![]() |
डा. बाबुराम भट्टराई परिवारको साथ ककनीमा |
ककनी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नुवाकोट जिल्लको पर्यटकीय क्षेत्र ककनीको भ्रमण गर्दै त्यसको पर्यटकीय विकासको सम्भावना आफ्नो धारणा सार्वजनिक गरेका छन् । तीन दिने ककनी बसाईका क्रममा विभिन्न मनोरम दृष्यहरूको फोटो समेत सार्वजनिक गर्दै डा. भट्टराईले नुवाकोटको ककनी पर्यकटकीय विकासका लागि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरे ।
भ्रमणपछि उनले आफ्नो समाजिक सञ्जल फेसबुक मार्फत भनेका छन्, ‘राजधानी निकट नुवाकोटको ककनी क्षेत्र पर्यापर्यटन, साहसिक पर्यटन, मनोरन्जनात्मक पर्यटन लगायत ट्राउट माछा, स्ट्रबेरी आदि व्यवसायिक खेती र विविध उद्यमशीलताको प्रचुर सम्भावना भएको क्षेत्र हो ।’
पूर्व प्रधानमन्त्री भट्टराईले त्यस क्षेत्रको विकासको मुख्य मेरूदण्ड रहेको देशकै सबभन्दा पुरानोमध्येको काठमाडौं–ककनी–त्रिशुली सडक गत १० बर्षदेखि जीर्ण अवस्थामा अलपत्र रहेको र विभिन्न वहानामा छिटै बन्नेबारे अझै आशंका रहेकाले त्यसक्षेत्रको समग्र विकासमा निकै वाधा परेको प्रत्यक्ष अनुभूत भएको समेत आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
उनले विभिन्न समस्याका बाबजुत पनि युवा उद्यमीहरूले त्यहॉ एड्भेन्चर क्याम्प, होमस्टे, होटेल, व्यवसायिक खेती आदिमा निकै लगानी गरेकोमा प्रशंसा समेत गरेका छन् । उनले युवाहरूको त्यस्ता सक्रिय जागकतालाई जिम्मेवार व्यक्ति र निकायले तिनलाई निराश पारेर विदेशिनु पर्ने अवस्था सिर्जना नगरुन भनेर सुझाव पनि दिएका छन् ।
डा. भट्टराईले आफ्नो भ्रमण र तीन दिनको बसाई र घुमघाम निकै सुखद बनाउनुहुने सबैलाई हार्दिक आभार व्यक्त गरेका छन् ।
No comments:
Post a Comment