकम मध्ये पहिला किस्ताको ५० हजार रुपैयाँ रकम लिने नागरिकहरूको संख्या ७४ हजार ४२२ छ ।
६९ हजार ८९८ जनाले दोश्रो किस्ताको डेढ लाख रुपैयाँ लिएका छन् । निजि आबास निर्माणको डिपिसी तहसम्मको संरचना तयार भए पछि दोश्रो किस्ताको रकम प्राप्त गर्ने ब्यबस्था छ । अन्तिम किस्ता एक लाख रुपैयाँ लिनका लागी भने लाभग्राहीले आफ्नो घरको छाना हालेको हुनु पर्ने छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएका संरचनालाई मात्रै राज्यले अनुदान रकम दिइरहेको  बताइएको छ ।
प्राधिकरणबाट गाँउमा खटिएका प्राबिधिकहरूले प्रमाणिकरण गरेर पठाएका घरहरूलाई मात्रै राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको हो । ७६ हजार लाभग्राही रहेको नुवाकोट जिल्लामा निजि आबास निर्माण सम्पन्न गर्ने नागरिकहरूको संख्या धेरै रहेपनि मापदण्ड अनुसार निर्माण सम्पनन भएका नागरिकहरूको संख्या मात्रै प्राधिकरणसँग रहेको जनाएको छ । राज्यले तोकेको निश्चित मापदण्ड भन्दा बाहिर गएर केहि संरचना निर्माण भएकाले त्यसलाई प्रबलिकरण गरेर मात्रै अन्तिम किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।
नुवाकोट जिल्लामा सबै भन्दा बढि लाभग्राही बेलकोटगढी नगरपालिकामा रहेका छन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा बेलकोटगढी नगरपालिकामा १३ हजार ९७ लाभग्राही कायम भएका छन् ।
नुवाकोट जिल्लामा रहेका लाभग्राही मध्ये १४ हजार नागरिकहरूले अन्तिम किस्ताको रकम लिन बाँकी रहेका सरकारी तथ्याङ्क रहेको छ । यस्तै, दोश्रो किस्ताको रकम लिन बाँकी रहने लाभग्राहीको सख्या १४ सय ३९ रहेको छ ।

लाभग्राहीद्धारा रकम फिर्ता
निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम भएका तर घर बनाउन आवश्यक नठान्ने नुवाकोटका एक लाभग्राहीले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
अनुदानको लागि पाएको रकम फिर्ता गर्नेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका उत्तम अधिकारी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानिय शाखाले जनाएको छ ।
प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी सरकारले आग्रह गरेको छ ।

गुरु योजना कार्यान्वय माग
विदुर\विदुर नगरपालिका वडा नम्बर २ नुवाकोट दरबार परिषरमा पुनःनिर्माण भैरहेको सम्पदा बस्तीमा गुरु योजनाको सार्थक कार्यान्वयन आबाश्यक रहेको  सरोकारवालाले बताएका छन् । 
साततले दरबार र दरबार परिसरलाई बिश्व सम्पदा सूचीमा समाबेश गर्नको लागी युनेस्कोले सम्भाब्यताको सूचीमा समेत राखेको छ । दरबार सहित आसपासका सम्पदाको समयमा नै पुनःनिर्माण सकिएमा बिश्व सम्पदा सूचीमा सुचिकृत हुने सम्भाबना रहेको पुरातत्व बिभागले जनाएको छ ।
पुरातत्व बिभागका अनुसार नुवाकोटको ऐतिहासिक साततले दरबारको परिसरमा नुवाकोट सम्पदा बस्ति गुरुयोजना बनाएर काम अगाडी बढेको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना सहित पुरातत्व बिभाग अगाडी बढेको हो । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको पुरातत्व बिभागको भनाई छ । सम्पदा बस्ती अन्तर्गत ४२८ घरधुरी समाबेश छन् । बस्तीमा मापदण्ड विपरित घरहरू बनेका छन् भने
नगरपालिकाले नियमन गर्नुपर्ने नागरिकहरूको भनाई छ । सम्पदा बस्ती अन्तर्गत सिनर्माण हुने घरहरूलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र विदुर नगरपालिकाले समेत अनुदान रकम उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्ती अन्तर्गतका घरहरूलाई निजर्माण सम्पनन भए पस्चात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप ५० हजार रुपैयाँ दिने प्राबधान छ । साथै विदुर नगरपालिकाले थप ४० हजार रुपैयाँ दिँदै आएको छ । यसका साथै नुवाकोट सम्पदा गाँउले घर नक्सा बनाउनको लागी १५ हजार रुपैयाँ समेत उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्तीको नियम अनुसार संरचना निर्माण गर्नेहरूको लागी थप सेवा सुबिधा समेत वडा कार्यालयले निर्धारण गरेको छ ।
एकिकृत रुपमा प्राचिन महत्व झल्किने घरहरू निर्माले पर्यटन प्रबद्धनमा ठुलो महत्व राख्ने नुवाकोट सम्पदा गाँउमा अध्यक्ष पुस्कर शर्मा रिमालले बताए ।  

