Monday, March 16, 2020

४२ हराए २८ भेटिए

विदुर\वितेको पाँच महिनाको अवधिमा नुवाकोट जिल्लाबाट ४२ जना हराएका छन् । त्यसमा अझै १४ जनाको पत्ता लागेको छैन । नुवाकोट प्रहरीको तथ्याङ्क अनुसार ४२ जना हराउदा २८ जना मात्रै फेला परेको छ । यसरी ठूलै संख्यामा हराउने र फेला नपर्नेको कारणमा घरका परिवारले भेटेपछि प्रहरीलाई जानकारी नगराउनु पनि एक मुख्य कारण रहेको बताइएको छ । 
बितेको पाँच वर्षको अवधिलाई हेर्ने हो भने चाँहि ६३७ हरारएकोमा ८८ जना अहिलेसम्म वेपत्ता छन् । आदिवासी जनजातीको समुहमा पर्नेहरु हराउनेको सूचीमा बढि छन् । त्यस्तै अन्य समुहबाट कमै मानिस हराएको सरकारी तथ्याङ्क छ । 
नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको छ । प्रहरीको तथ्याङ्क अनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएकोमा १५ र आफै घर फर्केकोमा ७ जना छन् । अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार आव २०७१÷७२ देखि २०७६÷७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नपाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए ।
गाउँपालिकाहरू ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ । तथ्याङ्क अनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरू २२० जना रहेका छन् । १८ वर्षसम्मका १८०, ३१ देखी ५० वर्षसम्मको १८७ र ५१ देखी ७० सम्म ५० जना छन् ।
जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै,  सामाजिक सञ्जालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् । प्रहरीले गत आर्थिक वर्ष २०७५÷०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छर । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् ।

पहिलो किस्ता लिने अन्तिम मिति चैत मसान्त

विदुर\२०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । 
     राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५-७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्ने भएको छ ।
छुट तथा पुनः जाँच सर्वेक्षणबाट लाभग्राही कायम भएकाबाहेक सबै पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले समेत अब चैत मसान्तभित्र पहिलो किस्ता लिन सक्नेछन् ।
तर, यसका लागि भने सम्बन्धित स्थानीय तहको सिफारिस लिएर पुननिर्माण जिल्ला सहजिकरण समितिबाट निर्णय गराउनु पर्नेछ बताइएको छ । यस अघि नै लाभग्राही कायम भएकालाई प्राधिकरणले पटक-पटक अवसर दिँदै आएको भएपनि कतिपय लाभग्राहीले पुनर्निर्माण अगाडि बढाएका छैनन् ।
उनीहरूले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ । माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छुट र पुनसर्वेक्षणबाट आएका लाभग्राहीले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ । यी सबै लाभग्राहीले तेस्रो किस्ता भने मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो । यसअघि प्राधिकरणले पुनः जाँच तथा छुट सर्वेक्षणबाट कूल ७ हजार ४९४ लाभग्राही थप गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सुरु

त्रिशुली\बागमती प्रदेश सरकारले कार्यान्वयमा ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा सुरु भएको छ । कार्यक्रम अन्र्तगत विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका नागरिकहरूलाई निःशुल्क उपचार हुनेछ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको दुई दिन मात्रै सञ्चालन हुने छ । त्यसका लागि मंगलबार र बुधबारको दिन  तोकिएको छ । 
दुवै नगरपालिकाको २६ वटा वडाका ५० जना को निःशुल्क उपचार हुने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डा। रेमकुमार राईले जानकारी दिएका छन् । त्यसका लागि सेवा लिन त्रिशुली अस्पतालमै आउनु पर्ने छ । वडाको सिफरिस विरामीहरूले ल्याउनु पर्ने छ । सफिारिस बाहेकका बिरामीहरूलाई भने यही कार्यक्रम अन्र्तगत उपचार खर्चको २५ प्रतिशत छुटमा दिइने बताइएको छ । 
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा विपन्न, लोपोन्मुख, अल्पसंख्यक, दलित, सहिद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वका घाइते नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । ति लक्षित वर्गका विरामी नागरिकहरूले जनही २२ सय रुपैयाँ बराबरको १६ किसिमको स्वास्थ्य सेवा पाउने छन् । 
नसर्ने रोगको समयमै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्ने उद्देश्यले ३० वर्षभन्दा माथि उमेर समूहकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ । परीक्षण गरिएका व्यक्तिमा कुनै समस्या देखिएमा सम्भव भएसम्म त्रिशुली अस्पतालमै उपचार गरिने र त्रिशुलीमा उपचार नहुने रोगीलाई भने प्रदेश सरकारले सूचिकृत गरेको अर्को अस्पतालमा पठाइने छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको नुवाकोटमा सुरुवात जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले गरेका थिए । सेवा आरम्भको अवसरमा त्रिशुली अस्पतालमा आयोजित उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

आईसोलेसन कक्ष स्थापना

त्रिशुली\नुवाकोट जिल्लामा कोरोना भाईरसको लक्षण देखिएमा ति संक्रमितहरूलाई राख्नका लागि जिल्ला अस्पताल त्रिशुलीमा आईसोलेसन कक्ष स्थापना भएको छ । ४ बेड रहेको आईसोलेसन कक्षमा आबाश्यक सम्पुर्ण सामाग्रीको ब्यबस्था भैसकेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पुर्व तयारी स्वरुप संक्रमण नियन्त्रण तथा फैलन नदिन सम्भावित व्यक्तिको निगरानीका लागि जिल्ला अस्पताल त्रिशुलीले बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसन वार्ड स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।
कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरूको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रेमकुमार राईले बताए । परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, डिजिटल थर्मोमिटर लगायत आवश्यक सामग्री अस्पतालमा उपलब्ध छ । नुवाकोट जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमित फेला परेका छैनन् । 

भोलिबाट दादुरा–रुबेला रोगविरुद्धको खोप

रोशन बोगटी
त्रिशुली\भोली मंगलवारबाट नुवाकोटका झण्डै २४ हजार बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइँदै छ । दादुरा–रुबेला खोप अभियान अन्तर्गत नुवाकोटमा २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको हो । 

भोली मंगलवारबाट सुरु हुने यो अभियान जिल्लाभरि दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरण चैत ४ देखि चैत ८ गतेसम्म र दोश्रो चैत १५ गतेदेखि चैत १९ गतेसम्म रहने छ । जिल्ला स्वास्थ्य कार्यलय नुवाकोटका अधिकृत सागरप्रसाद घिमिरेका अनुसार रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा सञ्चालन गर्न लागिएको हो । पहिलो चरणमा चैत ४ गतेदेखि ८ गतेसम्म विदुर नगरपालिका, तादी गापा, म्यगाङ गापा, किस्पाङ गापा, शिवपुरी गापा, सुर्यगढी गापा र दुप्चेश्वर गापामा खोप लगाईने छ । दोस्रो चरणमा चैत १५ देखि १९ गतेसम्ममा बेलकोटगढी नगरपालिका, तारकेश्वर गापा, ककनी गापा, पञ्चकन्या गापा र लिखु गापामा खोप लगाइने छ । नुवाकोटमा ६९० खोप केन्द्रमा १२३२ जना तालिम प्राप्त महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए ।
दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ । बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा मात्र पूर्णरुपमा नियन्त्रण र निवारण हुने बताइएको छ । 

सुक्खा बन्दरगाह निर्माण तीव्र

विदुर\नेपालको उत्तरी रसुवागढी नाका केन्द्रित गरी टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण तीव्ररूपमा अगाडि बढिरहेको छ । 
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार नेपाल इन्टरमोडल डेभलमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट टिमुरेस्थित भोटेकोशीको तटीय क्षेत्रमा निर्माण अगाडि बढेको सुक्खा बन्दरगाहका लागि अधिकांश बगरको सतह मिलाउने काम सम्पन्न भइसकेको छ ।
निर्माणमा सम्लग्न तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीले पहिलो चरणमा सुक्खा बन्दरगाहको क्षेत्रको नदी नियन्त्रणका लागि भोटेकोशीमा मेसिनरी पर्खाल लगाउने तयारीमा जुटिसकेको बताइएको छ ।
३५० ट्रक तथा कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माणका लागि गत मङ्सिर ४ गतेबाट शुरू भएको काम छोटो अवधिमै उल्लेखनीय प्रगति पथमा अगाडि लम्किएको टिमुरेका बासिन्दाले बताएका छन् । भन्सारको कार्य सहज पार्न निर्माण हुन लागेको सुक्खा बन्दरगाहको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र रेखदेख गर्ने नेपाल इन्टरमोडलका प्राविधिकले जिम्मा पाए पनि नेपाली प्राविधिक अधिकांश समय काठमाडौँमा बस्ने गरेको जनगुनासो बढ्दै गएको छ ।
नेपाली प्राविधिक राजधानी बस्ने र स्थलगतरूपमा निर्माता ठेकेदार कम्पनीका कर्मचारी मात्र रहँदा डिजाइन विपरीत जान्छ कि भन्ने चिन्ता छाएका कारण ती प्राविधिकलाई नियमितरूपमा टिमुरे बस्ने वातावरण सिर्जना गरिदिनसमेत सम्बन्धित मन्त्रालयसँग टिमुरेवासीले आग्रह गरेको बताएका छन् ।
टिमुरे गाउँको पश्चिमतर्फ खोला किनारको जमीन सुक्खा बन्दरगाहका लागि नेपाल सरकारद्वारा आफ्नो नाउँमा भूमिको स्वामित्व कायम गराई सके पनि त्यसभित्र रहेका १३ वटा घर टहराको अझै मूल्याङ्कन हुन नसक्दा स्थानीय नागरिकलाई ठूलो मर्का परेको गोसाइँकुण्ड गाउँपालिका–२ कार्यालयले जनाएको छ ।
स्थानीवासीसँग समन्वय गरी अधिग्रहणमा परेका ती घरटहराको मूल्याङ्कनबाट स्थानीयवासीलाई मुआब्जा दिलाउन सहयोगी कार्य गर्न‘पर्ने नेपाल इन्टर मोडेलमार्फत खटिएका प्राविधिकले बेवास्ता गरिरहेको समेत स्थानीयको गुनासो बढेको छ । यसैगरी रसुवागढीमा निर्माण हुन लागेको एकीकृत भन्सार कार्यालयको निर्माण सन्तोषजनक तवरले अगाडि बढिरहेको भन्सार कार्यालयले जनाएको छ ।

