प्रितिका थापा
विदुर\नेकपाले बागमती प्रदेश संगठन कमिटी अन्र्तगतका विभिन्न ३० विभागहरूको गठन गरेको छ । जसमा नुवाकोटका नेताहरू ५२ जना समेटिएका छन् । 
 ३० वटा विभाग मध्ये नुवाकोटले दुई वटाको नेतृत्व गर्न पाएको छ भने दुई विभागमा उपप्रमुखको जिम्मेवारी पाएको छ । अन्य २६ वटा विभागमा नुवाकोटका नेकपा नेताहरू सदस्यको भुमिकामा छन् । सबै विभागमा कम्तिमा एक जना सदस्य र बढिमा प्रमुख सहित तीन जना नुवाकोटका नेकपा नेताहरूले प्रतिनिधित्व गरेका छन् । 
 १३ जिल्लालाई भुगोलका आधारमा विभाजन गरिएको विभागको जिम्मेवारीमा भौतिक पुर्वाधार तथा यातायात विभाग र साहित्य कला तथा सांस्कृतिक विभागको नेतृत्व भने नुवाकोटले पाएको छ । 
 त्यस्तै, संगठन विभाग र अर्थ तथा योजना विभागको उपप्रमुखको जिम्मेवारी नुवाकोटका नेताहरूले पाएका छन् । 
 त्यसो त नेकपा नुवाकोटका नेता पुष्प लामिछाने ‘अरुण’ उपप्रमुख रहेको विभागमा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, संघीय सांसद नारायणप्रसाद खतिवडा पनि सदस्य छन् । प्रदेश सांसद तथा भौलिक पुर्वाधार तथा यातायता विभागका प्रमुख केशव पाण्डेलाई प्रदेश संसदिय विभागको सदस्यतमा पनि राखिएको छ । 
 नेकपा बागमती प्रदेश संगठनको फागुन १६ मा सम्पन्न चौथो पुर्ण बैठकले नेताहरूलाई विभागको जिम्मेवारी सुम्पेको हो । यस अघि अनौपचारिक रुपमा विभिन्न विभागमा जिम्मेवारीमा रहने सुनिएका नेकपा नुवाकोटका केहि नेता तथा कार्यकर्ताहरूको नाम सूचीमा अटेको छैन । कतिपयलाई बिभागमा आफु मनोनित भएको जानकारीसम्म पनि नरहेको बुझिएको छ । नुवाकोटबाट प्रदेश विभागमा प्रतिनिधित्व गर्नेहरूमा महिलाहरूमा महिला बिभाग र समाज कल्याण बिभागमा एक÷एक जना छन् । 
नाम                                                                      विभाग                                      जिम्मेवारी
केशव पाण्डे                                          भौतिक पुर्वाधार तथा यातायात विभाग           प्रमुख
केशव पुडासैनी ‘बिमल’                             साहित्य, कला तथा संस्कृति विभाग           प्रमुख
पुष्प लामिछाने ‘अरुण’                                      संगठन विभाग                                 उपप्रमुख
रामशरण प्याकुरेल                                         अर्थ तथा योजना विभाग                      उपप्रमुख
शिवकुमार चित्रकार                                        उद्योग तथा बाणिज्य विभाग                  सदस्य
अनुजकुमार श्रेष्ठ                                       उपभोक्ता हित तथा आपुर्ति विभाग                सदस्य
बलराम अर्याल र रामकृष्ण सेढाई                 कृषि तथा भुमिसुधार विभाग                     सदस्य
रुद्र ढुङ्गेल र रामकृष्ण खड्का                कोष तथा आर्थिक व्यवस्थापन विभाग            सदस्य
नारायणबहादुर खनाल                                 खानेपानी सरसफाई विभाग                      सदस्य
गणेशप्रसाद दाहाल र रामकृष्ण राजभण्डारी  जलश्रोत, सिञ्चाई तथा उर्जा विभाग          सदस्य
श्रीराम पाण्डे र राजुबाबु श्रेष्ठ                      न्याय, कानून तथा मानव अधिकारी विभाग    सदस्य
लेलिन रञ्जित                                      पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग सदस्य
देवचन्द्र भट्ट                                                    प्रचार तथा प्रकाशन विभाग                   सदस्य
हरिप्रसाद रिजाल र रामलाल श्रेष्ठ                             पार्टी स्कुल विभाग                          सदस्य
बद्री प्याकुरेल र नरेन्द्र प्रधान                           पुस्तकालय तथा अभिलेख विभाग          सदस्य
प्रदीप थापा र नविन प्रधान                                  युवा तथा खेलकुद विभाग                   सदस्य
बिरेन्द्र श्रेष्ठ र उत्तम श्रेष्ठ                            राजकिय मामिला तथा सुशासन विभाग          सदस्य
सञ्चबहादुर तामाङ र निर्मल श्रेष्ठ                    बन तथा वातावरण विभाग                      सदस्य
रुपक तामाङ र कृष्णबहादुर प्याकुरेल               विज्ञान तथा प्रविधि विभाग                    सदस्य
रामबाबु पराजुली र हरिकृष्ण अधिकारी            शिक्षा तथा मानव श्रोत विभाग                सदस्य
गोविन्द नेपाली र विकास रिजाल                       श्रम तथा रोजगार विभाग                     सदस्य
हिरानाथ खतिवडा र नारायणप्रसाद खतिवडा         संगठन विभाग                                 सदस्य
केशव पाण्डे                                                          प्रदेश संसदीय विभाग                       सदस्य
बच्चुमाया सुनारी मगर                                        महिला विभाग                                  सदस्य
दुर्गा पुडासैनी                                                  समाज कल्याण विभाग                          सदस्य
शम्भुप्रसाद पनेरु र राजु पराजुली                     सहकारी तथा गरिवी निवारण विभाग      सदस्य
सुरेन्द्र राई र बिकास घलान                                   शहरी विकास विभाग                        सदस्य
जितेन्द्रसिंह ठकुरी र अर्जुनकुमार श्रेष्ठ               साहित्य कला तथा संस्कृति विभाग        सदस्य
भैरबबहादुर अधिकारी र नारायणसिंह लामा                  स्थानीय तह विभाग                   सदस्य
शिवप्रसाद फुँयाल                                             स्वास्थ्य तथा जनसंख्या विभाग            सदस्य
रामचन्द्र थापा                                                             निर्वाचन विभाग                        सदस्य
काजीमान डंगोल र प्रकाश भट्टराई                      सामान्य प्रशासन विभाग                    सदस्य
No comments:
Post a Comment