सह चालकका कारण दुर्घटना

प्रितिका थापा
बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेट्दै संघीय सांसद
हितबहादुर तामाङ र बागमती प्रदेशका
 उप सभामुख राधिका तामाङ । तस्बिर : 
एलिसा थापा
विदुर\नुवाकोट र रसुवामा गत साता भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको बढि गम्भिर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । काठमाडौंका लागि गुढेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहिवार बिहान करिब सवा नौ बजे दुर्घटनामा भएको हो ।
इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीले घटनामा १६ जना घाइते भएको पुष्ट गरेका थिए । १५ घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको थियो । एक जना सामान्य उपचारपछि गाउँबाटै घर फर्किएका छन् । दुई जनाको अवस्था गम्भिर रहेकोमा सुधार भइरहेको छ । घाइतेहरूको काठमाडौंको ग्राण्डी र ग्रिनसिटीमा उपचार भइरहेको छ । 
गम्भिर थप्रेक आरुखर्कका इन्दिरा खतिवडा र अर्का एक जनालाई भने हेलिकप्टर मार्फत काठमाडौं पठाईएको थियो । बस चालक फरार छन् भने सहचालक हरि मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सहचालकले बस चलाएका बेला दुर्घटना भएको यात्रुहरूले बताएका छन् । बस सडकबाट करिब २० मिटर खसेको थियो । दुर्घटनामा थप्रेक आरुखर्ककी मंगलबहादुर तामाङ, अनिल तामाङ, रामेश्वर खतिवडा, लालरि तामाङ, सपना तामाङ, छावाछिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, विष्णु बिक, लालसिंह तामाङ, सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ, अजय तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए ।
यसै बीच, रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर ५ का सवारी चालक ४५ वर्षीय खिलप्रसाद भट्टराई, ४२ वर्षीय हेमप्रसाद भट्टराई, रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका आइतमान तामाङ र ३२ वर्षीय बुटीमाया तामाङ छन् । उनीहरूको पनि काठमाडौंमा उपचार भइरहेको छ । शान्तीबजारबाट मैलुङतर्फ जाँदै गरेको बा३ख ५२२७ नम्बरको खाली मिनिट्रक मंगलबार बिहान सिम्लेमा दुर्घटना भएको हो । 

नुवाकोटमा चार अरबको योजना

सडकको शिलान्यासको क्रममा नुवाकोटको शिवपुरी
गाउँपालिकाको वडा नं. ६ मा आइपुगेका बागमती प्रदेशका
मुख्य मन्त्री  डोरमणि पौडेल । 
रोशन बोगटी
शिवपुरी\बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणी पिौडेलले नुवाकोट विकास निर्माणको दृष्टिमा अग्रस्थान उन्मुख भएको बताएका छन् । त्यसका लागि असारे विकसालाई अन्त्य गर्नुपर्ने सुझाव उनको छ । चार अरब भन्दा बढिको विकास योजनाहरू नुवाकोटमा हाल सञ्चालनमा रहेको पौडेलले बताए ।
बिहिबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर (समुन्द्रटार) सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्त धारणा राखेका हुन् । आर्थिक वर्ष सकिनै लाग्दा बजेट निकासा हुने र वर्खाको समयमा हुने कामले दिगो विकास हुन नसकेको उनले बताएका छन् । पछिल्लो एक वर्षमा बागमती प्रदेशले गरेको कामका सवालमा सातवटै प्रदेशमा नमूना रहेको दावी उनको छ ।
भौतिक संरचना निर्माण देखि सबै पक्षमा जिल्लामा भइरहेको कार्य र प्रयासका कारण नुवाकोट प्रदेशका जिल्लाहरूका बीचमा विकासशिल जिल्ला रहेको जिकिर उनले गरे ।
यसै बीच उनले जनताको शिर निहुरीने काम आफुहरूले नगरेको बताएका छन् । दुई वर्षको अवधीमा प्रदेश सरकारले बागमती प्रदेशका जनताले शिर निहुराउने काम नगरेको बताए । पैसा छरेर र भाग भण्डा गरेर राखिने योजनाले विकास नहुनेमा आफु प्रष्ट रहेकोले प्रदेशको बजेट दुरुपयोग नभएको उनको भनाई छ ।
उनले आफुहरूले चाहे अनुसार काम गर्न नसकेको भएपनि भएका कामहरू उपलिब्धपूर्ण रहेको दावी गरे । मुख्यमन्त्री पौडेलले फरक प्रसंगमा बागमती प्रदेशले ५० वटा कानुन बनाइसकेको र बागमती अन्य प्रदेशको तुलनामा अघि रहेको दाबी गरे । उनले प्रदेशको विकास निर्माणले तिब्रता नपाउनुमा आफुहरू दोषी नरहेको भन्दै विधि, प्रक्रिया र व्यवस्था दोषी रहेको आरोप लगाए । आफुहरू आउँदा बस्नका लागि सुकुल÷गुद्री समेत भएको प्रदेश संरचनालाई यहाँसम्म ल्याउननका लागि आफ्नो समय बढि खर्च भएको उनले बताए ।
संघीय विकासका मोडल र नागरिकहरूको आवश्यकताका आधारमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई रहेको छ । मुख्यमन्त्रिले प्रदेशको प्राथमिकतामा नुवाकोट रहेको सुनाए ।
नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदशे सांसद केशबराज पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनाली शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी लगायतले विकास निर्माणको सम्भावना र सरकारका प्रयासहरूका बारेमा आफ्नो धारण राखेका थिए । 

बाघखोरमा सानिमा बैंक

विदुर\सानिमा बैंकले बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा बिस्तारित काउन्टर खोलेको छ ।
स्थानीय सरकार स्थापना भएको साढे दुई वर्ष बित्दा पनि बेलकोटगढी नगरपालिकाको केन्द्रमा कुनै बैंक स्थापना भएको थिएन । काउन्टरको उद्घाटन गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको केन्द्रमा बैंकको अभाब टरेको बताए । ठुलो रकम स्थानिय तहले कार्यान्वयन गर्नु परेको समयमा बैंक तथा बित्तिय संस्था नँहुदा समस्या हुँदै आएको थियो ।