सरकारी निर्देशन विपरित नेकपा नुवाकोटका नेता

काठमाडौं\नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको झण्डै दुई तिहाई नेतृत्वको सरकार छ । तर त्यही सरकारले सम्पूर्ण नेपालीका लागि दिएको निर्देशन नेकपा नुवाकोटका नेताहरूले भने धोति लगाइदिएका छन । सरकारले विश्वव्यापी रूपमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि विभिन्न निर्देशन जारी गरेको छ । एक पटक होइन पटक पटक निर्देशन दिइरहेकको छ ।
सरकारका मन्त्रीहरूले पनि सार्वजनिक रूपमा पनि ठूला भेला र भोजभतेर नगर्न अनुरोध गरेका छन । तर नेकपा नुवाकोटका नेताहरूले भने टोखाको भुतखेल चौरमा पिकनिकको नाममा सय जनाको हाराहारीमा भेला भएर शनिबार भोजभतेर गरेर रमाइलो गरे । नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा वागमती प्रदेशका नेता राजेन्द्र प्रकाश लोहनीको अगुवाइमा भुतखेलको चौरमा यति ठूलो कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी भएका प्रेस संगठनका नेता समेत रहेका विष्णु तारूकेका अनुसार प्रदेश ३ की उपसभामुख राधिका तामाङ, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद वद्री मैनाली, नेकपा नुवाकोटका नेता बुद्धि प्रधान, विष्णु लोहनी, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकका अध्यक्ष रमेश वस्ती लगायतका नेताहरू सहभागी रहेका थिए ।
सरकारले कोरोनाविरूद्ध लड्नका लागि उच्च सतर्कता अपनाउँदै र नागरिकहरूलाइ पनि सोही अनुसारको निर्देशन दिइरहेको बेलामा नेकपाकै नेताहरूले रमिता देखाउँदा सामाजिक सञ्जालमा आलोचना पनि सुरू भएको छ । सरकारले धेरै मान्छे भेला हुने कार्यक्रममा नजान भन्दै फिल्म हलमा समेत नजान भन्दै एक दिन अघिमात्र निर्देशन जारी गरेको थियो । नागरिकलाइ समेत बढी भिडभाड हुने ठाउँमा नजान अनुरोध गर्नुपर्ने नेताहरूनै खुला चौरमा बसेर यसरी भोजभतेर र मनोरञ्जन गर्नुलाइ धेरै सचेत नागरिकले राम्रो दृष्टिकोणले हेर्न सकेका छैनन् ।
नेकपाले नै केन्द्रीय रूपमा भेला, छलफल लगायतको कार्यक्रम नगर्ने भन्दै आयोजना भैसकेका धेरै कार्यक्रम समेत स्थगसत गरेको छ । स्वयं नेकपाले यसअघि फागुन २३ गते जिल्लाका सबै पालिकाका पदाधिकारी र सदस्यको लागि आयोजना गरेको सपथ कार्यक्रम कोरोना भाइरसविरूद्धको सतर्कताका लागि भन्दै स्थगित गर्ने निर्णय गरेको थियो ।  सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले भोज र नाचागानका विषयमा तीव्र असन्तुष्ट जनाउन सुरू गरेका छन् । कतिपयले गुटको भेला भनेका छन भने कसैले सरकारी निर्देशन विपरित गलत काम भएको भन्दै आपत्ति जनाएका छन् । तस्बीर सामाजिक अभियन्ता समेत रहेका नेकपाका युवा नेता रामनाथ खनालको फेसबुकबाट लिइएको हो ।यहाँ हामीले दुइ जनाको प्रतिक्रिया राखेका छौँ । –दैनिकी डटकमबाट साभार

प्रहरीको कोरोना सचेतना

विदुर\समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयहरुसंगको  समन्वयमा नुवाकोट प्रहरीले शनिवार विभिन्न स्थानमा कोरोना भाईरस सम्बन्धी सचेतनामुल कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कायार्नलय नुवाकोटका अनुसार शनिवार एकैपटक आठ स्थानमा कार्यक्रम भएको हो । चोगते, ढिकुरे, देउराली, तारुका, बाघखोर, कोलनी, खनानीटारमा कार्यक्रम सम्पन्न भएको छ । विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण आम मानिसमा आउन सक्ने स्वास्थ्य खतरालाई मध्यनजर गर्दै कोरोना भाईरस बाट बच्ने उपायहरु र कोरोना भाईरसका लक्षणहरुको बारेमा सचतनामुलक कार्यक्रम भएको बताइएको छ । त्यस अवसरमा विदुर नगरापालिकाको बट्टार बजार र त्रिशुली बजारमा ‘हेल्पडेक्स’ समेत स्थापना भएको छ ।

किस्पाङमा घरेलु उद्योग संघ र महिला समिति गठन

विदुर\नेपाल घरेलु तथा साना उद्योग संघ किस्पाङ गाउँपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्तर्गत  रहने संघको महिला समिति गठन भएको छ । संघको अध्यक्षमा राजकुमार ढुंगेल चयन भएका छन् । त्यस्तै, महिला समितिको अध्यक्षमा संगीता पौडेल सर्वसम्मत चयन भएका छन् । 
शुक्रबार गाउँपालिका भरिका उद्यमीहरूको भेलाले संघ गठन गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा किस्पाङका अध्यक्ष समेत रहेका उद्यमी वीरबल तामाङको उपस्थितमा भएको भेलाले संघको वरिष्ठ उपाध्यक्षमा मायो घलेलाइ चयन गरेको छ । त्यस्तै संघको उपाध्यक्ष राजकुमार तामाङ, सचिव किसनकुमार मोक्तान र कोषाध्यक्ष सूर्यबहादु तामाङ सर्वसम्मत चयन भएका छन् । सदस्यमा नन्दराम न्यौपाने, कृष्णप्रसाद ओझा, मेक तामाङ, विन्दा देवकोटा, मानबहादुर तामाङ, मोनराज घले, रस तामाङ, रामकृष्ण भट्ट छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्तर्गत  रहने संघको महिला समितिको उपाध्यक्ष यदुकुमारी न्यौपाने, सचिवमा आरती फूयाँल र कोषाध्यक्ष दीलमाया तामाङ चयन भएका छन् । सदस्यहरूमा श्रीमाया तामाङ, तुलसी न्यौपाने र कमला ओझा चयन भएका छन् । भेलाले संघको प्रतिनिधिहरूमा बीरवल तामाङ, रूद्रप्रसाद न्यौपाने र तुलबहादुर तामाङलाई चयन गरेको छ ।

चालक पक्राउ विरोधमा बसको सेवा अवरुद्ध

विदुर\तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिई मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध गरेका छन् । 
काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्वजनिक कसुरको अभियोगमा मुद्दा चलाएपछि व्यावसायीले शनिबार बिहानैदेखि सेवा अवरुद्ध बनाएका हुन् ।
पक्राउ पर्नेमा बा ४ ख ८४३५ नम्वरको ईश्वर बोगटी, बा ३ ख ९०६६ को रामशरण श्रेष्ठ र बा ५ ख ८२१० को समिर लामा छन् । उनीहरूमाथि झुठा मुद्दा लगाएको भन्दै यसको विरोधमा यातायात सेवा प्रभावित बनाएको व्यावसायीले बताएका छन् ।
सेवा अवरुद्ध गरिएपछि काठमाडौँबाट नुवाकोट आउने सवारी साधन प्रभावित भएका छन् भने यहाँबाट भने काठमाडौँ जान लागेका गाडी यात्रु लिएर त्यसतर्फ गएका छन् । अकस्मात गरिएको यातायात सेवा अवरुद्धले यात्रु समस्यामा परेका छन् ।
काठमाडौँ–केरुङ यातायात प्रालिका नुवाकोट–रसुवा इञ्चार्ज रामराजा बोगटीले चालकलाई तत्कालै रिहा गर्न माग गरे । माछापोखरीमा बस सडकमै राखेर चालक रिहाइका लागि विरोध प्रदर्शन र दबाब दिइरहेको बेलकोटगढी नगरपालिका–४ का यातायात व्यावसायी सागर चालिसेले जानकारी दिए ।

तस्बिर खबर

नुवाकोटको बेलकोटगढी नगरपालिकाले गर्भवतीको लागि स्वास्थ संस्थामा गर्भजाँचक गराउन जाँदा एक पटक मा १ क्रेट अन्डा बितरण गर्ने, गर्भवतीको घरमा झण्डा राख्ने, स्वास्थ संस्थामा सुत्केरी हुनेलाई पोषण झोला बितरण गर्ने र सुत्केरी भएपछि गर्ने परिक्षण सुत्केरीको घरमै हुने ब्यबस्था गरेको छ । त्यसको सुरुवात गर्दै नगरप्रमुख राजेन्द्ररमण खनाल । पोषण झोलामा एक माना शुद्ध घ्यु, एक माना मह, एक किलो भटमास, एक केजी बोडी र काजु राखिएको उपप्रमुख कविता ढुङ्गानाले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेकी छिन् ।

घूससहित खरिदार र लेखनदास पक्राउ

विदुर\मालपोत कार्यालय धादिङका दुई जना कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले धादिङ मालपोत कार्यालयमा गरेको ‘स्टिंग अप्रेसन’मा उनीहरू पक्राउ परेका हुन् । 
सुराकीका आधारमा कार्यालय खुल्ना साथ अख्तियारको टोली मालपोत कार्यालय प्रवेश गरेको थियो । अख्तियारको टोलीले जग्गा रजिष्ट्रेसन फाँटमा करार सेवामा कार्यरत नीलकण्ठ नगरपालिका ३ का सूर्य अधिकारीलाई नगद रकम दिंदै गर्दा, श्रेष्ठ भू सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । एक सहकारी संस्थाको जग्गा फकुवासम्बन्धी फाइलमा घुस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठमार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझेलगत्तै अख्तियार टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । 
रकम बरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ ।
अख्तियारको टोलीले कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा लिएलगत्तै मालपोत कार्यालयका निमित्त प्रमुख रोशन गिरिसहितसबै कर्मचारी मध्यान्ह १२ बजे नै कार्यकक्ष छाडेर निस्केका थिए । कार्यालय प्रमुख मालपोत अधिकृत पुरुषोत्तम भण्डारी गत २७ गतेदेखि नै बिदामा बसेका छन् । 
शुक्रबार भएको कारण ३ बजे बिदा हुनुपर्ने कार्यालय मध्यान्हदेखि नै कर्मचारीविहीन भएपछि काम भइसकेका सेवाग्राही पनि कागजपत्र लिन नपाएर अन्यौलमा परे । उनीहरूदुवैजनालाई अख्तियार टोलीले काठमाडौं लगेको छ ।

सामाजिक सञ्जालबाट


३० रूपैयाँमै बिजुली बेच्दै प्राधिकरण

विदुर\नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्नेलाई सस्तोमा दिनका लागि नयाँ महसुल शुल्क प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरी गत माघ १७ गते आयोगसमक्ष नयाँ महसुल दर बुझाएको थियो । 
उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । सोहीअनुसार आयोगले तीन दिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ । यसपालिको सार्वजनिक सुनुवाइ फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने तयारी छ । जसको मिति आगामी चैत १४, १६ र १७ गते तय गरिएको छ । 
प्राधिकरणले सबैभन्दा कम अर्थात् २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । पाँच एम्यिरमा विद्युत् लिने ग्राहकले बढीमा ३५ रुपैयाँ महसुल तिरे पुग्नेछ । १५ एम्यिरमा विद्युत् लिनेले न्यूनतम शुल्क ५० रुपैयाँ, ३० एम्पियरमा विद्युत् लिनेले ७५ रुपैयाँ र ५० एम्पियरमा १२५ रुपैयाँ न्यूनतम महसुल लिने प्रस्ताव छ । तल्ला र साना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने लक्ष्यसहित प्राधिकरणले नयाँ महसुल प्रस्ताव गरेको बताइन्छ ।

२१ देखि ३० युनिटसम्म पाँच एम्पियरमा विद्युत् लिनेले न्यूनतम ५० रुपैयाँ, १५ एम्पियरमा ७५ रुपैयाँ, ३० एम्यिपरमा १०० रुपैयाँ र ६० एम्पियरमा १५० रुपैयाँ न्यूनतम महसुल तिर्न‘पर्नेछ । यसैगरी ३१ देखि ५० सम्म न्यूनतम ७५ रुपैयाँ, ५१ देखि १५१ युनिटसम्म १०० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म १२५ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म न्यूनतम १५० रुपैयाँ महसुल तिर्नुपर्छ । कूल ४०० युनिटभन्दामाथि न्यूनतम १७५ रुपैयाँ महसुल तिर्दा हुनेछ । त्यसमा केही सेवा शुल्क भने थप हुन सक्नेछ । 
प्राधिकरणको प्रस्ताव अनुसार ४०० भोल्ट बराबरको विद्युत् लिनेले भने न्यूनतम ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।
प्राधिकरणले औद्योगिक ग्राहकमा पनि ग्रामीण तथा घरेलु उद्योग र साना उद्योगको फरकफरक महसुल दर प्रस्ताव गरेको छ । व्यापारिक, गैर व्यापारिक, सिँचाइ, खानेपानी, यातायातका लागि चार्जिङ स्टेशनसमेतको महसुल दर प्रस्ताव गरेको छ । मन्दिर, सडकबत्ती, अस्थायी कनेक्सन, गैर गार्हस्थ्य र मनोरञ्जन व्यवसायको समेत छुट्टाछुट्टै महसुल दर तय गरेको छ । त्यसमा पनि वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि चैतसम्मको पनि फरकफरक समयको फरकफरक महसुल दर प्रस्ताव गरिएको छ । वर्षाको समयमा बढी विद्युत् खपत गराउन सोही खालको र हिउँदको समयमा फरक खालको महसुल दर प्रस्ताव छ ।

दुई स्वास्थ्य संस्थाको स्तरोन्नती हुने

कालिकास्थान\रसुवाको दुई वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारको एक पालिका एक अस्पताल बनाउने योजना अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ स्वास्थ्य चौकी र नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकिलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको हो ।
जिल्लाको ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकी अस्पतालको रुपमा परिणत भए पछि  सामान्य खालका बिरामी सदरमुकाम धुन्चे तथा नुवाकोट जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा रसुवाका दुई स्वास्थ्य संस्था सहित २ सय ३६ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार गत वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम सुरु गरिसकेको छ । 
त्यस्तै यो वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको समेत स्वास्थ्य मन्त्री ढकालले बताए । यि दुई वटा स्वास्थ्य संस्थाको अवस्था सुधार भएपछि मात्रै पनि यहाँको अधिकांश भुभागका नागरिकहरूलाई स्तरिय स्वास्थ्य सेवा लिनका लागि नुवाकोट र काठमाडौं पुग्नु पर्ने बाध्यता र झण्झटबाट मुक्ति मिल्ने छ ।
३८ सयलाई दादुराको खोप लगाइने
धुञ्चे\रसुवाको ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ३ हजार ८४५ जनालाई खोप लगाइने जिल्ला खोप समन्वय समिति रसुवाले जनाएको छ । यसमा पाँच वटा गाउँपालिकामा २ सय २० वटा खोप केन्द्र सञ्चालन गरिने छ ।
४४० जना स्वयसेवक खटिने छन् । ६१ जना खोप कार्यकर्ता परिचालन गरिने छ । जिल्लामा खोप तथा सिरिन्ज आइसकेको, कोल्डचेनको व्यवस्था भएको र गाउँपालिकाहरूमा सूचनामुलक सामग्री वितरण भइसकेको समितिले जनाएको छ । एकै चरणमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । बच्चा जन्मेपछि सुरुमा लगाइने बिसिजि खोपको दर कम देखिएको छ ।

सोलार आयोजनामा कुलमान

विदुर\नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनको समुहले नुवाकोट र रसुवा जिल्लामा निर्माणधि बेग्लाबेग्लै आयोजनाको गएको शनिवार अनुगमन गरेका छन् । 
नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सोलार आयोजनाको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गरेका हुन् । 
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६ र ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले गएको शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मिति लगायतका विषयमा छलफल गरेको छ । 
सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न घिसिङले निर्देशन समेत दिएका छन् । 
नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १५ मेगावाटमध्ये पनि १० मेगावाट विद्युत चैत र ५ मेगावाट वैशाखभित्रमा उत्पादन गर्ने आयोजनाले जनाएको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचान गरी निर्माण अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानल मार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाख भित्रमा उत्पादन हुने बताईएको छ । प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न नसकिने बताउदै सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने ब्यबस्था गर्न घिसिङले निर्देशन दिएका छन् । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिदै घिसिङले तीन महिना विद्युतको माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट जसरी पनि ग्रिडमा जोड्नु पर्ने बताए । 
सबै उपकरणहरू आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरूले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन हुने जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिवेला एक बर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरेको आयोजनाको डिजाइन स्वीकृति, रुख कटान लगायतका कारणले ढिलाइ भएको घिसिङले बताए ।
सोलार प्लान्टको डिजाइन, आपूर्ती, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्नेछ । 
कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ ।   
यसै बीच, रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे÷त्रिशुली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ । 
टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका ५ पैरेबेसीमा निर्माणाधीन त्रिशुली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणामा सम्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङ सहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरूको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।
विद्युत् आयोजनामा कोरोना असर
विदुर\उत्तरी रसुवामा निर्माणाधीन तल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी ल्याउने मुख्य सुरुङको निर्माण लगभग पूरा भएको छ । तर कोरोना भाइरसको असरले भने अहिले काममा सुस्तता आएको छ । चिनियाँ कामदारहरू चीन फकिएका छन् । त्यस्तै केही अन्य कामदार पनि विदामा बसेका छन् । 
सान्जेन जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार निर्माण गर्नपर्ने तीन हजार ६५० हेडरेस सुरुङमध्ये प्रायः कार्य पूरा भई अब निर्माणको काम ४० मिटर बाँकी छ ।
४२।५ मेगावाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माणको काम लगभग पूरा भएको बताइएको छ । सुरुङबाट ल्याइएको पानी तीव्र प्रवाहमा विद्युत्गृहमा पठाउनका लागि आवश्यक पर्ने एक हजार मिटर लम्बाइको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
यसैगरी माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४.८ मेगावाटको जलविद्युत् आयोजना भने निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३०० मिटरको हेडरेस सुरुङ र विद्युत्गृह समेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसको असरले उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । 
दुवै आयोजनाको पानी ल्याउने संरचना भूमिगतको भए पनि विद्युत् उत्पादन गर्ने गृह भने बाहिरी सतहमा हुने आयोजनाले जनाएको छ । आगामी असार महिनासम्म उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन विद्युत् आयोजनालाई पनि चीनमा फैलिएको कोरोना भाइरसले चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादन ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।

महेन्द्रबहादुर पाण्डे विरुद्ध सुनुवाई समितिमा उजुरी माग

विदुर\चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका महेन्द्रबहादुर पाण्डेविरुद्ध संसदीय समितिले उजुरी आव्हान गरेको छ । 
सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पाण्डेविरुद्ध कुनै उजुरी भए पेश गर्न १० दिने सूचना जारी गरेको हो । उजुरी आह्वानका लागि दिएको समय सीमाधित्र उजुरी परे उजुरीमाथि छानबिन गरेर समितिले प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णले सुनुवाई समितिको प्रक्रिया अनुसार उजुरी आह्वान गरेको बताए । 
पाण्डे चीनसँगै मंगोलिया र उत्तरकोरियाका लागि पनि गैरआवासीय राजदूतमा सिफारिस भएका छन् । फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूतमा पूर्वमन्त्री पाण्डेलाई सिफारिस गरेको थियो । 

चक्रदेव दोश्रो वर्षमा

विदुर\जेष्ठ नागरिक नागरिकहरूको निःशुल्क स्वास्थ्य चेकजाँच गरी चक्रदेव पोलिक्लिनिक विदुरले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
२०७५ फाल्गुण २७ गतेदेखि सञ्चालनमा आएको उक्त पोलिक्लिनिकले हाल रगत प्रयोगशाला, मुटु रोग, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण जाँच गर्छ ।
पोलिक्लिनिकले वार्षिकोत्सव अवसरमा गएको साता विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रमका २४ जना जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको होे ।
निःशुल्क स्वास्थ्य चेकजाँचमा मधुमेह, मुटुको ईसीजी ९मुटु अथवा रक्तनली सम्बन्धी भिडियो एक्सरे०, उच्च रक्तचाप, युरिक एसिड, कोल्डस्टोर लगायतका सेवाहरू प्रदान गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले जानकारी दिएका छन् । साथै डाक्टरको पुर्जी तथा बिरामीको आवश्यकता अनुसार आँखा, मुटु, मधुमेहको निःशुल्क औषधि उपलब्ध गराईएको थियो ।
पोलिक्लिनिकले वृद्धाश्रम स्थानदेखि पोलिक्लिनिकसम्म जेष्ठ नागरिकहरूलाई आवतजावतको लागि यातायात व्यवस्था, एकदिनको खाना, खाजा र फलफुल प्रदान गरेको थियो । साथै, कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सबैलाई मास्क समेत वितरण गरेको प्रवन्धक निर्देशक पण्डितले जानकारी दिएका छन् । पोलिक्लिनिकले अन्य सेवाग्राहीलाई सम्पूर्ण स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

लाङटाङ र गोसाइँकुण्ड सुनसान

रसुवाको गोसाइँकुण्ड हिडेका विदेशी पर्यटकको फाइल तस्बिर ।
रसुवा\लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । पर्यटकले भरिभराउ हुने तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड पदमार्ग यतिखेर सुनसान बनेका छन् । 
मार्चदेखि पर्यटक आउने मुख्य सिजन सुरु हुन्छ । ती पदमार्गमा फाट्टफुट्ट विदेशी पर्यटकमात्र भेटिन्छन् । चालु आर्थिक वर्षको फागुनमा यहाँ ७६८ विदेशी पर्यटक घुम्न आएका छन् । अघिल्लो आर्थिक वर्षको सोही महिनामा १ हजार ३१९ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । कारोना प्रभावकै कारण लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक ह्वात्तै घटेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । यो सिजनमा निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक सयौं विदेशी पर्यटक प्रवेश हुने गरेकोमा घटेर १५देखि २० को संख्यामा छ ।
रसुवा आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । रसुवामा तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेसीसम्म तामाङ सम्पदा मार्ग छ । ‘लाङटाङ पदमार्गका होटल व्यावसायीलाई यतिबेला भ्याइनभ्याई हुन्थ्यो,’ क्याङजिनका होटल व्यवसायी ग्याल्बु तामाङले भने–‘मुख्य सिजनमा पर्यटक छैनन् । होटल खाली छन् ।’ पर्यटक नआउँदा चीज बिक्री हुन छाडेको उनले बताए । तामाङ सम्पदामार्ग पनि सुनसान छ ।
गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्षजति भयो । यहाँ पनि पर्यटक आउने क्रम घटेको छ । टिमुरे, स्याफ्रु, सदरमुकाम धुञ्चेका बजार पनि सुनसान छन् । पर्यटकको आगमन घट्दा होटल, ससाना रेष्टुरेन्ट, पोर्टर, गाइड, यातायात, अन्य पसल लगायतमा असर परेको व्यवसायी बताउँछन् । 

११८ वर्षिया बाटुली लामिछानेलाई सांसद मैनालीको आर्थिक सहयोग

विदुर\संसारकै जेष्ठ नागरिक दावी गरिएको ककनी गाउँपालिकाका बाटुली लामिछानेलाई बागमती प्रदेश सासंद बद्री मैनालीले २५ हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।
सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका थिए । अन्तरराष्ट्रिय श्रमिक नारी दिवसको दिन उनले एक कार्यक्रमका बीच लामछिानेकलाई रकम हस्तान्तरण गरेका हुन् । थानसिंग आपचौरका ११८ बर्षिया बाटुली लामिछानेलाइ आफु पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने उनले घोषणा गरेका छन् ।

‘आउट ड्रेस’मा आउनेको पोशाक भत्ता कटौती हुने

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिकाले आफ्नो मातहतका सम्पूर्ण सरकारी निकाय, शिक्षण संस्थाका निजामती कर्मचारीहरूलाई अनिवार्य रुपमा कर्मचारीको पोशाक लगाउन भनेको छ । पोशाक नलगाउने कर्मचारीलाई पोशाक भत्ता नदिने भएको छ । 

गएको सोमबार पालिकाद्वारा जारी गरिएको सूचनामा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयमा उपस्थित हुँदा अनिवार्य रुपमा नेपाल सरकारले तोकेको पोशाक लगाउनुपर्ने छ । 
धेरैजसोले सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाईएको पाईएकोले कर्मचारी पोशाक लगाउन भनिएको निमित्त प्रशासकीय अधिकृत सर्वदा पण्डितले जानकारी दिए । अस्ति चैत्र १ गते बाट कर्मचारी पोशाक नलगाईएको पाईएमा आब २०७६\७७ को कर्मचारी पोशाक भत्ता उपलब्ध नगराईने पण्डितले बताए । 
निजामति कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ मा निजामती कर्मचारीले अनिवार्य रूपमा पोशाक लगाउनुपर्ने निर्देशन गरिएको छ । सरकारले निजामती कर्मचारीको पोशाक भत्ता वृद्धि गर्दै १० हजार रुपैयाँ पु-याएको छ । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरूको पहिचानका लागि सरकारले सरकारले पोशाकको ब्यबस्था गरेको छ ।

२०७६ चैत ३ गतेको सम्पादकीय

तीन वर्षदेखिको अभाव
निर्बाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको ३ बर्ष हुन लाग्दा पनि नुवाकोटका स्थानीय तहहरूमा आवश्यक कर्मचारी छैनन् । नुवाकोटको सुगम मानिएको विदुर नगरपालिकामा कर्मचारीको त्यस्तो ठूलो अभाव देखिएको छैन । तर बाँकि रहेको अन्य ११ वटै सरकारको कुरा गर्ने हो भने कर्मचारी अभावकै कारण नीति तथा कार्यक्रम कार्यान्वयमा समस्या भइरहेको छ । कर्मचारी नहुँदा सामान्य सेवा प्रवाहमा समेत समस्या भएको छ । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि नुवाकोटका प्रायः सबै स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएका छन् । स्थानीय तहहरूमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरूमा कर्मचारीहरूको अभाव देखिएको छ ।   
विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा कर्मचारी नपठाउँदा दिन प्रतिदिन समस्या बढ्दै गएको हो । सिंहदरबार दैलोमै आएको प्रचार व्यापक गरिएपनि कर्मचारीको अभावले जनताले आवश्यकता अनुसारको सेवा नपाएको बताउन थालेका छन् । स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै विकास निर्माणका योजना सञ्चालनमा पनि चुनौती थपिएको जनप्रतिनिधिहरूको गुनासो छ । मुलुक संघीयतामा गएसंगै सिंहदरबारका अधिकार गाउँगाउँमा पुग्ने भनि प्रचार गरिएको भएपनि त्यसो हुन सकेको छैन् । स्थानीय तहमा जनप्रतिनिधि आएको लामो समय बितिसक्दा पनि अझै कर्मचारी भने पुग्न सकेका छैनन् । जसले गर्दा कार्यसम्पादनमा समस्या थपिदै आएको छ ।

     आफुलाई आवश्यक कर्मचारीको भर्ती गर्न स्थानीय सरकारले नपाउने र माथिदेखि खटाइएका कर्मचारी ग्रामिण भेगको नगरपालिका\गाउँपालिकामा नजाने समस्याकै कारण यत्तिका लामो समयसम्म यही समस्याले निरन्तरता पाइरहेको हो ।  सरकाले कि त स्थानीय तहलाई कर्मचारी राख्ने कानूनी अड्चन फुकाइदिनु पर्यो नभए कर्मचारीको ठिक ढंगले व्यवस्थापन गर्नु जरुरी देखिएको छ । स्थानीय सरकारको पहिलो कार्यकाल ‘कर्मचारी छैन, त्यसैले  काम गर्न सकिएन’ भन्ने कारण्वहाना बनाएर सक्किनु पक्कै पनि सुखद रहदैन ।

Saturday, March 14, 2020

भावपूर्ण समेवदना

स्व. श्यामकृष्ण श्रेष्ठ
जन्म : २०१२-३-१५
स्वर्गारोहण : २०७६-१०-१२
नेपाली काँग्रेसका नेता तथा साविक चतुराले वडा नं. ४ नेपाली काँग्रेसका कोषाध्यक्ष ककनी गाउँपालिका वडा नं. ७ निवासी श्यामकृष्ण श्रेष्ठको असामयिक स्वर्गारोहण भएकोमा हामी अत्यान्त दुःखी एवं मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखको घडिमा शोक सन्तप्त परिवारजनमा धौर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौं ।

सम्झना सेंढाई, सदस्य 
जिल्ला समन्वय समिति नुवाकोट एवं परिवार 

भावपूर्ण श्रद्धाञ्जली

स्व. श्यामकृष्ण श्रेष्ठ
जन्म : २०१२-३-१५
स्वर्गारोहण : २०७६-१०-१२
नेपाली काँग्रेसका नेता तथा साविक चतुराले वडा नं. ४ नेपाली काँग्रेसका कोषाध्यक्ष ककनी गाउँपालिका वडा नं. ७ निवासी श्यामकृष्ण श्रेष्ठको असामयिक स्वर्गारोहण भएकोमा हामी अत्यान्त दुःखी एवं मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखको घडिमा शोक सन्तप्त परिवारजनमा धौर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौं ।

नेपाली काँग्रेस ककनी गाउँपालिका ७ चतुराले परिवार

सार्वजनिक सन्देश

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटको समन्वयमा 
युएनह्याबिट्याट, पुनर्जागरण समाज नेपाल र डिकोन नेपालद्वारा जनहितमा जारी सन्देश
– स्थानीय स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा गरी कार्यान्वयन गरौं ।
– प्रयोगकर्तामैत्री चर्पी निर्माण गरी सबैले सँधै चर्पीको प्रयोग गरौं ।
– घर, विद्यालय, स्वास्थ्य संस्था, कार्यालयहरुमा साबुन पानीले हातधुने, महिलाको मासिक धर्म ब्यवस्थापनको सुविधा व्यवस्था गरी ब्यक्तिगत सरसफाईमा ध्यान दिऔं ।
– सबैले सधै सफा र शुद्धिकरण गरिएको सुरक्षित पानी मात्र पिउने गरौं ।
– सुरक्षीत खाना खाउँ, खाद्य स्वछतालाई ध्यान दिउँ ।
– घर, आँगन, टोल, सडक, स्कुल, सघंसस्था नियमित सरसफाइ गरौं, फोहोरको उचित ब्यवस्थापन गरौं ।
– बस्ती, टोल वरपर वृक्षारोपण गरी हरियाली पार्क निर्माण गरौं ।
– नदीनाला, पोखरी, तालतलैया वरपर फोहोर नगरौं ।
– धुवाँमुक्त भान्छाको लागि सुधारिएको चुलो प्रयोग गरौं ।
– सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य प्राप्त गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।

Thursday, March 12, 2020

चिस्यान केन्द्र जडान सम्बन्धी बोलपत्र आब्हानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७६\११\२८

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्धारा संयुक्त रुपमा सञ्चालित सहकारी बजार विकास कार्यक्रम नुवाकोट जिल्लामा सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्र्तगत यस जिल्लामा छनौट भएका सहकारी संस्थाहरुमा फलफूल तथा तरकारी संकलन तथा भण्डारणका लागि निर्माण गरिएको संकलन केन्द्रमा चिस्यान केन्द्र जडान गर्नुपर्ने आवश्यकता रहेको र बोलपत्रको माध्यामबाट चिस्यान केन्द्र जडान गर्नुपर्ने भएकोले ईञ्छुक इजाजत प्राप्त फर्म, संस्था तथा कम्पनीले यस सम्वन्धि विस्तृत सूचना, ठेक्कापट्टाका शर्त, फारम भर्ने तरिका, फारम दस्तुर र बिडबण्ड रकम सम्वन्धी जानकारी प्राप्त गर्न तल दिइएको इमेलमा इमेल गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । सोही सूचना, शर्त आदिको आधारमा सूचना प्रकाशन भएको मितिले ३० दिन साँझ ५ः०० बजे भित्र यस जिल्ला सहकारी संघ नुवाकोटको कार्यालयमा वा सहकारी बजार विकास कार्यक्रमको कार्यालयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरवार काठमाडौंमा आफ्नो बोलपत्र पेश गर्न सूचित गरिन्छ । 

सहकारी बजार विकास कार्यक्रम 
email: dcu.cmdp@gmail.com
जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोट 
email: dcnuwakot2073@gmail.com


जिल्ला सहकारी संघ लिमिटेड नुवाकोट, विदुर

Monday, March 09, 2020

कोरोना कहर

शर्मिला उप्रेती
विदुर\कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबाट जोगिन जिल्लामा कार्यक्रम, सभा सम्मेलन आयोजना गर्न रोक लगाइएको छ । जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले कोरोना भाइरसको संक्रमणबाट जोगिनका जिल्लामा उच्च सर्तकता अभियान थालेको हो । समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ्य व्यवहार गर्न आब्हान गरेको छ । भाईरसको सङ्क्रमणबाट बच्न भिडभाडमा नजान, जिल्ला भित्र सभा सम्मेलनको आयोजना नगर्न समेत सबैमा आग्रह गरेको छ । 
अन्तरक्रिया गर्दै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीहरूलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन र अन्य व्यक्ति सम्पर्कमा आउँदा तीन फिटको दुरी कायम गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा संक्रमण स्वस्थ्य व्यवहारले नियन्त्रण गर्न सकिने बताईएको छ । यसका साथै, होहल्लाको पछाडी लागेर नआत्तिन समेत आग्रह गरेको छ । समितिको बैठकले जिल्ला भित्र उपभोग्य सामाग्रीको कालो बजारी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । उपभोग्य सामाग्रीको कृतिम अभाब सिर्जना गर्दै कालोबजारी हुने भएकाले त्यस प्रति सचेत रहदै प्रहरी प्रशासनमा खबर गर्न समेत आग्रह गरेको छ । 
संक्रमण देखिएमा उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन सुझाव दिएका छन् । जिल्ला भित्र रोगको संक्रमण देखिए छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको समेत समितिले जनाएको छ । 
बिदाको दिनपनि खुल्न थाले स्कुल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेको छ । 
विज्ञप्तिमा ‘बिद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरू आयोजना नगर्न, नगराउन पनि उल्लेख छ ।  यही निर्देशनका कारण अहिले जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूले आफ्नो शैक्षिक गतिविधिको चाप बढाएको छ । शनिवार, आइतवार र आज सोमवारको सार्वजनिक विदालाई पनि विद्यालयहरूले प्रयोग गरेका छन् । विदाको दुई दिन नियमित रुपमा प्रायः विद्यालयहरूले कक्षा सञ्चालन गरेका छन् भने आज सोमवार पनि विद्यालय आउनका लागि विद्यार्थीहरूलाई आव्हान गरेका छन् । छिट्टै पाठ्यक्रम सक्काएर बार्षिक परीक्षा लिने तयारीमा विद्यालयहरू देखिएको छ । चैत ५ गतेभित्रमा सम्पूर्ण परीक्षा सक्ने गरी नुवाकोटका विद्यालयहरूले कार्यतालिका बनाएका छन् । 
विद्यालयमा हुने जनघनत्व र त्यसबाट बढि हुने भाइरस संक्रमणको जोखिमका कारण सरकारले विद्यालयहरू छिट्टै खाली गराउन लागेको हो । शैक्षिक गतिविधिहरू रोकिदा शहरी क्षेत्रबाट गाउँ जाने नागकिरहरू बढ्ने र त्यसको फाईदा बढि काठमाडौंलाई हुने अनुमान गरिएको छ । काठमाडौं कोरानाको उच्च जोखिममा रहेकोले कमेसम्म काम नागरिकहरू उतप्यकामा रहुन् भन्ने अभिप्रायले सरकारले तयारी गरिरहेको छ ।   
कार्यक्रमहरु स्थगन
फागनुको २३ र २४ गते बस्ने भनिएको नेकपा नुवाकोटको बैठक कोरोना भाइरका कारण स्थगित भएको छ । कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलिदै गएको सन्दर्भमा त्यसबाट पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको नेकपा नुवाकोटले जनाएको छ ।
बागमती प्रदेश संगठन कमिटीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको पार्टीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पुर्व नै नेकपाले यो कार्यक्रम स्थगन गरिसकेको थियो । 
जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले औपचारिक कार्यक्रम, सभा सम्मेलन नगर्न आग्रह गरेसंगै जिल्लामा आयोजना गरिएको औपचारिक कार्यक्रमहरू सबै रद्द भएका छन् । शुक्रवारदेखि यता जिल्लाका कुनै औपचारिक कार्यक्रम र सभा समारोहहरूको आयोजना गरिएको छैन । शुक्रवार विदुर नगरपालिकाले नगर सभाको आयोजना गरेको थियो । कोराना भाइरसका कारण लामो समयसम्म औपचारिक कार्यक्रम गर्नका लागि समस्या हुने अनुमान गर्दै नगरपालिकाले शुक्रवार नै आफ्नो नगरसभा सक्काएको हो । 
त्यस अघिनै कार्यक्राको निर्धारण गरेको सरकारी तथा गैर सरकारी संस्था, कार्यलयहरूको कार्यक्रम सबै रोकिएका छन् । कोरानोको त्रानस अन्तय भएपछि मात्रै कार्यक्रमको आयोजना गर्ने गरी सबै संघसंस्थाहरूले नागरिकहरू बढि भेला हुने कार्यक्रम र गतिविधिहरू स्थगन गरेको हो । 
ग्यास, चामल दुई महिनालाई स्टक
कोरानो भाइरसबाट बच्नका लागि अपनाईएको पुर्व सावधानीको असर नुवाकोटको बजारमा भटाभट देखिन थालेको छ । नुवाकोटका प्रमुख बजारहरूमा खाद्यान्न र ‘स्टोर’ गर्न मिल्ने सामाग्रीहरूको खरिद चाप उपभोक्ताहरूले ह्वात्तै बढाएका छन् ।
बजार क्षेत्रमा बसोवास गर्ने उपभोक्ताहरूले दैनिक खाद्यय सामाग्री, नुन, तेल मसाला, ग्यासको माग ह्वात्तै बढाएपछि बजारमा अभाव हुन थालेको छ । नियमति रुपमा खरिद गरिरकेको मात्रामा निक्कैनै बढि खरिद गर्न थालेको व्यवसायीहरूले बताएका छन् । धेरैले कम्तिमा दुई देखि तीन महिनालाई पुग्ने चामल, दाल, तेल, नुन ‘स्टक’ राखेका छन् । 
अरुले खरिद गरेको देखेर पनि चाहिने भन्दा बढी सामाग्री उपभोक्ताले खरिद गर्न थालेका छन् । एक खरिदकर्ता भन्छन् –‘काठमाडौंमा धेरै कुरा सटेज हुनथाल्यो भन्ने सुनिरहेको थिए, नुवाकोटमा पनि धेरैले खाद्य सामानहरू दुई तीन महिनालाई पुग्ने गरि किनेको देखेर मैले पनि राखेको छु ।’ यसरी उपभोक्ताले स्टोर गरेर राख्ने खरिद सामाग्रीमा बढि एलपीग्यास रहेको छ । भुकम्पको समय र भारतले लगाएको नाकाबन्दीको बेलामा ग्यासका कारण जीवन अस्तब्यस्त रहेको स्मरण गर्दै नागरिकहरूले ग्यास स्टोरको मात्रालाई बढाएका छन् । ‘चामल गाउँबाट मिलमा कुटाएर ल्याउला, गुन्द्रुक खाउँला, अब ग्यास भएन भने त दाउरा खोज्न कता जाउ ?’ एक उपभोक्ताले भने ।  
उपभोक्ताहरूको यही उच्च मागको मौका छोपेर ब्यापारीहरूले पनि केही उपभोग्य सामाग्री लुकाउन थालेको अनुमान गरिएको छ । अत्यावश्यक सामाग्रीहरू बजारमा अभाव हुन थालेको उपभोक्ताहरूले बताउन थालेका छन् ।  अरुले अभाव हुन्छ भन्दै किनेको देखेर चाहिने भन्दा बढि मात्रामा सामाग्री उठाएकै कारण जिल्लामा उपभोग्य सामाग्रीहरूको अभाव सृजना हुन थालेको हो । तर जिल्ला प्रशासन कार्यालयले भने त्यस्ता अभावको अवस्था नआउने भन्दै नआत्तिन र चाहिने भन्दा बढी सामान खरिद गरेर अभाव सृजना नगराइदिन आग्रह गरेको छ । साथै ब्यापारीले सामाग्रीको अभाव सृजना गरेमा वा अभावको नाममा मुल्य बढाएमा खबर गर्न आग्रह गरेको छ । 
त्यसो त नुवाकोटको बजारमा खाद्यान्न बाहेकका अन्य सामाग्रीहरूको अभाव मात्रै भएको छैन मुल्य समेत बढेको छ । इलेक्ट्रोनिक्स सामाग्री र लत्ताकपडा अहिले माग अनुसारको बजारमा नपाइएको उपभोक्ताहरूले गुनासो गरेका छन् । त्यस्तै सोही सामानमा अहिले १५ प्रतिशतसम्म मुल्य वद्धि भएको समेत बताइएको छ । 
औषधि तीन महिनालाई छ
नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने स्पष्ट पाारेको छ । 
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा ३ महिनासम्म औषधि अभाव नहुने स्पष्ट पारेको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधि अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले बताए । नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरू सञ्चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको पनि संघले जनाएको छ । महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए । 
                            कोरोनाको संत्रासले सुनसान नाका
रसुवा\कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लो एक महिनायता रसुवागढी नाकाबाट आउजाउ तथा आयात–निर्यात ठप्प भएको छ । अहिले नाकामा सुरक्षा अधिकारीहरू र केही स्वाथ्यकर्मीहरू मात्र छन् । 
नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरूको पनि आवतजावत पूर्ण रूपमा बन्द रहेको नाकामा रहेका सुरक्षा अधिकारीहरूले बताए । केरुङमा रहेका नेपालीहरू भने फाट्टफुट्ट आइरहेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार टिमुरेको भन्सार यार्ड पनि खाली भएको छर । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन पनि प्रभावित भएको खड्काले बताए । नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरू भने खुलै छन् । 
चीनबाट आयात हुने धेरैजसो सामग्री २०७२ मंसिरदेखि यही नाकाबाट आउने गरेको थियो । यो नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियोर । रसुवागढी तथा अन्तराष्ट्रिय विमानस्थलबाट आउनेसहित नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत हो । गत वर्ष चीनबाट २ खर्ब ५ अर्बको सामग्री आयात भएको थियो ।
यो वर्ष आयात बढेर चीनको हिस्सा बढ्ने क्रममा थियो । यस आर्थिक वर्षको सात महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँको सामग्री आयात भइसकेको छर । अहिले विमानस्थल भएर केही सामग्री मात्रै आइरहेको छर । गत वर्ष नेपालले चीनतर्फ २ अर्ब १० करोड रुपैयाँको सामग्री निर्यात गरेको थियो । यस वर्ष १ अर्ब ६ करोड रुपैयाँका सामग्री निर्यात गरेको थियो । आयात–निर्यात दुवै सामग्री यही नाकाबाट हुने गरेको थियो । 
रसुवागढी नाकाबाट आवत–जावत र यातायात चल्न छाडेपछि नेपालतर्फको टिमुरे बजार पनि सुनसान रहेको स्थानीय उर्केन घलेले बताए । रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको जाँच गर्न तयारी अवस्थामा राखिएको छ । नाकामै रहेको उक्त टहराको हेल्थ डेक्स पनि सुनसान छ । नाकाको हेल्थ डेस्कमा अहिले चार जना स्वास्थ्यकर्मी छन् ।
आइसोलेसन कक्ष स्थापना, बेत्रावतीमा हेल्प डेस्क राख्ने
कोरोना भाइरस (कोभिङ—१९) को शंकास्पद विरामीको उपचारर्थ रसुवा जिल्ला अस्पतालमा आइसोलेसन कक्षको स्थापना गरिएको छ ।
जिल्लामा हालसम्म कोरोना भाइरस देखिएको छैन । शंका लागेमा अस्पतालमा तत्कालै आउन असपतालले आग्रह गरेको मेडिकल सुपरिटेन्डेन डा. अनिलकुमार खरेलले बताए । भाइरसको शंका लागेको विरामीलाई आइसुलेसनमा राखेर उपचार गरिने र उपचार हुन नसके काठमाण्डौ रिफर गर्न एम्बुलेन्स तयारी अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेलले बताए । 
अस्पतालमा प्रयोग विहिन अवस्थामा रहेका अल्मुनियमका बेडलाई प्रयोगमा ल्याई कक्ष सञ्चालनमा ल्याएको हो । रसुवा जिल्लामा रोग भित्रन नदिन नाकामा सम्बेदनशिलता अपनाई दुई जना एमविविएस डाक्टर खटाई सकेको बताइएको छ । 
टेम्पल थर्मेमिटर, व्यक्तिगत सुरक्षा यन्त्र, केस रिपोर्टिङ फर्म्याट, ट्राभल हिस्टोरी, स्क्रिनिङ, स्याम्पल कलेक्सन फर सस्पेक्टेड र आइसोलेसन रुम (रसुवा जिल्ला अस्पताल धुञ्चे मा) व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
त्यसै गरी  रसुवा र नुवाकोट जिल्लाको सिमानास्थल बेत्रावती बजारमा समेत हेल्प डेस्क राख्ने तयारी भइरहेको छ ।

नेकपाको बागमती विभागमा नुवाकोटका कसलाई कुन जिम्मेवारी

प्रितिका थापा
विदुर\नेकपाले बागमती प्रदेश संगठन कमिटी अन्र्तगतका विभिन्न ३० विभागहरूको गठन गरेको छ । जसमा नुवाकोटका नेताहरू ५२ जना समेटिएका छन् । 
३० वटा विभाग मध्ये नुवाकोटले दुई वटाको नेतृत्व गर्न पाएको छ भने दुई विभागमा उपप्रमुखको जिम्मेवारी पाएको छ । अन्य २६ वटा विभागमा नुवाकोटका नेकपा नेताहरू सदस्यको भुमिकामा छन् । सबै विभागमा कम्तिमा एक जना सदस्य र बढिमा प्रमुख सहित तीन जना नुवाकोटका नेकपा नेताहरूले प्रतिनिधित्व गरेका छन् । 
१३ जिल्लालाई भुगोलका आधारमा विभाजन गरिएको विभागको जिम्मेवारीमा भौतिक पुर्वाधार तथा यातायात विभाग र साहित्य कला तथा सांस्कृतिक विभागको नेतृत्व भने नुवाकोटले पाएको छ । 
त्यस्तै, संगठन विभाग र अर्थ तथा योजना विभागको उपप्रमुखको जिम्मेवारी नुवाकोटका नेताहरूले पाएका छन् । 
त्यसो त नेकपा नुवाकोटका नेता पुष्प लामिछाने ‘अरुण’ उपप्रमुख रहेको विभागमा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, संघीय सांसद नारायणप्रसाद खतिवडा पनि सदस्य छन् । प्रदेश सांसद तथा भौलिक पुर्वाधार तथा यातायता विभागका प्रमुख केशव पाण्डेलाई प्रदेश संसदिय विभागको सदस्यतमा पनि राखिएको छ । 
नेकपा बागमती प्रदेश संगठनको फागुन १६ मा सम्पन्न चौथो पुर्ण बैठकले नेताहरूलाई विभागको जिम्मेवारी सुम्पेको हो । यस अघि अनौपचारिक रुपमा विभिन्न विभागमा जिम्मेवारीमा रहने सुनिएका नेकपा नुवाकोटका केहि नेता तथा कार्यकर्ताहरूको नाम सूचीमा अटेको छैन । कतिपयलाई बिभागमा आफु मनोनित भएको जानकारीसम्म पनि नरहेको बुझिएको छ । नुवाकोटबाट प्रदेश विभागमा प्रतिनिधित्व गर्नेहरूमा महिलाहरूमा महिला बिभाग र समाज कल्याण बिभागमा एक÷एक जना छन् । 

नाम                                                                      विभाग                                      जिम्मेवारी
केशव पाण्डे                                          भौतिक पुर्वाधार तथा यातायात विभाग           प्रमुख
केशव पुडासैनी ‘बिमल’                             साहित्य, कला तथा संस्कृति विभाग           प्रमुख
पुष्प लामिछाने ‘अरुण’                                      संगठन विभाग                                 उपप्रमुख
रामशरण प्याकुरेल                                         अर्थ तथा योजना विभाग                      उपप्रमुख
शिवकुमार चित्रकार                                       उद्योग तथा बाणिज्य विभाग                  सदस्य
अनुजकुमार श्रेष्ठ उपभोक्ता हित तथा आपुर्ति विभाग सदस्य
बलराम अर्याल र रामकृष्ण सेढाई कृषि तथा भुमिसुधार विभाग                     सदस्य
रुद्र ढुङ्गेल र रामकृष्ण खड्का कोष तथा आर्थिक व्यवस्थापन विभाग सदस्य
नारायणबहादुर खनाल                                 खानेपानी सरसफाई विभाग सदस्य
गणेशप्रसाद दाहाल र रामकृष्ण राजभण्डारी जलश्रोत, सिञ्चाई तथा उर्जा विभाग सदस्य
श्रीराम पाण्डे र राजुबाबु श्रेष्ठ न्याय, कानून तथा मानव अधिकारी विभाग सदस्य
लेलिन रञ्जित पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग सदस्य
देवचन्द्र भट्ट प्रचार तथा प्रकाशन विभाग सदस्य
हरिप्रसाद रिजाल र रामलाल श्रेष्ठ पार्टी स्कुल विभाग सदस्य
बद्री प्याकुरेल र नरेन्द्र प्रधान पुस्तकालय तथा अभिलेख विभाग सदस्य
प्रदीप थापा र नविन प्रधान युवा तथा खेलकुद विभाग सदस्य
बिरेन्द्र श्रेष्ठ र उत्तम श्रेष्ठ राजकिय मामिला तथा सुशासन विभाग सदस्य
सञ्चबहादुर तामाङ र निर्मल श्रेष्ठ बन तथा वातावरण विभाग सदस्य
रुपक तामाङ र कृष्णबहादुर प्याकुरेल               विज्ञान तथा प्रविधि विभाग सदस्य
रामबाबु पराजुली र हरिकृष्ण अधिकारी शिक्षा तथा मानव श्रोत विभाग सदस्य
गोविन्द नेपाली र विकास रिजाल श्रम तथा रोजगार विभाग                     सदस्य
हिरानाथ खतिवडा र नारायणप्रसाद खतिवडा संगठन विभाग सदस्य
केशव पाण्डे प्रदेश संसदीय विभाग सदस्य
बच्चुमाया सुनारी मगर महिला विभाग सदस्य
दुर्गा पुडासैनी समाज कल्याण विभाग सदस्य
शम्भुप्रसाद पनेरु र राजु पराजुली सहकारी तथा गरिवी निवारण विभाग      सदस्य
सुरेन्द्र राई र बिकास घलान शहरी विकास विभाग सदस्य
जितेन्द्रसिंह ठकुरी र अर्जुनकुमार श्रेष्ठ साहित्य कला तथा संस्कृति विभाग सदस्य
भैरबबहादुर अधिकारी र नारायणसिंह लामा स्थानीय तह विभाग सदस्य
शिवप्रसाद फुँयाल स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य
रामचन्द्र थापा                                                             निर्वाचन विभाग सदस्य
काजीमान डंगोल र प्रकाश भट्टराई सामान्य प्रशासन विभाग सदस्य

२४ योजनामा पौने तीन करोड

रोशन बोगटी
विदुर\विदुर नगरपालिकले चालु आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तावित तथा संशोधित योजनाहरू सार्वजनिक गरेको छ ।
शुक्रवार विदुरमा भएको नगरपालिकाको छैटौँ नगरसभामा विभिन्न २४ योजनामा २ करोड ६७ लाख रुपैयाँ खर्च गरिने प्रस्ताव पारित भएको नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिए । नगरसभामा पेश गरिएको योजनाहरू मध्ये वडा नम्बर १ को त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ४० लाख, वडा नम्बर १२ मा मुन्थला डिपबोरिङ आयोजनाका लागि २० लाख, वडा नं. २ मा भवन निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ । पण्डितका अनुसार विदुर नगरपालिकाभरी प्रयोग गर्नेगरी हिमपाइप खरिद गर्न ५ लाख रुपैयाँ, नगरक्षेत्रका सडकहरूको सामान्य मर्मतका लागि १८ लाख र वडाहरूको कार्यालय भवनमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
वडा नं. ७ तुप्चेमा निर्माण भएको स्वर्गिय पोष्टबहादुर बोगटी स्मृति पार्कका लागि ५ लाख, नुवाकोट बार एसोसियसनको भवन निर्माणका लागि ५ रुपैयाँ, वडा नं. ४ मा वधशाला निर्माणका लागि २२ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं. ९ मा ‘सेग्रिगेसन’ हाउस निर्माणका लागि २२ लाख रुपैयाँ, विद्युत साझेदारी कार्यक्रम सञ्चालनमा १० लाख, वडा नं. ७ मा चौतारा खेला मुहान गरी महादेवखर्क खानेपानी योजनामा ७ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै विदुर नगरपालिकाको वडा नंं. १२ मा पन्थगाउँ माथिल्लोढाँड खानेपानी योजनालाई ५ लाख रुपैयाँ, वडा नंं ३ मा भोर्ले खोला खानेपानी योजनामा ७ लाख रुपैयाँ विनियोजन गरिएको उप प्रमुख गीताकुमार दाहालले जानकारी दिए । 
वडा नंं ५ को वाणाचौतारो खोल्ची तटवन्ध निर्माणमा ६ लाख, वडा नंं. ४ मा वालुवाटार सडक नाली निर्माणका लागि ७ लाख, वडा नं. ११ मा लिफ्ट खानेपानी योजनालाई ७ लाख, वडा नं. १ को त्रिशुली पुरानो बजार खानेपानी योजजालाई १५ लाख रुपैयाँ विनियोजन
भएको छ । त्यस्तै वडा नं. ११ बरुटोल मन्दिर निर्माणमा ५ लाख, वडा नं.१३को 
कन्यादेवी आधारभूत विद्यालयको घेरावार निर्माणमा ५ लाख, अपाङ्गता भएका व्यक्ति संस्था भवन निर्माण योजनामा ४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख दाहालले बताए । 
विदुर नगरपालिकाकै वडा नं. ३ पुसुन्टार कृषि सहकारी संस्थाको भवन निर्माणका लागि ५ लाख, वडा नं. ११ को अजम्वरी कृषि सहकारी संस्थाको भवन निर्माणमा ५ लाख र ११ नं. वडाको गेर्खु वितलव भवन निर्माण गर्न ७ लाख रुपैयाँ विनियोजन भएको छ । इन्फोग्राफिक्स :सुनील श्रेष्ठ

ब्याएका गाईभैसीलाई गाउँपालिकाको भत्ता

रानिपौवा\ककनी गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाइभैसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ । 
२०७६\७७ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पशु सेवा शाखाले वडा नम्बर ७ चतुरालेमा सुत्केरी गाइभैसीको किसानलाई प्रोत्साहन रकम वितरण गरेको वडा अध्यक्ष पुष्कर बोगटीले बताए । चालु आर्थिक वर्षमा चतुरालेमा ६ वटा गाई र ५५ वटा भैसी सुत्केरी भएको गाउँपालिकाको तथ्याङ्क छ । ती ६१ गाईभैसीका किसानलाई ३÷३ हजार रुपैयाँ प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख बाबुकाजी पाण्डेले जानकारी दिए ।
यस अघि ककनी वडा नम्बर ८ थानसिङमा ७५ वटा सुत्केरी गाइभैसीलाई प्रोत्सहान भत्ता वितरण गरिएको थियो । गापा अध्यक्ष मानबहादुर लामाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न पालिकाले ब्याएका गाईभैसीलाई प्रोत्साहन भत्ता दिन थालेकोले र त्यसलाई निरन्तर रुपमा अघि बढाइने प्रतिक्रृया दिए । भत्ता लिन गाईभैसी ब्याएपछि पाढापाढी÷बाच्छाबाच्छी देखिने गरी दुध दोहिरहेको फोटो, किसानको नागरिकताको फोटोकपी र वडा कार्यालयको सिफारिस गाउँपालिकामा पेश गर्नुपर्ने छ ।

पुननिर्माणको अवस्था : दुप्चेश्वर पहिलो, बेलकोटगढी अन्तिम

सुजित भण्डारी
विदुर\जिल्लाको १२ स्थानीय तह अन्तर्गत सबैभन्दा बढी निजि आवास पुर्ननिर्माण सकिनेमा दुप्चेश्वर गाउँपालिका रहेको छ । तथ्याङ्क अनुसार दुप्चेश्वर गाउँपालिका भित्र रहेका ९० प्रतिशत लाभग्राहीले घर बनाइसकेर तेश्रो किस्ता बापतको रकम बुझेका छन् ।
अन्य स्थानीय तहहरूमा बेलकोटगढी नपामा ६८ प्रतिशत, विदुर नपामा ७५ प्रतिशत, ककनी गापामा ७६ प्रतिशत, किस्पाङ गापामा ८८ प्रतिशत, लिखु गापामा ७७ प्रतिशत, म्यागङ गापामा ८७ प्रतिशत र पञ्चकन्या गापामा ८२ प्रतिशतका दरले लाभग्राहीको निजी आवास निर्माण भइसकेको छ ।
      यस्तै शिवपुरी गापामा ७८ प्रतिशत,  सूर्यगढी गापामा ८० प्रतिशत, तादी गापामा ८६ प्रतिशत र तारकेश्वर गापामा ८७ प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भइसकेको अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
यसै बीच, विनासकारी भूकम्प २०७२ बाट निजी आवास गुमाएर लाभग्राही सूचीमा समावेश  नुवाकोटका ७९ प्रतिशत भूकम्प पिडितले तेश्रो किस्ताको रकम बुझेका छन् ।
      जिल्लामा भूकम्प पिडित लाभग्राहीको सूचीमा ७७ हजार ४२ घरधुरीको नाम समावेश छ । त्यसमध्ये  ७३ हजार १८३ अर्थात ९५ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरी पहिलो किस्ता बापतको रकम बुझिसकेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटको अनुसार दोश्रो किस्ता प्राप्त गर्नेको सङ्ख्या ९० प्रतिशत अर्थात ६९ हजार ६१६ छ । अहिलेसम्म तेश्रो किस्ता रकम बुझ्नेको सङ्ख्या ७९ प्रतिशत अर्थात ६१ हजार ५३ रहेको छ ।
      अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार भूकम्पबाट आंशिक क्षती भएका घरको सङ्ख्या १६६२ रहेकोमा ९८८ ले सम्झौता गरी पहिलो किस्ता रकम बुझिसकेका छन् । अहिलेसम्म १४ घरधुरीले मात्र दोश्रो किस्ता रकम बुझेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनराबेदन समितिका सदस्य भिष्मराज कडरियाले स्थानीय तहले गुनासो सम्बोधनका लागी पठाएको आबाश्यक कागजातले पुर्णता नपाएका कारण सबैको सम्बोधन नभएको बताए ।
यस्तै, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुनःनिर्माणको बिषयमा समुदायमा बेमेल रहेको बताए । बास्तबिक पिडितको सम्बोधन नभएको र घर क्षती नभएकाहरूले अनुदान पाउदा समुदायमा बेमेल उत्पन्न भएको उनले बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको गल्ति स्थानिय तहले भोग्नु परेको बताए । गुनासो सम्बोधन, लाभग्राही छनौट र अधिकार प्रत्यायोजनमा प्राधिकरणले गलत गरेको बताए ।